Date
शुक्र, भदौ १२, २०८३
Fri, August 28, 2026
Friday, August 28, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अराजकतावाद र मार्क्सवादः साझा शत्रु पूँजीपति वर्ग

कतिपय विषयमा मतभेद भएपनि अराजकतावादी तथा मार्क्सवादीहरूको एउटै साझा धारणा छः श्रम विभाजन र अतिरिक्त मूल्य अर्थात् समाजमा जति पनि सम्पत्ति हुन्छ त्यो सबैको भलाईका लागि हुनुपर्छ। सबैको साझा शत्रु राज्य र राज्यसँगै जोडिएर आएका उद्योगपति तथा पूँजीपति वर्ग हुन् भन्ने लाइन छ।

नवीन तिवारी नवीन तिवारी
भदौ २४, २०७९
- विचार, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अराजकतावादको सामान्य अर्थ राज्यविहीन अवस्था नै हो। अराजकतावाद अर्थात अंग्रेजीमा एनार्किजम (anarchism) ग्रिक शब्द arkhe बाट आएको हो, जसको अर्थ हुन्छ, एब्सेन्स अफ अथोरिटी अर्थात् राज्यको अनुपस्थिति। इतिहासमा विभिन्न दार्शनिकहरू जस्तैः जिसस क्राइस्ट, गौतम बुद्धहरूलाई पनि अराजकको लेवल लागेको छ।

    सैद्धान्तिक रुपमा प्रुधोबाट आधुनिक अराजकतावादको युग सुरु भएको भन्न सकिन्छ। पछि गएर दार्शनिकहरू मिखाइल बाकुनिन, पिटर क्रोपोटकिनहरुले पनि अराजकतावादको व्याख्या गरेका छन्। उनीहरूलाई रुडोल्फ रकरले समर्थन गरेका थिए भने अहिलेको समयमा तिनका समर्थक नोम चोम्स्की छन्।

    यी विभिन्न व्यक्तिले विभिन्न समयमा अराजकतावादको व्याख्या गरेको भेटिन्छ। यसको अन्तिम विन्दु भनेको मार्क्सवादले परिकल्पना गरेको साम्यवाद जस्तो नै देखिन्छ। कतिसम्म उपलब्धि हुन्छ वा हुँदैन, यो आफ्नो पाटो हो। तर बहसको विषय भने जरुर हो।

    साम्यवाद र राज्यविहीनता
    मार्क्सको ‘कम्युनिष्ट घोषणापत्र’ र ‘पूँजी’ लगायत कृतिहरु आइरहँदा उनको बाकुनिनसँग अन्तरविरोध देखा परेको थियो। त्यसअघि उनको प्रुधोसँग केही असहमतिहरू थिए। जबकि मार्क्सवादी र अराजकतावादी दुवै पूँजीवाद विरोधी हुन्। अराजकतावादीले सधैँ मार्क्सवादलाई स्टेट सोसलिज्म अर्थात् राज्यभित्रको समाजवाद भएको आरोप लगाउने गर्छन्।

    अराजकतावादले अन्तर्राष्ट्रिय एकताको कुरा गर्छ, यो राज्यविहीनता हुन्छ र यो संसारभरि आउनुपर्छ भन्ने मान्यता राख्छ। मार्क्सवाद र अराजकतावादबीचको अर्को महत्वपूर्ण फरक के छ भने मार्क्सले विभिन्न चरणहरू बताए। जस्तैः सुरुमा औद्योगिक क्रान्ति हुन्छ, सर्वहारा वर्ग आउँछन्, उनीहरूले क्रान्ति गर्छन् र अन्ततः सर्वहाराको राज्य हुन्छ। त्यहीं सर्वहाराको राज्यले उत्पादनको साधनमा सामूहिक स्वामित्व र समान वितरणको ग्यारेन्टी गर्दै समाजवादमा पुग्ने र अन्तिममा साम्यवादमा पुग्ने मार्क्सवादको लक्ष्य हो।

    बाकुनिनले राज्य क्रान्तिको प्रकृतिको समर्थन नै गरेका छन्। तर त्यसपछिको प्रवृत्तिमा उनी समस्या देख्छन्। बाकुनिन लम्पट सर्वहारा (लुम्पेन प्रोलेटारियट) को समर्थन गर्थे भने मार्क्स तिनलाई देखि सहँदैन थिए। मार्क्सले यिनीहरू काम नलाग्ने भन्ने खालको भाष्य प्रयोग गर्थे भने बाकुनिनले यिनीहरू विचारविहीन हुन्छन्,  तापनि यिनीहरूलाई एक तरिकाले गाइड गर्न सकिन्छ र भोलिका दिनमा अराजकतावादी समाजलाई अगाडि बढाउने हिमायती यिनै लम्पट सर्वहाराको हुन्छ भन्ने धारणा राख्छन्। यिनैले स्वतन्त्रताको वकालत गर्छन् वा उत्पादनका साधनलाई सामुदायिक स्वामित्वमा लिएर जान सहयोग गर्छन् भन्ने व्याख्या बाकुनिनको छ।

    यसो भन्दै गर्दा बाकुनिनले अर्का खालका प्रोलिटारियटको कुरा गर्छन्, जो हुन नसकेका बुर्जुवा हुन् र भोलि यिनीहरूको हातमा सत्ता आइसक्दा यिनीहरूले पनि बुर्जुवाले जसो गरेका थिए त्यसै गर्छन् भन्ने कुरा गरेका छन्।

