Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कसरी अफ्रिकीहरूले ‘स्पेनलाई सभ्य बनाए’

गरिकाई चेङगु गरिकाई चेङगु
साउन १२, २०७४
- समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

     सन् ७११ बाट मूरहरुले स्पेनलाई कब्जामा लिए। त्यसपछिका ७०० वर्ष लामो शासनकालमा ती अफ्रिकी मुसलमानहरूले जङ्गली युगका गोरा जातिहरुलाई सभ्य बनाए। मूरहरुले युरोपलाई कसरी सभ्य बनाए भन्नेबारे हाल केही अनुसन्धाताहरुले प्रष्ट गर्न थालेका छन्। आश्चर्य लाग्न सक्छ, ती मूरहरुले नै गणित, खगोलशास्त्र, कला तथा दर्शनबारे ज्ञान दिँदै यूरोपलाई अन्धकार युगबाट जागरण युगको बाटो देखाएका थिए।

    ४०८ वर्ष अगाडि (सन् १६०९) स्पेनका राजा फिलिप तृतीयले एउटा उर्दी जारी गरे। यस उर्दीले स्पेनी इतिहासको सबैभन्दा क्रुर र दु:खद अध्यायको सुत्रपात गर्‍यो। सो स्पेनी अन्वेषण शिखरमा रहेको समय थियो। करिव ५ वर्षको अवधिमा (१६०९ देखि १६१४) फिलिप तृतीयले तीन लाख मुस्लिम मेरिस्कोहरूलाई देश निस्काशन गरेका थिए। सो घटना सम्भवत इतिहासकै जातीय सफायाको उदाहरण मध्ये पहिलो थियो।

    हालको बुझाइ विपरित, अरुले होइन कि प्राचिन अफ्रिकीहरूले नै स्पेनका साथै यूरोपका कैयन भागमा सभ्यता प्रवेश गराएका थिए।

    युरोपको पहिलो सभ्यता ग्रिसको क्रेट टापुमा ईसा पूर्व १७०० मा स्थापित भएको थियो। त्यसबेलाका ग्रिकहरूलाई नाइल उपत्यका निवासी काला अफ्रिकीहरूले सभ्य बनाएका थिए। ती ग्रिकहरुले त्यस सभ्यताका संस्कृतिलाई रोमनहरूमा हस्तान्तरण गरे, तर तिनीहरूले त्यस सभ्यतालाई गुमाए। त्यसपछि युरोपमा पाँच शताब्दी लामो अन्धकार युगको प्रारम्भ भयो। त्यस अन्धकारलाई अफ्रिकीहरूको अर्को समूह मुरले अन्त्य गर्‍यो। यसरी दोस्रो पटक युरोपमा सभ्यताको पुनः प्रवेश भयो। धेरैलाई थाहा नहोला, मूर भनेका लिविया, मोरक्को, नाइजेरिया तथा सेनेगल मूलका काला अफ्रिकी हुन्। मूर शब्द नै रोमनमा कालो जनाउने शब्द हो।

    पश्चिममा इतिहास पढाइँदा ‘मध्य युग’ भनिने यस अवधिलाई आमरूपमा ‘अन्धकार युग’ भनिन्छ। यस्तो अवधिमा कला र विज्ञानको क्षेत्र लगायत सामान्यतः सभ्यता नै सुषुप्त रहेको मानिन्छ। निश्चय नै युरोपेलीहरूको हकमा यो सत्य हो, तर अफ्रिकीहरूको हकमा होइन।

    ख्याति प्राप्त इतिहासकार चेइख अन्ता डियोपले मध्ययुगबारे विशद् व्याख्या गरेका छन्।  त्यस युगमा विश्वका महान् साम्राज्यहरू काला जातिका साम्राज्यहरू थिए र विश्वका बहुसंख्यक शैक्षिक तथा साँस्कृतिक केन्द्रहरू अफ्रिकी थिए। तर त्यस अवधिमा युरोपेलीहरू त कानुनवेगरका बर्बर जातिहरु थिए।

