Date
सोम, कार्तिक १०, २०८२
Mon, October 27, 2025
Monday, October 27, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

डिजिटल टेक्नोलजीले एउटा नयाँ राजनीतिक दृष्टिकोणको माग गर्दैछ

"प्रश्न यो होइन कि मस्क वा जुकरबर्ग आफ्नो कारोबार व्यवस्थापन गर्नमा शक्तिका साथ  'सही' निर्णय लिन्छन् या लिदैंनन् - हाम्रो प्रश्न ,तिनीहरुले त्यस्तो शक्ति किन र कसरी पाए भन्ने हो।"

जेमी सुस्किण्ड जेमी सुस्किण्ड
भदौ २६, २०७९
- विमर्शका लागि, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रस्तुत लेखमा हाल  डिजिटल टेक्नोलजी शक्ति कुनै दायित्व नलिई उन्नत मुलुकहरुमा सञ्चालनमा रहेका र यसलाई नियन्त्रित गर्ने कुनै उपाय नभएकोबारे चर्चा गरिएको छ। खासगरी अमेरिकामा डिजिटल टेक्नोलजीलाई लगाम कस्न नसकिएको बारेमा यो लेख केन्द्रीत छ र यसलाई नियन्त्रित गर्न नयाँ दृष्टिकोण आवश्यक भएको दलिल गरिएको छ।  हाल पुरै विश्व नै डिजिटलाइज्ड भइरहेको  परिवेशमा यसमा उल्लिखित समस्याहरु हामी जस्ता विकासोन्मुख मुलुकहरुमा आज कम देखिएका भएपनि भविष्यमा प्रखर भएर आउने छन्। यसकारण यो आम बौध्दिक वर्गका लागि धारणा र नीतिनिर्माताका लागि सोच निर्माण गर्न उपयुक्त हुने विश्वास गरेर यहाँ प्रस्तुत गरिएको छ। – सम्पादक।

    तेह्र वर्षअघि, मार्क जुकरबर्गले फेसबुकलाई धेरै लोकतान्त्रिक बनाउने भनेका थिए। उनले यूजरलाई भनेका थिए– तपाईंहरु मलाई नियमहरु दिनुस्, फेसबुक त्यसैबाट सञ्चालन गरिनेछ। उनको भनाइ अनुसार यूजरहरुले नयाँ नीतिहरुलाई टिप्पणी गर्न सक्दथे र, यदि पर्याप्त संख्यामा टिप्पणी आएमा, त्यस प्लेटफर्मलाई सञ्चालन गर्ने शर्तहरुलाई स्वीकार या अस्वीकार गर्न मत माग्ने कुरा थियो।

    तर यसको तीन वर्षपछि, फेसबुकले नीतिहरुको एउटा नयाँ फेहरिस्त युजरहरुका समक्ष प्रस्तुत गर्‍यो। तर त्यसको नीतिबाट ज्यादै कम संख्यामा प्रभावित भएको पाइयो। यसमा सहभागी हुने ६ लाख ६७ हजार युजरहरु मध्येका ८८% ले त्यो फेहरिस्तविरुद्व मत दिएका थिए।

    त्यसपछि के फेसबुकले आफ्नो नयाँ नीतिलाई विनम्रतापूर्वक फिर्ता लियो? अहँ त्यसो गरेन। त्यसले भन्यो– ‘कम्पनीका युजरमध्ये ३०% भाग लिएका भए त्यसको परिणाम बाध्यकारी हुन्थ्यो त्यतिले भाग नलिएकाले फिर्ता गरिन्न।’ त्यतिखेर (सन् २०१२ को अन्तमा) फेसबुकका युजर ३० करोड भन्दा बढि थिए यति मत त सबैभन्दा जनसंख्या भएको लोकतन्त्र भारतको प्रधान मन्त्रिको पार्टीले त्यसबेला भएको आम निर्वाचनमा प्राप्त गरेको थियो। जे होस्, यस्तै तर्क राखेर फेसबुकले जनमत लिने अध्यायलाई पुरै बन्द गर्‍यो।

