Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
Monday, April 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मुस्लिम विरोधी घृणाभाव नेपाली उपज होइन

आफ्नै छिमेकीबाट हामी असुरक्षित हुने अवस्था आइपुग्नुमा कुन विचारधाराले काम गरेको छ मैले बुझ्न सकेकी छैन। मैले बुझेको मात्रै कत्ति हो भने मुस्लिम समुदायप्रति जुन घृणाभाव फैलाइदै छ त्यो नेपाली माटोमा हुर्किएको हुँदै होइन। ‘मुस्लिमहरु पाकिस्तान जाऊ’, ‘नेपालमा बस्ने हो भने जय श्रीराम भन्नैपर्छ’ भन्ने नारा नेपाली माटोको उपज होइन।

जास्मिन मिक्रानी जास्मिन मिक्रानी
अशोज १७, २०८०
- रिडर्स डिस्कोर्स, विचार, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    म जास्मिन मिक्रानी, अम्जद अली मिक्रानीकी पत्नी। यो देशका सम्पूर्ण नेपालीलाई सर्लाहीको मलंगवामा २० भदौ र ४ असोजमा के भएको थियो भन्न चाहन्छु। म ती सम्पूर्ण नेपालीहरु सामु आफ्ना कुरा राख्न चाहन्छु, जो हिंसाको विरुद्धमा उभिनु भएको छ। म ती व्यक्तिहरु, तिनका परिवारहरु र तिनका नानी–बाबु समक्ष पनि आफ्ना कुरा राख्न चाहन्छु, जसले मलंगवाका मुस्लिम परिवारहरुको घरमा, पसलमा पहिले लुटपाट गर्नुभयो र पछि आगो लगाई दिनुभयो। म ती सुरक्षाकर्मीसमक्ष आफ्ना कुरा राख्न चाहन्छु, जो दिन–रात नभनेर हाम्रो सुरक्षा र सामाजिक सद्भाव कायम गराउनका लागि अहोरात्र खट्नुभयो। सर्वप्रथम म उहाँहरुलाई मेरो परिवारका तर्फबाट धन्यवाद भन्न चाहन्छु।

    आजका दिनसम्म मलंगवाका आममानिसले मलाई रुपेश यादवलाई छुरा प्रहार गर्ने अम्जद अली मिक्रानीकी पत्नीका रुपमा मात्रै चिन्नुहुन्छ होला। म उहाँकी पत्नी हो तर त्यो भन्दा पनि महत्वपूर्ण कुरा म यो देशको नागरिक हुँ। नागरिकबाट थोरै माथि उठ्दा म दुई छोरीकी आमा हुँ। एचआईभी एड्सकी काउन्सिलर हुँ। मेरो काम एचआईभी एड्सबाट संक्रमितहरुको परिक्षण गर्नु र उनीहरुलाई उपचारका लागि भर्ना गर्नु हो। एचआईभी एड्सबाट संक्रमितलाई सहयोग गर्ने, त्यसको उपचार गर्ने विधिबारे म जानकार छु। तर, समाजमा अल्पसंख्यक समुदायप्रति बढीरहेको घृणा भावको राजनीतिलाई नियन्त्रण गर्ने उपचार मसँग छैन। त्यसैले, आज मैले तपाईंहरुसँग त्यसबारे चर्चा गर्ने सोचेकी छु।

    विगत केही वर्षदेखि खास गरेर मधेसमा र मेरो सानो परिवार रहेको मलंगवामा हिन्दू-मुस्लिमको जुन झिल्को बालिएको थियो, त्यसबाट मेरो परिवार र मलंगवा दुवैले त्यसको भारी मुल्य चुकाउनु परिरहेको छ। अल्पसंख्यकहरु एक्लै हिड्न डराइरहेका छन्। आफ्नो विभिन्न चाँडमा दुई परिवारबीच खुसीयाली आदानप्रदान गर्दा कतै अर्को समूहले विरोध गर्ने हो कि भनेर डराउनु परेको छ।

    खुला समाजमा बसेर पनि हामीले सकसपूर्ण सास फेर्नु परेको छ। र, मेरा दुई साना छोरीहरु ‘अम्मी, अब्बा कहाँ जानु भयो’ भनेर बारम्बार सोधिरहन्छन्। एउटी आमाका रुपमा मैले छोरीहरुलाई झुठ बोल्न जति अप्ठेरो परेको छ, मलाई लाग्छ त्यति नै अप्ठेरो मुस्लिमका घर जलाउनेहरुलाई पनि आफ्ना केटाकेटी सामु– ‘मैले मुस्लिमको घर जलाएँ’ भन्न गारो परेको छ होला।
    मुस्लिम समुदायका मस्जिदहरु सुरक्षित छैनन्। घर–पसलहरु सुरक्षित छैनन्। प्रत्येक आमाका छोराहरु सुरक्षित छैनन्। अतिवादको तातो लप्का सामु हामी कोही पनि सुरक्षित महशुस गर्न सकेका छैनौं। मुस्लिम समुदायको मनमा गडेको यो डर तपाईहरुको पनि चासो र चिन्ताको विषय होइन र?

