Date
बुध, फाल्गुन ६, २०८२
Wed, February 18, 2026
Wednesday, February 18, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मञ्जुलसँग मृत्यु वार्ता : मृत्युलाई बुझ्न सके जीवन जिउन जानिन्छ

nepal_readers nepal_readers
बैशाख १८, २०७८
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    जीवनवादी/प्रगतिशील कविता र गीत लेखनमा स्थापित र चर्चित कवि मञ्जुल पछिल्लो समय लेखनमा सक्रिय छैनन्। तर उनका कविता र गीतहरूको चर्चा भने एउटा वृत्तमा जारी छ। प्रस्तुत छ, कवि मञ्जुलसँग उनको चर्चित कविता संग्रह ‘मृत्यु कविता’मा केन्द्रित रहेर नेपाल रिडर्सले गरेको कुराकानी :

    के हुटहुटीले ‘मृत्यु कविता’ लेख्नुभयो ?

    लेख्न त मैले करिब १ सय १४ वटा कविता लेखेको थिएँ मृत्युकै बारेमा। मेरो एकजना विदेशी साथीले १ सय ८ वटा मात्र कविता राखौँ न भन्नुभयो। १ सय ८ एउटा ‘स्प्रिचुअल नम्बर’ पनि हो। मैले कविता लेखेको चाहिँ मृत्युको कै हो तर कविता चाहिँ जीवनका बारेमा छन्। ती कविताहरू पढेर कुनैपनि मान्छे ‘म निराश भएँ, मर्न मन लाग्यो’ भनेर कोही पनि आएको छैन। तपाईंको कविताले मलाई बचायो दाइ भन्ने चाहिँ आए बरु।

    कसैले त्यस्तो भन्यो तपाईँलाई?

    एकजना भाइले मसँग भनेँ, ‘तपाईँका कविताहरू नपढेको भए म मरिसकेको हुन्थेँ, तपाईंको मृत्यु कविता पढेपछि म बाँचेँ। मलाई यसले बाँच्न प्रेरित गर्‍यो भन्दै आउनुभएको थियो। पुतली सडकमा भेटिएका एक जना भाइले मलाई त्यसो भन्नुभयो। र, अहिले पनि मेरा ‘मृत्यु कविता’ मनपराउने थुप्रै मान्छेहरू छन्। युवा कविहरूले पनि मेरो उक्त कविता संग्रह मन पराएका छन्। खासमा त्यस कवितामा मृत्युको माध्यमबाट जीवनलाई हेरिएको छ। जीवनलाई कसरी गतिमा चलाउन सकिन्छ, कसरी राम्ररी बाँच्न सकिन्छ भन्ने कुराहरू त्यसमा छन्। त्यसैले मेरा लागि पनि प्रिय भयो। पाठकहरूले पनि प्रिय ठाने।

    मृत्युकै बारेमा त्यति धेरै कविता लेख्नुपर्छ भन्ने सोच र हुटहुटीचाहिँ कहाबाट आयो?

    म विपश्यना ध्यान गर्न दुई पटक गएँ। विपश्यनाको ध्यानले नै मलाई ती कविता लेख्न प्रेरित गर्‍यो।

    विपश्यना ध्यानले तपाईँलाई मृत्युको बारेमा सोच्न बाध्य तुल्याएछ। हामी सबैलाई जहिले पनि डर लाग्ने एउटै कुरा हो–मृत्यु। तपाईँलाई विपश्यनाको कुन विषयले मृत्युलाई क्लिक गर्‍यो?

    ध्यान गर्दा आफैँलाई हेर्ने, आफ्नो शक्तिको आफैँले बोध गर्नेजस्ता कुराले बढी छोयो मलाई। कसैले यस्तो भयो रे, यस्तो भन्यो रे भन्ने कुरा मात्रै होइन नि जीवन। उसो त मैले विपश्यनाबाट फर्किएर आएपछि थुप्रै किताबहरू पनि पढेँ। वैचारिक र दार्शनिक किताबहरू पढेँ। तर ध्यानले आफैँलाई हेर्ने र आफ्नो शक्तिको बोध गर्ने कुरा सिकाएकोले मृत्यु कविता लेख्न त्यस कुराले प्रेरित गर्‍यो।

    तपाईँको बुझाईमा के हो मृत्यु?

