Date
आइत, चैत्र १, २०८२
Sun, March 15, 2026
Sunday, March 15, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

जोन मेनार्ड किन्स: पूँजीवादका स्वप्नदर्शी र विनाशका शक्तिहिन उद्धारक

मार्क्सले अङ्गभङ्ग भइसकेको, अविवेकी पूँजीवादी व्यवस्थाको विरुद्ध क्रान्तिको आह्वान गरेका थिए भने किन्स भर्साइल सन्धीका नेताहरूको निन्दा गरेर र सन्धि संशोधनको लागि आह्वान गरेर सन्तुष्ट थिए। बर्कको जस्तै, किन्सले टार्न सकिने भनेको यो आफैमा क्रान्ति नै थियो।'

आदम बूथ आदम बूथ
अशोज ६, २०७९
- विमर्शका लागि, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    २००८ को दुर्घटना र कोरोनाभाइरस संकटले उदार अंग्रेजी अर्थशास्त्री जेएम किन्सको सिद्धान्तहरूप्रतिको चासो पुनर्जीवित गरेको छ। किन्सको जीवन र विचारलाई हेर्दा उनी मजदुर वर्गको साथी थिएनन् तथापी उनका सिद्धान्तहरुलाई पूँजीवादले पनि साथी बनाएन र हरसमय उनका सिद्धान्तहरुको विकल्प खोज्यो।

    “हामी अब सबै किन्सियन हौं!” राष्ट्रपति रिचर्ड निक्सनले सन् १९७१मा भनेका थिए। त्यसबेला उनको रिपब्लिकन सरकारले अमेरिकी अर्थतन्त्रलाई बचाउन राज्यको हस्तक्षेप गरेको थियो।

    बेरोजगारी र मुद्रास्फीति दुवै बढ्दै गएको थियो। यस्तो बेला के गर्ने भनेर, मुख्यधाराको आर्थिक मोडेलले केही भनेको थिएन। डलरको शक्ति र स्थिरताबारे प्रश्न उठिरहेको थियो। र दोस्रो विश्वयुद्धपछिको मूल्यबृद्धि र अमेरिकी साम्राज्यवादी वर्चस्वलाई सुदृढ गर्न सघाउ पुर्‍याएको ब्रेटन वुड्स प्रणाली नै पतनको संघारमा थियो।

    यथार्थमा, माथिको उद्धरण सम्भवतः अप्रमाणित हो। तैपनि, यसले एउटा सत्यलाई खुलासा गर्छ: त्यो संकटको बेला सबै धार र रंगका पूँजीवादी राजनीतिज्ञहरू पूँजीवादलाई उकास्न राज्यका सम्पूर्ण स्रोतहरू प्रयोग गर्न इच्छुक थिए।

    करीव चार दशक अति नै चाडो वित्यो– यो कथनको वैधता एक पटक फेरि उजागर भएको छ। सन् २००८ को ठूलो दुर्घटना भएको १३ वर्ष पछि, जब विश्वभरका सरकारहरूले हालैको वित्तीय बिस्फोटबाट बच्न बैंकहरूमा करदाताहरूको पैसा खन्याएका छन्, र यसरी कोरोनाभाइरसजन्य संकटसँगै इतिहास आफैं दोहोरिदैंछ।

    महामारीकाल भर विश्वव्यापी अर्थतन्त्रमा सबै राज्यहरुको जम्मा १६.५ ट्रिलियन डलर भन्दा बढी वितरण भयो। र संयुक्त राज्य अमेरिकामा, हालैमात्र राष्ट्रपति बाइडेनले ४.५ ट्रिलियन डलर खर्च गर्ने भनेका छन्। यो भन्दा अगाडि नै मार्चमा प्रोत्साहन प्याकेजको शीर्षकमा१.९ ट्रिलियन डलर स्वीकृत गरिएको थियो। यसभित्र ट्रम्प प्रशासनले घरपरिवारलाई चेकहरुबाट र व्यवसायहरूलाई आपतकालीन कोषबाट ट्रिलियन वितरण गरेको यसमा समावेश छैन।

