Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
Wednesday, April 29, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पलायन रोज्ने कि पार्टीभित्रको अन्तरसंघर्ष भन्ने प्रश्नमा हामीले अन्तरसंघर्ष रोज्यौँ

भोलिका दिनमा को नेतृत्वमा हुँदा पार्टी विभाजन भयो र को नेतृत्वमा हुँदा पार्टी एकता भयो भनेर समीक्षा हुन्छ। त्यसैले मूल रुपमा राम्रो नराम्रो दुवै कुराको जिम्मा पार्टीको नेताले लिनुपर्छ।

nepal_readers nepal_readers
भदौ २६, २०७८
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेकपा एमालेको विभाजन सबैका लागि दुःखद र दुर्भाग्यपूर्ण परिस्थिति हो। पार्टी दर्ताको समय वा त्यस वरिपरिको समयमात्रै पार्टी विभाजनका लागि निर्णायक होइनन्। यो लामो समयदेखिको अन्तरसंघर्ष र विवादको नतिजा हो र यससँग थुप्रै बिषयहरू जोडिएका छन्। हामीले यसलाई गहिरिएर हेर्दा नेकपा एमाले विभाजन हुनुमा सिंगो नेतृत्व जिम्मेवार देखिन्छ। यसको अर्थ पार्टीमा जसको जति ठूलो भूमिका÷जिम्मेवारी छ, कुनैपनि घटनामा उ त्यति नै जिम्मेवार हुन्छ।

    यसलाई हामीले माक्र्सवादी आँखाले हेर्‍यौं भने हरेक घटनाका कुनै न कुनै कारण हुन्छन्। हामी अहिले जुन भूमिकामा छौं त्यही अनुसार हामी सबै आजको यो घटनाप्रति कुनै न कुनै रुपमा जिम्मेवार छौं।

    आन्दोलन विभाजनका लागि थिएन

    एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्षको मूल्यांकन १० औं महाधिवेशमा गएर गर्छौं। जब ९ औं महाधिवेशपछि अध्यक्षको हातमा सिंगो पार्टी पर्‍यो, १० औं महाधिवेशनमा पुग्दा नपुग्दै यो पार्टी विभाजन हुन्छ भने यसको जिम्मा अध्यक्ष केपी शर्मा ओलीले लिनैपर्छ। भोलिका दिनमा को नेतृत्वमा हुँदा पार्टी विभाजन भयो र को नेतृत्वमा हुँदा पार्टी एकता भयो भनेर समीक्षा हुन्छ। त्यसैले मूल रुपमा राम्रो नराम्रो दुवै कुराको जिम्मा पार्टीको नेताले लिनुपर्छ।

    त्यसैले हामीले हिजो प्रतिगमन विरुद्वको आन्दोनलन गरिरहँदा पार्टीभित्रको नकरात्मक प्रवृत्तिविरुद्ध पनि संघर्ष गर्‍यौं। नेकपा एमालेमा हावी भएको दक्षिणपन्थीवादका साथै पार्टीको विधान र मुलुकको संविधान भन्दा बाहिर रहेर दम्भका हिसाबले र स्थापित मूल्यमान्यता भन्दा विपरित गएर चल्ने एउटा प्रवृत्तिका विरुद्व हाम्रो संघर्ष थियो। मुलुकको संविधान, व्यवस्था र पार्टीलाई समेत जोगाउनका लागि हाम्रो आन्दोलन थियो।

    त्यस संघर्षले नेकपा एमालेमा देखिएका समस्याबाट पार्टीलाई मुक्त गराएर हिजोको विरासत, हिजोको इतिहास र हिजोको प्रणालीमा फर्काउने हाम्रो अभियान थियो र हामीले यो अन्दोलनलाई त्यसरी नै बुझेका थियौं।

