Date
सोम, असार १५, २०८३
Mon, June 29, 2026
Monday, June 29, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

न्यूयोर्कका बन्दीको कथा

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
चैत्र २७, २०७६
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    बद्रीविनोद प्रतिक। तीन साता भयो बिनाकसुर महाशक्ति राष्ट्र्मा निर्मित एउटा घरमा मेरो परिवार थुनिएको छ। सोच्छु, हामी मात्रै यसरी थुनिएको होइनौँ होला कि? सञ्चारमाध्यामहरुवाट थाहा पाउँछु , चार पाँच अरब भन्दा बढी मानिसहरु यसरी नै थुनिएका छन्। तर यहाँ हाम्रो परिवार मात्र थुनिएको अनुभव गरिरहेको छु।

    सायद यसरी बन्दी भएका अरबौं मानिसहरुले पनि यही सोचिरहेका छैनन्रु यतिबेला मेरो संसार एकदमै साँघुरिएको छ। झ्यालको सानो प्वालबाट देखिने त्यो नीलो आकाश, पालुवा फेर्दैगरेका म्यापलका बोटहरु र नील गगनमा उडिरहेका पन्छीमात्रै मेरो संसारमा अटेका छन्। बाँकी सबै दृष्यहरुमा पट्टी लागेको छ। लाग्छ मेरो संसार यहाँ भन्दा पर छैन। झ्यालको पर्दा खोल्छु तिनै दृष्यहरु दोहरिन्छन। मेरा आँखाको लागि नयाँ दृष्यहरु बर्जित छन्।

    मैले चाहेर पनि हेर्न सक्दन। त्यसैले यिनै दृष्यहरु माथि बारम्बार आँखा बिछ्याउनु मेरो बाध्यता बनेको छ। मेरो दैनिकी नयाँ बन्न सकेको छैन। दिनहुँ एउटै चक्रमा घुमिरहेको छु। अहिले विज्ञानका अध्येताहरु विलखबन्दमा छन्। उनीहरुमध्ये कतिपय कोरोना भाइरसको ताण्डव नृत्य हेर्दाहेर्दै ढलेका छन्। सेतो बस्त्र भिरेका स्वास्थ्य क्षेत्रका यस्ता विज्ञहरु भाइरससँग भिड्दा भिड्दै समरमै ढलेका छन्। तर पनि मानिसको आशा जीवित छ। त्यै जीवित आशाले दिनहुँ कफनमा बेरिएका हजारौँ मानिसहरुका सपना बिउँझिएर गुन्जिएको सुन्छु।

    ज्ञान मर्दछ हाँसेर,रोई मर्दछ विज्ञानु हाई स्कुल पढदा यो वाक्य खेमराज गुरुले बुझाउन धेरै कोशिश गर्नु भएको थियो। तर मैले बुझ्न सकेको थिइनँ। गुरुले पढाएको यो वाक्य बुझ्न मलाई यतिका वर्ष लाग्यो। अहिले थोरै बुझे जस्तो लागेको छ। ज्ञान र विज्ञानबीचको दूरी बढेको यो बेलामा पनि आशावादी छ।

    विज्ञानले भन्छ, तेरो विजय हुन दिन्न। कोरनाले भन्छ, तैंले मलाई पराजित गरिस् भने पनि आर्थिक हैसियत खसालेर छोड्छु। विज्ञान र कोरनाबीचको दोहोरी सुन्दा लाग्छ, बाँच्ने आशाको त्यान्द्रो बाँकी नै रहेछ। पर्दा हटाएर बाहिर हेर्छु, नीलो आकाशमा उडिरहेका चराहरु देख्छु र मनमनै भन्छु, के म ती चराहरु सँगै उड्न सक्दिन र? अहँ, अहिले सक्दिन। यतिबेला म पखेंटा चुँडाएको चरा जस्तै छु। चरा भन्दामथि उडने शक्ति भएर पनि रोकिएको छु। मेरो गन्त्व्यको आकाश मार्ग यतिबेला अवरुध्द छ। सुन्छु, अहिले त्यहाँ मर्मत हुँदैछ रे। आशा गर्छु, मर्मत सकिएपछि मेरो जन्मघर फिर्नेछु।

