Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

महिला, दलन र पितृसत्ता

विद्यासागर विद्यासागर
असार १०, २०७८
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    बलात्कार घटनाका दोषीलाई कारवाहीका लागि जतिसुकै कडा कानुन बनेपनि समाजमा बलात्कारका घटनाहरू घट्न भने सकेको छैन। दिनहुँ महिला तथा बालिकाहरू बलात्कार र यौनजन्य हिंसाका घटनाबाट शिकार हुने गरेका छन्।

    कडा कानूनका बावजुद बढ्दो बलात्कारका घटनाले एउटी महिलालाई भोग्याको रुपमा मात्रै लिने समाजको पुरानो मानसिकतामा कुनै परिवर्तन आएको छैन भन्ने कुरा प्रष्ट हुन्छ। आखिर किन हाम्रो सामाजमा दिन प्रतिदिन बलात्कार जस्तो जघन्य अपराधका घटना घट्ने गर्छन् भनेर हजारौंपटक प्रश्न गरिन्छ। तर यसको कारण हामीभित्रैको ब्राह्मणवादी पितृसत्तात्मक मानसिकता हो भन्ने कुरालाई धेरै कमले बुझेका छन्।

    महिलालाई शुद्र समानको मान्यता

    “यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवता” अर्थात् जहाँ स्त्रीको सम्मान हुन्छ, त्यहाँ देवताको वास हुन्छ भन्ने दर्शनलाई जोड दिने हाम्रो समाजमा किन छोरीहरूमाथि दिनहुँ यस्ता घटना घट्छन्?

    जुन रामराज्यको आदर्श कल्पना गरेर तथाकथित हिन्दू समाजले गौरावन्वित महशुस गर्छ, त्यही रामराज्यको बारेमा रामचरितमानसमा भनिएको छ – “ढोल, गंवार, शुद्र, पशु, नारी सकल ताडना के अधिकारी” अर्थात् दमाहा, गँवार, सुद्र (अछुत), पशु र नारीहरू सबै यातनाका लागि योग्य छन्। जुन समाजको आधारभूत संंरचना नै स्त्री विरोधी छ भने यस समाजमा महिलाको हक हितलाई कसरी सुरक्षित राख्न सकिन्छ?

    स्त्रीविरोधी संस्कृतिलाई सामान्यतः पितृसत्तात्मक विचारधारासँग जोडेर हेर्ने गरिन्छ। तर पितृसत्ताको जरा ब्राम्हणवादको भूमिमाथि नै फैलिएको छ। ब्राम्हणवादको सम्बन्ध कुनै खास वर्ग या जाति समुदायसँग छैन। डा. अम्बेडकरका अनुसार यो एक मानसिक अवस्था हो। अम्बेडकर लेख्छन् –“ब्राम्हणवाद आफ्नो लालच र स्वार्थी राजनीतिक लाभका लागि धर्मलाई एक हतियारका रुपमा प्रयोग गर्ने गर्छ।”

    यही ब्राम्हणवाद हिन्दू धर्मको अभिन्न हिस्सा बन्यो र यसले हजारौं वर्षसम्म शुद्र, अति–शुद्र र महिलाहरूलाई नारकीय जीवन बाँच्नका लागि बाध्य बनायो। अम्बेडकर आफ्नो पुस्तक ‘रिभोल्यूसन एण्ड काउन्टर–रिभोल्यूसन इन एन्सिएन्ट इन्डिया’ मा लेख्छन्– “मनुले महिलाको सामाजिक स्थितिलाई शुद्र समान मानेका छन्।” मनुस्मृतिमा शूद्रलाई जस्तै महिलालाई पनि वेदको अध्ययनमा प्रतिबन्ध लगाइएको छ। यसकारण ब्राह्मणवाद र पितृसत्ताको सम्बन्ध शुरुदेखि नै गहिरो थियो।

