Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कसरी प्रविधि क्षेत्रले महिलाहरूलाई पञ्छाएर इतिहास लेख्यो?

क्रिस्टी ब्रिउर क्रिस्टी ब्रिउर
साउन ३०, २०७४
- विमर्शका लागि, शीर्ष शीर्षक
A A
0
क्याथी जिलिस्पेले १९७० को सेन्ट्रल इलेक्ट्रिसिटी जेनेरेटिङ बोर्डमा आईबीएम-360 मा गरिएको प्रारम्भिक कार्यक्रमलाई संचालन गरिन्। फोटोग्राफ: क्याथी जिलिस्पे

क्याथी जिलिस्पेले १९७० को सेन्ट्रल इलेक्ट्रिसिटी जेनेरेटिङ बोर्डमा आईबीएम-360 मा गरिएको प्रारम्भिक कार्यक्रमलाई संचालन गरिन्। फोटोग्राफ: क्याथी जिलिस्पे

  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    स्याडी टाइपिस्ट र सुसिको कम्प्यूटर: परिष्कृत तर सस्तो। त्यो जोडीलाई बेलायतको एक कम्प्युटर कम्पनी (जुन अहिले बन्द भइसक्यो) लाई प्रबर्द्धन गर्ने काममा १९६० को दशकभर कसरी व्यस्त गरियो ?

    त्यसबेला बेलायतमा युवा, आकर्षक महिलाहरुलाई प्रयोग गरेर कम्प्यूटरको विज्ञापन गर्नु आम अभियान नै थियो। जबकि पुरुष म्यानेजरहरु, यस नयाँ प्रविधिका जटिलताहरुबारे अनभिज्ञ थिए र यी यन्त्रहरुलाई भयङ्कर र तिलस्मी ठान्दथे।

    दोस्रो विश्वयुद्धको दौरान ब्लेचले पार्क कारखानामा महिलाहरूले सङ्केतलाई बुझ्ने भाषामा ल्याउन महत्वपूर्ण भूमिका खेले। फोटो: ब्लेचले पार्क ट्रस्ट / एसएसपीएल मार्फत् गेटी इमेज

    प्रविधिसम्वन्धका इतिहासकार मैरी हिक्सका अनुसार त्यसवेला “कम्प्यूटर महङ्गा थिए र मेनेजरहरुसँगै महिलाहरुलाई राखेर कम्प्युटरहरुको विज्ञापन गरिन्थ्यो र कम्प्यूटर चलाउने जागिर सजिलो छ भन्ने सन्देश दिइन्थ्यो। यसो गर्दा सस्तोमा जनशक्ति पाइन्थ्यो।” ती भनेका टाइपिस्ट जस्तै नै हुनसक्थे। तर स्याडीहरु टाइपिस्टमात्र थिएनन्। तर, तिनीहरु होच्याएर वा चलनचल्तिको तलव दिएर काम गराउन सकिने दक्ष र निपूर्ण कम्प्युटर प्रोग्रामर थिए।

    दोस्रो विश्वयुद्धदेखि ६० को दशक मध्यसम्म नै कम्प्युटर उद्योगका दक्ष प्राविधिक जनशक्तिका बहुसंख्यक महिलाहरु नै थिए। यस कुरालाई हिक्सको पुस्तक ‘प्रोग्राम इनईक्वालिटी’ले प्रष्ट गर्छ।

    क्याथी जिलिस्पेले १९७० को सेन्ट्रल इलेक्ट्रिसिटी जेनेरेटिङ बोर्डमा आईबीएम-360 मा गरिएको प्रारम्भिक कार्यक्रमलाई संचालन गरिन्। फोटोग्राफ: क्याथी जिलिस्पे

    त्यसबेला महिलाहरुले कोठाजत्रै अजङ्गका इलेक्ट्रोमेकानिकल कम्प्युटर चलाउँथे। दोस्रो विश्वयुद्धभर गोप्य सङ्केतलाई पढ्न सकिने भाषामा परिवर्तन गर्दथे। सैनिक बन्दोबस्तिका सामानहरु र सैन्यउडानसम्बन्धी हिसावकिताव गर्थे। त्यसपछि तिनीहरु निजामति सेवामा पठाइए, त्यहाँ सरकारका लागि कम्प्युटरबाट आवश्यक सूचना तथा तथ्याङ्क संकलन गर्न थाले। तर कम्प्युटिङ् सेवालाई “अदक्ष, अति नै महिलाकृत कामको रुपमा हेरियो- हिक्सको बुझाई यस्तो छ। महिलाहरुलाई जागिरका लागि सजिला, आज्ञाकारी जनशक्तिका रुपमा हेर्न थालियो। त्यो कम्प्युटिङ्-कार्य महत्वपूर्ण थियो तापनि अवमूल्यन गरियो।

