Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

राष्ट्रिय एकताका आधारहरु के हुनसक्छन् ?

महाथिर विन मुहमद महाथिर विन मुहमद
साउन १८, २०७४
- राजनीति, विचार, विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सामान्यरूपमा राष्ट्रिय एकताको आधार भन्नाले ‘एउटै जातीय मूलका मानिसहरूको समान भाषा, समान संस्कृति र समान धर्मको निश्चित भूगोलभित्रको बसोबासको स्थिति’ भन्ने जनाउँछ। यी सबै तत्वहरू एकसाथ मौजुद रहँदा एउटा राष्ट्र बन्नबाट कसैले रोक्न सक्तैन भन्ने परम्परागत धारणा छ।

    कुनै समय जब सञ्चारमा सीमितता थियो र एक ठाउँबाट अर्को ठाउँ सम्मको यात्रा न्यूनतम् हुने गर्थ्यो, राष्ट्र भनेको कविलाहरूका विस्तारित रूप थिए र ती कविलाहरु स्वयंमा पारिवारिक समूह वा परिवारका विस्तारित रूप थिए। तिनीहरूलाई सीमित तुल्याउने तत्व भूगोल थियो। चाहे त्यो भौगोलिक विकटता वा दूरी होस् वा समुद्र र नदीहरू होऊन्। एउटा खास क्षेत्रमा कविलाहरू शान्तिपूर्वक वा हिंसात्मक तरिकाले एक–अर्काको नजिक आए। समान भाषा, धर्म, संस्कृतिको निर्माण गरेर एउटा राष्ट्रका रूपमा विकसित भए।

    राष्ट्रिय एकता र भातृत्व सम्बन्धी चेतना समान भाषा, संस्कृति र धर्मको एकैखालको बुझाईले ल्यायो। जब फरक संस्कृति इत्यादि भएका अर्को जातीय समूह अर्को जातीय समूहको सम्पर्क संसर्गमा आयो, एक–अर्कालाई बुझ्ने क्षमताको अभावले सङ्घर्षको स्थिति पैदा गर्‍यो। सशस्त्र सङ्घर्षले आफ्नो र परायाको भावनालाई अझ दह्रो बनायो, जसले राष्ट्रिय एकताको भावनालाई मलजल गर्‍यो।

    आधुनिक युगमा संयुक्त राज्य अमेरिकामा राष्ट्र निर्माणको ठूलो अभ्यास गरिँदैछ। जब १३ वटा उपनिवेशहरू स्वतन्त्र भए, जनतालाई एकताबद्ध राख्न राजाहरू चाहिँदैनन् भन्ने प्रमाणित भयो। स्वतन्त्रतापछि ‘एङ्ग्लो–सेक्सन’ बासिन्दाहरूले सबै जातीय मुलुक र फरक भाषा, धर्म, संस्कृति मान्ने आप्रवासीहरूलाई स्वीकार्न थाले। कानुनसम्मत तरिकाले स्थापना गरिएको एउटा राज्यमा एउटै धर्म र संस्कृतिको मूल जरो नखोजी त्यहाँको परिवेशमा आफूलाई ढाल्न सक्दा राष्ट्रियताको जग बलियो हुन सक्ने नसक्ने प्रश्नको उत्तर खोजियो। संयुक्त राज्य अमेरिका एउटा स्वाभाविक राष्ट्र नभएर एउटा कानुनसम्मत ढङ्गले स्थापना गरिएको भौगोलिक सीमामा आबद्ध राज्य हो।