    महिला र विवाह

    पण्डिता रमाबाईका अनुसार १९ औं शताब्दिका दौरान महिलाहरूको समाजिक अवस्थालाई बुझ्न पितृसत्तात्मक सामाजिक संरचनालाई बुझ्न जÞरूरी हुन्छ। भारतीय समाजमा सदियौंदेखि विद्यमान पितृसत्ताको जरा पुरातन एवं रूढीवादी परम्पराहरूमा आधारित छ, जसको आधार ब्राह्मणवादी शास्त्र र यसको सिद्धान्त नै हो। ब्राह्मणवादी सिद्धान्तले समाजमा पुरुषलाई सर्वोच्च स्थानमा राखेको छ भने महिलाई एउटा दासको रूपमा लिएको छ। महिलाले पुरुषको हरेक आदेश पालना गर्नुपर्ने यस सिद्धान्तको मान्यता छ। उसो त संसारका प्रायजसो सबै धर्मले पुरुषलाई नै प्रमुख ठानेका छन्।

    मनुस्मृतिमा वर्णित एक श्लोकअनुसार एक स्त्रीलाई पुरुषको अधीनमा मात्रै सुरक्षित राख्न सकिन्छ। यस ब्राह्मणवादी सिद्धान्त अनुसार एउटी महिला बालिका अवस्थामा आफ्ना पिताको संरक्षणमा हुन्छिन्, विवाहपछि आफ्ना श्रीमानको र श्रीमान बितेपछि वा वृद्धा भएपछि छोराको संरक्षणमा हुन्छिन्।

    महिला शारीरिक एवं मानसिक तवरले पुरुषको तुलनामा कमजोर हुन्छिन् भन्ने मान्यताको जगमा नै सामाजिक संरचना बनेको छ। यसकारण एउटी महिलाको स्वतन्त्रता पुरुषको अधिनमा छ। हिन्दू परम्परामा विवाह एउटा यस्तो संस्कार हो, जहाँ महिलालाई एकल विवाहको अधिकारी मानिएको छ भने पुरुषलाई एक भन्दा धेरै विवाहका लागि छुट दिइएको छ। कानूनले बहुविवाहलाई बर्जित गरेपनि समाजमा पुरुषले बहुविवाह गर्नुलाई सामान्य मानिन्छ।

    ब्राह्मणवादी शास्त्रीय विचारका अनुसार विवाह गरेपछि मात्रै एउटी महिलाले आध्यात्मिक ज्ञान वा प्रतिभालाई प्राप्त गर्न सक्छिन्। र, जुन महिलाको यो पवित्र संस्कारलाई प्राप्त नगरी मृत्यु हुन्छ, उनी प्रेतात्माको रूपमा बदलिने छिन् भन्ने मान्यता छ।

    शुद्धताको अवधारणा

    हिन्दू समाजमा विद्यमान ‘शुद्धता’ या ‘पवित्रता’को तत्व ब्राह्मणवादी परम्पराकै एउटा हिस्सा हो। शुद्धता र पवित्रताको यो विचार ब्राह्मणवादी जाति व्यवस्थामा अन्तरनिहित छ, जसमा तथाकथित ‘शुद्ध’ या उच्च–जातका मानिसलाई कथित निम्न जातका मानिससँग कुरा गर्न वा कुनैपनि तरिकाको सम्बन्ध बनाउन रोक्ने गरिन्छ।

    शुद्धता र पवित्रताको यो अवधारणा तल्लो भनिएका जातको पुरुष या स्त्रीसम्म मात्रै सीमित छैन। यो उच्च जातका महिलाबीच पनि उत्तिकै व्यापक छ। हिन्दू परम्परामा महिनावारी भएकी कथित उच्च जातकी महिलालाई पनि ‘अशुद्ध’ मानिन्छ। र, उनलाई त्यस अवधिभर भान्सा र मन्दिरमा प्रवेश गर्न रोक लगाइन्छ। यद्यपि, यस विषयमा तर्क गर्दा अचेलका धर्म प्रतिरक्षकहरू भन्ने गर्छन्, ‘महिलाको सरसफाई र आरामका लागि समय दिइएको हो।