    मुलुकको संविधानमा यो व्यवस्थामा भएका आधारभूत बिषयवस्तुहरू छन्। जसरी ती बिषयवस्तुमाथि प्रहार भएको थियो, त्यसबाट मुलुकलाई बचाउने उद्देश्यले पनि आन्दोलन गरिएको थियो। हामीले गरेको यो आन्दोलन नेकपा एमालेको विभाजन गर्नका लागि थिएन। एमालेमा भएका खराब प्रवृत्तिलाई केलाउने र सच्याउने भनेर गरिएको थियो।

    एमाले अध्यक्ष ओली के दाबी गर्नुहुन्छ, त्यो थाहा छैन्। तर उहाँले गरेको प्रतिनिधि सभा विघटनलाई यो मुलुकको राजनीतिक इतिहासमा कसरी दस्तावेजिकरण भएको छ भन्ने कुरा सबैभन्दा महात्वपूर्ण हुन्छ। उहाँले आफ्नो कदमलाई सही दाबी गर्दै गर्दा नेकपा एमालेले संविधानलाई सम्मान गरेको छ, एमालेले संविधानलाई शिरमा राखेर चलेको छ र सम्मानित सर्वोच्च अदालतको पनि सम्मान गरेको छ। त्यसैले उहाँले आफ्नो कदम सही छ भनेर जति व्याख्या गरे पनि त्यसको अर्थ रहँदैन।

    के उहाँ आफ्नो कदम कुनैपनि हिसाबले सही थियो भनेर प्रमाणित गर्न सक्नुहुन्छ? जबकी दुई दुई पटक सर्वोच्च अदालतले यसलाई बदर ग-यो र सर्वोच्च अदालतले गरेको निर्णयका फैसलाका प्रतिहरू हामीले पढ्यौं भने आफ्ना कदमलाई उहाँ स्वयंले कुनै पनि हालतमा सही भन्न सक्नुहुन्न।

    गल्ती स्वीकार गरौं

    नेकपा एमालेले आज विभाजन भइसकेको अवस्थामा पनि आफ्ना गल्ती र कमीकमजोरी नस्वीकार्ने हो भने हामीले एमालेलाई कसरी सुधार्न सक्छौँ? एमालेलाई कसरी हिजोको गतिमा हिडाउन सक्छौं? त्यसैले आज पार्टीको जिम्मेवारीमा बस्नेहरू प्रत्येकले सोच्नुपर्ने बेला भएको छ। नेकपा एमालेमा यो अवस्था आइपुग्नका लागि मेरो के कति गल्ति छ भनेर सोच्नुपर्ने बिन्दुमा हामी आइपुगेका छौं।
    अझ पार्टी अध्यक्ष ओली झनै बढी जिम्मेवार हुनुपर्छ। उहाँ ९ औं महाधिवेशनमा पार्टीको अध्यक्ष हुँदा पार्टी कति व्यवस्थित थियो र उहाँले नेतृत्व लिएपछि आज पार्टी कहाँ छ भनेर सोच्नुपर्ने बेला आएको छ।

    नेकपा एमालेले माओवादी केन्द्रसँग एकता गरेपछि जनताले एउटा कम्युनिष्ट पार्टीलाई विश्वास गरेर ७ वटा मध्ये ६ वटा प्रदेशमा बहुमत दिए र हामीले सरकार बनायौं। तर आज यो पार्टीको परिस्थिति के छ? केन्द्रीय सत्तामा हाम्रो लगभग दुई तिहाईको प्रतिनिधित्व थियो। अध्यक्ष ओलीकै कारण त्यो मौकालाई पनि गुमायौं। यदि उहाँको कदम उहाँले भनेजस्तै सही थियो भने के आज हामीले यी सबै अवसरहरू गुमाउनुपथ्र्यो?

