Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
Monday, April 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अमेरिकाका आतङ्ककारीहरू मुसलमान होइन, अधिकांश गोरा जातिका छन्

साराह रूइज -ग्रसम्यान साराह रूइज -ग्रसम्यान
साउन २७, २०७६
- यो हप्ता, विमर्शका लागि, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    जब हामी अमेरिकामा घरेलु आतङ्कवादको कुरा गर्छाैं, अङ्कहरू झुट बोल्दैनन्ः किनकि अमेरिकामा भएका आतङ्ककारी षड्यन्त्र र वारदातहरूमा मुसलमान भन्दा उग्रदक्षिणपन्थी आतङ्ककारीहरू धेरै छन्। नेसनल इन्स्टिच्युट्स इन्भेस्टिगेटिभ फण्ड र सेन्टर फर इन्भेस्टिगेटिभ रिर्पोटिङको एक प्रतिवेदन अनुसार सन् २००८ देखि २०१६ बीच भएका आतङ्ककारी वारदातका घटनाहरूमा संलग्न इस्लाम अतिवादीको सङ्ख्या भन्दा दक्षिणपन्थी अतिवादीको सङ्ख्या दोब्बर छ। सन् २००८ देखि सन् २०१६ को अन्त्यसम्म अमेरिकी भूमिमा भएका षड्यन्त्र र वारदातका घटनाहरूलाई पछ्याउदा उक्त समूहले जम्मा २०१ वटा घटनाको फेहरिस्त तयार पार्‍यो। त्यसको डाटाबेस केलाउँदा ११५ वटा घटनामा दक्षिणपन्थी अतिवादीसहित गोरा प्रभुत्ववादी, मिलिसिया र त्यहाँ पुस्तौंदेखि बसीआएका नागरिकहरुको संलग्नता पाइयो भने इस्लाम अतिवादीहरूको संलग्नता ६३ वटा घटनामा पाइयो। इको टेरोरिष्ट र पशु अधिकारका लडाकुहरू सहितका वामपन्थी अतिवादीहरूको संलग्नता १९ वटा घटनामा पाइयो।”जब दक्षिणपन्थी अतिवादको कुरा आउँछ, आक्रमणकारीहरू ‘अधिकाङ्स पुरुषहरू’ र ‘लगभग विशुद्ध गोराहरू’ पाइएका छन्”

    ”जब दक्षिणपन्थी अतिवादको कुरा आउँछ, आक्रमणकारीहरू ‘अधिकाङ्स पुरुषहरू’ र ‘लगभग विशुद्ध गोराहरू’ पाइएका छन्”

    उक्त डाटाबेसले दक्षिणपन्थी अतिवादीलाई विभिन्न समूहमा विभाजन गरेको भएता पनि मुख्य संवाददाता डेभिड नेइवेर्टले हफ पोष्टलाई, ‘यो सबै गोरा प्रभुत्ववादीहरू भित्रको तह निर्धारण हो अर्थात एउटै वस्तु भित्रको विविधता मात्र हो’ भनी बताए। उनी थप्छन् ”जब दक्षिणपन्थी अतिवादको कुरा आउँछ, आक्रमणकारीहरू ‘अधिकांश पुरुषहरू’ र ‘लगभग विशुद्ध गोराहरू’ पाइएका छन्”।

    अध्ययनले दक्षिणपन्थी अतिवादीहरूद्वारा गरिएका आक्रमणहरू बढी घातक भएको देखाएको छ। दक्षिणपन्थी अतिवादीहरूद्वारा गरिएका करिब एक तिहाई आक्रमणहरूमा मानिसहरूको मृत्यु भएको छ भने इस्लाम अतिवादीहरूले गरेका आक्रमणहरूमा १३ प्रतिशत मानिसहरूको मृत्यु भएको छ। यद्यपि इस्लाम अतिवादीहरूले गरेका आक्रमणहरूमा मारिनेहरूको कुल सङ्ख्या ९० थियो भने गोरा प्रभुत्ववादी अतिवादीहरूद्वारा गरिएका आक्रमणहरूमा मारिनेको सङ्ख्या ७९ मात्र थियो।

