Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अबको विश्व संकट कसरी सामना गर्ने?

विश्व नयाँ पुस्ताको संकट सामना गर्नका लागि तयारी अवस्थामा छैन। संकटआएपछि एक विशेष क्षेत्रको कमजोरीमा ध्यान केन्द्रित गर्नु भन्दा हामी किन यी सबै नयाँ संकटको सामना गर्न आवश्यक वैश्विक सार्वजनिक वस्तुहरूउत्पादत गर्न प्रणालीगत रुपमै चुकिरहेका छौँ भन्ने कुरा सोच्न जरुरी छ।

मौरिसिओ कार्डेनस मौरिसिओ कार्डेनस
असार ६, २०७९
- विमर्शका लागि, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कोभिड–१९ को महामारी भोगिरहेको विश्वले फेरि अर्को संकटको सामना गर्नु नपर्ला भन्ने छैन। जलवायु परिवर्तन तथा बढ्दो तापक्रमका कारण हाम्रो विश्वले जुनसुकै बेला जस्तोसुकै महामारी वा संकट व्यहोर्नुपर्ने हुनसक्छ। अझै पनि कोभिड महामारी अन्त्य भइनसकेको अवस्थामा अर्को संकटको सामना गर्नका लागि हामीले कति आवश्यक तयारी गरिरहेका छौँ ? विश्वका विभिन्न देशका सरकारहरूले के गरिरहेका छन्? के यी सरकारहरूको अलग–अलग तयारीहरूले भबिष्यका जस्तासुकै संकट समाधान गर्न सम्भव छ त?

    त्यसो हुँदा हामी सिधै खतराको स्थायी चरणमा छौँ। कुनै एउटा क्षेत्रमा मात्र असर गर्नेगरी अब संकटहरू अलग्गै अवस्थामा छैन। ती संकटहरू दाहोरिरहन्छन्, बहुआयामिक छन् र अन्तरसम्बन्धित छन्। तिनीहरूले अब राष्ट्रिय सीमा नाघिसकेका छन् र तिनीहरूले सबैलाई एकैचोटी असर गर्ने सम्भावना छ। यसका अलावा यी संकटका धेरै बाहिरी कारणहरू पनि छन्, जसको समाधानका लागि बजार तथा सरकारसँग पर्याप्त प्रोत्साहन छैन।

    यस समस्याको समाधानका लागि वैश्विक भलाईका लागि गरिने सार्वजनिक प्रयासहरूमा निर्भर छ। वैश्विक रूपमा प्रयासहरू गरिए भनेमात्रै संकटहरूको सामना गर्न सकिन्छ। तर,पछिल्लो अन्र्तराष्ट्रिय प्रणाली यसको पर्याप्त आपूर्ति प्रदान गर्न सक्षम छैन। किनभने वायुमण्डलमा थुप्रिएको हानिकारक ‘ग्रिनहाउस ग्याँस’ एउटै देशको मात्र समस्या होइन, यो विश्वको साझा चुनौती हो। र, हामीलाई महामारीबाट बच्नका लागि तयार रहन र त्यसको सामना गर्नका लागि मुख्य रूपमा सबै देशहरूको समन्वयसहितको लगानी आवश्यक छ। जस्तैः ग्रिनहाउस ग्याँस उत्सर्जनलाई कम गर्न कुनै एकल देशको प्रयासले मात्रै सम्भव छैन।

    बहुपक्षीय कार्यको तरिकामा पुनर्विचार गर्न अनिवार्य छ। विगतमा, युद्धपछि बनेका अन्र्तराष्ट्रिय वित्तीय संरचनाहरू खासमा राष्ट्रिय सरकारलाई समर्थन गर्नका लागि बनेका थिए। जसले गर्दा तिनले एउटा मात्रै राष्ट्रका लागि ‘सार्वजनिक वस्तु’हरू प्रदान गर्न सक्थे। अब राष्ट्रिय–सार्वजनिक– हितको विषयलाई देशको सीमाबाहिर समेत उपलब्ध गराउने नयाँ संस्थाका बारेमा सोच्ने बेला भएको छ। संकटमाथि अनेकौँ संकेटहरू थपिँदै गएको देख्दा त्यस्ता संकटहरूलाई हल गर्ने खालको अझै हस्तक्षेपकारी संरचना आवश्यक देखिन्छ। मौसमजन्य ठूला महामारीहरूशको बढ्दो दर; जस्तै बाढी र खडेरीहरूले संक्रामक तथा पानीबाट सर्ने रोगहरूको खतरालाई झनै उच्च बनाउँछ।