    अब म तपाईंहरुलाई त्यस दिनको घटनातर्फ केन्द्रीत गराउन चाहन्छु, जसका कारण प्रहरीले मेरो पतिलाई छुरा हानेको अभियोगमा मुद्दा चलाइरहेको छ। आउँदो कार्तिक ७ गते अम्जद अली मिक्रानीसँग मैले विवाह गरेको ११ बर्ष पुग्दैछ। यो ११औँ वर्षगाँठमा हामीले सबै परिवार बसेर खुसियाली साटासाट गर्ने सोच बनाएका थियौँ। बैंङलोर बसेर फार्मेसी पढ्दै गर्नु भएका मेरा माइला देवर ‘मुहम्मद डे’ को अवसर पारेर घर आउनु भएको थियो र वर्षगाँठको कार्यक्रम सकेर मात्र फर्कने कुरा थियो। तर, प्रहरीले उनलाई पनि पक्राउ गरेको छ। उनीमाथी के अभियोग लगाइएको छ, हाम्रो परिवारलाई अझै थाहा छैन।

    कर्फ्यू जारी रहेकै समय मेरो श्रीमान र देवरलाई प्रहरी पक्राउ गरेर लग्यो। कारण हामीले केही सोधखोज गर्न सकेनौं। त्यति बेलासम्म मुस्लिम समुदायले चलाई रहेका धेरै पसल र घरहरुमा कर्फ्यूकै समयमा लुटपाट र आगजनी गरिसकिएको थियो। 

    कुरा ४ असोजको हो। गणेशको मूर्ति सेलाउन जाने क्रममा मूर्तिसहितको र्‍याली हाम्रो घर हुँदै अघि बढ्नु पर्ने थियो। तर, र्‍याली हाम्रो घर अघिल्तिर रोकियो। झण्डै एक घण्टासम्म डिजे लगाएर ‘मिया के न दाल गली, हिन्दू के अब राज चली’ भन्ने गीतमा भीड निकै उग्र हुँदै थियो।

    हरिवन अफिसबाट मेरो श्रीमान राती साढे ८ बजे घर आउँदा र्‍याली देखेर उहाँले आफ्नो बाइक परै रोक्नु भयो र घर भित्र छिर्नु भयो। ‘१५ मिनेटका लागि आफ्ना छोरी–बुहारीलाई बाहिर निकाल के हुन्छ थाहा पाउँछस्’ भन्दै उनीहरु अश्लील गाली दिइरहेका थिए। उनीहरु करिब ९ बजे त्यहाँबाट अगाडि लागे। हामी भान्सातर्फ लाग्यौँ। हामी खाना खाइरहेका थियौँ, अचानक तलबाट एउटा ढुङ्गा आएर मेरो पतिको कानमा बज्रियो। कानबाट तत्काल रगत बग्न थाल्यो। ढुङ्गा प्रहार नरोकिएपछि हामी कोठा भित्र पस्यौँ। सात बजेसम्म मूर्ति सेलाई सक्नु पर्ने प्रशासनको तालिका रहे पनि मूर्ति सेलाउँदा झण्डै साढे नौ बजेको थियो।

    हिन्दू र मुस्लिम समुदायबीच सम्भावित झडप हुन सक्ने देखेरै होला प्रहरीले हामीलाई- प्लिज तपाईंहरु घरबाट ननिस्कनु होला भनेको थियो। केही बर्ष अघिसम्म दुवै समुदाय एकअर्काको चाडपर्वमा सहभागी हुने र खुसियाली आदानप्रदान गर्ने परम्परा विपरित केही समययता मलंगवाका मुस्लिम परिवारमा डरले घर गरेको छ। त्यसैले कुनै पनि मुस्लिम आफ्नो घरबाट बाहिर निस्कन डराउँछ। हामी घरबाट बाहिर निस्कने कुनै सम्भावना थिएन।

