Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशन विशेष: अखिलको अबको बाटो

आजको युगमा समाजवादी आन्दोलन शान्तिपूर्ण संघर्षमा आधारित बहुदलीय प्रतिस्पर्धाबाट हुन्छ भनेका छौँ। तर शान्तिपूर्ण संघर्षमा आधारित समाजवादी आन्दोलन कसरी सम्पन्न हुन्छ भन्ने प्रक्रियागत र साङ्गोपाङ्गो उत्तर दिन नसक्दा शान्तिपूर्ण संघर्ष चुनावदेखि चुनावसम्मको खेल मात्र बनेको छ।

मधुसुधन भुसाल मधुसुधन भुसाल
माघ २८, २०७९
- विचार, विमर्शका लागि, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    हामीले हाम्रो सँगठन अनेरास्ववियुलाई विद्यार्थी आन्दोलनको अगुवा नेता भन्ने गरेका छौ । विभिन्न अवसरमा विद्यार्थी साथीहरुले हामीलाई त्यस रुपमा अनुमोदन गर्नुभएको पनि छ । इतिहासका विभिन्न मोडहरुमा हामीले लोकतन्त्र, राष्ट्रियता, समावेशीता, राष्ट्रिय अखण्डता, सार्वभौमिकता र विद्यार्थी केन्द्रित शैक्षिक ऐजेण्डाका पक्षमा गरेका आन्दोलन र अभियान प्रति हामीलाई ठुलो गौरव छ । हाम्रो त्यो इतिहासको बलले मात्र होइन, सत्यका पक्षमा हरदम रहने हाम्रो इमान्दार पक्षधरता र भोलीको भविष्यको दुरदर्शिताका कारण पनि हामीलाई यसका लागि योग्य ठानिएको हो ।

    बि. स. २००४ जेठ १५ गते देखि संस्कृत पाठशालाका विद्यार्थीहरुको नेतृत्वमा जयंतु संस्कृतम आन्दोलनको सन्चालन भयो । उनीहरुको मुख्य माग शैक्षिक अधिकार र सुधार सङ्ग सम्बन्धित थियो। २००७ सालमा अखिल नेपाल बिधार्थी फेडेरेशन (अनेविफे) र  २०१३ सालमा नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेशन (नेराविफे) स्थापना भए । २०१७ साल पौषमा राजा महेन्द्रको ‘कु’ र राजनीतिक पार्टिहरु माथीको प्रतिबन्धसँगै लागु भएको निरंकुश निर्दलीय पञ्चायती व्यवस्थाका कारण विद्यार्थी आन्दोलनको  मुख्य कार्यभार नागरिकको राजनितीक अधिकारको लडाई लड्नु भयो । २०२१ बैशाखमा सम्पन्न अन्तरकलेज बिधार्थी सम्मेलनको सफलताको जगबाट वि. स. २०२२ जेठ १ गते अनेरास्ववियुको स्थापना भयो। अनेरास्ववियु कम्युनिष्ट बैचारिकिसँग नजिक भएपछि २०२७ सालमा नेवि सङ्घको स्थापना भयो । २०२९ सालमा पन्चायत सरकारद्वारा बिधार्थी संगठनमाथि प्रतिबन्ध लगाईयो। विद्यार्थी आन्दोलनले ‘राजनीतिक अधिकार’ को माग सँगसँगै राष्ट्रियता, जनजीविका र सामाजिक न्यायको लँडाईसमेत लड्न थाल्यो। त्यसमा अनेरास्ववियुले नेतृत्वदायी भुमिका निर्वाह गर्यो। त्यसैको जगमा २०४६ सालको आन्दोलन सम्पन्न भयो । राजाले जनतालाई प्रजा नै देख्न चाहाने प्रवृतिको अन्त्य २०६२/६३ को जनआन्दोलनसँगै सम्भव भयो । यसमा पनि विद्यार्थी सङ्गठनले नै पहलकदमी लिए । गणतन्त्रको स्थापना सङ्गै विद्यार्थी सङ्गठन जुन राजनीतिक दलहरु सँग जोडिएका थिए उनीहरु सत्ताको बागडोर समाल्ने ठाउँमा पुगे। सत्ता राजतन्त्रको औपचारिक बिदाइ, लोकतान्त्रिक गणतन्त्रको स्थापना र समाजवाद उन्मुख संविधानको निर्माण भएपश्चात् नेपाली विद्यार्थी आन्दोलनको एउटा कालखण्ड समाप्त भएको छ। आन्दोलनको नयाँ बाटो कोर्ने मोडमा उभिएको विद्यार्थी आन्दोलन आज को सङ्ग लड्ने, कसरि लड्ने र हाम्रो अभियान कुन रुपमा अगाडि बढाउने भन्ने मै अन्योलमा अगाडी बढिरहेको छ।

