Wednesday, April 14, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home विमर्शका लागि

तीजः चाड र नाचले जाेड्छ, राजनीतिकाे नाचले ताेड्छ

by पत्रपत्रिकाबाट
August 24, 2017
- विमर्शका लागि, समाज, सँस्कृति
तीजः चाड र नाचले जाेड्छ, राजनीतिकाे नाचले ताेड्छ
Share on FacebookShare on TwitterEmail

दैनिकजसो आयोजना हुने तीजको दरखाने कार्यक्रम । नेपाली परम्परागत साडीचोलो, कुर्तासुरुवाल, पोते, चुरा लगायतका नेपाली गहनाहरुले सजिएका नेपाली चेलीहरु ।  बर्षदिनमा आउने महिलाहरुको पर्व तीजको रौनक यससबर्ष अष्ट्रेलियामा नेपालको भन्दा कुनै फरक देखिएन् ।

अष्ट्रेलियाका सिड्नी, मेलबर्न, एडिलेड, ब्रिसबन लगायतका ठुला सहरहरुमात्र हैन डब्बो, अरेन्ज,  लगायतका दुर्गम भेगहरुलाई समेत यसवर्ष रातोसाडीमा सजिएका महिलाले तीजमय बनाए । तीजकै लागि भनेर बर्षदिनदेखि सजाएर राखेको साडीचोलो र गरगहनाहरु खुलेर लगाउन पाउने भएकाले समेत तीजको महत्व यहाँका नेपाली महिलाहरुको लागि बिशेष बनेको थियो ।

पछिल्लो समयमा भारतीय कपडा लेहङ्गा लगायतका पहिरनहरु लगाउने प्रचलन बढेको भएपनि साडीचोलो र कुर्तासुरुवालले नै यसपालिको तीजमा पनि महत्व पाएको थियो । फरक पोशाक र गहनामा नेपाली महिलाहरुलाई देखेर यहाँका विदेशीहरु समेत चासोका साथ नियालिरहेका देखिन्थे । ‘तीज हाम्रो लागि पर्व मात्र नभएर नेपाल र नेपाली महिलाहरुको कलासंस्कृती यहाँ चिनाउन पाउने माध्यम पनि हो ।’ रातो साडीमा सजिएकी बिराटनगरकी कविता चुढालले सुनाईन् ।

तीजमा मुख्य गरेर सेलरोटी, अचार, मासु, चिउरा, थकाली खाना लगायतका खानेकुराहरु बनाएर परिवार र साथीभाईसँग मिलेर दर खाने गरिन्छ । यससँगै तीजका गीतमा नाचेर सामाजिक सञ्जालमा फोटो, भिडियो राख्ने प्रचलन त सामान्य बनिसकेको छ । तीजमा रमाईरहेका नेपाली महिलाहरु खानेकुरा भन्दा पनि साथीभाई भेट्ने, लुगा लगाउने र नाच्ने गाउने नै तीजको मनाउनुको मुख्य उद्देश्य भएको सुनाउँदैथिए । यसले आफ्नो कलासंस्कृती र परम्परालाई पनि विदेशमा फैलाउने त छँदैछ ।

तीज मनाउन कलाकारको ओइरो
गतबर्षहरुको तुलनामा यसबर्षको तीजमा नेपालका करिब ढेड दर्जन कलाकारहरुले तीजकै अवसरमा अष्ट्रेलिया आएर कार्यक्रम प्रस्तुत गर्न पाए ।

यसबर्षको तीजको सेरोफेरोमा मात्र सुनीता दुलाल, सिन्धु मल्ल, देवि घर्तीमगर, चन्दा अर्याल, पशुपति शर्मा, खुमन अधिकारी, रमिला न्यौपाने, बद्री पंगेनी, मुना थापामगर, प्रिया भण्डारी, उमा गिरी, टिका पुन, उमा गिरी, टीका प्रसाईंलगायतका गायकगायिकाहरु र नायिका वर्षा राउत यहाँ आएका थिए । उनीहरुले सिड्नी, मेलबर्न, ब्रिसबन, एडिलेड लगायतका शहरहरुमात्र नभएर नेपालीहरुको बसोबास रहेको अन्य स्थानहरुमा समेत कार्यक्रम गरे ।

कलाकारहरुलाई अष्ट्रेलिया भित्र्याउदै आएको बिएमएस फिल्मसका प्रमुख वीरेन्द्रदीप मल्लले यसबर्ष अन्य बर्षको तुलनामा कलाकारहरुको बाढी आएको सुनाए । तीज महिलाहरुको चाड भएका कारण पनि यसबर्ष तीज गीत गाउँदै आएका र लोकदोहोरीमा नाम कमाएका गायकगायिकालाई मन पराइएको उनी सुनाउँछन् । यसबर्ष नारी निकुञ्जले नेपालमा महिलाहरुको स्वास्थ्यमा सहयोग पुर्‍याउनका लागि तीज कार्यक्रम आयोजना गरेको थियो भने अन्य संघसंस्थाहरुले पनि बिभिन्न सामाजिक कामका लागि भन्दै कार्यक्रमको आयोजना गरेका थिए । नारायण खड्का /कान्तिपुरबाट साभार

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

रुस र चीन : शुरुवाती जम्काभेटहरु

रुस र चीन : शुरुवाती जम्काभेटहरु

1 year ago
नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.