    ‘राज्य जेल हो’
    मैले बाकुनिन र मार्क्सबीच अर्को एउटा रमाइलो भिन्नता पाएको छु। रोल अफ इन्टेलेक्चुअल अर्थात् बौद्धिकको भूमिकालाई लिएर उनीहरूबीच ठूलो विवाद छ। मार्क्सले र्‍याडिकल इन्टेलिजेन्सको परिकल्पना गरे। उनले समाजलाई अग्रगमनतिर लिएर लैजानका लागि भोलिका दिनमा बौद्धिकहरू कसरी अघि बढ्ने भन्ने विषयमा परिकल्पना गरेको भेटिन्छ। बाकुनिनले भने र्‍याडिकल इन्टेलिजेन्स अन्तिममा पुगेर रेड व्युरोक्रेसी बन्छ भनेका छन्। यदि हामीले सोभियत युनियनको उदारहण हेर्‍यौं  भने उनको यो तर्क सही हो कि जस्तो पनि लाग्छ।

    सामान्यतया हामीले के बुझ्नु पर्‍यो भने रुडोल्फ रकरको एउटा परिभाषा छ, ‘अराजकतावाद भनेको सामाजवाद र स्वतन्त्रता दुवै हो।’ उनीहरू मार्क्सवादीलाई के आरोप लगाउँछन् कि यिनीहरू समाजवादको वकालत गर्छन् र व्यक्तिगत स्वतन्त्रतालाई भने समाप्त गर्छन्।

    मार्क्सले कम्युनिष्ट घोषणापत्रको अन्तिमतिर समाजको भलाइ हुने क्रममा प्रत्येक व्यक्तिकोे व्यक्तिगत विकास पनि हुनुपर्छ भनेर लेखेका छन्। त्यो कुराले उनीमाथि लागेको आरोप सही होइन कि जस्तो लाग्छ। तर जे होस् अहिलेसम्म समाजवाद अभ्यास भएका देशहरू चाहे त्यो सोभियत युनियन होस, चाहे चीन वा उत्तर कोरिया होस्, त्यहाँ चाहिँ सबैभन्दा बढी पार्टी हावी भएको देखिन्छ। त्यसलाई चार्ल्स  भ्यान डोरेनले ‘अ हिस्ट्री अफ नलेज’ भन्ने किताबमा ‘स्टेट स्पन्सर क्यापिटालिज्म’ अर्थात् राज्य प्रायोजित पूँजीवाद भन्ने शब्द दिएका छन्।

    सबै राज्यको जति पनि सम्पत्ति छ, वा व्यक्तिगत स्वामित्वका सम्पत्ति, चाहे त्यो हिजोको औद्योगिक समाजमा होस् वा कृषिप्रधान समाजमा होस्, त्यसलाई राज्यले आफ्नो मातहतमा लिन र आफू अनुकूल प्रयोग गर्ने भन्ने मार्क्सवादीको कुरा हो। तर अराजकतावादी त्यो सम्पत्ति व्यक्ति केन्द्रित वा राज्य केन्द्रित हुनुको सट्टा सामुदायिक स्वामित्वमा हुनुपर्ने वा सामुदायिक हितमा लैजानुपर्ने बताउँछन्।

    फर्नान्ड पोलिटियरले ‘राज्य जतिसुकै परोपकारी किन नहोस्, यो अन्तिममा जेल नै हो’ भनेका छन्। उनी राज्यको विकल्प खोज्नुपर्ने सुझाव दिन्छन्। ड्यानिअल गुरिनको एउटा परिभाषा छ, ‘हामी आफैलाई सार्वभौम सत्ता सम्पन्न भन्छौं त्यो भनिरहँदा फेरि आफैमाथि कसैले शासन गर्छ भने यो कस्तो सार्वभौमिकता हो, जहाँ म आफू सार्वभौमसत्ता सम्पन्न छु र आफूमाथि शासन पनि छ।’ यो आफैमा समस्याग्रस्त कुरा हो भनेर उनले भनेका छन्।

    अराजकतावादीबीच पनि विभिन्न विषयमा मतभेद छ। कुनै विषयमा बाकुनिन र रुडोल्फ रकरको मतभेद छ भने कतिपय विषयमा बाकुनिनसँग पिटर क्रोपोटकिनको विमति छ। यस्तै कति विषयमा बाकुनिन र प्रुधोंबीच मतभेद छ। कतिपय विषयमा मतभेद भएपनि अराजकतावादी तथा मार्क्सवादीहरूको एउटै साझा धारणा छः श्रम विभाजन र अतिरिक्त मूल्य अर्थात् समाजमा जति पनि सम्पत्ति हुन्छ त्यो सबैको भलाइका लागि हुनुपर्छ। सबैको साझा शत्रु राज्य र राज्यसँगै जोडिएर आएका उद्योगपति तथा पूँजीपति वर्ग हुन् भन्ने लाइन छ।

    राज्य विलय भएपछि के?
    राज्यको उदयको सन्दर्भमा रुसोले सोसल कन्ट्रयाक्ट थ्योरीलाई सबैभन्दा बढी महत्व दिएका छन्। मानिसलाई सुरक्षा चाहिन्छ र त्यसलाई राज्यले मात्रै प्रत्याभूत गर्छ भन्ने मान्यता छ। मानिसले स्वेच्छाले अर्कोलाई अधिकार दिएर त्यहाँबाट राज्य निर्माण भएको उनको भनाइ छ। तर प्रुधों त्यसलाई चुनौती दिँदै भन्छन्, ‘यदि समाजमा अशान्तिको सबैभन्दा ठूलो जड केही छ भने त्यो राज्य नै हो। किनभने राज्यले अपराधी र पूँजीपतिलाई संरक्षण गर्छ। राज्यले दमनलाई संरक्षण गर्छ। यो सबैको जड राज्य हो भने राज्य नहुनु भनेको सबैभन्दा उन्नत खालको मानवमुक्ति हो’।