    द्वन्द्वात्मक भौतिकवाद अनुसार प्रकृतिको कुनै पनि क्षेत्रमा स्थिरता/ गतिहीनता छैन। वस्तु, घटना र प्रक्रिया गतिशील र परिवर्तनशील छन्। कुनै पनि चिज/ विषयवस्तुको परिभाषा पनि उक्त गतिशील समय सङ्गै बदलिदै जान्छन्। यहि प्रकृया अनुरुप हाम्रो समाज, प्रकृति र मानव-मानवबीच हुने सम्बन्धहरुमा पनि ठुलो फेरबदल आएको छ । सम्बन्धहरु झन् झन् जटिल बन्दै गएका छन् । शक्ति सम्बन्धमा व्यापक फेरबदल आएको छ । श्रम, स्वामित्व, शोषणका रुप, माध्यम र सम्बन्धहरु मा व्यापक परिवर्तन आएको छ । नेपालमा पनि सङ्घिय समावेशी लोकतान्त्रिक गणतन्त्रको स्थापना सँगै मानिसका अधिकार र आधारभूत आवश्यकताको ग्यारेन्टी संविधानले गरेको छ। सामाजिक-आर्थिक अवस्थाहरु जस्ता हुन्छन् आन्दोलनका स्वरुप र बाटाहरु पनि त्यस्तै हुन्छन् । अन्यथा सँगठनहरु समाज (समाजको आवश्यकता) बाट बिस्तारै अलग्गिदै जान्छन् र बिल्कुल प्राविधिक र असान्दर्भिक बन्दै जान्छन् । आजको हाम्रो चुनौती र अवसर दुबै यहि नै हो । यस कारण पनि हाम्रो आन्दोलनलाई जोगाइराख्न र सान्दर्भिक बनाइराख्न यी परिवर्तनहरुको सैद्धान्तिकरण गरेर नयाँ युगको नयाँ चुनौती समाधान गर्ने खालको सँगठन बनाउनु र त्यो समग्र आन्दोलन (समाजवादी आन्दोलन) मा हाम्रो भुमीका कहाँ हुने भन्नेबारे प्रष्ट हुनु आवश्यक हुन्छ ।

    समाज कति गतिशिल हुन्छ र हिजोका परिवर्तनका लागी खेलेको भुमिकाकै भरमा त्यस्को ब्याज खाएर आजको राजनीति चल्दैन भन्ने कुरा माओवादी पार्टिको संघिय चुनावमा देखिएको बहिर्गमनले पुष्टि गरिसकेको छ । चुनावमा विचार, सिद्धान्त र सङ्गठित आन्दोलन नै नभएका स्वतन्त्र नामधारीहरुको पक्षमा देखिएको आमजनताको असन्तुष्टि स्ववियु चुनाबमा पनि बिष्फोटक रुपमा प्रस्तुत नहोला भन्न सकिन्न ।

    यो २३औ राष्ट्रिय महाधिवेशन इतिहासको यस्तो सङ्गिन मोडमा सम्पन्न हुदैछ जहाँ कि त हामीले विद्यार्थी आन्दोलनलाई साँच्चिकै अर्थमा नयाँ बाटो दिन्छौ या त आन्दोलन मर्छ वा बाचेँ पनि असान्दर्भिक बन्दै बिल्कुल प्राविधिक रुपमा मात्र बाँच्छ।

    हामीले एकता तर्फ हामी आफैले (जनताले) समाजवाद उन्मुख संविधान बनाए पछि सात वर्षमा दोस्रो पटक अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन गर्दैछौ भने अर्का तर्फ जनताका डेलिभरि र सुशासनका पक्षका मागलाई पपुलिज्मले दिग्भ्रमित गर्ने खतरा बढेको छ । एकातर्फ सुचना क्रान्ति र एआईको तिब्र बिकासका कारण मानविय सम्बन्धहरुका बिचमा व्यापक परिवर्तन भईरहेको छ भने अर्कातर्फ हामीले आन्दोलनका प्राविधिक सुधारका बाटा बाहेक आन्दोलनको बाटो सम्बन्धि खास खास सैद्धान्तिक पक्षमा विमर्श गर्न छाडेका छौ। त्यसैले हाम्रो यो २३औ राष्ट्रिय महाधिवेशन इतिहासको यस्तो सङ्गिन मोडमा सम्पन्न हुदैछ जहाँ कि त हामीले विद्यार्थी आन्दोलनलाई साँच्चिकै अर्थमा नयाँ बाटो दिन्छौ या त आन्दोलन मर्छ वा बाचेँ पनि असान्दर्भिक बन्दै बिल्कुल प्राविधिक रुपमा मात्र बाँच्छ।

