Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

स्थानीय निर्वाचनको मत विश्लेषण : संघीय चुनावमा एमाले एक्लै ११, राप्रपालगायतसँग मिल्दा २३सिट !

नजिकै चुनाव आइसकेकाले र गत स्थानीय तहको चुनावको मात्रै नभएर संसद विघटनताकका तिक्तता समेत आम कार्यकर्ता माझ रहेकाले आजका दिनमा एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीबीच तत्कालै कुनै चमत्कारपूर्ण चुनावी समीकरण या गठबन्धन बन्न कठिन देखिएकाले आउँदो संघीय चुनाव एमालेका लागि कठिनसाध्य हुने देखिन्छ।

nepal_readers nepal_readers
साउन २२, २०७९
- यो हप्ता, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    आउँदो मंसीर ४ गतेका लागि सरकारले संघ तथा प्रदेशको चुनाव घोषणा गरेको छ। चुनावी सरगर्मी बढ्दै गर्दा आउँदो संघीय सरकार कुन पार्टीको नेतृत्वमा बन्ला भन्ने चासो सर्वत्र छ। संघीय चुनावमार्फत केन्द्रीय सरकार निर्माण हुने भएकाले मूख्य चासो भने केन्द्रीय (संघीय) चुनावको छ। संघीय संसदमा प्रतक्ष्यतर्फ जम्मा १६५ संसदीय क्षेत्र छन्।

    केही समस्याहरू सतहमा देखिए पनि आउँदो चुनावमा समेत अहिलेको सत्ता गठवन्धन कायमै रहने छ। त्यसको मतलब, ठूलो अदलबदल र हेरफेर नहुने हो भने गत चुनावकै भोटिङ प्याट्रन अहिलको चुनावमा पनि देखिन सक्छ। यदि स्थानीय तहको चुनावको मानसिकतामा भोटरहरू रहने र थपिएका भोटरहरूले पुरानै लहरमा भोट हाल्ने हो भने आउँदो संघीय चुनाव एमालेका लागि सहज देखिन्न। किनकि देशभरबाट पपुलर भोटमा कांग्रेससँग प्रतिस्पर्धा गर्दागर्दै पनि यदि गत स्थानीय चुनावकै अवस्था रहेमा एमाले एक्लैले जम्मा ११ संघीय क्षेत्रमा मात्रै  सीमित हुनसक्ने देखिन्छ। गत चुनावमा देशभरका वडा अध्यक्षहरूले पाएको मतका आधारमा यो मत विश्लेषण गरिएको हो।

    अघिल्लो स्थानीय तहको चुनावको डेटा अनुसार एमालेले जित्न सक्ने क्षेत्रहरूमा काठमाडौं ५, चितवन २, झापा १, झापा २, झापा ५ , परासीपूर्व २, पर्वत, पाल्पा १, मनाङ, मुस्ताङ र सिन्धुली २ हुन्। यी निर्वाचन क्षेत्रहरूमध्ये चितवन २ मा भने एमाले ११ भोटले मात्रै अघि छ। मनाङमा ३८ भोटले एमाले अघि छ। पर्वतमा एमाले ४६५ भोटले अघि देखिन्छ भने बाँकीमा ५०० भन्दा बढी मत अन्तरले एमाले अघि देखिन्छ। त्यसो हुँदा चितवनको ११ मतान्तरमा भर नपर्ने हो भने एमाले एक्लैले देशभरबाट १० सिटमा मात्र चित्त बुझाउनुपर्नेछ। यो भयो, एमाले एक्लै चुनाव लड्दा आउनसक्ने परिणाम विश्लेषण।

    एमाले एक्लैको ५ दले गठबन्धन भन्दा बढी मत भएका निर्वाचन क्षेत्र

    काठमाडौं ५–१७९७ मतले एमाले अघि
    चितवन २–११ मतले एमाले अघि
    झापा १ – २०१६ मतले एमाले अघि
    झापा २– ६०८ मतले एमाले अघि
    झापा ५– ६८२१ मतले एमाले अघि
    परासीपूर्व २– ९२० मतले अघि
    पर्वत – ४६५ मतले एमाले अघि
    पाल्पा १ – ६५७ मतले एमाले अघि
    मनाङ – ३८ मतले एमाले अघि
    मुस्ताङ– ३८६ मतले एमाले अघि
    सिन्धुली २ – १८७६ मतले एमाले अघि