    जो जन्मिन्छन्, तिनीहरू मर्छन्। मृत्यु सत्य छ। मेरो आमाको एउटा शब्द मलाई मनपर्छः ‘म पनि एकदिन मर्छु भनेर तँ अरुलाई माया गर। त्यसपछि तेरो माया चोखो हुन्छ। तेरो माया पवित्र र महान् हुन्छ। आमाले मलाई यस्तो शिक्षा सिकाउनुभएको थियो। त्यसकारण मान्छेले मृत्युको बोध गर्नु ठूलो कुरा हो। तर मृत्युको बोधले निराश र हतोत्साही हुनुहुन्न। सत्यवोधले त उल्टै खुसी हुनुपर्छ। यो छोटो जीवनलाई उल्लासमय र सार्थक बनाउँछु भनेर सोच्नका लागि हुनुपर्छ मृत्युवोध। उत्साहित भएर र जीवनप्रति मोह राखेर बाँच्न र संघर्ष गर्न खोज्नु चाहिँ राम्रो हो।

    मृत्यु भनेकै जीवन हो?

    हो, मृत्यु भनेकै जीवन हो। त्यो मृत्युलाई जति बोध गर्न सकिन्छ, जीवनलाई त्यति नै बुझ्न सकिन्छ।

    मृत्यु भएपछि मान्छे कहाँ जान्छ होला?

    मृत्युपछि हाम्रो शरीर माटोमा, पानीमा, आकाशमा, आगोमा र वायुमा मिसिन्छ।

    पुनर्जन्म हुन्छ कि हुँदैन?

    मलाई पुनर्जन्ममा विश्वास छैन। मैले पुनर्जन्मका विषयमा लेखिएका धेरै लामा किताबहरू पनि पढेँ। कतैकतै पुनर्जन्मका अनौठा घटनाहरूका चर्चा गरिएका भेटेँ। तिनीहरूलाई नजरअन्दाज त गर्न सकिँदैन। तर पुनर्जन्म नै हुन्छ भनेर दाबी गर्न सकिँदैन।

    तपाईंलाई मर्न डर लाग्छ कि लाग्दैन?

    मर्नुपरेछ भने मरिएला, किन डराइरहनु (हाँस्दै)?

    कसैको मृत्युले नमज्जा लागेको क्षण?

    सबैभन्दा नमज्जा लागेको मृत्यु मेरो आफ्नै आमाको मृत्यु हो। म आमालाई सम्झिन्छु अहिले पनि। मेरो बाल्यकालको गुरु नै आमा हो। म ७५ प्रतिशत आमाजस्तो र २५ प्रतिशत बा जस्तो छु। मैले मेरो बाबाट पनि धेरै कुरा सिकेँ। तर मैले आमाबाट जति सिकेँ, बाबाट त्यति सिकिनँ। किनभने आमाबाट प्रेमले सिकिन्थ्यो। बाबाट पनि प्रेमले नै सिकिने हो तर आमाको जस्तो प्रेम थिएन। र, मैले बाल्यकालमै आमालाई गुमाउनुपर्‍यो। त्यसले पनि चोट पार्‍यो र सबैभन्दा मृत्युको नराम्रो बोध वा दुःख आमाको मृत्युमा भयो।

    मान्छे मर्नु पर्छ भन्ने जान्दाजान्दै पनि अरुमाथि सारा अत्याचार, विभेद र शोषण गर्छ। यदि मान्छे मर्नु पर्दैन थियो भने के गर्थ्यो होला?
    मान्छेले मृत्युलाई प्रायः भुलिरहेको हुन्छ। जस्तोः म पनि मर्छु भनेर तैँले अरुलाई माया गर, त्यसो गर्दा तेरो माया झनै पवित्र हुन्छ भनेर मेरो आमाले भनेजस्तै सबैलाई मृत्युको बोध हुँदैन। मान्छेलाई जीवनको बोध त हुन्छ तर मृत्युको बोध हुँदैन। यदि उसलाई मृत्युको बोध हुन्थ्यो भने उसले अत्याचारहरू गर्दैन थियो।

    तपाईंको ‘मृत्यु कविता’ संग्रहमा भएका १ सय ८ कवितामध्ये मृत्युबारे सबैभन्दा बेजोड कविता कुन लेख्नुभयो जस्तो लाग्छ?

