Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

प्रकृतिप्रति यो कस्तो माया!

रक्षा गीता रक्षा गीता
जेष्ठ २९, २०७८
- विचार, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    हिन्दी चलचित्र पिकेमा एउटा सम्वाद ‘आइ लव चिकन’ माथि नायक पिके (आमिर खान) टिप्पणी गर्छन्- यो पृथ्वीको भाषामा धेरै लचकता छ अर्थात् धेरै अर्थ लाग्छ। उनका अनुसार जब मानिसहरू भन्छन्, ‘आइ लव चिकन’ अर्थात् म कुखुरालाई माया गर्छु, यसको सामान्य अर्थ हुन्छ उसले कुखुरालाई माया गर्छ। तर त्यसो होइन, यहाँ उसले ‘आइ लव चिकन’ भन्नुको अर्थ ‘उसलाई कुखुरा खान मनपर्छ’ हो।

    हामी पृथ्वीबासीहरू प्रकृतिलाई धेरै माया गर्छौ, मनपराउँछौँ। फूलहरूलाई माया गर्छौ, नदिहरू मनपराउँछौँ, झरना मनपराउँछौँ, पहाड र नदी-समुन्द्रका किनारमा घुम्न मनपराउँछौँ। किनभने हामी पहाड तथा नदी किनार मनपराउँछौँ र माया गर्छौं। हामी प्रकृतिको हरेक स्वरुपलाई मनपराउँछौँ। जो हाम्रो लागि लाभकारी छ। तर हाम्रो मायाको परिभाषा माथि उल्लेखित ‘आई लव चिकन’ सँग मेल खान्छ। किनभने हामी प्रकृतिको धेरै दोहन पनि गरिरहेका छौँ।

    कोरोनाकाल

    यो कस्तो माया हो, जसले नदीलाई बाँधिदिन्छ? यो मायाले पूजा/अर्चनाको तमाम हद तोडिदिन्छ, यतिसम्म कि पूजा गरेर विसर्जन गरिएका सामग्रीका कारण नदीको सास रोकिएको अवस्था छ, यिनका मुखबाट फिँज निस्किसकेको छ।

    सास त हावा स्वयंको पनि रोकिएको छ। थाहा छैन, शहरको हावा बिरामी छ कि हामी बिरामी छौँ। यतिबेला यस शहरमा हरेक मानिस चिन्तित छन्, तर के साच्चिकै हामी यो चिन्तित अवस्थाको कारणका बारेमा बेखबर छौँ ?

    कुनै रोगको नामबाट समयको विभाजन हुन्छ भनेर हामीले कहिल्यै सोचेका थिएनौँ, यो विभाजित समयलाई आज हामी ‘कोरोनाकाल’ भन्दैछौँ। वास्तवमै ‘काल’ नै बनेर आयो कोरोना। भारतमा मोदी लहर आयो, त्यसपछि कोरोनाको दोस्रो लहर आयो, यसबाट कोही मुक्त छैन। स्वस्थ व्यक्तिदेखि संक्रमितसम्म सबै मानिस एउटै निराशाजनक मनस्थितिबाट गुज्रीरहेका छन्।

    बुढापाकाले भन्ने गर्थे – “बरु कसैको खुशीयालीमा नजानू, तर अरुको दुःख र संकटमा शत्रुता बिर्सिएर भएपनि जानू।” तर अहिलेको दुःख र संकटमा कसैले कसैको साथ दिन सकिरहेका छैनन्। परिस्थिति यस्तो बनेको छ कि शत्रुकहाँ त के आफन्तहरूको मृत्यु हुँदासमेत जान सकिरहेका छैनन्।

    अक्सिजन अभावको पूर्वसंकेत

    जताजतै अक्सिजनको अभाव छ। यो कुरा कुनैपनि समझदार व्यक्तिका लागि आश्चर्यको विषय भने होइन। किनभने अक्सिजनको अभाव आजको मात्रै समस्या होइन। पछिल्लो १० वर्षदेखि प्रदुषणका कारण वायुमण्डलमा परेको प्रभाव हामीले देखिरहेका छौँ। र, यो पृथ्वीलाई यो खतरामा धकेलेको कसले हो? हामीले होइन? आज फेरि हामी नै हल्ला मच्चाइरहेका छौँ।