    यतिबेला मैले टेक्ने पाइलो खबरदारी भावमा कोरिएको कोरोनाको लक्ष्मण रेखाभित्र छ। त्यसलाई नाघेर जान सक्दिन। किनभने त्यहाँ जिउँदा हरु पनि भाइरसले निलेका लासहरुमाझ छटपटाई रहेका छन्। मेरो बाँच्ने रहरहरु तिनीहरुबाट खोसिन सक्दछ। मलाई आजै मर्नु छैन। त्यसैले भाइरसको क्रुर संक्रमण छल्न विश्वका अरबौं मानिसहरु सँगै डर, त्रासको छटपटाहटमा पनि घर भित्रै बसेको छु र अरुलाई भित्रै बस भनेको छु। यति बेला मेरोसामु कोभिड १९ (कोरोना भाइरस)ले रंगिएको संसारको विद्रुप नक्सा छ।

    संचार र सूचना प्रविधिका केही माध्यमहरु छन। मोबाइलमा आउने म्यासेजहरु र टेलिभिजनमा आउने समाचारहरु छन्। यिनीहरुमा पनि आशा लाग्दा केही कुराहरु छैनन्। ती दृष्यहरु जति हेर्‍यो उति मन दुखाउँछ। आँखा रसाउँछन्। र, पनि यो मन र आँखा अरुलाई देखाउँन पाउँदिन। मनको कुरा मनमै राख्‍नु परेको छ। आँखाको आँसु आँखैमा सुकाएर केही तथ्य उल्लेख गरेको छु। अहिले कोरोनाको इपिसेन्टर मानिएको न्यूयोर्कमा झण्डै ५० हजार जति नेपालीको बसोबास गरेको अनुमान छ। विभिन्न देशबाट धेरैले सपनाको देश मानेको अमेरिका आएर बस्नेहरुको बाहुल्य क्षेत्र रहेछ न्यूयोर्क शहर।

    कोरोनाको रौद्ररुप पनि त्यहीँ देखिएको छ अहिले। राज्यको कमजोर व्यवस्थापन पनि त्यही देखिएको छ। न्यूयोर्क राज्य एकातिर र बाँकी ४९ राज्यको कोरोना तथ्यांक हेर्दा न्यूयोर्क राज्य नै अगाडि आउन खोजेको छ। त्यसमा पनि क्वीन्स सबैभन्दा बढी प्रभावित छ। जहाँ नेपालीसहित आप्रवासीहरु बाक्लै बसोबास गर्छन्। अमेरिकामा ज्यान गुमाउनेहरुमा आधा न्यूयोर्कबासी छन्। यो तथ्यले मेरो मानसपटलमा आप्रवासीहरुका दुस्खान्त कथाहरु विभेदपूर्ण व्यवहारको बीचबाट चिहाउन थालेका छन्। न्यूयोर्क शहरमा बसेका नेपालीमूलका अनिल (रमेश) लिम्बुको मार्च २४ मा ज्यान गयो। सम्झेँ अब नेपालीलाई पनि कोरोनाले छोडेन। उनको मृत्यु प्रति चासो राखेँ। राम्रो हेरचाह नपाएरै उनी गएछन्। उनको परिवार अझै पनि कोरनासँग आफ्नै अपार्टमेन्टमा जुधिरहेका छन्। उनीहरुलाई अस्पतालले लिन मानेको कुराले झसंग भए। गएको शनिवार अर्थात् अप्रिल ४ गते काठमाडौंका अजयमान छोंचुँको ज्यान गयो। उनले मुस्किलले अस्पताल पाए पनि बढी सिकिस्त बिरामी बढेकोले निको नहुँदै घरमै फर्काइएको थियो। घर फर्केर कोरनासँग जुधिरहेका उनी हप्ता नबित्दै अचानक ढले। तत्काल अल्महस्ट्र अस्पताल लगियो। तर उनी फर्केनन्। डाक्टरले उनको परिवारलाई हर्टअट्याक भएर मृत्यु भएको रिपोर्ट दियो र उनको जीवनको फाइल बन्द गर्यो। यो घटनाले दिल र दिमाग नराम्ररी हल्लायो। यस्ता धेरै घटनाहरु मेरो मनको न्यूयोर्क डायरीमा लेखिएका छन्।