    एमालेले गत चुनावमा जस्तै यो चुनावमा पनि राप्रपासँग समिकरण कायम राख्ने अनुमान छ। र, एमालेसँग राप्रपा मिल्दा थप कति ठाउँमा एमालेले जित्ला त? स्थानीय तहको निर्वाचनतको तथ्यांक विश्लेषण गर्दा राप्रपासँग एमाले मिल्दा थप ८ ठाउँमा जित्ने अनुमान गर्न सकिन्छ। राप्रपासँग समिकरण गर्दा झापा ३, काठमाडौं ९, कास्की २, दाङ २, प्युठान, भक्तपुर २, सुनसरी १, झापा ४ मा एमाले र राप्रपाको समिकरणले जित्ने देखिन्छ। तर यहाँ पनि उल्लेखनीय कुरा के छ भने राप्रपासँग एमाले नारिँदा पनि दाङ २ मा १३६ मतले मात्रै उ अघि छ भने प्युठानमा १६६ मतले मात्रै अघि छ। यसो हुँदा, एमाले एक्लै लड्दा ११ र राप्रपासँग मिल्दा ८ गरेर देशभरबाट संघीय चुनावमा एमाले र राप्रपा गठबन्धनले जम्मा १९ सिट जित्ने अनुमान गर्न सकिन्छ।

    एमाले र राप्रपाको गठबन्धन भएमा  ५ दले गठबन्धन भन्दा बढी मत भएका निर्वाचन क्षेत्र

    झापा ३ – ९०७० मतले अघि
    काठमाडौं ९– ६०७ मतले अघि
    कास्की २– ८३१ मतले अघि
    दाङ २– १३६ मतले अघि
    प्युठान– १६६ मतले अघि
    भक्तपुर २– ४४७ मतले अघि
    सुनसरी १ –३८४५ मतले अघि
    झापा ४ – ४६९ मतले अघि

    एमाले र राप्रपामा जनमत पार्टीको मत मिसाउँदा

    उसो त एमालले सिके राउतको राष्ट्रिय जनमत पार्टीसँग गत स्थानीय तहको चुनावमा पनि समिकरण बनाएर लडेको थियो। जनमत पार्टीसँगको चुनावी समिकरणले एमालेको भोट बढ्नेछ तर  त्यसले कुनै सिट दिलाउने छैन।

    एमाले, राप्रपा, जनमत पार्टी र लोकतान्त्रिक समाजवादीको मत मिलाउँदा

    र, बाँकी रह्यो, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी। त्यस पार्टीसँग पनि स्थानीय तहमा एमालेले समिकरण बनाएको थियो। र, आाउँदो चुनावमा एमालेले राप्रपा, जनमत पार्टी र लोसपासँग समिकरण गर्दा बारा र रुपन्देहीका चार थप क्षेत्रमा विजय हासिल गर्न सक्छ। लोसपासँग समिकरण बनाउँदा एमाले गठबन्धनले थप ४ सिट हाता पार्नसक्नेछ, जसमा बारा ४, रुपन्देही १, रुपन्देही र रुपन्देही ४  पर्दछन्।

    बारा ४ – १०८९ मतले बढी
    रुपन्देही १ – १३२ मतले बढी
    रुपन्देही ३– ४२५ मतले बढी
    रुपन्देही ४– ९१४० मतले बढी

    यसो हुँदा, एमाले एक्लै ११ र अन्य दलसँगको १२ गरी एमाले नेतृत्वको गठवन्धनले जम्मा २३ सिट जित्ने अनुमान गर्न सकिन्छ। उल्लेख गरिएको १२ सिटमा एमाले, राप्रपा, लोसपा र जनमतले सिटहरू बाँड्नेछन्। र, स्थानीय तहको चुनावको मतलाई आधार मान्दा वर्तमान पाँच दलीय सत्ता गठबन्धनबाट प्रत्येक संघीय क्षेत्रबाट ५-५ हजार मत खोस्न सक्यो भने एमाले नेतृत्वको चुनाबी गठबन्धले बढीमा ३८ संघीय सिट हात पार्न सक्नेछ ।

    र, गत स्थानीय चुनाव हार्नुको प्रमुख कारण अन्तर्घात हो भनेर एमाले नेतृत्वले ठहर गरेको सन्दर्भमा यदि सोही खालको आन्तरिक असहयोग र अन्तरघात एमालेमा अब पनि कायम रहने हो भने र टिकट वितरणमा स्थानीय जनताको आवाजभन्दा केन्द्रका केही विशेष नेताहरूको निगाह र हैकम कायम रहने हो भने एमालेले यहाँ उल्लेखित सिट संख्याभन्दा पनि कममा चित्त बुझाउनु पर्ने हुन्छ।

    त्यसरी हेर्दा एमालेका लागि आउँदो चुनावको अंकगणीत अत्यन्तै पेचिलो छ। नजिकै चुनाव आइसकेकाले र गत स्थानीय तहको चुनावको मात्रै नभएर संसद बिटघटनताकका तिक्तता समेत आम कार्यकर्ता माझ रहेकाले आजका दिनमा एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीबीच तत्कालै कुनै चमत्कारपूर्ण  समीकरण या चुनावी गठबन्धन बन्न कठिन देखिएकाले आउँदो संघीय चुनाव एमालेका लागि कठिनसाध्य हुने देखिन्छ।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.