Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चीनसँग पश्चिमको कुण्ठा: बेइजिङ शत्रु र मुक्तिदाताको रूपमा

मिडियाका यस्ता प्रचारले चीनको तत्कालका लागि हैसियत घटाउँदा ठूलो फाइदा पुर्‍याउला, तर चीन दीर्घकालीन रूपमा आर्थिक मन्दीमा फस्यो भने त्यसको मूल्य सबभन्दा पहिला पश्चिमी अर्थतन्त्रहरूले चुकाउनु पर्नेछ।

रामज्जे बारौड रामज्जे बारौड
कार्तिक २३, २०७८
- विमर्शका लागि, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    “के चीनको अर्थतन्त्र ध्वस्त हुन सक्छ?” अक्टोबर १५ मा प्रकाशित क्वार्ट्ज पत्रिकाको एक लेखको शीर्षक थियो। सो लेखले चीनियाँ अर्थव्यवस्था ध्वस्त हुने र त्यसले चीन तथा विश्वव्यापी अर्थतन्त्रमा दुखदायी अवस्था ल्याउने अनुमान गरेको छ।

    यो लेख पश्चिमी मूलधारका मिडियामा केही हप्ताहरूमा देखापरेका धेरै रिपोर्टहरू मध्ये एक हो। हालै प्रकाशित आर्थिक सूचकहरूले चीनियाँ अर्थतन्त्रका विभिन्न क्षेत्रहरूमा, विशेषगरी निर्माणको क्षेत्रमा अपेक्षित भन्दा कम वृद्धिलाई औंल्याएका छन्।

    विश्वव्यापी बजारको अस्थिरता विशेषगरी विश्वको सबैभन्दा द्रुत वृद्धि भइरहेको र दोस्रो-ठूलो अर्थतन्त्र भएको चीन जस्तो विशाल देशको आर्थिक उत्पादनमा जब रोकावट आउँछ, त्यसबेला विश्वभरीका अर्थशास्त्रीहरूमा तत्काल चिन्ता जाग्नुको कारणबारे बुझ्न सकिन्छ। छोटो समयका लागि किन रोकावट नभएको होस्।

    अचम्मलाग्दो कुरा के छ भने महामारीले विश्वव्यापी व्यापारमा पर्ने प्रतिकूल प्रभावलाई विचार गर्दै, आर्थिक मन्दी हुने पूर्ववत आ‌ँकलन नै चीनको पतन हुने भविष्यवाणीलाई पुष्टि गर्न जवरजस्त प्रमाण बनाइनु आश्चर्यलाग्दो छ।

    क्वार्ट्ज म्यागाजिनको तर्कको आधार अलिक भिन्न छ। त्यसका अनुसार चीनको कथित आर्थिक संकट भनेको बेइजिङको केन्द्रीकृत अर्थतन्त्र, कम्युनिष्ट पार्टीको हस्तक्षेप  र निजी क्षेत्रको पुनर्संरचनाको परिणाम हो। यदि वृद्धि सुस्त हुँदै गयो भने, “चीनले जनआक्रोसको सामना गर्नुपर्ने हुन सक्छ,” सो लेखले भविष्यवाणी गरेको छ। तर यस्तो नाटकीय दाबीलाई पुष्टि गर्न त्यस लेखले कुनै ठोस प्रमाण दिएको छैन।

    चीनको कथित ‘संकट’ लाई जनआक्रोसको सामना गर्ने भनेर चर्चा गर्दा बेलायतको वास्तविक इन्धन संकटबारे ध्यान दिनु राम्रो हुन्छ। त्यस संकटमा लाखौं जनताहरुले पेट्रोल र डिजेल किन्न हतार गरेका थिए। जसको परिणामस्वरूप व्यापक हाहाकार, आपूर्तिको अभाव र सडक नै अस्तव्यस्त भएको थियो। यस्तो हाहाकारपूर्ण संकटलाई पश्चिमी सञ्चारमाध्यमले कर्मचारीतन्त्रको सामान्य अव्यवस्थापनको परिणाम वा आपूर्ति र मागसँग सम्बन्धित गलत हिसाब मात्र भनेर चित्रित गरे। यदि बेलायतको जस्तै त्रासदपूर्ण दृश्यहरू चीनमा देखियो भने, पश्चिमी पत्रकारहरूले चीनमा ‘जनआक्रोस’ मात्र होइन क्रान्ति नै भइरहेको भन्दै अनगिन्ति रिपोर्ट गर्नेछन्।

