Wednesday, January 27, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
    • All
    • विषय प्रवेश
    सिपी मैनालीले “वर्गशत्रुको रगतले हात रङ्ग्याउने”लाई कसरी राजनैतिक बनाए?

    छिन्नभिन्न झापा आन्दोलन सीपी मैनालीको अगुवाईमा कसरी राष्ट्रव्यापी बन्यो ?

    सिपी मैनालीले “वर्गशत्रुको रगतले हात रङ्ग्याउने”लाई कसरी राजनैतिक बनाए?

    सिपी मैनालीले “वर्गशत्रुको रगतले हात रङ्ग्याउने”लाई कसरी राजनैतिक बनाए?

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

    सन् १९५० को सन्धि पुनरावलोकनका विषयहरु श्रृङ्खला-३

  • सामयिक
    कम्युनिष्ट सँगठनको संरचनाबाट त्रसित जर्ज अर्वेल पार्टीभित्र संघर्ष गर्न जोड दिन्थे

    कम्युनिष्ट सँगठनको संरचनाबाट त्रसित जर्ज अर्वेल पार्टीभित्र संघर्ष गर्न जोड दिन्थे

    अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनको भाषण  (सारसंक्षेप)

    अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनको भाषण (सारसंक्षेप)

    क्यापिटल हिल हिंसा:  यो अन्य मुलुकका लागि पनि चेतावनी हो,  होसियार!

    क्यापिटल हिल हिंसा:  यो अन्य मुलुकका लागि पनि चेतावनी हो,  होसियार!

    अमेरिकी संसदको हिंसा र ट्रम्प–ओली प्रवृत्ति

  • अर्थ
    • All
    • उद्योग
    • सेवा
    बिटक्वाइन : पूँजीवादी संकटको भूमरीमा पानीको एउटा फोका

    बिटक्वाइन : पूँजीवादी संकटको भूमरीमा पानीको एउटा फोका

    खाद्यान्न, कृषिब्यवसायका श्रृङ्खलामा कोरोनाभाइरसको असर

    खाद्यान्न, कृषिब्यवसायका श्रृङ्खलामा कोरोनाभाइरसको असर

    अमेरिकाले व्यापार युद्धमा चिनियाँ मेडिकल उत्पादनहरूमा लगाएको कर छूट गर्‍यो

    अमेरिकाले व्यापार युद्धमा चिनियाँ मेडिकल उत्पादनहरूमा लगाएको कर छूट गर्‍यो

    थोमस पिकेटी: असमानता समाधान गर्ने कुरामा वर्तमान आर्थिक प्रणालीले काम गर्दैन

    थोमस पिकेटी: असमानता समाधान गर्ने कुरामा वर्तमान आर्थिक प्रणालीले काम गर्दैन

    कसरी युरोपी र अमेरिकी सरकारहरूले अफ्रिकाबाट लुट्छन र अफ्रिकी अर्थव्यवस्थालाई अस्थीर बनाउँछन्

    कसरी युरोपी र अमेरिकी सरकारहरूले अफ्रिकाबाट लुट्छन र अफ्रिकी अर्थव्यवस्थालाई अस्थीर बनाउँछन्

    बदलिंदो विश्व सन्दर्भमा नेपाल चीन सम्बन्ध श्रृङ्खला-१

    बदलिंदो विश्व सन्दर्भमा नेपाल चीन सम्बन्ध श्रृङ्खला-१

  • सुशासन
    • All
    • आधारभूत संरचना
    सुरक्षण मुद्रण सम्बन्धी उपकरण खरिदमा ७ अर्ब रुपैयाँ भ्रष्टाचारको आशंका

    सुरक्षण मुद्रण सम्बन्धी उपकरण खरिदमा ७ अर्ब रुपैयाँ भ्रष्टाचारको आशंका

    जीटुजीका नाममा नीतिगत भ्रष्टाचार!

    जीटुजीका नाममा नीतिगत भ्रष्टाचार!

    बिआरआइको राजनीतिक अर्थशास्त्र र नेपाल- १

    बिआरआइको राजनीतिक अर्थशास्त्र र नेपाल- १

    टोनी हेगनको बुझाईमा अरुण जलविद्युत तेस्रो

  • स्वास्थ्य /शिक्षा
    कुन खोपले गर्ला गरीब विश्वको उद्धार ?

    कुन खोपले गर्ला गरीब विश्वको उद्धार ?