    यो घटनालाई गत महिनामा सम्झिइयो– जुनबेला विश्वका धनाढ्य एलन मस्कले ट्विटर पुरै आफ्नो नाममा सार्न प्रयाश गरेका थिए। सिक्योरिटीज एण्ड एक्सचेञ्ज कमिशनमा निवेदन दिदैं, मस्कले भनेका थिए– उनको मुख्य लक्ष्यहरु व्यापारिक छैनन्, राजनीतिक छन्। उन्ले तर्क दिए, वाक स्वतन्त्रता “एक कार्यशील लोकतन्त्रका लागि सामाजिक अनिवार्यता” हो। ट्विटरसँग “विश्वभरी वाक स्वतन्त्रताका लागि मञ्च बन्नसक्ने क्षमता छ” तर “यस सामाजिक अनिवार्यतालाई ट्वीटरले आजको स्वरूपबाट पुरा गर्दैन।” यसकारण यसलाई “एउटा निजी कम्पनीको रुपमा रूपान्तरित” गर्नुपर्ने आवश्यकता छ।

    जुकरबर्ग र मस्क जस्ता व्यक्तिहरु आकर्षणका विषय हुन्छन्। तिनीहरूको चरित्र, तिनीहरूको प्रतिभा, तिनीहरूको त्रुटिहरु – सबैलाई हेरेर तिनीहरुको छनोटबारे बुझ्न कोशिस गरिन्छ। जुनबेला मस्कले ट्विटरका लागि डाक बोले, त्यसबेलादेखि विभिन्न अटकलहरु हुन थाले: के उनलाई थाहा छ उनी के गर्दैछन्? के उनी हल्लावाज (ट्रोल) हुन् या क्रान्तिकारी? के उनले वाक स्वतन्त्रताको स्थितिमा सुधार गर्लान्? के उनले अनलाइन उत्पीडन र उग्रवादका बारेमा कुनै कदम चाल्लान्?

    यी प्रश्नहरु महत्वपूर्ण र चाखलाग्दा भएपनि, यस प्रकारका प्रश्नहरुले गहिरो मुद्दालाई अस्पष्ट गरिदिने वा लामो समयसम्म ओझेलमा पारिदिने सम्भावना हुन्छ। मूलतः शक्तिशाली टेक्नोलजीको भविष्यका लागि प्रमुख मुद्दा यो हो: के यीनिहरु अन्ततः आर्थिक संस्था हुन् जसलाई बजार सिद्धान्तहरु अनुसार संचालित गरिनु पर्छ, या के यीनिहरु यथार्थमा राजनीतिक प्रकृतिका हुन् र यसकारण जसलाई लोकतान्त्रिक मानदण्ड र सिद्धान्तद्वारा संचालित गरिनु पर्छ। दीर्घकालीनरुपमा, यस प्रश्नको हामीले दिएका उत्तरले विश्वभरीका लोकतन्त्रको मार्गलाई या त्यो भन्दा बढी कुनै घटनालाई महत्वपूर्ण रूपले प्रभावित गर्नेछ। चाहे मस्कले उनको “परमतत्ववादी वाक–स्वतन्त्रता” को अवधारणालाई बुझुन् या नबुझुन्।

    केही उन्नत लोकतन्त्रिक मुलुकहरु राजनीतिक/लोकतान्त्रिक विकल्प तर्फ लाग्दैछन्। बेलायतले एक ऐतिहासिक “अनलाइन सेफ्टी बिल” बारे छलफल गर्दैछ,  जसमा सोशल मीडिया प्लेटफर्महरुका लागि कडा कर्तव्य(शर्त)हरु राखिनेछ। जनरल डेटा प्रोटेक्शन रेगुलेशनमा छुट भएका कर्तव्यहरुलाई समेट्न यूरोपेली संघले नयाँ नियमहरुका सेटहरु नै तयार गरेको छ, जुन सेटमा आर्टिफिशियल इन्टेलिजेन्स एक्ट, डिजिटल सर्विसेज एक्ट, डिजिटल मार्केट (सम्बन्धी) एक्ट छन्। यी सबैले टेक फर्म (कम्पनी)हरुका शक्तिमा अंकुश लगाउनेछन्।

    “डिजिटल टेक्नोलजीको दायित्वशून्य शक्ति त्यसबेला अत्यन्त स्पष्ट हुन्छ जब कुनै  विशाल सोशल मीडिया प्लेटफर्मलाई एक व्यक्तिले हाकाहाकी राजनीतिक उद्देश्यहरुका लागि किन्छ।”

