Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ओलीलाई कम्युनिष्ट शव्द मन पर्दैन, ‘लालसलाम’ सुन्नै चाहनुहुन्न: प्रचण्ड

nepal_readers nepal_readers
पुस २९, २०७७
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    काठमाडौं जिल्लालाई धन्यवाद!आन्दोलनको तयारीलाई नयाँ चरणमा उठाउने प्रयत्न गर्नुभयो।

    हामीले लामो समयदेखि महसुस गरेको कुरा, हरेक आन्दोलनमा काठमाडौंको महत्वपूर्ण भूमिका छ। यहाँ रहनुभएका देशभरका जनता र नेताकार्यकर्ताको निर्णायक भूमिका सधैं हुने गरेको छ। राजधानी पनि हुनाका नाताले यसको केन्द्रीय भूमिका छ नेपाली राजनीतिमा। यतिखेर हामी राजनीतिक संकटको मोडमा छौं। हामीले ७० वर्षदेखि गरेका अनेकौं रूपका संघर्षहरू, नेपाली जनताको बलिदानी, उपलव्धि, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रहार भएको छ।

    हामी यहाँ प्रहसन गर्न, उखानटुक्का जोड्न र कमेडी गर्न आएका पनि छैनौं। हामी जनतालाई उद्वेलित र भ्रमित पार्न पनि जुटेका होइनौं।

    सबैकोे केन्द्रिकृत अभिव्यक्ति हो संविधान। तर त्यो अहिले धरापमा छ। हामीले त्यति ठूलो वलिदानीमा पाएको संविधान र गणतन्त्र यसरी आमक्रमणमा परेको छ। र, त्यसको रक्षा गर्ने काम हाम्रो जिम्मेवारी हो। हामी यहाँ प्रहसन गर्न, उखानटुक्का जोड्न र कमेडी गर्न आएका पनि छैनौं। हामी जनतालाई उद्वेलित र भ्रमित पार्न पनि जुटेका होइनौं। राष्ट्र र जनतामा देखा परेको संकटलाई पार गर्न यहाँ आएका हौं। आन्दोलनमा सहभागी भएका हामीहरू, बलिदान पक्षधरहरू यतिखेर अत्यन्त गम्भीर भएका छौं।

    उपलव्धिहरू ‘एम्बुस’मा

    हाम्रै आँखाअघि यति ठूलो उपलव्धिमाथि प्रहार भएको हामीले देखेका छौं। बडो पीडाका साथ यहाँ उपस्थित छौं।  हाम्रै पार्टीले चुनेका प्रम र अध्यक्षले संविधान र गणतन्त्रमाथि निर्मम प्रहार गरेका छन् र त्यसको सामना गर्न हामी यहाँ छौं। यो ऐतिहासिक जिम्मेवारीलार्ई गम्भीर ढंगले मनन गर्न म सबैलाई आग्रह गर्छु। उत्पिडित वर्ग, जाति, क्षेत्र र समावेशीका विषयमा हामीले स्थापित गरेका उपलव्धिहरू अहिले ‘एम्बुस’मा परेका छन्। त्यसलाई बचाउनका लागि हामी यतिखेर छलफलमा जुटेका छौं। किन यस्तो भयो र यसको हलको उपाय केके हुनसक्छन् भनेर हामी यहाँख जुटेका छौं।

    सोभियत संघको विघटन भएपछि, पूर्वी युरोपका कम्युनिष्ट शासनहरू गर्ल्याममगुर्लुम ढलेपछि कम्युनिष्ट आन्दोलन विश्वभर रक्षात्मक भयो। तर दुई देशका बीचमा रहेको यो देशको भौगोलिक अखण्डताको रक्षा गर्दै र श्रमजीविहरूको हकहितका लागि लड्दै गर्दा नेपालमा भने कम्युनिष्ट पार्टी लोकप्रिय भयो। २१ औं शताव्दीमा आएका अनेकौं क्रान्ति र परिवर्तनहरूलाई समेत ख्याल गर्दै, नेपाली विशेषतासहित जाँदा कम्युनिष्ट आन्दोलनलाई कसरी लोकप्रिय बनाउन सकिन्छ, नयाँ तरिकाले समाजवादको बाटो कसरी कोर्न सकिन्छ भनेर हामीले सोच्यौं। र, त्यसकै जगमा नेपालमा कम्युनिष्ट पार्टी स्थापित भई लोकप्रिय भएको हो।

