Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

यो महामारीमा ईश्वर कहाँ छन् ?

प्रकाश अजात प्रकाश अजात
बैशाख १४, २०७८
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    गत वर्षको सुरुवातमा चीनमा पहिलो पटक देखिएको कोरोना भाइरस अहिले संसारभर व्याप्त छ। यसबाट आतंक, बिमारी र मृत्यु त छँदैछ, यसका आर्थिक र सामाजिकबाहेक अनेकन् प्रभाव र असरहरू सर्वत्र देखिएका छन्। यसले सर्वशक्तिमान र सर्वव्यापी ठानिने ईश्वर, परमात्मा वा अनेकौँ भगवान तथा ती ‘सर्वशक्तिमान’का मानव निर्मित संस्था, तिनका स्थानीय दूत(मध्यस्तकर्ता/पुजारी/बाबा/माता) र अनुयायीहरू पनि उत्तिकै प्रभावित छन्। केही उदाहरणहरू पेस गर्दैछु।

    को बलियो?
    अघिल्लो वर्षको अप्रिल महिनामा अमेरिकाको भर्जिनिया राज्यका इभान्जेलिक क्रिश्चियन धर्मगुरु जेराल्ड ग्लेनको कोरोनाका कारण मृत्यु भयो। जतिखेर त्यहाँको राज्य सरकारले आवश्यकीय भन्दा अन्य काममा भीडभाड नगर्नु भन्दै कोरोनाबारे बच्न सर्वसाधारणलाई सूचना जारी गरेको थियो, त्यसको प्रतिक्रियामा चर्चको प्रार्थना कक्षमा थुप्रिएका भक्तहरूको भीडलाई सम्बोधन गर्दै ग्लेनले कोरोना भाइरसलाई नै चुनौती दिएका थिए। मर्नुभन्दा केही दिन पहिले उनले भनेका थिए, ‘यो डरलाग्दो भाइरसभन्दा परमात्मा–परमेश्वर निकै शक्तिसाली हुनुहुन्छ भन्ने कुरामा म ढुक्क छु। परमेश्वरमा विश्वास गर्नुस्, केही हुन्न।’

    मिसिसिपी राज्यको ज्याक्सन चर्चका अर्नेस्ट स्लटर नामका पादरी गत जनवरीमा कोरोनाका कारण बिते। अघिल्लो वर्षको डिसेम्बर २० मा दक्षिण क्यालिफोर्नियाको सान बेर्नार्दिनोको मेगाचर्चका सहयोगी–पास्टर बब ब्रायन्ट पनि कोरानाकै कारण बिते। टेक्ससका इर्भिन बाक्सटर नामका पास्टर पनि कोरोनाका कारण बिते। कोरोनाका बारेमा मर्नुपूर्व बाक्स्टरले भनेका थिए, ‘कोरोना महामारी एक महत्वपूर्ण अवसर हो। पापीहरूको लागि यो सूचक घण्टी हो। विहेपूर्व नै यौन सम्बन्ध राख्नेहरूलाई सजायँ दिनका लागि परमेश्वरले यस्तो विधान रचेका हुन्।’ बाक्स्टर पूर्व अमेरिकन राष्ट्रपति डोनल्ड ट्रम्पका कडा समर्थक समेत थिए। स्मरणीय छ, गत जनवरीसम्म इटलीमा मात्रै २ सय जना भन्दा बढी ‘इशाई पुरोहित’हरूको कोरोनाकै कारण नै मृत्यु भएको थियो।

    कोरोनाको ‘आशिर्वाद’
    अफ्रिकन मुलुक क्यामरुनमा ‘कोरोना भाइरसबाट संक्रमितहरूको ज्यान बचाउने’ भन्दै सैयौँ संक्रमितहरूको टाउकोमा हात राख्दै आशिर्वाद दिने गरेका क्रिश्चियन पादरी फ्रेन्कलिन निडोफर कोरोनाकै कारण २०२०, मे मा आफैँ बिते। मृत्युपछि घरबाट उनको शवलाई प्रहरीले निकाल्न खोज्दा उनका भक्तहरूले अवरोध गरे। उनीहरूको दाबी थियो, ‘निडोफर मरेका छैनन्, बरु भगवानसँग अध्यात्मिक विश्राममा मग्न छन्। त्यसैकारण निडोफरलाई गाड्न हुँदैन। उनी फर्कने छन्।’

