Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला १ (ग्वाटेमाला)

दीर्घकालीन असफलताहरूः सिआईए र ल्याटिन अमेरिकी वामपन्थी सरकारहरूको अस्थिरता (विस्थापन, ध्वंसको संक्षिप्त इतिहास)

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
साउन २१, २०७६
- इतिहास, विमर्शका लागि, समाज
A A
0
ग्वाटेमाला जनहत्याका शिकारहरू victims

ग्वाटेमाला जनहत्याका शिकारहरू victims

  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    एम अर्ल स्मिथको विस्तृत अनुसन्धान र दक्षिण अमेरिकामा सिआईएगतिविधिको ऐतिहासिक खुलासाले अमेरिकी आम सञ्चारमा एउटा ऐतिहासिक सत्यलाई ब्यवस्थित र मेहेनतपूर्वक दबाइएको छ भन्ने तथ्य उजागर गरेको छ । फलस्वरुप अमेरिकी आम नागरिकमा सिआईएको छवि धेरै सकारात्मक छ अर्थात ‘कम्पनी’ को विरोध गर्ने भन्दा समर्थन गर्ने नागरिकहरूको सङ्ख्या अधिक छ । एम अर्ल स्मिथले सहि विश्लेषण गरेका छन्— सिआईएका विविध प्रयासहरूका बाबजुद पनि धेरै दक्षिण र मध्य अमेरिकी देशहरूले सफल वामपन्थी सरकारहरू देख्न पाएका छन् । यद्यपी कस्मोनटका सम्पादकहरू यस विषयमा आफ्नो दृष्टिकोण स्पष्ट पार्न आवश्यक ठान्दछन्ः इक्वेडरको कोरिया सरकार, बोलिभियाको मोरालेज सरकार जस्ता दक्षिण अमेरिकाका निर्वाचित सरकारहरू वा चिलीका सामाजिक प्रजातन्त्रवादी नीतिहरू सबैले पुँजीवादीको ढाँचा  र त्यसको राज्य व्यवस्था  त्यागेका छैनन् । जब कि निश्चय नै उनीहरूले त्यहाँका लाखौं जनताको जीवनमा सुधार ल्याएका छन्, जुन उपलब्धीहरू उदार पुँजीवादको कमजोर जग (र आर्थिक जोखिमहरू) माथि उभिएका छन् । शासक वर्ग र त्यसको कर्मचारीतन्त्रका निम्ति ‘जायज’, असंशयपूर्ण,  अविश्रान्त कोसिस (जस्तो एलेन्डेले गरे) जुन अन्ततः हार्ने रणनीति हो । यी सरकारहरू अन्तर्गतको शक्ति बुर्जुवाहरूको हातबाट खोस्न बाँकी नै छ र राजनीतिक शक्ति पनि आर्थिक र राजनीतिक विध्वंश प्रतिरोधी छैन ।

    जस्तो कि ल्याटिन अमेरिकी ‘गुलाबी उभार’ मार्क्सवाद भन्दा बिल्कुलै भिन्न वस्तु हो । मार्क्सवादको उद्धेश्य सामाजिक क्रान्तिको आधार तयार गर्नु हो र त्यसलाई सम्पन्न गर्नु हो । यी ल्याटिन अमेरिकी वामपन्थी आन्दोलनहरूको सामाजिक क्रान्ति सम्पन्न गर्नमा कति ऐतिहासिक सान्दर्भिकता छ, त्यो त हेर्न बाँकी नै छ । तर विगतमा र वर्तमानमा प्रजातान्त्रिक मान्यताहरू बाहिरबाट गोप्य रूपमा सञ्चालित सिआईएका गतिविधीहरूबाट अल्मलिएका र आक्रोशित मानिसहरूले ती गतिविधीहरूबाट भएको नोक्सानी र त्यसबाट पाइएको दु:खबाट छुट्कारा, क्रान्तिको मौलिक राजनीतिबाट मात्र सम्भव छ भनेर बुझ्नेछन् भन्ने कुरा निश्चित छ । अनैतिक र घृणित संगठनको रूपमा सिआईए र अमेरिकाका त्यस्तै  हिंस्रक संगठनहरूको विगठन माग गर्ने अन्तरराष्ट्रिय दृष्टिकोण बिना ल्याटिन अमेरिकी वामपन्थ अमेरिकी सरकारको दबाब र कृपा रहनेछ र यसको निम्ति अमेरिकी प्रगतिशिल र समाजवादीहरू जिम्मेवार हुनेछन् । — कस्मोनट सम्पादक मण्डल