    पूँजीवादलाई व्यवस्थित गर्न राज्यको कदम भनेको; यस व्यवस्थालाई बचाउन सरकारहरूले ऋण लिने र खर्च गर्ने हो: यही विरासतका लागि जन मेनार्ड किन्सलाई सधैं स्मरण गरिनेछ।

    र यो एक विरासत हो जसलाई समाजवादको वास्तविक मर्म र आह्वानलाई धेरै पहिला त्यागेका श्रमिक आन्दोलनका नेताहरूले अँगालेका छन्। तर उनीहरुले के बुझेका छैनन् भने हाम्रो बाटो किन्सियनवाद होइन समाजवादको हो।

    समाज रूपान्तरणको लागि लड्नुको सट्टा, सुधारवादी नेताहरूले पूँजीवादलाई टालटुल गर्ने प्रयासमा आफुलाई पराधिन बनाउँछन्। र, विडम्बनाको कुरा के हो भने, यो आजीवन र स्वघोषित उदार बुर्जुवा अर्थशास्त्रीको सिद्धान्तहरू मात्र हुन्। त्यसैले उदारवादी महिला र सज्जनहरूले किन्सलाई जायज ठहराउन निकै प्रयत्न गरेका हुन्।

    तर ती भलाद्मी अंग्रेज र उनका प्रस्तावहरू कहिल्यै लोकप्रिय थिएनन्– किन्सको भर्खरै प्रकाशित जीवनी ‘द प्राइस अफ पीस’ (The price of Peace) मा खुलस्त गरिएको छ। वास्तवमा, किन्सका प्रस्तावनालाई “चरम र गैरजिम्मेवार अभिव्यक्ति” ठान्ने शासक वर्गले उनलाई सधैंभरी बेवास्ता गरेको थियो।  

    यो अवस्थालाई किन्स आफैंले स्वीकार गर्न बाध्य भएका छन्। यस्तो बाध्यताबारे १९३१ मा उनको “एसेज अन पर्स्युएसन” को प्रस्तावनामा लेखेका छन्। उनी भन्छन्–  मेरा ‘व्यवहारिक’ सल्लाह र चेतावनीहरू सम्भ्रान्त वर्गहरूका लागि “समयमै घटनाक्रमलाई कहिल्यै प्रभाव पार्न नसक्ने क्यासान्ड्रा (कुनै अनिष्ट आउने भविष्यवाणी गर्ने केटी) को चिच्याहट बाहेक अरू केही भएन।”

    तथापी पूँजीवादका हरेक संकटपछि, किन्सका विचारहरू अर्थशास्त्रीहरू र राजनीतिज्ञहरूका बीचमा धेरै प्रचलित हुँदै गए।

    यी अर्थशास्त्रीहरुले मानव जातिले सामना गरिरहेका संकटहरूको समाधानका लागि उनका विचारहरु स्वीकारेका थिएनन्। वास्तवमा तिनीहरुले उनका विचारलाई किन्सियनवाद भनेर अध्ययनको विषयमात्र बनाएका थिए। तर पछि यो किन्सियनवाद नै भताभुङ्ग हुन लागेको पूँजीवादी प्रणालीलाई बचाउने कार्यक्रमका रुपमा पनि प्रस्तुत हुन थाल्यो।

    किन्स र उनको वर्ग स्वार्थ

    जोन मेनार्ड किन्स आफ्नो समय र अवस्थाका वास्तविक उत्पादन थिए। सन् १८८३ मा एक शिक्षित परिवारमा जन्मेका,  इटन र क्याम्ब्रिजमा दिक्षित, ‘मेनार्ड’ त्यसबेलाका उच्च अभिजात वर्गका सदस्य नै थिए।

    किन्स १९ औं शताब्दीको ‘स्वर्ण युग’ मा फर्किन चाहन्थे। साच्चै नै त्यस युगमा मजदुर वर्ग र औपनिवेशिक जनताको परिश्रममा उनी जस्ता ‘सभ्य’ सज्जनहरूले शान्तिपूर्ण अस्तित्व बाँचेका थिए।

    “ओहो! मनुष्यको आर्थिक प्रगति भइरहेको असाधारण प्रक्रियाको त्यो युग अगस्त १९१४ मा समाप्त भयो!”– किन्सले घोषणा गरेका छन्। उनले कहिल्यै पनि स्वीकारेनन् कि ‘साम्राज्यवादको बृद्धिको कालका कैयन विरोधाभासी घटनाक्रमहरूलाई वेवास्ता गर्दा त्यसका अन्तरविरोधहरुको समाधान गर्न नसक्दा  ‘पहिलो विश्व युद्ध’ भएको थियो।’  

