Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

म आमा हुनेताका यस्तै लकडाउनमा थिएँ– यो लकडाउन मेरा लागि पहिलो होइन

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
बैशाख १७, २०७७
- कोभिड–१९, विमर्शका लागि, सामयिक, स्वास्थ्य /शिक्षा
A A
0
समाजले बच्चाको हेरचाहको प्रयासलाई अभिभावकको बिच समान रूपमा वितरण गर्ने प्रावधान गर्न अस्वीकार गर्दछ, र कम्पनीहरू जिम्मेवार महिलाको बोझ मात्र होइनन् भनेर सुनिश्चित गर्न सक्षम प्रयास गर्नबाट पछि हट्छिन्। (अरुप मिश्रा / द क्विन्ट द्वारा चित्रण)

समाजले बच्चाको हेरचाहको प्रयासलाई अभिभावकको बिच समान रूपमा वितरण गर्ने प्रावधान गर्न अस्वीकार गर्दछ, र कम्पनीहरू जिम्मेवार महिलाको बोझ मात्र होइनन् भनेर सुनिश्चित गर्न सक्षम प्रयास गर्नबाट पछि हट्छिन्। (अरुप मिश्रा / द क्विन्ट द्वारा चित्रण)

  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    जेहरा नक्‍वी । लकडाउनको बारेमा मानिसहरुले असामान्य कष्ट भोगेका देखिरहँदा, र जनसमूदायहरूले एकान्तवासमा रहँदा साटासाट गरिरहेका निराशालाई ध्यानपूर्वक सुनिरहँदा, मेरा मनमा अनौंठा विचारहरू उठिरहेका छन्।

    तपाईंहरुलाई लाग्न सक्छ, म खाद्यान्नको अभाव, वा जीविकोपार्जनमा परेको जोखिम, वा चिकित्सा सुविधाहरूको अभाव जस्ता अत्यन्तै जरुरी र सहनै नसकिएका समस्याहरूको बारेमा कुरा गर्न लाग्दैछु। तर त्यस्तो होइन। मैले गर्न लागेको कुरा अरु नै छ। त्यो हो जुन म अहिले कुरा गर्छु।

    गएका केही महिना यता  म घरभित्रै थन्किएर बस्न सकस भएका काममा जान नपाएकाले निराश भएका, दिनभर घरमा बस्नु परेकोमा आक्रोसित भएका मान्छेहरुको कुरा बोल्छु।

    यी कारणहरूले  गर्दा नै जनताहरु झञ्झट मान्ने र झगडालु भएका छन्।

    र भनिदिऊँ कि, यो मेरा लागि कुनै अनौठो होइन, यो मैले एक महिलाकोरूपमा स्वीकार गरिसकेको छु। र. कैयन महिलाहरुले यस्ता कारणहरु भोगिरहेका छन् र भोग्न पर्नेछ।

    स्वीकार्य छ, किनकि ‘लकडाउन’ लाई बहुसंख्यक महिलाहरूले आफ्नो जीवनको कुनै न कुनै समयमा अनुभव गरेका छन्। तर अझैपनि उनीहरूले भोगेका ‘लकडाउन’ लाई मानसिक स्वास्थ्य आपतकालको सन्दर्भमा ध्यान दिइनु पर्ने विषय मानिएको छैन।

    म आमा हुने प्रतिक्षामा यस्तै लकडाउनमा थिएँ

    मेरो लागि यस्तो लकडाउन सात बर्ष अघि आएको थियो, जब म आमा बन्नेवाला थिँए। लकडाउनको अर्थ हो कि पूर्णकालिन काम छोड्नु र पछि प्रायजसो घरबाट आंशिक काम गर्ने फ्रिल्यानसरमा बदलिनु हो।

    धेरैजसो घरमै थन्किएर बस्न र आफूलाई पुरै बदलिन बाध्य भइयो। लकडाउनले मलाई डिप्रेसन मा पुर्‍यायो।

    त्यस समयमा, मेरो मातृत्वप्रति मेरो मनोभावना समाजले नयाँ आमाबाट अपेक्षा गरेको भन्दा विपरित थियो, जो मानौं खुशी र कृतज्ञताले खचाखच भएका हुन्। तर अहिले मैले सम्पूर्ण विश्वलाई लकडाउनले उठबस गराइरहेको देखिरहेकोछु। यतिखेर मानिसहरूलाई मानसिक स्वास्थ्य सहयोग चाहिएको छ। तिनीहरुलाई ‘पूर्णरूपमा ठीक’ भइरहँदा पनि यस्तो सहयोग चाहिएको छ। के मेरो पहिलो पटकको लकडाउनमा मानसिक स्वास्थ्य सहयोग हुनुपर्थ्यो भन्नु कुनै विसंगति थियो?

    म ‘सनकी‘ होइन। त्यो मेरो निराशा, मेरो क्रोध, मेरो व्यक्तित्वमा भएको व्यापक परिवर्तन सामान्य थियो। त्यस्ता परिस्थितिहरूमा जो कसैलाई पनि यस्तो हुन सक्छ।

    त्यो यही हो अहिलेको लकडाउनले मान्छेको मानसिक स्वास्थ्यलाई असर गरिरहेको छ।

    अब प्रश्न गरौं– यदि कोरोनाभाइरसले महिलाहरुलाई मात्र असर गर्थ्यो भने के हुन्थ्यो होला?