    अमेरिकी साम्राज्यवादः ल्याटिन अमेरिकी सर्वहाराको जाति दुस्मन

    भूमिका

    अक्टोबर १७, १९६७ का दिन राष्ट्रिय सुरक्षा सल्लाहकार वाल्ट रोस्टोले राष्ट्रपति लिण्डन बि जोन्सन समक्ष पेस हुने मेमोद्वारा चे ग्वेभारा मारिएको खुलासा गरे । चे ग्वेभारा बोलेभियाली सेनाद्वारा अक्टोबर ९ का दिन मारिएका थिए र जासुसी संस्थाहरूमा त्यो समाचार ब्याप्त थियो । उक्त मेमो विशेष बन्न पुगेको थियो किनभने त्यसमा रोस्टोले तीन बुँदामा ग्वेभाराको मृत्यु तर्फ संकेत गरेका छन् । तेस्रोबुँदा सबैभन्दा अर्थपूर्ण छ जसमा रोस्टोले अमेरिकी रोकथामको औषधिबारे स्पष्ट पारेका छन्ः

    यसले (चे ग्वेभाराको मृत्यु) प्रारम्भिक अवस्थाको विद्रोहको सामना गरिरहेका मुलुकहरूको निम्ति हाम्रो  रोकथामको  लागि कति अचुक छ भनेर देखाउछ — यसै वर्षको जुन देखि सेप्टेम्बर सम्म हाम्रा ग्रिन ब्यारेटहरूबाट तालिम प्राप्त बोलेभियाली  दोस्रो रेन्जर बटालियनले उसलाई(चेलाई) घेरेर ठेगान लगायो ।

    दक्षिण अमेरिकामा सिआईएको हस्तक्षेपको इतिहास राम्रोसँग अभिलिखित छ र यसको श्रेय त्यस सम्बन्धी घटनाहरूको विवरण खोजेर पेस गर्ने नोम चोम्स्की जस्ता विद्वानहरूलाई जान्छ । तर जे जस्ता कुराहरू खोजेर बाहिर ल्याउन सकिएको छैन तिनले यस्ता प्रयासहरू अन्ततः असफल भएको स्पष्ट पार्ने छन् । दीर्घकालीन  जालोको बाबजुद पनि संलग्न धेरै जसो सरकारहरूले (विचमा सैनिक शासन र अस्थिरताको अवधि पछि ) पहिलेका जतिको वामपन्थी नभए पनि फेरि वामपन्थी राजनीतीज्ञहरूलाई नै सत्तामा पुर्याएका छन् ।

    ग्वाटेमाला, ब्राजिल, बोलिभिया र चिलीका अध्ययनहरूको प्रयोगबाट यो अवधारणमा  एकरूपता  देखिन्छ । प्रत्येक क्रान्तिको ऐतिहासिक पृष्ठभूमि, त्यस क्रान्तिले अपदस्त गरेको नेता, त्यसपछि स्थापित सरकार र प्रत्येक देशमा हालको राजनीतिक सोचको अवस्थाको अन्वेषण पछि प्राप्त हुने चित्रले हस्तक्षेपका उत्कृष्ट योजनाहरूको कार्यान्वयन पछि पनि प्रत्येक देशमा विशुद्ध वामपन्थी सरकारहरू स्थापित भएको दउखाउँछ ।

