Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Saturday, May 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोरोनाविरुद्धको दोस्रो खोप नलगाए के हुन्छ ?

जि क्रिस्टिक जि क्रिस्टिक
बैशाख १९, २०७८
- कोभिड–१९, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    धेरैजसो अमेरिकनहरूका लागि कोभिडको पूरै भ्याक्सिन लगाउनु भनेको फाइजर या मोडेर्नाको खोप दुई पटक लगाउनु हो। अमेरिकी सरकारको खाद्य तथा औषधी व्यवस्थापनका अधिकारीहरूले तोकेको निर्देशिकाअनुसार फाइजरको दोस्रो डोजका लागि कमसेकम २१ दिन र मोडेर्नाका लागि २८ दिन पर्खन भनेको छ।

    अमेरिकाबाहेकका देशमा आस्ट्राजेनेकाको दोस्रो डोजका लागि मान्छेहरू कमसेकम ५६ दिनसम्म पर्खेका छन्। दोस्रो डोजलाई जानकारहरू ‘बुस्टर खोप’ पनि भन्दछन्। किनभने मान्छेको इम्युनिटी बुस्ट गर्न (रोग प्रतिरोधात्मक क्षमता विकास गर्न) का लागि तिनको आविस्कार गरिएको हो। दादुरा र मम्प भाइरलको संक्रमण रोक्न बनाइएका खोपजस्तै, बुस्टर खोप।

    तर सबै मान्छेले खोपको निर्देशनलाई मान्छन् भन्ने छैन। करिब ८ प्रतिसत अर्थात् ५० लाख अमेरिकनहरूले आफूले लगाउनु पर्ने भ्याक्सिनको दोस्रो डोज लगाएका छैनन्। न्यु इङल्याण्ड जर्नल अफ मेडिसिनले गरेको एक अध्ययनले के संकेत गर्छ भने गलत बुझाईका कारण मान्छेहरूले भ्याक्सिन नलगाएका हुन सक्छन्।

    अध्ययनमा संलग्न ५० प्रतिसतले पहिलो भ्याक्सिन लगाएको २ हप्ताभित्रै कोभिडको भ्याक्सिन लगाउनु पर्ने भन्ने ठाने र दोस्रो खोप छुटाए। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम विभागले भने यसबारे सबैलाई प्रष्ट जानकारी दिने प्रयास गरेको बताएको छ र उसले भनेको छ, ‘दोस्रो डोजको प्रभाव लगाउनेवित्तिकै देखिन्छ।’

    कतिपय व्यक्तिचाहिँ पहिलो खोप लगाउँदा हात या शरीर दुखेका कारण अथवा ज्वरोलगायतका साइडइफेक्ट देखिएका कारण पनि दोस्रो खोप लगाउन आनाकानी गरिरहेका छन्। र, थोरै मान्छेहरूले आफ्ना अति वाध्यात्मक कारणहरूले गर्दा चाहेर पनि दोस्रो खोप लगाउन नपाएका हुन सक्छन्, नलगाउन सक्छन्। र, दोस्रो चरणको खोप लगाउने विषय आफैँमा असहज पनि हुनसक्छ।

    पहिलो खोप लगाउनेबित्तिकै कोही मान्छे कोरोनाबाट सुरक्षित रहन सक्ला त भन्ने प्रश्न तपाईँको मनमा होला। यदि तपाईँले दोस्रो खोप समयमै लगाउन पाउनु भएन भने पहिले लगाएको खोपको कुनै असर तपाईँमा हुन्छ कि हुँदैन? र, तपाईँले दोस्रो पटकको खोप चाहिँ अर्कै उत्पादक कम्पनीको लगाए के होला?

    ओहियो स्टेट युनिभर्सिटीको वेक्स्नर मेडिकल सेन्टरका डाक्टर निकोलस केम्यान बताउँछन्, ‘यी प्रश्नको छोटो उत्तर होः भ्याक्सिनबाट पाउने प्रायः सबै लाभ लिनका लागि तपाईँले खोपका दुबै चरण पूरा गर्नु आवश्यक छ। खोप लगाउँदा खेरी रोग नियन्त्रण तथा रोकथाम विभागले तपाईँलाई दिएको कार्डमा प्रायः दोस्रो खोप कहिले लगाउने भन्नेबारे उल्लेख हुन्छ। र, सही मितीमा सुई लगाउनु धेरै फाइदाजनक छ। तर तपाईँले त्यो मितीमा खोप लगाउन भ्याउनु भएन भने पनि, ढिलै भए पनि दोस्रो खोप लगाउनु तपाईँको हितमै छ। ढिलो भयो भन्दैमा फेरि दोहोर्याएर पहिलो खोपबाटै सुरु गर्न भने हुन्न।

    भ्याक्सिनको दोस्रो डोज किन महत्वपूर्ण छ ?