    वास्तवमा, जीवनी लेखक ज़ाचरी डी. कार्टरले उल्लेख गरेका छन्–  किन्सको लेखनमा “१९ औं शताव्दीका औपनिवेशिक आक्रोशहरु चित्रित नगरिएको तर युद्ध हुनु अघिको राजनीति र तिनका समकालिन निवृत्त मित्रहरुको सुधो नोस्टालजीया पाइन्छ।”

    जीवनको उत्तरार्ध्दकालसम्म किन्स ‘आफ्नो देशले आफ्ना साम्राज्यको व्यवस्थापन गरिरहेका तरिकाहरुबाट विरक्त थिए, तर उनले विश्वलाई सत्य, स्वतन्त्रता र समृद्धिमा डोर्‍याउने बलियो राष्ट्र ग्रेट ब्रिटेनको आदर्शका लागि गरिने आफ्ना कार्यलाई कहिल्यै रोकेनन्’ – जीवनी लेखक कार्टर सविस्तार गर्छन्।

    किन्सको प्रगतिको उदारवादी अवधारणामा, त्यसबेलाका साधारण मानिसहरूको जीवनस्तरले मापन गर्न सकिने मापन सूचक थिएन। यसको मापन पूँजीवादी संस्कृतिको मात्रा र गुणस्तर; आफूजस्तै – समाजमा उच्च वर्गमा भएकाहरूलाई प्रदान गरिएको हैसियतबाट गरिएको थियो।

    वास्तवमा किन्सले श्रमजीवी वर्गलाई तिरस्कार गरेका थिए। उनका लागि, “जनताको कल्याण भनेको सुविधा हो जसले सम्भ्रान्त वर्गको सांस्कृतिक स्तर बढाउँछ,” किन्सको भनाइलाई कार्टरले स्पष्ट गरेका छन्–, “जबकि जनता आफैं एक खतरा हो जसलाई निरुत्साहित गर्नुपर्छ।” (हाम्रो जोड)

    र, कुनै शङ्का भएका भए त्यसमा स्पष्ट हुन १९२५ मा लेखेको “के म लिबरल हुँ?” शीर्षकको निबन्धले सहयोग गर्छ। त्यसमा उनले लेबर पार्टीको बढ्दो संगठन र मजदुर वर्गप्रति आफ्नो घृणालाई कुनै शङ्का नरहने गरी भनेका छन्:

    “[लेबर] एक वर्गको पार्टी हो, र त्यो वर्ग मेरो वर्ग होइन। यदि मैले कुनै क्षेत्रगत स्वार्थहरू पछ्याउनु पर्‍यो भने, म आफ्नै वर्गका पछि लाग्नेछु। जब वर्गसंघर्षको कुरा आउँछ, अरू सबैको जस्तै मेरो स्थानीय र व्यक्तिगत देशभक्ति मेरो आफ्नै परिवेशसँग जोडिएको हुन्छ। मलाई न्याय र असल भावना जस्तो लाग्ने कुराबाट म प्रभावित हुन सक्छु; तर वर्गसंघर्ष हुँदा म शिक्षित पूँजीपति वर्गको पक्षमा हुनेछु।” (हाम्रो जोड)

    किन्स मजदुर आन्दोलन र मजदुर वर्गका मित्र थिएनन् भनी देखाउन यो भनाइ नै पर्याप्त छन्।

    युद्ध र शान्तिमा किन्स

    क्याम्ब्रिजबाट स्नातक गरेपछि, किन्सले निजामती सेवा अन्तर्गत भारतमा क्लर्कका रुपमा खटिए तर अध्ययन पुरा गर्न पुनः क्याम्ब्रिज नै फर्किए। १९१४ मा विश्व युद्ध शुरुभएपछि उनलाई लण्डनमा झिकाइयो र युध्दले ल्याएको आर्थिक उथलपुथलको कारण सुनको मापदण्डको स्तर कायम गराउने जिम्मेवारी दिइयो।