    यी र यस्ता विषयमा (जस्ले आजको शैक्षिक मुद्दाको खास प्रतिनिधित्वको बहसको सुरुवात हुन्छ) महाधिवेशन पश्चात निर्वाचित हुने अखिलका कमिटिमा वृहत छलफलहरु हुनुपर्दछ । यस्तो छलफल हुने अखिलको निर्माण गर्नु आम प्रतिनिधीहरुको दायित्व हो र प्रतिनीधीहरुको हातमा छ । यो लेख लेख्नुको उद्देश्य पनि त्यस्तो अखिलको निर्माण गर्नु र अनेरास्ववियु प्रति नयाँ पुस्ताको आश, विश्वास र भरोसालाई  जोगाईराख्नु हो ।  त्यो रुपान्तरण र रुपान्तरणको छलफलको सुरुवात र  पहलका रुपमा यहाँ केहि विषयको उठानको प्रयत्न भएको छ ।

    १. बदलिएको विश्व परिस्थिति
    ब्रिटिस अर्थशास्त्री एङ्गस म्याडिसनको तथ्याङ्क लाई आधार मानेर हेर्दा इसाको पहिलो शताब्दीमा भारतीय उपमहाद्वीप र चीनको विश्व कूल गार्हस्थ उत्पादनमा ५७ प्रतिशत योगदान थियो । अठारौं शताब्दीसम्म पनि एसियाली देशहरु चीन र भारत सबैभन्दा धनी देश थिए । प्रथम औद्योगिक क्रान्ति (१७५०-१८४०)  पश्चात एसिया पछाडि धकेलिन सुरु गर्यो । दोस्रो औद्योगिक क्रान्ति (१८७०-१९१४) पश्चात विश्व शक्ति संरचनामा व्यापक परिवर्तन आयो। मेकानिकल र एनालग इलेक्ट्रोनिक टेक्नोलोजी डिजिटल इलेक्ट्रोनिक्समा सरेसँगै सन् १९५० को दशकबाट तेस्रो औद्योगिक क्रान्ति भन्न थालियो। ए.आई. क्रान्तिलाई चौथो औद्योगिक क्रान्ति भनिएको छ।

    डिजिटल प्रविधिमा आधारित सूचना तथा सञ्चार प्रविधि क्रान्ति (आईसिटि क्रान्ति)का कारण मानिसका आर्थिक सम्बन्ध (लगानी, रोजगारी, विनिमय) नयाँ आयाममा विकास भएका छन्। यसले विश्व अर्थतन्त्रलाई मात्र नभएर समाज र संस्कृतिलाई समेत गहिरो प्रभाव पारेको छ। उपभोक्तावाद चरम उत्कर्षमा पुग्दै छ। सुचनाको केन्द्रिकरण सङ्गै सूचनाले पुँजीको जस्तो रुप ग्रहण गरेको छ। कर्पोरेटतन्त्र, डाटा र सर्भेलेन्स पुँजीवादको नयाँ आयाम थपिएको छ । सूचना र डाटाको एकछत्र पहुँचका कारण राज्यको नियन्त्रणको कुरा ठुलो निगमको नियन्त्रण तर्फ ढल्किदै गएको छ । अल्गारिदम अनुरुप चल्ने सञ्जालका कारण मानिस एकपाखे बन्ने डर बढ्दै छ । यसको प्रयोगबाट मानिसलाई इलेक्ट्रोनिक्स डिभाईसबाटै अरु कसैले नियन्त्रण र सन्चालन गर्ने सम्भावना बढेको छ‌।  निजी डाटालाई नाफाको उद्देश्यले वस्तुका रूपमा रणनीतिका लागि किनबेच गर्न सकिने भएको छ । सत्तापलटका लागी भौतिक हस्तछेप आवश्यक नै नपर्ने भएको छ । क्रिप्टोकरेन्सि जस्ता “ब्लक चेन” प्रविधिमा आधारित डिजिटल मुद्राले नोट र सिक्का विस्थापित गर्ने अनुमान चल्दै छन् । स्वामित्वको स्वरुपमा व्यापक परिवर्तन आएको छ, शोषणका रुप हरु र सम्बन्धहरु बदलिएका छन्, बदिलिदै छन्।  एकातिर हाम्रा छिमेकि राष्ट्रहरु चीन र भारत आगामी दशकहरूमा विश्वको प्रमुख अर्थतन्त्र बन्ने र संयुक्त राज्य अमेरिका र पश्चिमी युरोपको प्रमुखता घट्ने प्रक्षेपण भईरहेका छन् भने अर्कातिर कृत्रिम बुद्धि (एआई) टेक्नोलोजी को तिब्र विकास भैरहेको छ।  एल मस्क हरुको ‘ओपन एआई’को ‘च्याट जिपिट’ बजारमा समाचारको मुख्य विषय बनेको छ। यसले बजारमा ‘असान्दर्भिक मजदुर’ हरुको संख्या ह्वातै बढ्ने छ । बदलिदो विश्व परिस्थितिको केन्द्र भागमा रहनु हाम्रा लागी ठुलो सम्भावना र ठुलो चुनौती दुबै हो।

