Date
आइत, माघ १८, २०८२
Sun, February 1, 2026
Sunday, February 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

नेताहरुका नालायकी, भूराजनीतिक षडयन्त्र र बिचौलियातन्त्र नै आजका समस्याको ब्याड हो, त्यसको समाधान नगरिकन हामी शान्तिका साथ बाँच्न र भविष्यका बारेमा सोच्न सक्दैनौ । यो तितो, असाध्यै तितो यथार्थ हो, यसलाई स्वीकार गरौँ र भोलीका चुनौति सामना गर्न आफूलाई तयार गरौँ ।

घनश्याम भूसाल घनश्याम भूसाल
माघ ११, २०८२
- राजनीति, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ रु अथवा भदौ २३ र २४ का विध्वंशले आँत हल्लिएको यो मुलुकले आशा–भरोसाको बाटो भेटाउँछ रु यस्ता प्रश्नबारे चर्चा भएको छैन । धेरैलाई लाग्न सक्छ अहिले त्यस्ता प्रश्न गर्ने बेला भएको छैन ।

    दुर्भाग्यवश, यथार्थ के हो भने हामी सङ्कटको धेरै लामो सुरुंगमा पसिसका छौं। चुनावले पनि हाम्रा दुर्दिन टार्दैन । आन्तरिक राजनीति र भूराजनीतिका अरु धेरै धक्काहरु हामीले ब्यहोर्नै पर्नेछ । त्यसैले यसबारे छलफल गर्नु आवश्यक छ । दुई मुख्य कारणले गर्दा यो निर्वाचनले हामीलाई निकास दिँदैन । पहिलो, भदौ २३ र २४ गतेका घटना र त्यसको राजनीतिसँग सम्बन्धित छ । २३ गते जेन्जीको आन्दोलन भयो । वानेश्वर पुगेपछि जुलुसको नेतृत्व अरुले नै गर्न थाले । संसद भवनमा तोडफोड सुरु भयो । सरकारले कलिला छोराछोरीमाथि गोली चलायो । २४ गते देशभरी आगजनी भयो । प्रधानमन्त्रीको समेत भागाभाग भयो । पूर्वप्रधानन्यायाधिशको नेतृत्वमा सरकार बन्यो । संसद विघटन भयो । फागुनमा चुनाव हुँदैछ । घटनाक्रम यही हो । यसलाई कमरेड ओली र अरु केहीले हाम्रो व्यवस्था विरुद्ध देशी–विदेशी षडयन्त्र हो, केवल षडयन्त्र हो भनेका छन् ।रास्वपा र अरु केहीले त्यसलाई केवल पुराना पार्टी र नेताहरुको नालायकी हो भनेका छन् । पर्दा अगाडिका घटना–सन्दर्भ यिनै हुन् । तर पर्दा पछाडिका तथ्य गम्भीर छन्, मुख्य छन् ।

    एउटा तथ्य के हो भने पुराना पार्टीका केही नेताहरुले आफ्ना पार्टीलाई बन्धक बनाए, राज्यलाई सत्ता भोगको खेलौना बनाए, राजनीतिक मूल्य, नैतिकता, दायित्वमाथि बेपर्बाह जुवा खेले, त्यसबाट समाजमा असन्तुष्टि र आक्रोश बढ्दै गयो र त्यो आक्रोश जेन्जीका नाममा सडकमा आयो । यो तथ्यलाई स्वीकार नगर्नेहरुले भदौ २३ र २४ का घटनालाई केवल देशी–विदेशीको षडयन्त्र हो भनेका छन् । उनीहरु आफ्ना नालायकीलाई लुकाउन, जनतालाई फेरि मूर्ख बनाएर फेरि चुनाव जित्न चाहान्छन् । फेरि सत्ताभोग गर्न चाहान्छन् ।

    अर्को, हाम्रो भूराजनीतिक अवस्था असाध्यै संवेदनशील छ । स्वाधिनता र लोकतान्त्रिक स्थिरताका साथ समृद्ध बन्ने हामी नेपालीको आकाङ्क्षामाथि भूराजनीतिक शक्तिहरुले खेल्ने गरेका छन्, राज्य र राजनीतिमा आफ्ना मान्छे फिट गरेर हामीलाई लडाइरहन अनेक तरिकाले लगानी गरेका छन् । भदौ २३ र २४ को विध्वंशमा पनि तिनीहरुको हात थियो । त्यो नेपाली नागरिकले गर्ने, गर्न सक्ने कुरै होइन । यो तथ्यलाई स्वीकार नगर्नेहरुले यो मुलुक भूराजनीतिक षडयन्त्रको रणमैदान भएको देख्न चाहान्छन् । जसले दिन दहाडै हाम्रो सार्वभौमिकतामाथि आक्रमण भएको देख्दैन भने के देख्छ रुआजको राजनीतिमा त्यसको अर्थ के हो ? एकथरीले खुल्लमखुल्ला आफ्ना नालायकीका लागि भोट मागिरहेका छन् भने अर्काथरीले भूराजनीतिक चलखेलको पक्षमा भोट मागि रहेका छन् । यिनीहरुमध्ये जसले जिते पनि मुलुकको दुर्गति नै हुनै हो । यस्तो ज्वलन्त विषयमा छलफल गर्न ढिलो भैसकेको छ ।