    रोमन साम्राज्यको पतनपछि ककेससका थुप्रै युद्धरत गोरा जातिका कविलाहरू आक्रमणकारी हुणहरूद्वारा पश्चिम युरोपतर्फ लखेटिए। मूरहरूले सन् ७११ इस्वीमा स्पेनी समुद्रतटमा आक्रमण गरे र ती काला अफ्रिकी मुसलमानहरूले ककेससबाट लखेटिएका जङ्गली कविलाहरूलाई सभ्य बनाए। अन्ततः मुरहरूले स्पेन, पोर्चुगल, उत्तरी अफ्रिका र दक्षिणी फ्रान्समा ७०० वर्ष सम्म राज गरे।

    स्पेनी शासकहरूका दरसन्तानले त्यस युगलाई ऐतिहासिक अभिलेखबाट नामेट बनाउन खोजेका थिए। तथापि, हालसालैका पुरातत्व विज्ञान र अध्येताले गणित, खगोलशास्त्र, कला र दर्शनका क्षेत्रमा मूरहरूले गरेको प्रगतिले कसरी युरोपलाई अन्धकार युगबाट मुक्त गरी पुनर्जागरणतर्फ पाइला चाल्न मद्दत गर्‍यो भन्ने तथ्य माथि नविन प्रकाश पारेका छन्।

    प्रख्यात बेलायती इतिहासविद् मध्ये एक बासिल डेभिड्सनले आठौं शताब्दीमा ‘छिमेकीहरूद्वारा अधिक रुचाइएको वा बसोबास गर्न आरामदायी ठाँउ स्पेनमा स्थापित समृद्ध अफ्रिकी सभ्यता बाहेक अर्को थिएन’ भनी उल्लेख गरेका छन्।

    मूरहरू निसन्देह काला जाति थिए र सोह्रौं शताब्दीका अंग्रेजी नाटककार विलियम शेक्सपियरले मूर शब्दलाई अफ्रिकीको पर्यायवाची शब्दका रूपमा प्रयोग गरेका छन्।

    मुस्लिम-स्पेनमा शिक्षा सर्वव्यापी थियो, जबकी क्रिश्चचियन युरोपमा ९९% जनता निरक्षर थिए र राजा महाराजाहरू समेत पनि लेखपढ गर्न जान्दैनथे। पूर्व-आधुनिक समाजमा पनि मूरहरूको साक्षरता उल्लेख्य रूपमै गर्व गर्न लायक थियो। जुन युगमा युरोपमा जम्मा दुई वटा मात्र विश्वविद्यालय थिए, त्यसै युगमा मुरहरूका १७ विश्वविद्यालय थिए। अक्सफोर्ड विश्वविद्यालयका संस्थापकहरूले आफ्नै संस्था स्थापना गर्ने प्रेरणा स्पेनका विश्वविद्यालयहरूको भ्रमण पछि प्राप्त गरेका थिए। संयुक्त राष्ट्र संघको शैक्षिक आकडाअनुसार विश्वको सबैभन्दा पुरानो विश्वविद्यालय मोरोक्कोको अल-कराओइन विश्वविद्यालय हो, जसको स्थापना मुर साम्राज्य शिखरमा रहेको सन् ८५९ मा काला जातिकी एक महिला फातिमा अल-फिह्रीद्ले गरेकी हुन्।

    मुसलमानहरूले नै गणितको क्षेत्रमा, शुन्य (०), अरबी संख्या र दशमलव प्रणाली युरोपमा पुर्‍याएका थिए, जसले उनीहरूलाई चाँडो र सटिक ढङ्गले गणितीय समस्या हल गर्न सहयोग पुर्‍याउनुका साथै वैज्ञानिक क्रान्तिको आधार तयार गर्न मद्दत पुर्‍यायो।

    मूरहरूको वैज्ञानिक कौतुहल, काल्पनिकी र विद्वतासम्म विस्तारित थियो । इब्न् फिर्नासले सन् ८७५ मा नै विश्वको पहिलो वैज्ञानिक र मानवचालित उडानको प्रयास गरेका थिए। ऐतिहासिक अभिलेख अनुसार उनको उडान-प्रयास सफल भएको थियो, तर अवतरण-प्रयास सफल नभएको देखाउँछ। लियोलार्दो दा भिन्सीले ह्याङ ग्लाइडर बनाउनु भन्दा ६ शताब्दी अगाडि नै अफ्रिकनहरूले उड्न जानिसकेका थिए।

