Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

गोर्खाको कथा-४: राष्ट्रियतामा भरथेग कि भारतीय हस्तक्षेपको माध्यम?

गोर्खा भर्ती नेपालमा भारतीय रक्षा सञ्जाल बिस्तार गर्ने माध्यम बनिरहेको छ। यो नेपालका लागि सुरक्षा चुनौती बनिरहेको छ।

रोहेज खतिवडा रोहेज खतिवडा
भदौ २१, २०८०
- रिडर्स डिस्कोर्स, विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    गोर्खा भर्तीले यी दुई सय वर्षमा नेपालमा सकारात्मक र नकारात्मक दुवै प्रकारको प्रभाव पारेको छ। नेपालमा भाषिक साँस्कृतिक एकरूपता निर्माण गर्न सहयोगी भूमिका खेलेको लाहुरे परम्पराले नेपालको राष्ट्रियता र अर्थतन्त्रमा समेत बहुमुखी प्रभाव पारेको छ।

    सन् १८१५ मा वर्तमान नेपाली भूभागहरू भर्खरै गोर्खा दरबारको शासनमा आएका थिए। ती भूभागहरूका जनताहरु सांस्कृतिक र भाषिक दृष्टिकोणबाट नितान्त फरक समाजमा थिए। पश्चिमका जनजातिहरू गोर्खा भाषा (जुन पछि नेपाली भाषा बन्यो)सँग परिचित र अभ्यस्त भए पनि पूर्वका राई, लिम्बु, शेर्पा, थामी लगायतका जनजातिका लागि यो भाषा नयाँ थियो। यस्तै, राई र लिम्बु जाति किराँत धर्म र संस्कृति अनुसरण गर्ने समाज थिए।

    स्वभाविक रूपमा भौगोलिक एकीकरणसँगै गोर्खा दरबारले यो भूमिमा आफ्नो सांस्कृतिक प्रसार पनि सुरू गर्‍यो। उनीहरूले क्रमिक रूपमा जनजातीय समुदायहरूको हिन्दूकरण र नेपाली भाषाको प्रसारलाई प्राथमिकता दिए। शासकको यो प्राथमिकतासँग मिल्ने गरी ब्रिटिस सेनामा भएका नेपालीको सम्पर्क भाषा नेपाली बन्यो। उनीहरूले त्यहाँ राम्रोसँग नेपाली बोल्नमात्र सिकेनन्, आफ्नो समुदायमा यसको प्रचारमा पनि अप्रत्यक्ष रूपमा संलग्न भए। अर्कोतिर, बेलायतले सम्पूर्ण नेपालीलाई हिन्दूकै रूपमा लिएकाले सेनामा रहँदा उनीहरूले हिन्दू चालचलन अनुसरण गर्न थाले। यसले, खासगरी राई र लिम्बु समुदायको हिन्दूकरण गर्न संघर्ष गरिरहेको नेपाली शासक वर्गलाई सहयोग पुगेको थियो। पृथ्वीनारायण शाहको अभियानपछि पञ्चायतकालसम्मै राज्यले प्रत्यक्ष रूपमा यी समुदायको हिन्दूकरणका लागि प्रयत्न गरेको थियो भने १९९० को परिवर्तन पश्चात पनि अप्रत्यक्ष रूपमा यो सिलसिला जारी नै रह्यो। तर, माओवादी जनयुद्धसँगै विकास भएको पहिचानको राजनीतिले अहिले यसमा उल्लेख्य परिवर्तन भएको तथा ती समुदायमा जागरण ल्याएको छ।

    पहिलो विश्वयुद्धमा गरेको सहयोग बापत भन्दै बेलायतले चन्द्र शम्शेरलाई वार्षिक १० लाख नेपाली रूपैंया प्रदान गरेको थियो, जुन रकम पछि बढाएर २० लाख सम्म पुर्‍याइयो। बेलायती वा भारतीय सेनामा काम गर्ने गोर्खाहरूले भित्र्याएको सम्पत्तिले अहिलेसम्म नेपालको अर्थतन्त्रमा एक किसिमको टेवा पुर्‍याइरहेको छ।