    दोश्रो विषय दीर्घकालीन, ऐतिहासिक र आधारभूत सङ्कटको छ । यो सङ्कटबारे मैले गएको २० वर्षदेखि लेख्दै/बोल्दै आएको छु । हाम्रा उद्योग नचल्ने, हाम्रा छोराछोरी बेरोजगार हुने, काम खोज्न विदेसिनु पर्ने, एकपछि अर्को राजनीतिक सङ्कट आइरहने, समाज अस्थीर भइरहने किन हुन्छ ? उद्यम नगर्ने, रोजगारी नबढाउने विचौलिया कसरी सबैभन्दा ठूला पुँजीपति बन्छन् ? रोजगारी सिर्जना गर्ने उद्यमीहरु किन उठ्न सक्दैनन् ? विचौलियाहरुका हातमा पार्टी, राजनीति, न्यायाधिश, सांसद कसरी बेचिन्छन् ? व्यवस्था फेरिन्छ, नेता फेरिन्छ तर बिचौलियाको हालीमुहाली किन फेरिन्न ? यस्ता विषयमा छलफल गर्दै आएको छु । मुलुकलाई यस्तो दुस्चक्रमा फसाउने राजनीति र अर्थतन्त्रको लगनगाँठोलाई मैले दलाल पुँजीवाद भनेको छु । त्यसैलाई अहिले विचौलियातन्त्र पनि भन्न थालिएको छ । यो गाँठो नचुँडाल्दासम्म मुलकले एकपछि अर्को धक्का खाइरहन्छ । त्यस्तो धक्काले मुलुक घाइते भएपछि राजनीतिको रङ्गमञ्चमा एउटा जखमले आउँछ र यो सबै मैले ठिक पार्छु भन्छ । निराश, आक्रोसित र व्यथित हामी नेपाली सबै कुरा बिर्सेर त्यसका पछाडि लाग्छौँ । जयजयकार गर्दागर्दै हामीले पत्तै नपाउँदै त्यसले हामीलाई फेरि सङ्कटको अर्को भित्तमा ठोकाइ सकेको हुन्छ । त्यसलाई गाली गर्दै हामीले फेरि अर्को जखमले खोज्न हिँड्छौँ । त्यसैका पछाडि लाग्छौँ । यही कुरा किन दोहोरिइरहन्छ ?

    सम्झौँ त कमरेड प्रचण्डको प्रतापले माओवादीका नाममा यो देश कसरी जुर्मुराएको थियो १ कमरेड प्रचण्डसँग के थिएन ? सबैथोक थियो । उनीसँग केवल विचौलियातन्त्रको मोहिनीसँग जोगिने सङ्कल्प थिएन । त्यसको महँगो मूल्य माओवादीले तिर्‍यो, अझैसम्म तिर्दैछ । कमरेड ओली इतिहासमा सम्भवतः लोकप्रियताको सर्वश्रेष्ठ उदाहरण थिए । सपनाको कुरा गर्न उनी माहिर थिए । उनीसँग केवल बिचौलियातन्त्रसँग लड्नु पर्ने विपना थिएन । ओलीजी कहाँ थिए आज कहाँ छन् सबैलाई थाहा छ । अहिले पनि कमरेड ओली र प्रचण्डमा सत्ताको कुलत गएको छैन । सत्ताको कुलत कति डरलाग्दो हुन्छ भन्ने कुरा देउवाजीले देखाएका छन् । ५ पटक प्रधानमन्त्री भएको व्यक्ति, दिन दहाडै घिसारिँदै छ, कुटिँदै छ, सारा राज्य/समाज रमिता हेरिरहेको छ, तिनै देउवाजीले काङ्ग्रेसको कुर्ची नछोड्न अन्तिमसम्म कति मरिहत्ते गरे । कमरेड ओली र प्रचण्डका सबै अवसर र प्रयोग असफल भइसकेका छन्, तर असफलता र नालायकीको धीत मरेको छैन, राजनीतिको केन्द्रमै छन् । यस निर्वाचनमा यिनीहरु पनि मुख्य शक्तिका रुपमा प्रतिस्पर्धा गर्दैछन् ।