    स्पष्टै छ, मुरहरूले आम युरोपेलीहरूलाई अन्धकार युगबाट बाहिर निस्कन र पुनर्जागरणको युगमा प्रवेश गर्न मद्दत गरेका थिए। वास्तवमा, आधुनिक युरोपले अहिले गर्व गरिरहेका धेरै गुणहरू मुस्लिम-स्पेनबाट पाएका हुन्। ती मध्ये स्वतन्त्र व्यापार, कुटनीति, खुला सिमाना, सामाजिक शिष्टाचार, उन्नत स्तरको समुद्री यात्रा, अनुसन्धान विधि र रसायन शास्त्रका केही मुख्य विकासहरू आदि हुन्।

    जुन समयमा मुरहरूले करीव ६०० वटा सार्वजनिक स्नानगृहहरू बनाएका थिए, तिनीहरुका राजाहरू आलिसान महलहरूमा बस्दथे। त्यस समयमा जर्मनी, फ्रान्स र बेलायतका राजाहरूले आम जनतालाई सरसफाइ भनेको पाप कर्म हो भनी सम्झाउँथे र युरोपेली राजाहरू झ्याल र चिम्नी नभएका तर धुवाँ बाहिर फाल्न छानामा एउटा प्वाल पारिएका ठूला घरमा बसोबास गर्दथे।

    कोलम्बसले अमेरिका पत्ता लगाए भनिन्छ, यो नै अचम्मको कुरा हो। जबकी कोलम्बस आइरहेको कुरा त्यहाँका उच्चकोटीको सँस्कृतिका धनी र समृध्द जातिले समुद्रीतटबाट हेरिरहेका थिए।

    दशौं शताब्दीमा मुस्लिम-स्पेनको (मूरहरूको)राजधानी कोरडोबामा थियो, जुन युरोपको सबैभन्दा महत्वपूर्ण र आधुनिक शहर थियो। कोरडोबाको जनसङ्ख्या पाँच लाख थियो र त्यहाँ सडक बत्तिको व्यवस्था थियो। कलधाराको व्यवस्था सहितका ५० अस्पताल, ५०० मस्जिद, ७० वटा पुस्तकालय थिए। एउटा पुस्तकालयमा त पाँच लाख भन्दा बढी पुस्तकहरु थिए।

    यी सबै उपलब्धि त्यस समयमा साकार भएका थिए, जुन समय लण्डनको जनसङ्ख्या २० हजार थियो र बहुसंख्यक निरक्षर थिए। उनीहरूले करिब छ सय वर्ष अगाडि रोमनहरूले गरेका प्रविधि सम्बन्धी विकास लगभग सबै बिर्सिसकेका थिए। लण्डन र पेरिसका सडकमा बत्ति राखिएको र ढुङ्गा छापिएको त त्यसको सयौं वर्षपछि मात्र हो।

    क्याथोलिक चर्चले ब्याजमा नगद लगानी गर्न निषेध गर्‍यो जसले आर्थिक प्रगतिको मार्गमा अड्चन खडा गर्‍यो। मध्यकालीन क्रिश्चियन युरोप विपतमा थियो र त्यहाँ गरीबी, फोहोर, बरबरता, अशिक्षा र अन्धविश्वास व्याप्त थिए।

