Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भौतिकशास्त्रले कसरी समृद्धि ल्याउँछ?

विज्ञानले के गर्छ भनेर भौतिकशास्त्रमा मात्रै भनेर हुँदैन। सबै विषय एक प्रकारले सँगसँगै विकास गर्दै लैजानु पर्ने हुन्छ। विज्ञानले के गर्छ भनेर हामीले बुझ्न पनि सकेनौं र बुझाउन पनि सकेनौं। बुझाउन नसकेको दोष वैज्ञानिकहरुले लिनुपर्छ। समाजको विकास विज्ञानले गर्छ भन्ने महत्वपूर्ण विषय बुझाउन नसक्नु चाहिँ हाम्रै कमजोरी हो कि त्यतातर्फ नै ध्यान दिनुपर्छ।

प्रा. उदयराज खनाल प्रा. उदयराज खनाल
साउन ६, २०७४
- विमर्शका लागि, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रसिद्ध भौतिकशास्त्री अब्दुस सलामले भौतिकशास्त्रलाई ‘साइन्स अफ वेल्थ’ भन्नुभएको छ। गरिबीबाट उन्मुक्ति पाउने हो भने भौतिकशास्त्रको प्रयोग नगरी सम्भव छैन भन्ने सलामको धारणा हो । त्यसको उदाहरणका लागि अहिले प्रयोग भैरहेको माइक्रो प्रोसेसरलाई लिन सक्छौं। यो आधारभूत रुपमा बालुवाको कण हो। बालुवाको सानो कणलाई विभिन्न प्रकृयाको माध्यमबाट अहिले सुनभन्दा महत्वपूर्ण वस्तु माइक्रो प्रोसेसर बनाइन्छ। नोबेल पुरस्कार जित्ने ट्रान्जिस्टर हेर्‍यौं भने एउटा टेबलभर अटाउने छ। त्यसलाई सानो बनाउँदा-बनाउँदा अहिले एउटा बालुवाको कणभित्र १ सय २८ गिगाबाइट ट्रान्जिस्टर अटाउन सक्ने प्रविधिको विकास भएको छ। यो त एउटा उदाहरणमा मात्रै हो। यस्तै विषयले गर्दा भौतिकशास्त्रलाई ‘साइन्स अफ वेल्थ’ भनिएको हो।

    सन् १९८९ मा प्रोफेसर सलाम नेपालमै आउनु भएको थियो । यस क्षेत्रको गरिबीको कारणले उहाँ निकै दु:खी हुनुहुन्थ्यो। यस क्षेत्रलाई कसरी गरिबीमुक्त बनाउन सकिन्छ भन्ने विषयलाई विचार गरेर नेपालमा उच्च प्रविधियुक्त केन्द्र बनाउने प्रस्ताव थियो । त्यसमा विशेषगरी सूचना विज्ञान (Information Science), पदार्थ विज्ञान (Material Science) र जैविक प्रविधि (Biotechnology) विषयहरुमा अनुसन्धान गराउने चाहना थियो।

    सो  प्रविधि केन्द्रमा- चीन, भारत, पाकिस्तानसहित यस क्षेत्रको वैज्ञानिकहरुले, विश्वका विख्यात वैज्ञानिकसँगको सहकार्यमा अनुसन्धान गर्न पाउन् भन्ने थियो। तर दुर्भाग्य त्यो कार्यक्रम अघि बढ्न सकेन। त्यस समयमा सूचना विज्ञानले मानिसलाई यति धेरै धनी बनाउँछ भन्ने नीति निर्माणतहमा बस्नेहरुले सोचेकै थिएनन् । सलाम दुरद्रष्टा हुनुहुन्थ्यो र उहाँले भविष्य देख्नु भएको थियो।

    त्यसबेला भारतको बैङ्गलोरमा विज्ञानको राम्रो विकास भएपनि ‘सिलिकन भ्याली अफ इन्डिया’ को रुपमा भने आइसकेको थिएन । वैङ्गलोरको विकास देखेपछि नेपालले केही गल्ती सच्याउने कोसिश गर्‍यो, बनेपामा सूचना प्रविधि पार्क भनेर खोलियो तर निकै ढिलो भैसकेको थियो। त्यो पनि उपयोगी हुनसकेको छैन।

    भारतको बैङ्गलोरमा विज्ञानको राम्रो विकास भएपनि ‘सिलिकन भ्याली अफ इन्डिया’ को रुपमा भने आइसकेको थिएन । वैङ्गलोरको विकास देखेपछि नेपालले केही गल्ती सच्याउने कोसिश गर्‍यो, बनेपामा सूचना प्रविधि पार्क भनेर खोलियो तर निकै ढिलो भैसकेको थियो। त्यो पनि उपयोगी हुनसकेको छैन।

