Date
शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026
Friday, February 13, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कम्युनिष्ट पार्टीका नाममा नाङ्ले पसल खोल्नेहरूले आन्दोलनको रक्षा गर्न सक्दैनन्

तर आज हामीले हार्‍यौं भनेर समीक्षा नै नगर्ने वा अस्वीकार गर्छौ भन्ने चाहिँ होइन। आजको दिनमा हरेकले तथ्यमा उभिएर तर्क गर्नुपर्छ। तर्क अनुसारको तथ्य बन्दैन। तर्क त हाम्रा अगाडि साक्षी छन्। एमाले दोस्रो भएको छ।

निरज आचार्य निरज आचार्य
जेष्ठ १८, २०७९
- राजनीति, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    हालै सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाममा नेकपा एमाले सन्तुष्ट हुनसक्ने अवस्था छैन। पाँच दलीय गठबन्धनसँग लड्नुपर्ने भएकाले हाम्रो सिट संख्या स्वभाविक ढंगले घटेको छ। ०७४ सालको निर्वाचनमा झण्डै ४२ प्रतिशत सिट संख्या जितेर पहिलो शक्तिका रुपमा रहेको नेकपा एमाले यो निर्वाचनसम्म आइपुग्दा दोस्रो शक्तिका रुपमा रहनुपरेकाले सन्तोष हुन भने सकिँदैन।

    एमालेलाई लोकप्रिय मत
    एमालेले घोषित रूपमा गठबन्धन गरेको थिएन। अधिकांश सिटहरूमा एमाले एक्लै लडेको हो। १०/२० सिटहरू अरु दललाई छाडिएको स्थिति छ। त्यसबाहेक अधिकांश सिटहरूमा एमाले एक्लै लड्यो। पाँच दलीय गठबन्धनले २ सय ४१ पालिकामा गठबन्धन गरेर लडेको भनिएपनि बाँकी पालिकामा दुई वा तीन दलहरूले गठबन्धन गरेका थिए। जस्तैः कहीँ माओवादी तथा काँग्रेस, कहीँ समाजवादी तथा माओवादी र कहीँ मधेशवादी तथा काँग्रेसबीचको गठबन्धन भएको देखिन्छ। गठबन्धनमा रहेका दलहरूले निकै कम सिटमा मात्रै एक्लै लडेका छन्।

    यसका बाबजुद एमालेको लोकप्रिय भने मत घटेको छैन। ०७० र ०७४ का चुनाव र अहिलेको चुनावको नतिजालाई विश्लेषण गर्ने हो भने एमालेले पाएको मतको अनुपात घटेको छैन। यो निर्वाचनमा एमालेले कुल मतको झण्डै ३४ प्रतिशत मत प्राप्त गरेको छ। हुनत लोकप्रिय मत केलाई मान्ने कुरा पनि हुने गर्छ। कतिपयले अध्यक्षहरूले पाएको मतलाई हिसाब गर्छन् भने कतिले उपप्रमुख वा उपाध्यक्षले प्राप्त गरेको मतको हिसाब गरेका हुन्छन्।

    पालिका प्रमुख र अध्यक्षहरूले पाएको मतलाई आधार मान्ने हो भने एमालेले अहिलेसम्म ३७ लाख ८६ हजारभन्दा बढी मत प्राप्त गरेको छ। यो कुल मतको ३४ प्रतिशत मत हो। त्यसैगरी कांग्रेसले ३५ लाख ६९ हजार मत प्राप्त गरेको छ। यो कुल मतको ३३.३३ प्रतिशत मत हो। यस्तै माओवादीका प्रमुख र अध्यक्षले प्राप्त गरेको मतको आधारमा यस पार्टीको भागमा जम्मा १२ प्रतिशत मत परेको छ।

