Date
आइत, भदौ २९, २०८२
Sun, September 14, 2025
Sunday, September 14, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेकपामा विभाजनको कारक डा. रायमाझी

विश्वबन्धु भण्डारी विश्वबन्धु भण्डारी
फाल्गुन १८, २०८१
- राजनीति, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो। २०१७ पौष १ गते राजा महेन्द्रद्वारा गरिएको संसद विघटनको १६ महिनापछि वनारसमा २०१९ बैशाख ४ देखि १५ सम्म तेस्रो महाधिवेशन सम्पन्न भएको थियो। महाधिवेशनका प्रमुख पात्र संस्थापक महासचिव पुष्पलाल र तुलसीलाल अमात्य थिए। परन्तु यी दुवैबीच मतभेदको श्रृखला पनि महाधिवेशनबाटै शुरु भएको हो, कारण तेश्रो महाधिवेशनले पार्टीको घोषित सिद्धान्त नयाँ जनवादी कार्यक्रमको सट्टा राष्ट्रिय प्रजातान्त्रिक कार्यक्रमलाई बहुमतद्वारा पारित गर्ने काम भयो ।

    त्यो समयमा राष्ट्रिय प्रजातान्त्रिक कार्यक्रमलाई रुसी ख्रुश्चेभी संशोधनवादको लेपन आमरुपमा लगाइएको थियो। यस अगाडि १९५७ मा महान अक्टोबर समाजवादी क्रान्तिको ४०औं वार्षिकोत्सवको सन्दर्भमा पारस्पारिक हितको साथै व्यापक विचारविमर्श गर्ने उद्देश्यले सोभियत कम्युनिष्ट पार्टीसहित पूर्वी यूरोपका ८ समाजवादी देशका र एशियाका चीन, भियतनाम, उत्तर कोरिया, मंगोलियाका कम्युनिष्ट तथा मजदूर पार्टीका प्रतिनिधिहरुको बैठको आयोजना भएको थियो। सो बैठकको लगतै १९६१ मा ८१ देशका कम्युनिष्ट तथा मजदूर पार्टीका प्रतिनिधिहरुको सम्मेलन पनि मस्कोमा आयोजना भएको थियो। सो सम्मेलनमा सहभागी राष्ट्रहरुको लहरमा एशियाका दुई भूमिगत पार्टी भनिएको छ, जानिफकारहरुका अनुसार दुई मध्य नेपाल र अफगानिस्तान हुन्।

    त्यसैगरि, त्यस्ता अन्तर्राष्ट्रिय मञ्चमा प्रोटोकल अनुसार पहिलो लहरमा सत्तारुढ पार्टी, दोस्रो लहरमा संसदको प्रमुख प्रतिपक्षी स्थानमा रहेको पार्टी, तेस्रो लहरमा संसदमा उपस्थिति रहेको पार्टी, चौथो लहरमा पार्टी खुला रहेको (भूमिगतमा नभएको) र पाचौं लहरमा आफ्नो देशमा प्रतिबन्धित (भूमिगत) अवस्थामा रहेका पार्टीहरुको स्थान निर्धारण गरिएको थियो। १९४३ मा कम्युनिष्ट इन्टरनेशनल (कोमिण्टर्न) को विघटन पछिको विश्वका मजूदर तथा कम्युनिष्ट पार्टीको प्रतिनिधिहरुको ठूलो भेला सम्भवत यही थियो र यो नै अन्तिम पनि। यस अगाडि १९४३ मइ १५ तारिखमा स्टालिनको प्रस्तावमा अब संसारका सबै कम्युनिष्ट पार्टीहरु आफ्नो रणनीति र कार्यनीतिहरु तय गर्न सक्षम भइसकेकोले कम्युनिष्ट पार्टीहरुको साँझा मञ्च कोमिन्टर्नको औचित्य समाप्त भएको भन्दै विघटन गरिएको थियो। १९६१ मा पनि विश्वका कम्युनिष्ट पार्टीहरुको भेला मस्कोमा आयोजना गरिएको थियो। १९५७ को भेलाले घोषणा पत्र र १९६१ को भेलाले सामूहिक वक्तत्व्य जारी गरेको थियो।

