Date
शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026
Friday, February 13, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेकपा एमाले धुलो टक्टक्याएर भएपनि अगाडि बढ्छ

हामी विभाजन होइन, जतिसक्दो पार्टीलाई एकता र करेक्सन गर्दै अगाडि बढ्नुपर्छ। के विभाजन हुनेबित्तिकै अन्तर्विरोध सकियो त? एमालेका हाइ प्रोफाइल नेताहरूले अर्को दल दर्ता गर्ने बित्तिकै के कम्युनिष्ट आन्दोलनभित्रका अन्तरविरोध समाप्त भयो? के अब यो विभाजन हुने बित्तिकै नेकपा एमाले सुध्रेर अगाडि बढ्यो त? नयाँ नामको दल खडा गर्ने बित्तिकै कम्युनिष्ट आन्दोलनभित्रका सारा समस्या समाधान भए?

निरज आचार्य निरज आचार्य
भदौ १७, २०७८
- राजनीति, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    लामो समयदेखिको अन्तरसंघर्षकाबीच नेकपा एमाले विभाजित भएपछि अब कम्युनिष्ट आन्दोलनको भविष्य कस्तो हुन्छ भन्ने प्रश्न उठेको छ। गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि नेकपा विभाजन भएसँगै नेपालको कम्युनिष्ट आन्दोलनमा पलाउँदै गरेको आशा निमोठिएको थियो। त्यस फैसलापछि पूर्ववत् अवस्थामा पुगेको नेकपा एमाले समेत टुक्रिएपछि आम जनता तथा कार्यकर्तामा निराशाको तह झनै बढेको छ। अब नेकपा एमाले र कम्युनिष्ट आन्दोलन कसरी अगाडि बढ्छ भन्ने विषयमा एमाले केन्द्रीय सदस्य निरज आचार्यसँग प्रकाश अजातले गरेको यो कुराकानीः

    अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रतिगमनविरुद्ध संघर्ष गर्दै आउनुभएका तपाईंहरू आफूसँगै अघि बढेका नेतालाई समेत छोडेर ओलीकै पाउमा समर्पित हुनुभएको हो ?

    हामी केपी ओलीको पाउमा समर्पित भएका होइनौं। हामी हिजो पनि नेकपा एमाले थियौं र आज पनि एमाले नै छौं। हामी नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनले पारित गरेका पार्टीको विधान, नीति र नियमावलीहरूलाई आत्मसात् गरेर निरन्तर अघि बढेका हौं। हिजोका दिनमा पार्टी अध्यक्षले पार्टीको विधि, पद्धति र प्रणालीलाई हस्तक्षेप गरेर अगाडि बढेका हुनाले यसको विरोधमा हामीले पार्टीभित्र अन्तर्संघर्ष गरेका हौँ। यद्यपि पार्टीभित्रको अन्तरसंघर्ष जारी रहन्छ।

    पार्टी ठिक ढंगले अगाडि नबढ्दासम्म अन्तर्विरोध रहनु स्वभाविक हो। तर यो अन्तर्विरोध नेकपा एमालेलाई विभाजित गर्नका लागि सिर्जित भएको थिएन। अन्तरविरोधका केही विषयहरू थिए। पार्टीका अध्यक्षले पार्टीको विधान उल्लघंन गर्नुभयो, पार्टीलाई विधान सम्मत चलाउनुभएन र पार्टीका आम नेता तथा कार्यकर्तालाई जिम्मेवारी दिने कुरामा पहलकदमी लिनु भएन। अध्यक्षको यो प्रवृत्तिविरुद्ध अन्तर्विरोध सुरु भएको थियो। यो अन्तर्विरोध अगाडि बढ्दै जाने क्रममा हामी निकै टाढा पुग्यौं। टाढा पुग्दै गर्दा पनि पार्टी नेतृत्वलाई नैतिकताको दबाब दिएर प्रणालीलाई सच्याउनु थियो।

    के प्रणाली सच्याउन तपाईंहरू सफल हुनुभयो त?
    पार्टी पूर्ण रुपमा प्रणालीमा नफर्किदै पार्टी नै छोडेर अर्को पार्टी गठन गर्ने कुरा गलत छ। स्वभाविक रुपले पछिल्लो समय पार्टी प्रणालीमा फर्कियो त भन्ने प्रश्न आउँछ। पार्टी सम्पूर्ण रुपले प्रणालीमा फर्किएको छैन, तर मूलभूत रुपले प्रणालीमा फर्किएको मान्नुपर्छ।