    गण्डकी प्रदेश मुस्ताङ निवासी दुईजना थोक्ने विष्ट र सोनाम लामाको मृत्युले पनि मन अति नै दुखायो। उनीहरुको मृत्युको दर्दनाक कथा सम्झँदा अझै आँसु झर्छ। मेरो कमलो मन थाम्न सकिनँ र यहाँ पनि थोरै मात्र कोट्याएँ। उनीहरु दुवैलाई कोरोनाले माया गरेको थाहा भयो। उनीहरु अन्तिम अवस्थामा पुग्दा पनि बेडको अभाव देखाएर अस्पतालले माया गरे। अन्ततः विष्टले सन्नीसाइडस्थित अपार्टमेन्टमैं संसारबाटै विदा लिए। २० वर्षसम्म आफ्नो जवानी खर्चेको मुलुकले उनलाई सिटामोल र पानीसमेत दिएन। सोनामको कथा अझै दुस्खद लाग्यो। कोरोनासँग भिडदा भिडदै कुन दिन उनको ज्यान गयो थाहै भएन। साथीहरुले उनलाई बारम्बार फोन गरे। तर उनको फोन कहिल्यै नउठने गरि बन्द भइसकेको रहेछ। न्यूयोर्कको क्विन्स जमैकामा बसोवास गर्दै आएका लामा आपार्टमेन्ट भित्रैको कोठामा विदा भइसकेका रहेछन्। १८ वर्ष सेवा गरेको मुलुकले उनलाई मर्ने बेलामा एक चम्ची पानीसमेत पिउन दिएन। विष्ट २० वर्ष र लामा १८ वर्षदेखि न्यूयोर्कमा बसे पनि दुवैका परिवार नेपालमा रहेका छन्। कोरोना संक्रमितहरुको लाससमेत परिवारले पाउँदैनन्।

    सोनामको कथा अझै दुस्खद लाग्यो। कोरोनासँग भिडदा भिडदै कुन दिन उनको ज्यान गयो थाहै भएन। साथीहरुले उनलाई बारम्बार फोन गरे। तर उनको फोन कहिल्यै नउठने गरि बन्द भइसकेको रहेछ। न्यूयोर्कको क्विन्स जमैकामा बसोवास गर्दै आएका लामा आपार्टमेन्ट भित्रैको कोठामा विदा भइसकेका रहेछन्। १८ वर्ष सेवा गरेको मुलुकले उनलाई मर्ने बेलामा एक चम्ची पानीसमेत पिउन दिएन।

    आफ्नो मान्छे गुमाउँदा नेपालमा रहेका परिवारलाई कस्तो चोट पर्यो होला अनुमानै गर्न सकिन। यस क्षेत्रमा यस प्रकारका घटनाहरु अनगिन्ती छन, जसले अस्पताल नदेखी मृत्युवरण गरे। उनीहरुका लास कहाँ लगेर फालियो भन्ने खालका दर्दनाक कथा विभिन्न देशका लेखक पत्रकारहरुले भोलि पक्कै लेख्ने छन्। आशा गर्छु, त्यतिबेला विश्वको महाशक्ति राष्ट्र अमेरिकाको ‘डेमोक्रेसी’ र मानव अधिकारको विद्रूप कथा धेरैले लेखेर प्रकाशमा ल्याउने छन्। यो अमानवीय र करुणाहीन व्यवहारले शासित संसारमा देखिएको भाइरसबाट बच्नु अहिलेको लागि महत्वपूर्ण मानिन्छ। त्यसैले मनमनै प्रार्थना गर्छु र भन्छु प्रिय! नेपालीहरु, बरु काम छोडेर भए पनि कोठामै बस। बाँच्यौ भने नेपाल छँदैछ। उतै गएर जेजस्तो छ त्यस्तैमा बसौंला।

    ढिडोरोटो साग सिस्नु जेजे मिल्छ त्यै उमालेर खाउँला। यहाँ जतिसुकै रमाइलो भए पनि विभेदपूर्ण व्यवहार देखियो। यसले सारै मन छोयो। तिमीहरुको मेहनतले अमेरिका बन्यो तर आज तिमीहरु तेस्रो चौथो दर्जामा पनि आएनौँ। तर पनि नआत्तिइ बस। कोरनाबाट बँच्ने सबभन्दा राम्रो उपाय तिमीहरुकै निवास हो। तिमीले भर गरेको सरकारबाट केही हुने छैन। सम्झिएँ, कानुनी रुपमा बसेकाहरुले त न्याय पाउँदा रहेनछन, गैरकानुनी रुपमा बसोबास गरेका नेपालीसहित १ करोड १० लाख भन्दा बढी आप्रवासीहरुको हालत यतिबेला कस्तो होलारु यो कुरा जति सम्झ्यो उति डर लाग्छ। उनीहरु यतिबेला कुन मुटु लिएर बाँचेका होलानरु कल्पना पनि गर्न सक्दिन। मेरो मनमा यिनै कुराहरु अहिले पनि खेलिरहेका छन्। जतिसुकै दुःखका कुरा भए पनि केही सुखका कुराहरु पनि छन्। राज्यको बाग्डोर सम्हालेका शाशकवर्गका हुंकारहरु पनि यतिबेला निख्रिँदै गएका छन्। उनीहरुको स्वर पहिले जस्ता दम्भी र आडम्वरी छैनन्। उनीहरुको अनुहारमा मुस्कान छैन। हतास मनस्थितिमा उभिएका छन्। छिनमा बदलिने उनीहरुका विचार र निर्णयहरु पनि यतिवेला रोकिएका छन्। यतिबेला उनीहरु युध्द हारेका सिपाही जस्ता देखिएका छन्। यसले मेरो मनमा उब्जिएको युध्दको आशंका धेरै टाढा पुगेको छ। शुरुका केही हप्ता कतै यो संसारको नक्सा च्यातिने त होइनरु भन्ने आशंका पनि बढेको थियो। तर अहिले ती आशंकाहरु मेटिँदै गएका छन्।