    बढ्दो औसत तापक्रम र अनियमित वर्षाले प्रमुख खाद्य बालीहरूको उत्पादन घटिरहेको छ, यो कुरा खाद्य सुरक्षाका लागि अति संवेदनशील छ। (उदाहरणका लागि ः मकैको उत्पादनमा ६ प्रतिशतको गिरावट)। सन् २०१० देखि २०१९ सम्म वैश्विक भूमि सतहले चरम खडेरीको सामना गरेको छ। सन् १९५० देखि १९९९ सम्ममा भूमिको सुख्खापन १३ प्रतिशत रहेकोमा सन् २०१० देखि २०१९ सम्म सुख्खापन २२ प्रतिशतमा पुगेको छ।

    विश्वका पछिल्ला आपतकालिन अवस्थाहरू :  २००८–०९ को वैश्विक वित्तीय संकट (खासमा त्यो विवकसित देशको फेनोमेन थियो) र, सन् १९९० को अन्त्यतिर भएको एसियन र ल्याटिन अमेरिकाको वित्तीय संकटहरू खासमा आर्थिक संकटहरू थिए। अधिक संचयको परिणामस्वरूप ती वित्तीय खतराहरू निम्तेका थिए। जसको समाधान केन्द्रीय बैंकहरू र अर्थमन्त्रीहरूको हातमा थियो। उनीहरूले गुमेका रोजगार र उत्पादनलाई पुनः स्थापित गर्नका लागि नयाँ वित्तीय नियमहरू र राजकोषीय तथा मौद्रिक नीतिहरू अँगाले।

    तर, आजका संकटहरू तीभन्दा भिन्न र विपरित छन्। आजका संकट सबै देशहरूबीच आपसमा अन्योन्याश्रित छन् र यिनले वास्तवमै वैश्विक स्तरमा ठूलो असर पार्ने सम्भावना छ। अब यस्तो समस्याको समाधान केबल कुनै देशको राष्ट्रिय आर्थिक प्राधिकरणहरूले गर्न सक्ने खालको छैन। यी संकटलाई प्रभावकारी रूपमा सम्बोधन गर्नका लागि विश्वभरका सरकारहरूले नेतृत्व र हातेमालो जरुरी छ। यस दृष्टिकोणको एउटा उदाहरण हो ः प्रस्तावित ग्लोबल हेल्थ थ्रेट्स काउन्सिल।

    महामारीको खतराबारे विगतमा प्राप्त जानकारीहरू र किटाणु÷भाइरसविरुद्ध हामीले विश्वव्यापी रूपमा विकास गर्न सकेको साझा प्रतिरक्षा (इम्युनिटी) एउटा त्यस्तो बलियो उदाहरण हो, जसबाट विश्वको साझा दुस्मन एउटै हो र त्यसबाट हामी कोही पनि भाग्न मिल्दैन भन्ने बुझिन्छ।

    तर यसका लागि केही समस्याहरू छन्। जस्तोकि : विश्वले रुचाउनेगरी अलग–अलग देशहरूका करदाताहरूले वैश्विक हितका निम्ति कर बढाउन गार्हो छ। वतावरणको निम्ति कर तिर्नुपर्छ भन्ने कुरा करदाताहरू बुझ्दैनन्। अर्थात् त्यहाँ प्रोत्साहनको कमी छ। यस्तै, हामी यो–यो कामका लागि आधिकारिक विकास सहायता (ओडीए) वा परोपकारी रकमको अपेक्षा गर्न सक्दैनौँ। फेरि, नम्बरले मात्रै सबै कुरा हुने होइन। किनकि ओडीएले गत वर्ष १८० बिलियन डलर जम्मा गरेको थियो, जसमा निजी दाताहरूले केही बिलियन हालेका थिए।

