Date
आइत, अशोज १९, २०८२
Sun, October 5, 2025
Sunday, October 5, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

बढ्दो तापक्रमले निम्त्याइरहेको हिमाली बाढीको खतरा

यी बाढीले हिमाली क्षेत्रबाट बगेर आउने नदीको किनारामा रहेका बस्ती-बजार र शहरहरू खतरामा रहेको सङ्केत गरेका छन्। यसका लागि सरकारले दीर्घकालिन र अल्पकालिन उपाय खोजि गरेर तत्काल काम सुरू नगरे यस्तो विपत्ती प्रत्येक वर्ष अझ खतरनाक रूपमा दोहोरिने देखिन्छ।

रोहेज खतिवडा रोहेज खतिवडा
भदौ ११, २०८०
- पर्यावरण, विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पछिल्ला वर्षहरूमा हिमाली नदीमा बाढी आउने घटना दोहोरिइरहेका छन्। गत साता कालीगण्डकीमा मिसिएको कागखोलामा आएको बाढीले मुस्ताङको कागबेनीमा विनाशलीला मच्चायो। दुई वर्ष अगाडि मेलम्ची नदीमा आएको बाढीले १५ जनाको ज्यान लियो भने अर्बौंको सम्पत्ति नष्ट गर्‍यो। त्यसैवर्ष, मनाङको मर्स्याङ्दी नदीमा आएको बाढीले पनि ठूलो क्षति निम्त्यायो।

    हिमाली नदीमा बाढी आउने क्रम हिमालय क्षेत्रमा पर्ने भारत, पाकिस्तान र अफगानिस्तानमा पनि उस्तै छ। बिबिसीको समाचारमा उल्लेख भए अनुसार पाकिस्तानको हिमाली क्षेत्रमा गत मनसुनमा आएका १ सय २० वटा बाढीले ठूलो वितण्डा मच्चाएको थियो। भारतको हिमाली क्षेत्रमा पनि वर्षेनी यस्ता बाढीहरू आइरहेका छन्। सन् २०१३ मा भारतको केदारनाथमा आएको बाढीले ठूलो वितण्डा मच्चाएको थियो। यो वर्ष तीन दिनमा आएको बाढीका कारण भारतको उत्तराखण्डमा मात्रै ६ हजार जनाको मृत्यु भएको थियो ।

    यी घटनाहरूले हिमालयको दक्षिणी पाटोमा रहेका नदीहरूमा बाढी आउने क्रम लगातार बढिरहेको देखाउँछन्। यी हिमाली नदीहरूमा बाढी आउने क्रम किन बढिरहेको छ त?

    संक्षेपमा यसको जवाफ हो- पृथ्वीको बढ्दो तापक्रम।

    पृथ्वीको बढ्दो तापक्रमले कसरी नदीमा बाढी ल्याउँछ त? यो प्रश्नको जवाफका लागि हामीले केही तथ्यहरू हेर्नुपर्छ।

    हिमालय पर्वत शृङ्खला असाध्यै संवेदनशील भूबनोट भएको क्षेत्र हो। हिमालय पृथ्वीको सबैभन्दा कान्छो पर्वत शृङ्खला हो। साढे चार अरब वर्षको पृथ्वीको इतिहासमा हिमालय पर्वत बनेको जम्मा चार वा पाँच करोड वर्ष हुँदैछ। पाँच करोड वर्षअघिसम्म यो भूभाग समुद्रमा थियो। बिस्तारै माथितिर सरिरहेको भारतीय भूखण्ड र युरेसियन भूखण्डबीच दबाव बढेपछि यहाँ पर्वत शृङ्खला उत्पन्न भएको थियो। त्यसैले, यो पर्वत शृङ्खला राम्रोसँग स्थिर भइसकेको छैन। अझ, समय-समयमा आउने ठूला-ठूला भूकम्पले यसमा हलचल सिर्जना गरिरहन्छन् र यसलाई राम्रोसँग स्थिर हुन दिँदैनन्। यो पाँच करोड वर्षजतिको इतिहासमा हिमालय क्षेत्रमा सधैं ठूलाठूला पहिरो, हिमपहिरो, बाढीजस्ता घटनाहरू देखिइरहेका छन्। यसलाई पृथ्वीको तापक्रम वृद्धिले अझ संवेदनशील बनाएको छ।