    यसै सेरोफेरोमा राष्ट्रपति डोनाल्ड ट्रम्पका अतिशयोक्ति र नीतिहरू लगभग इस्लाम अतिवादीहरूको प्रतिरोधमा मात्र केन्द्रित रहेका छन्, ती गोरा प्रभुत्ववादी अतिवादीहरू विरुद्ध  लक्षित देखिएका छैनन्। नेइवेर्ट भन्दछन्, ‘ट्रम्पले इस्लामलाई जति घृणा गर्दछन्, दक्षिणपन्थीहरूसँग सम्बन्धित धेरै कुराहरूमा वास्तविकतालाई उल्टो चस्माले हेर्न गरेजस्तो पाइन्छ । वास्तवमा हामीले सामना गर्नुपर्ने सबैभन्दा खतरनाक घरेलु आतङ्क दक्षिणपन्थी अतिवाद हो’, उनी थप्छन्।

    इन्भेस्टिगेटिभ फण्डले पत्ता लगाएका तथ्यहरूले त्यसभन्दा अघि गरिएका अध्ययनहरूका तथ्यहरूलाई नै पुष्टि गरेका छन्। उदाहरणका लागि सेप्टेम्बर ११ को आक्रमणपछि आक्रमणका वारदातहरूलाई पछ्याइरहेको न्यु अमेरिका फाउण्डेसनले पनि उग्रदक्षिणपन्थी अतिवादी र इस्लाम अतिवादीले संचालन गरेका आक्रमणहरू २ः१ को अनुपातमा रहेको पत्ता लगाएको थियो। त्यस अवधिमा २१ घातक आक्रमणका वारदातहरू उग्र दक्षिणपन्थी अतिवादीहरूले घटाएका थिए भने ११ वटा इस्लाम अतिवादीले घटाएका थिए। तथ्यहरू यस्ता हुँदाहुँदै पनि धेरै अमेरिकीहरू आतङ्ककारी हमलाहरूको दोष इस्लाम अतिवादीलाई दिन्छन्, उग्र दक्षिणपन्थी अतिवादीहरूलाई होइन।

    नेइवेर्ट भन्दछन्, ‘जनसमुदायको ठूलो हिस्साको (जसभित्र प्रगतिशील र उदारवादीहरू पनि पर्दछन्) बुझाईमा वास्तविकताको ठीक उल्टो छ— हामीले सामना गरिरहेको सबैभन्दा खतरा इस्लाम अतिवाद हो’। उनी थप्छन्, ‘र यो वास्तविकता विभिन्न प्रकारका घरेलु आतङ्ककारी आक्रमणहरूबारे प्रेसले गर्ने रिपोर्टिङमा प्रतिबिम्बित हुन्छः जब आक्रमण गोरा आतङ्ककारीले गरेको छ भने प्रेसले त्यसको दोष मानसिक रोग माथि थोपर्छन्’।

    ‘वास्तवमा हामीले सामना गर्नुपर्ने सबैभन्दा खतरनाक घरेलु आतङ्क दक्षीणपन्थी अतिवाद हो।’

    जब आक्रमण गोरा आतङ्ककारीले गरेको छ भने प्रेसले त्यसको दोष मानसिक रोगी माथि थोपर्छन्’। ‘वास्तवमा हामीले सामना गर्नुपर्ने सबैभन्दा खतरनाक घरेलु आतङ्क दक्षीणपन्थी अतिवाद हो।’

    आतङ्कवाद समाचार बनाउँदा दोहोरो मापदण्ड अपनाउने मिडियाको लामो इतिहास छ— गोरा षड्यन्त्रकारीहरूले आक्रमण गरेका छन् भने ती घटनालाई ‘आतङ्कवाद’ भन्न मूलधारका मिडियाले आलटाल गर्छन् तर आक्रमणकारी गैह्र गोरा जातिका वा अन्य— विशेषगरि मुसलमान छन् भने त्यस्ता समाचार क्षणभर मै भाइरल बनाईन्छन्। 