    भौतिकशास्त्रमा मात्रै होइन अर्थशास्त्रमा पनि यस्तै धारणा विकास भएको पाइन्छ। नोबेल पुरस्कार विजेता अर्थशास्त्री अमर्त्य सेनले भारतको बंगाल र चीनको भोकमरीको अध्ययन गरेर निकाल्नु भएको निष्कर्ष के हो भने ‘गरिबी र भोकमरी’ राजनीतिले उत्पन्न गर्ने हो। विकास गर्नका लागि चाहिने मुख्य स्रोत भनेको ‘मानव संसाधन’ मात्रै हो, प्राकृतिक स्रोत त सहायक हुन् । मानव संसाधनलाई सेनले मुख्य विषयको रुपमा प्रस्तुत गर्नु भएको थियो। प्रामाणिक सिद्धान्तले मात्रै नोबेल पुरस्कार पाउँछ। यसका उदाहरण धेरै छन्। सिंगापुर कुनै प्राकृतिक स्रोतले भरिपूर्ण देश होइन । मानव संसाधनको बलमा विकास गरेको हो। मिजी क्रान्तिपछि जापानले विज्ञानको क्षेत्रमा विकास गर्ने राष्ट्रिय प्रतिबद्धता व्यक्त गर्यो। त्यसपछि नै जापान धेरै विकसित भएको हो। नेपाल टेलिभिजनमा पहिलो ‘ओसिन’  भन्ने जापानी टेलिसिरियल आउथ्यो। जापानीहरुले नेपालीहरुले सिकुन् भनेर दिएको हुनसक्छ – ओसिन बच्चा हुँदा जापान गरिब भएदेखि विश्वयुद्ध समाप्त भएर बुढी हुँदासम्म कसरी विकास गर्‍यो भनेर देखाएको छ। पहिले जापानको कृषि नेपालकै जस्तो थियो। किसानले कमायो,आधा साहुलाई दियो, आधा ऋणहरु तिर्दै सकियो, घरमा खाने नै छैन। बालबालिका भोकैभोकै बसेका छन्। त्यस्तो अवस्थाबाट विकास गरेर जापान अहिलेको अवस्थामा पुगेको हो। त्यसमा विज्ञानकै देन छ। मलेसियालाई हेर्ने हो भने महाथीर बिन मोहम्मद ठूलो उद्योग शुरु गर्दा पश्चिमाहरुले खिसी गरे। तर उनले सो कुरामा ध्यान दिएनन्। अहिले नेपालमा अरु भन्दा सस्तोमा मलेसियाली मोटर पाइन थालेको छ।

    हामी नेपाली धेरै मिहनेती छौं। नेपाली दाजुभाइ-दिदीबहिनीहरुले मरुभूमिमा गएर पशुपालन र खेती गरेर अरबहरुलाई धनी बनाएका छन् । उनीहरुले निर्माणको क्षेत्रमा ठूला ठूला परियोजनामा काम गरेका छन्। तर नेपालको भने खेत बाँझो नै छाडिएको छ। धेरै अघिको कुरा होइन २०-२५ वर्षअघि नै नेपालले भारततर्फ धान निर्यात गर्दथ्यो। अहिले भारतीयहरुले आफ्नो उत्पादनलाई यति वृद्धि गरे कि नेपालमा उत्पादन गर्नुभन्दा भारतबाट ल्याएर बिक्री गर्नु धेरै सजिलो भयो । कैयौं उत्पादन प्रतिस्थापन भएका छन् र नेपालको कैयौं धानको प्रजाति पनि गुमाएको अवस्था छ। त्यसैले विज्ञानको माध्यमबाट देशको विकास गर्ने राष्ट्रिय प्रतिबद्धता नभर्इ नेपाल अघि बढ्न सक्दैन ।

    बाधक

    विज्ञानले के गर्छ भनेर भौतिकशास्त्रमा मात्रै भनेर हुँदैन। सबै विषय एक प्रकारले सँगसँगै विकास गर्दै लैजानु पर्ने हुन्छ। विज्ञानले के गर्छ भनेर हामीले बुझ्न पनि सकेनौं र बुझाउन पनि सकेनौं। बुझाउन नसकेको दोष वैज्ञानिकहरुले लिनुपर्छ। समाजको विकास विज्ञानले गर्छ भन्ने महत्वपूर्ण विषय बुझाउन नसक्नु चाहिँ हाम्रै कमजोरी हो कि त्यतातर्फ नै ध्यान दिनुपर्छ।

