Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

“भविष्यबाट” पत्रः तपाईंहरु खाना खानु हुनेछ

नेपाल रिडर्स नेपाल रिडर्स
चैत्र २०, २०७६
- विमर्शका लागि, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    “भविष्यबाट” युरोपेलीहरुलाई लेखिएको पत्र हो। यो पत्रका लेखिका फ्रान्सेस्का मेलान्ड्री चर्चित इटलिका उपन्यासकार हुन्। हाल उनी कोभिड-१९ विरुद्धको लकडाउनमा विगत तीन हप्तादेखि रोम शहरमा बन्दी छिन्। यसमा उनले आउँदा दिनमा मानवजातिले सामना गर्नुपर्ने विभिन्न उदवेगहरु लेखेकीछन्।- नेपालरिडर्स

    “धेरै श्रीमतीहरु घरभित्रै कुटिनेछन्।”

    युरोपेलीहरु

    म तपाईंहरुलाई यो पत्र इटलीबाट लेखिरहेकी छु। बुझ्नुहोस् ! तपाईंहरूको “भविष्यबाट”।

    हामी अहिले जहाँ छौं केही दिनपछि तपाईंहरू पनि त्यहीं हुनुहुनेछ। मलाई लाग्छ, अहिले महामारीले बनाइरहेको चित्रले केही समयमा नै तपाईंहामी सबै एउटै ताण्डवनृत्यमा सामेल भएका हुनेछौं।

    समयको मार्गमा हामी तपाईंहरू भन्दा केही कदममात्र अगाडि छौं, चीनको वुहान हामी भन्दा केही हप्ता अगाडि भएजस्तै।

    तपाईंहरूले हामीलाई जस्तो व्यवहार गर्दैहुनुहुन्छ त्यो हामी हेर्दैछौं।

    “जाबो फ्लु त हो, किन यति साह्रो हल्ला?” वास्तविकता बुझ पचाई तपाईंहरू त्यही तर्कहरु गर्दैहुनुहुन्छ जुन तर्कहरु केही समय अगाडि हामीले गरेका थियौं।

    जसै हामी यहाँबाट, भनौं न तपाईंहरूको “भविष्यबाट” तपाईंहरूलाई हेरिरहेकाछौं। हामीलाई थाहा छ घरभित्रै बस्ने आदेश पाउनुभएका तपाईंहरु मध्ये धेरैले अरवेललाई उद्दरण गर्नुहुनेछ, अझ कतिले त हब्सलाई पनि उद्दरण गर्नुहोला। तर चाँडै यति ब्यस्त हुनुहुनेछ कि उद्दरण गरिरहन तपाईंहरूलाई फुर्सद हुनेछैन।

    सबभन्दा पहिला तपाईंले खाना खानु हुनेछ। यो होइन कि यहीमात्र तपाईंले गर्नुपर्ने काम बाँकी रहेकाले हो।

    “बगैचासहितको घरमा थुनिनु र भिडभाडयुक्त झुपडपट्टीमा थुनिनुमा भिन्नता छ। घरबाटै काम गर्न पाउनु र काम गुमाउनुमा पनि त्यतिकै भिन्नता छ।”

    तपाईंहरुलाई फुर्सद हुनेछ। यस समयलाई कसरी फलदायी बनाउने भनेर खोलिएका दर्जनौ सामाजिक सञ्जालहरु फेला पार्नुहुनेछ। तपाईंहरु त्यसमा सामेल हुनुहुनेछ तर, केही दिनपछि ती सबैलाई बेवास्ता गर्नुहुनेछ।

    तपाईंहरुले विश्व–विनासबारे पढ्न दराजबाट पुस्तक निकाल्नु हुनेछ तर दुईचार पाना पढ्दैमा तपाईहरुलाई पट्यार लाग्नेछ।

    फेरि तपाईंले खाना खानुहुनेछ। तपाईंहरूले आफैंलाई सोध्नु हुनेछ – ह न यो लोकतन्त्रलाई के भइरहेकोछ हँ ?