    तर, सिटसंख्याको हिसाबले भने एमालेले कम जितेको हो। सिट संख्याको हिसाब गर्ने हो भने एमालेले प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला वडा सदस्य र खुल्ला सदस्य गरी ११ हजार ८ सय ८६ सिट जितेको छ भने नेपाली कांग्रेसले १३ हजार ७ सय १९ सिट जितेको छ। (दुई पालिकाको बाँकी रहदाको परिणाम।)

    सिट संख्याका आधारमा नेपाली कांग्रेसले ३९.२२ प्रतिशत र नेकपा एमालेले ३३.९३ प्रतिशत सिट जितेको छ। यस्तै, माओवादीले १४.४२ प्रतिसत सिट जितेको छ। एमालेको सिट संख्या घटेपनि कुल मतमा अध्यक्षहरूले पाएको लोकप्रिय मतलाई हेर्दा एमाले निराश हुनुपर्ने अवस्था छैन। कतिले एमाले असफल भएको पनि भन्छन्। तर, हामी असफल भएका होइनौँ, निर्वाचन हारेका हौँ वा कम सिट जितेका हौँ।

    हारको कारण
    नेकपा एमाले पहिलो हैसियतबाट दोस्रो हैसियतमा पुग्नुका केही कारणहरू पनि छन्। मूल कारण गठबन्धन नै हो। एउटा पार्टीका विरुद्ध पाँचवटा पार्टी एकठाउँ उभिँदा सिट संख्या घट्नु स्वभाविक नै हो। दोस्रो कारण, पार्टीको आन्तरिक जीवनमा आइपरेको समस्या हो। नेकपाको विभाजन र त्यसपछि एमालेको विभजनले पारेको प्रभाव हारको दोस्रो कारण हो।

    यस्तै, पार्टीको आन्तरिक लोकतन्त्र र पार्टी संरचनाहरू मजबुद नहुनु तेस्रो कारण हो। कतिपय ठाउँमा आफ्नै उम्मेद्वारहरूलाई हराउने खालका प्रवृत्तिहरू देखिए। कहीँ अरुलाई मत दिने तर आफ्नो प्रमुखलाई मात्रै नदिने, कहीँ उपप्रमुखलाई मात्रै भोट नहाल्ने र कहीँ अन्य पदमा पार्टीकै मान्छेलाई मत दिने तर वडाध्यक्षलाई नदिने जस्ता प्रवृत्तिहरूले गर्दा पनि हाम्रा केही सिटहरू गुमे। पार्टीको आन्तरिक जीवनको अस्वभाविक गतिविधिका कारण हाम्रो सिट संख्यालाई घटाएको कुरा हामीले स्वीकार गर्नुपर्छ। यो प्रवृत्तिलाई अन्तरघातको नाम दिएर हामीले सामान्यीकरण भने गरेका होइनौँ। धेरै जिल्लाका धेरै निर्वाचन क्षेत्रका प्रवृत्तिहरूलाई हेरेर यस्ता पनि समस्याहरू पार्टीमा देखा परे भन्ने कुराको विश्लेषण भने गरिनुपर्छ।

    किन भयो ‘अन्तरघात’?
    एमालेलाई सबैभन्दा गम्भीर बनाएको विषय नै यही प्रवृत्ति हो। पार्टीमा उम्मेद्वारलाई मन नपराउने बित्तिकै कहीँ संगठित ढङ्गले त कहीँ असंगठित ढङ्गले मत नदिनु एक हिसाबले विद्रोह पनि हो। पार्टीले तय गरेका उम्मेद्वारहरूलाई नरुचाउने र त्यसविरुद्ध मतदान नगर्ने प्रवृत्ति यो पटक नयाँ ढंगले देखा पर्यो। यसअघिका निर्वाचनमा यसरी मुखर ढंगले आएको थिएन। अहिले भने धेरै ठाउँमा एउटै प्रकृतिका समस्या देखिएका छन्। कहीँ प्रमुख उठेका व्यक्तिले उपप्रमुख, वडाध्यक्ष लगायतलाई मत नमाग्ने र काहीँ प्रमुखलाई मात्रै भोट हालेर अरु पदमा अरु पार्टीलाई भोट नहाल्ने प्रवृत्ति देखियो। कतिपय ठाउँमा प्रमुख पदमा खाली छोडिदिने र बाँकी पदमा पार्टीकै मान्छेलाई भोट हाल्ने जस्ता प्रवृत्ति पनि देखिए।