    उनी अझ के भन्छन् भने अराजकतावाद राज्यको संरक्षक संयन्त्रहरू तत्काल खारेज गर्नुपर्छ। जस्तैः मार्क्सले सर्वहाराको क्रान्ति हुन्छ, त्यसपछि सर्वहाराको राज्य, यो राज्य हुँदै समाजवाद र अन्तिममा साम्यवादमा पुगिन्छ।  तर बाकुनिन यसको आलोचना गर्दै भन्छन्- जब सर्वहारा क्रान्ति सम्पन्न हुन्छ, त्यसपछि विभिन्न चरणलाई नझेलिकन सिधै अराजकतावादमा पुगिन्छ। त्यसपछि अर्को तरिकाले सोच्न सकिने कुरा राख्छन्। बाकुनिनको सरोकार मानवमुक्तिमा मात्रै हो।

    राज्य विलय भएपछि वा राज्य विहीनताको अवस्थामा के गर्ने, त्यसलाई कसरी व्यवस्थापन गर्ने, त्यसको अर्थव्यवस्था, सामाजिक र राजनीतिक व्यवस्था कस्तो हुन्छ भन्ने कुरामा लगभग सबैखालका दार्शनिकहरू चुप बसेको देखिन्छ।

    तर बाकुनिनका कतिपय कुरा आपसमा बाझिएका पनि छन्। अराजकतावादको वकालत गर्दै गर्दा उनी एउटा सिक्रेट सोसाइटीको परिकल्पना गर्छन्। समाजमा थोरै तलमाथि वा केही घटबढ भइहालेमा त्यसको अनुगमन र कारवाहीका लागि यस्तो सिक्रेट सोसाइटीको कुरा उनले गरेका छन्। उनले एकातिर मानवमुक्ति अथवा राज्यविहीनताको कुरा गर्दैगर्दा अर्कोतिर सिक्रेट सोसाइटी बनाउने कुरा आपसमा बाझिएको जस्तो लाग्छ।

    मार्क्सवादी वा अराजकतावादीले कुरा गर्ने अतिरिक्त मूल्यको सिद्धान्त, समाजको प्रकृति वा अस्तित्वमा रहेको प्राधिकार लगायत जतिपनि कुरा छन्, ती सबै ‘पोस्ट पोलिटिक्स एरा’का कुरा हुन्। राज्य विलय भएपछि वा राज्य विहीनताको अवस्थामा के गर्ने, त्यसलाई कसरी व्यवस्थापन गर्ने, त्यसको अर्थव्यवस्था, सामाजिक र राजनीतिक व्यवस्था कस्तो हुन्छ भन्ने कुरामा लगभग सबैखालका दार्शनिकहरू चुप बसेको देखिन्छ। उनीहरूले त्यसपछिको समाज यस्तो हुन्छ भनेर परिकल्पना गरेको मात्रै भेटिन्छ। यो अलिकति कता कता नमिलेको जस्तो लाग्छ।

    नियो मार्क्सिस्ट लुइ अल्थुसरले ‘आइडोलोजिकल स्टेट अपारटस् (आइएसए)’ र ‘रिप्रेसिभ स्टेट अपारटस् (आरएसए)’का कुरा गरेका छन्। हुन त यस अगाडि पनि प्रुधोंले यो कुरा गरेका छन् भने प्रुधों पछि लियो टल्सटयले ‘द किंगडम अफ हेभन एण्ड पिस एसेज’ मा यस विषयमा लेखेका छन्। अहिलेसम्म हामीले अस्वीकार गर्न नसकिने तथ्य के हो भने राज्यसँग दुईवटा निकाय हुन्छन्ः आइडोलोजिकल स्टेट अपारटस् (आइएसए) र रिप्रेसिभ स्टेट अपारटस् (आरएसए)। आइएसएले एउटा व्यक्ति जन्मिएदेखि उसलाई मनोवैज्ञानिक रुपमा राज्यको अवधारणा सिर्जना गरिदिएको हुन्छ। जस्तै मानिसले बच्चैदेखि ‘म नेपाली हुँ’ भन्छ। यसले यसखालको भाष्य दिँदै हुर्काएको हुन्छ।

    पछि गएर कोही मानिस राज्यको कानुनलाई मान्दैन भने उसलाई नियमभित्र बाँध्नका लागि राज्यले दमन गर्छ र त्यसका लागि प्रहरी वा सेना प्रयोग गरिन्छ। यो आरएसएले गर्छ। यसरी राज्यका यी दुवै निकाय दमनकारी हुन् भनेर अराजकतावादीले भन्छन्। राज्यको अस्तित्व रहिरहँदा मानवमुक्ति हुँदैन भन्ने उनीहरूको भनाइ छ। म्याक्स स्टिर्नर भन्ने अर्का अराजकतावादी छन्, उनी भन्छन्, ‘यदि मेरो दुस्मन कोही छ भने राज्य नै हो। जबसम्म राज्य छ, म राज्यको दुस्मन हुँ।’ किनभने राज्यले दमन गर्छ भन्ने उनको बुझाई छ।

    बोल्नेलाई जेल!
    मैले एउटा फिल्ममा हेरको थिएँ, ‘र्‍याम्पेज क्यापिटल पनिस्मेन्ट।’ त्यस फिल्ममा आतंकवादीले टेलिभिजन हाइज्याक गर्छन्। त्यहीबेला एउटा अन्तरवार्ताको दृश्य आउँछ, अन्तरवार्तामा पत्रकारले भन्छन्, ‘म कम्तिमा पनि डेमोक्रेसीमा विश्वास गर्छु, यसमा म आफ्नो कुरा बोल्न पाउँछु। त्यस लगत्तै आतंकवादीले भन्छन्, ‘जबसम्म तपाईंले बोलेको शब्दले केही फरक पार्दैन भने तपाईं बोल्न पाउनुहुन्छ, तर जुनदिनसम्म तपाईंले बोलेका कुराले सत्ताको जग हल्लिन्छ, तब राज्यले तपाईंलाई मारिदिन पनि सक्छ।’ यसका लागि उनले उदाहरण दिन्छन्ः जुलिअन असान्ज, ब्राड्ली मेनिङ, एडवर्ड स्नोडेन, जेरेमी हेमोन्ड। किनभने उनीहरूले पनि बोल्ने काम मात्रै गरेका हुन्। बोलिसक्दा कोही रुसमा लुकेर बसेका छन्, कोही अमेरिकाको जेलमा छन्। कोही बेलमार्स प्रिजनमा छन् भने कोही ग्वान्टेनामाको जेलमा छन्। उनीहरूले अपराध त गरेका होइनन्। उनीहरूले सर्भिलियन्स मेकानिज्म उजागर गर्नेबित्तिकै राज्यलाई असुरक्षाको महशुस भयो र बोल्नेलाई जेलमा जाकिदिए।

