Date
बिहि, चैत्र १९, २०८२
Thu, April 2, 2026
Thursday, April 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मेरो उपन्यासका पात्रलाई के खाउँला के लाउँला भन्ने चिन्ता छैनः विष्णु सापकोटा

नेपालमा खासगरी उपन्यास वा साहित्य पढ्ने भनेको कलेज पढ्दा आवश्यक भएर मात्रै पढ्ने भन्ने लाग्ने। विभिन्न पेशाका मानिस, जस्तै निजी क्षेत्र, बैंकमा काम गर्ने वा अरु, राम्रो उपन्यास वा राम्रो कृति पढेन भने उसको जीवन सुन्दर हुन्छ जस्तो लाग्दैन।

नेपाल रिडर्स नेपाल रिडर्स
मंसिर २७, २०८०
- अन्तर्वार्ता, पुस्तक, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अखबारमा प्रकाशित हुने राजनीतिक विश्लेषणबाट चिनिएका विष्णु सापकोटा एकाएक उपन्यास अडिएका पाइला लिएर पाठकमाझ आएका छन्। सापकोटाको उपन्यास भन्ने बित्तिकै राजनीतिक आख्यान होला भन्ने अपेक्षा गर्नु स्वभाविक थियो तर यो उपन्यास राजनीति भन्दा पनि प्रेम र मनोभावना वरिपरी छ। यही उपन्यासबारे नेपाल रिडर्सका लागि सम्पादक झलक सुवेदीले सापकोटासँग गरेको कुराकानीको सम्पादित अंशः

    पहिलो उपन्यास कृति अडिएका पाइलाका लागि बधाई छ।
    गएको शनिबार मंसिर ९ गते मात्र विमोचन भएको हो। यो पूरै पढेँ भन्ने कसैसँग म पहिलोपटक संवाद गर्दैछु। त्यस हिसाबले खुशी लाग्यो।

    तपाईंको उपन्यासको मुख्य पात्र अस्तित्व कलेजमा अंग्रेजी साहित्य पढाउन जान्छ तर पढाउन नपाई फर्किएको देखिन्छ। त्यसदिन उसले ह्यामलेटमाथि विमर्श गर्ने तयारी गरेको थियो। बाबु मारिएको, बाबुको हत्या गर्ने व्यक्तिसँग आमाले विवाह गरेको ह्यामलेटको जुन ट्रेजेडी छ, त्यसभित्र प्रवेश गरेर मान्छेको मनोविज्ञानलाई व्याख्या गर्न खोजेको जस्तो देखिन्छ। उनी त्यहाँ के भन्न जाँदै थिए?

    विषयप्रवेश हुनुभन्दा पहिला म एउटा कुरा भन्छु। मानिसका आ–आफ्ना रुचि र चिन्तनका कुरा हुन्छ। साहित्यिक समीक्षा, समालोचना वा कोही सर्जकले आफ्ना कृतिलाई कसरी हेर्ने, कति बोल्ने भन्ने आफ्नै मान्यता हुन्छन्। जसले जसरी हेर्नुहुन्छ, त्यो सबै कुरालाई म सम्मान गर्छु।

    एउटा कृति सिर्जना गरेपछि सर्जकले त्यो कृतिको बारेमा कसरी बोल्छ भन्ने आ–आफ्नो स्वतन्त्रताको कुरा हो। कुनै कृति अर्थात् पेन्टिंग वा कविता वा निबन्ध वा कुनै उपन्यास सिर्जना गर्ने बेलामा त्यही व्यक्तिको पर्सनालिटी अर्कै भएको हुन्छ जस्तो मलाई लाग्छ। उदाहरणका लागि कोही जब नाच्न जान्छ त्यो अर्कै भएको हुन्छ, उसमा कलाकार सवार भएको हुन्छ। तर, हिँड्दा त उसको शरीर त्यही हो। ऊ साधारण मान्छे भएको हुन्छ।

    त्यस्तै, चाहे कविता लेख्ने बेला होस् अथवा पेन्टिंग बनाउँदा होस्, ऊ सर्जकको अवतारमा हुन्छ। त्यहाँबाट उत्रिएपछि फेरि साधारण मान्छे भएको हुन्छ। त्यस हिसाबमा सिर्जना गर्ने बेलामा एउटा अर्डिनरी मान्छे असाधारण रुपमा गएको हुन्छ। त्यही कृतिमा कसैले कमेन्ट गर्ने बेलामा भने साधारण मान्छेले गरेको हुन्छ। मैले आफूलाई असाधारण भनेको होइन, सिर्जना गर्ने कोही पनि सर्जक सिर्जनात्मक लयमा असाधारण भएको हुन्छ। पात्र को थियो, त्यसको अर्थ के थियो, अब मैले पनि पढ्ने हो।

    उपन्यासको पात्र अस्तित्व विश्वविद्यालयमा पढाउन थालेका हुन्छन्। पहिलोपटक पहिलो दिन ह्यामलेटमाथि लेक्चर गर्न जाने हुन्छन्। उनी जुन मनस्थितिबाट गुज्रिएका थिए, पढाउनुपर्ने विषय ह्यामलेट भनेको त सुप्रसिद्ध कृति हो जसमा ‘टू वी अर नट टू ’भन्ने छ, गरौं कि नगरौँ, मरौं कि बाँचौँ, यो गर्दा ठीक कि त्यो गर्दा ठीक भन्ने छ तर नगर्न पनि छुट छैन। यो सबै अस्तित्ववादसँग पनि जोडियो, उनको नाम पनि अस्तित्व छ। त्यसले गर्दा त्यो विषय प्रवेशलाई लेख्ने क्रममा सन्दर्भ भएर आएको हो जस्तो लाग्छ। म अहिले पाठक भएँ।

    ह्यामलेटको जुन ट्रेजेडी छ, त्यसलाई आजको समाजसँग जोडेर हेर्न मिल्छ? अहिले बाँचिरहेका व्यक्तिका, पारिवारिकका वा समाज कै ट्रेजेडीसँग सम्बन्धित कुरा हो?

    मलाई भन्न मन लागेको कुरामा प्रवेश गर्नका लागि यो प्रश्न महत्वपूर्ण लाग्यो। कतिपय मानवीयसंवेदनाका कुराहरू सबै कालमा सबै ठाउँमा उस्तै हुन्छ भनिन्छ। साहित्य र कलाले त्यसैलाई प्रतिनिधित्व गर्ने हो। म फेरि घोत्लिएर कलाकै बारेमा सोच्छु, मान्छेको सिर्जनासँगको सम्बन्ध के हो ?  जस्तो एउटा पेन्टिङको कुरा गरौं। पेन्टर मरेको तीन वा चार सय वर्ष हुन्छ तर पेन्टिंग करोडौँ मूल्यमा बिक्रि भइरहेको हुन्छ। मान्छेले किन त्यो सिर्जना मनपराउने होलान्? सिर्जना गर्नेले के सोचेर त्यो ब्रस चलाएका थिए होलान्? कविता वा अरु सिर्जनामा पनि यो कुरा गर्न सकियो। त्यसकारणले मान्छेको यो सिर्जना वा कलाका सबै रुपसँगको सम्बन्धमा जति घोत्लियो त्यति घोत्लिन मन लाग्ने विषय हो।