    दर्शनशास्त्रीहरुले महामारीलाई कसरी अनुक्रिया गरे?

    दर्शनशास्त्रीहरुले महामारीलाई कसरी अनुक्रिया गरे?

    कोभिड भ्याक्सिनको खेल नै परिवर्तन गरिदिनेछ, चिनीया भ्याक्सिनले

    कोभिड भ्याक्सिनको खेल नै परिवर्तन गरिदिनेछ, चिनीया भ्याक्सिनले

    मेयर दण्डपाणीले गर्भवती भएपछि के के गरे?

    मेयर दण्डपाणीले गर्भवती भएपछि के के गरे?

  • समाज
    • All
    • इतिहास
    • कृषि
    • समाज राजनीति
    • सँस्कृति
    समताको कथाः मिस पिंक र मिस्टर ब्लुको कथा

    समताको कथाः मिस पिंक र मिस्टर ब्लुको कथा

    ट्रम्प त गए भने ओली के टिक्लान् ?

    ट्रम्प त गए भने ओली के टिक्लान् ?

    अर्को ओली नजन्मियोस् भन्नका लागि अब हामी उठ्यौँ

    अर्को ओली नजन्मियोस् भन्नका लागि अब हामी उठ्यौँ

    खड्गप्रसाद ओलीले बालकजस्तो संविधानको घाँटी निमोठ्ने काम गरेका छन्: देवी खड्का

    खड्गप्रसाद ओलीले बालकजस्तो संविधानको घाँटी निमोठ्ने काम गरेका छन्: देवी खड्का

  • विचार
    एनसेल कर प्रकरण: पुँजीगत लाभकर फेरि निर्धारण गर्नुपर्ने सर्वोच्च अदालतको फैसला

    संसद विघटन किन असंवैधानिक छ? समृत खरेलको बहसको सारसंक्षेप

    यसरी मदन भण्डारी साझा रहिरहन सक्नुहुन्न

    यसरी मदन भण्डारी साझा रहिरहन सक्नुहुन्न

    दलितको भूमि, श्रम र सीपको व्यवस्थापनको प्रश्न

    दलितको भूमि, श्रम र सीपको व्यवस्थापनको प्रश्न

    कोभिड–१९ तानाशाह र दलाल पूँजीको शिकञ्जामा

    कोभिड–१९ तानाशाह र दलाल पूँजीको शिकञ्जामा

  • दस्तावेज
    आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

    आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

    नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

    नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

    इङ्गल्याण्ड- चीनका शुरुवाति सम्बन्ध र पहिलो शसस्त्र मुठभेट

    इङ्गल्याण्ड- चीनका शुरुवाति सम्बन्ध र पहिलो शसस्त्र मुठभेट

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

  • कोभिड–१९
  • हाम्रोबारे

Home समाज

कसरी अफ्रिकीहरूले ‘स्पेनलाई सभ्य बनाए’

by गरिकाई चेङगु
January 14, 2021
in समाज
0 0
0
कसरी अफ्रिकीहरूले ‘स्पेनलाई सभ्य बनाए’
2
VIEWS
Share on FacebookShare on TwitterEmail

 सन् ७११ बाट मूरहरुले स्पेनलाई कब्जामा लिए। त्यसपछिका ७०० वर्ष लामो शासनकालमा ती अफ्रिकी मुसलमानहरूले जङ्गली युगका गोरा जातिहरुलाई सभ्य बनाए। मूरहरुले युरोपलाई कसरी सभ्य बनाए भन्नेबारे हाल केही अनुसन्धाताहरुले प्रष्ट गर्न थालेका छन्। आश्चर्य लाग्न सक्छ, ती मूरहरुले नै गणित, खगोलशास्त्र, कला तथा दर्शनबारे ज्ञान दिँदै यूरोपलाई अन्धकार युगबाट जागरण युगको बाटो देखाएका थिए।

४०८ वर्ष अगाडि (सन् १६०९) स्पेनका राजा फिलिप तृतीयले एउटा उर्दी जारी गरे। यस उर्दीले स्पेनी इतिहासको सबैभन्दा क्रुर र दु:खद अध्यायको सुत्रपात गर्यो। सो स्पेनी अन्वेषण शिखरमा रहेको समय थियो। करिव ५ वर्षको अवधिमा (१६०९ देखि १६१४) फिलिप तृतीयले तीन लाख मुस्लिम मेरिस्कोहरूलाई देश निस्काशन गरेका थिए। सो घटना सम्भवत इतिहासकै जातीय सफायाको उदाहरण मध्ये पहिलो र एउटा थियो।