    नेकपा एमालेका लागि यो निकै चिन्ताको विषय हो। यो निर्वाचनले जुन पाठ सिकाएको छ, यसमाथि पार्टीमा गम्भीर समीक्षा हुनेछ। पार्टीमा यो समस्या किन प्रकट भयो भन्ने कुराले पार्टीको नेतृत्व र कार्यकर्ताको पंक्तिलाई चिन्तित बनाएको छ। यसका कारकहरू पत्ता लगाइन्छ र यसको समाधान गरेर एमाले अघि बढ्छ।

    काठमाडौँको उम्मेद्वारी
    काठमाडौँमा उपमेयरमा उम्मेद्वार उठाउने विषयमा केही असन्तुष्टि देखियो। स्वतन्त्र व्यक्तिलाई ल्याएर उम्मेद्वार बनाइयो भन्नेजस्ता टिप्पणी सुनियो। तर, उहाँ नितान्त स्वतन्त्र व्यक्ति भने होइन। उहाँ पार्टीमा आवद्ध व्यक्ति नै हो। पार्टीमा सुनिता डंगोलभन्दा लामो इतिहास भएका अरु पनि आकांक्षीहरू स्वभाविक रुपमा थिए। तर, यो निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि सबैभन्दा उत्तम र योग्य पात्र डंगोल नै भएको कुरा जनमतले पनि प्रमाणित गरेको छ।

    कतिपय ठाउँमा उम्मेद्वारी दिने क्रममा कमजोरी भएका छन्। पार्टीले दिएको विधि र मापदण्ड विपरित गएर उम्मेद्वार छनौट गरिएका उदाहरण पनि छन्। त्यसैले व्यक्तिको छनौट गर्ने सन्दर्भमा कमजोरी भएका छन्। कतिपय ठाउँमा पार्टीभित्रको आन्तरिक लोकतन्त्र व्यवस्थित नगरी र पार्टी कार्यकर्ताको राय नमानी नेतृत्वको ईच्छामा पनि टिकट दिइएको छ। त्यसो गर्दा पनि गलत व्यक्तिहरू छनौटमा परेका छन्।

    त्यो ढङ्गले गलत व्यक्ति उम्मेद्वारमा खडा हुँदा कार्यकर्ताले रुचाएनन्, जनताले रुचाएनन् र नतिजा पार्टीको पक्षमा आएन। काठमाडांैँ महानगरपालिकाका मेयरका उम्मेद्वार केशव स्थापित भने अलोकप्रिय देखिनुभयो। पार्टीका तर्फबाट काठमाडौँ महानगरपारिकाको मेयर बन्न इच्छुक व्यक्तिहरूका विषयमा पार्टीमा तुलनात्मक ढङ्गले छलफल भएको हो। पार्टीले स्थापितलाई नै अघि सार्दा उपयुक्त हुन्छ भन्ने सबै नेतृत्वको सर्वसम्मत धारणा थियो। तर, पार्टीको यो निस्कर्ष गलत सावित भयो।

    पूरा भएन क्लिन स्वीपको चहना
    पाँचदलीय गठबन्धन बन्नुको पनि कारण छ। एमालेसँग एक्लै प्रतिस्पर्धा गरेर जित्न सकिँदैन भन्ने निस्कर्षका आधारमा गठबन्धनका दलहरू एक ठाउँ उभिएका हुन्। गठबन्धनको मूल कारण नै यही हो। यदि तपाईँले गठबन्धनका नेताहरूलाई व्यक्तिगत रूपमा सोध्नुभयो भने उहाँहरू यो कुरालाई स्वीकार गर्नुहुन्छ। गठबन्धनको अर्को कारण पनि छ। हिजो एउटा सन्दर्भमा तत्कालिन नेकपाका अध्यक्ष एंव संसदीय दलको नेताको हैसियतले केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्थ्यो। त्यसबेला नेकपाभित्र अन्तरविरोधहरू खडा भए। सरकार र पार्टीबीचको अन्तरविरोध तिक्ततापूर्ण बन्यो।

