Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
Sunday, May 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ओली र नेपाल मिले अझै पनि पार्टी विभाजन रोक्न सकिन्छ

त्यस ढोकाबाट छिर्न सक्ने सम्भावना नै रहेन भने त विकल्पमा जानु पर्ने नै हुन्छ। तर छिर्र्ने नसकिने अवस्था भने छैन। म अन्तिम समयसम्म पार्टी एकताका लागि प्रयास गर्छु।

नेपाल रिडर्स नेपाल रिडर्स
भदौ २, २०७८
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेकपा एमाले अहिले भयंकर संकटको अवस्थामा छ। दुई पटकको संसद विघटन र झण्डै दुई तिहाईको सरकारबाट बहिर्गमन लगायतका घटनाले एमालेभित्र संकट निम्तेको हो। अब पार्टीमा दुई समूहबीच एकता हुने हो वा होइन भनेर प्रश्न खडा भएको छ। यो विभाजनमा जाने हो कि भन्ने गम्भीर खतरा पनि देखा परेको छ।

    अहिले पार्टी फुटाउनका लागि अध्यादेश ल्याइएको छ। यसअघिको सरकारबाट पनि पार्टी फुटाउने अध्यादेश पारित गराउने प्रयास भएको थियो। यसले कहीँ न कहीँबाट नेकपा एमालेलाई जसरी पनि विभाजित गराउने प्रयत्न गरिएको छ भनेर नेपाली राजनीतिमा बुझिएको छ।

    विभाजनको खतरा

    एकले अर्कालाई दोषारोण गर्ने कुरा जहाँ र जहिले पनि भइरहन्छ। तर तथ्य आफ्नो ठाउँमा हुन्छ। हजार कूतर्कभन्दा एउटा तथ्य धेरै शक्तिशाली हुन्छ। तत्कालिन् प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको संसद विघटनबाट नेकपा एमालेमा समस्या सुरु भएको देश/दुनियाँलाई थाहा छ। यसले पछि अन्य समस्याहरू निम्त्याएको हो। उहाँले फेरि दोस्रो पटक पनि संसद विघटन गर्नुभयो र त्यसले थप समस्या सिर्जना भयो। ओलीबाट पटकपटक संसद विघटन र संविधान मिच्ने काम भयो। हामीले संविधान र लोकतन्त्र जोगाउनका लागि विरोध गर्नुपर्ने नै थियो र ग-यौँ।

    त्यसक्रममा आज पार्टी नै विभाजन हुने हो कि भन्ने अवस्थामा पुगेका छौँ। त्यसकारण यो समस्या ओलीले घटाएका घटनाहरूबाटै सिर्जित समस्या हो। यो कुनै आरोप होइन, यो शतप्रतिशत सही र तथ्यगत कुरा हो। यसमा अरु को बाट के कमजोरी भए त्यो समीक्षाको अर्को पाटो हो।

    ओली सत्तामा भइरहँदा संविधानमाथि खतरा भइरहने, मुलुक अध्यादेशबाट चलाइरहने र चुनाव पनि हुन नसक्ने जस्ता खतराहरू देखा परिरहेका थिए। तर अहिले ओली बाहिरिएपछि ती खतराहरू टरेका छन्। त्यसैले हिजो हामीले लगाएका आरोपहरू अब ‘विगत’ भइसकेको छ। त्यो कुरा ठिक थियो वा थिएन भन्ने बारेमा भविष्यमा पार्टी भित्र छलफल हुनेछ, गर्नुपर्छ।

    र, तथ्य के हो भने पार्टीभित्रका दुईवटा कार्यदलबीच भएका १० बुँदे सहमतिलाई ओलीजीहरूले स्वीकार गरिसकेको अवस्था छ। हाम्रो माधव नेपाल–झलनाथ विचार समूहको स्थायी कमिटी र केन्द्रिय कमिटीले पनि त्यस १० बुँदे सहमतिलाई उपलब्धी मानेको छ।

    तर सरकारमा ओली नभएको र प्रतिगमनको खतरा टरिसकेको अवस्थामा अब पार्टी एकताका लागि विभिन्न चरणमा अनौपचारिक छलफलहरू भइरहेका छन्। केही समयअघि बसेको हाम्रो स्थायी कमिटी र केन्द्रिय बैठकले पनि पार्टी एकतामा नै जोड दिएको छ। त्यसका लागि हाम्रो अभिव्यक्ति र क्रियाकलाप त्यसै अनुरुप अगाडि बढाउनुपर्छ। हामीले पार्टी एकतालाई अवरोध पु¥याउने गतिविधि र अभिव्यक्तिहरू दिनुहुँदैन। दोस्रो कुरा, हामी प्रतिपक्षी भएकाले अहिलेको सरकारमा हामी जान सक्दैनौं।

