Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मार्क्स, गान्धी र साम्यवादी चिन्तन

मार्क्सको तागत यसैबाट पुष्टि हुन्छ कि आफ्नो पूरै जीवन पुस्तकालयमा बिताउने व्यक्तिले दुनियाँभर नै सबैभन्दा बढी संख्यामा घरबाट मान्छेहरूलाई निकालेर संसार परिवर्तन गर्ने अभियानमा संलग्न गराए।

अपूर्वानन्द अपूर्वानन्द
असार ४, २०७८
- राजनीति, विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कार्ल मार्क्स बितेको दुई सय वर्ष पुगिसक्दा पनि उनी र उनको विचारमाथि विश्वभर निरन्तर बहसहरू चलिराखेका छन्। कुनै समय थियो, जतिखेर मार्क्स, बौद्धिकता र जवानीको सम्बन्धलाई लिएर चर्चा हुन्थ्यो, त्यसो गर्न मान्छेहरू सहज मान्थे। मार्क्सवादी हुनुको थप अर्को अर्थ पनि थियो, परिवर्तनकामीमात्रै होइन, धेरै परिवर्तनकामी हुनु। अचेल त परिवर्तनको जिम्मा पनि सरकारले लिएको छ। भारतमै हेर्नुहोस् न, त्यहाँको सरकारले आफ्नो एउटा संस्थाको नामै राखेको छ, ‘नेसनल इंस्टिट्यूट फर ट्रान्सफर्मेसन अफ इण्डिया।’

    परिवर्तन नै मार्क्सवादको धुरी

    उतिखेर युवायुवतीहरू बदलावको प्रेरणा लिएर मार्क्सको निकट आउँथे। यसो भन्नु उचित हुन्छ कि बदलावको हुटहुटीले नै उनीहरूलाई मार्क्स र उनको विचारको नजिक पुर्‍याउँथ्यो। यसो होइन कि मार्क्स भएकै कारण उनीहरू परिवर्तनको बाटोमा उद्वेलित भएर आएका हुन्। तर परिवर्तन भन्ने कुरो दैनिक घटित हुने कुरा पनि त होइन।

    मार्क्सीय हुनुको अर्थ हो, भौतिकवादी बन्नु। तर मार्क्सको परिवर्तनको कुरा, व्यक्तिगत र सामाजिक जीवनको भौतिक परिस्थितिसँग मात्र होइन, जीवनलाई हेर्ने दृष्टिकोणमा क्रमभंगताको महत्वाकांक्षाबाट प्रेरित छ। यस अर्थमा मार्क्सवाद आध्यात्मिक मिसनजस्तो पनि लाग्छ। बदलाव अथवा परिवर्तन मार्क्सीय चिन्तनको उद्देश्य अथवा धुरी हो। ‘दार्शनिकहरूले अहिलेसम्म दुनियाँका बारेमा व्याख्या गरे तर संसारलाई बदल्नु प्रमुख मुद्धा हो,’ मार्क्सीय यो उक्तिले नै मार्क्सलाई अन्य विचार र विचारकहरूबाट बिलकुलै बेग्लै स्तरमा स्थापित गरिदिएको छ।

    म गर्छु, यसकारण छु

    यस सन्दर्भमा विद्वान टेरी इगलटनको एउटा कुरा बडो चाखलाग्दो छ। उनले मार्क्सवादी हुनु कति किठन छ भन्नेतर्फ संकेत गर्दै भनेका छन्। उनी भन्छन् कि मार्क्सवादी हुनुको अर्थ हो केही गर्नु। त्यसको मतलव हो, सिकर्मी झैँ बन्नु। केवल कुनै शिल्पको कल्पना गर्नुमात्रै चाहिँ होइन। सिकर्मी हुनुको अर्थ हो, केही बनाउनु हो। यही कारणले गर्दा दार्शनिक र विचारकहरूलाई धेरै महत्वपूर्ण ठानिएको हो। उनीहरूको ज्ञान अन्य पेशा व्यवसायको ज्ञानभन्दा कम छैन।

