Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

महाभारतकी सुभद्राको कथा पुनः वाचन गरिनु आवश्यक छ, तर हामी सुन्न तयार छौं?

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
बैशाख २३, २०७७
- विमर्शका लागि, सँस्कृति
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    भारतको दुरदर्शनमा देखाइएको महाभारतमा भन्दा मूल कथामा सुभद्राको कथा बेग्लै थियो। अर्जुन र कृष्णलाई महान बनाउन कथा नै उल्टोपाल्टो गरियो।

    – अमृता चौधरी र उजान घोष। पुरानो भनाइ छ महाभारत घरमा राख्नु हुँदैन। यसले हाम्रो इतिहासका हिंसात्मक कालखण्डहरुलाई लिपिवद्ध गरेको छ। त्यसमा कमजोरी नभएका कुनै पनि पात्रहरु छैनन्। र, यही धुमीलपनले यस कथाको महत्व बढाएको छ। यद्यपि वितेका सहस्राब्दी र त्यसको आधा समयमा (१५०० वर्षमा) यो धुमिलपन बिस्तारै मेटाइएको छ। केही पात्रहरुलाई देवता बनाइएको छ र तिनीहरुका गल्तिहरुलाई छोपिएको छ।

    कोरोना भाइरसको लकडाउनमा युवा पुस्ताका लागि दुरदर्शनले रामायण र महाभारत श्रृङ्खला पुन प्रशारण गरेको छ। उही श्रृङ्खला हो तर हामीले यस पटक`अन्याय´ मा परेका द्रौपदी वा सितालाई ध्यानमा राख्दाराख्दै सुभद्रालाई बढी केन्द्रीत गर्दा उनी प्रतिको सामुहिक मौनतालाई बढावा दिएको पायौं।

    पहिलो नजर

    महाभारतमा सुभद्रा हरणको दुखद कथालाई छोपिएको छ र यसको कारण समयक्रममा अर्जुन र अभिमन्यूलाई राष्ट्रवादी देवत्वकरण गरिदै गएको स्पष्ट बुझिन्छ। विभिन्न पुस्ताका लेखकहरुले आफ्ना नायकहरुद्वारा गरिएका हिंसाहरुमाथि पर्दा हाल्न कथा थप्दै गएका छन्। यसैकारण महाभारतको पृष्ठ र श्लोक संख्या बृहत् बन्न गएको छ।

    सुभद्राका आवाजहरुलाई दवाइएको छ र उनीमाथि भएका अत्याचारहरुको वेवास्ता गरिएको छ वा तिनलाई रोमान्टिकरण गरिएको छ।

    हरणको वास्तविक कथा

    महाभारतमा `सुभद्रा हरण´ को घटना छोटो छ। उक्त कथा कुनै पर्वको अवसरमा द्वारिका आएका अर्जुनले सुभद्रालाई देखेपछि सुरु हुन्छ। उनमा तृष्णा जाग्रित हुन्छ र सुभद्राका भ्राता कृष्णसँग उनलाई माग्छन्। कृष्ण उनलाई क्षत्रीयहरुका लागि स्वयम्वर नै विवाहको स्वीकार्य रुप हो भनी बताउछन्। तर स्वयम्वरमा सुभद्राले के निर्णय गर्छिन् भन्ने अर्जुनलाई थाहा हुँदैन। त्यसैले उनले अपहरण विवाहलाई रोज्न पुग्छन्।

    उद्दहरण अंश १| महाभारतको मूल  संस्करण

    कृष्णको सहमतिमा अर्जुनले सुभद्रा हरण गर्छन्। यहाँ प्रयोग गरिएको शब्द `आरोप्यत´ हो जसको वाल्मीकिले रामायणमा सीता हरणको व्याख्या गर्दा प्रयोग गरेका छन्।

    उद्दहरण अंश २| महाभारतको मूल  संस्करण

    यी सबै घटनामा सुभद्राको सहमति वा निर्णय उनीमाथि छोडिएको भए स्वयम्वरमा उनले कसलाई रोज्ने थिइन् भन्ने विषयमा हामीलाई केही थाहा छैन। हरण भएको थाहा पाएपछि उनका ठुल्दाजु बलराम रिसले आगो हुन्छन् तर कृष्णले उनको रिसलाई मत्थर पार्छन्।