    ती कविता मैले दुःखले लेखेको हुँ। मलाई सबै कविता उस्तै लाग्छन्। कसैलाई कुन बढी प्रभावशाली र कुनै कम लाग्दो हो तर मलाई भने सबै मनपर्छन्। फरक–फरक सौन्दर्य छ। १ सय ८ वटा भएपनि तिनीहरूको सौन्दर्य पनि फरक छन्।

    चितामा जलिरहेको मान्छे देख्दा तपाईँलाई कस्तो लाग्छ?

    संसार अनित्य र नाशवान छ भन्ने लाग्छ।

    मृत्यु कविता कहाँ र कुन ठाउँमा हुँदा लेख्नुभयो?

    धेरैजसो कविता पुतलीसडकमा डेरा गरेर बस्दाखेरी लेखेको हुँ।

    यी कविता लेख्नुअघि केही किताबहरू पनि पढ्नुभएको थियो?

    एकजना स्विडिस कविको इभिनिङ ल्यान्ड भन्ने किताब पढेको थिएँ। अन्य कविताका किताबहरु पनि पढेँ। फरक–फरक किसिमले प्रेरणा लिएँ।

    नेपाली साहित्यमा श्रद्धाका साथ पढ्नुपर्ने को–को हुन्, जसले जीवन र समाजलाई बुझ्न सहयोग पुर्‍याउँछन्?

    गोपालप्रसाद रिमालले थोरै कविता लेख्नुभयो। तर विचार र कलाको बेजोड मेल भएका कविता कसैको लाग्छ भने उनकै लाग्छन्। सिद्धिचरणका कविताहरू पनि बेजोड छन्। लक्ष्मीप्रसाद देवकोटाका कविताहरू पनि बेजोडका छन्। लेखनाथ पौडेल, भूपि शेरचन, अम्बर गुरुङ तथा मेरा समकालिन कतिपय साथीहरूका कविता राम्रा छन्।

    नयाँ पिढीका कविताहरू सुन्नुभएको छ? नयाँ पुस्ताका कविहरु चिन्नुहुन्छ?

    चिन्छु, र, मलाई के लाग्छ भने म कस्तो भाग्यमानी कवि रहेछु। मभन्दा अघिल्लो पिँढीले पनि मलाई माया गरे। उहाँहरूले मलाई माया गरेको देख्दा म छक्क पर्थेँ। जस्तै : मैले ‘सिद्धिचरणहरू’ लेखेँ नि, सिद्धिचरणले मलाई माया गरेको प्रतिफल हो त्यो। सिद्धिचरणले मलाई त्यसरी माया नगरेको भए म ‘सिद्धिचरणहरू’ भनेर कविता र सिंगै किताव लेख्ने थिइनँ। माधव घिमिरेले पनि मलाई असाध्यै माया गर्नुहुन्थ्यो।

    मलाई त समकालिन साथीहरूले पनि माया गरे र पछिल्लो पुस्ताहरूले पनि। मेरा कविता मन पराउने दुई भाइहरु छन् : प्रकाश रम्गाली र सिजन श्रेष्ठ। उनीहरूले ‘सिद्धिचरणहरू’ पढेपछि सिद्धिचरण नै भएर हिँडे। त्यो कविता पढेपछि उनीहरू आँफैलाई सिद्धिचरण भएजस्तो लागेछ। अहिले प्रकाश रम्गाली भाइ ‘सिद्धिचरणहरू’ फेरि छाप्नका लागि प्रबन्ध मिलाइरहनुभएको छ। त्यो किताब अरुले पनि पढुन् भन्ने उहाँलाई लाग्छ।