    यस प्रकारले ब्राह्मणवादी विचारले सामाजिक मनोवृतिलाई संकुचित मात्रै गरेको छैन, यसले कानूनी र न्यायिक प्रक्रियालाई पनि नराम्रोसँग प्रभावित बनाएको छ। यसको उदाहरण होः दलित महिला भंवरी देवीको बलात्कारको घटनामा न्यायालयको फैसला। यो फैसला ब्राह्मणवादी हिन्दू धारणामा आधारित थियो। अभियुक्त बलात्कारी कथित उच्च जातका थिए भने फैसलामा न्यायालयले तर्क यस प्रकार थियोः “एक उच्च–जातको पुरुष एक तल्लो जातकी महिलालाई बलात्कार गरेर आपैंmलाई अपवित्र गराउन सक्दैन।” यसप्रकारको मनोवृत्तिले आखिर कस्तो खालको समाजलाई जन्म दिन्छ?

    आधुनिकताको खोलमा पितृसत्ता

    आधुनिकतातर्फ गइरहेको हाम्रो समाजमा तथाकथित प्रगतिशील हुने दम्भ देखाइन्छ। तर समाजले आधुनिकताको मुखौटा लगाएर आज पनि त्यही ब्राह्मणवादी परम्परालाई आत्मसाथ गरिरहेको प्रष्ट छ। आज पनि एक महिलाको जीवन घर र परिवारभित्रै सीमित गराइन्छ। यदि कुनै महिला यस पितृसत्तामक बन्धनलाई तोडेर पुरुषसँग बराबरी हुने साहस गर्छिन् भने उनलाई बलात्कार, शारीरिक एवं मानसिक उत्पीडन र हिंसाको शिकार बनाइन्छ। समाजमा परिवारको संरचना यस्तो बनेको छ कि यहाँ एउटी महिलालाई बारबार महशुस गराइन्छ कि उनी एउटी महिला हुन्।

    प्रसिद्ध नारीवादी लेखक सिमोन डी बेयर, ‘‘द सेकेण्ड सेक्स’ मा लेख्छिन् –“महिला जन्मिन्नन्, बरु महिला बनाइन्छन्।’’ नारीवादी चिन्तनको भारतीय परम्परामा पश्चिमाकै अवधारणको झलक देखिन्छ। तर भारतीय समाजको सम्बन्धमा महिलाको स्थिति पश्चिमी समाजको तुलनामा धेरै फरक छ।

    पश्चिमी राष्ट्रमा उदारवादको जन्मले स्वतन्त्रता र समानताको बहसलाई महिला अधिकारमा केन्द्रित गरायो। उपयोगितावादी राजनीतिक विचारक जेएस मिलको मान्यता छ–‘‘महिलामाथिको अधिनता, केवल आफैंमा गलत मात्र छैन। यो मानव सुधारका लागि प्रमुख बाधक पनि हो।’’ महिलालाई पुरुष समान अवसरहरूबाट बञ्चित गरेर समाज केवल आधा आकाश ढाकेका महिलाको विकासमा बाधा मात्रै पुगेको छैन, महिलालाई आफ्नै प्रतिभाको लाभ लिन पनि बन्देज गरिएको मिलको मान्यता छ।

    उनका अनुसार हाम्रो समाजमा प्रचलित रीति–रिवाज र कानूनले पनि समाजको सबैभन्दा बढी शक्तिशाली समुदायको रीतिरिवाज र कानूनलाई नै दर्शाउँछ। कानुनले समेत कथित उच्च जातको पुरुषलाई नै शक्तिशाली देखाउँछ र उसलाई बढी सम्मानको हकदार ठान्छ। परिणामत : समाजको सबै नियम कानूनमा पुरुषवादी तत्व छ, जुन पितृसत्ताको एउटा हिस्सा हो।