    यस्तै ‘जबरजस्ती लकडाउन’ ले विश्वभरिका महिलाहरूको मानसिक स्वास्थ्यलाई असर पुर्‍याइरहेको छ। तर ‘महिला मुद्दाहरू’ भनेर बेवास्तापूर्वक पञ्छाइने गरिन्छ। समाजले बच्चाको हेरचाहलाई आमाबाबु दुवैको समान जिम्मेवारी हुनुपर्छ भनेर स्वीकार गर्दैन। राज्यले पनि महिला एक्लैको मात्र बोझ होइन भनेर सुनिश्चित गर्ने सशक्त कदम चाल्दैन।

    यसले आश्चर्य गराएको छ: यदि कोभिड–१९ ले केवल महिलाहरूलाई मात्र असर गर्ने भएको भए  के विश्वले यसलाई यत्तिको गम्भीरतासाथ लिने थियो ? वा कोरोना भाइरसलाई केवल “महिलाको मुद्दा” भनेर कार्पेटमुनि लुकाइएको हुन्थ्यो ?

    समाचार पत्रहरू, समाचार च्यानलहरू, सोशल मिडिया, सबै कुरालाई कोरोनाभाइरसका समाचार सँगसँगै व्यापक बनाइएको छ, तर यो महिलाका लागि मात्र खतराजनक रोग थियो भने, यसले समाचारमा कम मात्र स्थान पाउँथे र यसको बारेमा कुरा गर्न पनि वर्जित हुन्थ्यो।

    यदि महिलाहरूले यसबारे कुरा गरेभने, तिनीहरूलाई ‘सुकसुँक र गुनासो गर्न‘ रोक्न र ‘अरु बढि गम्भीर मुद्दाहरूका बारेमा कुरा गर्न‘ भन्ने गरिएको थियो। यो विश्वभरका आधा जनसंख्याको गम्भीर मुद्दा हो भन्ने कुरालाई पूर्णरूपमा वेवास्ता गरिएको थियो।

    सबैभन्दा नराम्रो कुरा, मानिसहरूले घोषणा गरे कि ‘महिलाको स्थान घर हो’ किनकि उनी ‘घरमा मात्र सुरक्षित छन्’। महिलालाई ‘आफ्नै सुरक्षाको लागि’ एक्लै बस्न आग्रह गर्दै बारम्बार लकडाउन गर्ने समाजले भाइरस प्रतिरोध गर्न कडा कदमका रुपमा लकडाउनलाई नै चालेको छ।

    परिस्थितिहरूले गर्दा लकडाउनलाई नै ‘छनौट‘ गर्नैपर्छ

    धेरै महिलाहरूका लागि ‘व्यक्तिगत लकडाउन’ एउटा छनौट हो। त्यो ‘व्यक्तिगत लकडाउन’  पूर्णकालिन पेशालाई अस्थायी वा स्थायी रूपमा कसरी छोड्ने भनेर ‘छनौट’ गरिन्छ।

    मानिसहरूले विचार गर्दैनन् कि त्यो छनौट परिस्थितिहरूको आधारमा गरिएको सम्झौता हो। तर त्यसमा अनेकन विकल्पहरु हुन सक्थे। यसैगरी हालको यो लकडाउन पनि अधिक नोक्सान रोक्नका लागि हो।

    केटाकेटीहरूको हेरचाह गर्न सहयोग गरिदिने अरु नभएका र निवासका आसपासमा बाल स्याहार केन्द्रहरू नभएपछि, कुनै पनि नयाँ आमाले स्वयं-लगाइएको ‘लकडाउन‘ लाई छनौट गर्न बाध्य  हुनै पर्छ।

    बाल यौनदुर्व्यवहार गरिने डरले धेरै महिलाहरु आफ्नो बच्चालाई अपरिचितलाई हेरालु राख्न चाहदैनन्। यो कुरा बालिकाका आमाले मात्र होइन बालकका आमाहरुले पनि सरोकार राख्नु पर्छ। किनकि भारतमा बाल दुर्व्यवहार गरिएका बालबच्चामा ५२ प्रतिशत केटाहरू नै छन्।

    त्यसैले हो,  महिलाले ‘स्व–लकडाउन’ धेरै क्षति नहोस् भनेर छनौट गर्नुपर्दछ, र अझ ठूलो त्रासदी टार्नका लागि। तर यसले उनीहरूको मानसिक स्वास्थ्यमा पर्ने दुष्परिणाम भने रोक्न सक्दैन, जसरी हालको लकडाउनमा मानसिक स्वास्थ्यमा असर पर्न सक्छ भनिदैछ।

    महिलाहरुले शताब्दियौंदेखि यस्तै खालका लकडाउनहरु व्यहोर्दै आएका छन्। तर महिलाको – चाहे मानसिक वा शारीरिक – स्वास्थ्य समाजको लागि कम महत्वको विषय हो। यसबारे महिलाले बहस पनि गरेका छैनन्। २८ अप्रिल २०२० मा दि क्विन्टमा प्रकाशित ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.