    किन्स र ब्लुम्सबरीका विद्वानहरु सबै नामका शान्तिवादी थिए। यो कुराको पुष्टि किन्सका पछिल्ला दिनहरुले गर्दछ। उनले के गरे भने लन्डन शहर सुरक्षित भएपछि पनि, साम्राज्यवादी सैन्य प्रयासहरूलाई कसरी सहयोग पुर्‍याउने भनेर सरकारलाई सल्लाह दिँदै किन्सले युद्धका बाँकी वर्षहरू पनि वित्त तथा कोष विभागमा काम गरे।

    “यो उनको प्रतिबद्धता अति नै विवादास्पद भयो”– द प्राइस अफ पिसमा कार्टर लेख्छन्। “किन्सले युद्धका लागि पैसा उठाए तापनि उनले ब्रिटिश सेनाका जवानहरूलाई त्यसबाट वञ्चित गर्न खोजे। उनीले बेलायती राजनीतिज्ञहरूको राष्ट्रवादी अराजकतालाई घृणा गरे, तर उनी नै ती नेताहरूलाई साम्राज्यको भूभागका युद्ध जित्न मद्दत गरिरहेका थिए। वास्तवमा किन्स आफैंसँग युद्ध गरिरहेकाथिए”.

    यसै कामको पुरुस्कारस्वरुप, किन्सलाई पदोन्नति गरिएको थियो जसले पछि उनलाई विश्वव्यापी प्रसिद्धिका लागि सहयोग पुर्‍यायो। त्यही पदका कारण १९१९ को पेरिस शान्ति सम्मेलनमा वित्त तथा कोषका प्रतिनिधि भए। यही सम्मेलनलाई नै भर्साइलको सन्धि भनिन्छ।

    आधिकारिक छलफल गर्न र दस्तावेजहरू पढ्न सक्नेगरी किन्स त्यो सम्मेलनमा प्रत्यक्ष सहभागी भए। यसैका आधारमा, उनले The Economic Consequences of the Peace नामक पुस्तक लेख्न सके जसमा यो  सन्धि र यसका मुख्य नायकहरूको डरलाग्दो आलोचना गरेका छन्। यो त्यही सम्झौता भएको वर्ष नै प्रकाशित भयो र यसले धेरै प्रशंसा बटुल्यो।

    पुस्तक अन्तर्राष्ट्रिय बेस्टसेलर भयो। यसमा, किन्सले मित्र राष्ट्रका नेताहरूको निन्दा गरेका छन् – विशेष गरी फ्रान्सेली प्रधानमन्त्री क्लेमेन्साउको। जसले फ्रान्सेली, बेलायती र अमेरिकी साम्राज्यवादहरूको हितमा निष्ठुरतापूर्वक “जर्मनीलाई हरसम्भव रूपमा कमजोर र नष्ट गर्न” सम्झौताका शर्त राखेको विश्वास गरिन्छ।

    “युरोपको भविष्यबारे उनीहरूमा चिन्ता थिएन; यहाँका निवासीहरुको जीविकोपार्जनका साधनबारे चिन्ता थिएन”किन्सले लेखेका छन्। ‘तिनीहरूका राम्रा र नराम्रा पूर्वाग्रहहरु–  सीमा र राष्ट्रियतासँग सम्बन्धित, शक्तिको सन्तुलन राख्ने, साम्राज्यको उन्नति गर्ने, बलियो र खतरनाक शत्रुको भविष्यलाई कमजोर पार्ने, बदला लिन, र पराजित राष्ट्रहरुलाई असहनीय आर्थिक बोझहरु बोकाई आफ्नो क्षतिपूर्ति लिने कुरामा समानता थिए।’

    ब्रिटिश राजनीतिज्ञहरू पनि, फ्रान्सेलीहरू भन्दा कम दोषी थिएनन्,– किन्सको विश्वास थियो। उदाहरणका लागि उदारवादी प्रधानमन्त्री लोयड जर्जलाई कन्जरभेटिभहरूबाट घर फर्किन दबाब थियो। उनीहरु के भन्दै थिए भने “तिनीहरु [जर्मनी] चिच्याउन नसक्ने भएसम्म घाँटी थिची राख”।