    उक्त सन्दर्भमा सोभियत संघको २०औं महाधिवेशनमा स्टालिनको व्यापक आलोचना भएको र त्यो आलोचनाका सन्दर्भमा मस्को भेलामा पुगेका पुष्पलालले विमति प्रकट गरेका थिए । त्यसपछि विश्व कम्युनिष्ट आन्दोलनमा सोभियत र चिनिया कम्युनिष्ट पार्टीको विभाजित धुरी देखा पर्न थालेको थियो। त्यस सन्दर्भमा वनारस महाधिवेशनमा आफुलाई सोभियत धुरीमा देखाउन तुलसीलालको राष्ट्रिय प्रजातान्त्रिक कार्यक्रम पारित भएको भनिन्छ। भारतीय कम्युनिष्ट पार्टीका महासचिव अजय घोषले नेपालमा ससंद विघटनको बेला मस्कोमा रायमाझी र अजय घोषका बीच भेटघाट भएको र घोषले रायमाझीलाई राजावादी धारमा बग्न लागेको निस्कर्ष निकाल्दै पुष्पलाल र अमात्यहरुलाई नेपालमा राजावादी धारबाट पार्टीलाई जोगाउन तलबाट महाधिवेशनको माग गर्न सुझाए अनुरुप अन्तरजोनल सामन्जस्य कमिटि गठन भई तृतीय महाधिवेशन आयोजना भएको तत्कालीन तथ्य र दस्तावेजहरुबाट पुष्टि हुन्छ ।

    महाधिवेशन त भयो भाकपा र सोभियत कम्युनिष्ट पार्टीको भाईचारा सम्बन्ध डा. माझी तिरै ढल्किएपछि पार्टी संगठन अगाडी बढ्न सकेन। पार्टीलाई सही बाटोमा डोर्‍याउने उद्देश्यले पुष्पलालको नेतृत्वमा २०२५ सालको गोरखपुर सम्मेलन आयोजना भई सम्पन्न भयो। तुलसीलाल अलग बस्नुको विकल्प थिएन र तुलसीलालको निर्वासित जीवनको अधिकांश समय दिल्लीमा बितेको थियो। अमात्य २०४८ सालको संसदीय निर्वाचनमा राष्ट्रिय पार्टी नभई सकेपछि नेकपा एमालेमा प्रवेश गरे। उनलाई तत्कालीन मनमोहन अधिकारीको सरकारले चिनका लागि नेपाली राजदुतका रुपमा नियुक्त गरेको थियो ।

    यता दक्षिणपन्थी राजावादी बाटो अंगालेका डा. केशर जंग रायमाझीले पनि दोस्रो महाधिवेशनले चुनेको केन्द्रीय कमिटीको बहुमत आफ्नो पक्षमा रहेको दावी गरे । र उनको अगुवाइमा  २०२३ सालमा राष्ट्रिय सम्मेलन र वनारसको तेस्रो महाधिवेशनलाई अस्विकार गर्दै २०२४ सालमा तेस्रो महाधिवेशन भयो। डा. माझीले आफ्चनो तुर्‍याईबाट भाकपा र सोभियत कम्युनिष्ट पार्टीको भाईचारा सम्बन्ध आफ्नो पक्षमा पार्न सफल भए ।उनले २०१९ सालको तेस्रो महाधिवेशनलाई पार्टी विधान विपरित भन्दै डा. रायमाझीको नेतृत्वमा भएको तेस्रो महाधिवेशनलाईे सोभियत कम्युनिष्ट पार्टी र भारतीय कम्युनिष्ट पार्टी (महासचिव अजय घोष नेता श्रीपाद अमृत डागे) को समर्थन लिन सफल भएका थिए ।