    २‍. समाजवादी आन्दोलनको अङ्गका रुपमा अखिल
    अहिले समाजवादी आन्दोलनमा मुलतः दुईवटा प्रवृति देखिन्छन्- संकल्पवादी र स्वस्फूर्ततावादी । संकल्पवादीहरुले हिजोका समाजवादी क्रान्तिका इतिहासहरु पढेका छन् । उनीहरू त्यी सत्ता गुम्नुमा कि पुँजीवादको षड्यन्त्र भन्छन् कि नेतृत्वमा भएको व्यक्ति पुँजीवादको गुलाम भएको दोष दिदै कमिकमजोरीको छलफलबाट सजिलै पन्छिन्छन् । उनीहरु पुँजीवादको स्वरुपमा फरक आयो भन्छन् तर आन्दोलनका स्वरुपहरुबारे हलचल हुदैनन्। सत्ता बन्दुकको नालबाट आउछ भन्छन् तर कम्युनिष्ट क्रान्ति त्यसरी सम्पन्न भएका सबै समाज एक वा अर्को तरिकाले सामन्तवाद, औपनिवेशिक शोषण र निरपेक्ष अतिरिक्त मूल्यको शोषणमा आधारित समाज नै थिए भन्ने कुरालाई नजरअन्दाज गर्छन् । अर्काथरी सामाजिक क्रान्ति आर्थिक नियमहरु द्वारा स्वत: हुदै जान्छ भन्छन् । एकातर्फ समाजवाद पनि भनिरहन्छन्, अर्कातिर सामाजिक क्रान्तिलाई आर्थिक नियमहरुद्वारा शासित बनाइदिएपछि उसको भुमिका राज्यले कर बढाउने र घटाउनेमा सिमित गरिदिए पुग्ने भयो।

    आजको युगमा समाजवादी आन्दोलन शान्तिपूर्ण संघर्षमा आधारित बहुदलीय प्रतिस्पर्धाबाट हुन्छ भनेका छौँ। तर शान्तिपूर्ण संघर्षमा आधारित समाजवादी आन्दोलन कसरी सम्पन्न हुन्छ भन्ने प्रक्रियागत र साङ्गोपाङ्गो उत्तर दिन नसक्दा शान्तिपूर्ण संघर्ष चुनावदेखि चुनावसम्मको खेल मात्र बनेको छ।

    सङ्कल्पवादी र स्वस्फूर्ततावादी यी दुबैभन्दा अगाडि बढेर हामीले आजको युगमा समाजवादी आन्दोलन शान्तिपूर्ण संघर्षमा आधारित बहुदलीय प्रतिस्पर्धाबाट हुन्छ भनेका छौँ। तर शान्तिपूर्ण संघर्षमा आधारित समाजवादी आन्दोलन कसरी सम्पन्न हुन्छ भन्ने प्रक्रियागत र साङ्गोपाङ्गो उत्तर दिन नसक्दा शान्तिपूर्ण संघर्ष चुनावदेखि चुनावसम्मको खेल मात्र बनेको छ।

    हामीले माथिल्लो शिर्षकमा बदलिएको विश्व परिस्थिति बारे छलफल गरिसकेका छौ। सामन्तवाद विघटन भैसकेको छ, औपनिवेशिक शासनको अन्त्य भैसकेको छ र पुँजीवाद निरपेक्षबाट सापेक्ष अतिरिक्त मूल्यको शोषणमा आधारित छ । बदलिएको विश्व परिस्थिति र समाजवाद उन्मुख संविधान निर्माण सङ्गै राजनीतिक अधिकार स्थापना चक्र सस्थागत रुपमै पुरा गरे सँगै विद्यार्थी आन्दोलनका स्वरुप र कार्यभारहरुको व्यापक रुपान्तरणको आवश्यकताको मोडमा हामी उभिएका छौ । हिजोका राजनीतिक, सामाजिक परिवर्तनहरुमा सो अवस्था अनुकुलका संगठन, संरचना र आन्दोलनका स्वरुप भएकै कारण विद्यार्थी आन्दोलन माथी यस्ता प्रश्न उठेका थिएनन्।