    कम्पनीका मेनेजरहरु महिलाहरुलाई कम्प्युटर उद्योगका लागि उपयुक्त ठान्दथे किनकि महिलाहरुलाई पदोन्नतिका लागि प्रस्ताव गर्नु पर्दैन। “मेनेजरको अपेक्षा कस्तो थियो भने विवाह र बालबच्चा हुनसाथ महिलाहरुले जागिर छाडी हाल्छन्। अनि त्यस्तालाई निराश हुने वा पदोन्नति र तलव बृद्धिका लागि माग गर्ने समय नै हुँदैन” हिक्स भन्छिन्।

    तर १९७० को दशकदेखि, सोचमा परिवर्तन भयो र कम्प्युटरक्षेत्रमा महिलाहरुलाई वेवास्ता गर्न थालियो। सरकार र उद्योगहरु बुद्धिमान भइसकेका थिए। र, त्यसबेलासम्म तिनीहरु कम्प्यूटरलाई क्षमता अनुसार विभिन्न स्तरका व्यवस्थापन कार्यमा एकीकृत गर्न सक्ने भइसकेका थिए। “र महिलालाई तल्लो तहका लोसेहरु भन्दै कम्प्युटर इन्चार्ज राख्न छाडिसकेका थिए” हिक्स व्याख्या गर्छिन्। महिलाहरुलाई तरिका पुर्‍याएर पजनी गरिए र तिनीहरुका स्थानमा बढी तलव र आकर्षक पदका साथ पुरुषहरुलाई प्रतिष्ठापित गरिए।

    विभेद जारी छ

    “आज पनि कम्पनीहरुःपुरुषलाईभन्दा महिलालाई भिन्न तरिकाले लोभ्याउन सकिन्छ भन्ने ठान्दछन्” हिक्स भन्छिन्। हालैमात्र फेसबुकका प्रमुख संचालक अधिकृत शेरील स्याण्डबर्गले तलवमा भइरहेको पक्षपात विरुद्ध बोलेकी छिन्। उनी भन्छिन् : गूगलजस्ता अजङ्ग ई-प्रविधि क्षेत्रहरुमा समेत नियम पुर्‍याएर महिलालाई कम तलव  दिइन्छ र व्यापकरुपमा कैयन भेदभाव गरिन्छन्। गत मई महिनामा, यस कम्पनीसँग अमेरिकी श्रम विभागले तलवसम्बन्धी सूचना मागेको थियो तर वित्तीय गोपनीयतामाथिको सहन नसकिने हस्तक्षेप भन्दै दलील पेश गर्‍यो। अगस्त महिनामा सिलिकन भेली कम्पनीले पुरुष सफ्टवेयर इन्जिनियरहरुको दश बुँदे घोषणा सार्वजनिक भएपछि कानूनी कारवाहीको सामना गर्नु परेको थियो। (त्यस घोषणामा जाति र लैङ्गिक विविधताका कारण पदोन्नति गरिनु हुँदैन किनकि “जैविक कारणहरु” ले गर्दा महिला इप्रविधिमा कमजोर हुन्छन् भन्ने थियो) तर त्यस कम्पनीले विविध पहलकदमीबारे आलोचना गर्दै र “जैविक भिन्नताहरु” ले गर्दा इप्रविधिमा महिलाले भन्दा पुरुषले बढी नेतृत्वदायी भूमिका निर्वाह गर्ने तर्कमा जोड गर्‍यो।

    “गूगल जस्ता कम्पनीहरु कम्प्युटर उद्योगको शुरुवाती अवधिमा नभएको स्पष्टै छ, तथापी तिनीहरुले यस्तै मान्यताबाट महिलाहरुलाई किनारामा धकेलेर अझैपनि फाइदा लिइरहेकाछन्- लेखक भन्छन्।