    प्रुधोंले अराजकतावादको वकालत गर्ने क्रममा भनेका छन्, ‘राज्यको अस्तित्वमा एउटा मान्छेले अर्को मान्छेलाई शासन गर्नु भनेको आफैमा समस्याग्रस्त कुरा हो।’ सबै मान्छे समान हुन्छन्, कुनै मर्यादाक्रम हुँदैन भने कुन अवस्थामा चाहिँ एउटा राज्यले कसैलाई माथिल्लो र कसैलाई तल्लो दर्जा दिन्छ भन्ने तर्क उनको छ।

    बाकुनिनले सर्वहारा राज्यको आलोचना गरेका छन्। बाकुनिन कुनैपनि अधिनायकत्व मान्य हुँदैन। उनको भनाइ छ-‘त्यसले कुनैपनि मानवको भलाइ गर्दैन। सर्वहाराको राज्य भनिरहँदा यो राज्य आफैंमा दमनकारी निकाय हो।’ उनी भन्छन्, -‘मानौं सर्वहाराको राज्य भयो, त्यहाँ पनि सर्वहारा मध्येकै सीमित व्यक्ति राष्ट्रपति र मन्त्री बन्ने होलान्। किनभने सबै सर्वहाराले त्यहाँ प्रतिनिधित्व गर्दैन। यसो हुँदै गर्दा हिजोको दिन र आजको दिनमा आवरणबाहेक कुनै भिन्नता भएन।’ नाम मात्रै सर्वहाराको राज्य हुने तर अन्तिममा स्टेट अपारटस्‌लाई त्यसरी नै प्रयोग गरिने अर्थात् सेना, प्रहरी र व्युरोक्रेसीलाई हिजोको जसरी नै प्रयोग हुने हो भने यसमा कुनै भिन्नता नहुने तर्क बाकुनिनको छ।

    के लेनिनले गरेको क्रान्ति थिएन?
    बाकुनिनले उल्लेख गरेअनुसार मजदुरहरू क्रान्ति नगरिकन संसदमा निर्वाचित हुने भएपछि उनीहरू त्यहाँ पुगेर अर्कोखालको बुर्जुवा बनेर निस्कन्छन्। तसर्थ यो संसदीय व्यवस्था निरर्थक छ र यसलाई ध्वस्त बनाउनुपर्छ – बाकुनिन भन्छन्। अराजकतावादीहरू बारम्बार भन्ने गर्छन्ः ‘स्टेट कम्युनिज्म’ भनेर जुन तरिकाले भनिन्छ, त्यसमा गइसक्दा त्यहाँ शासक र शासित हुने नै भयो। त्यसो भए त्यहाँ पूणर्तः स्वतन्त्रता कसरी भयो?

    बाकुनिन र प्रुधों क्रान्तिलाई कहिले पनि शासन गर्न नसकिने बताउँछन्। यता कम्युनिष्ट पार्टीको मोरालिटी हेर्ने हो भने, सर्वहाराको नाममा बोल्सेभिक पार्टीले सत्ता कब्जा गर्‍यो, त्यसैले सोभियत सत्ता स्थापना गर्‍यो। तर त्यो कुरालाई सी राइट मिल्सले ‘द मार्क्सिस्ट’ नामक किताबमा लेनिनले गरेको क्रान्ति होइन भनेर आलोचना गरेका छन्। यसका लागि उनले दुईवटा तर्क दिएका छन्ः पहिलो, मार्क्सले औद्योगिक क्रान्ति सम्पन्न भएको देशमा मात्रै सर्वहारा क्रान्ति हुन्छ भनेका थिए, जबकि रुस त्यतिबेला युरोपको सबैभन्दा पछौटे देश थियो। अर्को, मार्क्सले मजदुरहरू संगठित हुन्छन् र संगठित भइसकेपछि मात्रै तिनीहरूले एक तरिकाको आन्दोलन चलाउँछन् र त्यसको बलमा सत्ता ढाल्छन् भनेका थिए। तर, मजदुरको नाममा वा सर्वहाराको नाममा बोल्सेभिकको क्याडरले सत्ता कब्जा गर्‍यो।

    त्यस्तै बाकुनिन र प्रुधोंले पनि जब सर्वहाराको राज्य भनिन्छ, वा जब क्रान्तिको कुरा हुन्छ, यो कुनै एउटा पार्टीको व्यक्तिले नेतृत्व गर्नुको सट्टा सबै मानिस एकजुट हुनुपर्छ र त्यसले मात्रै नेतृत्व गर्नुपर्छ भन्ने कुरा राख्छन्।

    पैसा र प्रतिस्पर्धा
    पैसाबारे एउटा रुसी जोक पनि छः स्टालिन, बुखारिन, त्रोत्स्की बीच पैसा हुने कि नहुने भन्ने बहस भइरहेका बेला स्टालिनले भनेका थिए, ‘एकजनाले पैसा चाहिन्छ भन्नुभयो र अर्कोले चाहिँदैन, तसर्थ आजको दिनबाट हाम्रो राज्यमा केही व्यक्तिसँग पैसा हुन्छ केहीसँग हुँदैन।’ त्यसैले पैसाको सट्टा के चलाउने भन्ने विषयमा अनेकन विवाद छन्।