    यसले गर्दा अदालतमा मुद्दामामिला लगायत तमाम घटनाहरूले पार्टी विघटनसम्म पुग्यो। नेपाल कम्युनिष्ट पार्टी विभाजित भयो। नेकपा एमाले समेत विभाजित भयो। त्यसपछि एमालेलाई थप कमजोर बनाउन विभिन्न राजनीतिक प्रपञ्चहरू तयार गरियो। त्यसअन्तरगत मोर्चा बनाइयो र एमालेको सरकार गिराइयो। त्यहाँ अदालतको परमादेश अनुसारको सरकार बन्यो। यो कुरा घामझँै छर्लङग छ। त्यसैको पृष्ठभूमिमा सम्पन्न चुनावमा पनि उहाँहरू यही गठबन्धन कायम राखेर अगाडि बढ्ने निष्कर्षमा पुग्नुभयो। उहाँहरूलाई एउटै पार्टी मान्ने हो भने एमालेका निम्ति यो निर्वाचनमा डरलाग्दो परिणाम आउने थियो। तर उहाँहरूको पार्टी बेग्लाबेग्लै भएकाले सिट पनि बेग्लाबेग्लै गनिने भयो। त्यसो हुँदा उहाँहरूको चाहना पूरा भएन।

    पाँचदलीय गठबन्धन एमालेलाई क्लिन स्विप गर्न अर्थात् शून्यमा झार्न चाहन्थ्यो। तर, एमाले शून्यमा झरेन। एमाले दोस्रो शक्तिका रुपमा आयो। अहिले पनि एमालेको लोकप्रिय मत ३४ प्रतिशत छ। हुनत एमालेका लागि यो नतिजा सामान्य कुरा होइन। तर आउँदा चुनावमा पनि पाँच दलीय गठबन्धनले निरन्तरता पाउने हो भने एमालेले यससँग प्रतिस्पर्धा गर्नका लागि पार्टीमा देखिएका प्रवृत्तिगत कमेजारीहरूलाई सच्याउँदै नेतृत्व, कार्यकर्ता, पार्टी र संगठनमा आवश्यक सुधार गरेर अघि बढ्ने प्रयत्न गर्नुपर्छ।

    पाँचदलीय गठबन्धन लडेको ठाउँमा पनि एमालेले जितेको छ। काठमाडौँ महानगरमा एमाले क्लिन स्विप भएन। मेयरले हारे, तर उपमेयर लगायतका धेरै वडाका अध्यक्षसहित धेरै सदस्यहरूले जितेका छन्। महानगरमा एमाले क्लिन स्विप बनाइयो भनिन्छ, तर प्रमुख पदमा हार्दैमा क्लिन स्विप भन्न मिल्दैन। चारवटा महानगरपालिकामा उपमेयरसहित विभिन्न वडाध्यक्ष जितेर एमाले खडा भएको छ। अरुमा पनि प्रमुख हारेका छन् भने उपप्रमुखले जितेका छन्। कहीँ प्रमुख जितेको छ भने कतै उपप्रमुख हारेको छ। एमालेलाई त्यो ढंगले क्लिन स्विप बनाउन सकिँदैन भन्ने कुरा पनि यस पटक प्रमाणित भयो।

    अघिल्लो चुनावमा हामीले ४० प्रतिशत सिटहरू माओवादीलाई दिएर चुनाव लडेका थियौँ। त्यो गठबन्धनले फाइदा नै पुर्याएको थियो। त्यतिबेलाको वाम गठबन्धनको रापतापमा धेरै सिट जितेका थियौँ। तर, आज माओवादी लगायत गठबन्धनमा सामेल पार्टीहरूले आफूले जित्ने र ठूलो पार्टी बन्ने हैसियत नराखेपनि एमाले हराउने हैसियत भने राख्छन्। तिनीहरूले कांग्रेससँग मिलेर भएपनि एमालेको साइज घटाएर दोस्रोमा ल्याउन योगदान गरेका छन्।