    युरोपको महान अन्वेषणको युगमा, स्पेन र पोर्चुगल विश्वव्यापी समुद्री यात्राका नायक थिए। यस्तो नायक बनाउन मूरहरुको देन थियो। मूरहरुले नै नाविक प्रविधि जस्तै नक्षत्र-यन्त्र (नक्षत्र अध्ययनमा व्यवहारिक समस्याहरू सुल्झाउने यन्त्र) र सेक्सटैन्ट यन्त्रको (नाविक विद्यामा वस्तुहरूको कोणिक दुरी नाप्ने यन्त्र) विकास तथा प्रगति र नक्सा बनाउने कला (कार्टोग्राफी) र जहाज निर्माणमा उनीहरूले गरेको सुधारले नै युरोपियनको अन्वेषण मार्ग प्रशस्त गर्‍यो। अतः विश्वमाथि पश्चिमको अर्धसहस्राब्दी लामो प्रभुत्व पनि सन् १३०० मा आएबेरियन प्रायद्विपका (एण्डोरा, स्पेन, पोर्चुगल र जिब्राल्टर मिलेर बनेको दक्षिणी) मूर नाविकहरूबाट प्रारम्भ भएको हो।

    स्पेनी सम्राटहरूले कोलम्बसलाई पश्चिमी जगतको खोजीमा खटाउनु भन्दा धेरै अगाडि अरुहरूका साथै अफ्रिकी मुसलमानहरूले अमेरिकासँग सम्पर्क स्थापित गरिसकेका थिए र त्यहाँको समुन्द्री यात्राको सँस्कृतिमा दीर्घकालीन प्रभाव पारेका थिए।

    कोलम्बसले अमेरिका पत्ता लगाए भनिन्छ, यो नै अचम्मको कुरा हो। जबकी कोलम्बस आइरहेको कुरा त्यहाँका उच्चकोटीको सँस्कृतिका धनी र समृध्द जातिले समुद्रीतटबाट हेरिरहेका थिए।

    हाल प्राप्त भइरहेका नयाँ-नयाँ तथ्यहरूले कोलम्बस भन्दा धेरै पहिले अफ्रिकीहरू आन्ध्रमहासागर तरेर पटक-पटक अमेरिका पुगिसकेका थिए, त्यो पनि क्राइष्टको समय अगाडि नै भनेर प्रमाणित गरेका छन्। हावर्ड विश्वविद्यालयका डा. बेरी फेलले मुर्तिकला, मौखिक परम्परा, सिक्का, प्रत्यक्षदर्शीका अभिलेखहरू र प्राचिन शिलालेखहरूबाट मुसलमानहरू कोलम्बसभन्दा पहिले नै अमेरिका पुगेको यथेष्ट प्रमाणहरू माथि प्रकाश पारेका छन्।

    कोलम्बसभन्दा पहिले अफ्रिकीहरू अमेरिका पुगेको सबैभन्दा बलियो प्रमाण स्वयम् कोलम्बसले नै लेखेका छन्। सन् १९२० मा हावर्ड विश्वविद्यालयका ख्यातिप्राप्त अमेरिकी इतिहासविद् तथा भाषाविद् लियो वेइनरले आफ्नो पुस्तक अफ्रिका र अमेरिकाको आविष्कार मा ‘दक्षीण–पूर्वी दिशाबाट जहाज चढेर कालो छाला भएका मानिसहरू सुनको टुप्पो भएका भाला बेच्न आएको’ कुरा त्यहाँको रैथानेहरूले बताएको कुरा कोलम्बसले आफ्नो जर्नलमा टिपेको कुरालाई व्याख्या गरेका छन्।

    मुस्लिम-स्पेनले इजिप्ट, ग्रिस र रोमन सभ्यताको बौद्धिक प्रगतिलाई संग्रह गर्ने र त्यसलाई चीरस्थायी बनाउने काम मात्र गरेन, बरु त्यस सभ्यतालाई अझ समृद्ध बनायो र यसले खगोलशास्त्र, औषधी विज्ञान, नाविक विज्ञान, आर्किटेक्चर र कानुनको क्षेत्रमा आफैंले महत्वपूर्ण योगदान गर्‍यो।