    क्यापिटोल हिलको उपद्रो हुँदासम्म, आश्चर्य छ कि, अमेरिका अरु सबै मुलुकहरु भन्दा धेरै पछाडि परिरहेको छ। अमेरिकी गणराज्य आदर्शहरुको एक व्यवस्था – गणतन्त्रात्मक आदर्शहरु – को जगमा स्थापना भएको थियो। ती स्वेच्छारी शक्तिहरुको संकेन्द्रिकरणका शत्रु हुन्। अपितु जापान, इज़राइल, क्यानाडा र यूरोपेली संघ जति पनि, अमेरीकाको संघ राज्यमा कुनै समान डेटा संरक्षण विनियम छैन। संसोधनका लागि हालै राखिएको प्रस्ताव – डेटा नीति, सोशल मीडिया प्लेटफर्म नियन्त्रित गर्ने कानून, एल्गोरिदमलाई नियन्त्रित गर्ने कानून – ले अमेरिका कांग्रेसमा पर्याप्त समर्थन पाउन पनि संघर्ष गर्दैछ।

    ऐतिहासिक परिप्रेक्ष्यमा, यो ज्यादै कौतुलमय छ। राज्यको अद्भुत शक्तिबारे सचेत हुँदाहुँदैपनि संविधान निर्माताहरुले सरकार नै स्वतन्त्रताको विरुद्वमा हाँक हुनसक्ने कहिलेपनि देखेनन्। उनीहरुले निजी शक्तिको संकेंद्रीत हुनुलाई अति खतरा भएको स्वीकार गरेका थिए। जेम्स म्याडिसन ले “केवल शासकहरुका उत्पीडनका विरुद्व समाजको रक्षा गर्न मात्र होइन; समाजको एक हिस्साले अर्को हिस्सामा गरेको अन्यायबाट बचाउन” सचेत गराएका थिए। त्यसको सय वर्षभन्दा पछि, थियोडोर रूजवेल्टले “संयुक्त राज्य अमेरिकाका नागरिकहरुले शक्तिशाली व्यापारिक शक्तिलाई जोडदारसँग नियन्त्रित गर्नुपर्ने हुन्छ” भनेर सजग गराएका थिए।

    स्वेच्छाचारी शक्तिप्रति शत्रुता सदियौंदेखिको अमेरिकी राजनीतिको धारणा रहिआएको हो। त्यसमाथि यो जुगौंदेखिको गणतन्त्रिक परम्पराको एक हिस्सा हो। रोमन गणराज्यका रोमनहरुले साम्राज्य का विरुद्व चेतावनी दिए: तिनीहरु भन्थे–राज्यको हातमा दायित्वविहिन शक्ति हुनु हुँदैन। यो भन्दा बाहेक, तिनीहरु प्रभुत्व देखि डराउँथे: तिनीहरु भन्थे – निजी व्यक्तिहरु र निगमहरुका हातमा दायित्वविहिन शक्ति हुनु हुँदैन। संयुक्त राज्य अमेरिका गणतान्त्रिक राजनीतिको परम्पराबाट विकसित भएको हो, जसको मूल प्राचिनकालसम्म पुग्छ। तर जब टेक्नोलजी उद्योगको कुरा आउँछ, त्यसबेला यस्तो लाग्छ कि ती शुरुआती आदर्शहरुले नै मार्गमा तगारो हालेका छन्।

    डिजिटल टेक्नोलजीको दायित्वविहिज शक्ति यस्तो बेला अत्यन्त स्पष्टताका साथ प्रकट भएको छ, जुनबेला कुनै एक ब्यक्तिले राजनीतिक उद्देस्यका लागि विशाल सोसल मिडिया प्लयाटफर्म किन्ने चर्चा भइरहेको छ। तर चुनौती मस्क वा सोसल मिडियामा सिमित छैन। यहाँ त्यो भन्दा धेरै ठूलो केही कुरा भइरहेको छ।