    एकताका लागि ओलीको जिम्मेवारी

    कार्यदलले प्रस्ताव गरी बुझाएको १० बुँदे सहमति हामीले गरेको संघर्षको उपलब्धी हो। अझ थप उपलब्धी लिएर हामी पार्टी एकताका लागि अघि बढ्नुपर्छ। औपचारिक र अनौपचारिक रूपले पार्टी एकताका लागि कुरा उठाउँदै हामी अगाडि बड्नुपर्ने कुरा स्थायी कमिटी र स्थायी कमिटीले सर्वसम्मत निर्णय गरेको छ।

    त्यसकारण अब हामी सबै नेता कार्यकर्ताहरू त्यो बिषयमैं केन्द्रित भएर लाग्नुपर्छ। र, यो एकतालाई टुङ्गोमा पु¥याउने कुरा अन्तिममा अध्यक्ष केपी ओलीमैं निर्भर छ। यदी उहाँ साँच्चै पार्टी एकता चाहनुहुन्छ भने मिलाउने उपायहरू धेरै छन्। उहाँले एकता नचाहेको हो भने उहाँले स्थितिलाई गम्भीर रूपमा विश्लेषण गर्नुपर्ने हुन्छ।

    नेकपा एमालेको एकता नहुने हो भने यसले कम्युनिष्ट आन्दोलनलाई नै ठूलो क्षति पु¥याउँछ। पुनः आन्दोलनलाई उठाउन निकै गाह्रो पर्ने देखिन्छ। यो अवस्थालाई सबैभन्दा राम्रोसँग केपी ओलीले नै देख्न सक्नुपर्छ र हदैसम्म लचिलो भएरै पुनः पार्टी एकता गराउने कुरामै उहाँले ध्यान केन्द्रित गर्नुपर्छ। अध्यक्षको नाताले पनि यो उहाँको जिम्मेवारी हो।

    १० बुँदे सहमतिः एकताको ढोका

    अहिले कार्यदल ठूलो कि माधव नेपाल या केपी शर्मा ठूलो भन्ने विषय महत्वपूर्ण होइन। किनभने कार्यदल स्वयम् ओली र माधव नेपालको सहमतिमा गठन भएको हो। यो कमिटी र माधव नेपाल दुवैतिरबाट निर्णय भएको हो। उहाँहरूसँग छलफल नगरिकन कार्यदलले मात्र निश्कर्ष निकालेको होइन।

    यद्यपी, केही बुदाँहरूमा तलमाथि भएको हुनसक्छ। तर कार्यदलले अन्तिमसम्म पनि प्रयास गर्दा पनि त्यहाँ थप्न नसकेर यो निर्णय भएको हो। यसमा कार्यदललाई दोष दिनुहुँदैन। कार्यदलले जति सकेको छ, त्यो ल्याएको हो। हामीले यसैलाई उपलब्धि मानेका छौँ। १० बुँदेले पार्टी एकताका लागि अप्रयाप्त भएपनि एउटा ढोका खुलेको छ। टुङ्गयाउन बाँकी केही विषयहरू ओली र नेपालले मिलाउनुपर्छ।

    दुई कार्यदलका नेताहरू अन्य नेताहरू एक अर्काबीच संवाद छलफल त निरन्तर भइरहेको छ। तर ओली र माधवबीच लामो समयदेखि संवाद हुन सकेको छैन। उहाँहरुको संवाद आन्दोलनको हितका लागि हुनेछ। लोकतन्त्र र संविधान हजारौं नेता तथा कार्यकर्ताको बलिदानबाट निर्माण भएको शक्ति हो। यसकारण उहाँहरु दुई जनाको कुराले मात्र यो चल्नुहुँदैन। लोकतन्त्र र देशको हितका लागि पनि नेकपा एमाले भन्ने शक्ति एकढिक्का भएर रहनुपर्छ। यसको विकास र एकता भइरहनुपर्छ।

    नेपालको राजनीतिमा नेकपा एमालेको महत्वपूर्ण भूमिका छ र यसको एकता निरन्तर कायम राख्नुपर्छ। यो कुरालाई ध्यानमा राखेर उहाँहरू दुई जनाले आफूलाई संयमित बनाएर आफ्नो विवेक प्रयोग गर्नुपर्छ। सामान्य अवस्थामा जसले पनि पार्टी चलाउन सक्छ। तर जसले संकटको अवस्थामा समाधान दिन सक्छ, उ नै वास्तवमा सही नेता हो। अहिले पार्टी संकटको अवस्थामा रहेको र यो फुट्नसक्ने अवस्था रहेकाले यसलाई जोगाउनुपर्छ।