    गुमाउँदा गुमाउँदै हामीले विशाल पार्टी विभाजनको सामना गर्नुपर्‍यो। हामीले नेकपा एमालेलाई सग्लो राख्न सकेनौं भने काहीँ न काहीँ खराबी छ भनेर बुझ्नुपर्छ। अझै पनि हामीले आफ्नो गल्ति स्वीकारेनौं र त्यही सही थियो भन्ने दम्भ हटाएनौं भने हामी हाम्रो लक्ष्यसम्म पुग्न सक्दैनौं।

    ‘जिएर त हेर…’

    पार्टीभित्रको अन्तर्संघर्ष एउटा उचाईमा पुगेको अवस्था थियो, पार्टीमा हावी भएको गलत प्रवृत्ति कमजोर हुँदै गएको थियो र यसविरुद्ध लड्नका लागि आधार बनिसकेको अवस्थामा पार्टी विभाजन भयो। प्रतिगमन विरुद्वको आन्दोलन र एमालेभित्रको संघर्ष जरुरी थियो। त्यसैले हामीले गरेका क्रियाकलापप्रति कुनै पश्चाताप वा आत्मग्लानी छैन्। त्यो समयको माग थियो र जरुरी थियो। हामीले यो संघर्ष नगरेको भए इतिहासले हामीलाई धिक्कार्ने थियो। हामीले जुन प्रवृत्तिविरुद्ध संघर्ष गरेका थियौं, त्यो नै कमजोर हुँदै गरेको अवस्थामा एमालेभित्रै बसेर संघर्ष जारी राख्नुपथ्र्यो र हामीले त्यही बाटो रोजेका हौं।

    अहिले हामीले एमालेभित्रै बसेर अन्तर्संघर्ष गर्ने बाटो रोजेपछि हामीलाई ‘अवसरवादी’को आरोप पनि लाग्यो। हामीलाई यस्तो आरोप लागिरहँदा म भूपी शेरचनको एउटा कविता सम्झिरहेकी छु– ‘मैले पिएकोमा रिसाएका साथीहरू पिएर त हेर पिउन झन गाह्रो छ, मरेर शहीद हुनेहरू जिएर त हेर जीउन झन गाह्रो छ।’

    वास्तवमा ९ औं महाधिवेशनपछि माधव नेपालको समूहमा रहेको पंक्तिले कष्टप्रद संघर्ष रोजेको थियो। एमाले विभाजनको असर कम्युनिष्ट आन्दोलनमा पनि पर्छ। मानौं, एमाले सकियो भने कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट पार्टी सक्नका लागि कुनैपनि शक्तिलाई धेरै मेहनत गर्नै पर्दैन। त्यसैले यो कम्युनिष्ट आन्दोलनमा नेकपा एमालेभित्रको क्रान्तिकारी धारलाई बचाउनका लागि माधव कमरेडको नेतृत्वमा हामी आएका थियौं। उहाँले उच्च आँट र साहसका साथ हाम्रो संघर्षको नेतृत्वको गर्नुभएको थियो। हामी सधै उहाँलाई सम्मान गर्छौं।

    १० बुँदेः अन्तर्संघर्षको आधार

    माधव नेपाल नेकपा एमालेको निर्माण गर्ने नेता मात्र होइन, एमालेलाई जनताको बीचमा लैजाने र एमलेको शिरमा आँच आउन नदिनका लागि सधैं क्रियाशील नेता पनि हुनुहुन्छ। उहाँकै नेतृत्वमा हामी प्रतिगमन र पार्टीको गलत प्रवृत्तिविरुद्ध संघर्षमा उत्रिएका थियौं। माधव नेपाल जत्तिको मान्छेले नेकपा एमालेको विभाजनलाई कुनै पनि हालतमा रोज्नुहुन्न भन्ने विश्वास थियो ।

    हामीलाई लाग्थ्यो, माधव नेपाल हजार संघर्षलाई रोज्न तयार हुनुहुन्छ, राजा सिद्दिनर सिंह मल्लले जस्तै चिसोमा चिसो ढुङ्गामा बसेर तपस्या गर्ने र तातोमा पञ्चाग्नी ताप्ने खालको संघर्ष रोज्नुहुन्छ भन्ने लागेकाले नै हामी उहाँको नेतृत्वमा संघर्षमा थियौं। तर उहाँको यो निर्णयले म आफैं अचम्भित छु। विभाजनभन्दा केहीदिन अघि बसेको केन्द्रीय कमिटीको बैठकले पार्टी विभाजन भन्दा एकता नै रोज्ने निर्णय गरेको थियो। यो निर्णय हुँदाहुँदै कमरेड माधव नेपालले पार्टी विभाजन गरेपछि हामी सबै अचम्भित भएका छौं।

