Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सम्राटहरू इतिहासको रद्धीटोकरीमा रहनयोग्य छन्

एक फ्रान्सेली हरामी सशस्त्र डाकूसँगै उत्रेर मूल निवासीहरुको सहमति बेगर नै आफैलाई इंग्ल्याण्डका राजा भएँ भन्नु, सोझो शब्दमा एक ज्यादै तुच्छ हरकत हो ...

क्रिस हेज क्रिस हेज
भदौ २८, २०७९
- विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    बेलायत र बेलायती राजतन्त्रबाट मुक्त हुन क्रान्ति गर्नुपरेको संयुक्त राज्य अमेरिकामा महारानी एलिजाबेथको चाटुकारी प्रशंसा गरिनु भयभित बदनाम, अक्षम र भ्रष्ट वैश्विक अभिजात शासक–वर्गको चरित्र माफिक नै हो।

    यहाँका वैश्विक अभिजात वर्गहरुलाई हालका राजा र शाही उत्तराधिकारी कस्ता छन् थाहा छैन। त्यसमा एक सन्की र बहुलठ्ठी राजा र सामान्य कोटिका जसमा बाल–यौनदुराचारी युवराज तथा उनका भाइ छन्। हालका सन्की राजाले कतारका पूर्व प्रधानमन्त्रीबाट ३२ लाख डलर भरिएको सूटकेस र ब्याग स्वीकार गरेका थिए– सबैलाई थाहा नै छ।

    “छिमेकमा राजतन्त्र हुनु भनेको कुनै जोकर छिमेकी भए जस्तै हो। त्यो जोकरको घरको भित्तामा उरन्ठेउला चित्रहरु कोरिएका हुन्छन्, प्रत्येक झ्यालमा जोकर पुतलीहरू प्रदर्शनमा राखिएका हुन्छन् र त्यो छिमेकीलाई उटपट्याङ–उटपट्याङ समाचारहरू सुन्न र छलफल गर्ने अतृप्त इच्छा हुन्छ,” प्याट्रिक फ्रेनले गत वर्ष द आइरिश टाइम्समा लेखेका थिए। “विशेषगरी, आइरिशका लागि, वास्तवमा छिमेकी नै जोकर भएजस्तै छ र, तपाईंका हजुरबुबालाई त्यही जोकरले मारेको थियो।”

    राजतन्त्रले साम्राज्यमा गरिएका अपराधहरुलाई लुकाउँछ र तिनीहरुलाई पुराना गौरवभित्र पुरिदिन्छ। यसले गोराहरुको वर्चस्व र नस्लीय पदानुक्रमलाई बढाउँछ। यसले कुलिन तथा अभिजात वर्गको शासनलाई वैधता दिन्छ। यसले शासक वर्गभन्दा भिन्न नस्लहरुप्रति घृणाभाव राख्ने आर्थिक तथा सामाजिक व्यवस्थालाई समर्थन गर्दछ। र, आफ्नो नश्लमाथि औंलामात्र ठड्याएमा हत्या नै गरिदिन्छ। महारानी कै पति प्रिन्स फिलिप जो २०२१ मा मरेका थिए। उनी नस्लवादी र सेक्सिस्ट टिप्पणी गर्नेमा कुख्यात थिए। उनका हरकतहरुलाई बेलायती प्रेसले नम्रस्वरमा “गलतफहमी” का रुपमा प्रचारमा ल्याउथ्यो। उदाहरणका लागि, उन्ले १९८६ को यात्राको दौरान बेजिंगलाई “भयानक” र बेलायती विद्यार्थीहरुसँग “यदि तिमीहरु यहाँ धेरै वर्षसम्म बस्यौ भने तिमीहरुको आँखा नै चिम्रे हुन्छ” भने।