    १९ औँ र २० औँ शताब्दीका सुरुमा तीव्र आप्रवासीकरणका समयमा त्यो नयाँ राष्ट्रले अनेकौँ कठिन परीक्षाका दौडबाट गुज्रनुपर्‍यो। नयाँ आप्रवासी चिनियाँदेखि रुसीसम्म थिए। व्यावहारिक रूपमा हरेक जातीय मूल र भाषाका मानिसहरूलाई समावेश गरियो। तिनीहरूमा आप्रवासीहरूबीचको आधिकारिक अङ्ग्रेजी भाषाको ज्ञान शून्यप्रायः थियो र तिनीहरू संयुक्त राज्य अमेरिकाको ऐतिहासिक पृष्ठभूमि र संस्कृतिका बारेमा पनि अनभिज्ञ नै थिए। धर्म पनि एकदमै फरक–फरक थिए। जनताको यो क्वाँटी मिश्रणबाट प्राथमिक रूपमा भाषाका आधारमा राष्ट्रिय एकताको माहोल बनाइयो। ती १३ वटा उपनिवेशहरू अङ्ग्रेजी बोल्ने आप्रवाशीहरूद्वारा आवाद गराइएका थिए। ती र तिनका सन्तान ती राज्यका मेरुदण्ड थिए। यसरी एउटा महत्वपूर्ण सिद्धान्तको प्रतिपादन गर्दै त्यसलाई लागू गरियो। नागरिक हुन चाहने आप्रवासीहरूले राष्ट्रिय भाषाका रूपमा अङ्ग्रेजी जान्नुपर्छ र दैनिक जीवनका कारोबारमा त्यसलाई प्रयोगमा ल्याउनुपर्छ। ‘हामी अङ्ग्रेजीलाई संयुक्त राज्य अमेरिकाको आधिकारिक राष्ट्रिय भाषा मान्छौँ’ भनेपछि त्यसलाई नजरअन्दाज गर्नसक्ने अवस्थै रहेन।

    आप्रवासीहरूका भाषालाई अङ्ग्रेजी भाषासरह वा त्यसभन्दा कम मान्यता दिनुपर्छ भनेर न त कसैले सुझावै दियो, न त ती भाषालाई सरकारी संरक्षण प्राप्त नै भयो। वास्तवमा यो संविधानमा व्यवस्थित नागरिकता प्राप्तिको शर्त थियो। जसमा अङ्ग्रेजी सरह अन्य भाषालाई मान्यता दिने कुरा वर्जित थियो। यो विषयलाई सबैद्वारा यति गहनरूपमा ग्रहण गरियो कि खासखास क्षेत्रमा गैरअङ्ग्रेजी भाषीहरूका ठूला–ठूला बस्तीहरूमा समेत आफ्ना भाषालाई मजबुत बनाउनका लागि कुनै कार्य भएन। अधिकांश अवस्थामा त दोस्रो पुस्ताका आप्रवासीहरूले आफ्ना भाषा नै भुले।

    एक–अर्कालाई बुझ्नसक्ने समाजको निर्माण गरिसकेपछि एउटा राष्ट्रिय संस्कृतिको विकास हुने स्वतन्त्र वातावरण दिइयो। तर, भाषा त संस्कृतिको अविभाज्य अङ्ग हुन्छ। त्यसैले ‘एङ्ग्लो–सेक्सन’ संस्कृतिको जग भएको तर गैर–ब्रिटिस प्रभावहरूलाई समेत अङ्गीकार गर्नसक्ने एउटा नयाँ संस्कृति परिणामका रूपमा देखापर्‍यो। यसरी, समान जातीय मूल, भौगोलिक दुरुहता र समान धर्मबिना पनि राष्ट्रिय एकता हासिल गरियो। तथापि, केही अतिरिक्त नियन्त्रण विधि भने अपनाइए। शिक्षाको माध्यम करिब करीब अङ्ग्रेजी मात्र भयो। इतिहास पढाउँदा अमेरिकाको इतिहास र त्यसमा पनि ब्रिटिस उपनिवेशको स्थापनामा बढी जोड दिँदै पछि आउने आप्रवासीहरूका पृष्ठभूमिलाई कम महत्व दिइयो। प्राकृतिक भौगोलिक सिमाना र पम्परागत राजाहरूको अभावमा राष्ट्रप्रति बफादारिताको चेतना प्रवाह गर्न, संविधानप्रतिको सम्मान गर्न र झण्डा र राष्ट्रियताका अन्य चिह्नहरूप्रतिको सम्मान गर्न स्कुलहरूमा पढाउन थालियो। सभा सम्मलेनमा दोहोर्‍याउन लगाइयो।

    अमेरिकाको राष्ट्रिय एकताको कठिन परीक्षा संयुक्त राज्य अमेरिकाले भाग लिएका दुईवटा ठूला युद्धमा भए। केही अमेरिकीहरूले अन्य अमेरिकीसँगै आफ्नै जातिका विरुद्ध युद्ध गर्नुपर्ने बाध्यात्मक अवस्था आइपर्‍यो। के उनीहरूको अमेरिकी हुनुको परिचय आफ्नै पूर्वदेशवासीविरुद्ध लड्न र तिनलाई मार्नसमेत तयार हुने बनाउन सक्षम थियो त? त्यो प्रश्नले सहज उत्तर पायो जब जर्नेल आइजनहावर (जो जर्मन मूलका थिए) ले अमेरिका र पश्चिमी धुरीका राष्ट्रहरूको विजयको नेतृत्व गरे।