    यहाँले सोध्नुभएको ह्यामलेटको जुन परिवेश छ र अहिलेको हाम्रो समाजको ट्रेजेडीमा दुईवटा कुरा भन्छु। सामाजिक रुपमा भेटिने मान्छे भन्दा उपन्यासमा भेटिने पात्र मलाई वास्तविक मान्छे लाग्छ। मलाई उपन्यास लेख्न मन लागेको धेरै कारण मध्ये एउटा त्यो हो। जस्तै म जे छु नि, हामी दुई जनाको मित्रता २० औँ वा ३० औँ वर्षको छ। हाम्रा विश्वदृष्टि फरक हुन सक्लान्, तर म सहज महशुस गछु र जे पनि यहाँसँग सेयर गर्न सक्छु। सबैसँग यसरी कुरा गर्न सहज हुँदैन। नजिकको भनेका साथीसँग केही कुरा खोल्छु होला, म भित्र यति कुरा हुन्छ कि सबै त म आफैँसँग पनि खुल्ने कि नखुल्ने भन्नेमा हुन्छु। मेरो मनमा यति धेरै कुरा गुज्रिरहेका हुन्छन्, ती कुरा आफैँसँग स्वीकार गरुँ कि नगरुँ हुन्छ। कतिपय कुरा स्वीकार्दा त्यो भन्दा त म अलग मान्छे हुँ भनेर आफ्नै बारेमा एउटा इमेज बनाउन चाहेको हुन्छु, तर म भित्र अर्कैखालको मान्छे हुँ भनेर म आफैंले स्वीकार गरेको हुन्नँ। म आफैंसँग त वास्तविक हुनका लागि तलमाथि भइरहेको हुन्छु भने यसरी समाजमा भेटिने सम्बन्ध, देखिने मान्छे भन्दा त्यहाँ भित्रका मान्छे र पात्र बढी रोचक लाग्छ। त्यसले गर्दा ती पात्रका बारेमा कुरा गर्नका लागि उपन्यास नभई हुन्न।

    तपाईंको उपन्यास नै सिंगै त्यस्तै अवस्थामा गुज्रेको छ। उपन्यासमा पात्रहरुको बाहिर देखिने व्यक्तित्व एउटा छ तर आफैंलाई प्रश्न गदै हिँडेको पाइन्छ। तपाईंको उपन्यासका पात्रहरू “गिभन कन्टेक्स्ट”को जस्तो देखिन्छ। जस्तो अनुसुयाका बुवा कलेज पढाउँछन्, आमा गृहिणी छन् र अनुसुया चाहिँ एउटा अनुकूल वातावरणमा स्कुल र कलेज गइन्, मेडिकल पढिन्। अस्तित्व एकैचोटी मास्टरको थेसिस लेख्ने तयारी गरेका बेला भेट हुन्छ। उसको परिवारको बारेमा चाहिँ खासै आउँदैन। मोहनको पनि परिवार आउँदैन, बन्दनाको मात्रै हो जसको परिवार आउँछ। माओवादी आक्रमणमा बाबु मारिएको भन्ने आउँछ, त्यो भन्दा बढी उसको पनि आउँदैन। त्यस्तो स्थितिमा समाजको बृहत्तर हिस्सासँग अन्तक्र्रिया कम गरेका पात्र देखिन्छन्। व्यक्ति समाज भन्दा अलग होइन तर पनि व्यक्ति व्यक्तिको आफ्नो अलग परिचय  छ। तपाईंका पात्रहरु चाहिँ समाजसँग अलि ‘डिट्याचमेन्ट’ भएको जस्ता देखिन्छ।

    पहिला उपन्यास लेखिन्छन्। त्यसपछि सिद्धान्तहरू बनिन्छन्। एउटा गज्जबको उपन्यास लेखियो भने यसरी लेखिनुपर्छ भनेर समालोचनाका सिद्धान्त पनि बन्छन्। त्यसकारण सिद्धान्त बनेर उपन्यास होइन, उपन्यास लेखिए अनुकूल सिद्धान्त बन्ने हुन्। भलै म त्यही विधाको मान्छे भएको भएर, प्राज्ञिक रुपको आबद्धताले जानकार थिएँ होला। त्यो अलग हो।

    उपन्यासको सौन्दर्य के हो भने यसले एउटा संसार नै सिर्जना गर्न दिन्छ। उपन्यासको छुट्टै संसार। जसले हामी जहाँ छौँ त्यहाँबाट अन्तै लैजान्छ। यो समाजबाट डिट्याच्ड भएका पात्र हुन् भनेर सोध्नभयो नि, त्यो एउटा संसार भयो, त्यहाँ अरु सबै कुरा हटे। समाजसँग अट्याच गरिएका धेरै उपन्यास लेखिएका छन्। नेपालकै सन्दर्भमा विगत १०, १५ वा २० वर्षमा हेरौँ, ०४७ सालबाट लोकतान्त्रिक परिवर्तन भयो, ०५२ सालमा माओवादी जनयुद्ध सुरु भयो, त्यो भन्दा पहिलेको परिवेश अर्को छ। ६२/६३ को आन्दोलन भयो, नेपालका निरन्तरताका ठूल्ठूला राजनीतिक उथलपुथल छन्, समुदायहरू जुरमुराएका छन्। मान्छेले आफ्नो इतिहास पुनर्लेखन गर्ने क्रम जारी नै छन्। नेपाल राज्यलाई कसरी बुझ्ने कसरी हेर्ने भन्ने कुरा छँदै छ। यी सबै कुरामा समाज त छ।

    तपाईं समाजलाई औपन्यासिक संसारका कुरासँग जोड्नु हुन्छ भने मेरो हिसाबमा बढी त्यहाँ राजनीतिक परिवेश हुन्थे। मेरो यो उपन्यासमा ०७२ सालको संविधान लागु भएको परिवेश आउँछ। त्यहाँ अरु पात्र होलान्, जो मधेश आन्दोलनसँग जोडिएका होलान्। परिवेश चाहिँ चाहियो। देशकाल परिस्थिति त हुन्छ। युटोपियन म्याजिक रियालिजममा भए पनि हुन्छ  भने यहाँ चाहिँ रियल कन्टेक्स्ट होला। तर, डिट्याच्ड हुनु एउटा औपन्यासिक शैली थियो जसले गर्दा त्यो संसारलाई स्वायत्त हुन दियो।

    त्यो जुन दृश्य छ, वास्तवमा मलाई सपनामा आएको दृश्य थियो। त्यही नै हुनुपर्ने थियो तर कथानक चाहिँ थियो। त्यो स्वस्फूर्त थियो। मलाई लाग्छ हरेक उपन्यासकारले आफूले पढ्न चाहेको जस्तो उपन्यास लेख्छ। सायद मेरो रुचिको उपन्यास हो।

    मेरो रुचि नै मलाई मानवीय संवेदनाहरू, सम्बन्धहरू, मान्छे भित्र कस्तो छ त्यसलाई अलिकति बौद्धिक, मनोवैज्ञानिक र दार्शनिक हिसाबबाट हेर्नेमा हो।

    म आफैँसँग मुस्कुराउँछु। यहाँ बोल्दा पनि मुस्कुराइरहेको छु किनभने मेरो सानोतिनो परिचय बनेको छ। कतिपय लेखक उपन्यास मार्फत परिचित हुन्छन्। अथवा कथा मार्फत्। मेरो सन्दर्भमा चाहिँ अलिकति सार्वजनिक राजनीतिक लेखाइबाट सार्वजनिक परिचय बन्यो। त्यसैले कतिपयलाई उपन्यास लेखे पनि राजनीतिक लेख्नुपर्ने भन्ने लागेको हुनसक्छ। उनीहरु उपन्यासको संसारमा जाने हुन् कि होइनन त्यो हेर्न मलाई रोचक लागिरहेको छ।