    गत फागुनको २३ गते सर्वोच्च अदालतको फैसलाले नेकपाको विभाजन गरायो र नेकपा माओवादी र नेकपा एमालेले अलग अलग पार्टीका रुपमा भूमिका निर्वाह गर्नुपर्ने परिस्थितिको निर्माण भयो। हामीले एमालेलाई अदालतले फैसला गरे बमोजिम २०७५ साल जेठ २ गतेमा फर्काउनुपर्ने कुरा गर्‍यौं। २०७५ जेठ ३ गतेका दिन पार्टी विघटन गरेर माओवादीसँग एकता भएकाले अदालतको फैसला बमोजिम त्यो भन्दा पूर्ववत अवस्थामा फर्किनुपर्ने र त्यहाँबाट एमालेलाई अगाडि बढाउनुपर्ने थियो।

    तर त्यो कुरा अध्यक्षले मान्नुभएन र फागनु २८ गते उहाँले आफूपक्षीय बैठक राखेर एकलौटी निर्णय गरेर अगाडि बढ्नुभयो। हामी त्यो निर्णयको विरोधमा थियौं। हामीले एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने र त्यसयता गरिएका सम्पूर्ण एकलौटी निर्णयहरु खारेज गर्नुपर्ने गरी दुईवटा माग राखेका थियौं। यो पछिल्लो अन्तर्विरोधको कडी थियो। यी माग आधारभूत रुपमा हल भएका छन्। नेकपा एमाले जेठ २ को अवस्थाबाट सञ्चालन हुने भयो।

    यसभन्दा अघिको थोरै पृष्ठभूमि भन्न चाहेँ। सर्वोच्चको फैसलापछि पनि पार्टीलाई जेठ २ को अवस्थामा फर्काउन अध्यक्षले नमानेपछि कमरेड माधवकुमार नेपाल र झलनाथ खनालको नेतृत्वमा चैतको ५ र ६ गते राष्ट्रिय भेलाको आयोजना गरियो। त्यो भेलामा हामीले प्रष्ट भाषामा भनेका थियौंः हामी एमालेलाई एकताबद्ध बनाउन चाहन्छौँ, नवौं राष्ट्रिय महाधिवेशनबाट पारित पार्टीको विधि, पद्धति र विधान बमोजिम पार्टी सञ्चालन गर्न चाहन्छौँ र एमालेको संगठनात्मक संरचना विधान बमोजिम अगाडि बढाउन चाहन्छौं। हामीले यो पनि भनेका थियौं कि यसबाहेक हामी कुनै पनि सम्झौता गर्दैनौं, अध्यक्ष ओली आफ्नो अडानबाट पछाडि हटेर जेठ २ को अवस्थामा फर्कन सहमत हुनुपर्छ र हामी विभाजनको बाटोमा जान चाहन्नौँ।

    सबैभन्दा पहिले नेकपा एमालेलाई एकताबद्ध गर्ने र त्यसपछि अरु बाम पार्टीसँग एकता गरेर सिंगो कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनमा हामीले भूमिका निर्वाह गर्छौं भनेर घोषणा गरेका थियौँ। यो नहुन्जेलसम्म समानन्तर गतिविधि जारी राख्छौँ भनेका थियौं र राखिराख्यौं पनि।

    यो दबाबको परिणाम स्वरुप पार्टीलाई प्रणालीमा फर्काउनका लागि कार्यदल बन्यो। विभिन्न अनौपचारिक र औपचारिक कुराकानीका आधारमा १० सदस्यीय कार्यदल बन्यो। माधवकुमार नेपालका तर्फबाट ५ जना र अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट ५ जना सहभागी भएको १० सदस्यीय कार्यदल उहाँहरू दुवै नेता बसेर बनाउनुभएको हो।