    ग्वाटेमाला

    इतिहास

    सिआईए वर्ल्ड फ्याक्टबुक अनुसार ग्वाटेमाला मध्य अमेरिकाको एउटा सानो देश हो जसको उत्तरी सिमामा मेक्सिको छ भने र उत्तर तर्फ मेक्सिकन गल्फको समुद्री किनारा छ दक्षिणतर्फ प्रशान्त महासागरको समुद्री किनारा छ । यहाँ सुरुमा पहिलो सहस्राब्दी वरिपरि मायो सभ्यताको बसोबास थियो । सन् १५०० मा स्पेनीसहरूले यो देश माथि अधिकार जमाए र करिब ३ शताब्दी निरङ्कुश स्पेनी शासन चलाए र अन्ततःसन् १८२१ मा उसले स्वतन्त्रता प्राप्त गर्‍यो । त्यसपछिका निरङ्कुश शासन खडा गर्न मौन समर्थक, मतियार वा आयोजक बनेको सिआईए यसो भन्छः
    २०औं शताब्दीको दोस्रो खण्डमा, ग्वाटेमालाले विभिन्न किसिमका सैनिक तथा नागरिक शासनहरूका साथै ३६ वर्ष लामो गुरिल्ला युद्ध ब्यहोर्‍यो  । सन् १९९६ मा त्यहाँको सरकारले शान्ति सम्झौतामा हस्ताक्षर गर्‍यो र औपचारिक रूपमा आन्तरिक द्वन्द्व समाप्त भयो । उक्त द्वन्द्वमा दुई लाख मानिसको मृत्यु भयो र अन्दाजी १० लाख मानिस शरणार्थी बने । (सिआईए वर्ल्ड फ्याक्टबुक)

    धेरै मात्रामा युनाइटेड फ्रन्ट्स र त्यस्तै अमेरिकी स्वामित्वमा रहेका अन्य ब्यापारिक संस्थाहरूका स्वार्थका कारण ग्वाटेमालाले ब्यापार मैत्री अमेरिका समर्थित तानाशाहहरूको शासन भोगेको लामै इतिहास छ । ती भित्र जर्ज उबिकोको शासन पनि पर्दछ, जसले सने १९४४ सम्म शासन गर्‍यो । गवाटेमालाली क्रान्तिको बलमा उबिको सत्ता च्युत भयो र पहिलो पटक प्रजातान्त्रिक निर्वाचनद्वारा ह्वाँ होजे अरेभालो राष्ट्रपति बने । वास्तवमा अरेभालो मध्यमार्गी जस्ता देखिन्थे र आफैले ‘उदार पुँजीवाद’ (यस्तो एउटा ब्यवस्था जसले अमेरिकी ब्यापारिक स्वार्थहरूको रक्षा गर्दा गर्दै पनि न्युनतम ज्याला सम्बन्धी कानुन, बालिक मताधिकार र शिक्षामा प्रशस्त लगानी बढायो) भन्ने गरेको ब्यवस्थाका पक्षपाती थिए । उनका उत्तराधिकारी याकोब (ज्याकोब) अर्बेञ्जले एउटा भूमिसुधार नीति लागू गर्न चाहे जसले ब्यापारिक समुदायको स्वामित्वमा रहेको जमिन खोसेर ग्वाटेमालाका श्रमिकहरूमाझ पूर्नवितरण गर्दथ्यो । निश्चय नै यो कदम अमेरिकी ब्यापारिक समुदायको हित अनुरुप थिएन र वासिङ्टन डि सी को कम्युनिष्ट विरोधी भावना विरुद्ध थियो ।