    किन्सले लयड जर्ज, जर्जस क्लेमेन्साउ र तिनीहरूका अमेरिकी समकक्षी, राष्ट्रपति वुड्रो विल्सन सबै मिलेर जर्मनी र यसका जनतालाई विनाश गर्ने “कार्थागिनियन शान्ति” ल्याएको दाबी गरे। युद्ध सहयोगीहरूले मागेको क्षतिपूर्ति, स्पष्टरुपमा भुक्तान गर्न नसकिने छ। यस कारण, किन्सले भविष्यवाणी गरे कि यो सम्झौताले युरोपभरि थप शत्रुता र विरोधको मार्ग प्रशस्त गर्नेछ।

    किन्सको निराशावाद चाँडै नै प्रकट भयो। कङ्गाल र अस्तव्यस्त, वाइमर गणतन्त्रले आफ्नो ऋण फर्स्याउन पैसा छाप्न लाग्यो। यसले उच्च मुद्रास्फीति र भयानक गरीबी उत्पन्न भयो।

    यो बदलिएको परिवेशले,  क्रान्तिकारी संघर्ष बढायो र पराजित हुँदा फासीवादको उदयको मार्ग प्रशस्त भइसकेको थियो र नाजीवादको झण्डामुनि अझ उच्च स्तरमा जर्मन साम्राज्यवादी महत्वाकांक्षालाई पुन: उदय गरायो।

    किन्सलाई क्रान्तिको डर

    इतिहासमा उनले युरोपेली नेताहरूलाई गरेको आलोचना कम नै भएको छ। यसैगरी उनले लीग अफ नेसन्सलाई “यथास्थितिको पक्षमा बहस गर्ने एक अविचलित बहुभाषिक समाज” भनेर तीव्र आक्रमण गरेका छन्।

    तर यो संस्थापन विरोधी विवादास्पद अभिव्यक्ति थिएन जुन कुरालाई पछिका दिनमा अतिरञ्जित गरिएको हो। बरु, किन्सको यो पुस्तक उदारवादी ज्योतिषीले आफ्नो जीवनकालमा  प्रस्ताव गरेका अति सरल र आदर्शवादी चेतावनीहरूमध्ये पहिलो थियो। यो पुस्तक वास्तवमा सम्भावित विध्वंशलाई रोक्नका लागि सबै राजनीतिक सम्भ्रान्त वर्गका सामू हताश बिन्ति थियो।

    किन्स बोल्सेभिज्मको डर र पूँजीवादलाई यसैबाट बचाउनसकिने चाहनाले प्रेरित थिए: “मैले लेख्दा, रूसी बोल्सेभिज्मको ज्वाला यस घडिमा, आफैं जलेको जस्तो देखिन्छ। तर कसले भन्न सक्छ –यो कति सहनशील छ, वा आफ्नो दुर्भाग्यबाट बच्नको लागि मानिसहरूले कुन दिशामा लाग्नु पर्ने हो?”

    महत्त्वपूर्ण कुरा किन्सलाई जर्मनको जीवनस्तर गिरेकोमा चिन्तित बनाएको थिएन, तर यसले भडकाउने सम्भावित क्रान्तिकारी लहरसँग डर थियो।

    कार्टरले उनको जीवनीमा उल्लेख गरेझैं, किन्सले आफूलाई प्रबुद्ध मानिसको रूपमा प्रगति भएको हेर्न मन पराउँथे। तर घटनाहरूसम्बन्धित उनको दृष्टिकोण सधैं एडमन्ड बर्कको प्रतिक्रियावादी रूढिवादीताबाट गहिरो रूपमा प्रभावित थियो।

    यस कुराले,  उनलाई जहिलेपनि सुविधाप्राप्त वर्ग स्थिति र पृष्ठभूमिको रुपमा झल्काउँछ। उनको यो रुपलाई उनले कहिल्यैपनि पखाल्न सकेनन्। र, शासक वर्गलाई दिइने सबै सल्लाहहरूमा यसको प्रभाव देखिन्थे।

    किन्सका अन्तिम दिनहरुमा ‘किन्सले अस्तित्वमाथिको खतरा सामना गरिरहेको यथास्थितिलाई जोगाउने प्रयाशका लागि The Economic Consequences of the Peace मार्फत् कट्टरपन्थी प्रस्तावहरूलाई अघि सारेका थिए’ – कार्टरले ठिकै भनेका छन्।