    आज विद्यार्थी राजनीति नै आवश्यक छ कि छैन भन्ने कोण बाट पनि प्रश्न उठ्न थालेका छन्। विद्यार्थी राजनीति चाहिन्छ भन्ने कुरामा सहमत हुनेहरु पनि विद्यार्थी राजनीति पार्टी राजनीतिबाट अलग हुनुपर्ने बहसमा छन्। विद्यार्थी राजनीतिलाई नै रोक्नु भनेको राजनीतिको चाबी सत्ताको हातमा सुम्पिनु हो भने पार्टि राजनीतिबाट अलग गर्नु भनेको विद्यार्थी राजनितीलाई विचारबाट अलग गरेर यही व्यवस्थाका पक्षमा यही व्यवस्थाका सामान्य समस्या टालटुल पार्ने र थामथुम पार्ने हदसम्म मात्र आन्दोलनलाई विकास गर्न पाउछौं भन्नु हो। अर्कातर्फ, विद्यार्थी युनियनहरु आफुलाई सत्ताका विपक्षी भन्न पनि रुचाउछन् अर्कातर्फ हेर्दा पार्टि हरुका प्रचार विभाग जस्ता मात्र देखिन्छन् । पार्टि राजनीतिसँगको सम्बन्ध, सिमा र दायित्व बारे स्पष्ट नहुदा यस्तो समस्या आईपुग्छ।

    उत्पादन सम्बन्ध र उत्पादक शक्तिको अन्तरविरोध समाजको विचारधारात्मक तहमा प्रतिबिम्बित हुने हुनाले शान्तिपूर्ण संघर्षको बाटोको सबैभन्दा महत्वपुर्ण पक्ष मानिसलाई त्यस अन्तरविरोधका बारेमा सचेत बनाउदै श्रमिक वर्गका हितहरुलाई वृहत हितका रुपमा विस्तार गर्दै आर्थिक, राजनितीक, बौद्धिक र नैतिक क्षेत्रमा विचारधारात्मक वर्चस्व (सामाजिक वर्चस्व) कायम गर्दै जानु हो।  समाजवादी आन्दोलनको अङ्गका रुपमा विद्यार्थी युनियनको भुमिका आम जनतालाई विचारधारात्मक रुपले सचेत पार्नु र विचारलाई भौतिक शक्तिमा रुपान्तरण गर्नु हुनेछ । विचारधारात्मक वर्चस्वसँगै नितिगत र व्यवहारिक परिवर्तनका लागि विद्यार्थी युनियन समाजवादी विश्वदृष्टिकोण सहितका विज्ञ अर्थशास्त्री, समाजशास्त्री, लेखक, प्रगतिशील साहित्यकारहरुको ज्ञानभूमि बन्नुपर्ने छ । छोटकरीमा भन्नुपर्दा आगामी भविष्यलाई दिशानिर्देश गर्ने अभियानका साथसाथै ज्ञान उत्पादनको केन्द्र बन्नुपर्ने छ ।

     ३. संगठनको सुदृढीकरण
    यदि विचार / सिद्धान्तलाई मानिसको मस्तिष्क मान्ने हो भने सँगठन त्यस्को रक्तसञ्चार प्रणाली हो। रक्तसञ्चार प्रणालीले मस्तिष्कमा अक्सिजन ल्याउछ र हार्मोनहरु चलाउँछ। मस्तिष्क (स्नायु प्रणाली) ले इलेक्ट्रोकेमिकल संकेतहरु पठाएपछि रक्तसञ्चार प्रणालीले रगत चलाउँछ। एउटा शरिरले राम्रो सँग काम गर्न यी दुइटा प्रणालीको अन्तरक्रिया आवश्यक परे जस्तै एउटा सँगठन प्रभावकारी बन्न त्यसका बिचार/ सिद्धान्त र सँगठनका संरचनाबीच त्यस्तै संगतीपूर्ण अन्तर्क्रिया आवश्यक पर्दछ जसले सिद्धान्तलाई व्यवहारमा उतार्ने र व्यवहारको मुल्याङ्कनद्वारा सिद्धान्तमा परिमार्जन ल्याउने निरन्तर प्रकृया अगाडि बढाउने छ।

    संगठन सुदृढीकरणको पहिलो सर्त हो संरचनात्मक विभेदको अन्त्य गर्नु । असमान हैसियतका ढाचाहरुले सँगठनलाई आदेश पालकहरु भर्ती गर्ने ठाउँ जस्तो मात्र बनाउछ, सिर्जनशिलता मर्छ, सङ्गठन बिल्कुल प्राविधिक बन्छ। समानताको उदेश्य बोकेर हिडेका स‌ंगठनहरु बढि भन्दा बढि समानतामा आधारित हुनुपर्दछ ।

