Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
Wednesday, April 29, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भीष्म साहनीको ‘आज के अतीत’: एउटा ‘सामान्य’ जीवनकथा

उनको पूरै आत्मकथा सामान्य मानिसको जीवनको कथा होः जहाँ कमजोरी छन्, लगाव छन्, आशंका छन्, रोजी–रोटीको चिन्ता छ, सुख-दुःख छ। उनमा सृजनाको छटपटाहट अवश्य थियो, तर उनको जीवन स्वभाविक गतिमा प्रवाह भइरहेको थियो। आत्मकथामा कयौं मार्मिक प्रसंग पनि छन्, जस्तैः उनको बहिनीको निधनको विवरण, बलराजको निधनको विवरण र कति ठाउँमा शीलाको पारिवारिक चिन्ता। भीष्मले आफ्नो कमजोरीहरू ढाकेका छैनन्, न आफैंलाई महिमामण्डित गरेका छन्। यो आत्मकथा एक सामान्य मानिसको जीवन र सामान्य महत्वकांक्षाहरूको कहानी हो, जो आफू सिवाय थोरै अरुको लागि पनि सोच्छ। र, यो दुनियाँमा सबै आफ्नो जीवन राम्रोसँग जिउन सकुन् भन्ने चाहना राख्छ।

अजय चन्द्रवंशी अजय चन्द्रवंशी
माघ २०, २०७९
- विमर्शका लागि, साहित्य
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    बीसौं शतांब्दीका हिन्दी साहित्यकार भीष्म साहनीका कहानी, उपन्यास र नाटकमा तत्कालिन समय र समाजका विसंगति, विडम्बना र मानवतामाथि उनको दृढ विश्वास झल्किन्छ। ‘नयीं कहानी’ आन्दोलनताकाका कथाकारहरूमा उनको आफ्नो एक अलग पहिचान र शैली स्थापित भयो। उनका रचनाहरूमा एकखालको ‘सहजता’ हुन्छ, जहाँ ठूल्ठूला कुरा पनि कथामा घुलिन्छ र बिना अतिरिक्त प्रयास पाठकसम्म पुग्छ। यसखालको सहजता र सरलता उनको व्यक्तित्वमा पनि छ।

    यदि कसैको जीवनमा कुनै नाटकीय क्षण वा तीव्र विरोधाभाष छैन भने त्यस्तो जीवन धेरैलाई साधारण लाग्न सक्छ। अधिकांश मानिसको अवचेतनले कथामा एक तरिकाको रोमाञ्चकता र चमत्कार गर्ने खालको ‘हिरो’को खोजी गरिरहेको हुन्छ। यस्ता मानिसहरू भीष्म साहनीको जीवनी ‘आज में अतीत’ पढेर निराश हुन सक्छन्। यसमा सबैकुरा ‘सामान्य’ छ र ‘असाधारण’ केही पनि छैन।

    विभाजन समयको त्रासदी
    भीष्म साहनी ती रचनाकारहरू मध्ये एक हुन्, जसले भारत स्वतन्त्र हुनु अघि र पछि दुवै समयलाई देखेका थिए। स्वतन्त्रतापूर्वको औपनिवेशिक शासन, स्वतन्त्रता आन्दोलन, भविष्यको सपना, सामाजिक सद्भाव र पछि गएर भारत विभाजन तथा साम्प्रदायिक दंगालाई उनले नजिकबाट देखेका थिए। यसक्रममा आफ्ना अनुभूतिहरूलाई उनले आफ्नो रचनामा उतारेका छन्। एक संवेदनशील रचनाकारका लागि यो सबै स्वभाविक पनि हो।

    देशको विभाजन सम्भवतः उक्त समयको सबैभन्दा बढी त्रासदीपूर्ण घटना थियो। जसले गर्दा मानवीयता नै धर्मराएको थियो। लाखौं मानिस आफ्नो घरबारबाट बञ्चित भए, पलपल भड्किन बाध्य भए, अविश्वासको माहौल यतिसम्म बढ्यो कि अघिल्लो दिनसम्म साथै उठबस गरेका मानिस भोलिपल्ट एकअर्कासँग बिछोडिनु परेको थियो। यस अवस्थामा असमाजिक तत्व सतहमा देखिन्छ र अमानवीयताले नांगो नाच देखाउँछ। यसखालको त्रासदीले त्यस समयका रचनाकारहरूलाई उद्वेलित गर्‍यो र तिनले आफ्नो कलम चलाए। भीष्म साहनीले पनि आफ्ना धेरै रचनाहरूमा त्यस भयावह माहोलको चित्रण गरेका छन्, जसमा ‘अमृतसर आ गया’ र ‘तमस’ प्रमुख हुन्।