    विज्ञानलाई नेपालमा राजनीतिक नाराको रुपमा मात्रै प्रयोग गरिररहेका छौं। विज्ञानलाई एक प्रकारको विशेषण बनाएर छाडिदियौं जस्तो लाग्छ। वैज्ञानिक शिक्षा र वैज्ञानिक भूमिसुधार भनेर भन्छौं। नारा नारामै मात्र सिमित भैसक्यो। वैजानिक अनुसन्धान नगर्ने तर वैज्ञानिक हुन खोज्नेतर्फ ध्यान गएको जस्तो देखिन्छ।

    विज्ञानलाई नेपालमा राजनीतिक नाराको रुपमा मात्रै प्रयोग गरिररहेका छौं। विज्ञानलाई एक प्रकारको विशेषण बनाएर छाडिदियौं जस्तो लाग्छ। वैज्ञानिक शिक्षा र वैज्ञानिक भूमिसुधार भनेर भन्छौं। नारा नारामै मात्र सिमित भैसक्यो। वैजानिक अनुसन्धान नगर्ने तर वैज्ञानिक हुन खोज्नेतर्फ ध्यान गएको जस्तो देखिन्छ।

    अहिले बाग्मतीको दुवैतर्फबाट अतिक्रमण भयो, अति नै भएपछि पर्खाल लगाइएको छ । हामीलाई लाग्न सक्छ, हामीले राम्रो काम गर्‍यौ। तर त्यो कुन आधारमा गरिएको छ बुझ्न र बुझाउन खोजिएको छैन। यसै पटक पनि साउन महिनामा लगातार तीन दिन पानी पर्दा त्यसको सतह निक्कै माथिसम्म आइसकेको थियो। लगातार एक साता पानी पर्ने हो भने बाग्मती नदीको दुवै क्षेत्र डुब्छ। यो गम्भीर विषय हो। यसमा ‘हाइड्रोलोजिस्ट’ले हिसाब गर्नु पर्‍यो। अधिकतम कति पानी पर्छ,  नदीको बहाव कस्तो छ ? त्यसको बाँध निर्माण गर्दा त्यसैअनुसारको सरचना बनाउनु पर्ने हुन्छ। मनसुनको समयका लागि मात्रै ध्यान दिएर बनाएर भएन सधैं पानी आउनका लागि ‘रिजर्भ्वायर’हरु बनाएर नदीमा न्यूनतम पानीको प्रवाह भैरहने प्रणाली बनाउनु पर्ने हुन्छ।

    बाटोको बिस्तारको अवस्था पनि त्यस्तै रहेको छ। एक दिन कुनै निकाय आउँछ मुख्य ‘पिलर’लाई आधा मिटर परतिर सार भनेर चिह्न लगाउँछ। मुख्य पिलर हटाएपछि घरको भार कसरी थाम्छ भन्ने विषयमा नसोची, त्यसको योजना नबनाइ बाटो मात्रै चौडा बनाएर न ट्राफिक जाम घटेको देखिन्छ, न पैदल यात्रीलाइ  कुनै सुविधा पुगेको छ। अहिले मोटर चलाउने र पैदल यात्री दुवैलाई गाह्रो हुने प्रणाली विकास हुँदै गएको छ। फ़्लाइओभर जस्ता धेरै विकल्पहरु छन् , तर हामीले त निरिह पैदलयात्रुलाई अग्ला पुल चढ्न बाध्य पार्ने अव्यवहारिक उपाय मात्र खोज्छौं, कुनै दीर्घकालीन योजना छैन।

    कृषि क्षेत्र पनि उच्च प्रविधियुक्त भैसक्यो। प्रविधिको प्रयोग गरेर थोरै जनशक्तिबाट धेरै उत्पादन गरिन्छ।  ‘ड्रोन’लाइ युद्धमा प्रयोग गरेको धेरै पढ्छौं, कृषि क्षेत्रमा हुन थालेको थाहा छैन।  ठूला-ठूला खेतमा कुन स्थानमा पानी पुगेको छ वा छैन ? कुन स्थानका बोटविरुवालाई किराले खान लाग्यो? कहाँ सुक्न लाग्यो ? कुन स्थानमा चाहिने भन्दा बढी पानी भयो ? यो सबै विषयलाई हेर्न ड्रोनबाट प्राप्त हुने तथ्यांकलाई विश्लेषण गरेर काम हुन थालेको छ। एउटा वातानुकुलित कोठाभित्र बसेर खेती गर्न सकिने प्रविधिको विकास हुँदैछ। तर नेपालमा भने वैज्ञानिक भूमिसुधार भनेको खेतलाइ टुक्रा टुक्रा बनाएर वितरण गर्दै, प्रत्येकलाई एउटा-एउटा कुटो कोदालो दिएर खाद्यान्नको उत्पादनमा वृद्धि हुन्छ भन्ने प्रचार गरिन्छ। यो अन्तर्राष्ट्रिय जगतको व्यवहार र अनुभव विपरित रहेको छ। अहिले, अवस्था कस्तो बनेको छ भने नेपालीहरुले पञ्जाब वा हरियाणातिर गएर अर्काको धान वा गहुँ काट्यो भने परिवार पाल्न सक्छन् तर आफ्नैमा खेती गर्ने हो भने गुजारा चलाउन सक्ने अवस्थामा छैनन्।