    हारको समीक्षा गर्नुपर्छ
    एउटा पार्टीको प्रमुख नेताले कार्यकर्ता र जनतालाई उत्साहित गर्नु तथा जनपरिचालन गर्नु स्वभाविक कुरा हो। हर कोही कमाण्डरले आफ्ना सेनालाई हामी हार्दैछौँ, कमजोर भयौँ, अब हामी पुच्छर चेपेर भाग्नुपर्छ भनेर अपिल गर्यो भने सिपाही लड्छ र? पक्कैपनि लड्दैन। हरकोही कमाण्डरले जितिन्छ, हामी अगाडि बढिसक्यौँ, विरोधीहरू कमजोर भइसके भनेर नै अपिल गर्नुपर्छ। अध्यक्षले हामी जित्दैछौँ, हामी अगाडि बढ्दैछौँ, एमाले ढलेको छैन, समाप्त भएको छैन, अगाडि बढ्दैछ र ७० प्रतिशतले जित्दैछ भनेर कार्यकर्ताको मनोबल जगाउनका लागि अपिल गर्नुभएको थियो।

    तर आज हामीले हार्‍यौं भनेर समीक्षा नै नगर्ने वा अस्वीकार गर्छौ भन्ने चाहिँ होइन। आजको दिनमा हरेकले तथ्यमा उभिएर तर्क गर्नुपर्छ। तर्क अनुसारको तथ्य बन्दैन। तर्क त हाम्रा अगाडि साक्षी छन्। एमाले दोस्रो भएको छ। एमालेले निर्वाचन हारेका पालिकाहरू मध्ये कतिपय ठाउँमा कमिहरू छन्, यसविषयमा चर्चा गरिसक्यौँ। यिनको वस्तुनिष्ठ समीक्षा गरिनुपर्छ। एमालेले गर्छ पनि। कहाँ के कस्ता कमजोरीहरू रहे, यसलाई सुधार्ने, सच्याउने र अगाडि बढ्ने हो। तर, इतिहास र घटनाबाट पाठ सिक्ने र सुध्रिने काम भने हुनुपर्छ।

    कम्युनिष्ट एकताको आवाज
    कम्युनिष्ट पार्टी एक हुनुपर्छ भनेर हामीले निरन्तर ढङ्गले पार्टीमा आवाज उठाइरहेका छौँ। नेपालमा वामपन्थ र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि कम्युनिष्ट पार्टीहरू मिल्नुको विकल्प छैन। आज जो आफूलाई कम्युनिष्ट पार्टी भनेर स–साना नाङ्ले पसल खोल्दै हिँडिरहेका छन्, उनीहरूबाट कम्युनिष्ट आन्दोलनको रक्षा हुन सक्दैन। भइरहेका कम्युनिष्ट पार्टीहरूबीचको न्यूनतम समझदारी, एकता र सहकार्य बिना यो आन्दोलनको रक्षा हुनसक्दैन। कम्युनिष्ट आन्दोलनको रक्षा गर्नुको साटो यहाँ एमालेलाई एकातिर पारिएको छ र अरु साना कम्युनिष्टहरू कांग्रेससँग मिलेर एमालेलाई हमला गरिरहेका छन्।