    समस्याको एउटा पाटो भनेको वारदातलाई कसरी आतङ्कवाद भनी ठहर्‍याउने अधिकारीहरूको जटिल प्रवृति हो।आतङ्ककारी घटना भनी वर्गीकृत गर्ने एफबिआई को विशेष मापदण्ड छ— तर अधिकारीहरूको ठम्याईलाई जनमानसले सधैं समर्थन गर्दैनन्। उदाहरणका लागि सन् २०१५ मा दक्षिण क्यारोलाइना राज्यको चार्लसटनमा डाइलन रुफ नाम गरेको गोरो ब्यक्तिले चर्च गइरहेका ९ जना काला जातिका मानिसलाई गोली प्रहार गरी हत्या गरेको घटनालाई आतङ्ककारी वारदात नभनिएकोमा धेरै मानिसहरूले अधिकारीहरूको भत्सर्ना गरे जबकि गवाही दिनेहरूले डाइलनले ‘काला जातिका मानिसलाई गोली हान्न कै लागि’ आफू आएको भनेको भनेर बयान दिएका छन्।

    नेइवेर्टले हफपोष्टलाई बताए अनुसार ‘वास्तवमा अहिले डाइलन रुफले घटाएको घटना घरेलु आतङ्कवाद भन्नेमा विवाद छ जबकि उक्त घटना वास्तव मै घरेलु आतङ्कवाद हो’ र उनी थप्छन्, ‘वास्तवमा यसको मूल समस्या भनेको यस्ता घटनाहरूको स्रोतबारे पहिले देखि जमेर रहेको धारणा हो र त्यो भनेको इस्लाम प्रतिको घृणालाई लिएर त्रासको खेती गर्नु हो ।’

    नेइवेर्टका अनुसार समाधान भनेका पहिले सरकारले उग्रदक्षिणपन्थी अतिवादको समस्याको स्तरलाई स्वीकार गर्नु र त्यसपछि त्यससँग भिड्न स्रोतहरूको ब्यवस्थापन गर्नु हो। हालसम्म ट्रम्पले आतङ्कवादलाई सम्वोधन  गर्दा स्पष्ट दोहोरो मापदण्ड अपनाएका छन्। उदाहरणका लागि इस्लाम अतिवादीहरूले जून ३ मा लण्डनमा गरेको आक्रमणको भर्त्सना ट्रम्पले ट्वीटरबाट त्यसै दिन गरे— पोर्टल्याण्ड ओरेगनमा गोरा प्रभुत्ववादीले गरेको आक्रमणको भर्त्सना २ दिन पछि मात्र ट्वीटरबाट गरे। लण्डन आक्रमण पछि ट्रम्पले अदालतलाई अलि अघि खारेज गरिएको केही मुसलमान बाहुल्यता भएका देशहरूलाई यात्रा प्रतिबन्ध गर्न आह्वान गरे— जसको ब्यापक आलोचना भयो। तर पोर्टल्याण्ड आक्रमण पछि भविष्यमा त्यस्ता घटना दोहोरिन नदिन त्यस्तो कुनै नीति परिवर्तनको आह्वान गरेनन्।

    ट्रम्प प्रशासनले हालै मानिसहरूलाई गोरा प्रभुत्ववादी आन्दोलन त्याग्न सहयोग गर्ने ‘घृणा पछिको जीवन’ भन्ने गैह्र नाफामूलक सङ्गठनलाई दिदै आएको आर्थिक सहयोग रोकिदिएको छ।

     ब्राड ज्याफी

    ट्रम्प प्रशासनले नव-नाजीहरूको उग्रता कम बनाउन र गोरा अतिवाद अन्त्य गर्न कार्यरत समूहलाई दिइँदै आइएको आर्थिक सहयोग बन्द गरेको छ @playbookplus