    संरचनात्मक पक्षमा जोड दिएर बनाइएका सँगठनमा सदस्यहरुको मुख्य ध्यान माथिल्लो निकायमा कसरी पुग्ने भन्ने हुन्छ । विचार निर्माणमा पनि संरचना हावी हुन्छ । त्यसैले विचार निर्माण र निर्णय प्रकृयामा प्रत्यक्ष रुपले सबै सदस्य संलग्न हुन सक्ने संरचना बनाउनु संगठन सुदृढीकरणको दोस्रो सर्त हो ।

    अब प्रश्न उठ्न सक्छ: के त्यस्तो संरचना बनाउन सम्भव छ? – सम्भव छ । सूचना क्रान्ति पुर्वका सङ्गठनमा सुचना र निर्देशन प्रसारणको जटिलताका कारण त्यस्ता केन्द्रियतात्मक संरचना आवश्यक परे । सुचना क्रान्ति पश्चात सूचनाको पहुचँ र सूचना प्रसारणको प्रणालीकै आधारमा नेता बनिरहने र पार्टि टिकिरहने आधार अहिले छैन । सूचना क्रान्तिले ती सम्बन्धहरु मा फेरबदल ल्याएको छ । केन्द्रियतात्मक संरचना हिजोको सोभियत देखि चिनसम्म समस्याको विषय थियो, यस्को बिकल्प आवश्यक छ र आज त्यो सम्भव पनि छ ।

    सँगठन सुदृढिकरणको तेस्रो सर्त हो पछिल्ला क्रान्ति / परिवर्तन अनुरुपको संगठन बनाउनु । हामीले संघिय गणतन्त्रात्मक राज्य बनाएका छौ र आफैले संविधान निर्माण पनि गरेका छौ । हिजो राजनितीक अधिकार र राजनितीक स्वतन्त्रता लागि सडक आन्दोलन गर्न मास मोबिलाईजेसन गर्न अनुकुल हुने गरि निर्माण गरिएका संरचनालाई सिर्जनात्मक अभ्यास अनुकुल बनाउनु हाम्रो मुख्य चुनौति हो । सुचना क्रान्तिका सिमितता र खतराबाट बच्दै सुचना र प्रविधिको माध्यमबाट धेरै भन्दा धेरै जमातमाझ आफु र आफ‌्ना त्यी एजेण्डालाई प्रसारण गर्नु पनि यस अन्तर्गत पर्दछ ।

    नेपालको संविधानले शिक्षा सम्बन्धी हकलाई मौलिक हकको रुपमा स्विकार गरेको छ भने आधारभुत तहको शिक्षालाई अनिवार्य र निःशुल्क एवम् माध्यमिक तहको शिक्षालाई नि:शुल्क घोषणा गरेको छ । तर सार्वजनिक शिक्षा र निजी शिक्षा बिचको खाडल गहिरदिदै जादा शिक्षामा भएको विभेद पनि झाङ्गिदै गएको छ ।