    अरु कम्युनिष्ट पार्टीहरू एमालेलाई समाप्त बनाउने उद्देश्य बोकेर हिँडेका छन्। सबै मिलेर कांग्रेसको नेतृत्वमा अगाडि बढ्ने र एमालेमाथि हमला गरेर एमाले समाप्त बनाउनु नै यिनको उद्देश्य हो। तर, एमाले समाप्त भएको भोलिपल्ट कांग्रेसको छहारीमूनि बसेका अरु दलहरू पनि बच्नेवाला छैनन्। त्यसकारण जुन पार्टी कांग्रेसको नेतृत्वमा गएर नेपालमा वाम आन्दोलनको चर्चा गर्छन्, तीबाट वाम आन्दोलनको रक्षा हुन सक्दैन। उनीहरूलाई सम्पूर्ण हिसाबले समाप्त पारेर नेकपा एमाले एक्लैले पनि यसको रक्षा गर्न सक्दैन। त्यसकारण कम्युनिष्ट पार्टीहरूबीचको एकता र यी बीचको सहकार्य र तालमेल हुन अनिवार्य छ।

    एमालेले माओवादीप्रति कठोर व्यवहार किन गर्यो भन्ने प्रश्न पनि हामीलाई गरिन्छ। माओवादीले कांग्रेससँग मिलेर एमालेको सरकार गिराउने, एमालेलाई समाप्त पार्ने, एमालेलाई विभाजन गराउने जस्ता काम गरेको छ भने एमालेले चाहिँ माओवादीको आरती उतार्ने कुरा आउँदैन। संविधानमाथि कति हमला भयो वा भएन भनेर पनि समीक्षा गर्नु जरुरी छ। हामीले पार्टीको विभाजनपछि पार्टीलाई पुनर्व्यवस्थित गरेर अघि बढ्नुपर्ने भएको हुनाले यसको पार्टीभित्र राम्ररी समीक्षा गरिएन। अब यी समग्र पक्षमा समीक्षा गर्नै पर्छ।

    एमालेले संविधानका कुन कुन धारामा हमला गर्यो भन्ने कुराको तथ्यमा गएर छलफल गरौँ। त्यो घटनालाई फर्किएर हेर्ने हो भने, केपी ओली नेतृत्वको सरकारले संसद विघटन गरेर मध्यावधि घोषणा गर्यो। तर हामीले त्यतिबेलाको सन्दर्भमा मध्यावधि चुनावमा जाने कुरा उपयुक्त छैन, सरकार निरन्तर चलाउँ, संसद निरन्तर चलाउ र संसदभित्रैबाट सरकार बन्ने अवसरहरू रहेको कुरा गरेका हौँ। तर कुनैपनि प्रधानमन्त्रीले आफ्नो बहुमत गुमाएपछि संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गर्ने कुरा संविधानविरोधी भने होइन। त्यो संविधान भित्रकै व्यवस्था हो। तर त्यसो गर्नु गलत थियो भनेर हामीले भनेका हौँ।

    कम्युनिष्ट पार्टीहरूले गल्ति गरेका छन्, तर अब फेरि पदको भागबण्डा, नेतृत्वको व्यवस्थापन र नेताहरूको आन्तरिक भागबण्डाकै कारणले कम्युनिष्ट जनमतलाई क्षतविक्षत पार्ने काम हामीबाट हुनुहुँदैन। अरु कम्युनिष्ट विरोधीहरूको कित्तामा उभिएर कम्युनिष्ट आन्दोलनमाथि नै प्रहार गर्नु पनि कम्युनिष्ट पार्टीहरूले गरेको गल्ति हो। जुन पक्षले जहाँ र जसरी यी कमजोरी गर्यो अब आइन्दा यस्ता कमजोरीहरू कहिले पनि गर्ने छैनौँ भनेर जनतासँग माफी माग्नुपर्छ, तबमात्र जनताले विश्वास गर्छन्। नत्र भने फेरि ‘काले काले मिलेर खाउ भाले’ भने झैँ हामी मिल्यौँ भन्दै जादैमा जनताले पत्याउनेवाला छैनन्।

    भिडियो –

    नेकपा एमाले नेता आचार्यसँग नेपाल रिडर्सले गरेको कुराकानीमा आधारित।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      निरज आचार्य

      निरज आचार्य

      आचार्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी सदस्य हुन्।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.