    आफूलाई मन परेको धारणा भए उपन्यास ठीकै भएपनि रमाइलो मान्न सक्लान्। अर्को राजनीतिक विषय भन्ने बित्तिकै विश्वदृष्टि फरक छन्। मसँग असहमत हुने तर मलाई चिन्नेहरूले त्यसलाई हेर्ने दृष्टिकोण फरक हुनसक्छन्। उपन्यासको संसारमा उहाँहरू नजाने। मेरो सार्वजनिक परिचयको भारी पनि छ यो उपन्यासलाई। अलिकति फाइदा पनि छ। तर, त्यो लेखकलाई बिर्सेर यो उपन्यासकार कोही अमूर्त भनेर भन्दिए हुन्थ्यो। एउटा खालको विशिष्ट पाठक हुन्छ हरेक कृतिको। जस्तैः एउटा पेन्टिंग कुनै सयजनाले मात्रै हेरेको हुन्छ, कुनै दशौँहजारौँले। कतिपय पाठक अन्तर्मुखी हुन्छन् जो उपन्यासको संसारमा जान्छन्। जसले लेखकको मतलब गर्दैनन्।

    यहाँले सुरुमा भन्नुभएको, बढी अंग्रेजी साहित्य पढेका वा युनिभर्सिटी पढेका उनीहरू कति अन्तर्मुखी होलान्। उनीहरूले सायद अरु परिचयसँग नजोडी पढ्लान्। तर, कतिपयले ६ महिनापछि पढ्लान्, कतिले साँच्दै, पर्खदंै ढिलो पढ्लान्। कतिले पाँच वर्षपछि पढ्लान, कृति भनेकै त्यही त हो। दैनिक अखबारी लेखन तात्तातो हुन्छ। तर यो उपन्यास आज पढेर एक महिना, हप्तामा चर्चा हुने नभई, राम्रो मात्र होइन, नराम्रो रहेछ भनेर पाँच वर्षपछि पनि भन्न पाइन्छ। मैले लामो टाइम फ्रेममा सोचेको छु।

    उपन्यासभित्र पसिसकेपछि यसको औपन्यासिक संसार आफ्नै निर्माण गरिएको छ। औपन्यासिक संसार पनि बनाउन पाइने नै कुरा हो। तर त्यहाँका पात्रहरूको मनोविज्ञानमा परिवार, समाज, राज्यका अवयवहरू सबैसँग जोडिएरै आएका हुन्छन्। यो चाहिँ अलि “डिट्याच्ड” जस्तो देखिएको हो कि ?

    यहाँले मेरा पात्र दुःखमा छैनन् भन्न खोज्नुभएको होला। आर्थिक दुःख छैन। के खाउँला, के लाउँला छैन। के जागिर खाउँला भन्ने चिन्ता छैन। नेपाली समाजको धेरै युवालाई जे चिन्ता छ, त्यो छैन। यो उपन्यासको संसार जुन छ, त्यसहिसाबमा वर्ग भनेर नजाऊँ। सिर्जना गरेको सेटिंग नै त्यही हो।

    उपन्यासमा तपाईंले प्रेमको परिभाषा जसरी गरिरहनुभएको छ, सांस्कृतिक र जैविक दुईवटा पाटो भयो। प्रेमका प्रश्नहरू छन् यहाँ। यहाँ सुरुमा तार्किक, बौद्विक प्रेमी हुन्छ। अस्तित्व हरेक घटनाहरूलाई जुन तार्किकतामा व्याख्या गरिरहेको छ, त्यसले उसलाई पूर्ण रुपले जैविक प्रेमतिर वा विपरित लिंगीको आकर्षणबाट भाग्न खोजेको जस्तो देखिन्छ। अनुसुया चाहिँ एउटा ठाउँमा लगेर प्रेमलाई रोकेर राखेर जिन्दगीभरी स्मृतिमा बाँचिरहन खोजेकी छ। यो आम परिभाषा भन्दा बिल्कुल फरक प्रेम फरक हो भन्ने व्याख्या गर्न खोजिरहेको जस्तो देखिन्छ। यसबाट के स्थापित गर्न खोज्नुभयो?

    यही प्रश्नमा म उपन्यास भन्दा बाहिर रहेर भन्छु। त्यसलाई सम्बन्धित गरेर, किनभने त्यसको अर्थ जसरी यहाँले अर्थ बुझ्नुभयो त्यसप्रति मेरो सम्मान छ। हाम्रो जीवनमा के हुनुपर्छ भनेर मलाई जे लाग्छ, त्यो पनि हजारौँ वर्षका यी बौद्धिक सभ्यताका अन्तक्र्रियाबाट निर्माण भएका हुन्। ती मेरा हुन् कि होइनन्? मैले असल हुनु भनेको के हो भनेर म जे बुझ्छु भन्दा मैले के के पढेको छु, कसको संगत गरेको छु, कुन वैचारिक धरातलमा छु त्यसको आधारमा यो असल हुनु हो भन्छु। एउटा एजेन्सीका रुपमा वा एउटा व्यक्तिगत रुपमा तपाईंले आफ्ना सोचाईलाई मेरा सोचाई भन्नुहुन्छ, ती कहाँबाट आएका हुन् ? यसमा मलाई के लाग्छ भने, हाम्रा विश्वदृष्टि मात्र होइनन्, मैले मेरा बारेमा के सोच्छु भन्ने कुरा नै यो सम्पूर्ण वातावरणबाट आएका हुन्। तिनै स्वतन्त्र छैनन्। सबै अन्तरसम्बन्धित छन्। यसरी जसरी बुझ्दा पनि भयो, यो अलि बृहत कुरा हो अहिले त्यता तिर नजाउँ।

    प्रेमलाई यो उपन्यासकारले अर्कै हिसाबले परिभाषित गर्न खोजेको भन्ने सन्दर्भमा १० हजार वर्ष पहिला प्रेम अर्कै थियो, अहिले मान्छेले परिवार, छोराछोरी जसको लागि सबै भनेका छन्, कृषि युग सुरु भएपछि परिवार बस्नुपर्ने भयो, अनि परिवार बनेको हो। विवाह संस्था त झन धेरै पछिको भयो। यो एउटा पुरुष र महिलाको सम्बन्धपछि बच्चाहरू जन्मिँदा रहेछन् भन्ने कुरा धेरै पछि थाहा भएको हो तर जन्मन त पहिला पनि जन्मिन्थे। आफूले सँगै हुर्काउँ भन्ने भएपछि छोराछोरीलाई माया गर्ने कुरा त धेरै पछि हो। छोटकरीमा मैले मेरा जे धारणा मेरा हुन् भन्छु ती यसरी नै आएका हुन्। मैले जेलाई प्रेम भनेर बुझ्छु त्यो बौद्धिक रुपमा सोच्दा मैले मेरो प्रेम यही स्वायत्त भन्ठान्ने कुरा नै के हो त? मैले जेलाई प्रेम भन्छु, यो कसको धारण हो भन्ने एउटा विषय हो। यो जस्तोसुकै वा जसरी बनेको होस्, मेरो बनेपछि त मेरो हो नि। जीवन असल बन्नु, प्रेम हुनु, प्रेम गर्नु भनेको जसरी मैले बुझ्छु, जसरीसुकै मैले बुझेको हुँ वा जसरीसुकै म बनेको हुँ, जुन समाजले मलाई बनाएको होस्, म जस्तो बनेको छु त्यो त यथार्थ हो। त्यसले गर्दा मलाई के लाग्छ भने यो उपन्यासले भन्न खोजेको जस्तो चाहिँ मैले भनिनँ तर विषय एउटा यही हो भन्ने चाहिँ हुँदै हुँदैन।