    यस कार्यदललाई दिइएको जिम्मेवारी अनुसार यसले निकै मेहेनत गरी विभिन्न उतारचढावका बीचमा १० बुंदे समझदारीको प्रस्ताव तयार गर्‍यो। कार्यदलले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई प्रस्ताव बुझायो। कार्यकदलमा कमरेड नेपालको तर्फबाट रहनुभएका नेताहरूले उहाँसँग फोनमार्फत सबै बुंदाहरू सुनाएर र सबै विषय अक्षरस छलफल गरेर उहाँले अघि बढ्नुहोस् भनेपछि मात्रै यसमा हस्ताक्षर गरेका छौं भनेर बैठकमा पटक – पटक ब्रिफिंग गर्नुभएको छ। तर पछि कमरेड माधव नेपालले यी कुरा मान्नु भएन।

    जेठ २ मा फर्किनुपर्ने कुरामा अध्यक्ष अ‍ोली तयार हुनुभएन भने १० बुंदेलाई कार्यान्वयन गर्ने सन्दर्भमा वरिष्ठ नेता नेपालले अरुची देखाउनुभयो र पार्टी विभाजनको दिशातिर डोहोर्याउन थाल्नुभयो। त्यसअघि कमरेड माधव नेपालको नेतृत्वमा स्थायी समिति बसेर एकताको बाटोबाटै अगाडि बढ्नुपर्ने एकमतले निर्णय गरेको थियो। १० बुंदेमै टेकेर अगाडि बढ्नुपर्छ र त्यसमा अरु सहमति गर्नुपर्ने भए गरेर भएपनि अघि बढ्नुपर्छ भन्ने समझदारी भएको थियो। विभाजन हाम्रो बाटो होइन भन्ने कुरा प्रष्ट थियो।

    विभाजनको केही दिन अघि मात्रै माधव नेपालको नेतृत्वमा हाम्रो समूहका केन्द्रीय सदस्यको बैठक बसेको थियो । त्यस बैठकमा बोल्ने केन्द्रीय सदस्यले पनि विभाजनामा नभएर एकतामा जानुपर्ने धारणा राखेका थिए। कमरेड नेपालले नै सम्मानजनक ढंगले एकता प्रक्रियालाई पूरा गर्नुपर्छ भन्ने निश्कर्ष निकाल्नुभएको थियो।

    १० बुंदे कार्यान्वयन गराएर पार्टीमा क्रियाशील भयौं उहाँहरू विभाजन गर्न अगाडि बढ्नुभयो। त्यसकारण हामी केपी ओलीको पाउमा लम्पसार परेको वा केपी ओलीको पक्षमा गएको होइन। हामी त एमाले नै हौं र एमालेमै छौं। हामीले नवौं महाधिवेशनले पारित गरेको नीति, प्रणाली र पद्धतिलाई अनवरत ढंगले इमानदार भएर अगाडि बढाइरहेका छौँ।

    हिजो तपाईंहरूले नै आदर्श मानेको र सिद्धान्त निष्ठ नेताका रुपमा चिनिनुभएका नेताले पार्टी किन विभाजन गर्नुभयो? जो विधि स्थापनका लागि निरन्तर लड्नुभएको थियो, उहाँ नै अन्तिम क्षणमा आएर विभाजनमा लाग्नुमा के कारण होला जस्तो लाग्छ ?

    उहाँले हामीलाई किन कन्फिडेन्समा लिन सक्नुभएन वा किन कन्भिन्स गर्न सक्नुभएन भनेर मलाई भन्दा उहाँलाई नै सोध्दा प्रभावकारी हुन्छ भन्ने मलाई लाग्छ। म आज पनि कमरेड माधव नेपाल र झलनाथ खनालले कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिकाको प्रशंसा गर्छु। उहाँहरूले पार्टीमा खेलेको भूमिका र पार्टी निर्माणका क्रममा उहाँहरूले गरेको नेतृत्वको आलोचना गर्ने ठाउँ छैन र म गर्न पनि चाहन्नँ। नेताहरू सँगै बस्दा एकअर्काका सारा कमजोरीहरू छोप्न महान् देखिने र अलिकति मतभेदमा हुने बित्तिकै विभिन्न पदावली प्रयोग गरेर लान्छना लगाउने संस्कारको विकास भएको छ। हामी शिक्षित र संस्कृत पार्टीका नेता तथा कार्यकर्ताहरूले यसलाई सच्याउन जरुरी छ।

    तपाईंले पार्टीको प्रणालीलाई सच्याउने काम भयो र पार्टी अध्यक्ष पनि जेठ २ मा फर्कन तयार हुनुभयो भन्नुभयो। तर अहिले पनि एमालेका कार्यकर्तालाई एउटा प्रश्नले घोचिरहेको छ। त्यो हो, दुइ–दुई पटक संसद विघटन गरेका ओलीले अहिलेसम्म पनि आत्मालोचनासम्म पनि गर्नुभएको छैन। यसको समीक्षा कहिले हुन्छ?

