Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भाइरस शास्त्रीहरुले कुनै नयाँ संक्रमणको उद्भव कसरी पत्ता लगाउँछन्

कृत्रिम तरिकाले विकसित र परिवर्तित भाइरसमा एउटा अर्कै भाइरस श्रोतबाट ल्याई टाँसिएको अंगहरु स्पष्ट रुपमा देखा पर्दछन्। सार्स–कोभ२ को आनुवंशिक श्रृंखलामा एउटा नितान्त फरक प्रकारको सुत्र छ।

मेरलि जे रोगिनिक मेरलि जे रोगिनिक
असार ३, २०७८
- कोभिड–१९, विमर्शका लागि, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    हरेक समय जब कुनै ठूलो विनासकारी रोग देखा पर्छ तब वैज्ञानिकहरु तथा आम जनसमुदायको एउटै जिज्ञासा हुन्छ – ‘कहाँबाट आयो यो?’

    कोभिड-१९ जस्ता महामारीहरु भविष्यमा नहोउन् भनी अनुमान गर्न तथा त्यसको रोकथाम गर्न,  अन्वेषकहरुले त्यस्तो महामारी फैलाउने भाइरसको उद्भव पत्ता लगाउनु आवश्यक पर्छ। यो मामुली काम होइन।

    संसारभरि फैलिएको २० बर्ष भइसक्दा पनि एचआईभीको उत्पत्तिबारे अझै स्पष्ट भइसकेको छैन। सन् १९७० देखि नै बेला बेलामा देखा परिरहेको इवोला भाइरसको उद्गमसमेत वैज्ञानिकहरुले आजसम्म पत्ता लगाउन सकेका छैनन् ।

    म भाइरल इकोलजीको विशेषज्ञ भएकाले मलाई भाइरसको उद्भवका बारेमा बारम्बार प्रश्नहरु सोधिन्छन्। मेरा कामका सिलसिलामा, मैले धेरै भाइरसहरु र कुनै रोग नलगाई जंगली वनस्पतिलाई संक्रमण गर्ने केही रोग–कारक सूक्ष्म–जीवहरु पत्ता लगाएको छु।

    वनस्पतिमा मात्र होइन जनावर वा मानिसमा संक्रमण गर्ने तिनिहरुको तरिका एकै नासको हुन्छ। भाइरसको उद्गम पत्ता लगाउने विधिमा धेरै प्रकारका कष्टसाध्य फिल्ड वर्क, प्रयोगशाला परिक्षण हुन्छन् र पत्ता लगाउने कुरामा अलि अलि भाग्यले पनि साथ दिनुपर्छ।

    भाइरसहरु जनावररुपी आस्रयस्थलबाट मानिसमा सर्दछन्

    मानिसलाई संक्रमित गराउने थुप्रै प्रकारका भाइरस र अन्य रोगका कारक एजेन्टहरुको उत्पत्ति जनावरमा भएका हुन्। यी रोगहरु जनावरजन्य (Zoonotic) हुन्, भन्नाको मतलब त्यस्ता रोगहरु जनावरमा बस्ने भाइरसका कारणले हुन्छन्। भाइरसहरु जनावरबाट मान्छेमा सर्छन् र त्यसले मानव शरीरमा आफूलाई अनुकुलन गर्छ। त्यसपछि एक मान्छेबाट अर्को मान्छेमा सर्दै मानव-समुदायमा नै फैलन्छ ।

    यसकारण मान्छेलाई संक्रमित गर्ने भाइरसको उद्गम फेला पार्न, मानिसमा पहिलो पटक संक्रमण देखा परेको स्थलका कुन जनावरबाट आयो भन्ने पत्ता लगाउने हुटहुटी हुनसक्छ। तर पत्ता लाउन समस्याहरु के कस्ता छन् भने भाइरसले आस्रयस्थल बनाएका जंगली जनावरमा सामान्यतया बिरामका कुनै लक्षण देखा पर्दैन। बरु समयक्रममा भाइरस र त्यसका आश्रयदाता (जंगली जनावर) एक अर्कामा मिलेर बस्न थाल्छन्। र यसकारण ती आश्रयदातामा रोगका लक्षण देखा पर्दैनन्। तर जब त्यो भाइरस नयाँ प्रजातिको आश्रयदातामा सर्छ, त्यसलाई संक्रमित गराउँछ।

    अनुसन्धानदाताहरु खाली बिमार जनावरहरुको खोजीमा मात्र भर पर्न सक्दैनन्।

    अर्को समस्या के छ भने मानिस र तिनका खाद्य जनावरहरु एकै ठाउँमा स्थिर भएर रहेका हुँदैनन्। पहिलो संक्रमित व्यक्ति भेटिएकै ठाउँको नजिकै भाइरसको उत्पत्ति भएको ठोकुवा अनुसन्धाताले गर्न सक्दैनन्।