    तपाईंका उपन्यासमा नै यिनै प्रश्नहरू छन्। तर पाठकका रुपमा चाहिँ प्रेमको आवश्यकता महशुस हुनु, दुई युवायुवतीका बिचमा भेट हुँदा जुन जैविक निकटताको भावना र संवेगको कुरा आउँछ, त्यसलाई एकठाउँ लगेर अस्तित्व मार्फत स्वीकार गर्नुभएको छ। संसारले जेसुकै भनेको होस्, तर मैले तिमीलाई गरेको प्रेम वास्तविक हो भनेर स्वीकार गरिएको छ। यो स्वीकार गर्ने अस्तित्व र विभिन्न प्रश्न गर्ने अस्तित्व बीचमा विरोधाभाष देखिन्छ।

    उपन्यासमा भएकै कुरा भन्छु, अस्तित्व पीएचडी गरेर अमेरिकाबाट फर्किएर किर्तिपुरमा पढाउन जाँदा अनुसुयासँगको सम्बन्धबाट उसको सम्पूर्ण जीवन नै परिभाषित भएको छ। जीवनमा हुनु नहुनुको, कुनैपनि कुरामा सौन्दर्य देख्नु नदेख्नुको, सम्पूर्ण कुरा गएर अनुसुयासँग अड्किएको छ। अर्कोतिर किर्तिपुरमा यत्रो समय गुज्रिएको छ, ०७२ को संविधान आएको छ, उनी त्यहाँ पढाउन जाँदा युवा विद्यार्थीहरू ज्वाला, अनुष्काहरूका जुन प्रश्न छन्, जुन प्रश्नमा उनीहरूले सौन्दर्य देखिरहेका छन्,  समाज जुन गतिमा छ, नेपाली समाजका जुन प्रश्न छन्, यति बृहत अर्थहरू यता हुँदाहुँदै म किन प्रेममा अड्किएको छु भनेर उसले प्रश्न गरेको हुन्छ।

    ननफिक्सनमा थाहा पाइरहेकै कुराहरू अलि फरक भाषामा आइरहेका मात्रै देख्छु। उपन्यासले त अर्कै संसारमा लैजान्छ। ज्ञान त पत्रपत्रिका लगायत अरु किताब वा इतिहासमा आउँछ। त्यसले गर्दा नेपालको पढैया सेक्टर एकदम साँघुरो छ। यो अघिल्लो प्रश्न कसरी हेर्नु हुन्छ को उत्तरमा, पढ्ने समाज नभई उनीहरू सुखी नै छैनन्। कुनै सर्जक र लेखकको कृति बिकाइदिनका लागि होइन। आफ्ना जिन्दगी सुन्दर बनाउनका लागि पढ्नुपर्छ मानिसले। त्यो चेतना र संस्कृति कमजोर देखेँ।

    छसात वर्षपछि फर्किएर आउँदा पनि ऊ अनुसुयासँगै छ। उसको समय त्यहीँ रोकिएको छ। यता समाजको समय, देशको समय परिवर्तनको समय अगाडि गएको छ भने यो ठीक हो त भनेर उनले जुन प्रश्न गरेका छ, मैले कुनै अर्थ लगाइनँ। अहिले तपाईं म कुरा गरिरहेका छौँ, जीवनमा त्यो सौन्दर्य नै खोजेको होला। संसारको धनाढ्य एलन मस्क जति भौतारिएको र रेस्टलेस मैले अरु देखेको छैन। ऊ शान्त पनि होला  तर बाहिरबाट देख्दा यस्तो देखिन्छ। अहिलेको पूँजीवादी संसारमा पहिलाको अलेकजेन्डर दी ग्रेट जस्तो एलन मस्क भएन होला। हामीले भन्दा बढी काम त उसैले गरेको होला। उसले पनि सौन्दर्य खोजेको छ, के मार्फत भन्ने मात्रै कुरा हो। यसलाई लिएर समाजको हितका लागि, जनताको लागि जीवन अर्पण गर्न लाग्नेलाई कम आँक्न भनेकै छैन।

    म एउटा व्यक्तिका रुपमा, त्यहाँको उपन्यासकारसँग कति कुरा मिल्न सक्छ, मान्छेले खोजेको के हो त अन्तिममा ? यो उपन्यासमा अस्तित्वले खोजेको होला। अनुसुयाले मेरो सौन्दर्य यो हो भनेर ढुक्क छिन्। अस्तित्व जे हो भनेर सुरुमा बौद्धिक प्रेम थियो, त्यो पग्लिएर इमोसनमा अनुसुया ७ वर्ष पहिला भएको ठाउँमा पुगेको हुन्छ। अनुसुया सायद बढी प्रष्ट हुन्छिन्।

    आजको सन्दर्भमा दुईवटै अवास्तविक लाग्ने पात्रहरू छन्, अनुसुया र अस्तित्व। अवास्तविक यसअर्थमा कि प्रेमको एउटा चरणमा पुगिसकेपछि सम्बन्ध टुट्यो। तर, उपभोक्तावादको यो दुनियाँमा हजारौँ विकल्प हुँदाहुँदै ७/७ वर्षसम्म अनुसुयाले सम्बन्ध कटाएपछि पनि अस्तित्व किन पर्खेर बसेको ? अनुसुया अरु कुनै पुरुषसँगको सम्बन्धमा पनि देखिन्नन्, अस्तित्वप्रतिको लगाव पनि उत्तिकै बाँकी नै छ। तर सम्बन्ध पूरै काटेर बसेको छ। यो खालको प्रेमको परिकल्पना उच्च तहको भन्नु वा कसरी बुझ्ने यसलाई ? 

    यसो हुनसक्छ, मैले यसमा धेरै भनिनँ। यो सम्बन्ध पाठकले आफूलाई सम्झेर मम भन्ने होला। कसले के पर्खिरहेको छ, पर्खेको आफूलाई कत्तिको स्वीकार्य छ वा जेलाई पर्खन सकिएन र पर्खिन ठीक छैन भनेर जसरी यसै रन्किरहेको छ। मनको पत्रपत्रमा कतै केही छ कि? आफूभित्र वास्तविक आफू कति छौँ भनेर पढ्ने पाठकले घोत्लिएला। यो मात्र होइन कुनै पनि औपन्यासिक कृतिका विभिन्न थिम हुन्छन्। जस्तै, जोसेफ कोनार्डको हार्ट अफ डार्कनेस एउटा मास्टरपिस नै मानिन्छ। त्यसमा प्रेमको प्रसंग नै छैन। उनले लेखेका छन् कि मेरो उपन्यासका लागि प्रेम भनेको यति नगन्य विषय हुन् कि त्यसमा प्रवेश पाएन। सायद यहाँ हुनसक्छ कि यो देशकाल, परिवेशहरू नगन्य विषय भए ती पात्र जुन मनस्थितिमा जहाँ बाँचेका छन् र जुन विरोधाभाष छ र जुनजुन सौन्दर्यको खोजमा उनीहरू छन्, सायद यहाँ अरु परिवेश नगन्य भयो होला।

    यसले मान्छेका विभिन्न पत्रतिर लैजाने हो। बाँकी यो सामाजिकता, संसारिकता, यो समाजको भूमिका निभाउन प्रस्तुत हुने सामाजिक व्यक्तित्वहरू त छँदै छ नि। म घर जाँदा, वा मानौँ म ध्यान गर्छु भने यो भनेको कुनै क्लासिकल फर्म हुनुपर्छ भन्ने छैन, मैले कुनै संगित सुन्दा, म नोस्टाल्जिक हुँदा म कुन संसारमा पुग्छु, कहाँ हुन्छु, म आफूलाई कहाँ पाउँछु, ती पत्र पत्रमा लैजाने होला।

    अनुसुया र अस्तित्वलाई लिएर सिक्वेलका लागि ठाउँ छोडेजस्तो देखिन्छ। यसो कतै एक अर्काको कपडा छोइएर गएको जस्तो ठाउँमा पुगेपछि भेट चाहिँ गराएर अन्त्य गरेको भए हुन्थ्यो कि ?