    जुनसुकै हिसाबले संसद विघटन गलत थियो। कुनैपनि तरिकाले संसद विघटनको औचित्य पुष्टि हुन सक्दैन। गलत थियो भन्ने कुरा त अदालतले पनि प्रमाणित गरिदियो, यसमा थप बोलिहनु जरुरी थियो जस्तो लाग्दैन। र, अध्यक्ष ओलीले गल्ति महशुस गरेर नै संसद पुनस्थापना भएपछि उहाँ संसदका बैठकमा उपस्थित हुनुभएको हो।

    उहाँले त पुनस्थापित संसद बैठकमै उपस्थित भएर संसद विघटन सही हो भनेर पनि दाबी गर्नुभयो त ?

    यदि संसद विघटन सही थियो भने सर्वोच्चले किन पुनस्थापना गर्‍यो त भनेर उहाँलाई नै प्रश्न सोध्नुपर्छ। संसद विघटन गर्ने कुरा गलत र पुनःस्थापना गर्ने कुरा सही हो। आज पनि यो मान्यतामा म तलमाथि छैन।

    अर्को कुरा, समग्र रुपले हामी अन्तर्विरोधको चरणमा जसरी प्रवेश भएका छौं र हामी जुन ढंगले अगाडि बढ्यौं त्यसले एमालेलाई भत्काउने र कमजोर बनाउने काममा कुनैपनि कसुर बाँकी राखेन। एकले अर्काको छाला काट्ने काम पनि भयो। आज एउटा बैठकमा बसेर यसको समीक्षा गरेर हामी तत्काल निश्कर्षमा पुग्न सक्दैनौं।

    नेताहरू अझै पनि आफूले सही गरेको थिए भनेर तर्क गरिरहन्छन्। त्यसैले तत्काल यसको समग्र समीक्षा हुन सक्दैन। अहिले दुई लाइनमा भन्नुपर्दा संसदको विघटन गलत थियो र पार्टीको अन्तरविरोधलाई अगाडि बढाइरहदा पार्टीलाई सुधार्नुपर्ने, सच्याउनुपर्ने र प्रणालीमा फर्काउन छोडेर विभाजनको बाटो रोज्नु पनि गलत थियो। अब यसको समीक्षा महाधिवेशनमा गरौं भनेर नेताहरूबीच एक किसिमको सहमति पनि भएको छ ।

    यदी आम कार्यकर्ताले तपाईंलाई अहिले पार्टी फुट्नमा केपी ओली बढी जम्मेवार कि माधव नेपाल भनेर सोधे भने के जवाफ दिनुहुन्छ? र उनीहरूले कता लागौं भनेर सोध्नुभयो भने के भन्नुहुन्छ ?
    यसमा व्यक्तिको सवाल होइन। व्यक्तिगत ढंगले को ठिक र बेठिक भनेर टिप्पणी गर्न चाहन्नँ र यसका लागि मेरो मर्यादाले पनि दिँदैन। म प्रष्ट भन्छु, कमरेड ओलीको नेतृत्वमा एमाले सञ्चालन भइरहँदा पार्टीको महाधिवेशनले पारित गरेको विधान र नीतिलाई ठिक ढंगले कार्यान्वयन गरेर अघि बढ्ने सन्दर्भमा प्रश्न उठ्नु र पार्टीमा विद्रोह हुनुपर्ने स्थिति आउनु उहाँको कमजोरी हो।

