Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
Monday, April 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चीनसँग अमेरिकी व्यापार युद्ध – पश्चिमी साम्राज्य रक्षार्थ चालिएको एक हतास कदम

आन्द्रे भ्लिट्चेक आन्द्रे भ्लिट्चेक
साउन १४, २०७६
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

     

    चीनिया अन्तरराष्ट्रियवादी मेगा प्रोजेक्टहरू साक्षात्कार गर्ने अवसर प्राप्त गरेका मानिसहरू मध्ये धेरैलाई पश्चिमी साम्राज्य ढल्दैछ भनेर स्पष्ट भएको हुनुपर्छ। त्यो साम्राज्यले चीनिया चरित्रको समाजवादी सिद्धान्तको जगमा निर्मित संसारको सबैभन्दा ठूलो जनसंख्या भएको मुलुकको असिम उत्साह र प्रगतिशील हौसलासँग कहिल्यै प्रतिस्पर्धा गर्न सक्नेछैन ।

    लाओसको ग्रामिण इलाकामा बसेर यो लेख लेखिरहँदा मैले त्यहाँ ठूला–ठूला पुल, सुरुङ बनाउँदै र ग्रामीण जनसंख्याको लागि अस्पताल, विद्यालय र साना उद्योगका साथै एयरपोर्ट र जलविद्युत आयोजनाहरू स्थापना गर्दै एसियाको सबैभन्दा गरीव राष्ट्रहरू मध्ये एक मुलुकलाई चीन र दक्षिणपूर्व एसियासँग जोडिरहेको चीनिया इन्जिनियरहरू र श्रमिकहरूको एक सिङ्गो पल्टन देखें अर्थात छोटकरीमा भन्नु पर्दा लाओसका बहुसंख्यक जनतालाई जीविकाका आधार प्रदान गर्दै र पूर्वाधार निर्माण गर्दै उनीहरूलाई गरीबिबाट माथि उठाइरहेको छ।

    चीनले सदीयौंसम्म पश्चिमा उपनिवेशवाद र साम्राज्यवादबाट पिल्सिएका दक्षिण प्रशान्त सागरको सानो टापु राष्ट्र देखि अफ्रिकी देशहरूसम्म ठीक यही काम गरिरहेको छ । आवश्यकताहरूको बोझले थिचिएका ल्याटिन अमेरिकी देशहरूलाई चीनले सहयोग गरिरहेको छ र त्यसै समयमा उसले आफूलाई मध्यम वर्गीय र पर्यावरणीय तथा सांस्कृतिक रूपमा जिम्मेवार राष्ट्रको रूपमा उभ्याइरहेको छ। एउटा यस्तो राष्ट्र जसले चाँडै, सम्भवतः सन् २०२० सम्ममा सबै प्रकारका चरम गरिवीबाट मुक्ति पाउनेछ।

    त्रसित छ पश्चिम

    यो सजिलो अर्थमा उसको विश्व व्यवस्था अन्त्य हुनसक्छ र त्यो अपेक्षा गरिएको भन्दा धेरै चाँडो हुनसक्छ । र, त्यसैले उ कल्पना गर्न सकिने हरेक उपायले चीनसँग वैमनस्यता राख्ने र उसलाई उत्तेजित तुल्याउने प्रयत्न गरिरहन्छ। एसिया प्रशान्तको सैनिकीकरण गरेर होस् वा जापानसहित दक्षिणपूर्वी कैयौं देशहरूलाई उचालेर राजनैतिक रूपले होस् वा सैनिक रूपले नै किन नहोस् जनगणतन्त्र चीनलाई उत्तेजित बनाउने कोसिस गरिरहन्छ । पश्चिम र उसका ग्राहक राष्ट्रहरूमा चीन विराधी प्रोपोगाण्डा पछिल्लो समयमा कर्कस प्रलापमा परिणत हुँदैछ । हालसालैको मेरो लेखमा मैले ब्याख्या गरे जस्तै अहिले चीनमाथि चौतर्फी आक्रमण भइरहेको छ। त्यो आक्रमण ‘अति कम्युनिष्ट भएको’ वा ‘पर्याप्त कम्युनिष्ट नभएको’ भनेर नै किन नहोस्।