    ११ अगस्ट २०१७ मा युट्युबमा रिलिज भएको छोटो चलचित्र-कार्बनले हामीलाई भविश्यमा अक्सिजनको अभाव हुनसक्ने तर्फ सचेत गराएको थियो। सुरुमा यो चलचित्र हेर्दा डरलाग्दो चलचित्र जस्तो लागेको थियो। तर यसले सन् २०६७ मा पृथ्वीमा अक्सिजनको कमीबाट कस्तो स्थिति आउँछ, धरतीको अवस्था कस्तो हुनेवाला छ र अक्सिजनका लागि कसरी गृहयुद्ध हुन्छ भन्ने कुरा देखाएको छ। हामीले अहिलेसम्म पानीका लागि युद्ध हुन्छ भन्ने सुनिरहेका थियौँ, तर हावा (अक्सिजन)का लागि पनि युद्ध हुनसक्छ भन्ने संकेत यस चलचित्रले देखाएको छ।

    चलचित्रको दृश्यमा केही भयंकर परिदृश्यहरू प्रस्तुत गरिएका छन्। ठाउँ- ठाउँमा अक्सिजनको फ्याक्ट्री खडा गरिएको हुन्छ र यस फ्याक्ट्रीबाट कालो धुँवा निस्किरहेको हुन्छ। वायुमण्डल कार्बनबाट ढाकिएको हुन्छ, मानिसहरू खोकीरहेका छन् र सास लिन गाह्रो भइरहेको छ।

    पछिल्लो ८/१० वर्ष यता दिल्लीमा दमका बिरामीहरू बढिरहेका छन्। स-साना बच्चा, वृद्धवृद्धा र जवान व्यक्तिको समेत शुद्ध हावाको अभावमा अकालमै मृत्यु भइरहेको छ। र, आज हामी कोरोनालाई दोष दिइरहेका छौँ ।

    वास्तवमा कोरोना महामारीको कारण को हो ? के हामी मानिस नै कोरोनाको कारण होइन? चलचित्र कार्बनमा मंगल ग्रहदेखि आएका एक व्यक्ति भन्छन् – ‘तिमी पृथ्वीवालाले धर्तिको अलिकति पनि ख्याल गरेनौँ, जब यहाँ यमुनाले फिँज निकालिरहेकी थिइन्, तब तिम्रो ध्यान नै गएन।’

    जब वायुमण्डलमा धुँवा र कुहिरो फैलियो, तब हामी घरमै लुकेर बस्यौँ, सरकारले छुट्टी त दियो, तर नियन्त्रणका लागि कुनै व्यवस्था भएन। जबकि सन् २०१७ मा कोरोना भाइरसको निशाना समेत नभएको समयमा एउटा चलचित्रले हामीलाई अक्सिजनको महत्वका बारेमा सम्झाइरहेको थियो र सावधान गराएको थियो।

    हावाका लागि संघर्ष

    चलचित्र कार्बनले दुश्मनले आक्रमण गर्नुअघि नै सचेत रहन भनिरहेको थियो। अहिले ‘दुश्मन’ को रुपमा कोरोना भाइरसले आक्रमण गरिसकेको छ। थाहा छैन, भारतमा कति आक्रमणकारीले आक्रमण गरे र तिनले जिते पनि। यसको कारण हामी भित्रको कमजोरी हो अर्थात् हाम्रो कमजोरी हो। जसरी हामीले हामीभित्रको कमजोरीलाई पहिचान गर्‍यौं, हामी निन्द्राबाट जाग्यौँ र त्यसरी शत्रुको डटेर सामना गर्नुपर्ने अवस्था आएको छ।

    ‘कार्बन’ मा अक्सिजनका लागि लाइसेन्स लिनुपर्ने भविष्यवाणी गरिएको छ। अक्सिजन यति महंगो हुन्छ कि यो सर्वसाधारणका लागि ‘लक्जरी’ को वस्तु बनेको हुन्छ। यसैपनि वायुमण्डल प्रदुषित भइरहेको थियो, यसमाथि कोरोना थपिएको छ। आज हामी एक-एक सासका लागि संघर्ष गरिरहेका छौँ, ठाउँ-ठाउँमा सिलिण्डरको कालोबजारी भइरहेको छ र मानिसहरूलाई सास लिन अप्ठ्यारो भइरहेको छ।

    यस चलचित्रमा सबैले अक्सिजनले भरिएको मास्क लगाएका हुन्छन्। कपडाको मास्क त हामीले पनि लगायौँ, तर हामीलाई अक्सिजनसहितको मास्क लगाउन सन् २०६७ सम्म पर्खिनु नपर्ने अवस्था देखिएको छ।