    यतिबेला उनीहरु एउटा निश्चित आकारमा आउन थालेका छन्। एकले अर्कोको स्वास समेत गन्हायो भनेर मुन्टो बटार्ने डेमोक्रयाट र कम्युनिष्टहरु भाइरसविरु लड्न सहमत भएका छन्। यसै क्रममा चीनले अमेरिकालाई स्वास्थ्य सामग्री पठाएर मित्रताको नाता सुधारेको छ। राज्य संचालनमा डेमोक्रेसी पनि चाहिंदो रहेछ भन्ने ज्ञान चीनलाई र अनुसासनको लागि कम्युनिज्म पनि चाहिंदो रहेछ भन्ने ज्ञान डेमोक्र्याटहरुलाई पनि हुन थालेको छ। लय विनाको नृत्यमा आकर्षण हुदैन भन्ने वोध यतिवेला सबैमा भएको छ। मानवअधिकार र डेमोक्रेसीको गीत गाएर कहिल्यै नथाक्ने अमेरिका यतिवेला आफै जनताको ज्यान जोगाउन नसके पछि गीतले मात्र नहुँदो रहेछ भन्ने ज्ञान अमेरिकीहरुमा भएको छ। अमेरिका कहिल्यै बन्द रहन सक्तैन भन्ने राष्ट्रपति अहिले ९८ प्रतिशत अमेरिकीहरु घर भित्र बसेको बताउन थालेका छन।

    कोरनासँग लड्ने मुख्य तरिका घरभित्र सुरक्षित रहने र बिरामी खोजेर उपचार गर्ने नै हो। शुरुमा यसलाई चिनियाँ मोडेल भनेर अस्वीकार गरे पनि अन्ततःस्वीकार गरेका छन्। यो पनि एउटा सुखद संकेत पनि हो। न्यूजर्सी राज्यको व्रक्लीहाइमा अवस्थित म बसेको घरबाट बाहिर ननिस्केको पनि तीन साता पूरा भयो। नजिकै रहेको न्यूयोर्क शहरको गतिविधि माथि विशेष चासो बढनु स्वाभाविक हो। त्यसैले स्थानीय र स्थानीय टेलिभिजन तथा अनलाईनहरुबाट अमेरिकी सरकारको गाथा पनि सुनेको छु। न्यूयोर्कका अस्पताल भरिएर सार्वजनिक पाकहर्रुमा समेत पाल टागेर बिरामी सुताएका दर्दनाक दृष्यहरु पनि देखेको छु। भेन्टीलेटरको पालो कुर्दा कुर्दै मृत्युवरण गरेका अभागीहरुको घरमा म्यासेज पठाएर ‘सोरी’ भनेका समाचारहरु पनि पाएको छु।