    आर्थिक रूपमा पनि गोर्खा भर्ती वा लाहुरे परम्पराले नेपाली समाजमा उल्लेख्य प्रभाव पारेको छ। बेलायती शासकहरूबाट लामो समयसम्म नेपाली शासकहरूले वार्षिक एकमुष्ठ रकम पनि प्राप्त गर्थे। पहिलो विश्वयुद्धमा गरेको सहयोग बापत भन्दै बेलायतले चन्द्र शम्शेरलाई वार्षिक १० लाख नेपाली रूपैंया प्रदान गरेको थियो, जुन रकम पछि बढाएर २० लाख सम्म पुर्‍याइयो। बेलायती वा भारतीय सेनामा काम गर्ने गोर्खाहरूले भित्र्याएको सम्पत्तिले अहिलेसम्म नेपालको अर्थतन्त्रमा एक किसिमको टेवा पुर्‍याइरहेको छ।

    गोर्खा भर्तीले जातव्यवस्थामा आधारित नेपाली अर्थतन्त्रलाई चुनौती दिएको लेखक आहुतीको तर्क छ। ‘असल हिन्दुस्थाना’ बनाउने सपना बोकेका पृथ्वीनारायण शाह र उनका भारदारको शासन रहेको नेपालमा जात व्यवस्था कडाइका साथ पालना गराउने प्रयत्न शासकहरूले गरिरहे। आहुतीका अनुसार नेपालमा रहेको जातव्यवस्थाको आफ्नै अर्थतन्त्र पनि थियो, जसले शासनमा रहेका क्षत्रियहरू र तिनका वरपर रहेका ब्राम्हणबाहेक अन्यले सम्पत्ति कमाउन नसक्ने संरचना निर्माण गरेको थियो। तर, लाहुरे प्रथाले यसलाई चुनौती दियो र सिमित संख्यामै भए पनि मगर, गुरूङ तथा राई, लिम्बु लगायतका जनजाति परिवारले यो चक्रव्युह तोड्न सके।

    यो पनि पढ्नुहोस् –

    गोर्खाको कथा-१: अग्निपथले तुहाएको लाहुरे सपना 

    भारतीय सेनामा अग्नीपथ योजना: त्रिपक्षीय सन्धि खारेज गर्ने उपयुक्त अवसर

    उपनिवेशवादी बेलायतको अधिनमा काम गरेका लाहुरेहरूले त्यहाँ प्रशस्त आर्थिक विभेद खप्नु परे पनि उनीहरूले कमाएको सम्पत्ति नेपाली समाजमा निकै धेरै हुन्थ्यो। त्यसैले, समाजमा उनीहरूको आफ्नै रवाफ पनि हुन्थ्यो। एकजना पुराना नेपाली गायक मास्टर मित्रसेन थापाको यो गीतले नेपाली समाजमा लाहुरेको रवाफलाई प्रतिबिम्वित गर्छ:

    लाहुरेको रेलीमाई फेसनै राम्रो
    रातो रूमाल रेलिमाई खुकुरी भिरेको

    कालो कोट सेतो गन्जी गलबन्दी लाई फेरि
    मुसुमुसु हाँस्छन् चुरोट थुती तरूनीलाई हेरी
    बसेकी छे कान्छी नानी नयाँ लुगा फेरि
    कर्के नजर लगाइ हेर्छन् लाहुरे आउँदा खेरी

    पूँजीवादी उत्पादनसँग त्यति परिचित नभएको तत्कालीन नेपाली समाजमा उनीहरूलाई आधुनिक उद्योगबाट उत्पादन भएका सामानहरू भित्र्याए। घडी, रेडियो जस्ता उपकरण लाहुरेसँगै भित्रिए।  उनीहरूले बन्धक रहेका खेतबारी साहुबाट उकासे। आफ्नालागि खेतबारी जोडे र नेपाली समाजका धनाढ्य क्षेत्री वा ब्राह्मणको हाराहारीमा आफ्नो परिवारलाई उभ्याए। यतिमात्र नभएर गहनाका सौखिन लाहुरेहरूका कारण परम्परागत रूपमा सुनका गहना बनाउने पेशा गर्ने सानो संख्याका दलितहरूले पनि आफ्नो आर्थिक हैसित उकास्न सकेको आहुती उल्लेख गर्छन्।