    सिआईए हस्तक्षेप

    सूचनाको अधिकार अन्तरगत माग गरिएपछि सिआईए ले गोप्य राखिएका दस्तावेजहरू मध्ये केही खुला गरी सार्वजनिक गर्‍यो । सन् १९५४ को सिआईए हस्तक्षेप सम्बन्धी फाइलहरू जर्ज वासिङ्टन विश्वविद्यालले आफ्नो वेभसाइटमा राख्यो भने केट डोयल र पिटर कोर्नब्लुह्ले सूचिकृत गरे । सन् १९९५ मा सिआईएको निम्ति लेख्ने क्रममा आफ्नो विस्तृत ऐतिहासिक विश्लेषणमा जेराल्ड के हाइन्सले ग्वाटेमालामा सिआईएका योजनाहरूका पछाडि रहेका उत्प्रेरक तत्वहरू बारेमा लेखेका छन् । हाइन्सले कसरी अमेरिकाले हत्यारा टोली मार्फत कुत्सित उद्धेश्य पुरा गर्न गठित सैनिक टोली (morbid detachment) गठन गरी अर्बेञ्जको हत्याका दुई योजना तयार गर्नका साथै शरणार्थीहरूलाई हतियार उपलब्ध गराउने र कसरी सिआईएले ग्वाटेमालामा आफ्ना स्वार्थहरू पुरा गर्न मनोवैज्ञानिक युद्ध त्रास सिर्जना गर्ने उपायहरू अवलम्बन गर्नेबारे योजना बनायो भन्ने विस्तृत विवरण पेस गरेका छन् । अन्तमा अर्बेञ्जको निर्वाचित सरकारलाई ढाल्न हत्याको प्रयोग भने गरिएन तर हेइन्सले सन् १९५२ को पि बि फर्च्युन (PBFORTUNE) र सन् १९५४ को पि बि सक्सेस (PBSUCCESS) नामका दुई प्रस्तावित योजनाहरूको छलफल गर्ने क्रममा सिआईएका भित्री उदेस्यहरू बारे महत्वपूर्ण खुलासा गरेका छन् ।

    सिआईएले ग्वाटेमाला सम्बन्धी हत्याबारे एक अध्ययन नाम गरेको एउटा दस्तावेजमा सिआईएको निम्ति हत्या भनेको के हो भनेर परिभाषित गरेको छ । उनीहरूका आफ्नै शब्दमा हत्या भनेकोः
    …….. एउटा योजनाबद्ध हत्या जसमा मारिने ब्यक्ति हत्याराको न्यायिक दायरा भित्र पर्दैन, उ  शारिरीक रूपमा हत्याराको अधिनमा छैन, जसलाई हत्या गर्न कुनै प्रतिरोधी संगठनले  छानेको छ र त्यस ब्यक्तिको हत्याले उक्त संगठनलाई सकारात्मक फाइदा पुग्नेछ, भनेर बुझाउने शब्द हो ।

    यस्तो परिभाषामा रहेको अस्पष्टता जो कोहीले पनि भेट्टाउन सक्छः दस्तावेजले हत्या विदेशी सरकार र ब्यापारिक स्वार्थ लगायत कुनै प्रकारको संगठनले पनि गर्न सक्छ भन्ने कुरा नकार्दैन । यसो गर्दा सिआईएले स्वयं आफ्ना उद्धेश्यहरू पुरा गर्ने हेतुले ब्यापक अर्थ लाग्ने गरी आफ्नै परिभाषा तयार गरी त्यस्तो गैह्र न्यायिक हत्याको योजना कार्यान्वयन गर्ने लाक्षणिक अनुमति आफूलाई दिएको छ ।

    यो दस्तावेजले सिआईएलाई ग्वाटेमालामा आफ्ना योजनाहरू कार्यान्वयन गर्ने आफ्नै प्रकारको वैधानिकता प्रदान गरेको छ । उक्त दस्तावेज विभिन्न खण्डमा बाँडिएको छ र हत्यारा बन्न चाहने कुनै पनि अमेरिकीको निम्ति यसले निर्देशिकाको काम गर्नेछ । कार्यान्वयन  भन्ने खण्डमा सिआईएले निम्न कुरामा जोड दिएको छः

    यस्तो कार्य गर्न अमेरिकी हेडक्वार्टरले कदापि आदेश वा स्वीकृति दिने छैन भनेर मानिनु पर्छ, तर कुनै खास अवस्थामा उसले सम्बन्धित  कुनै विदेशी सेवाबाट उक्त कार्य सम्पन्न गर्ने सहमति दिनसक्नेछ । यौ मौनता मुलतः कागजी ‘लिखित’ संचार गर्नुपर्ने बाध्यताबाट बच्न हो । कुनै पनि हालतमा हत्याका निर्देशनहरू लेखिनु वा अभिलिखित हुनु हुँदैन ।