    यसैको साम्राज्यबाट लाखौं पीडितहरुको रोदन विश्वभर सुनिएका छन्; केन्यामा मऊ मऊ विद्रोहका दौरान हजारौं मारिए, यातनामा परे, बलात्कारमा परे र कैद गरिए; “ब्लडी सन्डे” मा १३ आयरिश नागरिकहरु गोली हानी मारिए; युरो–क्यानडेली संस्कृति “अन्तरघुलन गर्न” स्थापित क्यानाडाको एक आवासीय विद्यालयमा कैयन मारिए या कम्तिमा ४१०० बेपत्ता पारिए। यी त त्यतिकैओझेलमा परे। तर इराक र अफगानिस्तानको आक्रमण तथा कब्जामा मारिएकाका लाखौं टुहुरा बच्चाहरुका चित्कारलाई रानीका जयजयाकारले नसुन्ने बनाइए। यो उनी जिउँदै हुँदाको कुरा हो। उनी मरेपछि पनि त्यस्तै जयजयाकार गर्न  चापलुस प्रेसहरु अभिजात वर्गको अग्रभागमा तथा वरपर भुनभुनाइरहेका छन्। रानीको मृत्युको कवरेजलाई अर्थपूर्ण बनाउन बीबीसीले शनिवार नै एउटा सावधानी समाचार प्रसारण गरेको थियो। यस समाचारमा प्रिन्स ह्यारी र प्रिन्स विलियमले आफ्ना श्रीमतिहरुका सँगै विन्डसर क्यासलबाहिर राखिएको उनीहरुका हजुरआमाको पार्थिवलाई पुष्पाञ्जलि अर्पित गर्ने थियो। यो सावधानी समाचारको मकसद प्रेसहरुले शाही परिवारद्वारा नियोजित मिथक निर्माताहरु र प्रचारकहरुलाई नुस्खा दिउन् भन्ने थियो।

    राजवंश अभिजात वर्ग हो। त्यो आफ्नो वर्गको संरक्षक हो। विश्वका सबैभन्दा ठूलो जमिन्दारमा मोरक्कोका राजा मोहम्मद छैठौं लगभग साढें १७ करोड एकडका जमिनका मालिक छन्। पवित्र रोमन कैथोलिक चर्च पुग-नपुग १८ करोड एकड जमिनका मालिक  छ। सऊदी अरबका राजा अब्दुल्लाका उत्तराधिकारी लगभग ५३ करोड एकडका जमिन मालिक र अहिलेका किंग चार्ल्स तेस्रा लगभग ६६ अरब एकड जमिनका मालिक  हुन्। बेलायती राजाको सम्पत्ति २८ खरब डलर छ तर बेलायती जनताले अबको दुई वर्षमा राजपरिवारलाई ३ करोड ३० लाख क्षतिपूर्ति दिनु पर्नेछ। स्मरण रहोस् बेलायतमा सन् १९५५ मा उनी महारानी भएदेखि लामो समयदेखि जनताको आय कम हुँदैछ र २ लाख २७ हजार परिवार घरवारविहिन छन्।

    राजवंश शासक वर्गका लागि मूल्यवान छ। त्यो जनतालाई पराधिन हुन स्वीकार गराउने एक प्रभावी उपकरण हो। बेलायती हुलाक र रेल कर्मचारीहरुले महारानी मरेका कारण तलव र कार्यस्थलको अवस्थामा सुधार गर्ने माग राखेर गर्न लागिएको हडताल रद्द गरे। ट्रेड यूनियन कांग्रेस (TUC) ले आफ्नो अधिवेशन नै स्थगन गर्‍यो। लेबर पार्टीका सदस्यहरुले हार्दिक श्रध्दाञ्जलि अर्पित गरे। यहाँसम्म कि Extinction Rebellion ले मनाउन लागेको “प्रतिरोध महोत्सव” अनिश्चितकालिन स्थगित गर्‍यो। बीबीसीका क्लाइव मायरीले सञ्चालन गरेको यूक्रेन युद्धको कारण ब्रिटेनमा भएको ऊर्जा संकटबारे कार्यक्रम रानीको स्वास्थ्यलाई भन्दा “महत्वहीन” मानेर खारेजमा पर्‍यो। अब केही दिनसम्म जलवायु आपतकाल, महामारी, अमेरिकाको घातक मूर्खता र यूक्रेनमा नाटोको छद्मयुद्ध, बढ्दो मुद्रास्फीति, नव-फासीवादी आन्दोलनको उदय र गहिरो सामाजिक असमानतालाई नजरअन्दाज गरिनेछ र ती समाचार हुनेछैनन्। किनकि प्रेस अभिजात वर्गका शासकलाई पुष्पगुच्छा लिएर प्रशस्ति गाउनमा जुटेको छ। यो अबका १० दिनसम्म शासकहरुलाई समवेदना दिनमा व्यस्त हुनेछ।   