    केही पश्चिमा विद्वानहरूले सदियौंदेखि छरेको पुरानो भ्रमका कारण अफ्रिकी महादेशप्रति कैयन दुराग्रह छन्। तिनीहरुले अफ्रिकी महादेशले सभ्यतामा अति कम योगदान गर्‍यो  वा कुनै योगदान नै पुर्‍याएन र त्यहाँ बसोबास गर्ने मानिस प्राकृतिक रूपले नै असभ्य छन् भन्ने धारणा स्थापित गरेका छन्। यही कारण अफ्रिकामा निरन्तर चलिरहेको नश्लीय दुराग्रह, दासत्व, उपनिवेशीकरण र आर्थिक शोषणको बिजारोपण भयो। यदि अफ्रिकीहरूले आफ्नो वास्तविक इतिहास पुनः लेखन गरे भने, उनीहरूले आफ्ने पुरानो गौरवगाथा उजागर गर्नेछन् र त्यो अन्तत पुनः प्राप्त गर्नेछन्। वास्तवमा अफ्रिकाको गौरवमय भविष्यमा सबैभन्दा ठूलो बाधा भनेको नै त्यसका जनताको आफ्नो विगतको गौरवगाथाप्रतिकाे अनभिज्ञता नै हो।

    (यो लेख सर्वप्रथम ग्लोबल रिसर्चमा प्रकाशित भएको थियो। तर यसलाई दामोदर उपाध्यायले  Pambazuka News (Voices for Freedom and Justice) नामक अनलाइनबाट भावानुवाद गर्नुभएको हो। )

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      Tags: मूरस्पेन
      गरिकाई चेङगु

      गरिकाई चेङगु

      गरिकाइ चेङगु हावर्ड विश्वविद्यालयका अनुसन्धाता हुन्

      Related Posts

      जलवायु परिवर्तन र खाद्य अधिकार

      जलवायु परिवर्तन र खाद्य अधिकार

      डा. भेषराज अधिकारी
      असार १, २०८१

      १. विषय प्रवेश संसारको हरेक कुनामा जहाँ जहाँ मानव वस्ती छ, प्रायः त्यहाँ कुनै न कुनै रूपमा खाद्य अभाव तथा...

      लोकसंस्कृति र मादीका विशिष्टता

      लोकसंस्कृति र मादीका विशिष्टता

      झलक सुवेदी
      बैशाख ७, २०८१

      विषय प्रवेश/परिभाषा मान्छे आफ्ना इच्छाहरूभन्दा स्वतन्त्र रहेका उपलब्ध भौतिक साधनहरूको प्रयोग गर्दै उत्पादन कार्यमा संलग्न हुन्छ, परिभाषित पद्धतिमा आबद्ध भएर...

      ओझेल परेको समताको जलवायु न्याय

      ओझेल परेको समताको जलवायु न्याय

      डा. विमल रेग्मी
      चैत्र २५, २०८०

      जलवायु परिवर्तनको त्रासदीबाट विश्वलाई जोगाउन भनी अधिकांश राष्ट्रहरूले सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिलाई पारित गरेका थिए। तर २०२३...

      प्रविधिले सँस्कृति, सँस्कृतिले पहिचानलाई गतिशील बनाइरहन्छन्: डा. सुरेश ढकाल

      प्रविधिले सँस्कृति, सँस्कृतिले पहिचानलाई गतिशील बनाइरहन्छन्: डा. सुरेश ढकाल

      नेपाल रिडर्स
      चैत्र २२, २०८०

      प्रविधिले सँस्कृति, सँस्कृतिले पहिचानलाई गतिशील बनाइरहन्छन्: डा. सुरेश ढकाल https://youtu.be/itG0btnpZUo

      बसाइँ सराइ र तराईमा भूमि सम्बन्धी द्वन्द्व

      बसाइँ सराइ र तराईमा भूमि सम्बन्धी द्वन्द्व

      झलक सुवेदी
      चैत्र १२, २०८०

      विद्यमान उत्पादन पद्धतिमा भूमिको प्राकृतिक क्षमताको पूर्ण उपयोग भइसकेको छ। त्यही भएर पनि के कुरा अनौठो होइन भने सार्वजनिक भूमिको...

      संघीयता: राम्रो संविधान कमजोर अभ्यास – सोमत घिमिरे

      संघीयता: राम्रो संविधान कमजोर अभ्यास – सोमत घिमिरे

      नेपाल रिडर्स
      चैत्र ७, २०८०

      संघीयता: राम्रो संविधान कमजोर अभ्यास  । https://youtu.be/e5v4ojFnfQ0

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.