    ‘तमस’ विभाजन भन्दा ठीक अगाडिको समयमा देशमा घटित त्रासदीहरूको मार्मिक दस्तावेज हो। जहाँ साम्प्रदायिकताले कसरी मानवताको हरण गरिरहेको छ भनेर उल्लेख गरिएको छ। यो कृति साहनीको पहिचान जस्तै बन्न पुग्यो। आफ्नो आत्मकथामा उनले यसको रचना प्रक्रियाका बारेमा बताएका छन्।

    विभाजनको धेरै समयपछि सन् १९७२ मा मुम्बइ नजिकै भिवंडीमा साम्प्रदायिक दंगा भएको थियो। भीष्म साहनी आफ्नो दाइ बलराज साहनीका साथ त्यो ठाउँमा गएका थिए। दंगापछि उजाडिएका घर तथा गल्लीहरूको भयावह अवस्थाले उनको मन विचलित बनायो र यो बेचैनी ‘तमस’ को रुपमा आयो। यो कृतिमा उनले आफूले देखे भोगेको अनुभवहरूलाई अधिक उपयोग गरेका छन्। उनले एउटा कांग्रेस कार्यकर्ताको रुपमा भोगेका र विभाजनका दौरान देखेका अनुभवहरूलाई अलग– अलग पात्रहरू र घटनाहरूमार्फत समेटेका छन्।

    यसमा निराशाजनक अनुभवहरू मात्रै होइन, प्रेम, सौहार्द र भाइचारा पनि समावेश छ। यस कृतिमा यथार्थता र कल्पनाको मिलनलाई सार्थक ढंगले उतारिएको छ। साहनीले आफ्नो अन्य प्रमुख साहित्यहरूको रचना प्रक्रियामा यथार्थवादको बारेमा आफ्नो विचार राखेका छन्। उनका अनुसार रचनात्मक कृतिमा कल्पनाले यथार्थलाई कमजोर बनाउँदैन, बरु यो यथार्थताको प्रकटीकरणमा सहयक हुन्छ, र रचनाको विकासमा मद्दत गर्छ। उनले ‘रचनात्मक कल्पना’ तर्फ ईशारा गरेका छन्।

    सामान्य व्यक्तित्व
    भीष्मको जन्म सन् १९१५ मा रावपिंडी (हाल पाकिस्तान) मा भएको थियो। उनका पिताजी कपडाको व्यवसायी थिए। उनी आर्य समाजका अनुयायी थिए, त्यसकारण उनको घरमा एक परम्परागत हिन्दू माहौल थियो। भीष्म दुब्लो पातलो र सामान्य खालका थिए, उनी कुनै पनि दृष्टिबाट ‘प्रतिभाशाली’ थिएनन्। उनका दाइ बलराज साहनी (प्रसिद्ध अभिनेता) तुलनात्मक रुपमा बढी प्रतिभाशाली थिए। अक्सर मानिसहरू उनीसँग भीष्मको तुलना गर्ने गर्थे र यसबाट भीष्म निराश हुन्थे। यस विषयमा भीष्मले लेखेका पनि छन्, उनी बलराजको व्यक्तित्वमूनि दबिएको महशुस गर्थे। उनीभित्र एक हीनताबोध पैदा भएको थियो। उनी आफ्नो निर्णय लिन सक्दैन थिए। उनी अगाडि लेख्छन्, “यो श्रद्धाभाव मेरो स्वभावको यस्तो अंग बन्यो कि विस्तारै–विस्तारै हरेक व्यक्तिलाई आफूभन्दा ठूला, र स्वयम्‌लाई धेरै नगण्य र सानो सम्झिन थालेँ।” तर यो सबै अन्जानमै भइरहेको थियो। बलराज उनलाई धेरै माया गर्थे।