    एलिजावेथ सिंहासनमा बसेकै वर्ष सन् १९५३ मा, उनको सरकारले तीन युद्धपोतमा ७०० सेना बोकेर आफ्नो उपनिवेश ब्रिटिश गुयानामा पठाएको थियो। त्यसबेला संविधानलाई निलम्वन गरियो र चेड्डी जगनको लोकतान्त्रिक रुपबाट चुनिएको सरकारलाई अपदस्थ गरियो। महारानीको सरकारले दक्षिण अफ्रिकामा रंगभेदी सरकार निर्माण गर्‍यो र लामो समयसम्म टिकाएर राख्न सहयोग गर्‍यो। महारानीको सरकारले १९५२ देखि १९६० सम्म केन्यामा मऊ मऊ स्वतन्त्रता आन्दोलनलाई व्यापक दमन गर्‍यो। करीव १५ लाख केन्यायी जनतालाई यातना शिविरमा पुर्‍यायो र, अनेक यातना दियो। ब्रिटिश सैनिकहरुले संदिग्ध विद्रोहीहरु र समर्थकहरुलाई,  खासगरी पक्राउ परेका, र युवति र महिलाहरुलाई बलात्कार गरे। ब्रिटिश उपनिवेश भारत दुई शताब्दिपछि १९४७ मा स्वतन्त्र भयो, त्यसबेलासम्म महारानीको सरकारले भारतबाट ४५ ट्रिलियन डलर बराबरको सम्पत्ति लुटिसकेको थियो। यसले त्यसबेला भएका स्वतन्त्रताका लागि गरिएको पहिलो विद्रोह लगायत अनेकौं विद्रोहलाई हिंस्रकरूपबाट दमन गर्‍यो। यी महारानीकै सरकारले १९५५ देखि १९५९ सम्मको ग्रीक साइप्रियट स्वतन्त्रताको युद्ध र त्यसपछि १९६२ देखि १९६९ सम्मको यमनको मुक्ति युध्दलाई कुल्चिन फोहोरी युद्ध चलायो। अङ्ग्रेजद्वारा अत्याचार, कानूनी प्रक्रियाबेगरका हत्याहरु, सार्वजनिक फाँसी र सामूहिक फाँसी नियमित हुन्थ्यो। तर क्षतिपूर्ति गरिएनन्। एउटा लामो समय मुद्दाको कारण बेलायती सरकारले केन्या युद्धमा गरेको दुर्व्यवहारमा ५,००० भन्दा बढी पिडितलाई क्षतिपूर्तिबापत २ करोड पाउण्ड भुक्तान गर्न सहमत भएको थियो। सन् २०१९ मा साइप्रस संघर्षमा यातना दिइएकालाई केही राहत दिएको थियो। बेलायतले आफ्नो औपनिवेशिक इतिहासबाट उव्जिएका हरेक सवालमा बाधा पुर्‍याउने गर्दछ। यी महारानी आफ्नो ७० वर्षे शासनकालमा बेलायती औपनिवेशिककालमा भएका कुनैपनि कुकृत्यमा माफी र क्षतिपूर्ति दिन तयार भइनन्।

    सामाजिक पदानुक्रम र अभिजाततन्त्रको मुख्य उद्देश्य वर्गीय व्यवस्थालाई कायम राख्नु हो जस्ले हामीलाई तिनीहरुभन्दा निचा भएको महशुस गराउँछ। सामाजिक पदानुक्रमको शीर्ष स्थानमा रहनेहरुले नै राजभक्त हुन टोकनहरु बाड्छन् जसमा अर्डर अफ द ब्रिटिश एम्पायर (ओबीई) समेत पर्दछ। राजतन्त्र वंशानुगत शासन र बपौतिबाट प्राप्त सम्पत्तिको आधारशीला हो। यो वर्गीय व्यवस्था विंडसरस्थीत नाजी-प्रेमी दरवारबाट राज्यको सुरक्षा र सेनाका सबै अंगहरुसम्म छ्यापछ्याप्ति छ। यसले नै समाजलाई नियन्त्रित गर्छ र आम नागरिक, विशेषरूपबाट गरीबहरु र मजदूर वर्गलाई तिनीहरुका “उचित” स्थानमा ठेगान लगाएर राख्छ।