हालको बुझाई विपरित, अरुले होइन कि प्राचिन अफ्रिकीहरूले नै स्पेनका साथै यूरोपका कैयन भागमा सभ्यता प्रवेश गराएका थिए।

युरोपको पहिलो सभ्यता ग्रिसको क्रेट टापुमा ईसा पूर्व १७०० मा स्थापित भएको थियो। त्यसबेलाका ग्रिकहरूलाई नाइल उपत्यका निवासी काला अफ्रिकीहरूले सभ्य बनाएका थिए। ती ग्रिकहरुले त्यस सभ्यताका सँस्कृतिलाई रोमनहरूमा हस्तान्तरण गरे, तर तिनीहरूले त्यस सभ्यतालाई गुमाए। त्यसपछि युरोपमा पाँच शताब्दी लामो अन्धकार युगको प्रारम्भ भयो। त्यस अन्धकारलाई अफ्रिकीहरूको अर्को समूह मुरले अन्त्य गर्यो। यसरी दोस्रो पटक युरोपमा सभ्यताको पुनः प्रवेश भयो। धेरैलाई थाहा नहोला, मूर भनेका लिविया, मोरक्को, नाइजेरिया तथा सेनेगल मूलका काला अफ्रिकी हुन्। मूर शब्द नै रोमनमा कालो जनाउने शब्द हो।

पश्चिममा इतिहास पढाइँदा ‘मध्य युग’ भनिने यस अवधिलाई आमरूपमा ‘अन्धकार युग’ भनिन्छ। यस्तो अवधिमा कला र विज्ञानको क्षेत्र लगायत सामान्यतः सभ्यता नै सुषुप्त रहेको मानिन्छ। निश्चय नै युरोपेलीहरूको हकमा यो सत्य हो, तर अफ्रिकीहरूको हकमा होइन।

ख्याति प्राप्त इतिहासकार चेइख अन्ता डियोपले मध्ययुगबारे विशद् व्याख्या गरेका छन्।  त्यस युगमा विश्वका महान् साम्राज्यहरू काला जातिका साम्राज्यहरू थिए र विश्वका बहुसंख्यक शैक्षिक तथा साँस्कृतिक केन्द्रहरू अफ्रिकी थिए। तर त्यस अवधिमा युरोपेलीहरू त कानुनवेगरका बर्बर जातिहरु थिए।

रोमन साम्राज्यको पतनपछि ककेससका थुप्रै युद्धरत गोरा जातिका कविलाहरू आक्रमणकारी हुणहरूद्वारा पश्चिम युरोपतर्फ लखेटिए। मूरहरूले सन् ७११ इस्वीमा स्पेनी समुद्रतटमा आक्रमण गरे र ती काला अफ्रिकी मूसलमानहरूले ककेससबाट लखेटिएका जङ्गली कविलाहरूलाई सभ्य बनाए। अन्ततः मुरहरूले स्पेन, पोर्चुगल, उत्तरी अफ्रिका र दक्षिणी फ्रान्समा ७०० वर्ष सम्म राज गरे।

RelatedPosts

समताको कथाः मिस पिंक र मिस्टर ब्लुको कथा

समताको कथाः मिस पिंक र मिस्टर ब्लुको कथा

January 26, 2021
18
ट्रम्प त गए भने ओली के टिक्लान् ?

ट्रम्प त गए भने ओली के टिक्लान् ?

January 26, 2021
202
अर्को ओली नजन्मियोस् भन्नका लागि अब हामी उठ्यौँ

अर्को ओली नजन्मियोस् भन्नका लागि अब हामी उठ्यौँ

January 24, 2021
222
खड्गप्रसाद ओलीले बालकजस्तो संविधानको घाँटी निमोठ्ने काम गरेका छन्: देवी खड्का

खड्गप्रसाद ओलीले बालकजस्तो संविधानको घाँटी निमोठ्ने काम गरेका छन्: देवी खड्का

January 24, 2021
89

स्पेनी शासकहरूका दरसन्तानले त्यस युगलाई ऐतिहासिक अभिलेखबाट नामेट बनाउन खोजेका थिए। तथापि, हालसालैका पुरातत्व विज्ञान र अध्येताले गणित, खगोलशास्त्र, कला र दर्शनका क्षेत्रमा मूरहरूले गरेको प्रगतिले कसरी युरोपलाई अन्धकार युगबाट मुक्त गरी पुनर्जागरणतर्फ पाइला चाल्न मद्दत गर्यो भन्ने तथ्य माथि नविन प्रकाश पारेका छन्।