    फाइजर र मोडेर्ना भ्याक्सिनको पूर्ण प्रभावकारिताका लागि दुबै डोज लगाउनु आवश्यक छ। बिएमजे मेडिकल ट्रेड जर्नलमा प्रकाशित एक रिसर्चले संकेत गर्छ कि कोभिड–१९ को उपचारका लागि फाइजर भ्याक्सिनको पहिलो डोज ५२ प्रतिसत मात्रै प्रभावकारी हुन्छ। जबकि बिबिसि रिपोर्ट र विश्व स्वास्थ्य संगठनका अनुसार मोडेर्नाको पहिलो खोप लगाएको पहिलो २ हप्तासम्म त्यसको प्रभावकारिता ८० प्रतिसतभन्दा बढी हुनसक्छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम विभागका अनुसार तर दुबै डोज लगाउँदा भने दुबै भ्याक्सिनको प्रभावकारिता ९० प्रतिसतसम्म हुन्छ ।

    तथ्यले संकेत गर्छ कि पहिलो खोप लगाएपछि कुनै रूपको रोग प्रतिरोधात्मक क्षमता मान्छेको शरीरले विकास गर्छ। त्यही तथ्यांकले के कुरो पनि देखाउँछ भने दोस्रो खोप लगाएका व्यक्तिहरू दोस्रो खोप लगाएको दोस्रो हप्तामा पूर्ण रूपमा इम्युनाइज (पूर्ण सुरक्षित) हुन्छन्। ‘दोस्रो खोप लगाएपछि शरीरमा १० गुणासम्म एन्टीबडी वृद्धि हुनसक्छ’, डाक्टर केम्यान बताउँछन्, ‘यो दोस्रो खोप तिनीहरूका लागि विशेष रूपले महत्वपूर्ण छ, जसको रोग प्रतिरोधात्मक शक्ति उनीहरूमा भएका विभिन्न रोगहरूका कारण कमजोर छ।’ कोभिडविरुद्धको पहिलो मात्र खोप लगाएको अवस्थामा त्यसले कति सुरक्षा दिन्छ?

    दुई चरणमा लगाउनुपर्ने भ्याक्सिनको पहिलो मात्रामात्रै लगाउँदा त्यसले लामो समयसम्म पार्ने प्रभावकारिताबारे थोरैमात्र अध्ययन भएका छन्। तर प्रारम्भिक तथ्यांकले बताउँछ कि पहिलो खोपबाटै पनि कोभिडबाट उल्लेखनीय सुरक्षा हुन्छ। डा. केम्यान बताउँछन् कि अमेरिकाका विभिन्न ६ राज्यका करिब ४ हजार व्यक्तिमा १३ हप्ता लगाएर गरिएको अध्ययनले पहिलो चरणको खोप (फाइजर र एस्ट्राजेन्का)मात्रै लगाउँदा कोभिड रोक्नमा त्यो ८० प्रतिसत प्रभावकारी रहेको पाइयो।

    पहिलो चरणको मात्र खोप लगाउँदा कुनै खतरापूर्ण साइड इफेक्ट हुन्न। लामो समयसम्म रहने खालको साइड इफेक्ट पनि हुन्न। त्यसो हो भने दुई चरणकै खोप लगाउनु किन आवश्यक छ त ? अमेरिकन नेसनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजका निर्देशक एन्थोनी फाउचीले केहि अघि बताएका थिए, ‘पहिलो खोप लगाएपछिको सुरक्षाको कुरा गर्दा, त्यसबाट करिब ८० प्रतिसत सुरक्षित होइएला। तर एक डोज मात्रै लगाएपछि चाहिँ प्रश्न उठ्छ, त्यो ८० प्रतिसत इम्युनिटी कहिलेसम्म बाँकी रहन्छ?’

    र, कोरोनाका नयाँ भेरियन्टहरू पूर्ण रूपमा भ्याक्सिन लगाएका व्यक्तिहरूका लागि समेत चुनौती बनिसकेका छन्। फाउचीले भनेका छन्, ‘पहिलो मात्रै खोप लगाउँदा झनै कम सुरक्षित होइन सक्छ। तपाईँ खतरापूर्ण अवस्थामा हुनसक्नुहुनेछ, यदि तपाईँले भ्याक्सिनको सम्पूर्ण असर पाउनुभएको छैन भने।’

    के म तोकिएको समयभन्दा ढिलो दोस्रो खोप लगाउन सक्छु?