    र, विचार गर्नुको अर्थ नै यथास्थितिलाई बदल्नु हो। र, यो सन्दर्भ जति मार्क्ससँग जोडिएको छ, त्यति धेरै अन्य कोहीसँग जोडिएको नहोला। ‘म सोच्छु, यसकारण छु’ भने गरिन्छ। तर मार्क्सले नभने पनि ‘म गर्छु, यसकारण छु’ नै मार्क्सको सिद्धान्तको सार हो।

    गान्धी र मार्क्स

    जब क्रियाशिलताको कुरा हुन्छ, तब गान्धीको पक्ष लिएर हामी एउटा दावा गर्न सक्छौँ। मार्क्सवादी हुनुको अर्थ क्रियाशील हुनु हो। तर चिन्तक हुँदैमा तपाईँ गान्धीवादी बन्न सक्नुहुन्न। त्यस अर्थमा, गान्धी कुनै कुनै कुरामा मार्क्सभन्दा एक कदम अघि देखिएझैँ लाग्छ। आफ्नो राजनीतिक तथा सामाजिक कार्यक्रम ल्याउनुअघि गान्धीले कुनै परिपूर्ण दार्शनिक ढाँचालाई खडा गर्नु जरुरी ठानेनन्। गान्धीको दर्शनका बारेमा अन्य मान्छेहरूले कुरा गरे, बहस चलाए। तर गान्धी स्वयंले भने आफ्नो कामबाटै आफ्नो दर्शनलाई विकसित गरे।

    प्रायः मार्क्सवादीहरू गान्धीलाई यस कारण मार्क्सभन्दा कम आँक्छन् किनभने उनीहरू गान्धीको उपक्रमलाई बौद्धिक कम र भावनात्मक ज्यादा मान्छन्। यस्तो लाग्छ कि गान्धी कुनै अन्तःप्रेरणाका कारण काम गर्थे र सोही कारण धेरै मान्छेहरूलाई उनको आन्दोलनमा तार्किकता खोज्न कठीन भएझैँ देखिन्छ। यस्तो लाग्छ, मानौँ, गान्धीलाई उपहासको वोध हुन्थ्यो, जसले उनलाई आफ्नो आगामी पाइला तर्फ जान प्रेरित गर्थ्यो। नेहरुजस्ता वैज्ञानिक चेतनासम्पन्न बौद्धिकका लागि पनि गान्धी जादूगर झैँ प्रतित हुन्थे। गान्धीको विचार र फैसलासँग सहमत नहुँदानहुँदै पनि उनको कुरा मानेर अघि चाल्नु अचम्मलाग्दो कुरा थियो। कुनै “दैवी आदेश” लाई स्विकारेझैँ लाग्थ्यो।

    गान्धी र मार्क्सबीच को सर्वश्रेष्ठ हुन् भनेर यहाँ तुलना गर्न खोजिएको होइन। र, त्योभन्दा गैरमार्क्सवादी कुरा केही हुन सक्दैन। तर गान्धीवाद र मार्क्सवादबीच एउटा अन्तर भने अवश्य छ। मार्क्स आफ्नो स्वप्नलाई पूरा गर्नको निम्ति कुनै क्रियाशील अभियान जीवनभर चलाउने व्यक्ति थिएनन्। तर गान्धीले भने एउटा ठूलो संगठन बनाए र कैयौँ आन्दोलनहरूको नेतृत्व पनि गरे।

    उस्तै लाग्छन् गान्धी र मार्क्स

    अर्को अर्थमा मार्क्स र गान्धी एउटैजस्ता लाग्छन्। दुवै जनाले असम्भव झैँ आदर्शको कल्पना गरे। गान्धीको अहिंस्रक समाज तथा मार्क्सको वर्गविहिन समाज असम्भव सोच झैँ लाग्छ। तर यी दुवै यति धेरै महत्वपूर्ण लाग्छन् कि तर यी सोचहरूलाई अस्विकार गर्न प्रायः सम्भव छैन। गर्नु पनि मिल्दैन। र, माथिका दुई धारणाहरूमध्ये कुनै एक बिना कुनै पनि समाज बनेका पनि छैनन्।