प्रख्यात बेलायती इतिहासविद् मध्ये एक बासिल डेभिड्सनले आठौं शताब्दीमा ‘छिमेकीहरूद्वारा अधिक रुचाइएको वा बसोबास गर्न आरामदायी ठाँउ स्पेनमा स्थापित समृद्ध अफ्रिकी सभ्यता बाहेक अर्को थिएन’ भनी उल्लेख गरेका छन्।

मूरहरू निसन्देह काला जाति थिए र सोह्रौं शताब्दीका अंग्रेजी नाटककार विलियम शेक्सपियरले मूर शब्दलाई अफ्रिकीको पर्यायवाची शब्दका रूपमा प्रयोग गरेका छन्।

मुस्लिम स्पेनमा शिक्षा सर्वव्यापी थियो, जबकी क्रिष्चियन युरोपमा ९९% जनता निरक्षर थिए र राजा महाराजाहरू समेत पनि लेखपढ गर्न जान्दैनथे। पूर्व-आधुनिक समाजमा पनि मूरहरूको साक्षरता उल्लेख्य रूपमै गर्व गर्न लायक थियो। जुन युगमा युरोपमा जम्मा दुई विश्वविद्यालयमात्र थिए, त्यसै युगमा मुरहरूका १७ विश्वविद्यालय थिए। अक्सफोर्ड विश्वविद्यालयका संस्थापकहरूले आफ्नै संस्था स्थापना गर्ने प्रेरणा स्पेनका विश्वविद्यालयहरूको भ्रमण पछि प्राप्त गरेका थिए। संयुक्त राष्ट्र संघको शैक्षिक अाकडाअनुसार विश्वको सबैभन्दा पुरानो विश्वविद्यालय मोरोक्कोको अल-कराओइन विश्वविद्यालय हो, जसको स्थापना मुर साम्राज्य शिखरमा रहेको सन् ८५९ मा काला जातिकी एक महिला फातिमा अल-फिह्रीद्ले गरेकी हुन्।

गणितको क्षेत्रमा, शुन्य (०), अरबी संख्या र दशमलव प्रणाली मुसलमानहरूले युरोपमा पुर्याएका थिए, जसले उनिहरूलाई चाँडो र सटिक ढङ्गले गणितीय समस्या हल गर्न सहयोग पुर्याउनुका साथै वैज्ञानिक क्रान्तिको आधार तयार गर्न मद्दत पुर्यायो ।

मूरहरूको वैज्ञानिक कौतुहलता उडान र विद्वतासम्म विस्तारित थियो । इब्न् फिर्नासले सन् ८७५ मा नै विश्वको पहिलो वैज्ञानिक र मानवचालित उडानको प्रयास गरेका थिए। ऐतिहासिक अभिलेख अनुसार उनको उडान प्रयास सफल भएको थियो, तर अवतरण प्रयास सफल नभएको देखाउँछ। अफ्रिकनहरूले लियोलार्दो दा भिन्सीले ह्याङ ग्लाइडर बनाउनु भन्दा ६ शताब्दी अगाडि नै उड्न जानिसकेका थिए।

स्पष्टै छ, मुरहरूले आम युरोपेलीहरूलाई अन्धकार युगबाट बाहिर निस्कन र पुनर्जागरणको युगमा प्रवेश गर्न मद्दत गरेका थिए । वास्तवमा,  आधुनिक युरोपले अहिले गर्व गरिरहेका धेरै गुणहरू मुस्लिम स्पेनबाट पाएका हुन्। ती मध्ये स्वतन्त्र व्यापार, कुटनीति, खुला सिमाना, सामाजिक शिष्टाचार, उन्नत स्तरको समुद्री यात्रा, अनुसन्धान विधि र रसायन शास्त्रका केही मुख्य विकासहरू आदि हुन्।