    पैसाको अस्तित्व हुने कि हुँदैन र दैनिक कारोबार कसरी गर्ने भन्ने विषयमा प्रुधोंले जति श्रम खर्च भएको छ, पैसाको सट्टा खर्च भएको श्रम अनुसार ‘वर्क भौचर’ दिने र कति घन्टा काम गरिएको छ त्यो अनुसार दैनिक उपभोग्य सामग्री वा अन्य कुरा खरिद गर्न सक्ने कुरा गरेका छन्। ठूला कारोबारका लागि भने एउटा ‘पिपल्स् ब्यांक’ स्थापना गर्ने, त्यसले क्रेडिट दिने र त्यसको आधारमा उपभोग गर्न सकिने उपाय उनले अघि सारेका छन्। यदि नभएर कसैलाई ऋण चाहियो भने उसले त्यही अनुरुप ऋण दिन्छ, तर त्यसको ब्याज तिर्नुनपर्ने कुरा प्रुधोंले ल्याएका थिए।

    अराजकतावादी समाजमा प्रतिस्पर्धा हुने कि नहुने भन्ने कुरा पनि बहसको विषय छ। प्रुधों जस्ता दार्शनिक भन्छन्, ‘कुनैपनि समाज अघि बढ्नु छ भने अराजकतावादमा पनि प्रतिस्पर्धा हुनुपर्छ।’ तर अर्का दार्शनिक लुइ ब्ल्यांक भने यसमा असहमत छन्। उनी यदि कुनैपनि समाजमा प्रतिस्पर्धा हुन्छ भनो त्यो अराजकतावाद नै होइन भनेर तर्क गर्छन्। उनले एउटा उदाहरण दिँदै भन्छन्, ‘यदि यसो गर्ने हो भने ‘नपुंसक’ हटाएर दुई लिंगीलाई ल्याएजस्तो हुन्छ। यसरी अराजकतावादी बीच पनि कति कुरामा मतभेद छ।

    श्रम विभाजन
    बाकुनिनले मार्क्सको सबैभन्दा बढी मनपराएको विषय भनेको ऐतिहासिक भौतिकवाद हो। तर अतिरिक्त मूल्यको सिद्धान्तको बारेमा उनको विचार के छ भन्ने विषयमा मैले  (नविनले सं.) भेटाएको छैन। पिटर क्रोपोटकिनले भने अतिरिक्त मूल्यको सिद्धान्तलाई लिएर आलोचना गरेका छन्। उनी कुनैपनि हालतमा यो सिद्धान्त लागु गर्नु नहुने पक्षमा छन्। मार्क्सका अनुसार एउटा फ्याक्ट्रीमा काम हुन्छ र त्यसबाट निस्कने अतिरिक्त मूल्य सबै मजदुरमा जानुपर्छ। यसमा क्रोपोटकिनको तर्क छः समग्र गाउँ वा देशको जनसंख्या त्यही एउटा फ्याक्ट्रीमा मात्रै रहँदैन। त्यो समाजमा अन्य मानिस पनि हुन्छन्। एउटा फ्याक्ट्रीबाट निस्किएको जतिपति अतिरिक्त मूल्य हुन्छ, त्यसलाई अन्तत त्यहीका मजदुरलाई भाग लगाउने हो भने अन्य मानिसलाई भाग नै पर्दैन। तसर्थ अतिरिक्त मूल्यको अवधारणा नै अन्त्य गरेर जतिपनि फाइदा आउँछ, त्यो सबै सामूहिक रुपमा लिएर जानुपर्छ भन्ने उनको भनाइ छ।

    मार्क्सवादी र अराजकतावादीबीच श्रमको विभाजनको विषयलाई लिएर तालमेल देखिन्छ। ‘पूँजी’मा मार्क्सले भनेका छन्- सामाजिक आवश्यकताका आधारमा श्रमको डिभिजन गर्न सकिन्छ। त्यो सामाजिक आवश्यकताको आधारमा हुन्छ, न कि पूँजीको मातहत गएर। पूँजीमातहत गएर गरिएको विभाजनले शोषण मात्रै सिर्जना गर्छ। यसले त्यतिमात्रै पैसा मजदुरलाई दिन्छ जति पैसाले उसको जीवन धान्छ।

    यसैले समाजको आवश्यकताको आधारमा श्रम विभाजन गर्दै गयौँ भने चाहिँ समाजको आवश्यकता पनि पूर्ति हुने र एउटा मजदुर एउटा मानवको जीवन बाँच्नबाट पनि वञ्चित नहुने देखिन्छ। जस्तैः मार्क्स भन्छन् कि कोही मानिस एउटा कलम या डटपेन फ्याक्ट्रीमा काम गर्छ, यदि उसको काम डटपेनको बिर्को लगाउने हो भने उसले जानेको सीप त्यतिमात्रै हुन्छ र उसले त्यहाँबाट निस्किएर गएपछि अरु काम गर्न सक्दैन वा जानेको हुँदैन। तर कोही मान्छेलाई उसको व्यक्तिगत स्वतन्त्रतासहित काम गर्न दिइयो भने उसले समाजको आवश्यकता र हितको काम पनि गर्छ र सँगसँगै ऊ एउटा पूर्ण  मानव पनि रहन्छ भन्ने तर्क मार्क्सवाद र अराजकतावादको साझा कुरा हो।