    अन्तर्संघर्षको आधार भएन भने मात्रै विभाजन गर्ने भन्ने स्थायी कमिटी र केन्द्रिय कमिटीको स्प्रिट थियो। हामीले १० बुँदे सहमतिलाई नै अन्तर्संघर्षको आधार मानेका छौं। यो १० बुँदे आफैंमा ठूलो उपलब्धि होइन, तर अन्तर्संघर्ष गर्नका लागि हामीले ठूलो मेहनतले तयार गरेको हतियार थियो ।

    जीवनको बाटो

    हामीसँग दुईवटा विकल्प थिएः एउटा, पार्टी विभाजन र अर्को, एमाले भित्रै बसेर अन्तर्संघर्ष गर्ने। एमालेभित्रै बसेर अन्तर्संघर्ष गर्नु नै हितकर बाटो हो। त्यो बाटो बाँच्ने बाटो हो। नेकपा एमाले छोडेर नयाँ पार्टी बनाउने कुरा भनेको पलायनको बाटो हो। त्यसैले हामीले एमाले भित्रको जीवनको बाटो रोजेका हौं। यो बाटो कत्तिको सहज छ भन्ने प्रश्नमा म सधैं माथि उल्लेख गरिएको भूपीको कविता भन्ने गर्छु। तर यही १० बुँदालाई जीजिविशा मानेर हामीले यसैको आधारमा संघर्ष गरेर नेकपा एमालेलाई सुधार्न सकिन्छ भन्ने कसम खाएका छौं। यसलाई पूरा गर्नु काँडेघारीको बाटो हो भन्ने मलाई राम्रो सँग थाहा छ। हिजो हामीले जे जे गलत कुरा भनेका थियौं त्यो कुरासँग सम्झौता गरेको होइन।

    हामी सुर्य चिन्ह मात्रै भनेर एमालेमै बसेको होइन्। यदि नेकपा एमालेमा तपाईंले टेक्ने सम्भवाना नै नरहेको खण्डमा विद्रोह गर्ने विकल्प त जहिले पनि हामीसँग खुल्ला नै छ। ओलीले पार्टी र सरकार सञ्चालनका क्रममा मनलाग्दी गरेपछि हामीले प्रश्न उठायौं। पार्टीका कमिटीहरू र आफूसँगैका साथीहरूको भावना नबुझी र मतलवै नगरी आफूखुशी पार्टी सञ्चालन गरेर स्थापित मूल्यमान्यताको विरुद्व जानुभएको थियो र त्यसका विरुद्वमा संघर्ष भयो।

    १० बुँदे सहमतिका आधारमा हामीले पार्टीभित्र अन्तर्संघर्ष गर्नुपथ्र्यो। त्यति गर्दा पनि कुनै पार नलागेमा, पार्टी दक्षिणपन्थीकै कित्तामा गएमा र यो पार्टी, पार्टी जस्तो नभएमा हामीपनि विद्रोहमा जानुबाहेक अरु विकल्प हुँदैनथियो। आफुसँगैका सिंगो टीमलाई छोडेर आफूसँगका साथीहरूले के भन्छन् भन्ने मतलव नगरी विभाजनलाई मात्र विकल्प देख्नु गलत हो।