    लाग्छ, पश्चिमले चीनका प्रत्येक आर्थिक अभ्यासहरूलाई निन्दा गर्छ, चाहे त्यो केन्द्रिय योजना, ‘समाजवादी प्रतिफलका लागि पुँजीवादी साधन’ होस् वा आफ्ना आम नागरिकको मूल्यमा बहुराष्ट्रिय निगमहरूलाई धनी बनाउनुको साटो आफ्ना जनताको जीवनस्तर माथि उठाउने नयाँ चीनियाँ नेतृत्वको दृढ अठोट होस्।

    यो हेर्दा व्यापार युद्ध जस्तो देखिन्छ तर वास्तवमा यो ‘रुस विरुद्ध पश्चिम’ जस्तै ‘चीन विरुद्ध पश्चिम’ को वैचारिक युद्ध हो।

    चीनले रुससँग मिलेर पश्चिम र उसका कम्पनीहरूको कृपा र अधिनमा रहेको विश्वको खण्डलाई प्रभावकारी ढङ्गबाट औपनिवेसीकरणबाट मुक्त बनाउँदैछ (साथै जापान दक्षिण कोरिया जस्ता पश्चिमका ग्राहक राष्ट्रहरूका कम्पनिहरूबाट पनि)।

    चीनलाई जस्तो सुकै नाम दिइरहे पनि त्यसले औपनिवेसीकरणबाट मुक्तिको अभियान द्रुत गतिमा अघि बढिरहेको छ। विश्वभरका पहिले गरीब र जोखिममा रहेका देशहरू हाल आएर बेइजिङ र मस्कोबाट संरक्षण हुने चाहना राखी रहेका छन्।

    तर ‘आलो घाउमा नुनचुक छर्के झै’ उपनिवेसबाट मुक्तिको समानान्तर ‘डलरबाट मुक्ति’ ले पनि देशहरू, विशेष गरी पश्चिमको निषेधआज्ञा र ज्यानमारा नाकाबन्दीबाट पीडित राष्ट्रहरूलाई आकर्षित गरिरहेको छ । यसको पछिल्लो उदाहरण भेनेजुएला हो।

    दर्जन बढी देशहरूले अन्तरराष्ट्रिय कारोवारमा भरपर्दो स्थीर ‘वैकल्पिक’ मुद्राको रूपमा चीनिया युवानलाई (आर एम बि) प्रयोग थालेका छन्।

    सिङ्गो विश्वको समृद्धि वा ‘भुमण्डलीय समृद्धि’ भनौ, पश्चिमको चाहना होइन । जहाँसम्म वासिङ्टन र लण्डनको चासोको कुरा छ ‘वरिपरि’ आसपासको विश्व मुख्यतया उनीहरूलाई कच्चा पदार्थ आपूर्ति गर्नको लागि (जस्तो इन्डोनेसिया), सस्तो श्रमको लागि (जस्तो मेक्सिको) अस्तित्वमा छ र ती देशहरूमा आज्ञाकारी र दिक्षित जनसंख्याको सुनिश्चितता होस् जसले विद्यमान विश्व ब्यवस्थामा कुनै खराबी देख्ने छैन।