    पूँजीवादी उत्पादनसँग त्यति परिचित नभएको तत्कालीन नेपाली समाजमा उनीहरूलाई आधुनिक उद्योगबाट उत्पादन भएका सामानहरू भित्र्याए। घडी, रेडियो जस्ता उपकरण लाहुरेसँगै भित्रिए।  उनीहरूले बन्धक रहेका खेतबारी साहुबाट उकासे।

    लाहुरेहरूकै आवश्यकता र सम्पतिका कारण नेपालमा चार सुन्दर शहरहरू बने। यो लेखको सुरूमा चर्चा भएका धरान र पोखराका साथै पश्चिम तराईको बुटवल र मध्यतराईको नारायणगढ लाहुरेकै कारण बनेका थिए। सेतोपाटी डटकमा प्रकाशित ‘लाहुरेले बनाएका चार शहर‘ शिर्षकको आफ्नो लेखमा आहुती लेख्छन्:

    राई, लिम्बु, मगर र गुरुङ जातिले आ-आफ्नो ऐतिहासिक थातथलो प्रवेश गर्ने केन्द्रमा नयाँ सहर बसाएका हुन्। धरान राई र लिम्बु जातिको ऐतिहासिक बसोबास क्षेत्र प्रवेश गर्ने केन्द्र हो। नारायणगढ र पोखरा गुरुङ जातिको तथा बुटवल मगर जातिको पुरानो थातथलो प्रवेश गर्ने क्षेत्र हो। त्यसैले यी जातिका लाहुरेहरू यिनै सहरमा केन्द्रित भए।  यदि यी चार जनजातिबाट ब्रिटिस सेनामा गएका थिएनन् भने यी सहरले यस्तो स्वरूप पाउने थिएनन्… चितवन(नारायणगढ) मा पनि पुनर्वास अन्तर्गत पहाडबाट झरेका केही मानिसहरूको मात्रै बसोबास हुन्थ्यो। बुटवलले पनि यो तामझाम पाउने थिएन। नेपालको परम्परागत सामाजिक, आर्थिक र राजनीतिक संरचना अन्तर्गत यी सहरको विकास सम्भव थिएन।

    आफ्नो लेखको निष्कर्षमा उनी लेख्छन्, ‘त्यसैले लाहुरे परम्परा नेपालमा हुँदैनथ्यो भने राई, लिम्बु, मगर र गुरुङ भित्रको एउटा हिस्सा मध्यमवर्गको रुपमा स्थापित हुन सक्ने थिएन। उनीहरू नेपालको परम्परागत सामाजिक, आर्थिक, राजनीतिक पद्धतिलाई छलेर अगाडि बढेका हुन्। त्यही पद्धतिभित्र उनीहरू मध्यमवर्गका रुपमा स्थापित हुन सम्भव नै हुँदैनथ्यो।’

    अहिले पनि गोर्खा भर्तीले नेपाली अर्थतन्त्रमा सानै भए पनि योगदान गरिरहेको छ।  सन् २०२१मा भारत, बेलायत र सिंगापुरका गोर्खाको तलब तथा पेन्सनबाट मात्रै ६१ अर्ब रूपैंया भित्रिएको नेपाली टाइम्सले उल्लेख गरेको छ। यी तीन मुलुकबाट १ लाख २५ हजार गोर्खाको पेन्सन नेपाल भित्रिन्छ।  नेपाली अर्थतन्त्रमा गोर्खा भर्तीले गर्ने प्रत्यक्ष योगदान हो।

    लाहुरे परम्पराले नेपाली समाजमा सकारात्मक मात्रै प्रभाव पारेको थिएन। सरदार भीमबहादुर पाँडेले आफ्नो पुस्तक ‘त्यस बखतको नेपाल’मा लाहुरेहरूले औद्योगिक उत्पादन भित्र्याउन थालेपछि नेपालबाट ठूलो मात्रामा धनराशी बाहिरिएको उल्लेख गरेका छन्। उनी लेख्छन्, ‘त्यसबखत भारत ब्रिटेनको एक भाग भएकाले त्यहाँ अङ्ग्रेजी सामान लदावदी हुन्थे। तिनलाई आसानीसाथ नेपालमा पैठारी गर्न सकिन्थ्यो- भारतीय सिक्का नेपालमा पनि चलनचल्तीमा हुँदा। लाहुरेले ल्याएको मोरू १३ करोडको रकम सबै भारतीय सिक्कामा आएको थियो।’