    एकताको प्रस्ताव र सपनामाथि पानी  

    र, पछिल्लो कुरा गर्दा, केपी ओलीसँग पार्टी एकताको प्रस्ताव लिएर गएको म नै हुँ। त्यसलाई मैले यहाँ स्मरण गर्न चाहेको हुँ। चुनावमा वाम गठवन्धन गरेर जाने र निर्वाचनपछि एकता गर्नेबारेमा मैले उहाँसँग आधा घण्टा कुरा गरेँ। उहाँले सकारात्मक लिनुभयो त्यसलाई। अब कानुनी राज्य, शान्तिपूर्ण संघर्षका विषयहरूमा हामी एक छौं भने मिलेरै जाँदा राम्रो हुन्छ, एउटै र विशाल पार्टी बनाउँ, मिलेर समाजवादको आधार तयार गरौं भनेर मैले उहाँसग कुरा गरेकै हुँ।
    सोहीअनुसार आश्विन १७ गते हामीले वाम गठवन्धनको घोषणा ग-यौं।

    कम्युनिष्ट कार्यकर्ता र विश्वभर छरिएर रहेका नेपाली र हाम्रा शुभेच्छुकहरूबीच त्यसले नयाँ उर्जा दियो। अब कम्युनिष्टहरूको नेतृत्वमा नेपालमा केही हुन्छ, स्थायित्व हुन्छ, आर्थिक विकाश र समृद्धिका विषय अघि बढ्छन् भन्ने धेरैलाई लाग्यो। गरीब र निमुखाहरूले दलाल र शोषकहरूबाट न्याय पाउँछन् भन्ने विश्वास सर्वत्र छायो। हामीले ठीक गरेका थियौं र त्यसलाई जनताले अनुमोदन पनि गरेका थिए। हिजो बोलचाल नगर्ने कमरेडहरूबीच पनि एकै हप्तामा सुमधुर सम्बन्ध बन्यो र हामीले चुनावी सफलता पनि हाँसिल ग-यौं।

    भन्नलाई कतिपय साथीहरू उतिखेर पर्याप्त तयारी नभएका कारण अहिले यस्तो संकट आएको पनि कुरा गर्छन्। विचार र पद्धतिमा व्यापक छलफल नगरी पार्टी एकीकृत गरेको भएर यस्तो अवस्था आएको तर्क गर्छन्। तर त्यतिखेर ठोस समयको ठोस विश्लेषण गरेर हामी पार्टी एकीकरणमा गएका थियौं। यसर्थ, हामीले उतिखेर विचारमा पर्याप्त संवेदनशीलता र गम्भीरता नदेखाएको भन्न मिल्दैन। विचारमा हामी प्रष्ट थियौं, छौं।

    मार्क्सवाद लेनिनवाद हाम्रो निर्देशनात्मक सिद्धान्त थियो। तत्कालको राजनीतिक कार्यदिशा समाजवादउन्मुख जनताको समाजवाद भनेर दुबै पक्षबाट हस्ताक्षर गरिएको छ । जबजको उच्च मुल्यांकन गरिएको छ। त्यससलाई स्विकारिएको छ। कम्युनिष्ट पार्टीलाई लोकप्रिय बनाउनमा जबजले भूमिका खेलेको छ भनेर स्विकारियो। माओवादी आन्दोलनको पनि त्यसमा मूल्यांकन गरिएको छ। मुख्य भूमिका खेलेका हामी दुई ओली र मैले हस्ताक्षर गरेका छौं। त्यसलाई पार्टीबाट अनुमोदन समेत ग-यौं। हामीले विचारमा स्पष्ट भएर र राजनीतिक कार्यदिशामा प्रष्ट भएर नै एकता गरेका हौं। हामीहरूले आफ्नो राजनीतिक प्रतिवेदन सर्वसम्मतिमा पारित गरेका हौं। संयुक्त बैठकमार्फत पार्टीको विधान पारित गरेर त्यही विधान बोकेर हामी निर्वाचन आयोगमा गएका हौं। यसर्थ, हामीले विचारलाई वेवास्ता गरेर पार्टी एकता गरेका थिएनौं।