    ढुङ्गा प्रहार भइरहँदा हामीले बारम्बार प्रहरीलाई फोन गर्‍यौं। उहाँहरुले आउँदैछौं भन्नुभयो तर माहोल शान्त भएपछि मात्र आउनुभयो। त्यतिबेलासम्म मेरा काका ससुरालाई कुटेर उनको हात हात भाँचिदिएका थिए भने मेरा श्रीमानको काँनको हड्डी भाँचिएको थियो र मलाई ढुङ्गा प्रहारबाट सामान्य चोट लागेको थियो। हामी सबै प्रहरीले नै बोलाएको एम्बुलेन्समा बसेर तिरुपती बालाजु पोलिक्लिनिक गयौँ। अस्पताल पुग्दा १०ः४५ भइसकेको थियो।

    त्यसको भोलिपल्ट ५ गते शुक्रबार कर्फ्यू जारी नै थियो। हामी दैनन्दिन घरायसी काममा थियौं। चार दाजुभाई घरको मुल गेटमा बसिरहेका थिए। हामी महिलाहरु खाजा बनाउन भनेर माथी गयौँ। यसैबीच भूई तलाबाट चर्को आवाज आउन थाल्यो। तल झर्दा प्रहरीले श्रीमानलाई पक्राउ गरेर केही पर पुर्‍याइसकेको थिए। दाईलाई किन पक्राउ गरिएको भनेर सवाल–जवाफ गरेकै कारण प्रहरीले माइलो देवरलाई पनि पक्राउ गरेरसँगै लग्यो। कान्छो देवरलाई भने प्रहरीले लछार-पछार गरेर घर भित्र हुलिदिए।

    उहाँलाई किन पक्राउ गरिएको होला भनी हामी छक्क पर्‍यौं। त्यतिबेला कर्फ्यू भएका कारण हामीले केही सोधखोज गर्न सकेनौं। त्यति बेलासम्म मुस्लिम समुदायले चलाई रहेका धेरै पसल र घरहरुमा कर्फ्यूकै समयमा लुटपाट र आगजनी गरिसकिएको थियो। शुक्रबारकै साँझ दुईजना अपरिचित व्यक्ति आएर हाम्रो परालको टौवामा समेत आगो लगाइदिए। कर्फ्यूका कारण हामी घरमा थुनिएका थियौँ, हाम्रा हाम्रा पसल र घरहरुमा छानी–छानी आगो लगाईंदै थियो। त्यसको डर हाम्रो मनमा कति गहिरोगरी परेको छ भने हामी ढुक्कले घरबाट बाहिर निस्कन सकेका छैनौँ।

    शनिबारको दिन फेरी अर्को मूर्ति सेलाउने भनेर र्‍याली निकालियो। हामीहरु डरले घरबाट बाहिर निस्कने अवस्था नै रहेन। कतिसम्म भने आफ्नै श्रीमानलाई किन पक्राउ गरिएको हो भनेर बुझ्नका लागि प्रहरी कार्यालयसमेत जान सकेनौं। घरका दुई सदस्य पक्राउसँगै मेरा ससुराबा मोहम्मद नजारुल हक (६०) डिप्रेसनको शिकार हुनु भएको छ। निरन्तर रुने र खाना नखाने कारणले उहाँ थप कमजोर हुनु भएको छ। प्रहरीबाट आइतबार बिहान मात्रै उहाँमाथि रुपेश यादवलाई छुरा प्रहार गरेको मुद्दा लागेको थाहा पायौँ। जुन व्यक्तिमाथी ढुङ्गा प्रहार भएर प्रहरीले नै अस्पताल पुर्‍याई उपचार गराएको छ उसैले कसरी र कुन समय छुरा प्रहार गर्‍यो भन्ने आफैंमा हास्यास्पद छ। छुरा प्रहार गरेको समय ८ बजे भनिएको छ तर मेरो श्रीमान त त्यति नै बेला घरमा आइपुग्नु भएको हो। राती १०ः४५ मा प्रहरीले उहाँलाई उपचार गराउन लगेको हो। त्यसैले हामीलाई के आशंका लागेको छ भने हाम्रो समुदायको आवाज उठाइदिने कोही नभएकै कारण हामीलाई बलिको बोका बनाईंदैछ।

    छिमेकीबाट हामी असुरक्षित हुने अवस्था आइपुग्नुमा कुन विचारधाराले काम गरेको छ मैले बुझ्न सकेकी छैन। मैले बुझेको मात्रै कत्ति हो भने मुस्लिम समुदायप्रति जुन घृणाभाव फैलाइदै छ त्यो नेपाली माटोमा हुर्किएको हुँदै होइन। ‘मुस्लिमहरु पाकिस्तान जाऊ’, ‘नेपालमा बस्ने हो भने जय श्रीराम भन्नैपर्छ’ भन्ने नारा नेपाली माटोको उपज होइन।