    भागवत पुराण: हरणलाई स्वीकार्य बनाउन दुर्योधनको प्रशङ्ग थपियो

    समयक्रममा कृष्णको देवत्वकरण हुँदैजाँदा ब्राह्मणसिर्जित अरु देवताहरु भन्दा उनी महान हुन थाले। अतः सुभद्रा हरणसहित सवै भ्रमहरुको पुनरावलोकन गर्नुपर्‍यो। यसो नगर्दा धेरै भक्तहरुलाई आफ्ना देवताले स्वयं आफ्नै बहिनीको हरण गर्न स्वीकृति दिए भन्ने कुरा पचाउन कठिन हुने भयो। त्यसैले भागवत पुराणका रचयिताहरुको काँधमा सुभद्राको `सहमति´ को कथा बुन्ने र दोष अन्यत्र थोपर्ने दोहोरो जिम्मेवारी आयो।

    पहिलो जिम्मेवारीमा उनीहरुले स्वयम्वरको उल्लेखलाई हटाएर सुभद्रा र अर्जुन दुवैले एकअर्काको चाहनामा सहमत भएको कथा थपियो। दोस्रो जिम्मेवारी पूरा गर्न त्यो भन्दा बृहत् कथा बुन्न आवश्यक थियो। उनीहरुले महाभारतमा नभएको एउटा उपकथा थपे। उनीहरुले बलराम सुभद्राको सहमति नलिई दुर्योधनलाई सुभद्राको वर बनाउन चाहन्थे भनी लेखे। यसले कृष्णको गल्तिलाई बलराममाथि थोपरिदियो र हरण गर्नैपर्ने अवस्था बनाइयो।

    दरबारीया प्रणय `गाथा´

    जब भागवत पुराण व्यापक रुपमा जनजनमा पुग्न थाल्यो त्यसपछि सुभद्रा र अर्जुनको नयाँ कथाले पुरानो कथालाई विस्थापित गरिदियो। यसले गर्दा सुभद्राको अपहरणको कथामा असजिलो अनुभव गर्ने लेखकहरुलाई प्रणयको कथा बुन्ने लाइसेन्स प्राप्त भयो। १० औं शताब्दीमा कुलशेखर वर्मा लिखित सुभद्रा धनन्जय नामक कथाले अर्जुनलाई अपहरण गरेको कलङ्कबाट मुक्ति दिन्छ र त्यसलाई दुर्योधनको काँधमा थोपरिदिन्छ यस कथामा दुर्योधनले सुभद्रा हरण गर्न बादलरुपी राक्षस पठाएको थपिइन्छ। र त्यस राक्षसको अपहरणबाट अर्जुनले सुभद्रालाई बचाउछन् तर उनी को हुन् भन्ने उनलाई थाहा हुँदैन। त्यस लगत्तै गल्तिहरुको हास्यास्पद कथा नै अगाडि आउँछ। अर्जुनको प्रेममा परेकी सुभद्रा दोधारमा फस्छिन् जब उनी आफुलाई बचाउने अर्जुनसँग र फेरि जोगी भेषधारी अर्का ब्यक्ति (ती पनि अर्जुन नै हुन्छन्)को पनि प्रेममा पर्छिन्। अर्जुन पनि दोधारमा फस्छन् किनकी आफुले बचाएकी नारीको प्रेममा पर्छन् जबकी उनी पहिले देखि नै सुभद्राको प्रेममा हुन्छन्।

    नाटक यो असहज द्वन्द्वको समाधानसाथ अन्त्य हुन्छ। हरणको परिस्थितिको यसरी पुन नक्कल गरिएको र हाँसोलाग्दो बनाइएको छ कि पहिले भएको हिंसात्मक घटनामाथि अविश्वास जाग्न थाल्छ।