    नौटंकी र प्रहसन

    तर त्यो एकता र त्यो विधान व्यक्ति सर्वेसर्वा बनाउनका लागि भएको थिएन। अल्पमत बहुमतको मातहत हुने, बहुमतको निर्णय मान्न प्रत्येक पार्टीका कार्यकर्ता मान्न वाध्य हुने भन्ने नै थियो। तर के कारणले पाटीभित्र समस्या आयो त? केन्द्रीय समितिको बैठकमा ७० प्रतिसत केन्द्रीय सदस्यको उपस्थितिमा राजनीतिक प्रतिवेदन पारित भएको छ। त्यसले एकताको प्रतिवद्धात दाहो-याएको छ । र, अहिले हामी बहुमत केन्द्रीय सदस्यसहित छौं। त्यसमा प्रश्न गर्ने ठाउँ छ? यो आधिकारिक छ भन्ने कुरामा शंका छ?

    तर ठाउँठमाउँमा नौटंकी र प्रहसन भएका छन्। तर त्यो विक्षिप्त मानसिकताको उपज हो। बोली र तर्क सुन्दा जोक्करमा परिणत भएजस्तो लाग्छ ओलीजी। ४४१ को जनाको केन्द्रीय समितिमा १०० मात्रै उता भएपछि एघार सय बनाएको घोषणागरेपछि त्यसलाई विक्षिप्त भएको किन नमान्ने?

    हामी निर्वाचन आयोगमा गयौं। हामीले राज्यको ऐन र विधान पल्टायौं। दुई तिहाई बहुमतले मात्रै, केन्द्रीय कमिटीको दुई तिहाइले मात्र पार्टीको विधान संसोधन गर्नसक्छ। २१८ अथवा २१९ नभई गणपूरक संख्या पुग्दैन। तर उहाँहरूसँग त सय जना पनि केन्द्रीय सदस्य छैनन्। तर उहाँले विधान संसोधन गर्नुभयो। ३०० जना चाहिन्छ विधान संसोधन गर्न । यो के नाटक हो यो ? केन्द्रीय कमिटीको बैठक बसेर दुई तिहाइबाट केपी ओलीलाई अध्यक्षबाट हटाएर माधव कुमार नेपाललाई अध्यक्ष बनाएको छ।

    आयोग र अदालतप्रति भरोसा

    हामीले निर्वाचन आयोगलाई सोध्यौं, ‘तपाईंहरूलाई त्यो अधिकार छ। दुई तिहाईविनै के गरेको?’ भनेर सोध्यौं। आयोगले तथ्यअनुसार फैसला हुन्छ भनेको छ। दलसम्बन्धी ऐनअनुसार ५० प्रतिसतभन्दा कम हुनेहरूले अर्को दल दर्ता गर्नुपर्छ । पूरानो दल दावी गर्न पाउँदैनन्। आयोगका प्रतिनिधिहरूले हामीलाई विश्वास दिलाउनु भएको छ कि आयेगले संविधान, विधान र ऐनभन्दा बाहिर गएर निर्णय गर्नेछैन। यसर्थ, अब सूर्य चिन्ह हाम्रै हुनेछ। यदि सूर्य चिन्ह भएन भने कयामत आउनेछ। त्यसो भएन भने आाधी हुरी आउनेछ। ओलीले संघीय लोकतन्त्रमाथि छुरी गरेजस्तै अन्यत्र पनि षड्यन्त्र गरेभने नेपाली जनता हेरेर बस्नेछैनन्। आयोग र अदालतप्रति हाम्रो भरोसा छ। ओलीजस्तो जोक्करको पछाडी कोही लाग्नेछैनन्।