    अगाडि बढेर दस्तावेज यस्ता गैह्र न्यायिक हत्याको बारेमा केही बोलेको छ । ‘उ कुनै मानवको हत्या नैतिक रूपले स्वीकार्य हुँदैन तर त्यसमा अपवादहरू हुन सक्छन्’ भन्दछ । सिआईएले ग्वाटेमालाको लागि मात्र नभएर आगामी ६५ वर्ष भरिका आफ्ना त्यस्ता सबै हत्याका योजनाहरूलाई वैधानिकता प्रदान गर्न अगाडि जनहत्यारा तानाशाह र आत्मरक्षाका बारेमा छलफल चलाउँछ । एक अज्ञात लेखकले ठाडो भाषामा ‘कुनै राजनीतिक नेता जसको राजनीतिक जीवन स्पष्ट छ र त्यसले स्वतन्त्रता माथि खतरा हुनेछ भने त्यस्ता नेताको हत्या आवश्यक ठहरिन सक्छ’ भनी लेखेका छन् ।

    आफ्ना क्रियाकलापहरूका निम्ति वैधानिकता तयार गरिसकेपछि सिआईएले अर्वेञ्जलाई सत्ताबाट हटाउने योजना अघि बढायो । पहिलो प्रयास अपरेसन पि बि फर्च्युन निकारागुवाका तानाशाह अनास्ताइसो सोमोजा गार्सियाको सहयोगमा प्रारम्भ गरियो । अन्ततः अमेरिका समर्थित भेनेजुयला र डोमिनिकन रिपब्लिकका तानाशाहहरूले पनि सहयोग गर्ने बचन दिए र ९ सेप्टेम्बर १९५२ मा अपरेसन पि बि फर्च्युन कार्यान्वयन थालियो । उक्त योजना पूर्णरूपले असफल भयो तर यस असफलताको पछाडि अर्बेञ्ज सरकारको खासै भुमिका थिएन । गार्सियालाई ग्वाटेमालाको उक्त सहकार्यबारे आफ्नो मन्त्रीमण्डलका सदस्यहरूमाझ छलफल गर्ने रहर जाग्यो । यसले गर्दा सिआईएलाई अर्बेञ्जलाई योजना बारे पूर्व जानकारी भयो भन्ने लाग्यो। स्टेट डिपार्टमेन्टलाई अन्तरराष्ट्रिय हंगामा खडा हुने र सेना र बन्दोबस्तीका सामानको नोक्सानी हुने डर लाग्यो र ग्वाटेमालाको लागि ठिक्क पारिएको सेना र बन्दोबस्तीका सामान त्यहाँबाट फर्काएर पनामा लगियो ।

    तर यसबाट सिआईए विचलित हुने कुरा थिएन । ३१ मार्च १९५४ मिलिटेरी अकेडेमीका निर्देशक कर्णेल कार्लोसकास्टिलो अर्मास नेतृत्वको सैनिक गुटलाई सहयोग गर्ने योजना अघि सारियो । त्यो योजना भित्र उक्त गुटले तयार गरेको ‘खतम गरिनु पर्नेहरूको सूचि (ब्यक्ति विशेष निसाना खुला नगरी)’ सन् १९९७ मा सिआईएले बाहिर ल्यायो । लक्षित समुहहरू मध्ये एउटामा ‘कम्युनिष्ट भनेर निश्चित भएका नेताहरू थिए, जसलाई आगामी सरकारको तात्कालिक र भविष्यका सफलता सुनिश्चित गर्न राजनीतिक मैदानबाट हटाउनै पर्ने हुन्थ्यो ।’
    (हत्या गर्नका लागि सैनिक गुटले छानेका ब्यक्तिहरूको सूचि हेर्नुहोस्) । यद्यपी कुनै पनि हत्याका योजना कार्यान्वयन भएनन् तर अपरेसन पि बि सक्सेस नाम दिइएको योजनाले अपार सफलता प्राप्त गर्‍यो ।