    भेट्छ कि भेट्दैन थाहा भएन। एकजना पाण्डुलिपी पढ्नुहुने साथीले पनि तपाईंले जस्तै त्यसपछि के हो ? अर्कोको लागि त राखेको होइन भनेर सोध्नुभएको थियो। त्यसमा कुनै सोच भएर होइन।

    होमरले ओडेसी लेखे, यता हाम्रातिर रामायण, महाभारतका हजारौँ वर्षका कालहरू हुन्थे। त्यतिबेला युगहरू हुन्थे। २० औँ शताब्दीमा सबै भाषाको सबैभन्दा राम्रो उपन्यास पनि धेरैले भनेका छन्, युलिसस। त्यसमा २४ घन्टाको कथा छ। पात्र आफ्नी सम्भावित प्रेमिकासँग भेट गर्न जान्छ। मनमा कुरा खेलाउँदै हुन्छ, भेट भएपछि हो कि होइन भनेर सोध्नुछ। उनले हो भने जिन्दगी कता जाला भनेर ५० औँ पेज सोचेको हुन्छ। हुन्न भनिन भने वा बीचमा रहिन भने? आधुकितामा चाहिँ दिमागमा जे गुज्रिन्छ, त्यो हो यथार्थ। मलाई त्यसको प्रभाव अलि बढी होला। मेरो लागि यथार्थ भनेको म आएर गएँ भन्दा पनि मैले के सोचेको थिएँ, त्यो यथार्थ होला। मेरो मात्रै होइ। मान्छे बाहिर यथार्थ बढी हो कि भित्र। युलिससको प्रसंग सम्झिएँ मैले। एकदुई दिनका घटनामा लेखक ५ सय वा ७ सय पेज जान सक्छ भने काल्पनिक भन्नेबित्तिकै अयाथार्थ होइन, बढी यथार्थ त्यहाँ हुन्छ।

    मसँग यो कथानक पहिलेदेखि थियो तर लेखेको थिइनँ। त्यो जुन दृश्य छ, वास्तवमा मलाई सपनामा आएको दृश्य थियो। त्यही नै हुनुपर्ने थियो तर कथानक चाहिँ थियो। त्यो स्वस्फूर्त थियो। मलाई लाग्छ हरेक उपन्यासकारले आफूले पढ्न चाहेको जस्तो उपन्यास लेख्छ। सायद मेरो रुचिको उपन्यास हो।

    नेपाली साहित्यमा आइरहेका विभिन्न सिर्जनाहरूका सन्दर्भमा अरु देश, हाम्रै जस्ता पिछडिएका देशहरूमा लेखिएका रचनाहरू र हाम्रोमा के समानता छ ? ट्रेन्ड कस्तो छ ? मान्छेहरूले कसरी यो समाजलाई बुझ्दै व्याख्या गर्दैछन् ? यसमा तपाईंको व्याख्या के छ ?

    कुन ठीक र कुन बेठीक नभनौँ। केही पढेको छु। पाएसम्म र भ्याएसम्म पढेको छु। नपढ्दा पनि ट्रेन्ड सुनिएको हुन्छ। त्यसमा एकदमै राम्रा कति कविताहरू, युवा कविका कविता, उपन्यास। नेपालको साहित्यिक बौद्धिक वृत्त अलिकति स्वछन्द, अलि स्वतन्त्र हुनुपर्ने हो कि? कला साहित्यलाई हेर्ने दृष्टिकोणमा बौद्धिक स्वायत्तता अलि बढी कायम हुनुपर्ने हो। किनभने यसरी लेख्नुपर्छ भन्ने खालको एउटा डोमिनेन्ट जस्तो धार बनिदिने। नेपाली समाजमा दुःख एकदम धेरै छन्, मुद्दा धेरै छन्। ती लेखिएका छन् र लेखिनुपनि पर्छ। तर साहित्यिक सिर्जना भन्नेबित्तिकै समाजको एउटा मुद्दा मात्रै उठाउनुपर्छ, त्यसभन्दा बाहेक जानै हुँदैन भन्ने मात्रै होइन, यो भन्दा फरक पनि हुन्छ। हुनसक्छ मेरो आफ्नो रुचीका कारणले मेरो उपन्यास त्यो भन्दा अलिकति बाहिर छ।

    चिमामान्दा अदिची लेखिरहेकी छिन्, त्यस्तै ओर्हान पामुक लेखिरहेका छन्। हाम्रा लेखकहरूले त्यो फ्रेममा लेखिरहेको देख्नुभएको छ कि छैन ?

    सोझै भन्नुपर्दा म यो सन्दर्भमा क्लासिकल पाराको छु। राम्रै कृति ५०० जनाले पढेपछि हुन्छ, राम्रो पेन्टिंग सयजनाले हेर्दा पनि हुन्छ। बजारको हिसाबले हेर्दा नेपाली कृतिहरूको बजार छ, त्यो पनि महत्वपूर्ण छ। जस्तै एउटा लेखक अमेरिका वा बेलायतमा एउटा ठीकैको वा चल्ने उपन्यास भयो भने त्यसले अरु केहीपनि काम गर्नुपर्दैन। त्यसको अर्थ छ। नेपालमा लेखेर मात्रै बाँच्न नहुने हुँदा त्यसले पढ्न सक्दैन, अरु कुरा गर्नुपर्छ। त्यसले गर्दा ऊ जति राम्रो लेखक बन्न सक्थ्यो, बन्न सक्दैन। त्यसैले यसको महत्व छ। तर एउटा कृति, ठूलो बजारका कारण महान् हुने, नभएका कारणले नराम्रा हुने होइन। त्यसैले गर्दा नेपालमा जति राम्रा कृति छन्, ती वास्तवमा राम्रा लाग्छ। मैले यो हिसाबमा पनि भनेको हुँ कि विश्वका राम्रा भनिएका, औपनिवेशिक संसारले राम्रा भन्यो र ती पढियो, अवश्यपनि त्यसमा विभिन्न क्वालिटी, सम्पादन वा पब्लिकेसन हाउसका क्वालिटीले गर्दा ती फरक हुने हो। राम्रा कृति नेपालका पनि राम्रा छन्। तर त्यो डोमिनेन्ट धार जुन छ, त्यो सिफ्ट हुँदै गए हुन्थ्यो। त्यो आग्रह हो।

    दोस्रो, नेपालमा खासगरी उपन्यास वा साहित्य पढ्ने भनेको कलेज पढ्दा आवश्यक भएर मात्रै पढ्ने भन्ने लाग्ने। विभिन्न पेशाका मानिस, जस्तै निजी क्षेत्र, बैंकमा काम गर्ने वा अरु, राम्रो उपन्यास वा राम्रो कृति पढेन भने उसको जीवन सुन्दर हुन्छ जस्तो लाग्दैन। मिडियाकै साथीहरूलाई पनि नन फिक्सन् आवश्यक होला, नन फिक्सन् पढ्दा मलाई लाग्छ धेरै कुरा रिसाइकल भएको र दोहोरिएका कुरा आउँछन्, त्यसले म निराश हुन्छु। राम्रा वा इतिहास सम्बन्धि भए पढिन्छ। तर, ननफिक्सनमा थाहा पाइरहेकै कुराहरू अलि फरक भाषामा आइरहेका मात्रै देख्छु। उपन्यासले त अर्कै संसारमा लैजान्छ। ज्ञान त पत्रपत्रिका लगायत अरु किताब वा इतिहासमा आउँछ। त्यसले गर्दा नेपालको पढैया सेक्टर एकदम साँघुरो छ। यो अघिल्लो प्रश्न कसरी हेर्नु हुन्छ को उत्तरमा, पढ्ने समाज नभई उनीहरू सुखी नै छैनन्। कुनै सर्जक र लेखकको कृति बिकाइदिनका लागि होइन। आफ्ना जिन्दगी सुन्दर बनाउनका लागि पढ्नुपर्छ मानिसले। त्यो चेतना र संस्कृति कमजोर देखेँ नेपालमा, अरु देशको तुलनामा।