    – अजय चन्द्रवंशी

    भीष्म साहनीले कलेजको पढाइ लाहौरमा गरे। त्यहाँ उनले एक नयाँ परिवेश देखे, जहाँ अंग्रेज शैलीको छाप थियो र आधुनिक जीवनशैली देखिन्थ्यो। त्यहाँ उनको साहित्यिक अभिरुचि बढीरहेको थियो र उनी नाट्यमण्डलीहरूसँग जोडिन थालेका थिए। एम.ए. सम्मको पढाइ पश्चात उनी रावलपिंडी फर्किए। त्यहाँ उनका बुवाको व्यवसाय दाइ बलराजले हेरिरहेका थिए। तर बलराजभित्र पनि एक रचनात्मक छटपटाहट थियो, जसले उनलाई तानिरहेको थियो। अन्ततः उनी आफ्नो बाटो लागे।

    अब व्यवसायको जिम्मा भीष्ममाथि आइलाग्यो। यस जिम्मेवारीलाई उनले निर्वाह गर्ने कोशिस गरे, तर यो व्यवसायका लागि जस्तोखालको झुट, भ्रष्टाचार र निर्लज्जता आवश्यक थियो, यी सबै गर्न उनी सफल भएनन्। अर्को तर्फ उनीभित्र पनि रचनात्मक बेचैनी थियो, जसले उनलाई घच्घच्याइरहेको थियो। कयौं कटु अनुभवहरूपछि उनी त्यसबाट पार पाउन सफल भए। यस समय उनी ‘इप्टा’सँग जोडिएका थिए र रावलपिंडीका कलेजमा अध्यापनको काम मिलेपछि उनले केही राहत पाए।

    उनको विवाह सन् १९४४ शीलासँग भयो। यस सम्बन्धमा उनी लेख्छन्, “शीलासँग मेरो विवाह भयो। विवाह भन्दा पहिले हामीबीच कुनै रोमान्स, कुनै प्रेमालाप, कुनै चिठ्ठी पत्र, यस्ता केही पनि भएनन्… कारण, म केही ज्यादा नै संकोची स्वभावको थिएँ।” शीला र उनको दाम्पत्य जीवन उदाहरणीय छ, जहाँ प्रेम, सहयोग, समर्पण, त्यागले जीवनको संघर्षमा मद्दत गरेको हुन्छ।

    शीलाले कयौं पटक भीष्मको इच्छाका लागि आफ्ना इच्छाहरूसँग सम्झौता गरिन्। यसले गर्दा चित्रकला सिक्ने उनको इच्छा पूरा हुन पाएन। गृहस्थीमा सहयोगका लागि उनले आकाशवाणीमा उद्घोषकको नोकरी गरिन्। यसै दौरान भीष्म कांग्रेससँग जोडिए र वामपन्थको प्रभावमा पनि आए। यो भारत स्वतन्त्र हुनुभन्दा ठीक अगाडिको समय हो, जतिबेला साम्प्रदायिक तनाव लगातार बढिरहेको थियो, परस्पर अविश्वास बढिरहेको थियो, मुस्लिम बाहुल्य रहेको रावलपिंडीमा हिन्दु–शिख एक्लिएका थिए र मानिसहरू शहर छोड्न थालिरहेका थिए। विभाजनको समय शीला कश्मीरमा र भीष्म दिल्लीमा थिए, दाइ बलराज थिए। उनका पिताजी रावलपिंडीमा एक्लै थिए, उनी निकै कठिनताका साथ त्यहाँबाट उम्कन पाए। निस्किएको केहीबेरमै उनको घरको ताला तोडिएको खबर पछि थाहा भएको थियो।

    साहित्यिक यात्रा
    दिल्लीमा केही समय बिताएपछि भीष्म मुम्बइस्थित बलराजकहाँ पुगे। यस दौरान उनी इप्टा (Indian People’s Theatre Association (IPTA) )सँग लगातार जोडिरहेका थिए। उनले बंगालको भोकमरीलाई उल्लेख गरेका छन् भने इप्टाको जनवादी, साम्राज्यवाद पूँजीवाद विरोधी कार्यक्रमहरूको प्रशंसा गरेका छन्। सन् १९४७ पछि इप्टाको नीतिहरूमा आएको परिवर्तनको उनले आलोचना पनि गरेका छन्। मुम्बइमा रहेकै बेला उनले अम्बालामा अध्यापनको अवसर पाए। त्यहाँ पनि इप्टाको गतिविधिहरू चलिरह्यो, यसका अलावा उनले अध्यापकहरूको संगठनका लागि काम गरे। यस संगठनमा पनि उनले राम्रा तथा नराम्रा अनुभव संगाल्नु पर्‍यो। र अन्ततः यसैकारण उनको जागिर गयो।