    मानिसको मुख सुरसा (रामायणमा उल्लेखित एक पात्र)को जस्तो खुल्ला रहेको थियो र उसको भोक झनै बढिरहेको थियो। यसकारण प्रकृतिले मानिसको मुखमा मास्क लगाइदियो र आज हामी एक-एक सासका लागि निरिह बनिरहेका छौँ। चारैतर्फ यो कस्तो हावा चल्यो ! अहिले हावा छ भने पनि मानिसहरू हावादेखि नै तर्सिनुपर्ने अवस्था छ। हेर्दाहेर्दै मानिसको सारा घमण्ड पलभरमै ‘हावा’ भएको छ।

    के भगवानले मानिसको रक्षा गर्छन्?

    वर्षेनी पूरै विश्वको दोहन भइरहेको छ। पृथ्वी कमजोर हुँदा हामी पनि कमजोर हुन सक्छौँ भनेर हामीले पहिल्यै सम्झिनु पर्थ्यो। जब – जब पृथ्वीमा अत्याचार हुन्छ, भगवानले अवतार लिनेछन् र यिनै अवतारीले मानिसको मात्रै भलो गर्छन् भने हामीले कसरी सोच्न सक्यौँ? जबकि यो पृथ्वी मानिसका लागि मात्रै होइन।

    मानिसले आफ्नो भगवानलाई मन्दिर-मस्जिदभित्र सीमित गरे, कोरोनाकालमा त लगभग बन्दी नै बनाए। मानिसको संकटको बेला अहिले भगवान आफैं संकटमा आइपुगेको छ। अब भन्नुहोस्, यो अवस्थामा कसलाई भोग लगाइन्छ? फूलमाला, आरती, पूजा – अर्चना कसले गर्छ?

    आलोचक रामचन्द्र शुक्ला भन्छन् – ‘भगवान अरु केही होइन, एक डराएको मानिसको कल्पना मात्र हो।’ उसलाई पनि हामीले अहिले कैद गरिदियौँ। वेदमा त प्रकृतिलाई ईश्वरीय शक्तिका रुपमा लिइएको छ। जब प्रकृति ईश्वरीय शक्ति हो भने हामीले यसैको दोहन गर्न कसरी सक्यौँ ? यदि त्यसो हो भने ईश्वर जरुर थकित भएका छन्।

    हराउँदै गएको प्राकृतिक सुन्दरता र मानवता

    चलचित्र कार्बनको आरम्भमा प्रकृति, झरना, रुख-बिरुवा र हरियाली देखाइन्छ। पृष्ठभूमिमा नायक भनिरहेका हुन्छन् – ‘टाढासम्म फैलिएको निलो आकाश, हराभरा मैदानमा खेलिरहेका बालबालिकाहरू, समुन्द्रको आवाज, हरेक ठाउँमा पानी नै पानी र खुल्ला हावामा सास लिनका लागि अक्सिजन….धेरै वर्ष पहिले हाम्रो दुनियाँ अर्थात् यो पृथ्वीमा यी सबै थिए। मैले यी सबै कहिल्यै देखिनँ, यो किस्सा मेरी आमाले मलाई सुनाएकी हुन्, शायद उनलाई उनकी आमाले।’

    सन् २०६७ को समयलाई चित्रित गरिएको यस चलचित्रमा हामीले प्रकृतिमाथि गरेको दोहनको परिणाम देखाइएको छ। चलचित्रको कथामा नायकको जन्म भएको वर्ष उनीसहित करिब २३००० शिशुको जन्मिनेबित्तिकै हृदयघात भएको थियो। र, यसकारण उनले नक्कली मुटु लगाएका हुन्।

    यो चलचित्रको कथा एउटा लेखकको कल्पना मात्रै हो। तर यसलाई कल्पना मात्रै मान्न सकिँदैन। यहाँ एक दूरदर्शी व्यक्तिले वर्तमान परिस्थितिलाई देखेर भविश्यको स्वरुप देखाइरहेका थिए, जसरी महाविर प्रसाद द्विवेदीले ‘कविताको भविश्य’ देखेका थिए। आजको सन्दर्भमा यो भविश्यवाणी कत्ति पनि अतिशयोक्ति लाग्दैन।