    माझी पक्षको केन्द्रीय कमिटीमा विष्णु बहादुर मानन्धर, कृष्णराज वर्मा, कृष्ण प्रसाद अधिकारी (सिराह) सैयदकमर शाह, शैलेन्द्र कुमार उपाध्याय, डि.पी.अधिकारी, कमल राज रेग्मी लगायत रहेका थिए। २०३६ सालको जनमत संग्रह घोषणापछिको खुला परिस्थितिमा डा. रायमाझीको दक्षिणपन्थी हरकत थप खुलासा हुँदै गयो । जनमत संग्रहको परिणामलाई स्वीकार गर्दै राजाकै आह्वानलाई थप पुष्टि गर्दै “अब आफ्ना कुरा सडकमा होइन राष्ट्रिय विधायिकामा राख्न पाउने राजनीतिक परिस्थिति” सृजना भएकोले सोही अनुरुप राष्ट्रिय मूलधारमा आउन भन्दै सार्वजनिक अभिव्यक्ति दिन थालेपछि डा. केशर जंग माझीलाई पार्टीबाट निष्काशन गर्न मानन्धर पक्षलाई बाटो खुलेको थियो । विष्णु बहादुर मानन्धरको नेतृत्वमा पार्टी संठगनलाई अगाडी बढाउने कामको थालनी पनि भयो । डा. माझीलाई निष्काशन र मानन्धरको पक्षमा केन्द्रीय नेताहरु हेमन्त बहादुर वि.सी., सितानन्दन राय (२०४९ मा एमालेमा प्रवेश), मदन मोहन थापा, निलाम्बर आचार्य, चन्द्रदेव जोशी लगायत रहेका थिए। डा. रायमाझी निस्कासनपछि मानन्धरको नेतृत्वमा गठित नेकपामा पंक्तिकार विश्ववन्धु भण्डारी, रामचन्द्र चापागाई (वनारसबाट पुष्पलालको अस्तु पशुपतिमा बिर्सजन गर्न ल्याउने) लगायत गण्डकी क्षेत्रबाट मानन्धर समूहमा प्रवेश गर्ने काम भएको थियो। मानन्धर नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले माझी निष्काशनपछि भारतको मुजफ्फरपुरमा पाँचौ महाधिवेशन सम्पन्न गरी पार्टीलाई क्रान्तिकारी धारमा अगाडी बढाउने निरंकुश पंचायती व्यवस्थाको विरुद्ध प्रजातन्त्र पुनः स्थापनाको संर्घषको कार्यनीतिमा जोड दिने काम भएको हो। मजफ्फरपुरको महाधिवेशन भूमिगत रुपमा भारतको सि.पि.आई. को स्थानीय पार्टी कमिटीको सहयोगमा भएको थियो। उक्त महाधिवेशनलाई टिकापुर महाधिवेशन नामाकरण गरिएको थियो। कारण जनकपुरका जिल्ला पार्टी कमिटी सचिव टिका पोखरेलको क्यान्सर रोगका कारण निधन भएको र उनैको नाममा टिकापुर महाधिवेशन नामाकरण गरिएको थियो। पंक्तिकार विश्ववन्धु भण्डारी महाधिवेशनमा सहभागी भई केन्द्रिय कमिटीमा निर्वाचित हुने अवसर प्राप्त भएको थियो ।

