Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

दुई सयभन्दा धेरै प्रसिद्ध अर्थशास्त्रीको पत्रः विश्वमा असाधारण आर्थिक असमानता छ

सन् २०१९ र २०२० मा दोस्रो विश्वयुद्ध यताकै सबैभन्दा बढी वैश्विक असमानता बढेको छ । विश्वका सबैभन्दा धनी १० प्रतिशतले विश्वको आयको ५२ प्रतिशत हिस्सा कब्जा गरेका छन् भने सबैभन्दा गरीब विश्वको आधा जनसंख्याले कुल आयको ८.५ प्रतिशत हिस्सा मात्र प्राप्त गरेका छन्। अर्बौं मानिसले बढ्दो खाद्यन्नको बढ्दो र उच्च मूल्यका साथै भोकमरीको पनि सामना गरिरहनु परेको छ । अर्कोतिर, पछिल्लो दशकमा अर्बपतिहरूको संख्या दोब्बर भएको छ।

नेपाल रिडर्स नेपाल रिडर्स
साउन ५, २०८०
- अर्थतन्त्र, विमर्शका लागि, सिफारिस
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    विश्व प्रसिद्ध २ सयभन्दा धेरै अर्थशास्त्रीहरूले संयुक्त राष्ट्र संघ र विश्व बैंकलाई पत्र लेख्दै बढ्दो असमानता कम गर्न तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन्।

    विश्वमा धनी र गरीबबीचको बढ्दो खाडललाई घटाउन नसके गरिबी र जलवायु परिवर्तनको जोखिम अझै डरलाग्दो हुने भन्दै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र विश्व बैंकका अध्यक्ष अजय बंगालाई पत्र पठाइएको हो। पत्रमा जोसेफ स्टिग्लिज, थोमस पिकेटी, जयती घोष लगायतका अर्थशास्त्रीले हस्ताक्षर गरेका छन् । उनीहरूलाई साथ दिँदै संयुक्त राष्ट्र संघका पूर्वमहासचिव वान कि मुन, न्युजिल्याण्डका पूर्वप्रधानमन्त्री हेलेन क्लार्क लगायतले पनि हस्ताक्षर गरेका छन्। ६७ देशका २ सय भन्दा धेरै अर्थशास्त्रीहरू हस्ताक्षर गरेको पत्रमा दोस्रो विश्वयुद्धयता तीव्र रुपमा बढेको वैश्विक असमानतालाई पछाडि फर्काउन तत्काल प्रभावकारी कदम चाल्न आह्वान गरिएको छ।

    अर्थशास्त्रीहरूले राष्ट्र संघ र विश्व बैंकलाई लेखेको पत्रः

    प्रीय एन्टोनियो गुटरेस, महासचिव, संयुक्त राष्ट्र संघ
    र, प्रीय अजय बंगा, अध्यक्ष, विश्व बैंक

    चरम असमानता कम गर्न काम गरिरहेका विश्वभरका अर्थशास्त्रीहरूका तर्फबाट संयुक्त रूपमा हामी यो पत्र लेख्दै छौं। यो पत्रमार्फत हामी संयुक्त राष्ट्र संघको दिगो विकासका लक्ष्यहरू (एसडीजी) र विश्व बैंकका नयाँ राणनीतिक लक्ष्य र सूचकहरूको सुनिश्चिता गर्नका लागि चरम असमानतालाई कम गर्दै लैजाने प्रयासलाई दोब्बर बनाउन आग्रह गर्न चाहन्छौं।

    हामी असाधारण आर्थिक असमानताको समयमा छौं । यो शताब्दीको पहिलो २५ वर्षमा चरम गरिबी र चरम सम्पन्नताको अत्याधिक र निरन्तर वृद्धि एकसाथ देखिएको छ। सन् २०१९ र २०२० मा दोस्रो विश्वयुद्ध यताकै सबैभन्दा बढी वैश्विक असमानता बढेको छ । विश्वका सबैभन्दा धनी १० प्रतिशतले विश्वको आयको ५२ प्रतिशत हिस्सा कब्जा गरेका छन् भने सबैभन्दा गरीब विश्वको आधा जनसंख्याले कुल आयको ८.५ प्रतिशत हिस्सा मात्र प्राप्त गरेका छन्। अर्बौं मानिसले बढ्दो खाद्यन्नको बढ्दो र उच्च मूल्यका साथै भोकमरीको पनि सामना गरिरहनु परेको छ । अर्कोतिर, पछिल्लो दशकमा अर्बपतिहरूको संख्या दोब्बर भएको छ।

    उच्च असमानताले हामीले तय गरेका सामाजिक तथा वातावरणीय लक्ष्यहरूलाई संकटमा पार्छ भन्ने हामीलाई थाहा छ । सन् २००६ को विश्व विकास प्रतिवेदनका साथै अरु धेरै अध्ययनहरूले हामीले अहिले सामना गरिरहेजस्तो उच्च असमानताले समाजमा विनाशकारी प्रभाव पार्छ भन्ने देखाएका छन। यसले हाम्रो राजनीतिलाई खराब पारिदिन्छ, विश्वासलाई नष्ट गर्छ,  सबैका लागि हुने आर्थिक समृद्धिलाई सुस्त बनाउँछ र बहुपक्षीय सहकार्यलाई कमजोर पार्छ। असमानतालाई तीब्र रुपमा नघटाए गरिबी निराकरण र जलवायु परिवर्तन सामना गर्ने दुई लक्ष्यहरू द्वन्द्वमा फस्छन्।

