Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मार्क्सवादी विकल्पमाथि राम कार्कीको बहस

वाम आन्दोलनभित्र उत्पन्न वैचारिक रिक्तताका समाधानका विकल्पहरुको अमूर्त जस्तो तर विस्तारीत चिन्ता

नेपाल रिडर्स नेपाल रिडर्स
अशोज २०, २०८०
- पुस्तक, विमर्शका लागि, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    विकल्प समता, समाजवाद र मुक्त दुनिया शिर्षकमा माओवादी नेता राम कार्कीको नयाँ पुस्तक बहसको साँघुरो गल्लीमा आफ्ना लागि बाटो बनाउँदै प्रवेश गरेको छ। नेपालको राजनीतिमा विद्यमान बैचारिक बहसको खडेरीमा थोरै पानी पार्ने प्रयास यसले गरेको छ। र पुस्तकमा प्रस्तुत विचारमाथि थप बहस र छलफल तथा रहेका अपुरा अधुरा कुरा र कतिपय विचार अमान्य छन् भने तिनको भरताल पनि बहसबाटै होस् भन्ने अपेक्षा लेखकले राखेको पाइन्छ। दैनिक राजनीतिको बजारमा आफ्नै विचार, सिद्धान्त र नैतिकताको मोलमोलाइमा व्यस्त हुन थालेको चुनावका समयमा मजदुर किसानको कुरा गर्ने र चुनाव पछि संसद र सरकार मार्फत दलाल पुँजीवादको सेवामा (पेज २५१) लिप्त कम्युनिष्ट पार्टीको नेतृत्वमाथि प्रश्न उठाउँदै लेखकले आफ्ना रचना मार्फत नेपाली समाजमा मार्क्सवाद, समाजवाद र क्रान्तीकारी रुपान्तरणको सम्भावना छ भन्ने पुष्टि गर्न प्रयास गरेका छन्। याहाँ  उनको पुस्तकको  बूँदागतरुपमा परिचय र परिचर्चा गर्ने प्रयास गरिएकोछ।

    विकल्प समता, समाजवाद र मुक्त दुनिया पुस्तकका लेखक राम कार्की नेकपा माओवादी केन्द्रका नेता तथा मार्क्सवादी चिन्तक हुन्। नेकपा मसालमा सामेल भएर आफ्नो राजनीतिक जीवन सुरु गरेका कार्की माओवादी जनयुद्धमा सामेल भए र नेपाली समाज रुपान्तरणमा आफ्ना मान्यता अनुरुप सक्रिय रहे। पछि साँसद, संविधान सभा सदस्य र मन्त्रीका रुपमा समेत भूमिका खेलेका कार्की मुलतः सार्वजनिक वृत्तका बहस र छलफल मार्फत वचारिक कर्म गरिरहेका आफ्नो पुस्ताका सक्रिय चिन्तक हुन्। माओवादी वृत्तभित्र विचारधारात्मक बहसलाई आफ्नो पंक्ति भन्दा बाहिर पनि विस्तार गर्ने सिमित नेता मध्ये उनको नाम पनि आउँछ । उनी पाँच वर्ष पहिले मार्क्सको द्वीशतवार्षिक जन्मोत्सव मनाउन गठिन समितिमा घनश्याम भूषालसँग सहसंयोजक रहेर मार्क्सवादी वैचारिक बहसलाई अघि बढाउन सक्रिय थिए।
    उनको यो पुस्तक मुलतः विभिन्न समयमा उनले लेखेका लेखहरु र दिएका प्रवचनहरुलाई परिमार्जन गरेर तयार पारिएको हो। लेखमा करीव १५ वर्ष यताको नेपाली राजनीति र त्यसमा कम्युनिष्ट पार्टी माओवादी र एमालेका विचारहरुमाथि वैचारिक विमर्श समेटिएको छ। बुकहिल प्रकाशनले बजारमा ल्याएको जम्मा २६३ पेजको पुस्तकमा  भूमिका बाहेक ३३ वटा लेखहरु छन्। यसलाई उनले आफ्नो वैचारिक प्रस्तावना या दस्तावेजको मस्यौदा भनेका छन् र सार्वजनिक बहसका माध्यमबाट दस्तावेजलाई अन्तिम रुप दिन अपिल गरेका छन्।
    एउटा विषयमा केन्द्रित भएर सिलसिलाबद्ध रुपमा नलेखिएको र लामो समयका रचनाहरु समेटिएकाले यसमा कतिपय कुराहरु दोहोरिएका छन्। उस्तै उस्तै विचारहरुको भिन्न समयमा गरिएको टिप्पणीका कारण भाषा र उदाहरण तथा सन्दर्भमा आउने भिन्नता सहितको पूर्ण पुस्तक भने यसलाई मान्न सकिन्छ। किनभने पुस्तक समग्रमा मार्क्सवादी विचारधारा र विश्व कम्युनिष्ट आन्दोलनका वैचारिक, सांगठनिक, साँस्कृतिक मूल्यहरु, पुँजीवादसँगको संघर्ष र त्यसक्रममा आन्दोलनहरुमा आएका उतारचढावको एउटा समरेखीय विश्लेषण पद्धतिमा आधारित छ। पुस्तक पढ्दा उनमा मार्क्सवाद, समाजवाद, पुँजीवादको विनाश र मुक्त मानव सम्भव छ भन्नेमा पूर्ण र अटल विश्वास पाइन्छ।
    उनका रचनामाथि टिप्पणी गर्न किनपनि अप्ठेरो छ भने हरेक रचनाभित्र उनले मार्क्सवादी (कम्युनिष्ट) आन्दोलनभित्र उत्पन्न वैचारिक रिक्तता र त्यसको हल गर्न खोजिनुपर्ने विकल्पहरुको अलि अमूर्त जस्तो तर विस्तारीत चिन्ता गरेका छन्। अमूर्त यस मानेमा कि उनले प्रष्ट उत्तरहरु दिएका छैनन् थोरै सन्दर्भमा बाहेक। यसैकारण सार्वजनिक बहसका माध्यमबाट दस्तावेजलाई अन्तिम रुप दिन अपिल गरेका हुन गरेका सक्छन्।