    यो सवालको प्रभाव सर्वव्यापी छ। अब ती दिन गए, जब हामी आफ्नो ल्यापटप बन्द गर्न सक्थ्यौं र एनालग संसारको सुरक्षा गर्नका लागि टेक्नोलजीबाट विश्राम गर्न खोज्थ्यौं। डिजिटल उपकरणहरुले अहिले साइबरस्पेस जत्तिकै हाम्रो वास्तविक संसार (meatspace) मा हामीलाई चारैतिर घेरेका छन्। हाम्रो जीवनकालमा नै, दैनिक चर्याका वस्तुहरु- घर, आधारभूत सुविधा, फर्निचर, अन्य उपकरणहरु – लाई सेन्सर र स्वचालित तथा प्रशोधन शक्तियुक्त बनाउन इन्टरनेटसँग जोडिदैं जानेछन्। साथसाथै यसरी थाहा नपाइकनै र लगातार तिनीहरुले हामीलाई घेर्न सक्षम हुनेछन्। जस्तो कि टेक्नोलजिस्ट ब्रूस श्नेयर भन्छन् – ‘पहिला के भनिन्थ्यो भने कम्प्युटरभित्र यी यी चिज (सुविधा) हरु हुन्छन्। अहिले हरेक चिज (सुविधा) हरुभित्र कम्प्युटर हुन सक्छन्।’

    डिजिटल प्रणाली अधिक सर्वव्यापी भइरहेको छ भन्न मात्र खोजिएको होइन। यो अधिक सक्षम भइरहेको छ भन्ने स्मरण दिलाउन खोजिएको हो। कृत्रिम बौध्दिक (एआई) बारे अतिशयोक्ति प्रचार भयो भन्ने आशंकालाई स्वीकार गर्दै, यो कुरा अकाट्य छ कि पहिला मानवले मात्र गर्ने भनिएका कामहरु गर्न कम्प्युटरको क्षमतामा बृध्दि भएको छ,– कुनै कुनै कुराहरुमा त मानवभन्दा बढी कुशलतापुर्वक गर्न सक्षम भइसकेका छन्। यो प्रवृत्ति उल्टिने सम्भावना छैन र तीव्र गतिमा बढ्ने देखिदैंछ।

    परिणामतः टेक्नोलजीहरुको बढ्दो क्षमता २१ औं सदीको हाम्रो जीवनका महत्वपूर्ण सहयोगीहरु बन्दैछन्। तिनीहरुले नै हाम्रा बढ्दै गएका कार्यहरु, अभिव्यक्ति र व्यवहारमा मध्यस्थता गर्छन्। आधारभूत सामाजिक वस्तुहरु – क्रेडिट, आवास, कल्याण, शैक्षिक अवसर, रोजगारी – हाम्रो पहुँचमा गुप्त योजना र रहस्यमय स्थानबाट तयारी गरिएका समाधानका नुस्का (algorithms) द्वारा निर्धारित हुने क्रम बढ्दैछ। कम्प्युटर कोड बजारको शक्ति, समुदायका परम्परा र राज्यका सरसुविधामा सामेल गरिएकाछन्। हामी डिजिटल संसारको जीवनको शुरुआती चरणमा छौं: अहिलेको संवेदनशील सामाजिक व्यवस्था जसले मानव जाति, शक्तिशाली मशीनहरु र ज्यादै जटिलतामा मडारिरहेको वेबका अनगिन्ति डेटामा जोड्छ।

    बुझ्न चाहने जोकोहीलाई पनि राजनीतिक अर्थ स्पष्ट छन्: जो सबैभन्दा शक्तिशाली डिजिटल टेक्नोलजीका मालिक छन् वा तिनलाई नियन्त्रण गर्छन्, उनीहरुले नै समाजका नियमहरु लेख्नेछन् । सफ्टवेर इञ्जिनियरहरु सामाजिक इन्जिनियर बन्दैछन्। डिजिटल नै राजनीतिक हो।

    हामीमात्र सामाजिक शक्तिको नयाँ स्वरुप उदाएको देख्ने पहिलो पुस्ता होइनौं। हरेक युगमा, कुनै एक समूहलाई अरुमाथि हावी हुनमा सक्षम बनाउने विचार र कलाकृतिहरुमाथि नियन्त्रण गर्न मानवजातिले संघर्ष गरेका छन्। विचार र कलाकृतिहरुलाई राजनीतिक सिद्धान्तकार माइकल वाल्जरले “महत्वपूर्ण वस्तु” (“dominant goods”) भनेका छन्। आजको यस युगमा डिजिटल टेक्नोलजी एक किसिमको “महत्वपूर्ण वस्तु” हो। यसले नै यो वस्तुका मालिक र नियन्त्रणकर्तालाई –राज्यको राजनीतिक या कानूनी प्रभाव क्षेत्र र यिनीहरुका पारम्परिक संयन्त्रहरु बाहिरको– सत्ता प्रयोग गर्न सक्षम बनाउँछ।  