    बैष्णव मतका क्षेत्रीय लेखकहरुले पनि भागवत पुराणबाट केही नुस्खा लिएका छन्। यस्तो कुरा तेलगुमा हामी १५ औं शताब्दीका तल्लापका तिरुमलम्बा लिखित सुभद्रा कल्याणम् कथामा भेट्छौं। उडियामा उनीहरुको प्रणयलीलाका बारेमा धेरै लेखिएको छ। ख्यातिप्राप्त कवि उपेन्द्र भञ्जाले सुभद्रा परिणय अपहरण पछि उद्धारकर्ता कै लाइनमा लेख्छन् र कृष्णको पनि चाहना त्यस्तै थियो भन्ने तर्फ संकेत गर्ने मौका छोप्छन्। उनका अनुसार कृष्णकी पत्नी सत्यभामाको हरण गौ सिंहले गर्छ र अर्जुनले उनको उद्धार गर्छन्। उनको त्यो शौर्य देखेर सुभद्रा उनीसँग प्रेममा पर्छिन्।

    चाहना नै उल्ट्याइयो

    जब औपनिवेशिक कालमा महाभारतले राष्ट्रिय हैसियत प्राप्त गर्‍यो त्यसपछि अर्जुन र अभिमन्युलाई राष्ट्रिय नायकका रुपमा पुन आविष्कार गरियो। यसको अर्थ सुभद्रा सम्बन्धी घटना पनि हानिरहित देखिनुपर्‍यो। `सात्विक´ अर्जुनलाई सुभद्राको चाहनाको वस्तुका रुपमा कथा बुनेर यसको समाधान गरियो। उनको कथा बुन्न तत्कालै आशक्त भएकी ´सहित हास्यास्पद उथलपुथल´ र आत्महत्याको धम्की´ जस्ता कथनहरुको प्रयोग गरियो। ताराचरण सिक्दरको बंगाली भद्रा-अर्जुन (१८५२) र भर्गभम भारेकरको मराठी सुन्नयशचे लग्न (१९४५) ले उनलाई बलरामद्वारा लगाईएका प्रतिबन्धहरु तोड्दै सकृयतासाथ अर्जुनको पछि लागेको देखाइएको छ। सन् १९८८ को बि आर चोपडाको टि भी सिरियल महाभारतले त हद पार गरेर सुभद्राले अर्जुनको अपहरण गरेको देखाएको छ। यहाँ महिलाहरुले आफ्नो निर्णय आफै गर्नसक्ने क्षमतालाई- यस कथामा स्वयम्वर,  गर्न रोकेर पुरुषहरुले महिलाहरुको आवाज सुन्ने कुराको अर्थहिनताबारे सोच्न बाध्य बनिन्छ।

    तर यो समयसम्ममा लेखकहरुले आफ्नो लेखनलाई कुनामा पुर्‍याइसकेका थिए। उनिहरु अपहरणद्वारा गरिएको हिंसालाई पुर्णरुपले मेटाउन भने सकेनन्। यस्तो असफलता सबैभन्दा राम्ररी रवि वर्माले कोर्नु भएको प्रख्यात चित्रमा देखाइएको छ जसमा सुभद्रा असहजताका साथ नजर हटाउछिन् जब ढिट अर्जुन उनको हात तानिरहेका हुन्छन्।

    उनिहरुको बोझ अन्यत्र स्थान्तरण गरिएको र घटनालाई रोमान्टिक बनाइएको छ तरपनि अपहरण र उनका दाजुद्वारा सहमति उल्लंघन भएको कथाको मुल विषयवस्तु कायम राख्न भने बाध्य नै छ। समस्या तब सुरु हुन्छ जब नायकहरुमाथि गरिनु पर्ने प्रश्नहरु अपहरण तर्फ तेर्स्याइन्छ। के सुभद्राले उक्त कार्यको स्वीकृति दिएकी थिइन् ? उनी किन चिच्याइनन्? शायद `नायक´ द्वारा गरिएको अपहरण जायज हुन्छ?  र जब हाम्रो समाजमा आधारभूत मुल्यहरु स्थापित गर्न यी ग्रन्थहरुको प्रयोग हुन्छ, तब हामी त्यस्तो सोचाइका खतराहरु देख्न सक्छौं। सुभद्राको कथा पुनःवाचन गरिनु आवश्यक छ, तर के हामी त्यसलाई सुन्न तयार छौं?

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.