जुन समयमा मुरहरूले करीव ६०० वटा सार्वजनिक स्नानगृहहरू बनाएका थिए, तिनीहरुका राजाहरू आलिसान महलहरूमा बस्दथे त्यस समयमा जर्मनी, फ्रान्स र बेलायतका राजाहरूले आम जनतालाई सरसफाइ भनेको पाप कर्म हो भनी सम्झाउँथे र युरोपेली राजाहरू झ्याल र चिम्नी नभएका तर धुवाँ बाहिर फाल्न छानामा एउटा प्वाल पारिएका ठूला घरमा बसोबास गर्दथे।

कोलम्बसले अमेरिका पत्ता लगाए भनिन्छ, यो नै अचम्मको कुरा हो । जबकी कोलम्बस आइरहेको कुरा त्यहाँका उच्चकोटीको सँस्कृतिका धनी र समृध्द जातिले समुद्रीतटबाट हेरिरहेका थिए ।

दशौं शताब्दीमा मुरीय (मूरहरूको) स्पेनको राजधानी कोरडोबामा थियो, जुन युरोपको सबैभन्दा महत्वपूर्ण र आधुनिक शहर थियो। कोरडोबाको जनसङ्ख्या पाँच लाख थियो र त्यहाँ सडक बत्तिको व्यवस्था थियो, कलधाराको व्यवस्था सहितका ५० अस्पताल, ५०० मस्जिद, ७० वटा पुस्तकालय थिए। एउटा पुस्तकालयमा त पाँच लाख भन्दा बढी पुस्तकहरु थिए ।

यी सबै उपलब्धि त्यस समयमा साकार भएका थिए, जुन समय लण्डनमा २० हजार जनसङ्ख्या थियो र बहुसंख्यक निरक्षर थिए। उनिहरूले करिब छ सय वर्ष अगाडि रोमनहरूले गरेका प्रविधि सम्बन्धी विकास लगभग सबै बिर्सिसकेका थिए। लण्डन र पेरिसका सडकमा बत्ति राखिएको र ढुङ्गा छापिएको त त्यसको सयौं वर्षपछि मात्र हो।

क्याथोलिक चर्चले ब्याजमा नगद लगानी गर्न निषेध गर्यो जसले आर्थिक प्रगतिको मार्गमा अड्चन खडा गर्यो। मध्यकालीन क्रिष्चियन युरोप विपतमा थियो र त्यहाँ गरीबी, फोहोर,बर्बता, अशिक्षा र अन्धविश्वास व्याप्त थिए ।

युरोपको महान अन्वेषणको युगमा, स्पेन र पोर्चुगल विश्वव्यापी समुद्री यात्राका नायक थिए। यस्तो नायक बनाउन मूरहरुको देन थियो । मूरहरुले नै नाविक प्रविधि जस्तै नक्षत्रयन्त्र (नक्षत्र अध्ययनमा व्यवहारिक समस्याहरू सुल्झाउने यन्त्र) र सेक्सटैन्ट यन्त्रको (नाविक विद्यामा वस्तुहरूको कोणिक दुरी नाप्ने यन्त्र) विकास तथा प्रगति र नक्सा बनाउने कला (कार्टोग्राफी) र जहाज निर्माणमा उनीहरूले गरेको सुधारले नै युरोपियनको अन्वेषण मार्ग प्रशस्त गर्यो । अतः विश्वमाथि पश्चिमको अर्धसहस्राब्दी लामो प्रभुत्व पनि सन् १३०० मा आएबेरियन प्रायद्विपका (एण्डोरा, स्पेन, पोर्चुगल र जिब्राल्टर मिलेर बनेको दक्षिणी) मूर नाविकहरूबाट प्रारम्भ भएको हो ।

स्पेनी सम्राटहरूले कोलम्बसलाई पश्चिमी जगतको खोजीमा खटाउनु भन्दा धेरै अगाडि अरुहरूका साथै अफ्रिकी मुसलमानहरूले अमेरिकासँग सम्पर्क स्थापित गरिसकेका थिए र त्यहाँको समुन्द्री यात्राको सँस्कृतिमा दीर्घकालीन प्रभाव पारेका थिए ।

कोलम्बसले अमेरिका पत्ता लगाए भनिन्छ, यो नै अचम्मको कुरा हो । जबकी कोलम्बस आइरहेको कुरा त्यहाँका उच्चकोटीको सँस्कृतिका धनी र समृध्द जातिले समुद्रीतटबाट हेरिरहेका थिए ।

