Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

आदिवासी भएर पनि यति सुन्दरी!

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
पुस २९, २०७६
- विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    साशा सारागो। म ११ बर्षको थिएँ हुँला। एकपटक मेरो सबैभन्दा मिल्ने साथीकी बहिनीको जन्मदिनको भोजमा थिएँ। उनले मलाई सोधिन् – तपाईं कुन मूल कि हो? जब मैले उनलाई म एबोरिजिनल (अष्ट्रेलियाको आदिवासी) हुँ। उनले आश्चर्य मान्दै भनिन् ‘तपाईं आदिवासी भएर पनि यति सुन्दरी।’

    म लाजले भुतुक्कै भएँ। नजिकै उभिएका दुई वयस्कहरू फुसफुसाए ‘एबोरिजिनल!’ तिनीहरुको आशय थियो कि एबोरिजिनल हुनु तुच्छ हो। म त्यहाँ अपमानित भई उभिएँ। त्यस भोजमा म एक मात्र आदिवासी रहेछु भन्ने मलाई थाहा थिएन। हुन त यो कुनै चर्चा हुनुपर्ने विषय होइन।

    यो वाक्यांश ‘शहरका सबै काली महिलालाई असहज लाग्छ। म प्रतिको आकर्षण व्यक्त गर्दा पहिलो टिप्पणी यसैबाट हुने गरेको छ। धेरै सुसंस्कृत भनिएका जमघटमा म लगायत अरु एबोरिजिनल महिलाहरुले जव आफ्नो नश्ल/जात खुलाउँछौ तव हामी यस्तै तुच्छपूर्ण फुसफुसावट सुन्ने गर्छौं।

    यस्तो सुनेर मान्छेहरु आश्चर्य मान्छन्- र प्रशंसा गरेजस्तो गर्छन्ः
    ‘तर तपाईं यति खुलस्त हुनुहुन्छ… ओहो शहरिया जस्तै।’
    ‘तपाई अरु जस्तो देखिनु हुन्न त।’
    ‘तपाईं कति प्रतिशत एबोरिजनल हो?’

    तपाईंको वर्ण “वास्तविक एबोरिजिनल”  (यसको मतलव कालो छाला) जस्तो छैन भने तपाईंको वंश र नश्लको शुद्धताबारे नै प्रश्न उठाउँछन्।

    कुनै गोरी महिलालाई भनौं ‘इटाली भएर पनि तपाईं यति सुन्दरी’ वा’ जर्मन भएर पनि तपाईं यति सुन्दरी’ भनेर कसैले भनेमा आश्चर्य हुन्छ। त्यसोभए एबोरिजिनल महिलाहरुले यस्तो कथन किन भोगिरहन पर्छ ?

    आदिवासी महिलाहरूलाई व्यापक रङ्गवादी सोचाइबाट ग्रसित मुख्यतया पश्चिमी सौन्दर्य मापदण्डहरूसँग तुलना गरिन्छन्। हामी यसैलाई स्वीकार गर्छौं। अब त मानिसहरू के सोच्न थाले भने हामी गोरो हुन हाम्रो पहिचान त्याग्न तयार छौं।

    तरुणी हुँदैजाँदा, मलाई यस वाक्यांशले झन्झन् पच्छाइरह्यो। आदिवासी वर्णमाथिको वंशजन्य हिंसाले मलाई आहत बनाइरह्यो। यस मौनतालाई तोड्नु पर्छ भन्दै, राष्ट्रव्यापी बहश चलाउन मैले चार जना एबोरिजिनल महिलाहरूको अन्तर्वार्ता लिँए। अस्ट्रेलियामा दिनहुँजसो एबोरिजिनल महिलाहरुले सामना गर्ने भेदभावलाई सम्बोधन गर्न म वृत्तचित्र बनाउन चाहन्थें। यसो गरेर म हाम्रा चोट शान्त पार्न र अरुलाई यस्ता अशोभनीय वाक्याङ्सहरुको प्रयोग नगर्न सचेत गराउन चाहन्थे।

    आदिवासी भएर पनि यति सुन्दरी ! नभन मलाई। यो नश्लवाद हो, सम्मान होइन । यस्तो भनाइसँग एबोरिजिनल महिला हैरान छन्।