    ४. शैक्षिक मुद्दाका विषयमा अखिल
    नेपालको संविधानले शिक्षा सम्बन्धी हकलाई मौलिक हकको रुपमा स्विकार गरेको छ भने आधारभुत तहको शिक्षालाई अनिवार्य र निःशुल्क एवम् माध्यमिक तहको शिक्षालाई निशुल्क घोषणा गरेको छ । तर सार्वजनिक शिक्षा र निजी शिक्षा बिचको खाडल गहिरदिदै जादा शिक्षामा भएको विभेद पनि झाङ्गिदै गएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय शिक्षा आयोग  एवम् विभिन्न अनुसन्धानहरुले शिक्षा सुधारका प्रतिवेदन, योजना, सोचपत्र, सुत्रहरु अगाडि नसारेका पनि होईनन् । शिक्षा सुधारका उनीहरुका बुँदालाई संक्षिप्तमा यसरी उल्लेख गर्न सकिन्छ:  शिक्षाको दुरदृष्टि र दीर्घकालीन रणनीति अनुरुप लक्ष्य र उपलब्धी किटान गर्ने, परम्परागत ज्ञान सिपको प्रवर्द्धन गर्दै रोजगारीमुलक र उद्यमशीलता विकास गर्ने शैक्षिक प्रणालीको विकास गर्ने, समयानुकुल पाठ्यक्रम परिमार्जन गर्ने, शिक्षालाई विकास रणनीतिको प्रमुख हिस्साको रुपमा अघि सार्ने, शैक्षिक बजेट न्युनतम २० प्रतिशत ग्यारेन्टी गर्ने, शैक्षिक बजेट तलब र भत्तामा मात्र सिमित नगर्ने, राष्ट्रिय शिक्षा नीतिलाई कार्यान्वयन गर्ने, सामाजिक परिक्षणमा आधारित अनुगमन प्रणालीको निर्माण गर्ने, विद्यालय व्यवस्थापन प्रकृयामा परिमार्जन गर्ने, ऐन नियमावली र नीति नियमहरुको प्रभावकारी कार्यान्वयन गर्ने, राष्ट्रिय, प्रादेशिक र स्थानीय श्रम बजारको आवश्यकता एवम् प्रथामिकताका आधारमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममा व्यापक सहभागिताको वातावरण सिर्जना गर्ने,  हरेक प्रदेशमा एउटा – एउटा विश्वविद्यालय, मेडिकल कलेज, पोलिटेक्निक इन्स्टिच्युट र शिक्षण तालीम केन्द्र स्थापना गर्ने, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममा पिछडिएका वर्ग, क्षेत्र र समुदायलाई समेट्न विशेष सहुलियत दिने, शिक्षामा भएको विभेद हटाउने, मल्टिग्रेड मल्टिलेभल (बहुकक्षा शिक्षण) कार्यक्रम ल्याउने, विश्वविद्यालय लाई अनुसन्धान र नवप्रवर्तनको केन्द्र बनाउने, शिक्षकको क्षमता अभिवृद्धि गर्ने, पेसाको ग्यारेन्टी गर्ने, परिवार चलाउन पुग्ने तलब–सुविधाको ग्यारेन्टी गर्ने, शिक्षण पेसालाई इज्जत र आकर्षणको पेशा बनाउने, सार्वजनिक शैक्षिक संस्थाको भौतिक र मानव पूर्वाधारको विकास र पुनर्संरचना गर्ने, प्रशासनिक संरचना र व्यवस्थापनलाई चुस्त, व्यवस्थित र जनमैत्री बनाउने, सिकाईलाई प्रयोगात्मक र शिक्षालाई व्यवहारिक बनाउने, सङ्घ, प्रदेश र स्थानीय स्तरमा अनलाइनमा आधारित एकिकृत शैक्षिक सुचना व्यवस्थापन प्रणालीको सुदृढीकरण गर्ने,  तिनै तहको सरकारबाट संचालन हुने शैक्षिक क्रियाकलापहरु बिच आपसी समन्वय गर्ने, विद्यार्थी मैत्री वातावरण निर्माण गर्ने, सरकारी ढुकुटीबाट तलब खाने सबै कर्मचारीले अनिवार्य रूपमा आफ्ना सन्तानलाई सरकारी विद्यालयमा पढाउनुपर्ने बाध्यकारी नियमको लागू गर्ने, विद्यार्थी भर्ना संख्याका अधारमा नभई सिकाइका आधारमा विद्यालयको उपलब्धि मापन गर्ने, शैक्षिक क्यालेन्डर कार्यान्वयन गराउने, उच्च शिक्षा पहुँच अभिवृद्धिका लागि खुला विश्वविद्यालय र दुर शिक्षा प्रणालीको संस्थागत विकास गर्ने, उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरुलाई अनिवार्य रुपमा स्वयंसेवकका रुपमा परिचालन गर्ने, सिक्दै कमाउदै कार्यक्रम लागु गर्ने, शैक्षिक प्रमाणपत्र धितो राखी सहुलियतपूर्ण ऋण उपलब्ध गराउने आदि।

    एकातर्फ यी मुद्दाहरुलाई उठाएर हामीले सम्बन्धित निकायलाई जवाफदेही र उत्तरदायी बनाउनु पर्ने छ भने अर्को तर्फ यी कार्यान्वयनमा जान नसक्नुका बहुआयामिक पक्षमाथी गम्भिर संलेश्षण गर्नु पर्ने छ । स्वम् हाम्रो सङ्गठन प्रत्यक्ष रुपमा त्यो समग्र रुपान्तरणको प्रकृयाको ऐजेन्टका रुपमा सहभागी हुनुपर्ने छ । विद्यार्थी आन्दोलनको अङ्गका रुपमा हामीले गरेका अधिकांश आन्दोलन पहिलो पक्ष सङ्ग सम्बन्धित छन् । त्यसलाई थप प्रभावकारी बनाउदै हामीले हाम्रो आन्दोलनलाई दोस्रो पक्षबाट अगाडि बढाउदै हस्तक्षेपि भुमिका निर्वाह गर्नुपर्ने छ । शिक्षा सुधारका नाममा सरकार, विद्यार्थी, शिक्षक वा अभिभावक एउटा पक्षमाथी प्रश्न र दबाब सिर्जना गर्दैमा खास अर्थको शैक्षिक रुपान्तरणको प्रकृया अगाडि बढ्ने छैन । यी घटकहरुलाई समग्र रुपमा आन्दोलित गर्ने र गतिशिल बनाउने जिम्मा विद्यार्थी सङ्गठनको हुनेछ। यी घटकहरुलाई एक अर्काबिच रहेको स्पेसलाई परिपुर्ति गर्ने, अन्तरक्रियामा जोड्ने र समाधानको बाटो आपसि छलफलका आधारमा खोज्नका लागि एक अर्थमा भन्दा विद्यार्थी सङ्गठनले चालक शक्तिको भुमिका निर्वाह गर्ने छ। स्ववियुलाई त्यस रुपान्तरणको उदाहरणका रुपमा पेश गर्दै झन् विश्वाशिलो जनाधार निर्माणका लागि उपयोग गर्न सकिन्छ ।