    नेपालमा निरंकुश पञ्चायती व्यवस्था विरुद्धको अन्तिम संघर्ष २०४६ सालको संयुक्त आन्दोलन सफलताको लागि कम्युनिष्ट कांग्रेसको संयुक्त प्रहारले नै आन्दोलनले सफलता प्राप्त गरेको थियो। यसलाई पुष्पलालको संयुक्त जनआन्दोलनको सिद्धान्त अनुरुप सफल भएको भनिने गरिएको छ। ३० बर्ष लामो निरंकुश पञ्चायती व्यवस्था समाप्त भयो। त्यस यता बहुदलीय प्रजातान्त्रिक शासन व्यवस्थाको सुरुवात भएको हो। यो आन्दोलन २०१७ सालमा राजा महेन्द्रद्वारा खोसिएको प्रजातन्त्र पुन स्थापनाको संघर्षको नामले परिचित रहेको छ। नेपाल कम्युनिष्ट पार्टीको यो लामो ईतिहासमा संस्थापकहरु प्रथम महासचिव पुष्पलाल प्रथम महाधिवेशन २०१० सालका महाधिवेशनका महासचिव मनमोहन अधिकारी दोस्रो महाधिवेशनका महासचिव डा. केशरजंग रायमाझी (राजावादी) तेस्रो वनारस महाधिवेशनका महासचिव तुलसीलाल अमात्य लगायत पहिलो पुस्ताका अग्रजहरु अब यस धर्तीबाट विदा भइसकेका छन्। पाका पुराना पुस्ताका एकमात्र धरोहर द्वितीय महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित ईतिहासका सांक्षी नेकपा मसालका नेता महामन्त्री मोहन विक्रम सिंह छन्। यस्तै पाका पुरानाहरुमा प्रतिनिधि सभा सदस्य चित्र बहादुर केसी छन् । नेकपा सयुंक्तका स्व विष्णु बहादुर मानन्धरको विरासत थाम्दै आएका संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी (८७ वर्ष) छन्।  नेकपा माओवादीका नेता किरण वैद्य, वरिष्ठ नेता कमल कोइराला, हिरण्य लाल श्रेष्ठ, ने.म.कि.पा. का नेता नारायण मान बिजुक्क्षे (रोहित) सांक्षीका रुपमा रहेका छन्। यस बाहेक पुरानो पुस्ता सिठो बालेर खोज्नुपर्ने अवस्था आएको छ ।

    २०४६ सालको आन्दोलनको पूर्व सन्ध्यामा गठित संयुक्त वाममोर्चामा मानन्धर समूह समेत सामेल भएको थियो। २०४६ सालको संयुक्त जनआन्दोलनमा सामेल भएका अन्य दलहरु नेकपा मार्क्सवादी, नेकपा माले, नेकपा अमात्य, नेकपा बर्मा, नेकपा मशाल र नेपाल मजदूर किसान पार्टी रहेका थिए। संयुक्त वाममोर्चाको अध्यक्षमा सहाना प्रधान र अन्य दलबाट १/१ जना सामेल रहेका थिए । २०४७ सालको अन्तरिम सरकारमा बाममोर्चाका अध्यक्ष सहाना प्रधान, नेकपा मालेबाट झलनाथ खनाल, नेकपा मानन्धर समूहबाट निलाम्बर आचार्य समेत ३ जना कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम मन्त्री मण्डलमा सामेल भएका थिए। त्यसै गरि नेपाली कांग्रेसबाट महेन्द्र नारायण निधी, योग प्रसाद उपाध्याय, मार्सल जुलुम शाक्य त्यस्तै स्वतन्त्र बुद्धिजिवी (वाम समूह) बाट मथुरा प्रसाद श्रेष्ठ र प्रजातान्त्रिक धारका स्वतन्त्र बुद्धिजिवी देवेन्द्र राज पाण्डे तथा राजाका प्रतिनिधिका रुपमा डा.केशरजंग रायमाझी र अचुतराज रेग्मी समेत ११ जनाको मन्त्रीमण्डल रहेको थियो । डा.रायमाझी यसरी राजाको प्रतिनिधि भएर मन्त्रि मण्डलमा सामेल हुँदै त्यस यता राजसभा स्थायी समितिको सभापति भए ।