    — स्कुपः होमलेण्ड सेक्युरिटी डिपार्टमेन्टले आज बिहान पहिले देखि थाँती राखिएको १ लाख डलर कोष भएको ‘हि‌ंसात्मक अतिवाद प्रतिरोध’ कार्यक्रम पुनः सञ्चालन गर्ने निर्णय गरेको छ। मानिसहरूलाई गोरा प्रभुत्ववादी आन्दोलन त्याग्न सहयोग गर्ने र नव-नाजीहरूको उग्रतामा कमी ल्याउन काम गरिरहेको ‘घृणा पछिको जीवन’ भन्ने गैह्र नाफामूलक संगठनलाई ओबामा प्रशासनको अन्त्यतिर ४ लाख डलरको अनुदान दिने निर्णय गरिएको थियो जसलाई पुनरावलोकन गर्न रोकिएको थियो, तर ट्रम्प प्रशासनले आज घोषणा हुने अनुदान दिइने संस्थाहरूको सूचिबाट उक्त संस्थालाई हटाएको छ। निर्वाचनको मिति यता संस्थामा सहयोगको आग्रह गर्ने मानिसहरूको सङ्ख्यामा २० गुणा वृद्धि भएको छ, ‘आन्दोलनबाट पिण्ड छुटाउन चाहने देखि कोही आफन्तको उद्धार गर्न चाहने सामान्य दर्शक/नातेदार सम्म, संस्थाका संस्थापक क्रिस्चियन पिसिओलिनीले हामीलाई बताए। डेन्भर, लस भेगास र सियाँटल जस्ता ठूला शहरका प्रहरी विभागहरूले अतिवाद विरुद्ध लड्न ६ अङ्कको अनुदान प्राप्त गर्छन्। लस एन्जलस र डेन्भर जस्ता शहरले पनि रकम प्राप्त गर्छन्। डोमेस्टिक सेक्युरिटी डिपार्टमेन्टले पनि ‘घृणा पछिको जीवन’लाई सूचिबाट किन हटाइयो भनेर हिजो रातिसम्म कुनै टिप्पणी गरेको छैन।’

    तर ट्रम्प मात्रै समस्या होइनन्। फण्डको डाटाबेस अनुसार सन् २००८ देखि नै इस्लाम अतिवाद र दक्षिणपन्थी अतिवाद विरुद लड्न कसरी सरकारी कोषको असन्तुलित वितरण गरिएको छ भनी देखाउँछ। सन् २००८ यता सरकार अधिकांश इस्लाम अतिवादी आक्रमणहरूमा हस्तक्षेप गरी विफल तुल्याउन सफल भयोः उदाहरणका लागि अनुसन्धान गरिएका ७६ प्रतिशत घटना ‘विफल बनाइएका षड्यन्त्रहरू’ थिए र समूह इङ्गित गरे अनुसार ‘उक्त कार्यमा सुरक्षा निकायको प्रशस्त स्रोतहरू परिचालित भएको थियो’। तर जब कुरा दक्षिणपन्थी अतिवादको कुरा आउँछ केवल एक तिहाई घटनाहरूमा मात्र हस्तक्षेप गरियो— ३५ प्रतिशत— र अधिकांश घटनाहरू हिंसात्मक वारदातहरू थिए जहाँ पिडितहरूको मृत्यु, अङ्गभङ्ग र सम्पतिको नोक्सानी भएको थियो।

    नेइवेर्टका अनुसार अन्त्यमा भन्नुपर्दा बढ्दो उग्र दक्षिणपन्थी अतिवादको वास्तविकतालाई सरकारले मात्र स्वीकार गरेर हुँदैन, मिडिया समूहका प्रत्येक सदस्य देखि आम अमेरिकी सबैले स्वीकार गर्नुपर्छ।

    नेइवेर्ट भन्छन्, ‘पहिलो कुरा यो (स्वेत अतिवाद) वास्तविकता हो, समस्या हो , चुनौती हो —इस्लाम अतिवाद जतिकै ठूलो चुनाैती हो र हामीले यसलाई गम्भीरतापूर्वक लिनुपर्दछ’।

    (HUFFPOST मा प्रकाशित यो लेख नेपाल रिडर्सका लागि दामोदर उपाध्यायले अनुवाद गनुभएको हो।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      साराह रूइज -ग्रसम्यान

      साराह रूइज -ग्रसम्यान

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.