    खराब प्रवृत्ति हावी

    अहिले आफू कम्युनिष्ट नभइसकेका कतिपय नवआगन्तुकले पार्टीलाई प्रभावित गरेका छन्। त्यो भन्दा महत्वपूर्ण कुरा, लामो समयदेखि काम गर्दै आएका नेताहरूमा दक्षिणपन्थी अवसरवाद प्रवृत्ति र चिन्तनहरू विकास भएका छन्। खासगरी सत्तामा पुगिसकेपछि यो प्रवृत्ति बढी हावी भएको छ। नेपालमा मात्रै होइन, संसारभरी नै यस्तो देखिन्छ। संसारका क्रान्तिकारी र लोकतान्त्रिक भनिएका पार्टीहरूमा पनि यो प्रवृत्ति देखिन्छ।

    त्यसैले, यस समस्यालाई हामीले पार्टीभित्रको लोकतान्त्रिक प्रक्रियाबाट नै हल गर्नुपर्ने हुन्छ। पार्टीलाई एकताबद्ध गरेर नै यी खराबी र कमजोरीहरूलाई हटाउन सकिन्छ। व्यक्ति खराब भए व्यक्तिलाई हटाउन सकिन्छ र प्रवृत्ति तथा दृष्टिकोण खराब हुँदा छलफल र बहसबाट यी कुरालाई पराजत गर्न सकिन्छ। पार्टी एक ठाउँ भएपछि अन्तर पार्टी संघर्षबाट नै पार्टीको समस्या हल गर्न सकिन्छ। बाहिर बसेर पार्टीभित्रको समस्या सुल्झिँदैन।

    त्यसैले पनि पार्टी एकताबद्ध गर्नु र पार्टीभित्रका खराब प्रवृत्तिलाई हटाउने दिशामा जानु नै सही र सोझो बाटो हुन्छ। तर पार्टी फुटायौं भने पनि खराबी त रहिरहन्छ। यी खराबी यही समाजबाट उत्पादन भएका हुन्। त्यसैले, पार्टी फुटेपनि यी खराबीहरू हामीसँगै आउँछन्।
    त्यसैले जबसम्म पार्टी रहन्छ, तबसम्म राम्रा–नराम्रा दुबै पक्ष रहन्छन्। खराबीबिनाको पार्टी नै हुँदैन। पार्टीभित्रै बसेर खराबीलाई सच्याउनु नै हाम्रो दायित्व हो र यो नै वैज्ञानिक नियम हो। खराबी देखा पर्नेबित्तिकै वा कुनै नेता खराब हुने बित्तिकै पार्टी नै फुट्नुपर्छ भन्ने छैन।

    सिंगो पार्टी नै खराब भइसकेको वा काम नलाग्ने अवस्थामा पुगेको वा साँच्चै पूँजीवादी पार्टी स्थापित भइसकेको हो भने त्यो अर्को पाटो हो। तर त्यसो नभएर पार्टीको तलदेखि माथिसम्मको समग्र पंक्ति हेर्ने हो भने अझै पनि नेकपा एमाले नै सम्पूर्ण रूपमा दक्षिणपन्थी पार्टी भइसकेको हो भन्ने मेरो निश्कर्ष होइन। पार्टीभित्र दक्षिणपन्थी अवसरवाद हावी हुँदै गएको चाहिँ साचो हो। त्यसलाई एकठाउँ जम्मा भएर नै हटाउन सकिन्छ।

    हिजो कुनै बेला अर्को पार्टी बनाउनेबारे पनि सोचेका पनि हौं। जब सबै पदाधिकारीलाई हटाएर नेताहरूलाई कारबाही गर्ने काम भइरहेको थियो, त्यसबेला हामीले बाध्य भएर अर्को पार्टी बनाउने विषयमा सोचका हौँ। तर त्यसयता, धेरै परिवर्तन भइसकेको छ। अब परिवर्तित परिस्थिति अनुरुप पार्टी एकता नै प्रमुख मुद्दा भएकाले हामी त्यही दिशामा अघि बढ्नुपर्छ।

    अहिले नै तर्सियौँ भने आन्दोलन कसरी चल्छ ?