    एक दिन वामदेवसँगको भेटमा उहाँले भन्नुभएछ, ‘तपाईं नै अध्यक्ष, प्रम नि तपाईँ।’ सोहि दिनको एक बजे माधव कमरेडलाई बोलाएर अब तपाईं नै प्रम र अध्यक्ष हो भनिदिनुभएछ। पछि ४ बजे मलाई बोलाएर ‘एमालेभित्र नेता नपाएर तपाईंलाई ल्याएको’ भन्नुभयो।

    ओलीले हामीलाई भगौडा भन्नुभएछ। कान पनि के थुन्नु? आँखाले देखिन्छ, के छोप्नु? कानले सुनिन्छ, कसरी कान थुन्नु? लाजैमर्दो। आफूसँग ३० प्रतिसत पनि सदस्यहरू नभएका चािहँ आधिकारिक रे, रैथाने रे! केपी ओलीको दिमागमाबाहेक अन्त कहीँ यस्तो हुन्छ? बैठकबाट निर्णय गनुपर्‍यो भनेर भाग्नेचाहिँ भगौडा नहुने। आउँछु भनेर लास्टमा नआउनेचाहिँ भगौडा नहुने, बैठक छाडेर, विधान मिचेर, तानाशाही रूपमा पार्टीलाई लात हान्नेचाहिँ सद्दे, हामीचाहिँ भगौडा? मान्छेमा लाज र घिन भन्ने हुनुपर्छ। नैतिकता भन्ने हुनुपर्छ। उहाँ त घिन पनि नभएको निर्घिणी हो। लाजैमर्दो।

    ‘घेराबन्दी’ बारे एउटामात्रै प्रमाण दिनुस्

    नभएको कुरालाइै पनि हाकाहाकी हो भन्ने क्षमता छ उहाँमा। त्यसो गर्न धेरै सिपालु हुनुहुन्छ। एक दिन वामदेवसँगको भेटमा उहाँले भन्नुभएछ, ‘तपाईं नै अध्यक्ष, प्रम नि तपाईँ।’ सोहि दिनको एक बजे माधव कमरेडलाई बोलाएर अब तपाईं नै प्रम र अध्यक्ष हो भनिदिनुभएछ। पछि ४ बजे मलाई बोलाएर ‘एमालेभित्र नेता नपाएर तपाईंलाई ल्याएको’ भन्नुभयो। होइन, यतिसम्म गर्न कसरी सकेको? अनि आखिरमा केही नलागेपछि ‘पार्टीेले घेराबन्दी गर्‍यो। केबाट उहाँलाई पार्टीले कुन कुरामा घेराबन्दी ग-यो? त्यसबारे एउटामात्रै प्रमाण दिनुस्। यसो गर्न दिएन भनेर एउटामात्रै प्रमाण पेश गर्न चुनौति दिन्छु म ओलीलाई। ओलीले नै उल्टाउल्टी गरेको हुनाले कुरा बिग्रेको  हो।

    मैले कोरोना नियन्त्रणका लागि केन्द्रदेखि तलैसम्म, सबैलाई समेटेर साझा संयन्त्र बनाउँ, एउटा राष्ट्रिय अभियान बनाउँ भनेर कुरा राखें। तर ओलीले त्यसलाई व्यंग्य गर्नुभयो। आफू अघि आउनका लागि यसले के गर्न आँट्यो भनेर शंका गर्नुभयो। पछि, उल्टो, स्वास्थ्य सामान खरिदमा भ्रष्टाचार भयो भनेर छताछुल्ल तथ्य बाहिर आयो। अनि अझै काम गर्न दिएन भन्ने? दिउँसै रात पार्ने, आँखामा छारो हाल्ने जोक्करको कुरा हो। हामीबीच पार्टी एकीकरण हुँदा एक नम्बरको अध्यक्ष र दुई नम्बरको भन्ने थिएन। अहिले हेर्नुहोस्, मिल्नेको कुरा अर्को हुन्छ।