    तपाईंहरूको अनलाइन सामाजिक जीवन चलायमान हुनेछ। तपाईंहरुका हात र आँखा मेसेन्जर, ह्वाट्स एप,  स्काइप, जुम आदिईत्यादीमा नै भइरहनेछन्।

    तपाईंले कहिंलेकाँही हुर्किसकेका छोराछोरी मिस गर्नुहुनेछ। त्यसबेला तिनीहरुलाई फेरि कहिल्यै भेट्न नसकिने हो कि भनेर छटपटाउन थाल्नु हुनेछ।  

    पुरानो रिसराग र परित्यक्तता समेत असान्दर्भिक जस्ता हुनेछन्। कहिल्यै बोल्ने छैन भनिएका मानिसहरुलाई तपाईं फोन गर्नुहुनेछ र सोध्नुहुनेछ, ” के छ तपाईंहरूको हालखबर?”। धेरै श्रीमतीहरु घरभित्रै कुटिनेछन्।

    “तपाई आईसियुमा एक्लै मरिन्छ कि भन्ने सोचाइ हटाउन बारम्वार कोसिस गरिरहनु हुनेछ।”

    यस्तो बेला शरणार्थीहरुमा कस्तो आपत भइरहेको होला भनेर घोत्लिनुहुनेछ। तपाईं सुनसान सडकमा निस्कदा आफुलाई नाजुक तथा निरिह ठान्नुहुनेछ, झन् अझ तपाईं महिला हुनुहुन्छ भने। के यसरी नै समाजहरु ध्वस्त हुनेछन् ? के यो यति चाँडै ध्वस्त हुनेछ? एक क्षण सोच्नु हुनेछ। तर केहीबेरमा नै तपाईंहरुले यी कुराहरु विर्सनुहुनेछ र घर पसेपछि तपाईंहरु फेरि खाना खानु हुनेछ।

    घरमा बस्दा बस्दा तपाईंहरुको वजन बढ्नेछ। तपाईं अनलाइनमा फिट्नेस तालिमका म्यानुअलहरु खोज्न थाल्नुहुनेछ। तपाईं हास्नुहुनेछ। तपाईं पेट मिचिमिचि हास्नुहुनेछ। यतिञ्जेलसम्ममा तपाईं एकाएक महान चुट्किलावाज बन्नुहुनेछ। स–साना कुराहरुलाई गम्भीरतासाथ लिनेहरुले पनि जीवन, ब्रम्हाण्ड र सबैकुराहरु क्षणभङ्गुर रहेछन् भन्न थाल्नेछन्।

    तपाईंहरुले सामाजिक दुरि कायम गर्नुपर्नेछ। यस नियमको पालन गर्दै कम्तिमा पनि देखादेख त हुन्छ भनेर तपाईं आफ्ना मित्र वा प्रेमी/प्रेमिकालाई सुपरमार्केटमा भेटौं भन्दै समय मिलाउनु हुनेछ।  उनीहरुलाई एकक्षण हेरिरहनका लागि गन्नै नपर्ने गन्नु हुनेछ। म्याद नगुज्रिने सामानको म्याद हेर्न थाल्नु हुनेछ।

    तपाईं वरपरका सबै मानिसहरुको वास्तविक प्रवृत्ति तपाईंलाई स्पष्ट हुनेछ। तपाईं सहमत र आश्चर्यचकित दुबै बन्नुहुनेछ ।

    समाचारमा सर्वत्र छाइरहने विद्वानहरु गुप्त हुनेछन्, तिनीहरुका विचारहरु एकाएक असान्दर्भिक लाग्न थाल्नेछन्। केहीले औचित्यताको आड लिनेछन् जुन पुरै असंवेदनशील हुनेभएकाले तिनका कुराहरु सुन्न छाडिनेछन्। हिजो तपाईंहरुले नजरअन्दाज गर्नुभएका मानिसहरुले तपाईहरुका लागि ढाडस दिने छन् र उदार, भरोसायोग्य, ब्यवहारिक र दुरदर्शी साबित हुनेछन् ।

    “कहिल्यै बोल्ने छैन भनिएका मानिसहरुलाई तपाईं फोन गर्नुहुनेछ र सोध्नुहुनेछ “के छ तपाईंहरूको हालखबर?”। 

    यस्तो भद्रगोल व्रम्हाण्ड नवीकरणको लागि एक अवशरको रुपमा अवलोकन गर्ने मानिसहरु देखिनेछन्। तिनीहरुले तपाईंहरूलाई घटना र वस्तुहरुलाई बृहतर परिप्रेक्ष्यमा बुझ्न मद्दत पुर्‍याउनेछन्। तपाईंहरुलाई दिग्दार पनि लाग्नेछ: अति उत्तम, कार्वन डाइअक्साइड ग्यासको उत्सर्जन आधा घटेकाले हाम्रो ग्रहले राम्ररी श्वास फेरिरहेको छ तर तपाईं कसरी अर्को महिना आफ्ना बिलहरु तिर्नुहुनेछ ?  यदि नयाँ संसारको जन्म यो भन्दा भब्य वा दारुण अवस्थामा भएमा यसलाई तपाईंहरुले बुझ्नु हुनेछैन ।

