Date
शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026
Friday, February 13, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सल्किन नपाओस् धरानको झिल्को!

सबै विभेद र सामाजिक समस्यालाई हल गर्दै हामी अझ सहिष्णु, अझ धेरै विज्ञानमा निर्भर समाज निर्माणमा अघि बढौं। यो विषाक्त हावा हाम्रो समाजको सहिष्णुतामा घोलिन नपाओस्। अब सल्किन नपाओस् धरानको झिल्को !

रोहेज खतिवडा रोहेज खतिवडा
भदौ ९, २०८०
- यो हप्ता, विमर्शका लागि, समाज, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मनसुनको सिजन छ। बंगालको खाडीबाट भारत हुँदै आउने हावाले लगातार पानी परिरहेको छ। जलवायु परिवर्तनमा चासो राख्ने वैज्ञानिकहरू भन्छन्- आजकाल मनसुनी हावा पहिलेजस्तो छैन। पहिलेजस्तो सबैतिर बिस्तारी-बिस्तारी पानी पर्दैन। अहिले त कुनै ठाउँ सुख्खा हुन्छ, कुनै ठाउँमा आरीघोप्टे पानी पर्छ। यस्तो झरीले विनाश निम्त्याउँछ।

    मनसुन आउने बाटो नै भनौं न, हामी कहाँ राजनीतिको हावा पनि दक्षिणबाटै आउँछ। दक्षिणतिर यतिबेला वितृष्णाको विषाक्त हावा चलिरहेको छ। राजनीतिशास्त्रका बुझक्कडहरू भन्छन्- यस्तो हावा नेपाल पनि प्रवेश गर्दै छ। यस्तो हावाले समाजमा डढेलो लगाउन सक्छ।

    अहिले धरानमा सामाजमा डढेलो लगाउने झिल्को देखापरेको छ। त्यो झिल्को सल्किन नपाओस्, त्यसलाई त्यहिँ निभाऔं।

    हजारौं वर्षको इतिहासमा, हाम्रो देशमा साम्प्रदायिक वा धार्मिक दंगा भएको रेकर्ड छैन। विविधताबीच पनि धार्मिक सहिष्णुता कायम भएको मुलुकमा रूपमा हामी गर्व गर्न सक्छौं। हाम्रो जनसंख्याको बनोटले पनि हामीलाई एकअर्काप्रति उदार र सहिष्णु बनाएको छ। मर्दापर्दा परदेशको स्वधर्मी होइन, अर्को धर्म संस्कृति मान्ने भए पनि छिमेकी नै चाहिन्छ भन्ने हामीले सयौं वर्षअघि नै बुझेको कुरा हो। जुनसुकै धर्म वा संस्कृति मान्ने भए पनि हामी छिमेकीको मलामी खोलामा जान्छौं र चितामा दाउरा चढाउँछौं। हामी डाँडामा पनि जान्छौं र चिहानमा माटो पनि थप्छौं। आम मानिसका रूपमा एकअर्काविरूद्ध हामी कहिल्यै असहिष्णु भएनौं।

    यो सहिष्णुताको अर्को पाटो छ। मूलत: नेपाल एकीकरणकै समयदेखि जनसंख्याको एक तिहाई हिस्सा ओगट्ने जनजाति समुदायले राज्यबाट बहिष्करण र सांस्कृतिक अतिक्रमण झेलिरहेको छ। बहिष्करण र सांस्कृतिक दमनविरूद्ध यो समुदायले कुनै न कुनै रूपमा संघर्ष गरिरहेको छ। उनीहरूले यो संघर्ष आम हिन्दू वा आम क्षेत्रीबाहुन समुदायविरूद्ध नभएर राज्यको नीतिसँग हो भन्ने पहिल्यै बुझिसकेका छन्। त्यसैले, बहिष्करणको हल गर्दै आफ्नो सांस्कृतिक अधिकार रक्षाका लागि उनीहरूले गर्ने संघर्ष सधैं राजनैतिक रह्यो, कहिल्यै यसले साम्प्रदायिक स्वरूप ग्रहण गर्न पाएन। त्यसैले, यो सहिष्णुताको गर्व हामीले त्यसै पाएका छैनौं, राज्यबाट बहिष्करण र सांस्कृतिक दमन सहेर अल्पसंख्यकले जोगाइल्याएको सहिष्णुता हो यो। यसमा वर्चश्वशाली भनिएको समुदायको उदारतापूर्ण व्यवहारले पनि यो सहिष्णुतालाई बलियो बनाएको छ।