    उता, नाइजेरियाका चर्चित क्रिश्चियन पादरी टिबी जोसुहाले मार्च २७, २०२० अघि नै कोरोना महामारीको अन्त्य हुने भविष्यवाणी गरे। जोसुहा तिनै हुन्, जसले ‘डोनल्ड ट्रम्पको सट्टामा अर्कै एक महिलाले राष्ट्रपतीय चुनाव जित्ने’ बताएका थिए।

    महाकुम्भ कनेक्सन
    २०२० को जुलाईमा तिरुपति मन्दिरका पूर्व प्रमुख पुजारी कोरोनाकै कारण मरे। श्रीनिवास मुर्थी दिक्सितुलु नामका ती व्यक्ति दुई दशकसम्म तिरुपति मन्दीरमा प्रमुख पुजारीका रूपमा कार्यरत थिए। तिरुपति मन्दीरकै अर्का पुजारी श्रीनिवासाचार्युलुको पनि कोरोना संक्रमणका कारण मृत्यु भयो। तिरुपति विश्वकै सबैभन्दा धनी हिन्दू मन्दिरका रूपमा गनिन्छ। त्यहाँ दैनिक ४० हजारसम्म भक्तजनहरू पुग्छन्।

    भारतको हरिद्वारमा केही हप्ताअघि विश्वकै ठूलो मानिने मेला सम्पन्न भयो। महाकुम्भ भनिने हिन्दूहरूको सो धार्मिक मेलामा सहभागीमध्ये २ लाख ३७ हजारमा गरिएको ट्रेसिङमा हालसम्म १७ सयभन्दा बढीमा कोरोना देखिएको छ। त्यस मेलामा विश्वका विभिन्न भागबाट ५० लाखजति भक्तजनहरू भेला भएका थिए। त्यही हिसाबमा अनुमान गर्दा हरिद्वार गएका करीब ४२ हजारमा सहजै कोरोना संक्रमण भएको अनुमान गरिन्छ। ती सबै अहिले आफ्ना–आफ्ना घर फर्किसकेका छन्। तिनले कति जनामा संक्रमण फैलाए, अनुमान गर्न गार्हो छ।

    हरिद्वार मेला आयोजक कमिटीका सदस्यले समाचार संस्था एएफपीसँग कुम्भमेलाको भीडभाड र कोरोना संक्रमणको प्रश्नमा भनेका थिए, ‘हाम्रा लागि विश्वास नै ठूलो कुरो हो। हाम्रा भक्तजनहरू ठान्दछन् कि गंगा माताले यो महामारीबाट बचाउनेछिन्।’ तर सोही मेलामा सहभागी भएर फर्केका मध्यप्रदेशका ‘महानिर्वाणी अखडा’का प्रमुख स्वामी कपिलदेवको कोरोनाकै कारण मृत्यु भयो। सो मेलामा सहभागी भएर नेपाल फर्केका नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह अहिले काठमाडौंको अस्पतालमा अक्सिजनको सहारामा उपचाररत छन्।

    लड्डु महाराज र काला जादु
    कोरोनाको महामारीकै बीच आफ्नो जुठो लड्डु आफ्ना भक्तजनहरूलाई प्रसादका रूपमा खुवाएका गुजरातका ‘श्री पुरुषोत्तम प्रियदासजी स्वामीश्री महाराज’ (पिपी महाराज)को २०२० को अगस्टमा कोरोनाकै कारण मृत्यु भयो। यिनको मृत्युमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले समेत श्रद्धान्जली व्यक्त गरेका थिए।

    उता, मध्य प्रदेशमा अस्लम बाबा नामका अर्का धार्मिक गुरुले मान्छेहरूका हातमा चुम्बन गरेर नै कोरोना निको पार्ने दाबी गरे। कोरोनाको उपचारको दाबी गर्ने उनी स्वयंको भने कोरोना देखिएको भोलिपल्टै ज्यान गयो। उनको ‘चुम्बन उपचार’ पाउने २४ जना श्रद्धालुहरूमा पछि कोरोना संक्रमण देखियो। अस्लम ‘काला जाद’ूको प्रभावले सबै खालका बिरामीलाई निको पार्ने दाबी गर्थे। लगत्तै त्यस क्षेत्रका ३२ जना धार्मिक बाबाहरूलाई प्रहरीले क्वारेन्टीनमा राखेको थियो।