    त्यसबखत भारत ब्रिटेनको एक भाग भएकाले त्यहाँ अङ्ग्रेजी सामान लदावदी हुन्थे। तिनलाई आसानीसाथ नेपालमा पैठारी गर्न सकिन्थ्यो- भारतीय सिक्का नेपालमा पनि चलनचल्तीमा हुँदा। लाहुरेले ल्याएको मोरू १३ करोडको रकम सबै भारतीय सिक्कामा आएको थियो।

    यो परिस्थिति अहिले वैदेशिक रोजगारीले निम्त्याएको परिस्थितिसँग मिल्दोजुल्दो छ। गाउँहरूबाट हुलका हुल युवाहरू विदेश जान थालेपछि खेतबारी बाँझै हुन थालेको समाचारहरू मिडियामा देख्न सकिन्छ। ठीक यसैगरी, दुई विश्वयुद्धका दौरान लाखौं युवाहरू गोर्खा भर्तीमा जान थालेपछि गुरूङ र मगर बस्तीका खेतबारी बाँझै पल्टिएको मानवशास्त्री मेरी डेसेनले आफ्नो शोधग्रन्थ ‘रेलिक्स अफ इम्पायर: अ कल्चरल हिस्ट्री अफ गुर्खाज १८१५-१९८७’मा उल्लेख गरेकी छन्। तर, पूर्वी पहाडमा बेलायती सेनामा काम गरेर फर्किएका कतिपयले साहुकहाँ बन्धक रहेको आफ्नो खेतबारी रिन तिरेर फुकुवा गर्दा जमिनको स्वामित्वमा सकारात्मक प्रभाव परेको पनि उनले उल्लेख गरेकी छन्।

    गोर्खा भर्तीको आर्थिक सँगै राजनीतिक प्रभाव पनि उल्लेख्य छ। नेपालको सार्वभौमिकता बलियो बनाउन गोर्खा भर्तीले सहयोगी भूमिका खेलेको देखिन्छ। यसलाई केही उदाहरणबाट पुष्टि गर्न सकिन्छ।

    पहिलो, १८७५को सीपाही विद्रोह दबाउन जंगबहादुर राणाले खेलेको भूमिकाको कदर गर्दै बेलायतले सुगौली सन्धि मार्फत खोसेको केही भूमि फिर्ता गर्‍यो। यहीकारण वर्तमान नेपालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लालाई लामो समयसम्म नेपालमा ‘नयाँ मुलुक’ भनेर चिन्ने गरिन्थ्यो।

    दोस्रो, माथि नै हामीले चर्चा गरिसक्यौं- चन्द्र शम्शेरले पहिलो विश्वयुद्धमा गोर्खा भर्तीका लागि बेलायतलाई दिल खोलेर सहयोग गरेका थिए। यसबाट खुशी भएको बेलायतले नेपाललाई सन् १९२३मा स्वतन्त्र राज्यको मान्यता दियो। तत्कालीन ‘सुपरपावर’ बेलायतले स्वतन्त्र राष्ट्रको मान्यता दिनुले नेपालको सार्वभौमिकतामा निकै ठूलो अर्थ राख्यो। केही समयअघि संसदमा बोल्दै सांसद रघुजी पन्तले चन्द्रशमशेर बेलायत भ्रमणमा जाँदा आफू स्वतन्त्र राज्यको प्रधानमन्त्री भएकाले २१ तोपको सलामी दिनुपर्ने अडान राखेको र बेलायतले उनको माग अनुसार २१ तोपको सलामी दिएको बताएका थिए। यो भारत र पाकिस्तान स्वतन्त्र हुनुभन्दा २४ वर्ष अघिको कुरा हो।