    कमजोर धरातलमा पार्टी विभाजन

    हामीले प्रतिगमन भनेर आन्दोलन गर्दा पार्टी अध्यक्ष ओली तत्कालिन प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँले यो मुलुक र संविधानको विरुद्धमा गएर काम गर्नुभयो। लोकतन्त्र र राजनीतिक स्थायित्वलाई धरापमा पार्नेगरी काम गर्नुभयो र राजनीतिक पार्टीहरूलाई कमजोर बनाउने बाटोमा हिँडाउनुभयो। त्यसकाविरुद्व हामीले गर्वका साथ संघर्ष गरेका हौं।

    संसद वा केन्द्रीय कमिटीमा सदस्य संख्या २० प्रतिशत पु-याए विभाजन गर्न सकिनेगरी पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याउन लगाइयो र एकदमै कमजोर धरातलमा यो पार्टी विभाजन भयो। हिजो हामीले अध्यादेश ल्याउने अनि पार्टी फुटाउने एजेण्डा राखेर आन्दोलन गरेका होइनौं। केपी ओलीले संविधानलाई कमजोर बनाउन र राजनीतिक अस्थिरता ल्याउन गरेको प्रयासविरुद्धको आन्दोलन थियो। अब पार्टी फुटेपछि हाम्रा ती एजेण्डाहरू के भए त ?

    हिजोका दिनमा हामीले संविधान र मुलुक बचाउन भन्दै संसदमा हुनेले संसद, पार्टीमा हुनेले पार्टी र सडकमा हुनेले सडकबाट विद्रोहको बाटो रोजेका थियौं। तर पार्टी फुटाउने काम भएपछि हाम्रा एजेण्डाहरूपनि तितरवितर भए। तर अझैपनि हाम्रो संघर्ष जारी नै छ।
    केही पनि बाँकी नरहने गरि विभाजन भएको त्यो पार्टी कमजोर धरातलमा छ। एक पटक नेकपा एमालेभित्र अन्तर्संघर्षको बाटो रोज्न र एमालेभित्र देखिएका तमाम विसंगतिलाई सच्याउन मेरो आग्रह छ।

    एमालेको ९ औं महाधिवेशनमा पारित गरेको विधान नै आजको गाइडलाइन्स् हो। हामीले पारित गरेका ती दस्तावेजहरू दक्षिणपन्थी होइनन्, न ती प्रतिगामी नै हुन्। त्यसलाई सही ढंगले कार्यान्वयन गरियोस् भनेर गरिएको अन्तर्संघर्षलाई निचोडमा पुर्‍याउनका लागि त पार्टीभित्रै बस्नुपर्छ। पार्टी बाहिर गएर अन्तर्संघर्ष हुँदैन। त्यसैले ९ औं महाधिवेशनमा पारित भएको विधान र दस्तावेजहरूले नै मार्गदर्शन गर्छ भनेर हामीले विश्वास गर्नुपर्छ।

    जस र अपजस अध्यक्षलाई

    संसार भरका उदाहरण हेर्ने हो भने कम्युनिष्ट पार्टीको विभाजन भन्दा पार्टीभित्रकै अन्तर्संघर्ष नै मुख्य बिषय हुन्छ। पार्टीभित्रको गलत प्रवृत्ति, गलत विचार र विधानविपरितका कार्यशैलीविरुद्ध अन्तर्संघर्ष हुन्छ। हामी नेकपा एमालेलाई हिजोको विरासतमा फर्काउन सक्छांै भन्ने विश्वास छ।

    हिजो हामी आन्दोलनमा हुने एउटा कित्ताामा थियौं र पार्टी अध्यक्ष, राज्य र सत्तामा हुनेको अर्को कित्ता थियो। तर हिजो राज्य सत्तामा भएका साथीहरूमा पनि पार्टी कमजोर भएको कुरामा चिन्ता रहेको म देखिरहेको छु। उहाँहरूलाई पनि नेकपा एमाले साँच्चै गम्भीर मोडमा पुगेकोमा चिन्ता छ।