    संसदीय भासको खतरा
    बाकुनिन चुनावी प्रक्रियामा जान नहुने बताउँछन्। उनी यो प्रक्रियाले समाजवादी, अराजकतावादी र साम्यवादीहरूको विश्वसनीयता घटाउने बताउँछन्। उनीहरू चुनावमा गइसक्दा या त उनीहरू नयाँ बुर्जुवा बनेर निस्कन्छन् या त त्यही संसदवादी भासमा जाकिन्छन्। अझै रमाइलो कुरा, अराजकतावादीहरूले ‘राज्य’ भन्ने शब्दलाई पनि भरसक प्रयोग गर्न मान्दैनन्।
    राज्यको सट्टा अन्तर्राष्ट्रिय भातृत्व वा समाजवादी राज्य वा अन्तर्राष्ट्रिय क्रान्तिकारी राज्य जस्ता शब्द प्रयोग गर्ने गरिन्छ। पछि गएर मात्रै अलिअलि स्वीकार गरेको पाइन्छ, तर पनि राज्य भन्ने शब्द प्रयोग गरेको खासै भेटिँदैन। जस्तैः नेशनल लिवरेशन(राष्ट्रियमुक्ति)को कुरा जतिपनि आयो, पोस्ट कोलोनी(उत्तर उपनिवेश)लाई हेर्दा सन् १९६० को दशकमा धेरै देशहरू मुक्त भए। यो कुरामा अराजकतावादीको धार फरक छ, मार्क्सको ‘फर्स्ट इन्टरनेसनल’ को क्रममा पनि यो देखिन्छ। नेसनल लिवरेसन भनेको बुर्जुवाको स्वतन्त्रता हो, जुन यिनीहरूको स्वार्थ अनुकूल छ। भोलि कोलोनीबाट मुक्त भइसक्दा हिजोको परम्परागत शासन गर्ने कुलीनहरूले नै सत्ता कब्जा गर्छन् भन्ने मार्क्सवादीहरूको कुरा हो। अराजकतावादीले पनि त्यही भन्छन्, नेसनल लिवरेसन भनेको सीमित वर्गलाई मात्र हो र यो आम मानिसको आवश्यकता होइन। सन् १८८० तिर गएर मजदुर वर्गमा अराजकतावादीको प्रभाव घट्यो भनिएको छ। उद्योगहरूको विकास सँगसँगै मजदुरहरू संसदीय व्यवस्थामा गएका कारण अराजकतावादीको प्रभाव घटेको बताइन्छ।

    अराजकतावादको अस्तित्व
    अब अराजकतावाद कहाँ छ भन्ने एउटा प्रश्न आउँछ। मैले हेर्दा इतिहासमा दुई ठाउँमा अराजकतावाद पाएको छु। तर त्यो छोटो समयका लागि थियो। युक्रेनमा नेस्तर म्याख्ना भन्ने व्यक्तिको नेतृत्वमा अक्टुवर क्रान्ति, १९१७ को वरिपरिमा केही युक्रेनी अराजकतावादीहरू एक भएका थिए। उनीहरूले त्यहाँ एकखालको अराजकतावादी शासन व्यवस्था चलाएर बसेका थिए। अर्को, स्पेनको क्याटालोनियामा एक हिसाबले अराजकतावादी शासन व्यवस्था थियो।

    तर सोभियत कम्युनिष्ट पार्टीले त्यसलाई सिध्याउने भूमिका निर्वाह गर्‍यो। । सन् १९२० मा युक्रेनलाई दबाइयो र त्यहाँ कम्युनिष्टहरूको शासन लाद्‍ने काम भयो। सन् १९१९ देखि ३७ सम्म क्याटालोनियामा जतिपनि अराजकतावादीको सक्रियता थियो, त्यसलाई दबाउने काममा स्टालिनले पनि सहयोग गरेका छन्। त्यतिबेला उनले त्यसबेला खासगरी स्पानिश शासक फ्रान्सिस्को फ्र्यांकोलाई उचाल्ने काम गरे। किनभने यसरी छुट्टै समाजवादको अभ्यास गर्न दिने हो भने भोलि हाम्रो अस्तित्व खतरामा पर्छ भन्ने त्रासमा उनी थिए।।

    स्टालिनले फ्रान्सिको फ्र्यांको र त्यहाँका स्थानीय कम्युनिष्टलाई बोकेर त्यहाँको पद्धति सिध्याउने काम गरेका छन्। त्यो बेला क्याटालोनियामा पैसा समेत नचल्ने व्यवस्था बनाइएको थियो, श्रमको आधारका सामाजिक आवश्यकता पूर्ति गर्ने पद्धति थियो।

    यसैगरी संसारमा अराजकतावादलाई स्थानीय स्तरमा कहीँ न कहीँ प्रयोग गरेको हामी भेट्छौं। जस्तैः खानेपानी व्यवस्थापन भनौं वा फोहोरो व्यवस्थापन, स्वयंसेवी संस्थामा जब मानिस स्वतस्फूर्त आउँछ, कुनैपनि तरिकाले फाइदा लिने उनीहरूको मनसाय हुँदैन, त्यसलाई हामीले एउटा स्थानीय स्तरको लाभका लागि प्रयोग गर्छौै। यो पनि अराजकतावादको एउटा रुप हो भन्न सकिन्छ। तर ठूलो क्षेत्रमा भने यिनै दुईवटा उदाहरण मैले भेटाएको हो।

    जनताको पैसाबाट फाइदा कसलाई?
    अराजकतावादीको पनि विभिन्न धारमा प्याटेन्टका विषयमा पछि विभिन्न धारणा पाइन्छन्। ‘द कन्क्वेस्ट अफ ब्रेड’ किताबमा पिटर क्रोपोटकिनले प्याटेन्ट हुनुहुँदैन भनेका छन्। अहिलेको विश्वव्यापी पूँजीवादी स्वरुपमा यो लागु भइरहेको छ। तर अराजकतावादमा कुनैपनि ज्ञान, सीप र आविस्कार आजको भोलि नै हुँदैन, त्यसको लागि लाखौँ करोडौँ मान्छेले योगदान गर्दै आएको हुन्छ, त्यो क्रममा अन्तिममा एउटा मानिसले केही कुरा थपेर केही नयाँ कुरा निकाल्छ र त्यो लगत्तै उसले स्वतस्फूर्त ‘सबै मैले गरें वा मेरो आविस्कार हो’ भन्नु मुर्खता हो भन्ने कुरा लागु हुन्छ। पिटरको कुरा यस्तो छ। सँगसँगै उनकै अर्को कुरा छ, अभावको बेलामा कसैले विलासिता देखाउन खोज्छ भने त्यो पनि अपराध हो। किनभने उसको विलासिताले गर्दा कसैको गाँस खोसिएको हुन्छ। यो हाम्रो समाजमा पनि देख्न सक्छौं। किनभने एकातिर आम श्रमिकहरूले बढी भन्दा बढी कर तिर्छन् भने त्यो कर जनताको हितका लागि खर्च हुनुको सट्टा उसका आसोपासे, उद्योगपति वा सीमित व्यक्तिहरूको मुट्ठीमा जान्छ भन्ने उदाहरण देख्न सकिन्छ।