    तर, विश्वव्यापी रूपमा सार्वजनिक हितका लागि खर्बौँ डलर चाहिएको छ। यसका अलावा प्राथमिक बजेटहरू केबल दोहोर्याउनका लागि मात्रै ल्याइने गरिन्छन्। र, देशका प्राथमिकताहरू पनि बदलिँदै जान्छन्। फेरि, अत्यावश्यक र राजनीतिक रुपले आकर्षक लाग्ने कुराहरू सधैँ महत्वपूर्ण ठानिँदैनन्। तर वातावरणजस्तो अति संवेदनशील र विश्वव्यापी जनसमुदायको भलाईको विषयमा पर्याप्त ध्यान अझै पुग्न सकेन।

    यसकारण जलवायु परिवर्तन र वातावरण विनासको कुरालाई लिएर अब नयाँ खालको बहुपक्षीय प्रणाली सुरु गर्न जरुरी छ। र, सो विश्वव्यापी प्रणालीको प्रमुख नेतृत्वले राष्ट्रिय सार्वजनिक हितका लागि कर प्रणाली, प्रोत्साहन र जवाफदेहीतालाई जोड दिनुपर्छ।
    वैश्विक सार्वजनिक हितको निम्ति बलियो र स्थायी वित्तिय प्रणाली आवश्यक छ। त्यसैले हामीलाई वैश्विक रूपमा आर्थिक क्षमता निर्माण गर्न आवश्यक छ। जसमा फरक देशका फरक क्षमताका आधारमा विश्वव्यापी रुपमा फन्डिङ गर्ने व्यवस्था होस्। राष्ट्रिय नेतृत्वले पनि सरकार र अन्य निकायबीच भएका प्रभाव र प्रतिक्रियालाई पर्याप्त रूपमा अनुगमन गर्नुपर्छ।

    हुन त सरकार तथा करदाताहरूलाई यो कदम चाल्नका लागि सही प्रोत्साहन प्रदान गर्न सजिलो छैन। तर, अधिकांश सरकारहरूले अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)को आर्टिकल ४ लाई गम्भीर रूपमा लिन्छन्। त्यसमा ‘जलवायु परिवर्तन र महामारीको जोखिमको कसरी सम्बोधन भइरहेको छ?’ भन्नेबारे मूल्यांकन पनि समेटिने गरेको छ। यो राम्रो सुरुवात हो। जोखिमको आँकलनका लागि निर्माण गरिएका विश्वव्यापी एजेन्सीहरूले पनि सरकार र निगमहरूका लागि थप नयाँ मेथोडोलोजीहरूको विकास गर्नुपर्छ।

    विश्व नयाँ खालका संकटहरूको सामना गर्नका लागि तयारी अवस्थामा छैन। यसकारण, संकट आएपछि एक विशेष क्षेत्रको कमजोरीमा मात्रै ध्यान केन्द्रित गर्नुभन्दा हामी किन यी सबै नयाँ संकटहरूको सामना गर्न आवश्यक प्रणालीगत रुपमै चुकिरहेका छौँ भन्ने कुरा सोच्न जरुरी छ। यदि हामीले यो समस्यालाई सम्बोधन गरेनौँ भने त्यसका डरलाग्दा असरहरू देखिइनै रहने छन्।

    हामी भोलि आउन सक्ने अर्को महामारीको सामना गर्न त्यति पनि तयारी अवस्थामा छैनौँ, जति तयारी कोभिड–१९ का लागि गरेका थियौँ। वर्तमानको जलवायु, स्वास्थ्य र खाद्य संकटजस्ता संकटहरूले नै सम्भावित खतराहरूलाई ट्याकल गर्नको निम्ति विश्वव्यापी रूपमै जुट्नका लागि हामीलाई उत्प्रेरित गर्नुपर्ने हो। यदि यस्ता डरलाग्दा विषयहरूले समेत हामीलाई सचेत गराउँदैन कुन कुराले हामीलाई सचेत गराउला र ?

    (लेखक मौरिसिओ कार्डेनस कोलम्बियाका पूर्व अर्थमन्त्री हुन्)
    नेपाल रिडर्सका लागि सीजीटीएनबाट मेनुका बस्नेतको अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      मौरिसिओ कार्डेनस

      मौरिसिओ कार्डेनस

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.