    भीष्म साहनी पुनः दिल्ली फर्किएर त्यहाँ अध्यापन गर्न थाले। यस दौरान उनी दिल्लीका साहित्यिक वातावरणमा घुलमिल हुन थाले। करोलबागमा हरेक आइतबार साँझ लेखक बस्ने गर्थे र सबैले आ–आफ्नो रचनाहरू सुनाउँथे। उनी पनि यस बैठकमा जान थाले। त्यहाँ रामकुमार, निर्मल वर्मा, नरेश कुमार शाद, कृष्ण बलदेव, मनोहर श्याम जोशी जस्ता लेखकहरूसँग उनको भेट भयो। यसै दौरान उनको दोस्रो कहानी संग्रह ‘पहिलो पाठ’ १९५६ मा प्रकाशित भयो। उनको पहिलो कहानी संग्रह ‘भाग्यरेखा’ १९५३ मा प्रकाशित भएको थियो। यो ‘नयीं कहानी’ आन्दोलनको दौरानमा थियो, तर भीष्म यस प्रकारका कुनै आन्दोलनको जरुरत महशुस गर्दैन थिए। दिल्लीबाट केही समय शोधका लागि उनी बनारस गए, जहाँ उनलाई द्वेदी, नामवर, विश्वनाथ त्रिपाठीको सानिध्य मिल्यो।

    सोभियत रुसको समाजवाद
    सन् १९५७ देखि १९६३ सम्म उनले मस्कोस्थित विदेशी भाषा प्रकाशन गृहमा अनुवादकको रुपमा काम गरे। त्यहाँ उनले लगभग दुई दर्जन रुसी किताबको हिन्दीमा अनुवाद गरे। उनी जुन आकर्षणले त्यहाँ गएका थिए, त्यस अनुरुप रचनात्मक काम गर्न भने नपाएको उनको गुनासो थियो। यद्यपि उनले त्यहाँ रहँदा तत्कालिन समयमा महाशक्तिको रुपमा रहेको सोभियत संघको व्यवस्थालाई नजिकबाट देखेका थिए।

    उनी सोभियत संघको उपलब्धिहरूबाट अभिभूत हुन्छन्, र उनले मानिसमा रहेको असन्तुष्टिलाई पनि उल्लेख गरेका छन्। सोभियत संघको अन्ध विरोधीहरूले यस सम्बन्धी उनको विचार पढ्न जरुरी छ। शिक्षाको जिम्मेवारी, विज्ञानको उपलब्धि, रोजगार ग्यारेन्टी, निःशुल्क शिक्षा र समानता जस्ता उदाहरण उनले आत्मकथामा दिएका छन्। यो महत्वपूर्ण छ। यो व्यवस्था पछि गएर ‘असफल’ भयो, उनले यसको पनि कारण खोज्ने कोशिश गरेका छन्। उनका अनुसार एक त क्रान्ति गर्नेखालको पुस्ता दुई महायुद्धमा लगभग शहीद भए र अब त्यस्तै दृढता र त्याग नयाँ पीढींमा अपेक्षाकृत कम भइरहेको थियो।

    उनी लेख्छन्, “व्यवस्थाले जनहितका लागि धेरै गर्‍यो, तर व्यक्तिको पहलकदमीलाई प्रोत्साहित गरेन।” समाजवादी व्यवस्था बिग्रियो “तर यसबाट पूँजीवादी व्यवस्था आदर्श व्यवस्था हो भन्ने कुरा सावित हुँदैन। न अब दुनियाँ यसै पूँजीवादी व्यवस्थालाई अन्तिम सत्य मानेर यसलाई स्वीकार गर्छ… मानिस फेरि एक न्यायसंगत व्यवस्थाको सपना देख्न थाल्छ।”