    २०२० को मार्चमा इरानका आयातोल्लाह हसेम बसाही गोल्पायेगानीको कोरोनाकै कारण मृत्यु भयो। इरानको सर्वोच्च नेता नियुक्त गर्ने निकायका सदस्यहरूमध्ये एक थिए उनी। मर्नुअघि उनले दिएको एक विवादित बयानमा उनले अमेरिकाले संसारभर भाइरस फैलाएको आरोप लगाएका थिए। इरान आफैंमा एक कट्टर धार्मिक राज्य हो। र, यहाँका अधिकांश राजनीतिक नेताहरू धार्मिक गुरु या धार्मिक कार्यकर्ता हुन्। इरानमा हालसम्म कोरोनाबाटै ७० हजार व्यक्तिको ज्यान गइसकेको छ। यहाँ ९९.६ प्रतिशत नागरिक मुसलमान मतालम्बी छन्। उता, अमेरिकन जिउज धर्मगुरु योकोभ पेर्लोभ पनि कोरोनोकै कारण बिते।

    बेलायतको डर्बी निवासी मुस्लिम धर्मगुरु डा. मुनिर हसन मुज्ताबाको पनि कोरोनाले ज्यान लियो। उनी ‘होमियोप्याथिक चिकित्सा’ का ‘ज्ञाता’ समेत थिए। नाम नखुलाइएका एक बंगलादेशी मुस्लिम इमामको जाम्बियामा भएको मृत्यु जाम्बियाकै पहिलो ‘कोरोना मृत्यु’ बन्न पुग्यो। उता, मध्यपूर्वी देश प्यालेस्टाइनका मुसलमान धर्मगुरु गजन जमिल अल् मुतावाले कोरोना भाइरस ‘अल्लाहको सिपाही’ भएको बताए। उनले दिएको त्यस्तो विवादित भिडियो इन्टरनेटमा सार्वजनिक भएको थियो। २०२० को मार्चमा सार्वजनिक भएको भिडियोमा उनले भनेका छन्,‘ कोरोनाभाइरसले पश्चिमा देशहरूलाई हानि गरेको छ जबकि प्यालेस्टाइन र मुसलमानहरूलाई छोएको छैन। हेर्नुहोस् त, ‘अल अक्सा मस्जिद’ (मुसलमानहरूको तेस्रो ठूलो धार्मिकस्थल)विरुद्ध लाग्नेहरूलाई कसरी धुलिसात् पारिएको छ।’ तर त्यसो भनेको केही दिनमै प्यालेस्टाइनमा कोरोनाका थुप्रै संक्रमणहरू देखिएका थिए। अहिलेसम्म प्यालेस्टाइनमा कोरोनाकै कारण ३१ सय व्यक्तिको मृत्यु भइसकेको छ।

    कोरोनाबाट बच्न मान्छेको बलि?
    भारतको उडिसाका एक मन्दीरका पुजारीले कोरोना भाइरस अन्त्य गर्न र भगवानलाई खुसी पार्नका लागि भन्दै मान्छेको बलि दिए। आफू पुजारी रहेको मन्दिरमा सरोजकुमार प्रधान नामको मान्छेको टाउको काटेर हत्या गरे। संसारी ओझा नामका ती व्यक्ति ‘बन्ध मा बुढा ब्राम्हणी देइ मन्दीर’का पुजारी हुन्। सपनामा भगवानले बलिका लागि आग्रह गरेकाले आफूले त्यसो गरेको बताए।