    जनजाति, दलित र मधेशी समुदायले भोगेको विभेदविरूद्ध भएका संघर्षमा उनीहरू एक्लै हुन परेन। वर्चश्वशाली समुदायका मानिसहरू सधैं नै उनीहरूसँग उभिएका छन्। खासगरी पञ्चायतकाल र त्यसपछि पनि नेपालका वामपन्थी पार्टीहरूले यस्तो विभेदविरूद्ध आवाज बुलन्द पारिरहे। नेकपा(माओवादी)को सशस्त्र युद्धमा पनि यही वहिष्करण र राज्यले गर्ने सांस्कृतिक विभेद अन्त्य गर्नु पर्ने माग केन्द्रमा थियो। यो हिंसात्मक संघर्षको नकारात्मक पक्ष धेरै होलान् तर यी मुद्धालाई संविधान निर्माणको थलोसम्म ल्याइपुर्‍याउन निर्णायक भूमिका खेल्यो। यसबाट धेरै सकारात्मक उपलब्धि पनि भएका छन्। यो आन्दोलनको मूल नेतृत्व नै वर्चश्वशाली समुदायबाट नै आएको थियो भने यो समुदायका धेरै मानिसहरूले प्राणको आहुति दिएका छन्। आज पनि बहिष्करण र सांस्कृतिक दमनविरूद्ध वर्चश्वशाली समुदायका मानिसहरू बोलिरहेकै छन्। यसले हाम्रो सहअस्तित्व र सहिष्णुतालाई अझ बलियो बनाउँदै लगेको छ। त्यसैले, विविधतायुक्त भए पनि हामी अभिन्न छौं।

    बहिष्करण र सांस्कृतिक दमनविरूद्ध यो समुदायले कुनै न कुनै रूपमा संघर्ष गरिरहेको छ। उनीहरूले यो संघर्ष आम हिन्दू वा आम क्षेत्रीबाहुन समुदायविरूद्ध नभएर राज्यको नीतिसँग हो भन्ने पहिल्यै बुझिसकेका छन्। त्यसैले, बहिष्करणको हल गर्दै आफ्नो सांस्कृतिक अधिकार रक्षाका लागि उनीहरूले गर्ने संघर्ष सधैं राजनैतिक रह्यो, कहिल्यै यसले साम्प्रदायिक स्वरूप ग्रहण गर्न पाएन। त्यसैले, यो सहिष्णुताको गर्व हामीले त्यसै पाएका छैनौं, राज्यबाट बहिष्करण र सांस्कृतिक दमन सहेर अल्पसंख्यकले जोगाइल्याएको सहिष्णुता हो यो।

    जनआन्दोलन र त्यसबाट बनेको संविधानबाट बहिष्करण र सांस्कृतिक अतिक्रमणका मुद्धालाई सम्बोधन गर्न हामीले समावेशीकरण, धर्म निरपेक्षता र संघीयतामा जाने निर्णय गर्‍यौं। खासगरी यसले बहिष्करणको समस्यालाई हल गर्न पर्याप्त नभए पनि एकहदसम्म प्रभावकारी भूमिका खेलिरहेको छ। ठीक यतिबेलै संसारभरी दक्षिणपन्थी राजनीतिको लहर चल्यो। हाम्रो छिमेकी मुलुकमा धार्मिक राजनीति उत्कर्षमा पुग्यो। अल्पसंख्यक धार्मिक समुदाय विरूद्ध घृणाको राजनीति उत्कर्षमा पुग्यो। यसको हावा अहिले हाम्रो मुलुकमा आइरहेको छ। धार्मिक अतिवादको उन्माद बिस्तारै बढ्दै छ। नेपालमा पानी धमिलो बनाउने र त्यसमा माछा मार्ने प्रयत्न भइरहेको छ।

    माओवादी सशस्त्र युद्ध, जनआन्दोलन र संविधानसभाबाट प्राप्त उपलब्धिहरूको ‘साइड इफेक्ट’ पनि रह्यो। पञ्चायतकालदेखि नै फैलिरहेको धर्म परिवर्तन गराउने लहरले अझ व्यापकता पायो। मानिसका घर-घरमा पुगी अनेक प्रलोभन देखाएर धर्म परिवर्तन गराउनु संविधान विपरित छ। यसलाई नियमन र नियन्त्रण गर्न राज्यले खुट्टा कमाइरह्यो र नदेखे झैं गरिरह्यो। यसले धार्मिक अतिवादीहरूलाई मसला दिइरह्यो। मणिपुरमा सल्किएको हिंसाको आगोबाट हामीले बेलैमा सतर्क हुनु जरूरी छ, धर्म परिवर्तनको यो लहरले हामीलाई कुनै न कुनै दिन समस्याको खाल्डोमा हाल्ने नै छ। तर, यो समस्यामा प्रश्न गर्दा हामी संवेदनशील हुनु जरूरी छ। प्रलोभनमा परेर होस् वा प्रभावमा परेर, धर्म परिवर्तन गरिएका आम मानिसविरूद्ध प्रवाह भइरहेको घृणाको सन्देश गलत छ। असंवैधानिक रूपमा भइरहेको धर्म परिवर्तन रोक्न हामीले राज्यलाई प्रश्न गर्नु र जिम्मेवार बन्न दबाव सिर्जना गर्नुपर्छ। यसलाई नियन्त्रण गर्ने उपाय धर्म निरपेक्षताको हाम्रो मर्मलाई सही रूपमा कार्यान्वन गर्नु र यसलाई अझ बलियो बनाउँदै लैजानु नै हो।