    ओलीले बरु ‘मैले किन सबैको विश्वास लिन नसकेको होला भनेर आफ्नो अनुहार हेर्नुपर्दैन?’ मैले नै ओलीलाई प्रस्ताव गरेको होइन प्रममा? तर अहिले त्यो प्रचण्डलाई यति सारो खेद्नुपर्ने कारण के पर्‍यो? पार्टी भनेकै विवाद हुने संस्था हो। यसमा मतान्तर र बहस हुन्छन्। त्यसकै नाम पार्टी हो। मार्क्सवादले यो कुरालाई स्विकार्छ, जतिखेर विवादको अन्त्य हुन्छ, त्यसपछि त पार्टीकै अन्त्य हुन्छ।

    विश्वासमा लिन नसकेपछि राजिनामा दिनुपर्ने होइन?

    पार्टीलाई विश्वासमा लिन नसकेपछि राजिनामा दिनुपर्ने होइन? लोकतन्त्रको सामान्य सिद्धान्त होइन यो? बहुमतलाई मान्ने नै हो लोकतन्त्रमा। निउँ खोजेर संसद नै भंग गर्ने पनि नेता हुन्छ? नेताले संवेदनशील हुनुपर्दैन? माधवजीले त संसद संविधान भंग गर्नुभएन। झलनाथ प्रम हुँदा केपी ओलीले उहाँलाई लखेटेको होइन? त्यस्तरी लखेटेको होइन? तर पार्टीभित्रको विधिसम्मत छलफलमै किन आत्तिएको? अहिले त नांगै देखिएको छ। विदेशी शक्तिकोन्द्रको मन्त्रणमा यो सबै भएकोछ। र, हेर्नुभयो होला तपाईंहरूले, जिन्युजको इन्टरभ्यु नाटकै हो। कति कुरा त पटाक्षेप भइसक्यो। हुँदाहुँदा अब सगरमाथाको पनि नाम फेर्ने रे। यो के नाटक हो?

    मलाई भारतले हटाउन खोजेको छ भन्नुभएको थियो। भारतले भन्दैमा हामीले कसैलाई हटाउने हो? त्यसो भन्दै हामीले उहाँलाई हटाएनौं। तर ओलीले बालुवाटारभित्र कस्तो पात्रलाई डाक्नुभयो? तीनतीन घण्टा एक्लै के कुरा गर्नुभयो? जनताले त सबै हेरेकै छन्। र, अहिले उहाँले संविधान नै भाँचकुच गरिदिनुभयो। के गरी सहने यो? राष्ट्र नै वर्वाद पार्ने ठाउँसम्म जाने? तर उहाँलाई त रमिता छ। सामान्य र स्वभाविक मानछेलाई यस्तो हुन्न। लाज पो लाग्नुपर्छ। खुसी भएर पो हिँड्या छ। भाङ खाएर नाच्याजस्तो पो छ। यस्तो पनि हुन्छ?

    तानाशाह र घरमै आगो

    ‘सर्वोच्चले मान्छ, मान्नुपर्छ। मैले भनेपछि मान्नुपर्छ। यी कोही होइनन् । पार्टी पनि केही होइन । म नै सबै थोक हुँ ।’ उनको भनाई यस्तो छ। तानाशाहको भुत सवार भएपछि आत्मालोचना नगर्ने, अरुलाई नदेख्ने र दोषजति अरुलाई देखाउे समस्या आउँछ व्यक्तिमा। आफू ध्वस्त नहुँदासम्म उसले थाहा पाउँदैन। कमिलाको प्वाँख उम्रेपछि यस्तै हुन्छ  अब धेरै महिना जानेवाला छैन। हामी छाड्नेवाला पनि छैनौं।

    उनी गणतन्त्रवादी थिएनन्, सबैलाई थाहा थियो तर सच्चिए होलान् कनि भनेको, केको हुने? मैले उहाँलाई धेरै तेल लगाएँ, राम्रो हुन्छ भने किन नलगाउने भनेर। हामीले पार्टी विघटनबाट तीनचोटी जोगायौं। पहिलोचोटी उनले पार्टी फुटाउनेबारेको अध्यादेश ल्याएताक। दोस्रो पटक, उनले नेकपा एमाले नामको पार्टी दर्ता गराएको बेला। अहिले त घरमै आगो लगाउनुभयो।