    यद्यपि, अमेरिकामा डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भएदेखि नै बढ्दै गएको चीन विरोधी मिडियाको परम्परागत कर्तव्य दुईधारे तरवार जस्तो नै छ। एकातिरबाट तिनीहरूले चीनलाई अस्थिर देशको रूपमा र अर्कातिरबाट यसको दशकौं लामो आर्थिक वृद्धिलाई क्षणिक घटनाको रूपमा चित्रण गर्दै तरवार उज्याइरहेका छन्। मिडियाका यस्ता प्रचारले तत्कालका लागि चीनको हैसियत घटाउँदा ठूलो फाइदा पुर्‍याउला, तर चीन दीर्घकालीन रूपमा आर्थिक मन्दीमा फस्यो भने त्यसको मूल्य सबभन्दा पहिला पश्चिमी अर्थतन्त्रहरूले चुकाउनु पर्नेछ।

    चीनको असफलतालाई धेरैले सोभियत संघको विघटनको कालसँग तुलना गर्ने गर्छन्। तर कुरा यसको विपरीत छ। सोभियत संघको अर्थतन्त्र पश्चिमी बजारहरूसँग लगभग पूर्णतः अलग्गै रहेको थियो। तर हालको चीनियाँ अर्थतन्त्र युरोपदेखि उत्तर अमेरिका, अफ्रिका र त्यसभन्दा बाहिर भनौं विश्वव्यापी अर्थतन्त्रसँग घनिष्ठरूपमा गाँसिएको छ। ‘चीनले हाछ्यूँ गर्‍यो भने विश्व नै रुघाले ग्रस्त हुन्छ’ यस्तो भनाइ आजको दिनमा जति कहिल्यै सत्य सावित भएको छैन।

    हालै ब्लूमबर्गले विश्वका प्रमुख आर्थिक शक्तिहरूले गरेको “विश्वव्यापी आर्थिक वृद्धिमा योगदान” को दृष्टान्त दिएको छ। त्यसका अनुसार चीनले विशेषगरी सन् २०१० देखि विश्वव्यापी अर्थतन्त्रको मेरुदण्डको भूमिका खेलेको छ। सन् २०२० विशेषगरी रोचक रह्यो, किनकि चीनमात्र एक मुलुक हो जसले  मात्र शून्य प्रतिशत बिन्दुभन्दा माथि उल्लेख्य आर्थिक वृद्धि कायम गरेको छ।

    विश्वव्यापी आर्थिक वृद्धिलाई मुख्य उत्प्रेरकका रूपमा चीनको केन्द्रियताले पश्चिमलाई आश्चर्यजनक दुविधामा पारेको छ। एकातिर, अमेरिका र उसका सहयोगीहरू चीनलाई विश्वव्यापी राजनीतिक शक्तिका रुपमा उदय हुन नदिन अनेकन रणनीति अख्तियार गरिरहेका छन् भने अर्कोतर्फ आफ्नै अर्थतन्त्रलाई चलायमान राख्न चिनियाँ ‘आर्थिक चमत्कार’ मा भर परिरहेका छन्। आश्चर्य मान्नुपर्दैन कि युरोपेली आयोगका अनुसार “चीन ईयूको आयातको सबैभन्दा ठूलो स्रोत र यसको दोस्रो ठूलो निर्यात बजार हो।”

    अमेरिकी रक्षा सचिव लोयड अस्टिन नाटो गठबन्धनका रक्षा मन्त्रीहरूको सम्मेलनमा सामेल हुन पहिलो पटक अक्टोबर २१ मा ब्रसेल्स गएका थिए। त्यसबेला, उनको भ्रमणलाई वाशिंगटन पोस्टले अस्टिनको “चीनियाँ मष्तिष्क भएका” अत्याधिक प्रभावशाली व्यक्तिहरुको बैठकमा सामेल हुँदैछन् भनेर लेखेको थियो।