    यो पनि पढ्नुहोस् –

    गोर्खाको कथा-२: अमरसिंह थापाको आत्मसमर्पणसँगै सुरू भएको गोर्खा भर्ती 

    गोर्खाको कथा-१: अग्निपथले तुहाएको लाहुरे सपना

    तेस्रो, १९४७मा भारत स्वतन्त्र भएयता भारतीय हस्तक्षेपबाट जोगाउन गोर्खा भर्तीले भूमिका खेलेको नेपाल-भारत सम्बन्धका जानकारहरु दाबी गर्छन्। विगतमा नेपालबाट आएर आफ्नो सेनामा काम गरेका गोर्खाहरूमा भारतप्रतिको बफादारितामा प्रश्न नउठोस् भन्नेमा पनि भारतीय सेना सचेत रह्यो। अर्कातिर, गोर्खा जवान पठाउने नेपालसँगको सम्बन्ध बिग्रिएर भर्तीमा अप्ठ्यारो नआओस् भन्नेमा पनि उसले ध्यान दियो र आफ्नो राजनीतिक नेतृत्वलाई पनि यसमा शतर्क गराइरह्यो।

    त्यसैले, नेपाल-भारत सम्बन्धमा चिसोपन आउँदासमेत भारतीय सेनाले यसलाई सामान्य बनाउन भूमिका खेल्यो। सन् २०१५मा नेपालले नयाँ संविधान जारी गर्ने क्रममा भारतले लगाएको नाकाबन्दी खुलाउन सैन्य कुटनीतिले भूमिका निर्वाह गरेको नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले सार्वजनिक रूपमै व्यक्त गरेका छन्। भारतीय सेनामार्फत नै उनले यो सन्देश प्रधानमन्त्री मोदी समक्ष पुर्‍याउन सकेका थिए।

    गोर्खा भर्तीले नेपालमा भारतीय प्रभाव बिस्तार गर्न उल्लेख्य मात्रामा सहयोग पुर्‍याएको पनि देखिन्छ। धरान र पोखरामा गरी भारतीय सेनाका दुईवटा पेन्सन वितरण क्याम्प छन् भने २५ वटा ‘डिस्ट्रिक्ट सोल्जर बोर्ड्स’ छन्। यी सबै संस्थाहरू काठमाडौंको भारतीय दुतावासमा ‘डिफेन्स विंग्स’ प्रमुखका रुपमा रहने कर्णेल मार्फत सञ्चालन हुन्छन्।

    तर, हस्तक्षेपको कथा यतिमा सकिँदैन। यसको अर्को पाटो पनि हेर्नुपर्छ। गोर्खा भर्तीले नेपालमा भारतीय प्रभाव बिस्तार गर्न उल्लेख्य मात्रामा सहयोग पुर्‍याएको पनि देखिन्छ। धरान र पोखरामा गरी भारतीय सेनाका दुईवटा पेन्सन वितरण क्याम्प छन् भने २५ वटा ‘डिस्ट्रिक्ट सोल्जर बोर्ड्स’ छन्। यी सबै संस्थाहरू काठमाडौंको भारतीय दुतावासमा ‘डिफेन्स विंग्स’ प्रमुखका रुपमा रहने कर्णेल मार्फत सञ्चालन हुन्छन्। दुतावास र दुई पेन्सन क्याम्पमा गरी नेपालमा तीन जना भारतीय सेनाका कर्णेल रहन्छन्। यस्तै, भारतीय राजदूत अध्यक्ष हुने  ‘इन्डियन एक्स–सर्भिसम्यान वेलफेयर अर्गनाइजेसन इन नेपाल’ (आईईडब्ल्युओएन) पनि नेपालमा क्रियाशील छ। खोज पत्रकारिता केन्द्र नेपालका लागि लेखेको एक रिपोर्टमा दिवङ्गत पत्रकार सरोजराज अधिकारीले डिबिएसलगायतका संस्थाको माध्यमबाट नेपालमा भारतीय रक्षा सञ्जाल बेपत्ता रूपमा बिस्तार भइरहेको र यो नेपालका लागि चुनौती बनिरहेको दाबी गरेका थिए।