    २०१३ मा भारतको केदारनाथमा आएको बाढी।

    हामी सबैलाई थाहा भएकै कुरा हो, पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ, जसलाई ‘ग्लोबल वार्मिङ’ भनिन्छ। वैज्ञानिकहरू पृथ्वीको तापक्रम अस्वभाविक रूपमा बढ्नुमा गाडी र कलकारखानामा अत्यधिक मात्रामा खनिज तेलको प्रयोग लगायतका मानवीय गतिविधिहरू जिम्मेवार ठहर्‍याउँछन्। ग्लोबल वार्मिङ, अहिले हामीले भन्ने गरेको विकास वा समृद्धिको ‘बाइप्रोडक्ट’ हो।

    ‘ग्लोबल वार्मिङ’मा संसारको तापक्रम कसरी बढिरहेको छ भन्ने विषयमा प्रशस्तै सामग्री पाइन्छन्। त्यसैले, यहाँ ती तथ्यांकतिर नजाऔं। यहाँ ‘ग्लोबल वार्मिङ’ र हिमालय बिचको सम्बन्ध केलाउँ। हिउँ, चिसो तापक्रममा पानी जमेर बन्ने हो। पानीले ठोस स्वरुप पाएर हिउँ वा बरफ बन्न शुन्य डिग्री भन्दा कम तापक्रम हुनुपर्छ। यही कुरा हिमपातमा पनि लागु हुन्छ।

    जब जमिन र त्यसमाथिको हावाको तापक्रम शुन्य डिग्री सेल्सियस भन्दा माथि जान्छ, हिउँ पग्लिन थाल्छ। हिउँ भएको ठाउँमा तापक्रम शुन्य डिग्रीबाट माथि जान थालेपछि हिउँ पग्लिन थाल्छ। पछिल्ला वर्षहरूमा ‘ग्लोबल वार्मिङ’का कारण संसारभर बरफ तिब्र रूपमा पग्लिरहेको सामाचार आइरहेका छन्। खासगरी आइसल्याण्ड र उत्तरी ध्रुवको बरफ तिब्र गतिमा पग्लिरहेको छ भने अन्टार्क्टिका महाद्विपको हिउँ पनि पग्लिरहेको छ।

    ग्लोबल वार्मिङका कारण संसारभर बरफ तिब्र रूपमा गतिमा पग्लिरहेको छ। अन्टार्क्टिका महाद्विपको हिउँ पनि पग्लिरहेको छ।

    पृथ्वीको तेस्रो ध्रुव मानिने हिमालय क्षेत्र यसबाट अछुतो छैन। यहाँ पनि अत्यन्तै तिब्र गतिमा हिउँ पग्लिरहेको छ। विभिन्न अध्ययनहरूले हिमालय क्षेत्रमा तापक्रम बढ्ने दर पृथ्वीका अन्य क्षेत्रमा भन्दा धेरै रहेको देखाएका छन्। पछिल्लो ३० वर्षको औसत हेर्ने हो भने हिमालको दक्षिणतिर नेपालभित्र पर्ने क्षेत्रमा करिब शुन्य दशमलव ६ डिग्री सेल्सियस तापक्रम बढेको छ भने उत्तरतिर तिब्बती क्षेत्रमा शुन्य दशमलव तीन डिग्री सेल्सियस औसत तापक्रम बढेको छ।