    झण्डै दुई तिहाइको सरकार गुम्नु, पार्टी विभाजन हुनु, सबै प्रदेशमा हाम्रो सरकार कमजोर हुनु र गुम्नु, केन्द्रीय संसदमा हाम्रो उपस्थिति र पार्टी नै छिन्नभिन्न हुने अवस्थामा पुग्नु लगायत यी सबै कुरा लुकाएर लुक्दैन। यी सबै परिणामका कारणहरू छन्। यसको सबैभन्दा ठूलो जस र अपजस पार्टीको अध्यक्षले लिनुपर्छ।

    यदि तपाईं कमरेड केपी ओलीलाई सही भन्नुहुन्छ भने कसरी उहाँकै कारण पार्टीमा यत्रो क्षति भयो? यदि आपूmसँग सही र सक्षम नेतृत्व छ भने पार्टीलाई यस क्षतिबाट बचाउन किन सकिएन ? एउटा असल नेताले पार्टीभित्र क्षतिको दोष अर्कालाई दिँदै धारे हात मात्रै लगाउँदैन। क्षतिबाट बचाउन पनि सक्नुपर्छ।

    १० बुँदे कार्यान्वयन नभए खतरा

    १० बुँदे सहमतिलाई हामीले तत्कालका लागि पार्टी एकताको आधार भनेका छौं। अन्तर्संघर्ष सम्भव छैन् वा नेकपा एमाले कुनै पनि हिसाबले सुध्रिदैन भनेर कतिपय साथीहरूले विभाजनको बाटो रोज्नुभयो। हाम्रो इतिहासमा विभाजन र एकताको प्रक्रिया चलिरहेको छ। यदी हामीले १० बुँदे सहमतिलाई इमान्दारीताका साथ कार्यान्वयन गर्‍यौं र पार्टीका तमाम क्षतिहरूलाई एक ठाउँमा राखेर समीक्षा गर्‍र्यौं भने विभाजन भएर गएको पार्टीलाई पनि एकता गर्न धेरै समय कुर्नु पर्दैन। हामीले अब पुरानो हिसाबले चलेर हुँदैन।

    अब हामी एकढिक्का भएर अघि बढ्नुको विकल्प छैन। अब निर्वाचन नजिकिदै गरेकाले एक ठाउँमा उभिने कोशिस गर्नुपर्छ र नेतृत्वले पनि त्यही अनुसार पार्टी चलाउनुपर्छ भन्ने आग्रह गर्छु।

    कमरेड माधव नेपालले गठन गर्नुभएको पार्टीमा साथीहरू एक किसिमको अन्याय, अत्याचार र पार्टीभित्रको गलत प्रवृत्तिबाट उकुसमुकुस भएर जानुभएको छ। कसैलाई मन्त्री बन्नुपर्ने होला, कसैलाई मुख्यमन्त्री बन्नुपर्ने होला वा कसैलाई कुनै राजनीतिक नियुक्ति खानु परेको होला र त्यसका लागि उनीहरू सजिलो पनि भएको हुनसक्छ। तर आमरुपमा भन्नुपर्दा यस विभाजनको शुरुवात पार्टी भित्र भएको अन्याय, अत्याचार र वेथितिबाट र यी सबैविरुद्धको संघर्षबाट भएको हो। त्यसैले हामी यी दुई विभाजित पार्टीहरूलाई चाँडो भन्दा चाँडो एकता गरेर चल्नुपर्छ ।

    त्यसका लागि सबभन्दा मुख्य आधार नै १० बुँदे सहमति हो। यसलाई कार्यान्वयन गर्‍यौं भनेमात्रै हामी एकताको बाटोमा जान्छौं। यदी हामीले १० बुंदे कार्यान्वयन गरेनौं हामी सिद्वान्ततः नेकपा एमालेको मृत्युको पक्षमा छौं भन्दा हुन्छ। आज पनि १० बुँदे सहमतिलाई कार्यान्वयनमा ढिलासुस्ति गर्नु भनेको हामीले आफ्नो बच्चालाई आफ्नै काखमा राखेर हत्या गर्नु जस्तै हो।