    पूर्व-गोर्खाहरूलाई भारतले आफ्नो सफ्ट पावरका रूपमा प्रयोग गर्ने गरेको बुझाइ राख्छन् लेखक सुवेदी। एकदिन राजधानी काठमाडौंमा भएको कफी भेटमा मैले गोर्खा भर्तीले नेपालको सार्वभौमिकता बलियो बनाउन सघाएको तर्क गरेँ।  उनले तत्तक्षण प्रतिक्रिया जनाइहाले, ‘गोर्खा भर्तीले नेपालको सार्वभौमिकतालाई बलियो बनाउने नभएर साँघुरो बनाउने काम गरेको छ। यो नेपालमा भारतीय प्रभाव बिस्तार गर्ने माध्यम बनिरहेको छ। २१ औं शताब्दीमा एउटा सार्वभौम देशमा यस किसिमको प्रभाव कुनैपनि मुलुकका लागि सुहाउने कुरा होइन।’

    ‘ब्रिटिस साम्राज्यका नेपाली मोहरा’ लेख्ने क्रममा दर्जनौं पूर्व-गोर्खाहरूसँग संवाद गरेका उनले माओवादी जनयुद्धका बेला माओवादी र राज्यका गतिविधिबारे भारतीय सेनाले कसरी पूर्व-गोर्खाहरूबाट सूचना संकलन गर्ने गर्थ्यो भन्ने सुनाए, ‘मैले त्यसबखत केही भारतीय सेनाका अवकास प्राप्त व्यक्तिहरूसँग कुराकानी गरेँ। उनीहरूले जनयुद्धका बेलामा आफूलाई बेलाबेला पेन्सन क्याम्प वा दूतावास बोलाउने र माओवादी तथा राज्यपक्षले गरेका गतिविधिबारे अनौपचारिक रूपमा सोध्ने गरेको बताएका थिए। झट्ट सुन्दा सामान्य लागे पनि एउटा सार्वभौम देशमा अर्को देशका सैन्य अधिकारीहरू बसेर यसरी खुलमखुल्ला सूचना संकलन गर्नु सामान्य होइन।’ नेपालको सार्वभौमिकतालाई बलियो बनाउन भारतका पेन्सन वितरण क्याम्प बन्द गरिनु पर्ने र पेन्सनलाई बैंकिङ प्रणालीबाट वितरण गर्नुपर्ने उनको धारणा छ।

    मसँगको उक्त कफी भेटमा उनले भने,’ यसअघि भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा पोखराको पेन्सन क्याम्पमा पुगेर पूर्वगोर्खाहरूलाई सम्बोधन गरे। यसले विश्वमा कस्तो सन्देश गयो? नेपालमा भारतीय सेनाको क्याम्प छ भन्ने सन्देश प्रवाह भयो। नेपाल एउटा स्वतन्त्र र सार्वभौम राज्य नभएर भारतको प्रभावमा रहेको राज्य हो भन्ने सन्देश गएन ?’ ४ नोभेम्बर २०१६मा तत्कालीन राष्ट्रपति मुखर्जी पोखरा स्थित पेन्सन वितरण क्याम्पमा पुगेका थिए। त्यहाँ उनले भारतीय सेनामा काम गरेका पूर्व गोर्खाहरूलाई सम्बोधन गर्दै करीब १० मिनेट लामो लिखित वक्तव्य पढेका थिए।

    यसले गोर्खा भर्ती नेपालमा प्रत्यक्ष र अप्रत्यक्ष दुवै रूपमा भारतीय प्रभाव बिस्तारको माध्यम भएको पुष्टि गर्छ। यसबारे नेपालले आफ्नो स्पष्ट दृष्टिकोण तय गर्नका लागि अहिलेको परिस्थिति उपयुक्त हुनसक्छ। त्यसैले, अहिले नेपाल सरकारले अग्निपथ अन्तर्गतको भर्तीको मात्रै विषय नभएर पेन्सन क्याम्प र भारतको फैलँदो रक्षा सञ्जाल तथा भारतीय सेनाको प्रत्यक्ष उपस्थितिलाई पनि छलफलमा ल्याउनु जरूरी छ।

    यो पनि पढ्नुहोस् –

    गोर्खाको कथा-३: ‘मार्सल रेस’को व्याख्या र मार्खेजका भ्रम

    गोर्खाको कथा-३: ‘मार्सल रेस’को व्याख्या र मार्खेजका भ्रम

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      Tags: अग्नीपथगोर्खा भर्तीगोर्खाको कथाभारतीय सेना
      रोहेज खतिवडा

      रोहेज खतिवडा

      खतिवडा नेपाल रिडर्सका संवाददाता हुन्।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.