    यसप्रकारको तापक्रम वृद्धिले हिमरेखा पनि माथि सर्दै गएको छ। बाह्रै महिना हिउँ जमिरहने सबैभन्दा तल्लो बिन्दुलाई हिमरेखा (snowline) भनिन्छ। समग्रमा नै हिमरेखा कसरी माथि चढ्दै छ भन्ने ठ्याक्कै तथ्यांक पाउन सकिँदैन। तर, यसलाई अलगअलग स्थानमा भएका अध्ययनहरूका आधारमा बुझ्न सकिन्छ।

    उदाहरणका लागि, प्रतिभा पाण्डे, अनिल कुलकर्नी र गणेशन वेङ्कटरामनले सन् २०१३ मा प्रकाशित गरेको एउटा अनुसन्धानमुलक लेख हेरौं। यो अनुसन्धानमा स्याटलाइटबाट प्राप्त तथ्यांकको आधारमा भारतको हिमान्चल प्रदेशको चन्द्रभागा क्षेत्रका हिमनदीमा हिमरेखा कसरी माथि सरिरेको छ भन्ने अध्ययन गरिरहेको छ। यो अध्ययनबाट सन् १९८० देखि २००७ सम्मको अवधिमा हिमरेखा कति माथि सर्‍यो भन्ने थाहा पाउन सकिन्छ। यो अध्ययनले सन् १९८०मा ५ हजार मिटर आसपास रहेको हिमरेखा २७ वर्षपछि पाँच हजार चार सय २० मिटर आसपास पुगेको निष्कर्ष निकालेको छ। पूर्वपश्चिम बगेका हिमनदीमा भन्दा उत्तरबाट दक्षिण बगेका हिमनदीमा हिमरेखा सर्ने क्रम बढी तीब्र भएको पनि यो अध्ययनले देखाएको छ। इसिमोडका अनुसार हिमालय क्षेत्रमा रहेका हिमनदी प्रत्येक वर्ष १० मिटर देखि ६० मिटर पग्लिरहेका छन्।

    यो हिमनदी भित्रको कुरा हो। हिमनदी केही खोँचमा हुन्छ र यहाँ जमेको बरफ पनि बाक्लो हुन्छ। त्यसैले यहाँको तापक्रम सीधा र दिन भर घाम पर्ने पारिलो क्षेत्रमा भन्दा कम नै हुन्छ। यस्तो खोँचमा हिउँ बढि समय जमिरहन सक्छ तर पारिलो क्षेत्रमा हिउँ चाँडै पग्लिन्छ। त्यसैले, हिमनदी बाहिरको पारिलो क्षेत्रमा हिउँ पग्लिने क्रम बढी हुन्छ। त्यसैले, यस्तो क्षेत्रमा हिमरेखा माथि सर्ने क्रम पनि हिमनदीमा भन्दा तिब्र हुने नै भयो।

    हिमालय क्षेत्रमा ‘स्नोलाइन’ भन्दा केही तल ‘ट्रीलाइन’ (वनस्पति हुने अधिकतम उचाइ) हुन्छ। करेन एन्डरसन र अन्य अनुसन्धाताले सन् २०१८ मा प्रकाशित गरेको एउटा अनुसन्धानमुलक लेखले हिमरेखा माथि सरेसँगै वनस्पति पनि माथिमाथि सर्दै गइरहेको निष्कर्ष निकालेको छ। उनीहरूले तत्काल यसबारे अझ व्यवस्थित अध्ययन गर्न पनि सुझाएका छन्। वनस्पति हुर्कनसक्ने क्षेत्र माथि सर्दै जाँदा त्यसले के प्रभाव पर्छ भन्ने हामीलाई अहिलेसम्म थाहा छैन। यी अनुसन्धाताहरूका अनुसार चार हजार एक सय मिटरदेखि पाँच हजार पाँच सय मिटरसम्म विभिन्न प्राजातिका वनस्पति पाइएका छन्। यसको अर्थ यी सबै क्षेत्र वनस्पतिले ढाकेको छ भन्ने चाहिँ होइन, वनस्पतिले ढाकेको क्षेत्र करिब चार हजार मिटर आसपाससम्म हुनसक्छ। हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरूको अनुभवले पनि तापमान वृद्धिले वनस्पति हुने क्षेत्र माथि सर्दै गएको देखाउँछ। मुस्ताङमा स्याउ फल्ने क्षेत्र माथिमाथि सर्दै गएको स्थानीयले अनुभव गरेका छन्।