    तपाईं पनि अरुन्धती रोयको फ्यान हुनुहुन्थ्यो। पछिल्लो दि मिनिस्ट्री अफ अटमस्ट हेपिनेश पढेपछि तपाईंको कमेन्टपनि पढेको थिएँ। भारतीय समाज र तिनको पहुँचका हिसाबले ग्लोवल्ली विश्व नागरिक जस्तो भएकी छिन्….

    यद्यपि भारतको संस्थापनले त उनी आफ्नो देशको नागरिक नभइदिए हुन्थ्यो भन्ठान्छ ….

    त्यो खालको सिर्जनाका हिसाबले, विधामा नजाऔँ, उपन्यास एउटै ट्रयाकमा लेखिन्छ भनेको होइन, तिनले राम्रो गरिन् भन्ने हुन्छ। सिर्जनामा त्यस्तो खालको, हाम्रो सामाजिक बनोट, हाम्रो ऐतिहासिक विकासको प्रक्रिया यसका पनि केही असर होलान् नि ? ठीकै भइरहेको छ कि, केही आउनुपर्ने छ कि ?

    भारत त ठूलो देश भयो। साथमा बौद्धिक सांस्कृतिक सभ्यताका हिसाबले पनि। यद्यपी भारतवर्ष, भारत भन्ने देश नहुँदा त त्यो हाम्रो नै हो। त्यता नगई अहिलेको जुन भारत देश छ, ठूलो भयो, बौद्धिक सांस्कृतिक हिसाबमा पनि धेरै अगाडि छ। त्यस हिसाबमा भारतमा एउटा राम्रो लेखक छ भने आत्मविश्वासका साथ लेख्न सक्छ। उसले मानौँ अंग्रेजीमा लेख्यो भने विश्वस्तरीय टप पब्लिकेसनमा जान सक्छ र त्यहाँबाट एकैचोटी अन्तर्राष्ट्रिय बन्छ। जस्तै ह्वाइट टाइगर लेख्ने अरविन्द अडिगा, उनले बुकर प्राइज पनि पाए, सायद २८ वर्षका थिए। पहिलो नै कृति थियो क्यार। उनी विश्वस्तरका लेखक भए। अरुन्धति रोय त सेन्सेसनल फेनोमेना भइन, पहिलेबाटै। नेपालमा त्यति कन्फिडेन्टली लेख्नका लागि देश सानो हुनुपनि जनसंख्याका हिसाबमा होइन, बौद्धिक सांस्कृतिक र साहित्यिक हिसाबको सन्दर्भमा हो, केही अर्थ होला। युरोपियन देशहरू भएको भए नेपाल साना हुँदा पनि अर्कै हुन्थ्यो। त्यो कन्फिडेन्स हामीकहाँ छैन।

    लेख्ने लेखकले यसरी नै हो भनेर सायद थाल्दैन होला। त्यो फरक हुनसक्छ। अरुन्धती कै कुरामा द गड अफ स्मल थिंग्स्, अझ मास्टरपिस नै हो। राजनीतिक सामािजक विषयमा लेख्ने अरुन्धती रोय र उपन्यासकार अरुन्धतीमा पनि फरक छ। त्यसरी हेर्दा उपन्यासको संसार नै अर्कै हो र त्यसको सौन्दर्य नै त्यही हो। यताको संसारबाट उता जान सकियो र सानो परिवेश टिपेर त्यहाँबाट अर्को संसार बन्न सक्यो। बाँकी कुरा समाजसँग अट्याच भएर मात्र लेख्नुहुन्छ भने विभिन्न निबन्ध लेख्न सकिन्छ, तर अर्को संसार बन्न सक्दैन।

    तपाईंले अघि एउटा प्रसंगमा भन्नुभएको थियो, नेपालको साहित्य कला, सिर्जनामा केही निश्चित दायरा तोकिएर यसको बौद्धिक विमर्शको दायरालाई साँघुर्‍याएर एउटा फ्रेमभित्र राखेर हेर्न खोजियो भन्नुभयो। परार तपाईंले एउटा बहस लिएर आउनुभएको थियो, मार्क्सवादीहरूको डोमिनेन्ट हुँदा बौद्धिक विमर्श ठिम्रियो भन्ने नै त्यसको अर्थ थियो। तपाईंले यसमा ठ्याक्कै भन्न खोजेको कुरा के हो ?

    यो प्रसंग निकालिदिनुभएकोमा धन्यवाद। किनभने यसमा थप भन्न पाएँ। मलाई अलिकति इन्टेलेक्चुअल प्लेफुलनेस मनपर्छ। त्यो भनेको विचारधाराहरुबीचमा सकरात्मक हिसाबमा आदानप्रदान हो। म चाहिँ आन्दोलनमा लागेको सक्रिय मान्छे होइन। समाजिक न्याय, समानताप्रति मेरो आफ्ना धारणा होलान् तर म आन्दोलनमा लागेको, जेल गएको खालको मान्छे होइन। मलाई एक्सचेन्ज मनपर्ने हो, डिवेटमा जाओस् भनेर। कसले कसरी बुझ्यो, तपाईंले लेख्नुभएको पनि मलाई याद छ, त्यो मलाई मनपरेको थियो।

    नेपालीमा बढी पढ्ने मार्क्सवादी वृत्तमा छन्। बढी पढ्नेमा स्कुलिङकोे प्रभाव हुन्छ। त्यसमा व्यक्तिको दोष होइन। के ठीक के बेठीक पढ्न हुन्छ, हुँदैन भन्ने खालको आग्रह बनेको हुन्छ। पार्टीमा पनि लाग्नुपर्दैन। संगतका कारणले। कतिपय डमोक्रेटिक भनिएकाहरू, मार्क्सवादी भनेर चिनिएका तर नपढ्ने।  मार्क्सवादी वृत्तमा बढी पढ्ने चाहिँ देखियो।  त्यहाँभित्रको आग्रह जस्तो साहित्य लेखिन्छ भने उदाहरणका लागि समाज तत्काल सुधार्नुपर्छ। मान्छेको मानसिक, मनोवैज्ञानिक, दार्शनिक तहमा उच्चतम संवेदनमा पुयाउने कुरालाई सुधार्ने मान्ने कि नमान्ने ? अथवा यहाँ मान्छेले खान पाएका छन्, रोजीरोटीको कुरा नगरी उच्चतम संवेदनाका कुरा गर्ने भन्ने आग्रह भयो। कुरा दुईवटैको एउटै छ। त्यहाँनिर बौद्धिक स्वायत्तता हुनुपर्ने त बढी पढ्ने वृत्तबाट हुनसक्थ्यो होला, तर स्कुलिङको प्रभावको कारणले गर्दा खुम्चियो। समग्र देशको वौद्धिक परम्परामा त्यसको असर पर्‍यो। मार्क्सवादी वौद्धिकले गल्ति गरे भन्न खोजको होइन।