    सन् २०१५ मा विश्वका सबै सरकारहरूले असामानता न्युनिकरणका लागि दिगो विकासका लक्ष्यहरू (एसडीजी १०) तयार पारेर इतिहास रचेका थिए। तर, त्यसपछि कोभिड-१९ महामारी हुँदै अहिले ‘कस्ट अफ लिभिङ क्राइसिस’ का कारण असमानता अत्यन्तै खराब अवस्थामा पुगेको छ । दिगो विकासका लक्ष्यहरूलाई व्यापक रुपमा बेवास्ता गरिएको छ । त्यस्तै अर्को दुःखलाग्दो कुरा विश्व बैंकको साझा समृद्धिको उद्देश्यमा आधारित मुख्य दिगो विकास लक्ष्यले असमानताको प्रमुख पाटोलाई पर्याप्त रुपमा मापन वा निगरानी गर्न सकेको छैन । विश्व बैंकको साझा समृद्धिमा सकारात्मक उपलब्धि देखिएका पाँचमध्ये एक देशमा उस्तै गरी असमानता पनि बृद्धि भइरहेको पाल्मा अनुपात जस्ता अन्य मापकले देखाएको घरधुरी सर्भेक्षणबाट प्राप्त प्रमाणहरूले पुष्टि गरेका छन् । यसमा मंगोलिया, चिली र भियतनामजस्ता देशहरू पनि पर्दछन्।

    यसपालीको ग्रीष्म यस्तो चरम असमानताको गहिरो विभाजनको समाधान गर्न हामी लागि परेका छौं भन्ने सन्देश दिन महत्वपूर्ण मौका बनेको छ । यसका साथै हामी विश्वभरका मानिससमक्ष उनीहरूको सेवाका लागि स्थापना भएका संस्थाहरू चरम असमानताको संकट हल गर्न गम्भीर छन् भन्ने सन्देश पनि पुर्‍याउन सक्छौं।

    हामीले हाम्रो वर्तमान लक्ष्यहरूलाई अझै मजबुत बनाउनुपर्छ। सम्पत्ति र आम्दानी दुवैको असमानतालाई निगरानी गर्नसक्ने सूचकहरूमार्फत मुलुकहरूबीचको र एकै मुलुकभित्रको बढ्दो असमानता अध्ययन गर्दै यो ग्रीष्ममा हामीले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यभित्रका उद्देश्य र मेट्रिक्सलाई अझ प्रभावकारी बनाउने सम्झौता गर्नका लागि कदम चाल्नु आवश्यक छ। विश्व बैंकले आफ्नो साझा समृद्धिको लक्ष्यको समीक्षा गरिरहेको भन्ने थाहा पाउँदा हामी खुशी छौं। विश्व बैंकको नयाँ नेतृत्वसामू आय र सम्पत्ति वितरणको यो पूर्णश्रृंखला मूल्यांकन गर्नका लागि ठूलो अवसर छ।

    सबैभन्दा धनीहरूको आम्दानीको सटीक अनुमान लगाउने जस्ता विषयमा भएको प्रगतिले असमानतासम्बन्धि तथ्यांक धेरै सहज भएको छ । जसले नीति परिवर्तनबाट हुने प्रभावको स्पष्ट विश्लेषणमा आधारित भएर नीति निर्माण गर्नका लागि नयाँ पुस्तालाई सहयोग गर्छ। उच्चस्तरको असमानता मूल्यांकनलाई सक्षम बनाउनका लागि प्रत्येक सरकारले यी प्रगति र सुधारहरूलाई व्यवस्थित बनाउन र अगाडि बढाउन जरुरी छ। यसबाट नै भविष्यमा हाम्रो अर्थव्यवस्थालाई शुन्य कार्बन नीतितर्फ रुपान्तरणका लागि व्यापक राजनीतिक समझदारी बनाउन सकिन्छ।

    लक्ष्य महत्वपुर्ण हुन्छ,  नेतृत्व महत्वपूर्ण हुन्छ। विश्व बैंक र राष्ट्र संघ दिगो विकासका लक्ष्यहरू असमानता कम गर्नका लागि विशिष्ट रुपले खडा गरिएका छन्, जुन आजको विभाजित विश्वलाई तत्काल आवश्यक छ। हामी बलियो लक्ष्य प्राप्ति र सम्पत्ति तथा आयका साथै राष्ट्रिय आयमा ज्यालाको हिस्साका अझै राम्रो बनाउने यो अवसरलाई सदुपयोग गर्न अनुरोध गर्न चाहन्छौं। साथै, दिगो विकास लक्ष्य कुनै छुट्टै लक्ष्यका रूपमा होइन। त्यसैले, सबै आर्थिक, वित्तिय र सामाजिक नीतिहरूको मूल्यांकन दिगो विकास लक्ष्य प्राप्तिमा पर्ने प्रभावका आधारमा गरिनुपर्छ। यति गर्नसके समानतासहितको विश्व निर्माणमा हाम्रो सामुहिक महत्वकांक्षा प्रतिविम्बित हुने थियो।

    पत्रका केही हस्ताक्षरकर्ताहरु:
    १. जोसेप स्टिग्लिज, प्रोफेसर, कोलम्बिया युनिभर्सिटी
    २. जयती घोस, प्रोफेसर, युनिभर्सिटी अफ मासाच्युसेट्स
    ३. थोमस पिकेटी, प्रोफेसर
    ४. वान कि मुन, पूर्व महासचिव, संयुक्त राष्ट्र  संघ
    ५. बर्टी अहन, पूर्वप्रधानमन्त्री, आयरल्याण्ड
    ६. बोरिस ट्याडिक,  पूर्व राष्ट्रपति, सर्विया
    ७. जुमार्ट ओटोबाएभ, पूर्वप्रधानमन्त्री किर्गिस्थान
    ८. जाद्रान्का कोसोर, पूर्वप्रधानमन्त्री, क्रोएशिया,
    …………

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.