    सन् २००७ मा नै पाँच हजार चार सय मिटर माथि पुगिसकेको हिमरेखा अहिले त्यो भन्दा अझ माथि पुगिसकेको बुझ्न गाह्रो छैन। हिमालय क्षेत्रमा हिमरेखाको औसत उचाइको नियमित तथ्यांक कसैसँग पनि छैन। तर,  विगत केही वर्षमा मैले हिमाली क्षेत्रको यात्रा गर्दा स्थानीय बासिन्दा, नियमित रूपमा हिमाली क्षेत्र गइरहने पथप्रदर्शकहरू र यही क्षेत्रमा काम गरिरहेका विज्ञहरू सबैसँग यो विषय सोधिरहेको थिएँ। यी कुराकानीले अहिले हिमरेखाको औसत उचाई ६ हजार मिटर आसपास रहेको सङ्केत गरे।

    पाँच हजार मिटरमा रहेको हिमरेखा ५० वर्षमै एक किलोमिटर माथि पुग्नु भनेको असाध्यै ठूलो परिवर्तन हो। बुट्यान र रूखहरूले ढाकेको क्षेत्रदेखि हिउँले ढाकेको क्षेत्रसम्मको करिब दुई हजार मिटर भन्दा धेरै भूभाग नाङ्गो छ। यहाँ चट्टानले ढाकेको क्षेत्रबाहेक गिटी र बलौटे माटोको गेग्र्यान थुप्रिएको छ। ठूलो पानी पर्‍यो भने यो गेग्र्यान सजिलै बग्छ।

    यहाँ चट्टानले ढाकेको क्षेत्रबाहेक गिटी र बलौटे माटोको गेग्र्यान थुप्रिएको छ। ठूलो पानी पर्‍यो भने यो गेग्र्यान सजिलै बग्छ।

    बढ्दो तापक्रमले जमिनमा मात्रै होइन, आकाशमा पनि प्रभाव पारिरहेको छ। हिउँ पर्नका लागि हावाको तापक्रम शुन्य डिग्रि सेल्सिय भन्दा कम हुनुपर्छ। तर, हिमालय क्षेत्रमा तापक्रम बढ्दै गएपछि मनसुनको बादलबाट हिउँ होइन, पानी पर्न थालेको छ। त्यो पनि मुसलधारे।

    प्रतिघण्टा एक सय मिलिमिटर भन्दा बढि वर्षा भएमा यसलाई अङ्ग्रेजीमा ‘क्लाउड ब्रस्ट’ भनिन्छ। यसलाई नेपालीमा आरीघोप्टे पानी भन्न सकिएला। गाउँघरतिर आरीले घोप्ट्याए झैं पानी पर्‍यो भनेको सुनिन्छ। खासमा ‘क्लाउड ब्रस्ट’ यही नै हो।

    बढ्दो तापमानले हिमाली क्षेत्रमा हिउँको सट्टा पानी पर्न थालेको त बुझ्न सकिन्छ तर ‘क्लाउड ब्रस्ट’ किन हुन्छ भन्ने अहिलेसम्म थाहा भइसकेको छैन। यसका लागि वैज्ञानिक सोधको आवश्यकता छ। कारण जे भए पनि पछिल्ला वर्षहरूमा हिमाली क्षेत्रमा ‘क्लाउड ब्रस्ट’का हुने क्रम जारी रहेको भने सहजै थाहा पाउन सकिन्छ।