    भौतिकशास्त्रको प्रयोग वा अध्ययन भनेको भौतिकशास्त्रको प्रकृतिको अध्ययन गर्ने विज्ञान मात्रै होइन। यसमा विकास भएको विधि र प्रविधिभित्र धेरै नै मानवीय पक्षको विषयहरु रहेका छन्। जुन धेरै क्षेत्रमा उपयोग गर्न सकिन्छ। अहिले वित्तीय क्षेत्रमा ब्याजको पूर्वानुमान गर्नका लागि , ‘फेनामानले’ क्वान्टम प्रणालीको परिवर्तन अध्ययन गर्न बनाएको ‘पाथ इण्टेग्रल’को विधि प्रयोग भैरहेको छ। यस विधिबाट निश्चित समयमा ब्याज कति हुन्छ भनेर गणना गर्ने गरिएको छ। यसरी नै अन्य सामाजिक आयामहरुमा भौतिकशास्त्रका विधिहरुको प्रयोग भैरहेको छ। निकैअघि अमेरिकाले ‘सुपर कन्डक्टिङ सुपर कोलाइडर (SSC)’ क्षमताको एउटा ‘पार्टिकल एक्सेलरेटर  (Particle accelerator)’ बनाउँदै थियो। त्यो अहिले फ्रान्स र स्विट्जरल्यान्डको सिमा मुनि रहेको ‘लार्ज हाडरन कोलाइडर (Large Hadron Collider)’ भन्दा निकै ठूलो र शक्तिशाली हुनेवाला थियो। त्यो योजना प्रारम्भ भै सुरुङ खन्न थालेको केही समय नहुँदै बजेटकाे अभाव देखाउँदै अमेरिकी संसदले रोकिदियो। त्यस समयसम्म कैयन् वैज्ञानिकहरु त्यस काममा संलग्न भइसकेका थिए । कतिलाई ‘कम्प्युटर सेमुलेट’ गर्ने तालिम दिइसकिएको थियो । सो कार्यक्रम बन्द भएपछि त्यसमा संलग्न भएका भैतिकशास्त्रीहरु लाखापाखा लागे। त्यसको एक डेढ वर्षपछि ती कहाँ-कहाँ गए भनेर अध्ययन भएको थियो। त्यस अध्ययनले ती व्यक्तिहरु वित्तीय संस्थाहरुमा कार्य गरिरहेका रहेछन् भन्ने जानकारी दियो । सो रिपोर्ट ‘नेचर जर्नल’मा पनि प्रकाशित भएको थियो। सुपर कन्डक्टिङ सुपर कोलाइडर योजना ‘प्रोटोन एन्टी प्रोटोन’ जुधाउने र त्यत्रो धेरै नोइजबाट एउटा सिग्नल  लिने एक गणितीय विधि थियो। यसमा ‘नन लिनर डाइनामिक्स’हरु अध्ययन गर्नका लागि कम्प्युटेसनल विधिहरु विकास गरिएका थिए । त्यसको प्रयोग गरेर उनीहरुले ब्याज दर र शेयर बजारको उतार चढावलाई पूर्वानुमान गर्ने विधिहरु विकास गरेर वित्तीय कम्पनीहरुलाई धेरै नाफा पनि कमाइदिएका रहेछन्। यसरी भौतिकशास्त्र मात्रै होइन, भौतिकशास्त्रका विधिहरुको मानवीय जीवनमा प्रयोग हुँदै आएको छ।