    तर पार्टीलाई सच्याउने नाममा अन्तर्विरोधलाई अगाडि बढाइरहँदा यो पार्टीलाई करेक्सन गर्ने दिशामा जानुपर्ने थियो। नीतिमा कहाँ कमजोरी भयो, व्यवहार र निर्णयमा कहाँ चुकियो त्यसलाई सुधार्नका लागि बुंदागत ढंगले निरन्तर अन्तरसंघर्ष गर्नुपथ्र्यो र त्यसको उद्देश्य भनेको पार्टीलाई प्रणाली र विधिमा फर्काउनु हो। त्यसो नगरी हतारमा विभाजनको बाटो रोज्नु भनेको अर्को कमजोरी हो। नेकपा एमालेको इतिहासमा यी दुईवटा कमजोरीहरू भएका छन् ।

    अब हामीले एमालेका कार्यकर्तालाई कुन बाटो रोज्ने भन्ने सन्दर्भमा म केही प्रश्न सोध्न चाहन्छु।हामी राजनीतिमा किन लाग्यौं? हामी यो पार्टीमा किन संगठित भयौं? यो पार्टीलाई अगाडि बढाउने सन्दर्भमा हामीले जुन संगठन र संरचाहरू विकास गरेर आयौं त्यसअनुसार के हाम्रा उद्देश्यहरू पूरा भए? वा हामीले गर्नुपर्ने काम सबै सकिएर अब एक आपसमा झगडा गरेर विभाजन हुने मात्रै काम बाँकी छ?

    अझै पनि हाम्रो दायित्व नेपालको कम्युनिष्ट आन्दोलनलाई सुधार गर्ने र यसलाई एकताबद्ध गराएर अघि लैजाने हाम्रो भूमिका बाँकी नै छ। हाम्रो यदि भूमिका बाँकी छ भने हामी विभाजन होइन, जतिसक्दो पार्टीलाई एकता र करेक्सन गर्दै अगाडि बढ्नुपर्छ। के विभाजन हुनेबित्तिकै अन्तर्विरोध सकियो त? एमालेका हाइ प्रोफाइल नेताहरूले अर्को दल दर्ता गर्ने बित्तिकै के कम्युनिष्ट आन्दोलनभित्रका अन्तरविरोध समाप्त भयो? के अब यो विभाजन हुने बित्तिकै नेकपा एमाले सुध्रेर अगाडि बढ्यो त? नयाँ नामको दल खडा गर्ने बित्तिकै कम्युनिष्ट आन्दोलनभित्रका सारा समस्या समाधान भए?

    फेरिपनि हाम्रा जे समस्या हुन्, जहाँका त्यही छन्, अन्तरविरोधहरू जहाँका त्यही छन्, हाम्रा चिन्तन, प्रवृत्ति र संस्कारहरू जहाँका त्यही छन्। दल मात्रै विभाजन गरेर यसको समाधान हुँदैन ।

    त्यसका लागि पार्टीभित्रको विचार र सिद्धान्तका तहबाटै वैचारिक संघर्ष गरेर अगाडि बढ्नु भनेको पार्टीलाई सच्याउनु हो, पार्टीलाई सुधार्नु र अगाडि बढ्नु हो। त्यसकारण हामी यो बाटोमा निरन्तर ढंगले अगाडि बढ्नुपर्छ। यस हिसाबले काम गरिरहँदा स्वभाविक ढंगले कहिलेकाहीँ व्यक्तिगत हिसाबले तल पर्न सकिन्छ। तर आन्दोलनलाई दिने योगदानका हिसाबले हामीले यो योगदान निरन्तर रूपले अगाडि बढाउनुपर्छ।