    बेलायती शासक बर्ग राजघरानाको अलौकिकपन (रहस्य) र जेम्स बोन्ड, द बिटल्स र बि बि सी जस्ता अस्ताइरहेका सांस्कृतिक आइकनहरुका साथै “डाउनटाउन एबि” जस्ता टेली श्रृङ्खलाको एक इपिसोडमा महाराज जर्ज पञ्चम र महारानी मेरी सार्वजनिक स्थानमा निस्कदाँ राजारानीको वैश्विक उपस्थितिको स्वैरकल्पनामा हर्षले गदगद हुने त्यहाँका सम्भ्रान्त र नोकरहरु– माथि अडिएको छ। विस्टन चर्चीलको अर्धकदको सालिक उधारोमा ह्वाइट हाउसमा विराजमान छ । यी र यस्तै भ्रमोत्पादक यन्त्रहरुले ग्रेट ब्रिटेनको अमेरिकासँगको “विशेष” सम्बन्धलाई धानेका छन्। यो “विशेष” सम्बन्धको भित्री रुपको अन्दाज लगाउन व्यङ्गात्मक सिनेमा इन द लुप हेर्नुहोला।

    १९६० को दशकसम्म “गैरश्वेत अप्रवासी या विदेशीहरु” लाई शाही घरानामा सरकारी कर्मचारीका रुपमा राख्न अनुमति थिएन, घरेलु नोकरका रुपमा मात्र राख्न सकिन्थ्यो। शाही परिवार र तिनका घरमुलीलाई नस्ल र लिंग भेदभावसम्बन्धी कानून लाग्दैनथ्यो। यसबारे जोनाथन कुक भन्छन् “रंगभेद व्यवस्थाले शाही परिवारलाई मात्र फाइदा दिएको छ।” नाम नखुलाइएकी कुनै शाही सदस्यले मिश्रित जाति भएकी मेघन मार्कलबाट जन्मने बच्चाको रङको बारेमा सरोकार राख्दा एक पटक मेघनले आत्महत्या गर्ने विचार गरेकी थिइन्।

    मलाई समेत यस्तै अपमानको घुट्को पिउनु परेको थियो। म सन् २०१४ मा अक्सफोर्ड युनियनले गरेको “एडवर्ड स्नोडेन नायक हुन् कि देशद्रोही” छलफल कार्यक्रमको सहभागी थिएँ। यो यसबेला महारानीको बेलमर्श झ्यालखानामा रहेका त्यसबेला इक्वाडोर दूतावासमा शरण लिन जूलियन असाञ्जेको बहस हुने अघिल्लो दिनको घटना हो। कार्यक्रम शुरु हुनु अघिको भव्य ब्ल्याक-टाई डिनरमा म एक पूर्व सांसदसँगै बसेको थिएँ, उनले म सँग दुई प्रश्न सोधे जुन मलाई त्यसदिनसम्म कसैले सोधेका थिएनन्। “तपाईंको परिवार अमेरिकामा कहिले आएका हुन्?” त्यसपछि उनले “तपाईंले कहाँ पढ्नु भयो?” मैलै उनलाई जवाफ दिएँ– मेरो बाबु र आमाका पूर्वजहरु सन् १६३० को दशकमा इंग्लैंडबाट अमेरिकामा आएका हुन्। मैले स्नातक हार्वर्डबाट गरेको हुँ। यी दुई कसीमा घोटिएपछि मलाई उनले सहजताका साथ स्वीकार गरेको मैले महशुस गरें।

    यस बहसका सहभागी हुनेहरुले तर्क गरे– स्नोडन एक नायक हुन् तर पराजित। यस्तै आशयका वाक्यहरु छालाको गाता भएको अतिथि पुस्तकमा लेखिए। मैले पनि कलम लिएर त्यसको एक पानाभरी ठूलो अक्षरमा लेखें–: “यो कहिल्यै नबिर्सनु होस् – तपाईंहरुको सबैभन्दा महान राजनीतिक दार्शनिक, थमस पेन, अक्सफोर्ड या क्याम्ब्रिजमा पढेका थिएनन्।”