    गहिराईमै जाने हो भने पनि, राज्यशक्ति आफैमा कुनै समस्या नै होइन बरू यो मानव समाजको एक स्थायी प्रवृति हो। तर राज्यशक्तिको उपयोग एउटा वैधानिक बिषय हो, यस्तो एउटा वैधानिक विषय जस्को आलोचना र अन्वेषण बैध हुन्छ। हामी निष्पक्ष भएर सोध्न सक्छौं के हामी हाम्रै सामू उदय भएको संसारका लागि बौद्धिक रूपमा तयार छौं। यसमा हामी राजनीतिक या कानूनी रूपबाट तयार छौं भनिरहन आवश्यक छैन। सत्ताको नयाँ स्वरुपले नयाँ राजनीतिक दृष्टिकोणको माग गर्दछ। कम्तिमा पुरानैका लागि पनि अनुकूलन गर्नु पर्ने माग गर्दछ।

    “सफ्टवेर इञ्जिनियरहरु सामाजिक इन्जिनियर बन्दैछन्। डिजिटल नै राजनीतिक हो।”

    डिजिटल टेक्नोलजीको चुनौतिहरुलाई प्रणालीगत दार्शनिक प्रतिक्रियाहरु दिने कुरामा अचम्मैसँग ढिला भएको महशुस हुन्छ। सन् ९० र २००० को दशकमा, इन्टरनेटको राजनीतिक दर्शनमाथि मुख्यतः साइबर-यूटोपियनवाद वा बेलगाम आर्थिक उदारवादको क्यालिफोर्नीयायी विचारधाराको दवदवा थियो। २०१६ पछि – खासगरी ट्रम्प र ब्रेक्जिटलाई रोजेपछि – नयाँ राजनीतिक विचारहरुको निकै पर हिमस्खलन भइरहेको आवाज सुनिन्थ्यो। तर त्यसपछि पुनः, ती मध्ये धेरै विचार त सामाजिक परिवर्तनको बृहत जंगलमा हराउँदै खास प्लेटफर्म, प्रोटोकल र प्रावधानहरुका रुखमाथि केन्द्रीत भएर रहस्यमय या कानूनीमात्र भए।

    राजनीतिको क्षेत्रमा, दार्शनिक स्पष्टता ल्याउन कडा मेहनत नगरी बाध्यकारी “समाधान” मा पुग्न स्वनिर्देशित र सुगम प्रवृत्ति देखिन्छ, तर त्यो परिणाममा अनुपयोगी हुन जान्छ। यस्तो प्रवृत्ति हुनुमा आंशिकरुपमा टेक्नोलजी परिवर्तनको गतिको कारणले हो। चिन्तन गर्नुलाई एक विलासिता जस्तै मानिन्छ। यस्तो सोच राख्नु वास्तवमा कुनै बहानाबाजी गरेको नहुन पनि सक्छ। तर कुरा के हो भने टेक्नोलजिकल नीति ल्याउन हतार गर्न सकिँदैन र केवल सुगमताको आधारमा ल्याउनु हुँदैन। आगामी दशकमा हामीले गर्ने निर्णयहरुको स्थायी राजनीतिक महत्व हुनेछ; पछिल्लो पीढीहरुले पछि फर्केर हेर्लान् र हामीले समाजलाई यस्तो बाटोमा किन स्थापित गर्‍यौं भनेर बुझ्लान्। निसन्देह, हामीले राजनीतिक नेताहरु दार्शनिक होउन् भनेर सधैं अपेक्षा गर्न सक्दैनौं, तर के सम्म अपेक्षा गर्न सक्छौं भने टेक्नोलजीकल शासन नीति संकट–व्यवस्थापन गर्ने आधारमा होइन खास सिधदान्तहरुद्वारा निर्देशित होओस्।