    अमेरिकाको जस्तो राष्ट्रनिर्माणको तरिका दक्षिण अमेरिका र अष्ट्रेलियामा पनि अपनाइयो र त्यसले सफलता समेत पायो। यी देशहरूमा पनि अमेरिकामा जस्तै विभिन्न जातिका मान्छे बसाइँ सरे, त्यहाँ स्थापित र प्रयोगमा आउने भाषालाई अपनाए, राष्ट्रियताका प्रतीकहरूलाई सम्मान गर्न सिके र प्रष्ट चिनिने र अन्तर्राष्ट्रिय रूपमा फरक एकताबद्ध जनता बने। यसरी ‘भाषा’ राष्ट्रिय एकताको आधार बनेको देखिन्छ। यसले एउटा आधारभूत संस्कृतिको ढोका खोल्छ र एकीकृत शिक्षाप्रणालीमार्फत संविधान, झण्डा, राष्ट्र गान र मुलुकका कानुनहरू जस्ता राष्ट्रिय एकताका जरुरी प्रतीकहरू अपनाउन सघाउँछ।

    तर, एकताका शक्तिमध्ये भाषामा जोड दिनाले त्यसको प्रतिवाद गर्नेहरूलाई उत्तेजित बनाउन सक्छ। जसले के भन्नेछन् भने, स्विट्जरल्यान्डमा एउटै भाषा नहुँदा पनि राष्ट्रिय एकता छ र एउटै भाषा हुन जरुरी छैन भन्ने प्रमाणित भएकोछ। जसले स्विट्जरल्यान्डलाई नमुनाका रूपमा अगाडि सार्छन्, तिनले के बिर्सन्छन् भने त्यहाँ त्यस्ता अरू धेरै कारक तत्वहरू छन् जसले स्विस र स्विटजरल्यान्डलाई आज जे जस्तो अवस्थामा छन्, त्यो अवस्थामा ल्याइपुर्‍याएका छन्। स्विट्जरल्यान्ड एकताबद्ध रहनुमा आन्तरिक मात्र होइन बाह्य कारणहरू पनि त्यत्तिकै सक्रिय छन्। त्यसका वरिपरिका देशहरूका लागि त्यसले मध्यवर्ती राष्ट्रको भूमिका खेलेको छ। झै–झगडाका बेलामा निश्पक्ष र सबैलाई मान्य हुने निकासको ठाउँ उपलब्ध गराएको छ। स्विट्जरल्यान्डको एउटै मात्र भूमिका हुन सक्छ– निश्पक्षता। शक्तिको राजनीति र लडाइको उत्तजेना उसका लागि ग्राह्य हुने छैनन्।

    आन्तरिक रूपमा स्विट्जरल्यान्डको सम्पत्ति उसका जनताको शीप र राजनीतिक शान्तिको कारण त्यहाँ आउने पर्यटकमा छ। यी चिजहरू त्यति बेला मात्र राम्ररी विकसित हुन्छन्, जब राजनीतिक प्रभाव न्यून हुन्छ। यसरी आन्तरिक र बाह्य दुवै कारणले स्विसह रूले राजनीतिप्रति अरुचि राख्छन्। हालैको एउटा आमचुनावमा भोट हाल्ने र चुनावमा प्रतिस्पर्धा गर्ने कुरामा यति अरुचि देखियो कि विगतको त्यही सरकारले लामो समयदेखि शासन गरिरहेको छ। किनभने कसैले पनि राजनीतिमा चाख देखाएनन्। यस्तो परिवेशमा भाषा एउटा मुद्दा बन्नै सक्तैन। यसले न त विभाजन ल्याउँछ न एकताबद्ध बनाउँछ।