    महिलावादका लागि अम्बेडकरको पहल

    भारतमा नारीवादी चिन्तन परम्पराले अम्बेडकरको योगदानलाई त्यति महत्व दिएन, जति दिनुपर्ने थियो। स्वतन्त्र भारतमा अम्बेडकर प्रथम व्यक्ति थिए जसले ‘हिन्दू कोड बिल’को प्रस्ताव गरे। तर यसलाई मूर्त रुप दिन भने तत्कालिन विधायिका असफल रहेपछि उनले मन्त्रिमण्डलबाट राजीनामा दिए। सरकारको कामकाजमा असहज भएको महशुस भएपछि उनले राजीनामा दिएका हुन्।

    हिन्दू कोड विधेयक कानून बन्न सकोस् र भारतीय समाज, खासगरी हिन्दू समाजमा विद्यामान असमानतालाई अन्त्य गर्न सकियोस् भन्ने उनको चाहना थियो। उनी ‘हिन्दू पर्सनल ल’ लाई संहिताबद्ध गर्दै महिलाहरूलाई समान नागरिकका रूपमा कानूनी मान्यता प्रदान गर्न चाहन्थे। उनले महिलालाई सम्बन्ध विच्छेदको अधिकार, विरासतको अधिकार प्रदान गरे र अन्तरजातीय विवाहलाई कानूनी मान्यता पनि प्रदान गरे।

    धेरैजसो पीडित उत्पीडित वर्ग

    हाम्रो सामाजिक सन्दर्भमा बलात्कारजस्तो हिंसालाई जातिगत रंग दिन नहुने भन्दै एउटा ठूलो समूहले वकालत गर्छ। उनीहरूको मान्यता छ कि बलात्कारलाई जातिवादीको चश्माबाट हेर्नु सही होइन। तर तितो सत्य यही हो कि यस्तो हिंसाका पीडितमा धेरैजसो दलित वर्गकै नै हुने गर्छन्। सदियौँदेखि चलिआएको जातिगत भेदभावको यो षड्यन्त्रमा शोषित र दलित वर्ग नै पर्ने गरेका छन् र शोषक सधैँ उच्च जातिका मानिस हुने गर्छन्। यस सन्दर्भमा आधुनिक समाजको तस्वीर झनै भयानक छ।

    सदियौंदेखि दासता र उत्पीडनका शिकार हुँदै आएका दलित समूह आर्थिक र सामाजिक तवरले निम्न श्रेणीमा छन्। तर यो समूहभित्रका धेरैजसो महिलाहरू शुरुदेखि नै स्वतन्त्र र समान छन्। आज पनि आदिवासी समुदायमा पारिवारिक संरचना मातृसत्तामा आधारित छ। अम्बेडकरले भारतीय संविधानको रचना गरेर सबैलाई समानता र स्वतन्त्रताको मूलभूत अधिकार प्रदान गरे। जसमा हरेक व्यक्तिलाई धर्म, भाषा, क्षेत्र, लिङ्ग आदिका आधारमा भेदभाव नगरुन् भन्ने ठान्दै सबैलाई एक नागरिकको दर्जा प्रदान गरिन्छ।

    भारतमा बढ्दै गएको बलात्कारको श्रृंखलाको अन्त्य गर्नका लागि ब्राह्मणवादे निर्माण गरेको जाति संरचनालाई नै नष्ट गर्नुपर्ने हुन्छ। किनकि जब एक खास जात या समुदायलाई सर्वश्रेष्ठताको दम्भ हुन्छ, तबसम्म उ आफूभन्दा कमजोर वर्गलाई शोषण गरिरहन्छ।

    (फेमिनिजम इन इन्डियाबाट मेनुका बस्नेतको अनुवाद)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      विद्यासागर

      विद्यासागर

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.