    कोरोना: सबैको सत्रु
    शक्तिसाली र सर्वव्यापी ईश्वरको अवधारणामा विश्वास गर्ने हिन्दू, इसाई र मुलमान मतलाम्वी र तिनका धर्मगुरुहरू मात्र कोरोना महामारीका शिकार बनेनन्, बनेका छैनन्। कोरोनाका म्युन्टन्ट भेरियन्टहरूसहितको अर्को चरणको महामारीले विश्व आतंकित बनिरहँदा जुनसुकै धर्म, सिद्धान्त र विचारमा आस्था राख्नेहरू पनि यसका शिकार बनेका छन्।

    जस्तो कि अघिल्लो मार्चमा भारतमा सिख धर्मगुरु बलदेब सिंहको कोरोनाका कारण नै मृत्यु भयो। सिंहकै कारण ४० हजारभन्दा बढी शिख भक्तजन र परिवारलाई क्वारेन्टिनमा राखियो। इटालीमा पुगेर आफ्नो धर्मको प्रचार गरेर आएका सिंहले भारतका दर्जनौँ गाउँमा पुगेर धर्म प्रचारसँगै कोरोनाको समेत प्रसार गरे। शीख मतले एक ईश्वरलाई मान्छ र सत्यलाई नै धर्मका रूपमा व्याख्या गर्छ।

    तुलनात्मक रूपमा भौतिकवादी र विज्ञानवादी मत ठानिन्छ बौद्ध धर्मलाई। भियतनामका चर्चित बौद्ध भिक्षु तिच क्वाङदोको २०२० को फेब्रुअरीमा कोरोनाको कारण मृत्यु भयो। २०२० को जुलाईमा भारत, बंगाल बुद्धिस्ट एसोसियसनका महासचिव तथा सम्मानित बौद्ध भिक्षु बोधिपालाको पनि कोरोनाका कारण मृत्यु भयो। यी भए केही प्रतिनधिमूलक समाचारहरू।

    कोरोना महामारीको पहिलो चरणमा यी प्रायः सबै ‘संगठित आस्था र विश्वास’का तिर्थस्थलहरू केही समयका लागि बन्द गरिए। अहिले पनि कतिपय बन्द छन् त कतिले कडा रूपमा मेडिकल साइन्सले तोकेको पावन्दीलाई कडाईका साथ लागू गर्दै थोरै संख्यामा मात्र भक्तजनहरूलाई प्रवेश दिएका छन्। भ्याक्सिन लगाएका वा कोरोना नदेखिएका भक्तहरूलाई मात्र तिर्थस्थलमा अनुमति दिइएको छ।

    संकटका बेला ईश्वर
    प्रकृतिमा भएका लाखौँ प्राणीमध्ये मान्छेमात्रै त्यस्तो प्राणी हो, जसले ईश्वर, देवता, परमेश्वर, परमात्मा, भगवान र रक्षकका रूपमा एउटा सर्वशक्तिमान सर्जकको परिकल्पना गरेको छ। र, सोही कारण देश, शहर, डाँडा र पाखापिच्छे अलग–अलग देवस्थल छन्। कुल, टोल, गाउँ र परिवारका अलग देवता छन्। मान्छेले सिर्जना गरेका हजारौँ देवताहरूबारे लेखिएका लाखौँ गीत, भजन, गाथा र धार्मिक किताबहरू छन्। सबैले आफूले सिर्जना गरेको देवता नै सर्वव्यापी र शक्तिसाली भएको दाबी गरेका छन्।

    सबैजसो धर्मका व्याख्याता र मूल गुरुहरू छन्। ती प्रायः सबै पुरुष छन्। उनीहरू मौलिक पहिरन र चिन्हमा ठाँटिन्छन्। अनेक श्लोक र मन्त्र उच्चारण गरेर सर्वसाधारणहरूलाई नैतिकता, रोग, मृत्यु र भयका बारेमा सुझाव दिन्छन्। रोग लागेकालाई आशिर्वाद दिएर सन्चो बनाउनेसमेत दाबी गर्छन्। र, ती धर्मगुरुहरू आफूलाई देवता र सर्वसाधारणबीच भेटघाट गराउने संयोजक या समन्वयकर्ता ठान्छन्। आफूलाई त्यस धर्मको आधिकारिक व्याख्याता ठान्छन्।