    चलचित्रमा मानिसको पतनका साथै रोबोटको विकास भइसकेको हुन्छ। र, रोबोट मानिसमा यस तरिकाले घुलमिल भएको हुन्छ कि छुट्याउन नै मुश्किल हुन्छ। एउटा अंग्रेजी फिल्म ‘बेटर देन अस’ मा रोबोटमा संवेदनशीलता विकसित हुँदै गएको देखाइएको छ र मानिसको संवेदनशीलता हराउँदै गइरहेको छ। यसरी रोबोट मानिस भन्दा राम्रो विकल्पको रुपमा आइरहेको छ। यो दिन धेरै टाढा छैन, किनकि रोबोट श्रमिकहरूको विकल्प बन्ने छ। साथै मानिसमा मानवता नै हराउँदै गइरहेको छ भने मानिस भन्दा राम्रो त रोबोट हुने नै भयो।

    मानवता छैन, मतदाता छ

    आज सामाजिक सञ्जालमा आएका खबरहरू र तस्वीरहरूले हाम्रो मन विचलित बनाइदिएका छन्। अक्सिजनको अभावमा एक पत्नी आफ्नो श्रीमानको मुखमा सास दिएर उनलाई जीवन दिने असफल प्रयास गरिरहेकी हुन्छिन्, कोही आफ्नी पत्नीलाई साइकलमा एक्लै बसाएर घाट लगिरहेका हुन्छन्, हरेक मानिस कसै न कसैको मृत्युको लागि श्रद्धञ्जलि लेख्न विवश छन् र कोही अक्सिजनका लागि अपील गरिरहेका छन्।

    पैसा हुनेहरू डर र असुरक्षाका कारण घरमा रासनको थुप्रो लगाएर बसेका छन्। उनीहरू अक्सिजनका सिलिण्डरपनि जोहो गरेर राख्छन्। तिनलाई हस्पिटल बाहिर सासका लागि बिरामीहरू तड्पिरहेका छन् भन्ने कुरामा कत्ति पनि चिन्ता छैन।

    हामी कहाँ थियौँ र कहाँ आइपुग्यौँ। सन् १९८७ मा कुबेर दत्तले महादेवी वर्मासँग एक साक्षत्कार गरेका थिए। प्रारम्भमा नै महादेव वर्माले साहित्यकारको चिन्तनका बावजुद मानिसमा मानवता हराइरहेको प्रसङ्ग उल्लेख गरेका छन्। उनले प्रश्न गरेका छन्- “हामीले यति धेरै लेख्यौँ, लेख्नुका बावजुद पनि मानिसको मानवता कहाँ हराएको छ?”

    साहित्यकारको चिन्तन जीवनको जुन चिन्ताहरूबाट सुरु हुन्छ, ती चिन्ता शायद चिन्तनहरू मै कैद भएर रहन्छ। ती व्यवहारिक हुन सकिरहेका छैनन्। उत्कृष्ट लेखनका बावजुद पनि जीवन, समाज र मानवताप्रति महादेवीको चिन्ता, वास्तवमा हामी सबैको चिन्ताको विषय हुनुपर्छ।

    राजनीतिमाथि टिप्पणी गर्दै उनी भन्छन् – “चुनावमा उठ्नका लागि ५ लाख चाहिन्छ र त्यसका लागि कुकर्म गरेर भएपनि कमाएका छन्। र, देखिरहेका छौँ कि चुनावमा पैसाको खेल भइरहेको छ। जसको पूँजी छ, उसैको सत्ता हुन्छ। एकातर्फ पूरै देश तड्पिरहेको छ र ‘चुनाव’ तटस्थ आफ्नो काम गरिरहेको छ।”

    यहाँ मानवता बाँचेको छैन, मात्र एउटा मतदाता बाँचेको छ। जसको मतले कुनै मूल्य नै राख्दैन। ‘आइ लव चिकन’ कै ढाँचामा ‘आइ लव माइ भोटर्स’ को जाल फ्याँकिएको छ। र यो ‘चिकन’ अर्थात् भोटरलाई पनि थाहा छैन कि उसबाट के बन्ने वाला छ।

    तत्काल त उ आफ्नै छायाँमा लुकेर बसेको छ, जबसम्म मालिक चारो दिइरहन्छन्, तबसम्म उ चारो टिपिरहन्छ। जब उसको ‘हलाल’ हुन्छ, त्यतिखेर उ जस्तै अर्को ‘चिकन’ आफ्नै ‘भाग्यको खेल’ सम्झिँदै फेरि चारो टिप्न थाल्छ।

    सबलोग डट आइएनबाट मेनुका बस्नेतको अनुवाद।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      रक्षा गीता

      रक्षा गीता

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.