    यस सन्दर्भमा हामीले, बिस्तारै भएपनि, आउँदो शदीका लागि खिचिएका राजनीतिक युद्ध-रेखाहरुलाई देख्न सक्छौं। डिजिटल राष्ट्रवादीहरुले शक्तिशाली टेक्नोलजीलाई राष्ट्रको महानताको वाहक मान्छन्; डिजिटल उदारवादीहरु अधिकारहरु र सहमतिका धारणाहरु अनुसार डिजिटल संसारलाई व्यवस्थित गर्न चाहन्छन्; डिजिटल समाजवादीहरु सबैभन्दा शक्तिशाली टेक्नोलजीलाई साझा स्वामित्वमा राखेको हेर्न चाहन्छन्; डिजिटल स्वतन्त्रतावादीहरु डिजिटल क्षेत्रलाई पूर्ण बजारीकरण गरिनुपर्ने तर्क दिन्छन्, र सँगसँगै यसकै माध्यमबाट, पुरै समाज; इत्यादिलाई समेत। तर यी दृष्टिकोणहरुका रूपरेखा मात्र देखिइरहेका छन्।

    तर यस मामलामा डिजिटल गणतन्त्रवादीहरु कहाँ उभिएका छन्? गणतान्त्रिक हुनुको अर्थ हो –दायित्वविहिन शक्तिको संकेन्द्रीकरण हुनुलाई राजनीतिको प्रमुख–मुख्य समस्या मान्नु र त्यस दायित्वविहिनतामा कमी ल्याउनु कानूनको प्राथमिक उद्देश्य हो भनेर स्वीकार्नु हो।  गणतान्त्रिकका लागि, डिजिटल टेक्नोलजीले उव्जाएको चुनौती मस्क वा जुकरबर्गबाट होइन; यो विचार– जुन व्यक्तिहरुले टेक्नोलजीलाई नियन्त्रित गर्छन्, तिनीहरुले समाजलाई समेत आदेश गर्ने हैसियत प्राप्त गर्नेछन् भन्ने विचार हो।

    कुनैपनि डिजिटल गणराज्यमा, डिजिटल शक्तिको प्रयोगमाथि आवश्यक नियन्त्रण र सन्तुलन हुनु पर्छ। यी कामहरु प्रचलित उपायहरुद्वारा गर्न सकिन्छ: शक्तिशाली टेक्नोलजीका लागि प्रमाणीकरण प्रणाली; शक्तिशाली व्यक्तिहरुका लागि पेशासँगसम्बन्धित योग्यता र कर्तव्य निर्धारण; महत्वपूर्ण एल्गोरिथम प्रतिज्ञा (रहस्यमय स्थानबाट तयारी गरिएका समाधानका नुस्का) विरुद्व अपील गर्नसकिने व्यवस्था; उच्च जोखिमयुक्त उत्पादन र प्लेटफर्मका लागि अवलोकन र निरीक्षण प्रणाली। अन्य उद्योगहरुमा, यस प्रकारका उपाय सामान्य मानिन्छन् भने टेक्नोलजीमा यिनीहरुलाई विधर्मीका रुपमा हेरिएको छ।

    विगतका केही दशकदेखि, डिजिटल टेक्नोलजीलाई विकसित मात्र होइन, यसको बौद्धिक आयामभित्र नियमित पनि गरिदैंछ: त्यो आयाम भनेको बजार सर्वोपरिता। यस आयामभित्र, बजारलाई प्रवर्तन (इनोभेसन) को उत्पादक स्रोतको रुपमा मात्र होइन, बजारका सहभागीहरुको विश्वसनीय नियामकको रुपमा समेत हेरिन्छ। यस आयामको मान्यता छ– बजार  पारिस्थितिकीय प्रणालीलाई स्वतः सुधार गर्ने स्थल हो, जसबाट यसका सहभागीहरुका खराब ज्यादतीलाई नियन्त्रणमा राख्नका लागि भरोसा गर्न सकिन्छ।

    “प्रश्न यो होइन कि मस्क वा जुकरबर्ग आफ्नो कारोबार व्यवस्थापन गर्नमा शक्तिका साथ  ‘सही’ निर्णय लिन्छन् या लिदैंनन् – हाम्रो प्रश्न ,तिनीहरुले त्यस्तो शक्ति किन र कसरी पाए भन्ने हो।”