    यसरी थुप्रिएको गेग्र्यानमा जब मुसलधारे वर्षा हुन्छ, यसले सजिलै त्यो ग्रेग्र्यानलाई बगाउँछ। गेग्र्यान मिसिएपछि पानीको आयतन बढ्छ र बाढीको रूप लिन्छ। कहिलेकाहिँ एक्कासी यस्तो गेग्र्यान र ढुंगाहरू बगाएर नदीमा पुगेपछि नदी थुनिन पनि सक्छ। भिरालो जमिनबाट एक्कासी गेग्र्यान बग्न थालेपछि पहिरो पनि जानसक्छ, यस्तो पहिरोले पनि नदी थुन्छ। जब थुनिएको ठाउँ छिचोलेर नदी बग्न थाल्छ, बाढी अझ भयङ्कर हुन्छ। हिमाली क्षेत्रको भूबनोट असाध्यै ओरालो हुनेहुँदा बाढीले अझ बढी शक्ति आर्जन गर्छ र धेरै क्षति निम्त्याउँछ।

    साउन अन्तिम साता कागबेनी डुबाउने गरी कालीगण्डकीमा आएको बाढी पनि कागखोलाले यसैगरी ग्रेग्र्यान बगाएर ल्याउँदा गएको थियो। यहाँ केहीबेर कागखोला थुनिएको पनि थियो।

    यहाँ वर्षा ‘क्लाउड ब्रस्ट’ नै होइन तर सधैं पर्ने भन्दा ठूलो पानी परेको थियो। मुस्ताङमा यति ठूलो पानी पर्नु अस्वभाविक हो। किनभने, हिमाल भन्दा पारी रहेकाले यहाँ पानी पार्ने मनसुनी बादल पुग्न पाउँदैन। हिमालका कुनाकाप्चाबाट छिरेको अलिअलि बादलले छिटपुट पानी पर्ने मात्रै हो। तर, यसपाली कसरी यति ठूलो पानी पर्‍यो त ? यसको जवाफ भेटिएको छैन।

    विगत केही वर्षमा पहिले भन्दा पानी पर्ने क्रम बढिरहेको स्थानीयले अनुभव गरिरहेका छन्। सन् २०१८ मा म माथिल्लो मुस्ताङ पदयात्रामा जाँदा लोमान्थाङ भन्दा तल्लो गाउँ चराङमा होटल चलाउने माया विष्टले पानी बढी पर्न थालेकाले समस्या भएको सुनाएकी थिइन्। यहाँ घरहरू माटोले छाएर बनाइएको हुन्छ। त्यसमाथि दाउरा राखिन्छ। यहाँ पानी पर्दा घरमा क्षति पुग्ने र भित्र पानी पस्ने समस्या आउन थालेको उनले सुनाएकी थिइन्।

    कालीगण्डकी र कागखोलाको किनारामा अवस्थित कागबेनीमा आएको बाढी।

    उनको अनुभवले बाढी नआउँदा पनि वर्षाकै कारण मुस्ताङ र माथिल्लो डोल्पा जस्ता हिमाल पारीको क्षेत्रमा मानिसहरूलाई समस्या भइरहेको देखाउँछ। मुस्ताङको पूर्व र दक्षिणमा अन्नपूर्ण हिम शृङ्खलाका अग्ला हिमालहरू छन्, जसमध्ये अन्नपूर्ण-१ हिमाल ८ हजार मिटरभन्दा अग्लो छ। दक्षिण-पश्चिममा नीलगिरी र धवलागिरी हिमाल छन्। यी हिमाल छिचोलेर गएको बादलले मुक्तिनाथ आसपासको क्षेत्रमा मुसलधारे वर्षा गराएको थियो। यहाँबाट बगेर जाने धुङ खोलाले माथिबाटै गेग्र्यान बगाउन थालेको हुनसक्छ, यसमा आसपासको अरू गेग्र्यान पनि मिसिँदै गयो। धुङ खोला बगेर कागखोलामा मिसिन्छ, यही कागखोला केहीबेर थुनिएर खुलेपछि कागबेनीमा बाढी पसेको थियो। धन्न, मुक्तिनाथ तिरका मानिसहरूले फोन गरेर कागबेनीका मानिसलाई बेलैमा जानकारी गराउन भ्याए र मानवीय क्षति हुन पाएन ।