    सुपर कन्डक्टिङ सुपर कोलाइडर योजना ‘प्रोटोन एन्टी प्रोटोन’ जुधाउने र त्यत्रो धेरै नोइजबाट एउटा सिग्नल लिने एक गणितीय विधि थियो। यसमा ‘नन लिनर डाइनामिक्स’हरु अध्ययन गर्नका लागि कम्प्युटेसनल विधिहरु विकास गरिएका थिए । त्यसको प्रयोग गरेर उनीहरुले ब्याज दर र शेयर बजारको उतार चढावलाई पूर्वानुमान गर्ने विधिहरु विकास गरेर वित्तीय कम्पनीहरुलाई धेरै नाफा पनि कमाइदिएका रहेछन्। यसरी भौतिकशास्त्र मात्रै होइन, भौतिकशास्त्रका विधिहरुको मानवीय जीवनमा प्रयोग हुँदै आएको छ।

    भौतिकशास्त्रलाई मुख्य रुपमा सपोर्ट गर्ने औद्योगिक क्षेत्र नै हो। तथापी यसले रसायनशास्त्रलाई जति सहयोग गरेको पाइँदैन। भारतको पुना वा अन्य विश्वविद्यालयहरु हेर्दा त्यहाँका औद्योगिक कम्पनीहरुले रसायनशास्त्रको प्रयोगशालाहरुमा बढी सहयोग गरेको देखिन्छ। भौतिकशास्त्रले पाएको त्यति छैन। तर नेपालमा भौतिकशास्त्र पढेपछि पढाउने बाहेकको अवसर छैन। यसमा भौतिकशास्त्र पढ्नेहरुको पनि कसरी उद्यमशील हुने भनेर ध्यान दिन आवश्यक छ। देशमा सहुलियतमा पढेर निस्कनेहरुको कर्तव्य आफैले रोजगारी सिर्जना गर्नु पनि हो। परजीवी बन्नु होइन उद्योगी र उद्यमशील हुनु हो।

    अनुसन्धानलाई सहयोग गर्ने सरकारको नीति हुनुपर्छ। वैशाखमा भुइँचालो गयो नेपालले संकलन गरेको तथ्याङ्कहरुको अध्ययन गरेर धेरै विदेशीहरुले विद्यावारिधी गर्छन् वा विज्ञ भएर निस्कन्छन्। तर यहाँ तथ्याङ्क संकलन गर्ने काममा खटिएका कर्मचारीहरुको अघि बढ्ने कुनै बाटो छैन।  केही बजेटको व्यवस्था गर्ने हो भने धेरै राम्रो विज्ञ निकाल्न सकिन्थ्यो। त्यसतर्फ हाम्रो ध्यानै गएन।

    केही विषयमा ध्यान दिने हो भने भैरहेको स्रोतहरुबाटै राम्रो उपलब्धी प्राप्त गर्न सकिन्छ। जस्तै शिक्षण अस्पतालहरुलाई दुर्गम जिल्लाको स्वास्थ्य केन्द्रहरु सञ्चालन र व्यवस्थापन गर्न दिने हो भने अहिले जस्तो डाक्टर जान नमान्ने समस्या नै आउँदैन। आफ्नै अनुभवका लागि पनि उनीहरु दुर्गम क्षेत्रमा जान्छन्। यसरी नै हरेक शैक्षिक क्षेत्रहरुका विद्यार्थीहरुलाई दुर्गम क्षेत्रका सेवामूलक संस्थाहरुमा उनीहरुका विषय-क्षेत्र अनुसार खटाउन सकिन्छ। यसले सेवा त दिन्छ नै ती ग्रामीण र दुर्गम क्षेत्रका समस्याहरुका पहिचान गर्नका लागि सूचना तथा तथ्याङ्क उपलब्ध गराउँछ। यसले समस्या समाधानका लागि वैज्ञानिकहरुलाई उपयुक्त प्रविधि विकास गर्नमा उन्मुख तथा उत्प्रेरित गराउन सक्छ।

    विज्ञानका कुराहरु अपनाएर मात्र होइन,  जनतालाई विज्ञान र वैज्ञानिक विचारहरु सिकाएर पनि समाजको विकास गर्न सकिन्छ। विज्ञान र ज्ञानमा जनताको पहुँच भएपछि मात्र समाज तथा मुलुकको प्रगति र विकास सम्भवछ।

    (‘नेपाल विज्ञान पत्रकार मञ्च’ले भदौ २५ गते आयोजना गरेको कार्यक्रममा प्रस्तुत कार्यपत्रको सम्पादित अंश)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      Tags: उदयराज खनालनेपालभौतिक शास्त्रविकास
      प्रा. उदयराज खनाल

      प्रा. उदयराज खनाल

      त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र विभागका प्राध्यापक उदयराज खनालले दिल्ली विश्व विद्यालयबाट विद्यावारिधी गरेका हुन्। विभिन्न अन्तर्राष्ट्रिय जर्नलहरुमा खनालका आर्टिकल प्रकाशित छन्।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.