    क्यानेडियाली पत्रिका ग्लोबल रिसर्चमा लेखिएको “आइ एम एफ– वर्ल्ड बैंक–डब्ल्यु टि ओ— भुमण्डलीकरणको विघटनबाट मुक्ति र भन्सार महसुल विरुद्ध त्रासको खेति—सार्वभौम राष्ट्रहरूको पुनरागमन ” नामको आफ्नो लेखमा कुनै समय विश्व बैंकका कर्मचारी, मेरा मित्र, नामी स्विस अर्थशास्त्री पिटर कोइङ लेख्छन्:
    “अन्तर्राष्ट्रिय वित्त र ब्यापारका तीन प्रमुख खलनायकहरू आइ एम एफ, वर्ल्ड ब्याङ्क र डब्ल्यु टि ओ का महत्वपूर्ण प्रतिनिधिहरूको इन्डोनेसियाको सुन्दर टापु बालीमा बसेको बैठकमा उनीहरूले ट्रम्प प्रशासनद्वारा उक्स्याइएको र थालिएको बढ्दो ब्यापार युद्धले निम्त्याएको घट्दो अन्तरराष्ट्रिय लगानी: आर्थिक बृद्धिका भयानक दुष्परिणामहरू प्रति सचेत गराए । उनीहरूले संरक्षणवादले धेरै देशहरूमा समृद्धिमा गिरावट ल्याउनेछ भन्दै त्यसको आलोचना गरे । आइ एम एफ ले यो वर्ष र आउँदो सन् २०१९ को लागि आफ्नो विश्व आर्थिक बृद्धिको प्रक्षेपणमा कटौती गरेको छ ।

    आइ एम एफ ले यो वर्ष र आउँदो सन् २०१९ को लागि आफ्नो विश्व आर्थिक बृद्धिको प्रक्षेपणमा कटौती गरेको छ ।

    यो बिना आधारको विशुद्ध त्रासको खेति हो । वास्तवमा बृद्धि गरिएको लगानी र ब्यापारको प्रतिफल भनी दावी गरिएको विगतको आर्थिक बृद्धिले ज्यादै सानो संख्यालाई मात्र फाइदा पुर्‍यायो र विकासशील र औद्योगिक देशहरूमा धनी र गरीबहरू बीचको खाडललाई थप फराकिलो बनायो । चाखलाग्दो त के छ भने जि डि पि बृद्धिको आन्तरिक वितरणबारे कोही पनि कहिल्यै बोल्दैनन्……..”

    पिटर कोइङ ग्लोवलाइजेसन र ‘स्वतन्त्र ब्यापार’ यस धर्तिका बहुसंख्यक देशहरूका लागि लाभकारी छैनन् भनी तर्क गर्छन् । उनी चीनको उदाहरण दिन्छन्:

    “बारम्बार प्रमाणित तथ्यले भन्छ— आर्थिक दरिद्रताबाट मुक्ति चाहने देशहरूले कम भन्दा कम बाहिरी हस्तक्षेपका साथ आफ्नै आन्तरिक सामाजिक–आर्थिक क्षमतामा ध्यान दिए राम्रो प्रगति गर्न सक्छन्। यसको सबैभन्दा प्रत्यक्ष उदाहरण चीन हो । चीनमा १ अक्टोबर १९४९ मा जनगणतन्त्र चीन स्थापना भयो, त्यसबेला अध्यक्ष माओको घोषणाद्वारा सदियौं देखिको पश्चिमा उपनिवेशवाद र शोषणबाट मुक्त भयो तब माओ र चीनिया कम्युनिष्ट पार्टीले ध्वस्त भएको ‘घर दुरुस्त बनाउनु थियो’, यस्तो देश जो पश्चिमा उपनिवेशवादीहरूको निर्लज्ज शोषणजनित रोग, अशिक्षा र निरासाजनक भोकमरीले ग्रसित थियो । त्यसो गर्न सर्वप्रथम चीनले १९८० को दशकको मध्यसम्म आफूलाई बाहिरी विश्वबाट विल्कुलै अल्ग्गै राख्यो । त्यसपछि जब चीन अनियन्त्रित रोग र भोकमरीबाट मुक्त भयो, देशब्यापी शिक्षा ब्यवस्था स्थापना गर्‍यो र खाद्यान्न तथाअन्य कृषि उत्पादन निर्यात गर्ने स्थानमा पुग्यो तब चीन पूर्णरुपले आत्मनिर्भर बन्यो र विस्तारै यसले अन्तर्राष्ट्रिय लगानि र ब्यापारको लागि आफ्नो सिमाना खुला गर्‍यो । र अहिले हेर्नुहोस्! चीन कहाँ पुगेको छ । चीन विश्वको पहिलो अर्थतन्त्रमात्रै बनेको छैन बरु एक महाशक्ति राष्ट्र पनि बनेको छ जसलाई अब उप्रान्त कुनै पश्चिमा साम्राज्यवादले दमन गर्न सक्नेछैन ।” 