    अभावको बेलामा कसैले विलासिता देखाउन खोज्छ भने त्यो पनि अपराध हो। किनभने उसको विलासिताले गर्दा कसैको गाँस खोसिएको हुन्छ। यो हाम्रो समाजमा पनि देख्न सक्छौं

    क्याटालोनियाका अराजकतावादीको संगठक (सीएनटी) एन्जल पेस्तानाले भनेका छन्, ‘एउटै मात्रै पार्टीले कुनैपनि सामाजिक क्रान्ति माथि उठाउन सक्दैन, त्यसको लागि सामाजिक अभियान चाहिन्छ।’ यस्तै बाकुनिनले मार्क्सको अलोचना गर्दै भनेका छन्, ‘श्रमिक वर्गले उत्पादनको साधन आफ्नो हातमा पारिसक्दा समाजवादमा गयो भन्नु मुर्खता हो। त्यसो गर्दा त्यहाँ नयाँ ब्युरोक्रेटिक एजेन्ट बन्छ, फेरि मानिसलाई दमन गर्ने काम गर्छ। यसरी मात्रै पनि समाजवादको परिकल्पना हुँदैन।’

    फेरि बुर्जुवा शासन
    अराजकतावादीहरू सम्मिलित जुरा फाउन्डेसनले सन् १८७७ मा चारवटा धारणा सार्वजनिक गरेको थियो। त्यसमध्ये एउटा थियोः १) एवोलिसन अफ स्टेट अर्थात् राज्यको अन्त्य गर्नुपर्छ। २), पोलिटिकल एब्स्टेन्सन अर्थात् कुनैपनि राज्यका कुनैपनि पाटोमा वा कुनै न कुनै तरिकाले राज्यको उपस्थिति गराइन्छ भने त्यसमा सहभागी हुनुहुँदैन भनिएको छ। ३) श्रमिक वर्गको प्रतिनिधित्वलाई अस्वीकार गर्नुपर्छ भनिएको छ। कसैले श्रमिकको प्रतिनिधित्व गर्छु भन्दै ऊ कुनैपनि लाभको पदमा जान्छ भने यसलाई अस्वीकार गर्नुपर्छ भन्ने धारणाा यो फाउन्डेसनको थियो। द्४), विभिन्न प्रोपोगाण्डाको माध्यमबाट (प्रोपोगाण्डा शब्दलाई पहिले सूचना दिने कामका रुपमा बुझिन्थ्यो) अराजकतावाद र समाजवाद के हो यसलाई कसरी लिन सकिन्छ भन्ने कुरा आम जनमानसमा पुर्‍याउनुपर्छ भनिएको छ।

    क्रोपोटकिनको भनाइअनुसार अराजकतवादीले जहिले पनि अस्तित्वमा रहेको प्राधिकार, माान्यता वा ‘सेट अप थट’लाई चुनौती गर्छ। त्यसलाई चुनौती नदिइकन नयाँ समाजमा जान सकिदैंन र अहिलेसम्म हामीले राज्यको जुन ह्यांगओभर बोकेर आएका छौं, यो कुरालाई जबसम्म हामी बोकेर आउँछौं त्यसले काम गर्दैन।

    ‘स्ट्राटिज्म एण्ड एनार्की’मा बाकुनिनको किताब छ, त्यहाँ मैले पाएको थिएँ, वर्ग संघर्षमा एउटा राजनीतिक सहभागिता चाहिं कुनैपनि फर्ममा जानु, मार्क्सवादले एड्मायर नै गर्छ, त्यसलाई अराजकतावादीले नकार्छन्, उनीहरू भन्छन् यसले हामीलाई कहीँपनि पुर्याउँदैन। यसले माथि उल्लेख गरिएजस्तै ऊ या त संसदवादी भासमा जान्छ वा नयाँ बुर्जुवा बनेर निस्किन्छ। यसको सबैभन्दा राम्रो उदाहरण ‘कम्युनिष्ट पार्टी अफ सोभियत युनियन’लाई लिन सकिन्छ। त्यहाँ कस्तो खालको शासन व्यवस्था थियो र पछि कस्तो भयो भनेर हेर्दा हुन्छ।

    सोभियत क्रान्ति भइरहेका बेला एकजना अराजकतावादी भोलिनले भनेका थिए, ‘अहिले बोल्सेविकले जसरी क्रान्ति गरिरहेको छ, यिनीहरूको हातमा सत्ता गयो भने अहिले जस्तो अप्ठ्यारो भोगिरहेको छौं, त्यो भन्दा धेरै उग्र रुपमा भोग्नेवाला छौं।’ नभन्दै अक्टोवरमा उसले सत्ता हातमा लियो र लिए लगत्तै भोलिन जस्ता मान्छे भागेर फ्रान्स गएर बसेका छन्।

    त्यही बेला लेनिनले मेन्सेभिक, सोसल डमोक्रेट लगायत सोसल रिभोल्युसनरी पार्टीलाई प्रतिबन्ध लगाउने काम गरे। सन् १९१८ मा गएर चेखा फर्म गरियो र लेनिनलाई फेनि कप्लानले गोली हानेपछि उनको यो चरित्र अझै उग्र रुपमा गयो। पछि त्रोत्स्कीले आफ्नो किताब ‘द रिभोल्युसन विट्रेड’मा भनेका छन्, ‘त्यो बेलाको रोग, भोक र विदेशी आक्रमणलाई परास्त गर्नका लागि अस्थायी रुपमा प्रतिबन्ध लगाइएको हो।’