    हिल नामक मेडिकल प्रोभाइडर संस्थाका मेडिकल डाइरेक्टर डा. सचिन नग्रानी भन्छन्, ‘यदि तपाईँले भ्याक्सिनको दोस्रो डोज छुटाउनुभयो भने पनि इम्युनिटी बढाउनका लागि त्यो अति ढिला भएको हुनेछैन। पहिलो डोज लगाएको ४२ दिनसम्म खोप लगाउँदा पनि त्यसले भ्याक्सिनको प्रभावकारितामा कुनै फरक पार्दैन।’

    जो–जो विज्ञहरूसँग हामीले सम्पर्क र सल्लाह गर्यौँ, उनीहरूले सहमति जनाए कि पहिलो डोज लगाएको ४२ दिनभन्दा पर पुगिसकेको भए पनि राम्रो परिणामको लागि तपाईँले दोस्रो डोज लगाउनैपर्छ । ‘तोकिएको मितिभन्दा ढिलो खोप लगाउँदा त्यसको प्रभावकारिता कति रहन्छ भनेर शंका गर्नु स्वभाविक र तर्कसंगत हो ।तर योसम्बन्धी तथ्यांक भने हामीसँग अझै छैन,’ सचिन बताउँछन्।

    कतिपय अवस्थामा दोस्रो खोप लगाउन सम्भवै नहुने अवस्था पनि आउन सक्छ। एक राज्यबाट अर्को राज्यमा स्थायी रूपमा बसाईँ सर्नेहरूका हकमा त्यस्तो हुनसक्छ। तर त्यस्तो अवस्थामा समयावधिभित्रै भ्याक्सिन लगाउने प्रयास गर्नु नै उचित हो किनभने यसले भ्याक्सिनसँग तपाईँको इम्युन सिस्टमले जनाउने प्रतिक्रिया प्रभावित हुनसक्छ।

    डा. केम्यान भन्छन्, ‘तर दोस्रो खोप लगाउनुपर्ने समयभन्दा अगावै वा ढिलो खोप लगाउनुभयो भने पनि तपाईँले कोभिडविरुद्धको खोप पहिलेबाटै दोहोर्याएर भने लगाउनुहुँदैन। र, अर्को कुरा, तपाईँ दोस्रो खोप लगाउनु पर्ने बेलामा बिरामी हुनुभयो (४२ दिनको समयावधिभित्रै लगाउनु पर्ने दोस्रो खोपको म्याद गुर्जिसकेको अवस्थामा पनि) पनि तपाईँले अर्कै समयमा खोप लगाउनुपर्ने हुन्छ।

    के म दोस्रो पटक अर्कै उत्पादक कम्पनीको भ्याक्सिन लगाउन सक्छु?

    पहिलो खोप लगाउँदाको दर्दपूर्ण साइड इफेक्टले होस् या दोस्रो खोप सहजै लगाउनेबारे मिति र ठाउँ तय गर्न नसकेर होस्, तपाईँले पहिले लगाएको फाइजर अथवा अरु कुनै उत्पादक कम्पनीको खोप छाडेर अर्कै र सहजै उपलब्ध कम्पनीको दोस्रो डोज खोप लगाउनेबारे पनि सोच्नुभएको हुनसक्छ। तर अमेरिकी रोग नियन्त्रण तथा रोकथाम विभागको निर्देशिकाले भने ढिलै लगाउनुपर्ने अवस्था आएपनि पहिलो र दोस्रो पटक उही कम्पनीको भ्याक्सिन लगाउनुपर्ने बताएको छ।

    कसैले सोध्न सक्छ, ‘तर उही कम्पनीको भ्याक्सिन लगाउन किन आवश्यक छ त ?’केम्यान भन्छन्, ‘दोस्रो खोप अर्कै कम्पनीको लगाउने कुरा सैद्धान्तिक रूपमा सम्भव हुनसक्छ तर निश्चितै रूपमा यसबारे अध्ययन भएको छैन वा सिफारिस गरिन्न। पहिलो खोप दिएपछिको दुई हप्तापछिसम्म ‘रोगबाट सुरक्षित समय’ रहेका कारण उही उत्पादक कम्पनीको खोप नै पर्खनु राम्रो हुन्छ।’

    गुडहाउसकिपिङबाट। अनुवाद प्रकाश अजात/नेपाल रिडर्स

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      जि क्रिस्टिक

      जि क्रिस्टिक

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.