    कवि भिष्म उप्रेती हुनुहुन्छ। उहाँ मभन्दा पछिको हो। राम्रो कवि हुनुहुन्छ। मलाई मेन्टर भनेर भन्नु हुन्छ। एकदुई जना नाममात्र होइन, थुप्रै छन् मलाई माया गर्ने। कोही मेरो घरमै आउँछन् त कोही बाहिर भेट्दा मलाई माया गर्छन्। त्यसकारण मैले कसैलाई ‘तपाईँको किताब निक्लिएको छ, पढ्न पाए हुने, कहाँ किन्न पाइएला’ भनेर सोध्दा ‘तपाईँले किन किन्ने म आफैँ पठाइदिन्छु’ भन्छन्। युवा पिढीले मलाई त्यसरी माया दिएको छ। यदि म नयाँ पिढीमा बाँचिन भने म कहिँपनि बाँच्दिन नि।

    मान्छेहरू कविता र गाँजा चुरोटको नसालाई पनि तुलना गर्छन् नि !

    मैले गाँजा खाएको याद छैन। पहिले चुरोट खान्थेँ तर चुरोट खाँदै गर्दा बालकृष्ण समले भनेको कुराले गर्दा मैले चुरोट खान छोडेँ। मेरो कविता उहाँले एकदम मनपराउनु हुन्थ्यो। एक पटक घरमा बोलाउनुभएको थियो। चुरोट खान दिनुभयो, मैले लिएँ। अनि, ‘कविज्यू चुरोट खानु हुँदो रहेछ तर कविज्यूले चुरोट खानुहुन्छ कि चुरोटले कविलाई खान्छ?’ भनेर भन्नुभयो।

    त्यसपछि त्यो चुरोट मैले गोजीमा राखेँ र रानीपोखरीनिर किचिमिची पारेँ। त्यसपछि चुरोट खान छोडिदिएँ। गाँजा र रक्सीको मात कस्तो हुन्छ भन्ने त मलाई थाहा छैन।

    तर कविता पढ्दाचाहिँ मलाई एक खालको मातको अनुभव हुन्छ। राम्रो कविता पढ्यो भने मलाई लाग्छ। राम्रो कविको कविता सुने भने मलाई एक किसिमको मुडले पक्रिन्छ। जस्तोः मैले पाब्लो नेरुदाको कविता सुन्ने मौका पाएको छु एकचोटी। मलाई मनपर्ने कविता उहाँले वाचन गर्नुभएको थियो, त्यसले मलाई एकदम छोयो। आफूले कविता पढ्दाखेरी त सधैँ त्यस्तो हुन्छ।

    तपाईँ बीचमा शारीरिक रुपमा अस्वस्थ हुनुभयो, कतिजति समय साहित्यिक रूपमा अवरुद्ध हुनुभयो?

    ६–७ वर्ष भइसक्यो बिरामी भएको। अहिले मलाई पढ्न समस्या छैन, पढेर आनन्द लिन पनि समस्या छैन। पढ्छु र आनन्द पनि आउँछ। तर लेख्न चाहिँ एकदम बाधा भइरहेको छ। लेख्न उति आउँदैन अहिले। धेरै भयो मैले नलेखेको। लेख्न सकिरहेको छैन।

    भोलि मरेपछि के भनेर सम्झिदिउन् जस्तो लाग्छ?

    कवि भनेर सम्झिदिउन्। यस्तो कविता लेख्थ्यो भनेर सम्झिदिउन् जस्तो लाग्छ। म जापान गएँ, त्यहाँको बारेमा मैले संग्रह पुग्नेगरी नै कविता लेखेँ। कोरिया जाँदा पनि त्यति नै कविता लेखेँ। त्यस्तै गाउँमा जाँदाखेरी मैले कविता लेखेँ। अरुअरु विषयमा अब फेरि लेख्न मन लाग्ला। त्यो दिन आउला।

    यो पनि पढ्नुहोस् –

    प्रस्तुतिः प्रकाश अजात/नेपाल रिडर्स। तस्वीरः महेश पाण्डेय

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.