    तर ओलीले यो लडाइँ हार्नुभयो। संसदमा प्रहार गरेर, विदेशीको इशारामा देशको अस्मितामाथि प्रहार गरेर उहाँले कलंकको टिका लगाउनुभयो। अब त्यो कलङ्क मेटिँदैन। यदि चाहना गर्ने हो भने, मैले ठूलो गल्ती गरें भनेर पश्चाताप गरेर वक्तव्य दिएमा त्यो कलंको टिका मेटिन सक्छ। तर तानाशाहहरू आफू ध्वस्त नहुन्जेलसम्म जान्छन्। हिटलरको के हालत भयो? भ्यागुताको भुँडी नफुटुन्जेलसम्म तन्केजस्तै उहाँ तन्किरहनु हुनेछ। म त ट्रम्प, मोदी, सि जिन पिङभन्दा मै ठूलो भन्ने उहाँलाई लाग्दो हो। त्यसैले उहाँले कसैलाई टेर्ने कुरै आएन। त्यसैले पेट फुलाउँदैछन्। तर उनको फुट्नेछ भुँडी।

    जबज छाड्ने को हो?

    मैले उहाँलाई दुई चोटी प्रम बनाउन सघाएको हुँ। उहाँप्रति मेरो व्यक्तिगत रिस होइन। अरु कुरा सहायक हुन्। मूल कुरा राजनीति नै हो। विधिपद्धति हो। स्पष्ट पारौं, जबज छाड्ने पहिलो व्यक्ति ओली हुन्। जबज छाडेर ‘समाजवादउन्मुख जनताको समाजवाद’मा हस्ताक्षर गर्ने को हो? जबज छाड्ने को हो? यो विचारको लडाइँ हो। उहाँलाई कम्युनिष्ट भन्ने नै मन पर्दैन। लालसलाम भन्ने सुन्नै चाहनुहुन्न। क्रान्तिकारी लालसलाम र समाजवाद उहाँलाई मन पर्दैन। उहाँलाई पूँजिवाद मन पर्छ। पार्टीभित्रको विवादको मूलकारण पनि यही हो।

    ओलीजीहरू अहिले भन्दैछन्, ‘प्रचण्डले अनेक षड्यन्त्र गर्छ र उ एमालेलाई फुटाउन आएको हो। प्रचण्डले कुनै पनि बेला पार्टी फेरि कचक्क पारिदिन्छ’ भनेको सुनेको छु। तर तथ्य यो होइन। माधवकुमार नेपाल र म केपीका विरुद्ध मात्र संगठीत भएका होइनौं। पंचायतविरोधी आन्दोलनलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे हामी दुई जानले विगतमा सैयौं पटक भेट गरेका छौं। जनयुद्धताक पनि हामी लगातार शान्ति र गणतन्त्रमा कसरी जाने भनेर असाध्यै धेरै लामा छलफल र बहस गरेका हौं। यो भरोसा एकछिनमा बनेको होइन। हामी ४ दशकदेखि सँगै छौं। यसै यो एकता सम्भव भएको होइन। होहल्लाका पछाडी नलाग्नुहोला। मेरो स्वभाव नै कस्तो छ भने म भिन्न मत राख्नेसँग पनि मिल्नसक्छु। त्यही भएर हिजो ओलीलाई प्रम र अध्यक्ष बनाएर अघि बढेको हो।

    माधवजीलाई सिमित पार्ने र मलाई सक्याउने योजना

    पार्टी एकीकरणपश्चात् माधवलाई सक्याउन लागेका रहेछन् केपी पक्ष भनेर राम्ररी थाहा पाएँ। ४ पाँच जिल्लामा माधवजीलाई सिमित पार्ने र त्यसपछि मलाई सक्याउने योजना उनको रहेछ। मधवजीप्रति अन्याय भएको देखेपछि मैले त्यसो हुन दिइनँ। मैले बराबरीमा ल्याउन पहल गरें। कमरेडहरु, केपी ओलीहरूका भ्रममा नपर्नुहोला। त्यसपछि ओली रन्थनिए, सबै सिध्याउँला भनेको, प्रचण्डले दिएन भन्ठाने।