    तपाईँले वैचारिक कुरा उठाइरहँदा, तपाईँको पार्टीमा हिजो र आजसमेत अनेक खालका गलत प्रवृत्तिहरू देखिरहेका छौँ। गैरराजनीतिक मान्छेहरू पार्टीमा खेलोफड्को गरिरहेको देख्न सकिन्छ। जस्तैः ल्हार्क्याल लामा। र, कम्युनिष्ट पार्टीमा हुनुपर्ने जुन् वैचारिक स्कुलिङ हो, तपाईँको पार्टीमा त्यो हुन छाडेको छ। तपाईँकै पार्टीका अध्यक्षको अराजनीतिक गतिविधिको कारण पार्टीभित्रको समस्या सिर्जित हुनुमा पनि यही विचारविहिन स्कुलिङको प्रभाव हो भनेर स्वीकार्न सक्नुहुन्छ?
    म त दावाका साथ भन्छु, विगत केही समययता हाम्रो होडबाजी पार्टीलाई कम्युनिष्ट पार्टीका रूपमा बनाएर जाने, यसलाई जनताको पार्टी बनाएर अघि बढ्ने भन्दापनि शक्ति र सत्तामा पुग्नका लागि जस्तासुकै हर्कत गरिए। केबल शक्तिमा पुग्नु मात्रै उद्देश्य हुन थाल्यो। शक्तिमा पुगेर, शक्तिकेन्द्र संचालन गर्ने र फेरि पनि शक्तिमा पुग्ने जुन अभ्यास हामीले गर्यौं, त्यो अत्यन्त गलत थियो। पार्टीका कार्यकर्ताहरूलाई ठीक दीक्षा नदिनुको परिणाम थियो त्यो। ठीक ढंगले स्कुलिङ नगरिनुको परिणाम थियो। यसले गर्दा, पार्टीको सु–संस्कृत स्कुलिङबाट आएको एउटा पंक्ति विस्तारै पार्टीभित्रै पछाडि पर्दैगयो। र, यसबाट नयाँ वर्ग पार्टीमा हावी भयो, जो सर्वहारा वर्गबाट उठेर आएको वर्ग थिएन, त्यहाँ दलाल पूँजिपति वर्ग र त्यसमा रमाउन सक्नेहरू फटाफट पार्टीमा छिर्दै र द्रुत गतिमा सिँढी चढ्दै माथि पुग्ने र तिनले केबल शक्ति आर्जन गर्ने र शक्ति प्रयोग गरेर आफ्नो दलाल पूँजिवादी धन्दालाई अझ विस्तार गर्ने काममा लागे। त्यसले गर्दाखेरि पार्टीमा यो परिस्थिति सिर्जना भयो भन्ने मेरो बुझाई छ।

    र, आज पनि म दावाका साथ म भन्छु, हामीले चाहे नयाँ पार्टी बनाउँ, चाहे नेकपा एमाले अगाडि बढाउँ, चाहे अरु भइरहेका पार्टीमा सामेल होउँ, तर नेपाली राजनीतिको यो प्रवृत्तिलाई कहिँ न कहिँ करेक्सन गरेनौँ भने, आफूलाई रिभ्यु गरेनौँ भने र हामी धरातलमा उभिएनौँ भने, नेपाली समाजको आज जे वस्तुगत अवस्था छ, त्यो धरातलमा उभिएर हामीले के सोच्नुपर्छ भने यो प्रवृत्तिले फेरि पनि निम्त्याउने भनेको चाहिँ दुर्घटना नै हो। हामीले जनताको विश्वास आर्जन गरेर यति ठूलो शक्ति आर्जन गर्यौँ, तर त्यो त आखिर दुर्घटनामा पर्यो। फेरि पनि हामी यही मोडालिटीमा गयौँ भने दुर्घटनामैं पर्ने हो। त्यस कारण हामी सच्चिनु र सुध्रिनुपर्छ। र, हामी कहाँ चुक्यौँ, बिग्रियौँ र बाटो बिरायौँ भन्ने कुराको हामीले समिक्षा गर्न जरुरी छ।

    तपाईँहरूले हिजो पार्टी अध्यक्षविरुद्ध, प्रतिगमनका विरुद्धमा आन्दोलन चलाउनुभयो। आज माधवकुमार नेपाल नेतृत्वको पार्टी पक्षधरहरूले तपाईँहरूलाई ‘पिँध नभएको लोटा, मध्यपन्थी र अवसरवादी’ भनेर आरोप लगाइरहेका छन्। तपाईँहरू त अहिले दुबै पक्षबाट पेलानमा पर्नुभयो है ! यता गए पनि खाल्डो, उता गए भीरको अवस्था भयो हैन?