    रवि र बालेन यो निर्वाचनका अर्का मुख्य पात्र हुन् । यिनीहरु विचार, सिद्धान्त, इतिहास, समाज, तर्क, विज्ञान सबैसँग बेखवर छन् । तिनका लागि समाजवाद पुँजीवाद एउटै हो, धनी गरीब उस्तै हुन्, सुशासन/कुशासन आफै हुन्छ । यिनका डिक्सनरीमा ती शब्दै छैनन् । त्यसैमा उनीहरुलाई गौरव छ । यिनले जानेको एउटै कुरा हो पुरानो सबै खराब हो नयाँ सबै राम्रो हो । के गर्छौ भनेर तपाईँले उनीहरुलाईसोध्नु भयो भने ‘देश बनाउँछु’ भन्छन्, कसरी बनाउँछौँ भन्यो भने जसरी बन्छ त्यसरी बनाउँछौँ भन्छन् । ओली, देउवा र प्रचण्डहरुले समाजमा रोपेको आक्रोश, घृणा, असन्तुष्टि उनीहरुको सबैभन्दा ठूलो योग्यता हो । समयको खेल हो, यो चुनावमा एउटा बलियो र मुख्य शक्ति यिनीहरु हुन्, रास्वपा हो । त्यसबाहेक यो निर्वाचनको अर्को मुख्य शक्ति नेपाली काङ्ग्रेस हो ।

    केही दिन पहिले नेपाली काङ्ग्रेसले आफुलाई पुनर्गठन गरेको छ । राष्ट्रिय/अन्तरराष्ट्रिय चर्चाका साथ गगन र विश्वप्रकाश नेतृत्वमा आएका छन् । देउवाका नालायकीको भारी बोकेर जनताको घरदैलोमा जानु पर्ने अपमानबाट नेपाली काङ्ग्रेस बचेको छ । तर यो अर्कै नेपाली काङ्ग्रेस होइन, हामीले जानेकै काङ्ग्रेस हो, पुरानै काङ्ग्रेस हो, जुन काङ्ग्रेसले दलाल पुँजीवादलाई आधुनिक सिद्धान्त र कार्यक्रम दिएको थियो । यो नयाँ नेतृत्वको विरोधाभाष के छ भने यसले विचौलियातन्त्र वा दलाल पुँजीवाद चिन्छ । तर चिन्छु भन्न सक्दैन । देउवा फेरेकोमा गौरवान्वित छ तर देउवाकै विचार, सिद्धान्त र सङ्गठनले नेपाललाई समृद्ध बनाउने कुरा गर्छ ।

    यसरी हेर्दा, बिचौलियातन्त्रलाई हेर्ने/बुझ्ने दृष्टिकोणका हिसाबले यी मुख्य पार्टीका भाषा र मात्रामा फरक होलान् तर व्यवहारिकरुपमा ती सबै एकै हुन् । जेन्जी आन्दोलन र विध्वंशको धक्कापछि पार्टीहरुलाई सच्याउन र मुलुकको जिम्मेवारी बोक्न सक्ने गरी पुनर्गठन गर्न ठूलो अवसर थियो । त्यस्तो पार्टीालाई मैले साङ्केतिक भाषामा घुस नखानेहरुको पार्टी भन्ने गरेको छु । घुस नखाने पार्टी भनेको घुस नखाने विचार, घुस नखाने सिद्धान्त, घुस नखाने राजनीति र घुस नखाने सङ्गठन भनेको हो । त्यो अवसर हामीले गुमाइसकेका छौँ । त्यसको परिणाम मुलुकले भोग्ने नै भयो । अर्थात्, चुनावको परिणामले पनि समाधान नदिने नै भयो ।

    नेताहरुका नालायकी, भूराजनीतिक षडयन्त्र र बिचौलियातन्त्र नै आजका समस्याको ब्याड हो, त्यसको समाधान नगरिकन हामी शान्तिका साथ बाँच्न र भविष्यका बारेमा सोच्न सक्दैनौ । यो तितो, असाध्यै तितो यथार्थ हो, यसलाई स्वीकार गरौँ र भोलीका चुनौति सामना गर्न आफूलाई तयार गरौँ ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      घनश्याम भूसाल

      घनश्याम भूसाल

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.