    जहाँसम्म गोमांशको कुरा छ, जनजातीय समुदायको संस्कृति हो भन्ने कुरा हामीले बिर्सनु हुँदैन। नेपाल एकीकरणको अवधिसम्म उनीहरूले निर्बाध रूपमा यसलाई उपभोग गरिरहेका थिए। यसलाई नियन्त्रण गर्न शाहवंशीय राजतन्त्र र राणाशासनको अवधिमा अनेकन आदेश थोपरिएका थिए, यो सांस्कृतिक अतिक्रमण हो। यसलाई आज हामीले सच्याउँदै सबैको संस्कृतिको सम्मान गर्नु आवश्यक छ। ओल्लो, पल्लो, माझ किरात र लिम्बुवानमा त्यहीबेलादेखि उनीहरूले आफ्नो सांस्कृतिक अधिकारका लागि संघर्ष गर्दै आएका छन्। धरानमै गोमांश उपभोग कुनै नयाँ कुरा होइन। तर, यो कुरामा त्यहाँका हिन्दू धर्मावलम्बीहरूले कहिल्यै आपत्ति जनाएका छैनन् न त यो संघर्षलाई आम हिन्दू विरोधी रङ दिने प्रयत्न नै भएको छ। जनजाति समुदायको यो संघर्ष राज्यले गरेको विभेदविरूद्ध छ, त्यसलाई सच्याउन उनीहरूले माग गरिरहेका छन्।

    जनजाति समुदायको यो माग सम्बोधन हुँदा हिन्दू धर्ममा प्रहार हुँदैन। धर्म हामीले व्यक्तिगत दायरामा पालन गर्ने कुरा हो। हामी सबै आफ्नो धर्म मान्न स्वतन्त्र छौं। बरू, उनीहरूको सांस्कृतिक अधिकार रक्षाका लागि हामीले समेत पहल गर्नु आवश्यक छ। यसले आपसी सम्बन्ध र सहिष्णुतालाई अझ बलियो बनाउँछ। यही बहानामा धर्म परिवर्तनको अभियान चलाउनेहरूलाई एउटा जवाफ पनि हुन्छ।

    राज्यको विभेदविरूद्ध आवाज उठाउँदा पनि हामीले संवेदनशील हुनु आवश्यक छ। हिन्दु धर्म मान्ने आम मानिसविरूद्ध हो भन्ने सन्देश प्रवाह भयो भने यो संघर्ष सही दिशामा जाँदैन। जति गोमांश किरात/बोनको साँस्कृतिक अधिकार हो, गहुँतको प्रयोग पनि हिन्दूहरूको उस्तै सांस्कृतिक महत्वको कुरा हो। हामीले आफ्नो अधिकार खोजि गर्दा अरूको आस्था र संस्कृतिमाथि प्रहार हुन्छ कि भनेर संवेदनशील बन्नु जरूरी छ। अतिवादको खेतीबाट राजनीतिको रोटी सेक्नेहरूले यसलाई साम्प्रदायिक वा धार्मिक रङ दिन खोज्छन्। धरानमा यही भइरहेको छ।

    धरानले भनोस्, हाम्रो समाजमा कुनै अतिवादलाई ठाउँ छैन। हामी मिलेर हाम्रा समस्याहरू आफैं सल्टाउन सक्छौं। हाम्रा समस्याहरूको हल हामी राजनीतिक रूपमा खोज्छौं।

    धरानले भनोस्, यो विषाक्त डढेलो लागेपछि निभ्न गाह्रो छ त्यसैले हामी यो आगो सल्किन दिँदैनौं।

    सबै विभेद र सामाजिक समस्यालाई हल गर्दै हामी अझ सहिष्णु, अझ धेरै विज्ञानमा निर्भर समाज निर्माणमा अघि बढौं। यो विषाक्त हावा हाम्रो समाजको सहिष्णुतामा घोलिन नपाओस्। अब सल्किन नपाओस् धरानको झिल्को !

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      रोहेज खतिवडा

      रोहेज खतिवडा

      खतिवडा नेपाल रिडर्सका संवाददाता हुन्।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.