    दुई वर्षअघि मेलम्चीमा पनि यसैगरी बाढी गएको थियो। मेलम्ची नदी सिन्धुपाल्चोककै भेमाथाङ आसपासबाट बगेर आउँछ। तिर्थराज अधिकारी, बिनोद बानियाँ लगायतले ‘नेचुरल हेजार्ड रिसर्च’मा प्रकाशित गरेको एक अनुसन्धानमुलक लेखमा मेलम्चीमा बाढी आउँदा नदीको उद्गम क्षेत्र भेमाथाङ र आसपासमा थुप्रिएर रहेको ग्रेग्र्यानको ठूलो मात्र बगेर गएको देखिएको उल्लेख छ। भेमाथाङ आसपासको क्षेत्रमा ‘क्लाउ ब्रष्ट’ भएपछि अचानक मेलम्ची नदीले बाढीको स्वरूप लिएको थियो। यसैवर्ष मर्स्याङ्दी नदीमा गएको बाढीमा पनि मर्स्याङ्दी नदीले माथिल्लो भेगबाट ठूलो मात्रामा गेग्र्यान बगाएर ल्याएको देखिएको थियो।

    सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले डुबानमा परेका घरहरु।

    सन् २०१३ मा केदारनाथमा गएको बाढीको प्रकृति पनि ठीक यस्तै थियो। केदारनाथ भन्दा माथिल्लो भेगबाट बगेर आउने मन्दाकिनी नदीको उद्गम क्षेत्र चोराबाडी हिमनदी आसपासमा ‘क्लाउड ब्रस्ट’ भएको थियो। ‘क्लाउड ब्रस्ट’ भएपछि ग्रेग्र्यानसहितको बाढी चोराबाडी हिमतालमा पस्यो र ताल बिस्फोट भयो। तालबाट १४२९ वर्गमिटर प्रतिसेकेन्डको दरमा पानी बग्न थाल्यो, जसको गति १५ सय मिटर प्रतिसेकेन्ड थियो।

    यी बाढीले हिमाली क्षेत्रबाट बगेर आउने नदीबाट किनारामा रहेका बस्ती-बजार र शहरहरू खतरामा रहेको सङ्केत गरेका छन्। यसका लागि सरकारले दीर्घकालिन र अल्पकालिन उपाय खोजि गरेर तत्काल काम सुरू नगरे यस्तो विपत्ती प्रत्येक वर्ष अझ खतरनाक रूपमा दोहोरिने देखिन्छ। नेपालको पहाडी र हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्म सयौं बस्ती र केही ठूला बजारहरू छन्। ती बजारलाई यसरी आउने बाढीबाट कसरी सुरक्षित बनाउने भनेर सरकारले तत्काल ठोस कार्यक्रम ल्याउन आवश्यक छ।

    यतिमात्रै होइन, हिउँ पग्लिने क्रम तिब्र बनेसँगै हिमालमा नयाँ हिमतालहरू पनि बनिरहेका छन्। यसमध्ये कतिपय हिमतालहरू विष्फोट हुनसक्ने वा ती हिमतालमा हिमपहिरो गए अचानक बाढी आउन सक्ने खतरा पनि वैज्ञानिकहरूले औंल्याइरहेका छन्।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      रोहेज खतिवडा

      रोहेज खतिवडा

      खतिवडा नेपाल रिडर्सका संवाददाता हुन्।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.