हाल प्राप्त भइरहेका नयाँ-नयाँ तथ्यहरूले कोलम्बस भन्दा धेरै पहिले अफ्रिकीहरू आन्ध्रमहासागर तरेर पटक-पटक अमेरिका पुगिसकेका थिए, त्यो पनि क्राइष्टको समय अगाडि नै भनेर प्रमाणित गरेका छन्। हार्वड विश्वविद्यालयका डा. बेरी फेलले मुर्तिकला, मौखिक परम्परा, सिक्का, प्रत्यक्षदर्शीका अभिलेखहरू र प्राचिन शिलालेखहरूबाट मुसलमानहरू कोलम्बसभन्दा पहिले नै अमेरिका पुगेको यथेष्ट प्रमाणहरू माथि प्रकाश पारेका छन् ।

कोलम्बसभन्दा पहिले अफ्रिकीहरू अमेरिका पुगेको सबैभन्दा बलियो प्रमाण स्वयम् कोलम्बसले नै लेखेका छन्। सन् १९२० मा हार्वड विश्वविद्यालयका ख्यातिप्राप्त अमेरिकी इतिहासविद् तथा भाषाविद् लियो वेइनरले आफ्नो पुस्तक अफ्रिका र अमेरिकाको आविष्कार मा ‘दक्षीण–पूर्वी दिशाबाट जहाज चढेर कालो छाला भएका मानिसहरू सुनको टुप्पो भएका भाला बेच्न आएको’ कुरा त्यहाँको रैथानेहरूले बताएको कुरा कोलम्बसले आफ्नो जर्नलमा टिपेको कुरालाई व्याख्या गरेका छन् ।

मुस्लिम स्पेनले इजिप्ट, ग्रिस र रोमन सभ्यताको बौद्धिक प्रगतिलाई संग्रह गर्ने र त्यसलाई चीरस्थायी बनाउने काम मात्र गरेन, बरु त्यस सभ्यतालाई अझ समृद्ध बनायो र यसले खगोलशास्त्र, औषधी विज्ञान, नाविक विज्ञान, आर्किटेक्चर र कानुनको क्षेत्रमा आफैंले महत्वपूर्ण योगदान गर्‍यो।

केही पश्चिमा विद्वानहरूले सदियौंदेखि छरेको पुरानो भ्रमका कारण अफ्रिकी महादेशप्रति कैयन दुराग्रह छन्। तिनीहरुले अफ्रिकी महादेशले सभ्यतामा अति कम योगदान गर्यो वा कुनै योगदान नै पुर्याएन र त्यहाँ बसोबास गर्ने मानिस प्राकृतिक रूपले नै असभ्य छन् भन्ने धारणा स्थापित गरेका छन्। यही कारण अफ्रिकामा निरन्तर चलिरहेको नश्लीय दुराग्रह, दासत्व, उपनिवेशीकरण र आर्थिक शोषणको बिजारोपण भयो । यदि अफ्रिकीहरूले आफ्नो वास्तविक इतिहास पुनः लेखन गरे भने, उनीहरूले आफ्ने पुरानो गौरवगाथा उजागर गर्नेछन् र त्यो अन्तत पुनः प्राप्त गर्नेछन् । वास्तवमा अफ्रिकाको गौरवमय भविष्यमा सबैभन्दा ठूलो बाधा भनेको नै त्यसका जनताको आफ्नो विगतको गौरवगाथाप्रतिकाे अनभिज्ञता नै हो ।

(यो लेख सर्वप्रथम ग्लोबल रिसर्चमा प्रकाशित भएको थियो। तर यसलाई दामोदर उपाध्यायले  Pambazuka News (Voices for Freedom and Justice) नामक अनलाइनबाट भावानुवाद गर्नुभएको हो। )

Tags: मूरस्पेन

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
गरिकाई चेङगु

गरिकाई चेङगु

गरिकाइ चेङगु हावर्ड विश्वविद्यालयका अनुसन्धाता हुन्

Connect with us

Recommended

नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

1 year ago
2
निकोलाई चाउचेस्कु: अति महत्वकांक्षाको दुर्दान्त अन्त्य

निकोलाई चाउचेस्कु: अति महत्वकांक्षाको दुर्दान्त अन्त्य

7 months ago
5

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • अर्थ
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • विचार
    • दस्तावेज
    • कोभिड–१९
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Sign In with Facebook
    Sign In with Linked In
    OR

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Sign Up with Facebook
    Sign Up with Linked In
    OR

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.