    २०५८ सालको दरबार हत्यकाण्डका बेला पनि डा. रायमाझी राजसभा स्थायी समितिको सभापति रहेका थिए। २०४७ सालको प्रजातान्त्रिक संविधान जारी पश्चात संसदीय निर्वाचनको माहोलले दलहरुलाई आकर्षित गर्दै गएको थियो। यही माहोलको पूर्व संध्यामा मनमोहन अधिकारी नेतृत्वको नेकपा मार्क्सवादी र मदन भण्डारी नेतृत्वको नेपमा माले बीच २०४७ पौष २२ गते पार्टी एकीकरण भई नेकपा एमाले केन्द्रीय संगठन कमिटी निर्माण भएको थियो। एकीकृत नेकपा एमालेमा अध्यक्ष मनमोहन अधिकारी (मार्क्सवादी) महासचिव मदन भण्डारी (माले) त्यस्तै पोलिटव्युरोमा चन्द्रप्रकाश मैनाली, जिवराज आश्रित, झलनाथ खनाल, माधव कुमार नेपाल, मार्क्सवादी तर्फबाट पोलिटव्युरोमा बलराम उपाध्याय, भरत मोहन अधिकारी, सहाना प्रधान र सिद्धिलाल सिंह समेत १० जना पोलिटव्युरोमा दुवै संगठनबाट बराबरीको आधारमा समावेश गर्ने काम भएको थियो।

    त्यसैगरि केन्द्रीय संगठन कमिटी सदस्यतर्फ मालेबाट अमृत कुमार बोहोरा, अशोक कुमार राई, ईश्वर पोख्रेल, खड्क प्रसाद ओली (केपी ओली, हाल एमाले अध्यक्ष एवं प्रधानमन्त्री), वामदेव गौतम, विष्णु पौडेल, मुकुन्द न्यौपाने, मोदनाथ प्रश्रित, मोहन चन्द्र अधिकारी, युवराज ज्ञवाली, राधाकृष्ण मैनाली र सुरेन्द्र पाण्डे त्यस्तै माक्सवादी बाट कमल कोईराला, केशरमणी पोख्रेल, गोविन्द राज ज्ञवाली, नर बहादुर खाण नेकपा (संयुक्तबाट एमालेमा प्रवेश गरेका) वाचस्पति देवकोटा (नेकपा मसालबाट एमालेमा प्रवेश गरेका) लगायत २७ जनाको केन्द्रीय कमिटी रहेको थियो । उक्त केन्द्रीय कमिटीले लगतै २०४९ माघ २० गते काठमाडौं कमलादीमा सम्पन्न महाधिवेशनबाट अध्यक्ष मनमोहन अधिकारी, महासचिव मदन भण्डारी, पोलिटव्यूरोमा जीवराज आश्रित, ओली केपी ओली, माधवकुमार नेपाल, सिपी मैनाली, सहाना प्रधान, झलनाथ खनाल, भरत मोहन अधिकारी, सिद्धिलाल सिंह र केन्द्रिय कमिटी सदस्यहरुमा अशोक राई, बामदेव गौतम, मुकुन्द न्यौपाने, राधाकृष्ण मैनाली, ईश्वर पोख्रेल, युवराज ज्ञवाली, अमृत बोहोरा, मोदनाथ प्रश्रित, वाचस्पति देवकोटा, मोहन चन्द्र अधिकारी, विष्णु पौडेल, केशवलाल श्रेष्ठ, सितानन्दन राय, जितेन्द्र नारायण देव, काशिनाथ अधिकारी, गोपाल शाक्य, गुरु बराल, सुरेन्द्र पाण्डे, प्रेमसिंह धामी, गोविन्द कोईराला, सलिममियाँ अन्सारी, राजेन्द्र पाण्डे, किरण गुरुङ, केशव बडाल र त्रिलोचन ढकाल रहेका थिए । बैकल्पिक केन्द्रीय कमिटी सदस्यहरुमा हिरण्यलाल श्रेष्ठ, शान्ता मानवी, प्रेम बहादुर सिंह, देवराज घिमिरे (हाल प्रतिनिधि सभाका सभामुख), हेमराज राई, भिम बहादुर कठायत र सानु श्रेष्ठ रहेका थिए ।