    जुन १८ १९५४ मा सिआईएले दिएका हातहतियारले लैस अर्माका सैन्यले ग्वाटेमालामा आफ्ना प्रतिक्रान्तिकारी कदमलाई अघि बढायो । सुरुमा संयुक्त कार्वाही फितलो सावित भयोः अर्माको सेनाले सरकारी सेनालाई हराउन सकेनन् । अमेरिकाले विदोहीहरूको पक्षबाट हवाई आक्रमण सुरु गर्‍यो र देशभरी नागरिकहरू बीच हाहाकार मच्चियो । सिआईएले फ्लायर र भिडियोद्वारा कम्युनिष्ट विरोधि प्रचार मध्य र दक्षिण अमेरिका भरी सफलतापूर्वक फैलायो । यसै समय बीचमा सरकारी रेडियो विभिन्न अपग्रेडद्वारा असक्षम तुल्याइयो र इतिहासकारहरूले तुरुन्तै प्रतिकान्तिकारी शक्तिको गाथा गाउन थाले । अर्बेञ्जको राजिनामा सँगै उनको सरकार पनि ढल्यो र अमेरिकाले अर्बासलाई सैनिक तानाशाहको रूपमा सत्तामा स्थापित गर्‍यो : उसले फलामे पञ्जाले देशमा शासन चलायो र सन् १९५७ उसकै हत्या पछि उसको शासनको अन्त्य भयो । आउँदा ३६ वर्षसम्म विभिन्न सैनिक शासकले शासन चलाए ।

    त्यसपछि

    यस आलेखमा अध्ययन गरिएका चार राष्ट्रहरू मध्ये ग्वाटेमाला अलि अमिल्दो उदाहरण (घटना) सावित हुन्छ । ३६ वर्षे सैनिक शासनका बाबजुद सन् १९४१ को क्रान्ति सफल बनाउने वामपन्थी नीतिहरू अद्यापी लागु गर्न सकेको छैन । ग्वाटेमालाको गृह युद्ध सत्तासिन विभिन्न सैनिक गुटहरू (military juntas) र वामपन्थी गुरिल्लाहरू बीच चलिरह्यो जसलेअन्य विभत्सताहरू मध्येआदिवासी मायो जनताको आम हत्या genocide पनि निम्त्यायो । हुनत सन् १९९६मा भएको दुबै पक्ष बीचको शान्ति सम्झौता जसले सबै पक्षहरूलाई आममाफीको ब्यवस्था गर्‍यो र यी विभत्सताहरूको अन्त्य गर्‍यो तर हुनु नोक्सानी भइसकेको थियोः २ लाख मानिसले ज्यान गुमाइसकेका थिए र आर्थिक र मानवीय संकटमा फसिसकेको थियो ।

    ग्वाटेमालाका मामिलामा आफूले गरेको हस्तक्षेपबाट सिर्जित मुद्दाहरूलाई सम्बोधन गर्न अमेरिकाले लगभग केही गरेको छैन । सन् १९९९मा राष्ट्रपति विल क्लिन्टनले ‘हिंसा र ब्यापक दमनमा संलग्न सैन्य शक्तिहरू र जासुसी संस्थाहरूलाई सहयोग गर्नु अमेरिकी सरकारको गल्ती थियो र संयुक्त राज्य अमेरिकाले भविष्यमा यस्ता गल्ती दोहोर्याउनु हुँदैन’, भन्दै ढिलो गरी माफी मागे । तर तथ्याङ्क हेर्दा अमेरिकाले ग्वाटेमालाको कल्याणका लागि आर्थिक वर्ष २०१२ का लागि केवल १४४ मिलियन डलरको मात्र सहयोग प्रदान गरेको छ जबकी त्यसै समयका लागि इजरायललाई ३११ बिलियन डलरको सहयोग गरेको छ । अमेरिकाले अरु धेरै गर्न पर्नेछ यदि उ साँच्चै ग्वाटेमाला माथि उसले गरेका क्रियाकलापहरूको क्षतिपूर्ति गर्न चाहन्छ भने ।

    ग्वाटेमाला जनहत्याका शिकारहरू

    यो पनि पढ्नुहोस् – 

    ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला २ (ब्राजिल)

    ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला ३ (बोलिभिया)

    ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला ४ (चिली)

    (एम अर्ल स्मिथको अनुसन्धानात्मक आलेखको आधारमा कस्मोनट सम्पादक मण्डलले तयार पारेको यो रिपोर्ट नेपाल रिडर्सका लागि दामोदर उपाध्यायले अनुवाद गर्नुभएको हो।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.