    स्विसहरूको अर्को महत्वपूर्ण पक्ष के छ भने तिनीहरूका ४ वटा आधिकारिक भाषा हुन सम्भव छ। यी चारमध्ये रोमन्स (Romanche) एउटा सारै सानो समुदायमा सीमित छ अर्थात् (ग्राउवाउदेन जिल्लाको एक तिहाइ भागमा)। र व्यावहारिक प्रयोजनका लागि ३ वटा भाषा– फ्रेन्च, इटालियन र जर्मन मात्र भन्दा हुन्छ। हरेक वयस्क स्विस नागरिकले यी तीनमध्ये दुई भाषा बोल्छन्। यसको मतलब के हो भने एउटा स्विसले अर्को स्विसका कुरा नबुझ्ने स्थिति नै रहँदैन। यसबाहेक, फ्रेन्च र इटालियन एउटै भाषा समूहका भाषा हुन् र अलिअलि सिक्यो भने पनि अर्को भाषा बुझ्न सकिन्छ।

    अन्तमा, स्विसहरू सबै युरोपेली हुन्: फ्रेन्च र इटालियन बोल्ने लेटिन मूलका हुन् भने जर्मनहरू टिउटोनिक (Teutonic) मूलका। सबै समुदायको युरोपेली संस्कृति छ, जो करिब–करिब उस्तै छ। तिनीहरूलाई स्विट्जरल्यान्डमा घुलमिल हुन कुनै समस्या छैन। यो परिवेशमा राष्ट्रिय एकताका आधारका रूपमा भाषाको महत्व नगन्य हुन्छ। अत्याधिक कुराहरू समान छन् र अत्याधिक आन्तरिक र बाह्य शक्तिहरू राष्ट्रिय एकता बढाउन सघाउ पुर्‍याउने खालका छन्, फलस्वरूप राष्ट्रिय एकताका लागि चारवटा आधिकारिक भाषा हुनुको कुनै भूमिका छैन।

    सारसङ्क्षेपमा, हामी के भन्न सक्छौ भने: सुरुमा राष्ट्रिय एकताका आधारहरू जातीय, सांस्कृतिक, भाषिक र धार्मिक समानता भएका एकै भौगोलिक सीमाभित्र बस्ने जनता हुन्। आधुनिक इतिहासको प्रवृत्ति चाहिँ कस्तो छ भने जातीय मूल र धर्म अपरिहार्य छैनन्। भाषा र गहिरो गरी आबद्ध संस्कृति भने राष्ट्रिय एकताको स्थापनाका लागि आवश्यक छन्। मलेसिया जस्तो बहुजातीय देशमा, यदि भाषाको चुनाव र त्यससँग सम्बन्धित संस्कृतिका बारेमा एउटा सम्मानजनक सम्झौतामा पुगिन्छ भने राष्ट्रिय एकता प्राप्त गर्न सकिन्छ। त्यसरी चुनिएको भाषा सबैले स्वीकार गर्ने हो भने एउटा बहुजातीय देशमा राष्ट्रिय एकता मजबुत गर्न सकिन्छ र त्यसका प्राविधिक पक्ष हुनसक्छन्– बफादारिताको प्रतीक जस्तै राजामा जोड दिनु, राष्ट्रिय इतिहासको शिक्षा, राष्ट्रिय झण्डा जस्ता राष्ट्रियताका प्रतीकहरूको सम्मान, राष्ट्रिय गान र रङ्ग इत्यादि र अन्तिम तर सबैभन्दा महत्वपूर्ण संविधानका सम्मान साथै ऐननियमको पालना।

    यी सबै हुने क्रममा, जनताहरू साँच्चै नै एकताबद्ध हुनुपर्छ। जातका आधारमा, मूलका आधारमा वा अन्य आधारमा भेदभाव गर्ने हरेक प्रवृत्तिको नास गर्नुपर्छ। जीवनका हरेक भेदभावहरूलाई समाप्त गरिनुपर्छ। अन्तमा, अन्तरजातीय विवाहलाई उत्प्रेरित गर्नुपर्छ। राष्ट्रिय एकताका यी आधार हुन्। यो एउटा यस्तो समझदारी हो, जुन एउटा स्थिर र सम्भावनायुक्त राष्ट्र बनाउन चाहने धेरै जातजाती भएको  देशले निर्विकल्प रूपमा विकसित गर्नुपर्छ।

    यस सन्दर्भलाई हामीले मले दुविधा (The Malay Dilemma) नामक पुस्तकबाट साभार गरेका हौं । यसलाई अङ्ग्रेजीबाट नेपालीमा अनुवाद यमनाथ बराल र कोमल भट्टराईले गर्नु भएको हो ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      महाथिर विन मुहमद

      महाथिर विन मुहमद

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.