    लेनिनपछि सन् १९२२ मा स्टालिनको हातमा सत्ता गयो। स्टालिन आफ्नो पार्टीभित्रको प्रतिद्वन्द्वी वा फरक विचारलाई सहन नसक्ने मान्छे भएकाले उनले त अरुलाई सहने कुरै भएन। स्टालिनले पनि अरु पार्टीलाई प्रतिबन्ध लगाउने काम गरे र यो क्रम सन् १९९१ सम्म निरन्तर जारी रह्यो।

    जनताको पैसा, पूँजीपतिलाई फाइदा
    अराजकतावादी र मार्क्सवादीहरू बारम्बार एउटा सामाजिक क्रान्ति वा सामाजवादी क्रान्ति वा साम्यवादी क्रान्ति वा अराजकतावादी क्रान्ति एउटै देशमा मात्रै आउँदैन, बरु यो चाहिँ विश्वव्यापी रुपमा फैलन्छ भन्ने तर्क गर्ने गर्छन्। यदि यो एउटै देशमा मात्रै आयो भने यसमा अनेक अवरोधहरू आउन सक्छन् भनिएको छ। त्रोत्स्कीले कतै भनेका छन्, ‘एउटा देशमा मात्रै समाजवादी क्रान्ति सफल गरियो भने त्यसको दुई खालका शत्रु हुन्छन्।’ उनका अनुसार समाजवाद वा अराजकतावाद लागु भएको ठाउँमा पहिलो त त्यहीभित्रबाट आन्तरिक रुपमा जनशक्ति परिचालन गर्ने क्रममा मजदुरहरू दुश्मन को रुपमा आउँछन्। कुनैपनि देशमा त्यो खालको प्रगतिशील उन्नत विचार लागु भयो भने त्यो छिमेकी देशमा सह्य हुँदैन। जसले गर्दा उसले आक्रमण गर्न थाल्छ। त्यसलाई परास्त गर्नका लागि सैन्य शक्तिलाई उग्र रुपमा लैजानुपर्छ। यसो गर्ने क्रममा आन्तरिक रुपमा उत्पादनमा जोडिएका श्रमिकलाई बढी भन्दा बढी दमन गर्नुपर्छ। जसको परिणाम स्वरुप यस्तो परिस्थिति आउँछ कि एकातिर आफ्नै नागरिक दुश्मन हुने र अर्कोतिर विदेशी दुश्मन हुने।

    त्यसैले मार्क्सवादी तथा अराजकतावादीहरू यसलाई पनि मध्यनजर गर्नुपर्नेमा जोड दिन्छन्। त्यसकारण यो एउटै देशमा सीमित हुँदैन यसलाई खुल्ला रुपमा संसारभरि लैजानुपर्छ भन्ने बाकुनिनको कुरा छ। यस्तै बाकुनिनले त्यतिकै समाजवाद आउँदैन भनेका छन्। मानिसहरू उत्पादनमा जोडिनुपर्छ र क्रमिक रुपमा समाजवाद आउने कुरा उनको छ। उत्पादन बिना समाजवाद आउँदैन भन्ने कुरामा उनको जोड छ।

    बुर्जुवा वर्ग क्रान्ति र क्रान्तिकारीसँग जहिले पनि डराउँछ। राज्य यिनीहरूको सबैभन्दा ठूलो रक्षक हो। राज्य जहिले पनि पैसावाला, उद्योगपतिको संरक्षणमा हुन्छ। यसमा पिटर क्रोपोटकिन थप्छन्, ‘राज्य, सम्पत्ति अथवा अतिरिक्त मूल्य अथवा पूँजी एकिकृत हुन्छन्।’

    राज्यले अतिरिक्त मूल्यको सिर्जना गर्छ, त्यसले राज्यको भरथेग गर्न मद्धत गर्छ। त्यसको सबैभन्दा राम्रो उदाहरणका रुपमा अमेरिकाका हतियार कम्पनीलाई लिन सकिन्छ। विश्वका मुख्य ५ वटा हतियार कम्पनी मध्ये चारवटा अमेरिकामा छ। यी हतियार कम्पनीले स्टेटलाई कसरी प्रयोग गर्छ भन्ने सन्दर्भ अमेरिकाले इराकमा आक्रमण गरेको घटनालाई लिन सकिन्छ। अमेरिकाले जनताको पैसाको लगानीमा इराकमा आक्रमण गर्‍यो। त्यो आक्रमणका लागि ती हतियार कम्पनीले आफ्ना हतियार बेचे। इराक ध्वस्त बनाइसकेपछि एक्सन आयल, हेलिवर्टन र टेक्साको लगायत तेल कम्पनीहरू त्यहाँ पुगेर जरा गाडे। ती निजी कम्पनी हुन्। राज्यले जनताको पैसा प्रयोग गरेर त्यहाँ आक्रमण गर्‍यो, त्यसको फाइदा निजी कम्पनीहरूलाई भयो। यसरी राज्यले जनताको पैसाबाट निजी कम्पनीलाई पोस्ने भएकाले कुनैपनि प्रगतिशील विचारबाट राज्य र पूँजीपतिहरू डराउने गर्छन्।

    (‘अराजकतावादः सिद्धान्त र अभ्यास’ विषयक कार्यक्रममा अध्येता तथा फ्रिल्यान्स राइटर नविन तिवारीले राख्नुभएको मन्तव्यमा आधारित।)

    यो पनि पढ्नुहोस् –
    बाकुनिनसँग तुलना गर्दा सारा संसार बुर्जुवा देखिन्थ्यो – मार्क्स

     

    अराजकतावाद र मार्क्सवाद : कति फरक?

     

    भिडियो-

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नवीन तिवारी

      नवीन तिवारी

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.