    यदि किनारामा नधकेली कम्प्युटर कार्यमा महिलालाई नियमित गराइएको भए हाल ईप्रविधि उद्योग बिल्कुलै भिन्न हुन्थ्यो होला। अहिलेसम्म पनि महिलाहरुको उच्च प्रविधिमा अतिमहत्वपूर्ण सहभागिता त हुन्थ्यो नै धेरै प्लाटफर्महरु र आप्सहरु उनीहरुबाट तयार हुन्थे होलान्। यदि यस्तो भएको भए महिलाहरुको कार्यस्थल र उनीहरुका ईउत्पादनहरुमा कैयन यौनजन्य विकृति र दुर्व्यवहारले व्यापकता पाउँदथे त? सम्भवत पाउँदैनथे होलान्।

    जब बेलायतमा कम्प्यूटिङ उद्योगबाट महिलाहरुलाई हटाइयो तबदेखि बेलायतमा कम्प्यूटिङ उद्योग खस्कन थाल्यो – र अन्तत: ध्वस्त नै भयो, हिक्स यस्तो ठान्छिन्। “महिलाहरु एकाएक हटाइँदा बारबार जनशक्तिमा कमी हुन थाल्यो । धेरै भन्दा धेरै युवाहरुलाई कम्प्युटिङ्ग क्षेत्रमा ल्याउन तालिम दिइयो। र, ती युवाहरु केही न केही गर्ने इच्छा लिएर त्यस क्षेत्रमा जान्थे तर केही महिनामा नै निराश भएर पलायन हुन्थे। किनकि यस क्षेत्रलाई अझैपनि महिलाको मात्र पेशा मानिन्थ्यो भने मुख्य कुरा वास्तवमा त्यस क्षेत्रमा पदोन्नति हुने कुनै गुञ्जायस नै थिएन।

    महिलाहरुलाई किनार लगाउँदाका असर

    यदि महिलाहरु कम्प्युटिङ उद्योगमा जनशक्तिको एक भागको रुपमा रहिरहेको भए, त्यसको उत्पादनहरुको क्षेत्र र गुण (जुन हालको अवस्थामा छ, -खासगरी सफ्ट वेयर) निसेन्दह नै यो भन्दा राम्रो हुन्थ्यो हिक्स भन्छिन्। उनले डेम स्टेफेनी शिर्लेलाई उदाहरणका रुपमा प्रस्तुत गरेकी छिन्। सन् १९६० मा २९ वर्षकै उमेरमा यस क्षेत्रमा उनी एक्लै प्रवेश गरेकी थिइन्। उनले कार्यस्थलमा वारम्वार विभेदको सामना गर्नु पर्‌यो। तथापी उनले महिला कम्प्युटर प्रोग्रामरलाई एक सम्वृद्ध व्यवशाय बनाइन्।

    शेर्लीलाई उनको कामको आधारमा पदोन्नति दिइएको वाचा कहिल्यै पूरा भएन। “जब मैले आफूलाई एक शसक्त पेशागत व्यक्तित्वका रुपमा स्थापित गरिसकेको थिएँ, तब मलाई बाहिर पार्न मुस्किल बन्यो” उनले यो कुरा यसै वर्षको शुरूमा गार्जियन पत्रिकाको अन्तर्वार्तामा, भनेकी छिन्न्। उनका अनुसार अझै पनि जब कुनै युवा कम्प्यूटर प्रोग्रामरको विवाह हुने गर्छ, त्यसबेला उनले नोकरी तुरुन्तै त्याग गर्छिन् भन्ने अपेक्षा राखिने गरिन्छ।

    “महिलाहरुलाई यस प्रकारले विविध मानकबमोजिम सांस्कृतिक सामानसँग नियमितरुपमा तौलने गरिन्थ्यो” हिक्स भन्छिन् “म स्पष्ट छु सही काम गर्नका लागि कम्पनिहरुमाथि भरोसा राख्नु हुँदैन र मलाई लाग्छ यूनियनहरु पुनः एक प्रमुख बलवान शक्तिका रुपमा प्रकट हुनेछन्।”

    र, यो महत्वपूर्ण छ कि ४० वर्ष भन्दा धेरै वर्षहरुसम्म कम्प्यूटिङ उद्योगलाई कायम राख्ने अदृश्य महिला जनशक्तिलाई ओझेलमा पार्नै सकिदैन।” “चतुर स्व-प्रवर्द्धकलाई झलक्क हेरेर इतिहास लेख्नु सजिलै छ तर ऐतिहासिक परिवर्तन एक व्यक्तिले कुनै काम गर्नासाथ आउँदैन।”

    साभारः (द गार्जीयन १० अगस्त २०१७ मा प्रकाशित सन्दर्भको सार)।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      क्रिस्टी ब्रिउर

      क्रिस्टी ब्रिउर

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.