    आत्मनिर्भर बन्नु हाम्रो ग्रहका प्रत्येक देशका मानिसहरूका लागि गर्वको कुरा हो तर पश्चिमको आँखामा निश्चय नै यो ‘अपराध’ हुन्छ।

    आत्मनिर्भर बन्नु हाम्रो  विश्वको प्रत्येक देशका मानिसहरूका लागि गर्वको कुरा हो तर पश्चिमको आँखामा निश्चय नै यो ‘अपराध’ हुन्छ ।

    हाल चीन स्वतन्त्र मात्र छैन उसले सिङ्गो विश्व सामू एउटा विल्कुलै नयाँ ब्यवस्था प्रवेश गरायो जसमा नीजि कम्पनीहरू सरकार र जनताका चासोहरूका साधन बन्दछन् । पश्चिममा (र उसका ग्राहक देशहरू) सरकारहरू नीजि कम्पनीहरूका ऋणी हुने र जनताहरू केवल कर्पोरेटहरूका निम्ति अकुत नाफा कमाउनका लागि मात्र अस्तित्वमा हुने ब्यवस्थाको ठिक उल्टो चीनको ब्यवस्था छ ।

    अझ यस माथि चीनियाँ जनसंख्या शिक्षित, उत्साही, देशभक्त र अविश्वसनीय रूपमा उत्पादनशील छ । फलस्वरूप चीन पश्चिमसँग प्रतिस्पर्धा गरिरहेका छ र सजिलै जितिरहेको पनि छ । उसले विश्वलाई नलुटी, अन्य देशका सरकारहरू परिवर्तन नगराई र जनतालाई भोकमरीमा नधकेली यो जित हासिल गरेको छ।

    यसैलाई अमेरिका ‘अस्वस्थ प्रतिस्पर्धा’ देख्छ र यस वापत नाकाबन्दी, धम्की र उक्साहट गर्दै सजाय दिन चाहन्छ । यसलाई ‘ब्यापार युद्ध’ भन्ने गरिन्छ तर वास्तवमा यो ब्यापार युद्ध होइन।

    किन यसलाई अस्वस्थ प्रतिस्पर्धा भनियो?, किनभने पश्चिमद्वारा निर्देशित र जापान तथा दक्षिण कोरियाले सहर्ष स्वीकार गरेको पुरानो साम्राज्यवादी नियमअनुसार खेलिने खेलमा ‘सामेल’ हुन चीनले अस्वीकार गरिरहेको छ । चीन शासन गर्न चाहँदैन त्यसैले पश्चिम त्रसित छ।

    एक प्रकारले राष्ट्रपति ट्रम्प र वर्तमान चीनिया नेतृत्व दुबै आ-आफ्ना देशलाई ‘पुन महान’ बनाउन चाहन्छन् तर दुवैले महानतालाई फरक ढङ्गले अर्थ्याएकाछन् । अमेरिकाको निम्ति ‘महान’ बन्नु भनेको फेरि विश्वलाई आफ्नो नियन्त्रणमा राख्नु हो, जुन काम दोस्रो विश्व युद्ध लगत्तै उसले गरेको थियो।

    चीनको निम्ति महान हुनु भनेको आफ्ना नागरिकहरूका साथै विश्वका बहुसंख्यक जनतालाई उच्च स्तरको जीविका उपलब्ध गराउनु हो । यसका साथै ‘अपमानको युग’ अगाडि एक सहस्राब्दीसम्मको आफ्नो महान संस्कृति प्राप्ति पनि हो र सन् १९४९ पछी चीनले त्यसमा निरन्तर सुधार गरिरहेको छ।