    यी चार महिलाका कथाहरू फरकफरक थिए, तर आश्चर्य लाग्नेगरी मिल्दाजुल्दा थिए हाम्रा पीडा व्यक्त गर्ने खालका थिए।

    सुन्दरी घोषित इन्दिहा मोनी विरादजुराइ एबोरिजिनलकी हुन्। उनले भनिन्– म युरोपी जस्तो हुनुले वरदान र सराप दुवै भोग्नु परेको छ। तर गोरो छालाले कैयनपटक सुविधाहरु पाउने गरेकोछु।

    मर्लीन योङ्ग सिसेरी अस्ट्रेलियाकै गुनाई र गुंडितजमारा नश्लका एबोरिजिनल हुन्। उनीलाई उनी हुर्किरहेको ५० र ६० को दशकमा ‘खच्चड’ र जातियता पहिचान नभएकी भनियो।

    कर्स्टन बॉन्डले आफ्नाबारे भनेकीछिन् – उनी दुई काला संस्कृतिहरू, यमाटजी र अफ्रिकी(अमेरिकी बीचबाट उद्धार भइन्। मर्लिनलाई सधै अबहेलनाका साथ व्यवहार गरियो भने कस्टर्नलाई स्वीकार गरियो (मलाई यस्तो भेदभाव पनि राम्ररी थाहा छ)।

    राच्केल कार्टर, एक गुनाइ नश्लकी एबोरिजिनल महिला हुन्, उनीले पनि बालखकालमा आदिवासी भएर पनि यति सुन्दरी ! भन्ने सुन्दै हुर्किन्। दुई छोरीका आमा भइसकेकी उनी आफ्ना छोरीहरुलाई कालो भएकोमा आश्वस्त गराउन खोज्छिन्।

    ‘पाँच हप्ता अघिमात्र भएको कुरा हो। मेरी चार वर्षीया एबोरिजिनल छोरीले मलाई भनिन्– उनको खैरो छाला कुरूप देखियो, र सेतो बनाउनु परो। हेर्नुस् त! गोराहरु स्मार्ट र सुन्दर हुन्छन्,।’ ‘जब चार वर्षको बच्चाले यस्तो सोच्छ र भन्छ भने हाम्रो समाजमा परिवर्तन ल्याउनु आवश्यक छ।’

    कुनै पनि बालिका वा महिलालाई उनको पहिचानको बारेमा केरकार गरिनु हुँदैन। दुनियाँका सामू प्रस्तुत हुन चाहेको संस्कृतिमा उँचो भएर उभिन पाउनु उनीहरुको मौलिक अधिकार हो। एबोरिजिनल महिलाहरुका लागि पनि दुनियाँका अरु महिलाहरुभन्दा फरक हुनुहुँदैन।

    यदि तपाईं मलाई पनि आदिवासी भएर पनि यति सुन्दरी ! भनेर सोध्नु हुन्छ भने, तपाईं मेरो आदिवासी पहिचानतालाई उन्मूलन वा उदाङ्गो पार्न केरकार गर्दै र ठप्पा लगाउदै हुनुहुन्छ। र यस कुराले एक व्यक्तिको रूपमा तपाईंको बारेमा के भन्न सकिन्छ? भिक्षु रोजाली कुनोथको शब्दमा, ‘म तपाईंको समस्या होइन।’

    ‘तपाईं आदिवासी भएर पनि यति सुन्दरी’ यो सम्मान होइन। यो नश्लवादी एक अपमानजनक आरोप हो। एबोरिजिनल महिलाहरूले हाम्रो संस्कृति मन पराउँछन्, हामी हाम्रो समुदायलाई माया गर्छौं, हामी आफ्नो देशलाई माया गर्छौं, जुन सँधै गर्थ्यौं र हामी सधैं एबोरिजिनल रहिरहनेछौं।

    म आँफू वाडजनबार यिडिनजी र जिर्रबल महिला भएकोमा गर्व गर्दछु। म जिगुरोउ हुँ (जिर्रबल भाषामा सुन्दर) तपाईंले माने पनि नमाने पनि।

    साशा सारागो– असेन्सन अष्ट्रेलियाको पहिलो जीवनशैली मञ्चकी सम्पादक र संस्थापक हुन्।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.