    विद्यालय र विश्वविद्यालयका पाठ्यक्रमहरु हाम्रो समाज, हाम्रो समाज बिकासको चरण, हाम्रा समाजका विविधता, हाम्रा समाजमा रहेका संरचनात्मक विभेद, हाम्रा मौलिकता, हाम्रा सम्भावना र हाम्रा आवश्यकता सम्बोधन गर्ने खालका छैनन् । पाठ्यक्रममा हुने परिवर्तनहरुले यी कुरालाई सम्बोधन गरुन् भन्नका लागी अखिललाई अरुको मुख हेरेर बस्ने छुट छैन । यसका लागि विद्यार्थी सङ्गठन स्वयम् ज्ञान उत्पादनको केन्द्र बन्नु पर्ने छ । संरचनात्मक पक्षमा जोड दिएर बनाइएका संरचनालाई रुपान्तरण गर्न सके यो सम्भव छ । यसरी विद्यार्थी सङ्गठन शैक्षिक क्षेत्रको मात्र होईन समग्र सामाजिक आन्दोलनको नेतृत्वकर्ताका रुपमा स्थापित हुनेछ ।

    निश्कर्ष
    हामी आफै सोचौ यो महाधिवेशनमा पदाधिकारीको तयारी गरिरहेकाहरु मध्य कतिले राष्ट्रिय शिक्षा नितीको अध्ययन गरेका छन्, कतिलाई शिक्षाको सोचपत्र २०७९ बारे जानकारी छ, कतिले शिक्षा ऐन र शिक्षा नियमावलीमा रहेका नितिगत समस्या बारे लेखेका छन् । आजको युगमा शिक्षा र संगठन सुधारका लागि पाँच बुदा के हुन सक्छ भनेर च्याट जिपिटिलाई सोध्यो भने उसैले एक, दुई, तिन, चार, पाँच भनेर देखाईदिईहाल्छ । तिनै बुदा फेसबुकमा राखेर बौद्धिक कहलिने प्रवृत्ति बढेको छ। कुनै बेला विद्यार्थीलाई संगठित गर्ने, समग्र विद्यार्थी आन्दोलनलाई नै विचार र ऐजेण्डा दिने अनेरास्ववियु भुत्ते भएको छ। विचार र सुधारको वकालत गर्नेहरुमा पनि त्यो सिर्जनशिलता र नविनता भेटिदैन ।

    यो लेखलाई निश्कर्षमा प्रस्तुत गरेर हेर्दा अबको अखिल बदलिदो विश्व परिस्थिति बारे सबैभन्दा अपडेटेड रहनुपर्ने छ। बदलिदो विश्व परिस्थिति सङ्गै फेरबदल हुने सामाजिक सम्बन्ध र शोषणका स्वरुपबारे जानकार रहनु पर्नेछ । २०७२ को संविधानपछि निर्माण भएको अर्को चक्र अनुसारको विचार, सिद्धान्त, कार्यक्रम, सिर्जनशिलता र नविनताले भरिनु पर्नेछ।  सामाजवादी आन्दोलनका अङ्गका रुपमा समाजवादी विचारधारको विचारधारात्मक वर्चस्व कायम गर्ने कार्यभार बोक्नु पर्नेछ। संगठनको सुदृढीकरण लागि संरचनात्मक पक्षलाई जोड दिएर बनाईएका संरचनालाई बिस्तारै विचारधारात्मक पक्षमा जोड दिएर संरचना निर्माण गर्नु पर्नेछ। शैक्षिक ऐजेण्डाका विषयमा शिक्षा प्रणाली भित्रका विभिन्न घटकहरुबीच अन्तरक्रिया गर्ने, जोड्ने, सकरात्मक पहलकदमी लिने चालक शक्ति बन्नुपर्नेछ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      मधुसुधन भुसाल

      मधुसुधन भुसाल

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.