    “किन्सले एक नविनतम दार्शनिक ककटेलको रचना गरेका थिए,” कार्टरले अझ स्पष्ट गर्छन्। “बुर्क जस्तै, उनी क्रान्ति र सामाजिक उथलपुथलसँग डराउँथे। कार्ल मार्क्सले जस्तै उनले पूँजीवादको क्षितिजमा ठूलो संकट मडारिरहेको परिकल्पना गर्थे। र लेनिनले जस्तै उनी पनि साम्राज्यवादी विश्व व्यवस्था अन्तिम सीमामा पुगेको विश्वास गर्थे।”

    “तर यी चिन्तकहरू मध्ये उनी भने यी संकटहरु समाधान गर्न सबैको थोरै सद्भावना र सहयोग आवश्यक छ भन्नेमा विश्वास गर्थे। उनले सन् १९१९ मा देखेको विपत्ति अर्थशास्त्र, पूँजीवाद वा मानवताको आधारभूत तर्कमा जोडिएको अपरिहार्य विषय थिएन। यो केवल राजनीतिक असफलता थियो, जसलाई सही नेतृत्वले पार लाउन सक्थ्यो।

    “मार्क्सले अङ्गभङ्ग भइसकेको, अविवेकी पूँजीवादी व्यवस्थाको विरुद्ध क्रान्तिको आह्वान गरेका थिए भने किन्स भर्साइल सन्धीका नेताहरूको निन्दा गरेर र सन्धि संशोधनको लागि आह्वान गरेर सन्तुष्ट थिए। बर्कको जस्तै, किन्सले टार्न सकिने भनेको यो आफैमा क्रान्ति नै थियो।”

    तर पछिल्ला वर्षहरूमा यस्तै परम्परा बनेपछि किन्सको अपील एक कानले सुन्ने अर्को कानले उडाउने जस्तै भयो।

    पूँजीपति वर्ग र तिनका राजनीतिक प्रतिनिधिहरूले ‘तर्कसंगत’ वा ‘सही’ के हो भन्ने आधारमा काम गर्दैनन्। यस कुरालाई उदारवादी चिन्तकले कहिल्यै बुझ्न वा स्वीकार गर्न सकेनन्। तिनीहरू विचारको शक्तिले होइन, नाफा र नाङ्गो साम्राज्यवादी स्वार्थको पछि लागेका हुन्छन्। र तिनीहरुलाई कुनै पनि सुस्पष्ट विचार वा स्पष्ट तर्कहरूबाट परिवर्तन गर्न सकिदैंन।

    छोटकरीमा भन्नुपर्दा, समाज ‘महान विचार’ भएका ‘महामानवहरू’ ले बनाएका होइनन्, तर जीवित शक्तिहरूको सङ्घर्षः आफ्ना भौतिक चाहना प्राप्त गर्न भएको विरोधी वर्गहरू बीचको संघर्षबाट बनेको हो।

    यो इतिहासको भौतिकवादी दृष्टिकोण हो, जसलाई मार्क्स र एङ्गेल्सले कम्युनिस्ट घोषणापत्रको सुरुवाती पङ्क्तिमा व्याख्या गरेका छन्: “अहिलेसम्म अस्तित्वमा रहेका सबै समाजहरुको इतिहास वर्ग-संघर्षको इतिहास हो।”

    तर किन्सको बारेमा एउटा धारणा पनि यस्तो पाइन्छ – उनी आफ्नो वर्गका आदर्शवादी उदारवादका एक प्रतीक हुँदाहुँदै पनि त्यो वर्गको हुनै सकेनन्। त्यो वर्गका लागि सेवा गर्ने पूँजीवादी व्यवस्था बचाउँन गरेको उनको प्रयाशलाई एक ‘केसण्ड्राको प्रलाप’ ठान्दै त्यही वर्गले निन्दा गरिरह्यो।

    साभारः In defense of Marxism मा प्रसारित Keynes: capitalism’s utopian and impotent oracle of doom को एक अंशको भावानुवाद।

     

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      आदम बूथ

      आदम बूथ

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.