    मान्छेका लासहरु ट्र्कमा कोचेर संस्कारको लागि अन्तै कतै पठाएका छन भन्ने खबरहरु पनि पढेको छु। आफन्त गुमाएर आँसुमा डुबेको परिवारहरुको आधारमा बनेका समाचारहरु पनि पढेको छु। यस प्रकारको दुख र अभाव कहिल्यै नभोगेको अमेरिकी सरकार यतिवेला विलखबन्दमा छ। सरकारको दिनहुँ हुने पत्रकार सम्मेलनका प्रत्यक्ष्य प्रसारणहरुले देखाएका गितिविधि पनि आँखा वरिपरि छन। अन्तत उनीहरुले जे जे भने पनि यस घडिमा उनीहरु आफैं निरास र किंकर्तव्यविमुढ देखिन्छन। यो पनि दुनियाँको सामु छ मैले भनिरहनु पर्दैन। अमेरिकी सरकारले जनतालाई आश्वस्त पारेर संझाएर घर भित्र राख्न सकेन। महामारीले देश ध्वस्त भइसक्यो। दिनहुँ थपिएको मृत्यु र संक्रमितको संख्याले संसारका लगभग सबै राष्ट्रहरुलाई उछिनि सक्यो तब राष्ट्रपतिले धम्कीको भाषमा भन्न थाले। ‘अब दुई दिनलाई मात्र औषधि छ। भेन्टिलेटर उत्पादन गर्न सकिएको छैन। यही अवस्था रह्यो भने दुईलाख भन्दा वढीको मृत्यु हुनेछउनको यो भनाई आए पछि बल्ल अमेरिकीहरु डराए। अनि घरघरमा लुक्न थालेका छन। राष्ट्रपतिलाई गाली गर्दै ज्यान जोगाउन खोजिरहेका छन। राष्ट्रपतिको सम्वोधन आलोचित भए पनि त्यसले राम्रो गरेको छ। अहिले धेरै स्टेटहरुले आआफ्ना सिमा बन्द गरेर जनतालाई घर भित्र पठाउन थालेको कुरा पनि सार्वजनिक भइरहेको छ। यतिबेला धेरैले भन्न थालेका छन अव अमेरिकीहरुलाई पनि (फोर्स) दवाव मुलक कानुनको खाँचो भैसकेछ।

    चौबीसै घण्टा उत्तिकै सकृय रहने म्यानहाटन यति वेला चौबीसै घण्टा निदाएको छ। गगनचुम्बी विशाल भवनहरुको व्यस्त शहर यति वेला मृत शहरमा रुपान्तरित भएको छ। हिजो ठेलामठेल थियो र हिँडन मन लाग्दैनथ्यो। आज त्यहा खुल्ला छ। एक्लै स्वच्न्दले कुद्न पाइन्छ तर पनि म त्यहाँ जानको लागि रेल चढ्दिन।

    हुन त म स्वैच्छिक बन्दी हुँ। घरबाट निस्केर जता जता गए पनि यहाँको सरकारले रोक्दैन। मेरो घरको नजिकै व्रक्लीहाइट रेल स्टेसन छ। छिन छिनमा रेल आइरहन्छ। आधा मृत्यु लिएर बाँचेको न्यूयोर्क सिटी तुरुन्तै पुग्न सकिन्छ। चौबीसै घण्टा उत्तिकै सकृय रहने म्यानहाटन यति बेला चौबीसै घण्टा निदाएको छ। गगनचुम्बी विशाल भवनहरुको व्यस्त शहर यति वेला मृत शहरमा रुपान्तरित भएको छ ।हिजो ठेलामठेल थियो र हिँडन मन लाग्दैनथ्यो। आज त्यहा खुल्ला छ। एक्लै स्वच्न्दले कुद्न पाइन्छ तर पनि म त्यहाँ जानको लागि रेल चढ्दिन। यस्ता जीवन्त तथ्यहरुले महाशक्ति राष्ट्र्का प्रमुखको शिर झुक्नु पर्ने हो। मृत्युको पालो पर्खनु परेकाहरुको व्यथा र आँसुका उपहार त बेग्लै छन। आफूले विश्वास गरेको ठाउँले समेत कोरोनालाई पराजित गर्न नसकेको देखेर त्रसित छु। “।।।लाई भन्दा देख्नेलाई लाज” भन्थे अहिले त्यस्तै भएको छ।

    अमेरिकालाई लाज भएको छैन, हामीले लाज मानेर के गर्न सकिन्छ र? तर पनि एक नेपाली भएको नाताले नेपाल भूमीबाट पाएको हावा र स्वच्छ पानी भित्रको बलले कोरोनालाई छुन समेत दिएको छैन। नेपालमा रहेका नेपालीहरु आफूले आफै लाई जोगाउनु। केही नभएको बेलामा सरकारले जति फुर्ती लगाए पनि दुईचार घटना बढना साथ होस गुमाएर बाहिरै निस्कन सक्ने छैनन। बडाबडा महाशक्ति राष्ट्रको त यो हालत छ भने नेपालको के गति रहला? तसर्थ आफ्नो सुरक्षा आफैले गर्नु पर्दछ भन्ने मेरो सुझाव छ। बाहिर बसेर अर्ति दिएको होईन आफूले देखेर भोगेर अनुभव गरेर विन्ती बिसाएको मात्र हुँ। तस्बिरसहित थाहाखबर डटकमबाट साभार।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.