    पुस्तकमा उनले भनेका कुराको सार यसरी खिच्न सकिन्छः

    • मार्क्सवादी बाटो नै मूलबाटो र मानव मुक्तिको उत्तम बाटो हो
    •  समाजवाद बाहेकका बाटो या गन्तव्यले सर्वनाश निम्त्याउँछन्।
    • मार्क्सवाद धर्मशास्त्र हैन, यो हरेक नयाँ स्थान र काल अनुसार थप पुष्टि गर्दै व्याख्या गर्दै थप घट गर्दै जानुपर्ने विचार हो, सिद्धान्त हो।
    •  मार्क्स र उनका विचार सम्बन्धी बुझाइ कम्युनिष्ट आन्दोलनमा समरुपी छैन, हरेक युग र ऐतिहासिक व्यक्तित्वहरुले यसलाई फरक ढंगले बुझेका छन्, त्यसलाई व्यवहारमा लागू गर्न आवस्यक संगठन र संस्कृति तथा जनसमुदायसंगको सम्बन्धको अलग बाटो अँगालेका छन्।
    • काउत्स्की, रोजा, लेनिन, ग्राम्सी, माओ, क्याष्ट्रो र हो चि मिन्हका उदाहरणहरु बहसलाई उजिल्याउन बारम्वार प्रयोग भएका छन्।
    • नेपालमा कम्युनिष्ट पार्टीहरु खासगरी नेकपा माओवादी केन्द्र, नेकपा एमाले र यी दुवै मिलेर बनेको नेकपाका सन्दर्भमा पार्टी, आन्दोलन र त्यस बाहिरको आम वृत्तमा उठेका प्रश्नहरुको मर्म समात्ने प्रयास भएको छ।
    • कम्युनिष्टहरुले आफुलाई साँचो अर्थमा मार्क्सवादी बनाउने र समाजवादलाई सफल बनाउने हो भनेः पार्टीहरुको अहिलेको नेतामुखी चरित्र बदल्नु पर्छ, जनवर्गीय संगठनहरुलाई स्वायत्त बनाउनु पर्छ, पुँजीवादी तरिकाले हैन कम्युनिष्ट तरिकाले विचारहरु बनाउनु पर्छ, जनतालाई नीति निर्णयमा प्रत्यक्ष रुपमा सामेल नगराईकनै चैं न समाजवाद प्राप्त हुन्छ न कम्युनिष्ट पार्टीले शक्ति हासिल गर्छ।
    • उनले मार्क्सको मुख्य विचारलाई सहि ढंगले पक्रेका छन्ः मार्क्सको लक्ष राजनीतिक सत्ता या समाजवाद हैन, मानवको पूर्ण मुक्ति हो। यो मुक्त मानव (समाजको मुक्ति विना व्यक्तिको मुक्ति सम्भव छैन, व्यक्तिको मुक्तिसँग आवस्यकताको दासत्वबाट मुक्तिको प्रश्न जोडिन्छ जुन साम्यवादमा मात्र सम्भव छ) को खोजीका पुँजीवादी भुलभुलैयाबाट प्राप्त हुँदैन, कम्युनिष्टहरुले योजनावद्ध सुसंस्कृत प्रयास गर्नु आवस्यक छ।

    उनका लेख रचनामा समकालीन नेपालले ब्यहोरेका समस्या र संकटहरुको सुक्ष्म विश्लेषण र त्यसबाट निकासको खोजीका लागि प्रश्नहरु र केही सिमित उत्तरहरु पाइन्छ।

    • ग्राम्सीलाई उनले सहि ठाउँमा र सन्दर्भमा उद्धृत गरेका छन्ः पुरानो मर्दै जानु तर नयाँ जन्मन नसक्नु नै संकटको मुल कारण हो भन्ने ग्राम्सीको भनाई हाम्रो आजको अर्थराजनीतिक संकट र समाजमा विद्यमान उकुसमुकुसको ठ्याक्कै संस्लेषित रुप हो।
    • यसबाहेक कम्युनिष्ट पार्टीभित्र हुर्कंदो व्यक्तिवाद, बरालिएका बहस र नवसामन्तवादी संस्कृतिको उनले मज्जाले खिल्ली उडाएका छन्। जनताबाट पार्टी अलगिदै जानुका कारण खोतलेका छन्। एमालेलाई जबजको कार्यनीति र माओवादीलाई शान्तीपूर्ण संक्रमणको यात्राले पुँजीवादको सेवामा कसरी लतार्यो भन्ने संकेत गरेका छन्।
    • र सबै समस्याको जडमा हाम्रो नेतृत्वले मार्क्ससँग नाता तोड्दै पुँजीपतिवर्गको सेवामा लाग्नुका कारणहरु छन् भन्ने दर्शाएका छन्।

    माओवादी नेता तथा मार्क्सवादी चिन्तक कमरेड राम कार्कीको यो पुस्तक जनयुद्धको विश्राम पछि माओवादी आन्दोलन र नेपाली समाजको उत्पीडित तप्का तथा श्रमजीवि वर्गले गुमाएका अवसरहरुको निर्मम समीक्षा हो।

    पुस्तकले थप उच्चस्तरको बहसको माग गर्छ। पुस्तकका लागि राम कार्कीलाई नेपाल रिडर्सको तर्फबाट बधाई तथा शुभकामना।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.