    यस १० बुँदेलाई कार्यान्वयन नगर्ने छुट पार्टीभित्रका कसैलाई छैन। यो कार्यान्वयन भएपछि नेकपा एमाले आफ्नो गतिमा अगाडि बढ्छ र त्यो भनेको एमालेको कमिटी क्रियाशील बन्छन्, पार्टीको महाधिवेशन हुन्छ। १० बुँदे कार्यान्वयन गरेपछि मात्रै विधि र हामीले स्थापित गरेको प्रणालीको आधारमा पार्टी अगाडि बढ्छ।

    नेपाली कांग्रेसको महाधिवेशन नजिकिदै गर्दा उसले हिजो हामीले गरेका अभ्यासहरूलाई अंगालेको देख्न सकिन्छ। तर नेकपा एमाले क्रमशः खस्कदै गएको अवस्था छ। एकातिर हाम्रा राम्रा पक्षहरू अरु पार्टीले अनुशरण गरिरहेका छन् भने अर्कोतिर अरु पार्टीका नराम्रा प्रवृत्ति हामीले लिने खतरा छ। यदि त्यसो भयो भने यो पार्टी नै जोगिदैन भन्ने मलाई लाग्छ।

    दायित्व र चुनौती

    १० बुँदे कार्यान्वयन भएन भने त्यसपछिको हाम्रो बाटो के होला भन्ने विषयमा हाम्रो नेतृत्वले सोच्नुपर्छ। देशभरका कार्यकर्ताले अहिलेको १० बुँदे नै नेकपा एमालेलाई अगाडि बढाउने आधार हो भनेर नेतृत्वले भन्दा राम्रोसँग आत्मसाथ गरेको पाइन्छ। तर नेतृत्वमा कहिलेकाँही देखिने खराब प्रवृत्तिले निरन्तरता पाइरह्यो भने के यी साथीहरू एमाले नै रोजेर बस्लान् त ? पक्कै बस्दैनन्।
    हिजो आन्दोलनको पक्षमा हुने र अहिले एमालेमै बस्नुपर्छ भन्ने पंक्तिले आत्मसमर्पण गरेर बसेको होइन भन्ने कुरा प्रष्टसँग बुझ्नु पर्छ। हामीले पार्टीलाई जोगाउनका लागि राजनीतिक निर्णय गरेका हौं। पार्टीको पक्षमा निर्णय गरेका हौं। विभाजन वा पार्टी फुटको विपक्षमा निर्णय गरेका हौं।

    पार्टी विभाजनमा जाँदाको परिणाम के हुन्छ भन्ने कुराको विश्लेषण उहाँहरूले गर्नुपथ्र्यो। हाम्रो पार्टीमा फुटेर गएको पंक्तिलाई पनि सकेसम्म पार्टीको मुलधारमा फर्काउनका लागि फराकिलो दृष्टिकोण बोकेर हिँड्नुपर्छ। अब जसरी हुन्छ पार्टीलाई एक बनाउनतिर हामी लाग्नुपर्छ। यदि त्यसो भएन भने हामीले एमालेको विरासत बचाउन सक्दैनौं। त्यो भनेको नेपालको कम्युनिष्ट आन्दोलन बच्दैन भन्ने हो।

    जसले जे भने पनि नेपालको कम्युनिष्ट आन्दोलनको मुलधार नेकपा एमाले नै हो। नेपालमा अरु कुनै पार्टी नरहदा कम्युनिष्ट आन्दोलन सकिदैन। कतिले नेकपा एमालेका बीचमा खेल पनि खेल्लान्। त्यसैले एमालेलाई बलियो बनाउने हाम्रो दायित्व र चुनौती पनि हो। १० बुँदे कार्यान्वयन मात्र नभएर भर्खरै छुटेर गएको पंक्तिलाई पनि फर्काउने विषयमा सोच्नुपर्छ।

    (एमाले नेता तथा आर्थिक मामिला र योजनामन्त्री खड्कासँग नेपाल रिडर्सका प्रकाश अजातले गरेको कुराकानीमा आधारित।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.