    कोभिड-१९ को सन्दर्भमा, सबभन्दा पहिला अनुसन्धान गर्नुपर्ने जीव चमेरो नै हो। धेरै प्रकारका कोरोना भाइरसको ज्ञात श्रोत चमेरो नै हुन्। र सार्स र मर्स जस्ता अन्य जनावरजन्य संक्रमणहरुका संभावित श्रोत तिनै हुन्।

    जहाँसम्म कोभिड-१९ रोग लगाउने सार्स-कोरोना भाइरस-२ को सम्बन्ध छ, वैज्ञानिकहरुले हालसम्म त्यसको नजिकैको सजातीय भाइरस फेला पारेको भनेको BatCovRatG13 हो। यो भाइरस वुहान भाइरोलोजी संस्थानका भाइरोलोजिष्टहरुले सन् २०११ र २०१२ मा पत्ता लगाएको चमेरो कोरोनाभाइरसको संकलनमध्ये एक अग हो।

    सन् २००३ मा सार्स-कोभ -१ को महामारी फैलिएपछि भाइरोलोजिष्टहरु चमेरामा पाइने सार्ससँग सम्बन्धित कोरोना भाइरसको अन्वेषण गर्दै थिए। उनीहरुले वुहानको प्रयोगशाला का १५०० कि मि टाढा युनान प्रान्तको एउटा ठाउँबाट दिसा र घाटीको र्‍यालका नमुनाका रुपमा संकलन गरे अनि प्रयोगशालामा थप अध्ययन गर्न थाले।

    चमेरोको कोरोना भाइरस मानिसमा संक्रमण हुन्छ/हुँदैन निश्चित गर्न, अनुसन्धाताहरुले बाँदरको मिर्गौलाका कोशिकाहरु तथा मानिसको ट्युमर कोशिकाहरुमा संकलित गरिएका दिसा र घाटीको र्‍यालका भाइरस संक्रमण गराए। त्यसपछि उनीहरुले के पाए भने ती मध्ये कतिपय भाइरसहरु मानव कोशिकाहरुमा संक्रमित हुन सक्छन्। चमेरा र मानिसकाबीचमा प्राय प्रतक्ष संम्पर्क हुँदैन, तथापि, कुनै बिचको माध्यम भने आश्रयदाता हुनसक्ने संभावना त हुन्छ नै ।

    सबैभन्दा नजिकको नातेदार सजाति पत्ता लगाउने चुनौति

    यस श्रृंखलाको अर्को कदम मानव जातिमा संक्रमण गरिरहेको भाइरस कुन वन्यजन्तुमा पाइने शंकास्पद भाइरसको कति नजिकैको नातेदार हो भन्ने निर्क्योल गर्नु हो। यस्तो निर्क्योल गर्न वैज्ञानिकहरु उक्त भाइरसको आनुवंशिक श्रृंखला (genetic sequence) ठम्याउँछन्। जसमा उक्त आनुवंशिक धागो (जेनोम) बनाउने इटा वा न्युक्लियोटाइडसको रचना प्रकृया पत्ता लगाउँछन्।

    दुई फरक आनुवंशिक श्रृंखलामा जति धेरै न्युक्लियोटाइडसको समानता देखिन्छ, त्यति नै तिनीहरु नजिकैको नातेदार ठहरिन्छन् ।

    चमेरोमा पाइएको कोरोनाभाइरस RaTG13 को आनुवंशिक श्रृंखला सार्स-कोभ-२ सँग ९६ प्रतिशत मिलेको पाइयो। यस स्तरको समानताको अर्थ के भने RaTG13 सार्स-कोभ-२ नजिकैको नातेदार हो र यसले के इंगित गर्छ भने सम्भवत सार्स-कोभ-२ चमेरामै उद्भव भयो। तर यति हुँदा हुँदै पनि चमेराबाटै यो मानिसमा सरेको हो भनी ठोकुवा गर्न अरु धेरै लामो अन्वेषण हुनपर्ने खाँचो हुन्छ ।

    के कुराको पनि प्रवल संभावनालाई इन्कार गर्न सकिन्न भने यो भाइरस चमेराबाट अर्को आश्रयदाताहरुमा सर्‍यो र त्यसबाट मानिसमा संक्रमित भयो।