    यत्तिकैमा हाम्रो घरमा आईतबार फेरि अर्को विपत्ति आइलाग्यो। बुबा नमाज पढ्नका लागि मस्जिद जान लाग्दा ढोकामा ताल्चा लगाएर बस भन्नुभयो। म ढोकामा ताल्चा लगाउन माथिल्लो तलबाट ओर्लेँ। ढोकामा ताल्चा लगाएर म माथिल्लो तलामा रहेको शौचालय छिरेँकी मात्र के थिएँ छतमा धेरै जना हिँडेको आवाज सुनेँ। मैले छोरीहरु होलान् भनेर किन उफ्रेको भनी उनीहरुलाई हकारेँ। तर, लगत्तै निस्कन खोज्दा मेरो ढोकामा चुक्कुल लगाइएको रहेछ। त्यति बेलासम्म घरमा हो–हल्ला हुन थालिसकेको थियो। धेरै बेर ढोका हानेपछि उनीहरुले मेरो ढोका खोलिदिए।

    बाहिर निस्कना साथ के देख्छु छिमेकी घरका बाबु–छोरा र अन्य ५–७ जना मान्छे घरमा तोडफोड गरिरहेका थिए। तीन जनाले सासुआमालाई समाएका थिए भने मलाई पनि दुई जनाले समाए र दराजको साँचो माग्न थाले। म निकै डराएकी थिएँ। त्यसपछि मैले, साँचो दिन्छु तर मलाई छोडी दिनुस् भने। उनीहरुले हुँदैन पहिले साँचो दे भने। साँचो मेरो खल्तीमा हुँदाहुँदै पनि मैले बिस्तराको मुनि छ भने। उनीहरु साँचो लिनलाई त्यतातर्फ लप्केको अवसर छोपेर मैले साँचो कोठाको कुनातर्फ फालेर तल ओर्लेँ र सडकमा आएर हाम्रो घरमा लुटपाट हुँदैछ भनेर गुहार मागेँ। मानिसहरु भेला हुँदासम्म उनीहरुले दराजबाट ४० हजार, गरगहना र दुईटा ल्यापटप लिएर भागिसकेका थिए।

    छिमेकीबाट हामी असुरक्षित हुने अवस्था आइपुग्नुमा कुन विचारधाराले काम गरेको छ मैले बुझ्न सकेकी छैन। मैले बुझेको मात्रै कत्ति हो भने मुस्लिम समुदायप्रति जुन घृणाभाव फैलाइदै छ त्यो नेपाली माटोमा हुर्किएको हुँदै होइन। ‘मुस्लिमहरु पाकिस्तान जाऊ’, ‘नेपालमा बस्ने हो भने जय श्रीराम भन्नैपर्छ’ भन्ने नारा नेपाली माटोको उपज होइन।

    मेरो पतिले इलाहावाद विश्वविद्यालयबाट एमपीएचमा अध्ययन गर्नुभएको हो। हाल उहाँ सेभ द चिल्ड्रेन डोनर रहेको एउटा संस्थामा मधेस र कोशी प्रदेशको प्रोग्राम अफिसरका रुपमा विगत ६ बर्षदेखि कार्यरत हुनुहुन्छ। उहाँले हत्याको मनसायसाथ कसैमाथी छुरा प्रहार गरेको भन्ने मैले सपनामा पनि कल्पना गर्न सक्दिनँ। यो आरोपको खण्डन हुने गरी अन्य साक्ष्य पनि छन्। उहाँ अहिले प्रहरी कस्टडीमा हुनुहुन्छ तर म नेपाल प्रहरी र नेपालको न्यायपालिकामा पूर्ण विश्वास गर्छु। जसले कुनै अपराध गरेको छैन, उनले सजाएको भागिदार हुनुपर्ने छैन भन्नेमा म विश्वस्त छु।

    जुन समुदायका मानिस सबै भन्दा धेरै पीडामा छन् उही समुदायका तीन जना व्यक्तिलाई पक्राउ गरिनुले न्याय दिलाएको तर्फ संकेत गरिरहेको छैन। आमनेपाली जो सधै न्यायका पक्षमा उभिरहनु भएको छ, उहाँले मलंगवाबाट चलेको विषाक्त हावाबारे बोल्नै पर्नेहुन्छ। तपाईंहरुको आवाजले एउटा निर्दोष व्यक्तिले न्याय पाउने छ भन्नेमा म पूर्ण विश्वस्त छु।

    (जास्मिन मिक्रानीसँग गरिएको संवादमा आधारित।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      जास्मिन मिक्रानी

      जास्मिन मिक्रानी

      जास्मिन मलंगवालाई कार्यक्षेत्र बनाएर सक्रिय स्वास्थ्यकर्मी हुन्।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.