    सोभियत संघबाट फर्किएर उनी दिल्लीमा स्थायी रुपमा बस्न थाले र अध्यापन गर्न थाले। साहित्यिक वातावरणमा ‘नयीं कहानी’ आन्दोलन चलिरहेको थियो। लगभग साढे दुई वर्ष उनले ‘नयीं कहानियाँ’ पत्रिकाको सम्पादन पनि गरे। यसपछि भीष्मले आत्मकथामा आफ्नो चर्चित कृतिहरू ‘तमस’, ‘मय्यादास की माडी’, ‘हानूश’ ‘माधवी’ र ‘कबीरा खडा बाजार में’ का रचना प्रक्रिया र त्यसका पृष्ठभूमिहरूलाई संगाल्दै गए। जसबाट यी कृतिहरूको बारेमा एक नयाँ दृष्टि र जानकारी प्राप्त हुन्छ।

    मार्क्सवादी प्रभाव
    उनी एफ्रोएशियाली लेखक संघ र प्रगतिशील लेखक संघमा आफ्ना अनुभवहरू पनि उल्लेख गर्छन्। एफ्रोएसियाली लेखक संघमा रहेर उनले तेस्रो विश्वका कयौं देशहरूको यात्रा गर्नुका साधै त्यहाँका संघर्षहरूलाई देखे। प्रगतिशील लेखक संघमा उनी धेरै समयसम्म पदाधिकारी पनि रहे। प्रलेस मार्क्सवाद विचारधाराबाट प्रभावित संस्था हो, यसकारण यस संस्थालाई पार्टीको निर्देशनअनुसार काम गरेको आरोप पनि लाग्ने गर्छ। तर भीष्मजीले यो आरोप राजनीतिबाट प्रेरित छ भन्ने कुरा प्रष्ट्याइदिए।

    मार्क्सवाद समाजोन्मुखता र वैज्ञानिकतामा जोड दिन्छ, जसबाट लेखक त्यसप्रति आकृष्ट हुन्छः उ स्वयम् यसकारण आकर्षित हुन्छ। उनले लेखेका छन् कि उनको कार्यकालमा कहिले पनि उनीमाथि के लेख्ने र के नलेख्ने भन्ने विषयलाई लिएर पार्टीको दबाब भएन। मार्क्सवादमा आस्था राख्दै पनि उनी भन्छन् “रचनामा कथाको स्वभाविक विकास होस्, कृति आफैं बोलोस, त्यसमाथि कुनै पनि आरोपित नहोस्, त्यसबाट जीवनको सच्चाई झल्कियोस्।” वैचारिक रुपले पनि उनी मानवतावादी मूल्यहरूमा जोड दिन्छन्, र सर्व-धर्म समभावको वकालत गर्छन्। उनी धर्मको कर्मकाण्डी पक्षलाई छोडेर उसको मानवतावादी मूल्यहरूलाई अपनाउने कुरा गर्छन्।

    यसरी उनको पूरै आत्मकथा सामान्य मानिसको जीवनको कथा होः जहाँ कमजोरी छन्, लगाव छन्, आशंका छन्, रोजी–रोटीको चिन्ता छ, सुख-दुःख छ। उनमा सृजनाको छटपटाहट अवश्य थियो, तर उनको जीवन स्वभाविक गतिमा प्रवाह भइरहेको थियो। आत्मकथामा कयौं मार्मिक प्रसंग पनि छन्, जस्तैः उनको बहिनीको निधनको विवरण, दाजु बलराजको निधनको विवरण र कति ठाउँमा शीलाको पारिवारिक चिन्ता। भीष्मले आफ्नो कमजोरीहरू ढाकेका छैनन्, न आफैंलाई महिमामण्डित गरेका छन्। यो आत्मकथा एक सामान्य मानिसको जीवन र सामान्य महत्वकांक्षाहरूको कहानी हो, जो आफू सिवाय थोरै अरुको लागि पनि सोच्छ। र, यो दुनियाँमा सबै आफ्नो जीवन राम्रोसँग जिउन सकुन् भन्ने चाहना राख्छ।

    (भीष्म साहनीको आत्मकथा ‘आज के अतीत’ माथि लेखक अजय चन्द्रवंशीको टिप्पणीको अनुवाद)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      अजय चन्द्रवंशी

      अजय चन्द्रवंशी

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.