    त्यसैगरी केन्द्रीय सल्लाहकार तर्फ बलराम उपाध्याय, कमल कोईराला, गौरिभक्त प्रधान, लक्ष्मीभक्त उपाध्याय, योगेन्द्र शाह, नर बहादुर खाण, गोमा देवकोटा, विश्वेश्वरा दाहाल, सिद्धिलाल सिंह र भवानी प्रसाद घिमिरे सहित १० जना रहेका थिए । उक्त पाचौं महाधिवेशनमा पंक्तिकार विश्वबन्धु भण्डारी राष्ट्रिय परिसद सदस्यको हैसियतबाट सहभागी हुने अवसर मिलेको थियो। यसरी दुई ठूला पार्टी बीच एकीकरण भएकोले २०४८ सालको आम निर्वाचनमा बामपन्थी मतदाता बीच निकै ठूलो आकर्षण सृजना भएको थियो। परिणाम स्वरुप नेकपा एमालेले संसदमा ६९ जना प्रतिनिधित्व गराउन सफल भएको थियो। यो सफलताले नेकपा एमालेको पक्षमा जनलहरको वृद्धि हुँदै मुलुकका सबै जिल्ला र गाउँ टोल तहसम्म पार्टी संगठन रात दुगना दिन चौगुनाको हिसाबले विस्तार हुन गएको हो।

    सँगसँगै २०४८ सालको आम निर्वाचमा बाबुराम भट्टराई नेतृत्वको संयुक्त जनमोर्चाले ९ जना, ने.म.कि.पा बाट ३ जना, नेकपा प्रजातन्त्रवादी (मानन्धर नेतृत्व) २ जना (३ प्रतिशत थ्रेस होल्ड नपुगेका कारण राष्ट्रिय पार्टीका रुपमा दर्ज हुन नसकेपछि पार्टी संगठन खुम्चिने क्रम सुरु भएको हो ) गरी संसदमा ८३ जना वामपन्थी सदस्यको प्रतिनिधित्व रहेको थियो। त्यो निर्वाचन कालमा नै  नेकपा एमालेमा एकीकरण भई सकेको पार्टीलाई निर्वाचन पछि मार्क्सवादी तर्फका केही नेताहरु मनमोहन अधिकारी र सहाना प्रधान नेतृत्वका एकीकरण पूर्वका सहाना प्रधान तर्फका संस्थापक नेता पुष्पलालद्वारा दिक्षित प्रभु नारायण चौधरी, माधव (मधु) ज्ञावली, राम बहादु भण्डारी (हाल नेकपा पुष्पलाल समुहको उपाध्यक्ष), तिलक पराजुली, बोधराज काफ्ले, शरण विक्रम मल्ल, लोकनारायण सुवेदी, भिम सेढाई, राम सिं रावल, एकराज पाण्डे लगायतका नेताहरुले मार्क्सवादी विउँताउन छुट्टै पार्टी घोषणा गर्ने काम भयो। फेरि मार्क्सवादीका नाममा सानो संगठन अहिले पनि जिवित त छ तर संगठानात्मक रुपमा सिमित व्यक्ति विशेष बाहेक संगठनको प्रभाव ज्यादै न्यून देखिन्छ। यसरी नेपालमा कम्युनिष्ट पार्टीहरु आपसी मतभेदलाई विचार मंथन र बहसमा अगाडी सार्दै अल्पमतको कदर बहुमतको निर्णयलाई कार्यान्वयनमा अगाडी बढाउन भन्दा भावावेशमा छुट्टै पार्टी निर्माण गर्ने शिलशिला स्थापनाको केही समयपछि नै शुरु भएको प्रवृति र परम्परा अध्यावधिक कायमै छ। विशेष गरेर २०४६ साल यता पनि कम्युनिष्ट पार्टी पनि एक आपसमा विलय हुने र पुनः विभाजनको श्रृङ्गखलाले पनि निरन्तरता पाइरहेको छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      विश्वबन्धु भण्डारी

      विश्वबन्धु भण्डारी

      भण्डारी पुराना कम्युनिष्ट नेता हुन्। सरकारी कर्मचारी, शिक्षक र पत्रकार हुँदै राजनीतिमा लागेका भण्डारी तत्कालिन नेकपाका जिल्ला सदस्य हुँदै पछि नेकपा मानन्धर समुहका केन्द्रीय नेता बनेका थिए।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.