    पोहरको केन्द्रीय कमिटिको बैठक भयो। ओलीलाई सो बैठठको सफलता मन परेन। उनले पशुपति प्लाजामा गोप्य भेला गराए र प्रहार अब प्रचण्डमाथि केन्द्रित गरे। माधव वरपरकालाई लागि फकाउने गर्न थाले। तर ओलीको अन्यायविरुद्ध नेपाल सत्तीसालझै उभिनुभयो। मलाई त उहाँलाई एक नम्बरको अध्यक्ष मान्दा गजब लागेको छ। हामीभित्रै पनि भएका कमिकमजोरी पखाल्नका लागि केपीको तानाशाहीले सहयोग गर्ला। हामीभित्रैका तानाशाही र कचरा पनि यसबाट साफ हुन्छ भन्ने हो। अवसरवादका विरुद्ध संघर्षको सुरुवात आफैंबाट गर्नुपर्छ।

    हामीले आफैंभित्रको अवसरवादविरुद्ध लड्नुपर्छ। त्यसो भएमात्र कम्युनिष्ट पार्टी बन्छ। २१ औं शताव्दीको कम्युनिष्ट पार्टी बनाउने लडाईं हो यो। विधि, समाजवादको आदर्शको पक्षमा र विभेद, अत्याचारका विरुद्ध स्वभिमान र समर्पणभावका साथ लड्ने लडाईं पनि हो यो। यो जीवनमरणको लडाईं हो यो। यो असामान्य हो यो। एकजनाले हजारौं शहीदहरूको अपमान गरेको छ एकजनाले। अब हामी लडाइँ लड्ने हो तर शान्तिपूर्ण लडाइँ लड्ने हो।

    ‘सेटिङ’ भाछरे, त्यस्ता कुरा पत्याउनै चाहन्नँ 

    संसद मरेको छ। केपी ओलीको सरकारले त्यसलाई मारेको हो। तर संविधानले त्यसलाई मर्न दिएको छैन। हामीले अब अल्छि गर्न हुन्न। माघदेखि फाल्गुणसम्म अनेक रूपमा प्रदर्शन गर्नुपर्छ। लाखौं जनतालाई सडकमा उतारेर मात्र संविधानको वलात्कार गर्ने अपराधीलाई इतिहासको कठघरामा उभ्याउनुपर्छ। नत्र हाम्रो भविष्य सुरुङतर्फ धकेलिनेछ। हामी निर्वाचन आयोग र सर्वोच्च अदालतप्रति भर गर्छौं । तर त्यसका लागि दवाव पनि हुनुपर्छ। बाहिर हल्लाहरु सुनिन्छन्–सेटिङ भाछरे भन्ने। म त्यस्ता कुरा पत्याउनै चाहन्नँ।

    हामीले अदालत र आयोगप्रति भरोसा त गरेका छौं। तर त्यसमा हामीले सहजीकरण गर्नुपर्छ। रिल्याक्स मानेर नबसौं। हामी आन्दोलनमा खडा भयौं भने सबै हाम्रै हुन्छ। सडकमा गएर हामी न्यायका लागि जनतासँगै सँगै बसेका छौं। यसो गर्दा जनतासँग जोडिएको लागेको छ। यसर्थ, हामी अपील गर्छौं हाम्रा नेता, कार्यकर्ता र जनतालाई, रातदिन नभनौं। संविधान र लोकतन्त्रमाथिको आक्रमण गर्नेविरुद्ध उत्रौं।

    (नेकपाको काठमाडौं जिल्लाको वृहत कार्यकर्ता प्रशिक्षण तथा भेलामा नेकपा अध्यक्ष प्रचण्डले गरेको सम्बोधन ।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.