    अस्टिन र अमेरिकी सेनाको चिन्ता चीनको विशाल क्षमता र निरन्तर विकास भएको भन्दा नाटो सदस्यहरूले ‘चीनियाँ खतरा’ लाई बुझ्न सकेनन् भन्नेमा छ। वास्तवमा, चीनको सैन्य विकासका बारेमा अमेरिकाले बारम्बार चेतावनी दिइरहँदा पनि युरोप र नाटोका अधिकांश सदस्यहरू धेरै उदासिन छन्।

    सजिलैगरी भन्नुपर्दा, वाशिंगटन युरोपले आफ्नो खुट्टामा आफैं गोली हानुन् भन्ने चाहन्छ। चीनलाई अलग्गै राख्नु भनेको युरोपले आफैंलाई अलग पार्नु हो। यस कुराले त युरोपको आर्थिक वृद्धि घट्ने नै छ यसको विस्तार हुँदै गएमा सम्पूर्ण विश्वको अर्थतन्त्रलाई सुस्त बनाउनेछ।

    ट्रम्प प्रशासनको वर्षौंको अस्थिरताका कारण ईयू र अमेरिकाबीचको विश्वासमा आएको कमीलाई बाइडेनले ध्यानमा राख्नु पर्थ्यो। तर यसमा बाइडेनको ध्यान पुग्न सकेन। त्यसमाथि अमेरिका अफगानिस्तानबाट अचानक पछि हट्दा युरोपेलीहरूले यस पटक वाशिंगटनको पाइला पछ्याउने सम्भावना छैन। वास्तवमा भन्ने हो भने हालको युरोप र अमेरिकाबीचको सम्वन्ध अमेरिका-सोभियत शीतयुद्धको उचाइमा रहेको अवस्थामा छैन।

    यस कुरालाई भर्खरको युरोपियन काउन्सिल अन फरेन रिलेसनले गरेको सर्वेक्षणले पुष्टि गर्न सक्छ। त्यस काउन्सिलले ईयूका बाह्र सदस्य राष्ट्रहरूमा एक सर्वेक्षण गरेको थियो। त्यसले अधिकांश युरोपेलीहरू (५९%) ले आफ्ना देशहरू चीनसँगको शीतयुद्धमा संलग्न भएको महशुस गरेका छैनन्।

    फरेन एफेयर्स म्यागजिनले “युरोपियनहरू नयाँ शीत युद्धबाट टाढै बस्न चाहन्छन्” शीर्षक भएको निष्कर्षमूलक एक रिपोर्ट गरेको थियो। यस्तो निष्कर्षको वास्तविकतालाई न पश्चिमी मिडियाका चेतावनीले न त नेटो सम्मेलनमा अस्टिनको हस्तक्षेपले बदल्न सक्नेछ।

    विश्व महामारीका कारण छाएको मन्दीले गर्दा चिनियाँ अर्थतन्त्रको उतारचढाव जारी रहने सम्भावना छ। तर चीन भित्रका यस्ता उतारचढावले पहिल्यै निर्धारित चीन विश्व शक्ति बन्ने वा पश्चिमको अवतरणको भाष्यमा कुनै परिवर्तन हुने छैन। हामी जति चाँडो यो तथ्यलाई आत्मसात गर्छौं, त्यति नै राम्रो हुनेछ।

    नवम्वर ३, २०२१

    डा. बारौड एक पत्रकार र प्यालेस्टाइन क्रोनिकलका सम्पादक हुन्।  पाँचवटा पुस्तकका लेखक उनको हालैको  “These Chains Will Be Broken: Palestinian Stories of Struggle and Defiance in Israeli Prisons” (Clarity Press, Atlanta) चर्चामा रहेको छ।

    https://www.counterpunch.org/2021/11/03/the-wests-china-complex-beijing-as-the-enemy-and-the-savior/

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      रामज्जे बारौड

      रामज्जे बारौड

      डा. बारौड एक पत्रकार र प्यालेस्टाइन क्रोनिकलका सम्पादक हुन्।  पाँचवटा पुस्तकका लेखक उनको हालैको  “These Chains Will Be Broken: Palestinian Stories of Struggle and Defiance in Israeli Prisons” (Clarity Press, Atlanta) चर्चामा रहेको छ।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.