    मार्क्सको तागत यसैबाट पुष्टि हुन्छ कि आफ्नो पूरै जीवन पुस्तकालयमा बिताउने व्यक्तिले दुनियाँभर नै सबैभन्दा बढी संख्यामा घरबाट मान्छेहरूलाई निकालेर संसार परिवर्तन गर्ने अभियानमा संलग्न गराए। र, पूरा एक शताब्दीको असफलताका बाबजुद पनि मार्क्स अझै सम्भावनापूर्ण लाग्छन्।

    मार्क्सको सफलता समाजवादी क्रान्तिहरूमा देखिएको थियो। सोभियत संघ, साम्यवादी चीन, पूर्वी यूरोपका समाजवादी सरकारहरूको गठनमा त्यस्तो सफलता देखिएको थियो। तर सत्ताधारी कम्युनिस्ट पार्टीहरूले मार्क्सीय स्वप्नलाई एक तुच्छ यातनाको रूपमा बदलिदिए। सत्ताको यथार्थले तिनीहरूका सपनालाई सम्तप्त बनाइदियो।

    यो कुरा पनि दिलचस्पी छ कि जहाँ कम्युनिष्ट पार्टीहरूका शासन थिए, त्यहाँ मार्क्सको चिन्तनको कुनै सिर्जनात्मक योगदान नभएझैँ नै भयो। यदि भएको नै थियो भनेपनि कम्युनिष्ट शासकबाट प्रताडित भएकाहरूले नै त्यस्तो योगदान गरे। त्यस्ता शासक कम्युनिष्टहरूले आफ्नो प्रत्येक निर्णयलाई औचित्यपूर्ण सावित गर्नका लागि मार्क्सलाई उपयोग गरे, तर त्यस्ता मान्छेहरू संसोधनवादी ठहर्‍याइए जो आफ्नो तरिकाले मार्क्सलाई पढिरहेका थिए अथवा मार्क्सको व्याख्या गरिरहेका थिए।

    फेरि मौलाए मार्क्स

    विडम्बना यही छ कि मार्क्सीय चिन्तनमा अधिक साहसी प्रयोगहरू गैर-साम्यवादी यूरोपमा भए र प्रायः यस्तो प्रयोग तिनले गरे, जसलाई कम्युनिस्ट पार्टीबाट बाहिर निकालियो। स्वतन्त्र मार्क्सीय चिन्तन र सत्ताको बीचको यो उल्टो नाता मार्क्सप्रति होइन, यी पार्टीहरुप्रतिको प्रतिकूल टिप्पणी हो।

    उदारवादी अर्थव्यवस्थाको विजयको उद्घोष गरिरहेका बेलामा नै अमरीकी बैंक व्यवस्थाहरू ढल्न पुगे, तब मार्क्सतर्फ पूँजीवादी विश्वको ध्यान गयो। मार्क्सीय साहित्यको बिक्री धेरै गुणा बढ्यो। एकेडेमिक विश्वमा पनि मार्क्सवादी सिद्धान्तप्रति दिलचस्पी बढेको देखियो। कुनै समय जुन देशले कम्युनिष्टलाई अमेरिकाद्रोहीको पर्यायवाची बनाएको थियो, अहिले उसकै विश्वविद्यालयमा आज मार्क्स बौद्धिक उत्तेजनाको चिरस्थायी स्रोत बनेका छन्।

    तर, के यही नै कुरा मार्क्सको सफलता हो ?…

    सत्याग्रहडटओआरजीको यो लेख नेपाल रिडर्सका लागि अनुवाद गरिएको हो।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      अपूर्वानन्द

      अपूर्वानन्द

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.