    नेपालमा खासगरी उपन्यास वा साहित्य पढ्ने भनेको कलेज पढ्दा आवश्यक भएर मात्रै पढ्ने भन्ने लाग्ने। विभिन्न पेशाका मानिस, जस्तै निजी क्षेत्र, बैंकमा काम गर्ने वा अरु, राम्रो उपन्यास वा राम्रो कृति पढेन भने उसको जीवन सुन्दर हुन्छ जस्तो लाग्दैन।

    म एउटा प्रसंग भन्छु। म भर्खरै बेलायतबाट एमफिल गरेर फर्किएको थिएँ, एमफिलको थेसिसको शीर्षकमा मान्छेले सोच्ने अवधारणामा भाषाले कति प्रभाव पारेको हुन्छ, टाइम स्पेस बुझ्ने कुरालाई हामीले बोल्ने मातृभाषाले कति प्रभाव पारेको हुन्छ, लिंगुइस्टिक रिलेटिभिटी भन्ने कन्सेप्ट पनि छ, अथवा संसारमा बोलिने ७ हजार जति भाषामा कतिपय अवधारणा छैनन, अथवा ती अवधरणा पहिले थिए वा भाषा भएर आएका हुन् कि ? त्यसपछि यहाँ विभिन्न आन्दोलन चलिरहेका थिए नेपालमा, यो सन् २००० को कुरा। यहाँ थारु कमैया आन्दोलन, माओवादी जनयुद्ध चलिरहेको छ, मान्छेले खान पाएका छैनन्, त्यसबारे बोलिरहेका छैनन्, यी अवधारणा युनिभर्सल हुन्छन् कि हुँदैनन, यसको के अर्थ छ भन्ने पनि आयो। त्यसलाई पनि म सम्मान गर्छु। तर यी सबै कुरा महत्वपूर्ण छैनन् भनेको छैन। मलाई रुची लाग्यो त्यहाँ। यी अवधारणा कहाँबाट आउँछन्, यही छन् र आएका हुन् कि म बाट बाहिर आएका हुन्? यसको मतलब मार्क्सवाद अथवा जसलाई उदारवाद भनिन्छ नि त्यसका बिचमा अलि बढी इन्टेलेक्चुअल प्लेफुलनेसका साथ एक्सचेन्ज भइदिए रमाइलो लाग्थ्यो भन्ने हिसाबले मैले जिस्क्याएको थिएँ।

    यहाँ राजनीतिक वृत्तमा त एक्स्चेन्ज हुन्छन्। सबै पार्टी सबै पार्टीसँग मिल्छन्। सबैले सबैसँग मिलेर सरकार बनाउँछन्। जसको नेतृत्व पनि स्वीकार गरेका छन्। राजनीतिमा यो खालको अन्तक्र्रिया छ। साहित्यमा पनि लगभग लेखकहरूको बीचमा अन्तक्र्रिया छ। सँगै हिँडिरहेका छन्। तर वैचारिक अन्तक्र्रियाको संकट हो ?

    संकट पनि भन्न सकिन्छ। तर संकट भन्दा धेरै गम्भीरतिर कुरा लगियो। मैले भन्दा चाहिँ त्यो रमाइलो बौद्धिक विमर्श आदानप्रदान हुन सक्थ्यो। एकले अर्कालाई कोही मार्क्सवादी छ भने ‘मार्क्सवादी हुन गाह्रो होला, कसरी सम्भव छ, मार्क्सवादी देखिँदैनौँ, छु भन्छौँ कसरी छौँ?’ भनोस्। अर्कोले ‘तिमी ठूल्ठूला कुरा गर्छौ, तर यो हिसाबमा यो कुरालाई छोडेर यस्ता ठूला कुरा गर्न कसरी मिल्छ? ’ भन्ने। यो खालको बौद्धिक प्रश्न, यो कुरा कडा रुपमा पनि भन्न सकियोस्। त्यो एक्स्चेन्ज साँघुर्‍याउने कुरा मैले गरेको होइन। तर बौद्धिक वैचारिक तहको विमर्शलाई त्यसरी लिइयोस्।

    अर्को, हाम्रो लेखकीय साहित्यक बौद्धिक वृत्त, ठूलो भन्नु वा सानो, धेरैले धेरैलाई व्यक्तिको रुपमा चिनिन्छ। चिन्नुका राम्रा पाटा छँदैछ। त्यसको नराम्रो कुरा भनेको कोही रिसाउला भनेर पनि बौद्धिक एक्स्चेन्ज नगर्ने। त्यसले गर्दा सामाजिक रुपमा, राजनीतिक रुपमा जुनखालका बौद्धिक अन्तक्र्रिया भएर थप राम्रा वैचारिकीतर्फ जान सकिन्थ्यो, त्यसमा साँघुरोपन छ जस्तो लाग्छ।

    मार्क्सवादी वृत्त भन्दा पनि अहिले ६०/७० कटेका, सामान्यतया, उनीहरूको पढाइलेखाईमा रुची भएको जस्तो लाग्दैन। पछिल्लो पुस्ताका नयाँहरू मैले धरै देख्छु। लोकतान्त्रिक भनेर पनि कसलाई भन्ने? पढाईलेखाईमा विश्वास गर्नेहरू त खासगरी पार्टी मै नजाने भए। कम्तिमा जजसले अन्तक्र्रिया गर्नुहुन्छ समाजमा, मेरो लागि बौद्धिक वृत्त मार्क्सवादी अथवा अर्को डमोक्रेटहरू, ती पार्टी भन्दा बाहिरका नै हुन्।

    मार्क्सवादी भनिएकाहरूमा दुइथरी मान्छे छन्। एकथरी पार्टीको काखमा छन्, पार्टीका विभिन्न संरचनामा बसेका छन्, पार्टीले खटाएको काम गर्छन्, चुनावी गीत र नारा लेख्छन्, चुनावी कविता पनि लेख्छन्। पार्टीले भनेको फ्रेमभित्र कथा लेख्ने पनि छन्। सँगसँगै लामो समयदेखि त्यसलाई काउन्टर दिइरहेका पनि छन्। समाजवादी यथार्थवाद, गोर्की वा अरुहरुले व्याख्या गरेको जस्तो, त्यसलाई फलो चाहिँ गर्ने तर पार्टीको फ्रेमभित्र नबस्ने। आलोचनात्मक ढंगले पार्टीलाई हेर्ने। नारायण ढकालले एउटा शब्द दिनुभएको थियो, अफिसियल मार्क्सिस्ट। यिनीहरूको कुरा र अन अफिसियलको कुरामा भिन्नताहरू चाहिँ छन्। मलाई पनि लाग्छ, सिर्जनात्मक क्षेत्रमा सिनेमा बनाएपनि, गीत लेखेपनि त्यसको प्रतिस्पर्धा त त्यही लेखनमै हो। ओली र देउवाबीचको प्रतिस्पर्धा चुनावमा छ, शक्ति आर्जनमा छ, प्रधानमन्त्री हुनुमा छ। लेख्नेहरू जुनसुकै खेमाका भएपनि हामी लेख्छौँ भने पाठकहरूले गुण हेर्छन्। यसमा मैले धारेहात लगाएर कुनै कांग्रेस वा अर्को पार्टीमा आवद्ध भएको लेखकलाई गाली गर्दा राम्रो हुन्न। उसको राम्रोपन, लेख्नेशैली, भाषा, वैचारिकी र वैचारिकी पनि कसरी प्रस्तुति गरेको छ, जस्तै सुम्निमा वा मोदीआइन जेसुकै पढेपनि विपी कोइरालाको जुन बृहत्तर पोलिटिक्स् आउँछ, त्यो राजनीतिसहितको साहित्य छ, त्यसलाई नेपालमा एकदमै साँघुरोमा घेरामा बसेका अफिसिलयलहरूको कुरा  अलग होला, नत्र त सबैले स्वीकार गरेका छन्। त्यो राम्रोपन विपीको अनुहारसँग जोडेर भनेका त होइनन्। विपीको पोलिटिक्स् पनि हेरेको होइन। सुम्निमाभित्रैबाट उनको लेखकीय क्षमता मूल्यांकन गरेको हो। ध.च. गोतामेको घामका पाइलाहरू पढेर राम्रो छैन भन्नेहरू भेटेको छैन। मदनमणीको माधवीको पावरमाथि कसले चुनौती दिएको छ र ? यो प्रतिस्पर्धा त लेखकहरूबीच सिर्जना नै गर्ने हो। म मार्क्सवादी हुँ त्यसैले मैले लेखेको राम्रो हुनुपर्छ भन्ने छैन नि।