    हामीलाई मध्यपन्थी अवसरवाद भनेर के सन्दर्भमा इंगित गर्न खोजिएको हो, मैले बुझेको छैन। अहिले प्रयोग गरिएको भाष्यलाई मैले पहिल्याउन सकेको छैन। हामीले गरिरहेको कर्म र त्यस्तो भाष्यबीच तादाम्य छैन। र, यस्तो आरोपमा कुनै तुक छजस्तो मलाई लाग्दैन। र, हामी कुनै व्यक्तिलाई विरोध गरिरहेका छैनौँ, हामी केपी ओलीको विरोध गरिरहेका छैनौँ, नेकपा एमालेको विधान र प्रणाली लागू गर्ने सन्दर्भमा अध्यक्ष केपी शर्मा ओलीले कमजोरी गर्नुभयो, त्यो बेठीक भयो भनेर भनेका हौँ, हिजो। हामीले केपी ओलीको व्यक्तिगत विरोध गरेका होइनौँ। त्यसो गर्न जरुरी छैन।

    तर हामीबीचको सहमतिलाई ठीक ढंगले लागू गरेर अघि बढ्नुपर्छ। पार्टीभित्र सम्पूर्ण कार्यकर्ताहरूमाथि न्याय हुनुपर्छ भनेर हामी अहिले पनि लड्दैछौँ। त्यो गर्ने ठाउँमा त्यो अध्यक्षले गर्नुपर्छ, त्यस विषयमा अध्यक्ष गम्भीर बन्नुपर्छ। अन्य नेताहरूले पनि त्यसमा काम गर्नुपर्छ। हामीले पनि गर्नुपर्छ। तमाम कार्यकर्ताहरूले ‘हाम्रो पार्टीमा कुनै किसिमको पक्षपात छैन, कामको मूल्यांकन हुन्छ, मेरो योग्यता र क्षमताको मूल्यांकन हुन्छ, पार्टीले इमान्दार ढंगले कामको जिम्मेवारी दिन्छ र मैले कुसलतापूर्वक र इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ’ भन्ने बोध आम पार्टी कार्यकर्तालाई गराउन सक्यौँ भने यो पार्टी अघि बढ्छ। हामीले त्यो बनाउन चाहेका हौँ। त्यसो हुँदा, हामीमाथि क–कसले के–के आरोप लगाएर आनन्द लिन्छ, त्यसको कुनै अर्थ राख्दिनँ।

    केपी शर्मा ओलीले तपाईँ र तपाईँका पक्षमा रहेका, अहिले पनि पार्टी एकताको वकालत गरिरहेका ‘तेस्रो धार’ भनिने पक्षलाई न्योयोचित हिसाबले व्यवहार गर्नुहुन्छ भन्ने विश्वास छ तपाईँलाई?

    जुन दिन उहाँले त्यसो गर्नुहुन्न, हामी फेरि पनि कुरा उठाउँछौँ। कम्युनिष्ट पार्टी दुनियाँ र सबै मान्छेहरूको न्याय, स्वतन्त्रता, समानताका लागि कम्युनिष्ट पार्टी बनाएको हो। तर आफ्नै पार्टीभित्रै विभेद भयो भने पार्टी कसरी अघि बढ्ला? त्यस्तो हुन दिनुहुँदैन। त्यो गर्न दिइनेछैन। त्यसो भयो भने त्यहाँनिर विरोध हुन्छ, आवाज उठ्छ। त्यसको समाधानको बाटो खोजिन्छ। विद्रोह पनि हुन्छ।

    अब आउँदा स्थानीय, प्रादेशिक र संघीय चुनावमा तपाईँको पार्टी करीब–करीब पत्तासाफ हुनु हुनेभयो होइन?
    हामी पत्तासाफ हुँदैनौँ। नेकपा एमालेको बलियो जनमत छ अहिले पनि। नेकपा एमालेले विगतदेखि गर्दै आएका कामहरूको प्रभाव छ जनताका बीचमा। पछिल्लो चरणमा कमीकमजोरी भएका छन्। नेतृत्वबाट ठूलो कमजोरी भयो र सोही कारण आज पार्टी विभाजनको ठाउँमा पुगेको छ। तर त्यसो हुँदैमा नेकपा एमाले पत्तासाफ चाहिँ भइहाल्दैन। नेकपा एमाले धुलो टक्टक्याएर उठेर भएपनि अगाडि बढ्छ। र, आगामी चुनावी दौडमा पनि एमालेले जित्छ भन्ने कुरा हामीलाई विश्वास छ।

    हेर्नुहोस् भिडियोमा –

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      निरज आचार्य

      निरज आचार्य

      आचार्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी सदस्य हुन्।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.