    मसगँग एउटा किताबको सहलेखन गरिरहेका एक प्रख्यात अमेरिकी दार्शनिक जोन कब जुनियरले उक्त किताबमा यस्तो लेखेका छनः
    “दोस्रो विश्व युद्ध पछाडि अमेरिकाले जे गर्‍यो त्यसको ब्यापक नक्कल गरियो । अतः उसलाई विश्वको नेतृत्व गर्ने सुन्दर अवसर प्राप्त भएको थियो । त्यस अवधिको अधिकांश समयमा उसले गलत दिसामा नेतृत्व गर्‍यो । अमेरिका र चीन सहित सिङ्गो विश्वले त्यसको मुल्य चुकाइरहेका छन र आउँदो लामो समयसम्म चुकाइरहने छन । तर अमेरिकी नेतृत्वका दिन अन्त्य हुँदैछन् । म अझै पनि अमेरिका ठूला सुधारहरूमा लागोस भन्ने चाहन्छु तर त्यसले विश्वलाई नै बदल्न धेरै ढिलो भइसकेको छ । हामी अमेरिकी सताब्दीको अन्त्य र चीनिया सताब्दीको सुररुवातको खुसीयाली मनाउन सक्छौं ।”

    धेरैले त्यसै गर्नेछन तर केहीले गर्ने छैनन । अमेरिकी नेतृत्व अझ भनौं “अमेरिकी शताब्दी” को अन्त्यले पश्चिमा देशहरू विशेष गरी युरोपलाई त्रसित बनाउन सक्छ । ठिक हो बाधारहित पश्चिमा आर्थिक तानाशाहीको पटाक्षेप भइरहेको छ । सम्भवत चाँडै युरोपीयनहरूले आफ्ना प्राकृतिक स्रोत र सस्तो श्रमका लागि उपनिवेश वा अर्ध उपनिवेसमा लुट मच्चाउनुको साटो साँच्चै प्रतिस्पर्धामा उत्रिने र पैसा कमाउन कडा मेहेनत गर्नुपर्ने हुनसक्छ ।

    जसरी पश्चिमा धेरै मानिसको डरले सातो गएको छ त्यसरी नै विश्वका अन्य सबै भागहरूमा आसाको सञ्चार भइरहेको छ।

    चीनका निम्ति अमेरिका दबाव सामु नझुक्नु भनेको आफ्नो स्वतन्त्रताको विषयमा उ कति गम्भीर छ भनि देखाउनु पनि हो । संसारको सबैभन्दा ठूलो जनसंख्या भएको देश आफ्ना चासोहरू, जनता र मुल्यहरूको रक्षा गर्न तयार छ।

    चीनका निम्ति अमेरिका दबाव सामु नझुक्नु भनेको आफ्नो स्वतन्त्रताको विषयमा उ कति गम्भीर छ भनि देखाउनु पनि हो । संसारको सबैभन्दा ठूलो जनसंख्या भएको देश आफ्ना चासोहरू, जनता र मुल्यहरूको रक्षा गर्न तयार छ।

    उ एक्लो छैन । रुस देखि इरानसम्म, भेनेजुयला देखि दक्षिण अफ्रिकासम्म नयाँ नयाँ देशहरू चीनको पक्षमा उभिनेछन् र यसो गर्दा उनिहरू स्वयं आफ्नो स्वतन्त्रता (independence and freedom) को रक्षा गरिरहेका हुनेछन।

    (अमेरिकन हेराल्ड ट्रिब्युनबाट अनुदीत प्रथम पटक काउन्टर करेन्टस्मा प्रकाशित यो लेख नेपाल रिडर्सका लागि दामोदर उपाध्यायले भावानुवाद गर्नुभएको हो ।) 

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      आन्द्रे भ्लिट्चेक

      आन्द्रे भ्लिट्चेक

      आन्द्रे भ्लिट्चेक एक दार्शनिक, उपन्यासकार, फिल्म निर्माता र पत्रकार हुन ।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.