    सबभन्दा पहिले वुहानको वन्यजन्तुको व्यापार हुने बजारसँग सम्बन्धित व्यक्तिहरुमा कोभिड–१९ भेटिएकाले त्यहाँ बेच्न राखिएको कुनै वन्यजन्तु चमेरा र मानिसबीच मध्यस्थता गर्ने आश्रयदाता रहेको हुनसक्ने अनुमान गरिएको छ। तथापि अनुसंन्धानदाताहरुले त्यहाँ राखिएका कुनै पनि वन्यजीवहरुमा यो भाइरस फेला पारेनन्।

    त्यसैगरि, यसै भाइरससँग मिल्दोजुल्दो कोरोनाभाइरस तस्करी विरुद्धको छापा मार्दा दक्षिण चीनमा एउटा सालकमा पाइयो।

    धेरै मानिसहरुले हतारमा यो चमेराबाट सालक र सालकबाट मानिसमा सरेको निष्कर्ष निकाल्न भ्याए। तर सालकमा पाइएको भाइरस सार्स-कोभ-२ सँग ९१ प्रतिशत मात्र समानता पाइएको थियो, जसले यस कारण सालकमा पाइएको भाइरस मानिसमा संक्रमण भइरहेको भाइरसको प्रत्यक्ष नातेदार वा पुस्ता रहेको निष्कर्षलाई पुष्टी गर्दैन।
    सार्स-कोभ-२ को उद्गम यही हो भनि ठोकुवा गर्न अझै धेरै वन्यजीवबाट नमुनाहरु संकलन गर्न जरुरी छ। यो वहुत कठिन काम हो किनभने चमेराबाट नमूना संकलन गर्न धेरै समय लाग्छ र दुर्घटनावस हुनसक्ने संक्रमणबाट जोगिन धरै सावधानीका उपायहरु अवलम्वन गर्नु पर्ने हुन्छ।

    सार्ससँगसम्बन्धित कोरोना भाइरसहरु एसिया भरिकै (जसमा जापान र थाइलेण्डसमेत पर्दछन्) चमेराहरुमा पाइन्छ तर, यसलाई खोज्नु परालको विशाल कुन्युमा एउटा सानो सियो खोज्नु बराबर हुन्छ।

    सार्स–कोभ– २ को वङ्श वृक्षको निर्माण

    भाइरसको उद्गम र यात्राको गुत्थिलाई सुलझाउन, वैज्ञानिकहरुलाई केवल भाइरसका हराएका पिढींलाई  खोज्नु मात्र होइन, यी सबै कसरी एकआपसमा कसरी मिल्छन् भन्ने थाहा पाउनु हो। यसो गर्नका लागि मानवमा संक्रमित भएको भाइरसको नमुनाहरु संकलन गर्नु पर्दछ । र तिनलाई अन्य मानवमा भएका संक्रमित भाइरस तथा जनावरहरुबाट संकलित गरिएका भाइरससँग तुलना गर्नु पर्दछ।

    यसरी संकलित भाइरसका नमुनाहरु एक अर्काका नातेदार नै हुन् भनी सुनिश्चित गर्न अनुसन्धादाताहरु भाइरसको वंशावली निर्माण गर्न कम्प्युटरका उपकरणहरुको सहायता लिन्छन्। अनुसन्धाताहरु प्रत्येक भाइरसको नमूनाको वंशाणुगत श्रृंखला एक अर्कासँग तुलना गर्छन् र वंशाणुगत समानता एवम् फरकपनलाई मिलाउँदै तथा श्रेणीबद्ध गर्दै तिनीहरुको आपसी सम्बन्ध खुट्याउँछन्।

    वंशाणुगत समानता सबैभन्दा बढी भएको भाइरसहरु त्यसका पुर्खा मानिन्छन्। अथवा त्यसको जन्मदाता ठानिन्छ। जन्मदातासँगको वंशाणुगत श्रृंखलामा समानता भएका तर एक आपसमा धेरै फरकपन देखिएका भाइरसहरु जुम्ल्याहा जस्तो मात्र भन्न सकिन्छ। सार्स कोभ–२ का सन्दर्भमा दक्षिण अफ्रिकी भेरियन्ट B.1.351  र युके भेरियन्ट G6 B.1.1.7  जुम्ल्याहा हुन्।

    वंशा वृक्ष तयार पार्ने काम पनि कठिन छ, किनभने विश्लेषण गर्ने विधि/पद्धतिमा फरक पर्ने बित्तिकै परिणाम पनि फरक पर्दछ। यसरी फरक पर्नासाथ एउटै वंशाणुगत श्रृंखला पनि बेग्लै वंशावली बृक्ष भएको देखाउन सक्छ।

    सार्स–कोभ– २ को फाइलोजेनेटिक विश्लेषण (पुर्खा पत्ता लाउने विश्लेषण) गर्न कठिन हुने देखिएको छ। दशौं हजार सार्स–सीओभो २ वंशाणुगत श्रृंखला उपलब्ध भए पनि प्रष्ट छुट्टिने गरी तिनीहरुका बीचमा त्यस्तो भिन्नता देखिएन जसले गर्दा उनीहरुबीचको आपसी सम्बन्ध प्रष्टाउन सकियोस्।