    पार्टी स्कुलमै लेख्यो भने पनि पम्प्लेट वा पार्टीको तत्कालिन कुनै अभियानका लागि लेख्नु एउटा कुरा भयो। कृतिका लागि अमर हुनका लागि त कला चाहिन्छ। त्यो नभए त पार्टीकै मान्छेले पनि पढ्दैनन्।

    हाम्रो बौद्धिक विमर्शमा मैले देखिरहेको चाहिँ चेतनाको समस्या छ। यो भनेको विश्वको डाइनामिक्स् दुईवटा हुन्छ, एउटा समाजको डाइनामिक्स् हुन्छ अर्को समाजले उत्पादन गरेको व्यक्तिको आफ्नो इनर डाइनामिक्स्। तपाईंले त्यही इनर डाइनामिक्स् भित्र खेल्न खोज्नुभएको छ। उपन्यासको सारा कथ्य त्यसैमा जोडिएको छ। त्यो हरेक व्यक्तिमा हुने कुरा हो, भिन्न ढंगले होला। सबैलाई सिजोफ्रेनिया हुनुपर्छ भन्ने छैन। प्रेमलाई सरल ढंगले बुझेर एउटा सुखानीभूति र सौन्दर्यको रुपमा मात्रै बुझेर, आकर्षणको रुपमा मात्रै बुझिरहेका हुन्छन्। समाजका अनेक अन्तर्विरोधहरू छन्, व्यक्तिभित्र त्यसले निर्माण गरेका अरु अन्तरविरोधहरू। मैले यो सहरलाई एक ढंगले बुझ्छु भने अर्कोले फरक ढंगले बुझेको हुन्छ। यसरी समाजले व्यक्तिलाई पार्ने प्रभावका दुईवटा प्रतिक्रिया हुन्छ, एउटा आफूभित्र आफैंलाई जाच्ने प्रक्रिया हुन्छ, त्यसले आफूलाई अरुसँग तुलना गरिरहेको हुन्छ। अर्को प्रतिक्रिया भनेको समूहका रुपमा हुन्छ। जो सार्वजनिक यातायात राम्रो भइदिए हुन्थ्यो भन्ने समूह ठूलो होला, तिनीहरू र सार्वजनिक यातायातमा चासो नहुनेहरूको फरकफरक प्रतिक्रिया हुन्छ। यसरी निर्माण हुने समाजको यो गतिलाई बुझ्ने र त्यसलाई व्याख्या गर्ने, साहित्य र कलाका विभिन्न माध्यमबाट गरिरहने कुरा, व्यक्त गर्ने शैली वा प्रस्तुति, त्यो कथ्य र कथा भन्ने शैली, प्रतिस्पर्धा त यतिमै हो। विचारविहिनताको कुरा पनि अन्ततः  विचारकै कुरा त हुन्।

    विचारविहिन भन्ने कुरा पनि विचार हो।

    यो लेखनपछिका अनुभूतिः एउटा किन लेख्नुभयो ? किन उपन्यास नै लेख्नुभयो ? राजनीतिक लेख हाम्रा लागि मजा भइरहेको थियो। तपाईंको लेखनमा फेरि आफ्नै भाषा स्थापित भएको छ। र त्यसले गर्दा साहित्य पढेजस्तै लाग्छ। राजनीतिक लेखन पनि कोरा लेखन छैन। उपन्यास मार्फत तपाईले गर्न खोजेको संवाद के हो त ?           

    त्यसमा त मेरो धारणा के छ भने मरेपछि के हुने हो थाहा छैन। बाचुन्जेल मान्छे चिनेपनि नचिनेपनि सबै अमर हुन्छ, अमर भनेको त बाँच्नु हो। बाँचुन्जेल बाँचेको हुन्छ, मरेपछि मरेको हुन्छ। तर म चाहिँ साहित्यिक कलामार्फत जीवनको सौन्दर्य अनुभूत गर्ने कुरालाई गम्भीर रुपमा लिन्छु। त्यसमा मेरो स्वार्थ छ। मेरो जीवनको सौन्दर्य भनेकै पढ्ने हो, राम्रा कृति, कला पेन्टिंग, कविता र बौद्धिक विमर्श हो। उपन्यासहरूमार्फत सिर्जना गर्ने जुन संसार हुन्छ, भइरहेको भन्दा अर्को त्यसले मलाई सधैँ मोहित पार्ने हो। अघि कुरा गर्दा भनेको जुन कथानक थियो, त्यो लेखिनुपर्ने जस्तो लागेको हो। यद्यपि मैले धेरै प्रश्न गरेको र एक हिसाबले लजाइरहेको पनि हो।

    यसमा जान्न खोजेको कुरा के थियो भने अस्तित्वमा विष्णु सापकोटा कति छ ?

    माफ गर्नुहोला। मलाई थाहा छैन। तपाईंले भन्नुहोला। अरुले भन्नुहोला।

    आफ्नै कथा पनि भनुँ भनुँ लाग्ने हुन्छ। देखेका, भोगेका अनुभूति। अर्काकै भएपनि हुन्छ। आफ्नै लेख्नुपर्छ भन्ने छैन। कथा लेख्नेले सधैँ आफ्नो लेखेर कहाँ पार लाग्छ र ?

    लेख्ने किन भन्ने प्रश्नमा, धेरै लजाएको र धेरै सोधिएको। तर त्यो कथानक मलाई एकदमै राम्रो लाग्यो। त्यो लेखिनुपर्छ भन्ने लाग्यो। अस्कल वाइल्डको भन्छन्, ‘आर्ट इज ग्रेट बिकज इट इज युजलेस’। कुनै उपयोगिता हुन्थ्यो भने त पकाएर खान्छ वा बेचेर खान्छ। मोनालिसाको पेन्टिंगलाई नै उदाहरण लिउँ, लाखौँ अरबौँ कति पर्छ। त्यसको प्रयोग छैन। भएको भए के के गर्थे गर्थे। बम भए पड्काउँथे। कार्पेट भए बिछ्याउँथे। उपन्यास पनि पढेर त्यसको सौन्दर्य लिनबाहेक अरु केही हुँदैन। मलाई कथा सुन्दर लाग्यो र दृश्यले घच्घच्यायो। यो कथा लेखिनुपर्छ र लेख्दाखेरी म आफू पाठकका रुपमा यो उपन्यास पढ्न पाए हुन्थ्यो भन्ने लाग्यो। त्यो मैले आफूलाई पढ्नका लागि लेखेको हुँ।

    भिडियो:

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.