    थोमस पेन १८ औं शताब्दीमा सबैभन्दा बढि पढिने राजनीतिक निबन्धकार हुन्। उनका राइट्स अफ म्यान, द एज अफ रिजन र कमनसेन्स ज्यादै प्रसिध्द कृति हुन्। पेनले राजतन्त्रलाई लुटेराका रुपमा चित्रण गरेका छन्। “एक फ्रान्सेली हरामी सशस्त्र डाकूसँगै उत्रेर मूल निवासीहरुको सहमति बेगर नै आफैलाई इंग्ल्याण्डका राजा भएँ भन्नु, सोझो शब्दमा एक ज्यादै तुच्छ हरकत हो … प्रष्टसँग भन्दा अंग्रेजी राजतन्त्रको प्राचिनतामा कुनै गर्व गर्न लायक विषय नै छैन” उनले विलियम द कन्कररको बारेमा यस्तो लेखेका थिए। उनले वंशानुगत शासनको धज्जी उडाएका थिए। “समाजका लागि र ईश्वरको दृष्टिमा एक ईमानदार व्यक्तिको मूल्य ती कुनै श्रीपेंच लगाएका बदमाशहरु भन्दा बढी छ र रहनेछ।” उनले अगाडि भनेका छन्: : “राजाहरूमा वंशानुगत अधिकार प्राकृतिक छ भन्नु मूर्खता हो अन्यथा मानिसजातिलाई सिंहको छालामा बेरिएको गधा दिएर उसले राजवंशलाई बारम्बार उपहासमा परिणत गर्दैनथ्यो।” उनले राजालाई “इंग्ल्याण्डको क्रूर शाही” भनेका छन्।

    त्यसपछि बेलायती शासक वर्गले थोमस पेनलाई गिरफ्तार गर्न खोज्यो। उनी भागेर फ्रान्स पुगे। त्यहाँ उनलाई फ्रान्सेली क्रान्तिपछि स्थापित नेशनल कँग्रेसको प्रतिनिधि बनाइयो। उनी दुई विदेशी मध्ये एक थिए। उन्ले लुई सोह्रौंलाई गिलोटिनमा राखेर मार्ने कुराको निन्दा गरे। “जसले आफ्नो स्वतन्त्रतालाई सुरक्षित गराउन विद्रोह गर्छन्, तिनीहरुले आफ्ना शत्रुलाई उत्पीडन हुनबाट बचाउनु पर्छ,” पेनले भने। ‘यदि यस्तो कर्तव्यलाई उल्लङ्गन गरियो भने एक उदाहरण बन्छ र यो आफ्नै लागि गलपासो बन्छ।’ उन्ले चेतावनी दिए कि अनियन्त्रित विधायिका अनियन्त्रित राजा जसरी नै निरंकुश हुन सक्छ। जब उनी फ्रान्सबाट अमेरिका फर्के, त्यसपछि उनले दासत्वको र नयाँ शासक वर्गद्वारा संचित संपत्तिको र विशेषाधिकारको निन्दा गरे। जसमा देशमा सबभन्दा धेरै सम्पत्तिका मालिक बनेका जर्ज वाशिंगटनसमेत पर्दथे। पेनले बेलायती राजतन्त्रलाई च्यूत गर्न एकजना व्यक्तिले भन्दा धेरै गरे, तर उनलाई मुख्यतः प्रेस जगतले शैतानका रुपमा खेदे। अन्ततः उनी बिर्सिइए। उनको अन्तिम संस्कारमा जम्मा ६ जना व्यक्ति सामेल थिए, जसमध्ये दुई जना अस्वेत थिए।   

    अमेरिकी र बेलायतीहरुमा आफुलाई कुनै न कुनै हिसावले राजखान्दानीसँग नाता जोडिएको देखाउने उत्कण्ट भावना पाइन्छ। श्वेत बेलायती मित्रहरुसँग पूर्वजहरुका बारेमा केही न केही  कहानी हुन्छ, जसले उनीहरुलाई अभिजात वर्गसँगको नाता जोड्छ। डोनाल्ड ट्रम्प, जसले सिंह देखाइएको आफंनो निशान नै बनाएका थिए, उनी पनि महारानीबाट राजकीय भ्रमणको निम्तो पाउने उत्कण्ट प्रतिक्षामा रहेका थिए। शाही क्लबको सदस्य बन्ने इच्छा या क्लबद्वारा मान्यता पाउनु नै एक शक्तिशाली शक्ति पाउनु जस्तै हो। अभागी चार्ल्स तेस्रो, जसले आफ्नै परिवारसँगै मिलेर आफ्नै पहिली श्रीमति पत्नी डायनालाई तिरस्कार गर्नुपर्‍यो तथापि उनले केही मतलव राखेनन्। किनिक शासक वर्गमा हार स्वीकार गर्ने इच्छा नै हुँदैन। अरु कुरा भाडमा जाओस्।

    यसका लेखक हेज अमेरिकाका पत्रकार हुन् । उनी आफूलाइ समाजवादी र अराजकतावादी हुँ भन्छन्। 

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      क्रिस हेज

      क्रिस हेज

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.