    हामी एक भइसकेपछि ओलीले विगतको कुरालाई लिए प्रतिशोध लिनुहुन्छ जस्तो मलाई लाग्दैन। किनभने पार्टीभित्र हजारौं कार्यकर्ता छन्, ती सबैले ओलीले भनेको मान्छन् भन्ने छैन। सबैको आफ्नै नीति र सिद्धान्त छन्। त्यसैले हामीले सही, वैज्ञानिक र तथ्ययुक्त ढंगले बहस गर्न थाल्यौं भने स्वभाविक रुपमा त्यहाँ पनि हाम्रो एजेण्डालाई साथ दिनेहरूको एउटा पंक्ति देखा पर्न सक्छ। सत्यको पक्षमा उभिने मान्छे पनि त्यहाँ देखा पर्छन्। स्वयं केपी ओलीले रियलाइज गर्ने वा नगर्ने अलग कुरा हो। सिंगो एमाले भनेको हामीले बनाएको पार्टी हो।

    हामी एकताबद्ध भएर गयौँ भने सही कुराको पक्षमा धेरै मानिसले हामीलाई साथ दिन्छन्। सही कुराको पक्षमा हामीले हाम्रा क्रियाकलाप र विशलेषहरूबाट कन्भिन्स गर्न पनि सक्नुपर्छ। हाम्रा गतिविधिहरुबाट प्रभावित पनि गर्न सक्नुपर्छ। हामीले सही बाटो, नीति र विचार लिनुपर्छ।

    अहिले नै तर्सिएर वा डराएर एक हुन सकेनौँ भने त हामीबाट कसरी कम्युनिष्ट आन्दोलन चल्छ? हामीले कसरी नेपाली समाजलाई बदल्न सक्छौँ? हामी त सिंगो समाजलाई रुपान्तरण गर्ने भनेर हिँडेका हौँ। हाम्रो समाज यति पछौटे छ, त्यसमाथि हाम्रो अर्थतन्त्रमा दलाल र नोकरशाही पूँजीवाद हावी भएको छ। त्यसलाई पनि हटाउन भनेर लागेका हामी आफ्नो पार्टीमा भएको खराब कुरालाई हटाउन सकेनौँ भनेर भागेर हिँड्ने कि त्यही बसेर लड्ने ?

    रोगलाई निको पार्नतिर लागौँ

    माओत्सेतुङले भनेका छन्, ‘रोगलाई मार्ने हो, रोगी मार्ने होइन ।’ यो आम रूपमा सबै ठाउँमा लागु हुन्छ। मानौँ, कुनै मान्छे रोगी भयो, उसलाई क्यान्सर नै लागेको किन नहोस्। एउटा बुद्धिमान डाक्टरले रोग पो निको पार्ने हो, रोगीलाई त मार्ने होइन नि। उसले रोग निको पार्नका लागि अधिकतम् रूपमा आफ्नो श्रम, जुक्ति र सीप प्रयोग गर्नुपर्छ। आफ्नो सीप र क्षमताको अधिकतम प्रयोग गर्दा पनि रोगी बाँचेन भने फरक कुरा हो।

    त्यस्तै, हाम्रो पार्टीमा अहिले ठूलो रोग छ। र, हामी राजनीतिक डाक्टर हौँ। हाम्रो काम रोगलाई निको पार्नु हो। रोगलाई दोष दिएर रोगीलाई मार्ने काम हामीले गर्नु हुँदैन। हामीले एउटा सफल डाक्टरको भूमिका निभाउनुपर्छ।

    अन्तिम समयसम्म एकताको प्रयास

    तर त्यसो भन्दाभन्दै पनि जस्तोसुकै परिस्थितिमा पनि पार्टी छोड्नुहुन्न भनेको चाहिँ होइन ।१० बुँदे सहमतिले पार्टी एकताका लागि ढोका खुल्ला गरिसकेको छ। हिजो ढोका नै बन्द भइसकेको अवस्थामा हामीले नयाँ पार्टी खोल्ने बारमा सोचेका पनि थियौँ। किनभने हामी क्रियाशील हुनका लागि त्यस्तो ठाउँ हामीलाई चाहिन्थ्यो। त्यतिबेला पनि हामीले एकताको ढोका खुल्न सक्छ भन्ने सोचेका थियौँ। अहिले पार्टी फुटाउन मिल्नेगरी अध्यादेश ल्याइएको अवस्थामा समेत हामी हामी ढोकाभित्र छिर्नै सक्दैनौँ भन्ने मलाई लाग्दैन।

    त्यो ढोका हामीले सोचे जस्तो फराकिलो नहुन पनि सक्छ। तर त्यहाँबाट छिर्न सकिने सम्भावना छ र त्यसका लागि अधिकतम प्रयास गर्नुपर्छ। र, यस १० बुंदेमा अरु उपलब्धिहरू थप गर्न सकिन्छ। ताकि भोलि एक भइसकेपछि फेरि छुटेर हिँड्न नपरोस्। त्यस ढोकाबाट छिर्न सक्ने सम्भावना नै रहेन भने त विकल्पमा जानु पर्ने नै हुन्छ। तर छिर्र्ने नसकिने अवस्था भने छैन। म अन्तिम समयसम्म पार्टी एकताका लागि प्रयास गर्छु।

    (२०७८, भदौ १ गते नेता ज्ञवालीसँग नेपाल रिडर्सका प्रकाश अजातले गरेको कुराकानीमा आधारित।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.