    वन्यजीवको आश्रयदाता वा प्रयोगशालाको चुहावट

    सार्स कोभ– २ अनुसन्धान गर्ने प्रयोगशालाबाट फुत्किएको हुन संभव छ? हालसम्म उपलब्ध प्रमाणहरुले यस्तो भएको पुष्टी गरेका छैनन् तापनि १८ जना नामी भाइरस विशेषज्ञहरुले यस बिषयमा थप अनुसन्धान हुनु पर्ने मत अभिव्यक्त गरेका छन् ।

    सार्स–कोभ२ प्रयोगशालामा विकसित गरिएको आशंका गरिएपनि यसको संभावना एकदमै न्यून छ। RaTG13 सँग सार्स–कोभ २ को आनुवंशिक श्रृंखलाको तुलना गर्दा तिनीहरुबीचको भिन्नता शिरदेखी पैतालासम्म नै भेटिएको छ। कृत्रिम तरिकाले विकसित र परिवर्तित भाइरसमा एउटा अर्कै भाइरस श्रोतबाट ल्याई टाँसिएको अंगहरु स्पष्ट रुपमा देखा पर्दछन्।

    सार्स–कोभ२ को आनुवंशिक श्रृंखलामा एउटा नितान्त फरक प्रकारको सुत्र छ, जुले चुच्चे प्रोटिनरुपी ऐजेंरु विकास गरेको छ। जसले मानिसमा संक्रमणका लागि महत्वपूर्ण भूमिका निभाएको देखिन्छ। चाखलाग्लादो कुरा के छ भने मर्स कोरोना भाइरस जसले कोभिड–१९ जस्तै बिमारी पैदा गर्दछ, मा पनि त्यस्तै खाले आनुवंशिक श्रृंखला पाइन्छ।

    सार्स–कोभ २ ले यस्तो आनुवंशिक श्रृंखला कहाँबाट अंगिकृत गर्‍यो भन्ने थाहा नभए पनि, भाइरसको विकास सिद्धान्तअनुसार त्यो प्राकृतिक विकास प्रकृयाबाट निश्चित हुनुपर्छ। भाइरसहरुले या त अन्य भाइरसहरुसँग आनुवंशिक गुणको आदान–प्रदानबाट र उसका आश्रयदाताको संसर्गबाट वा फैलने क्रममा हुने वा भएका गल्तीहरुबाट यस्ता परिवर्तनहरु आत्मसात गर्दछ।

    आनुवंशिक गुण आफूमा थप्न सफल भाइरसहरुमा पुनरुत्पादन गर्ने सामर्थ्यमा बृद्धि हुन्छ र यस्तो थप क्षमतासहितको गुण उनीहरुले आफ्ना सन्तान–दर–सन्तानमा सारिदिन्छन्। यहाँ विचारणीय के छ भने मर्स र सार्स–सीओभो–२ दुबैसँग यो आनुवंशिक भाग एकै प्रकारको श्रृंखला छ, जसले के इगित गर्छ भने दुवै प्रकारका भाइरसमा यो प्राकृतिक तरिकाले नै विकसित भयो र मानव कोशिकामा संक्रमण गर्न यसले मद्दत पुर्‍याउँछ ।

    अब के?

    सार्स–कोभ२ को उत्पतिको श्रोत पत्ता लाग्दा हामीलाई भविष्यमा हुन सक्ने महामारीहरुका बारेमा अनुमान गर्न तथा भाइरसको प्रकृति–प्रवृत्ति बुझ्न सहयोग पुग्ने थियो तर यसको उत्पत्ति कहाँबाट भयो भन्ने कुराको जानकारी कहिल्यै नहुन पनि सक्छ। सार्स–कोभ२ कसरी मानवजातिमा संक्रमित हुन गयो भन्ने कुरा थाहा पाए। नपाए पनि, अर्थात् के हो भने – हामीबीच यसको उपस्थिति छ र आउँदा दिन वा बर्षहरुसम्म यो हामीबीच रहिरहने संभावना छ।

    अब अगाडिको बाटो भनेको– अनुसन्धाताहरुले यसको संक्रमणको अनुगमन गरिरहनु पर्छ र जति सक्दो बढी मानिसहरुलाई खोप लगाउनु पर्दछ।

    Asia Times  मा जून ८, २०२१ मा प्रसारित यमनाथ बरालबाट अनुवाद। 

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      मेरलि जे रोगिनिक

      मेरलि जे रोगिनिक

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.