    टेक्नोलजीका बारेमा सोच्ने यस्तो तरीकाले उपभोक्ताको रोजाइ (त्यो रोजाइ भ्रामक नै किन नहोस्), सरकारी शक्तिप्रति शत्रुता (तर कर्पोरेट शक्तिका बारेमा दोहोरोमापदण्ड), र व्यक्तिगत जिम्मेदारी (सामूहिक भलाइलाई मतलव नगरी) मा बढी महत्व दिन्छ। संक्षेपमा, यसले डिजिटल टेक्नोलजीलाई बजारको नियमहरु र मानदण्डहरुद्वारा संचालित हुने मुख्यतः आर्थिक परिघटनाको रुपमा मान्छ, तर सम्बन्धित निकायका नियमहरु र मानदण्डद्वारा संचालित हुने राजनीतिक परिघटनाको रुपमा मान्दैन।

    डिजिटल गणतन्त्रबादी हुन पहिलो कदम चाल्नु भनेको डिजिटल युगको सबैभन्दा महत्वपूर्ण राजनीतिक युद्धमैदानहरुमा -अर्थशास्त्र र राजनीति बीच, पूंजीवाद र लोकतन्त्र बीच- हुनसक्ने तनावलाई पहिचान गर्नु हो। दोस्रो कदम भनेको तराजूको ढक एकातिर ज्यादै ढल्केको छ, र यसलाई कम्तिमा सन्तुलनमा ल्याउनु पर्छ भनेर बहसमा ल्याउनु हो।

    मस्कले ट्वीटरलाई एकल–स्वामित्वमा ल्याउने कुराले उठाएका प्रश्नहरु स्वभाविक रुपमा प्रणालीगत, वा संरचनात्मक छन्। मस्क वा जुकरबर्ग वा अरु कुनै व्यक्ति कुन दिन कुन समाचारहरुमा छाउन्, त्यसका आधारमा त्यसको पक्ष लिनु मूर्खता हुन्छ। तिनीहरु मध्ये भविष्यमा कसले के गर्छन् र कसले कसलाई विस्थापित गर्छन् या स्थापित हुन्छन्, हामी कल्पना पनि गर्न सक्दैनौं। यसैगरी अहिलेसम्म प्रवर्तन नभएका टेक्नोलजीमा कसको पकड हुनेछ, त्यो पनि हामी कल्पना गर्न सक्दैनौं।

    डिजिटल टेक्नोलजीको शक्तिमा अन्तरनिहित चुनौतिहरु छन्, जसले स्वतन्त्रता र लोकतन्त्रकाविरुद्व खतरा उत्पन्न गराउन सक्छन् – र यी चुनौतिहरुका बारेमा स्पष्ट रूपबाट कसरी सोच्नु पर्ने हो– अहिले हामी यतिमात्र जान्न सक्छौं या प्रयत्न गर्न सक्छौं। गणतान्त्रिकका लागि, प्रश्न यो होइन कि मस्क वा जुकरबर्गले आफ्नो कारोबार व्यवस्थापन गर्नमा शक्तिका साथ ‘सही’ निर्णय लिन्छन् या लिदैंनन् – हाम्रो कुरा यो हो कि तिनीहरुले त्यस्तो शक्ति किन र कसरी पाए भन्ने हो। मस्कले कसका लागि ट्वीट गरे नसोधौं; उनले आफ्नै लागि ट्वीट गरेका हुन्।

    मे २४, २०२२ को NOMEA बाट भावानुवाद तथा साभार।

    जेमी सुस्किण्ड “द डिजिटल रिपब्लिक: अन फ्रिडम एण्ड डेमोक्रेसी इन द 21st सेंचुरी” ( किन्नका लागि उपलब्ध) र “फ्यूचर पलिटिक्स: लिभिङ टुगेदर इन ए वर्ल्ड ट्रांसफर्म्ड बाइ टेक” (2018) का लेखक हुन्। उनी लण्डनमा रहेर कानुनी पेशा गर्छन्।

    यो पनि –

    फासीवादको नयाँ संस्करणः डिजिटल फासीवाद 

    एआई, लोकतन्त्र र विश्व व्यवस्था

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      जेमी सुस्किण्ड

      जेमी सुस्किण्ड

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.