    पत्रका लेखिका – फ्रान्सेस्का मेलान्ड्री

    तपाईंले झ्याल खोलेर वा बगैंचामा बसेर बाजा बजाउनु हुनेछ। जब तपाईहरुले हामीलाई बरण्डामा बसेर गीति नाटक गाएको देख्नुभयो, तब तपाईहरुले, ” हरे यी इटालियनहरु” भनी सोच्नुभयो। तर हामीलाई थाहा छ तपाईहरु पनि एकअर्कालाई ढाडस दिन  गीत गाउनु हुनेछ। र जब तपाईहरुले चर्को स्वर उराल्नु हुनेछ म तपाईंको झ्यालबाट नियाल्नेछु, हामी पनि वुहानका मानिसहरुले जस्तै फ्रेव्रुवरीमा आफ्ना घरका झ्यालबाट गीत गाउँदै हामीतिर हेर्दै टाउको हल्लाए जस्तै तपाईहरुलाई त्यसरी नै हेर्नेछौं।

    तपाईंहरू मध्ये धेरै लकडाउन अन्त्य हुने बित्तिकै डिभोर्स दिनेछु भन्ने कसम खाँदै निदाउनु हुनेछ। तर त्यसबेलासम्म  धेरैको गर्भाधान भइसकेको हुनेछ।

    तपाईका नानीहरूले अनलाइन शिक्षा प्राप्त गर्नेछन्। उनीहरुले धेरै चकचक गर्नेछन्; उनीहरुले तपाईंलाई आनन्द दिनेछन्। बुज्रुकहरुले उदण्ड किशोरले झैं तपाईंको अवज्ञा गर्नेछन्: उनीहरुलाई बाहिर गएर संक्रमित भएर मृत्युवरण गर्नबाट रोक्न तपाईंले उनीहरुसँग लडाइँ लड्नुपर्नेछ।

    तपाई आईसियुमा एक्लै मरिन्छ कि भन्ने सोचाइ हटाउन बारम्वार कोसिस गरिरहनु हुनेछ।

    तपाईंहरुलाई कहिलेंकाहीं स्वास्थ्यकर्मीहरुले टेकेका जमिनमा गुलाफका गुच्छाहरु बिछ्याउन मन लाग्नेछ।

    यसैबीच सामुदायिक प्रयासले नै समाज एकजुट हुनेछ भन्ने आह्वान  तपाईंहरुकहाँ आइपुग्नेछ,  त्यसले हामी सबै एउटै नौकामा सवार छौं भन्ने आभास गराउनेछ। त्यो साकार हुनेछ। तपाईंले जसरी आफू विश्वको एक अंश हो भन्ने बुझ्नुहुनेछ, त्यसरी नै यो अनुभव असल परिवर्तनका लागि हुनेछ।

    यद्यपि वर्गले फरक पार्नेछ। बगैचासहितको घरमा थुनिनु र भिडभाडयुक्त झुपडपट्टीमा थुनिनुमा भिन्नता छ। घरबाटै काम गर्न पाउनु र काम गुमाउनुमा पनि त्यतिकै भिन्नता छ। महामारीलाई परास्त गर्न तपाईं जुन डुङ्गामा सवार हुनुहुन्छ त्यो सबैले एउटै देख्ने छैनन् र वास्तवमा त्यो सबैका लागि एकनाशको हुँदैन। र. त्यो कहिल्यै पनि एउटै थिएन ।

    एउटा बिन्दुमा पुग्दा, तपाईलाई कता कता केही अड्किएको आभास हुनेछ। तपाईं भयभित हुनुहुनेछ। यो भय आफ्ना प्रियजनलाई बताउनु हुनेछ वा उनीहरुलाई पनि किन पीडा थपौं भनेर नबताउन पनि सक्नुहुनेछ। तपाईंले फेरि खाना खानु हुनेछ।

    हामी इटलीमा छौं र हामीले जानेसम्म तपाईंको भविष्य यस्तै छ। तर यो सानो स्तर र तल्लो तहबाट हेर्नेहरुको भविष्यवाणी हो।

    हुन त भविष्य तपाईं र हामी दुवैलाई थाहा छैन। तथापी हामी आफ्नो नजर घुमाएर अलि परको भविष्यलाई हेर्‍यौं भने हामीहरु तपाईहरुलाई अहिलेलाई यति मात्र भन्न सक्छौं, जब यो महामारीको अन्त्य हुनेछ तब संसार उस्तै रहने छैन।

    स्रोतः क्यानडाका नागरिक अलेक्जेन्डर जे बूम पाँचौंको वालबाट। भावानुवाद दामोदर उपाध्याय।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.