    तर माथि प्रस्तुत गरिएका अनेकौँ उदाहरणहरूले के संकेत गर्छन्? किन सर्वज्ञानी र पवित्र ठानिने धर्मगुरुहरूसमेत कोरोना भाइरसका शिकार बनेका छन्? किन उनीहरूले दिएको वक्तव्यहरू झुट सावित भइरहेका छन्? जबकि प्रायःसबै धर्मग्रन्थहरूमा देवता वा परमेश्वरले प्रलय, संकट र दुःखमा साथ दिने कुरा उल्लेख गरिएको छ। अझ कतिपय धर्मग्रन्थमा त यस्तै संकटका बेला या ‘निर्णायक समय’मा पापीहरूको नास गर्नका लागि ईश्वर स्वयं अनेक अवतारमा धर्तिमा जन्म लिने कुरा उल्लेख छ। यदि त्यसो हो भने उति शक्तिसाली ईश्वरहरू यो महामारीमा किन चुप छन्? तिनै ईश्वरका दुतहरू नै यो महामारीमा किन पीडित छन्?

    मानव जाति र पृथ्वीको २–४ हजार वर्षकै इतिहास हेर्ने हो भने पनि भोकमरी, खडेरी, भाइरसको प्रकोपलगायत अनेकौँ रोग र महामारीहरू यो पृथ्वीले झेलेको छ। कुनै ईश्वरीय शक्तिको दया वा सहाराबिना मानव एक्लैले ती महामारीसँग भिडेको छ। किनकि अहिलेसम्म महाप्रलयहरूमा कुनै देवता आएर मानव जातिको रक्षा गरेको प्रमाण हामीसँग छैन।शोक र कोलाहलयुक्त ती सबै महामारीलाई झेल्दै मानव जाति यहाँसम्म आइपुगेको छ। उल्टै, त्यस्ता महामारीहरूसँग भिड्दै मानव जातिले अनेकन् औषधि पत्ता लगाएको छ। रोग,भोक र पृथ्वीका अनेकन् जटिलतासँग उसले लड्न सिकेको छ। आफ्नै बुता, ज्ञान र चेतनामा टेकेर औषधि, अस्पताल र भाइरसविरुद्धका भ्याक्सिनसमेत बनाएको छ।

    ईश्वर किन सुतिरहेका छन्?
    ब्रम्हाण्डलाई परमात्मा–परमेश्वर वा ईश्वरले रचेको बताइन्छ। आज उनले रचेको भनिएको ब्रम्हाण्डको सानो पिण्ड पृथ्वीमा यो महाप्रलय हुँदा रचयिता ईश्वर स्वयं किन सुतिरहेछन्? कि भनिएजस्तो दयालु छैनन् ईश्वर? के उनलाई आफूले रचेका सिर्जनाहरूको दुःख र पीडामा आनन्द मिल्छ? एक वर्षकै अन्तरालमा भाइरसबारे विश्वका अनेकौँ विश्वविद्यायल र अनुसन्धानशालामा हजारौँ अध्ययन भएका छन्। त्यसकै कारण अहिले भाइरसविरुद्ध विश्वले खोप पनि पाइसकेको छ। यसो हुँदाहुँदै पनि भाइरसले अझै लाखौँको ज्यान जान सक्छ। भाइरसले रुप बदलेर आक्रमण गर्दा मानव समुदायमा यसले अर्को महासंकट पनि निम्तन सक्छ। तर विज्ञान जगत त्यसविरुद्ध डटेर लागेको छ। प्रयोगशालामा भाइरसका बारेमा अध्ययन गर्दागर्दै कति वैज्ञानिक र अनुसन्धानकर्ताहरूले ज्यानसमेत गुमाएका छन्।
    बम बर्सने युद्ध मैदानमा लडेझैँ आफ्नो ज्यानको पर्वाह नगरी वैज्ञानिकहरू विज्ञानका प्रयोगशालामा भिडिरहँदा सर्वशक्तिमान ईश्वर भने किन चुप छन्? लाखौँ मान्छेको ज्यान जानु अघि नै उनी किन यी भाइरसलाई निस्तेज पार्दैनन्? वा पार्न सक्दैनन्? सर्वज्ञानी र दयालु भगवानलाई जगत्को उद्धार गर्न केले रोकेको छ?

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रकाश अजात

      प्रकाश अजात

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.