Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

तीजः चाड र नाचले जाेड्छ, राजनीतिकाे नाचले ताेड्छ

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
भदौ ८, २०७४
- विमर्शका लागि, समाज, सँस्कृति
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    दैनिकजसो आयोजना हुने तीजको दरखाने कार्यक्रम । नेपाली परम्परागत साडीचोलो, कुर्तासुरुवाल, पोते, चुरा लगायतका नेपाली गहनाहरुले सजिएका नेपाली चेलीहरु ।  बर्षदिनमा आउने महिलाहरुको पर्व तीजको रौनक यससबर्ष अष्ट्रेलियामा नेपालको भन्दा कुनै फरक देखिएन् ।

    अष्ट्रेलियाका सिड्नी, मेलबर्न, एडिलेड, ब्रिसबन लगायतका ठुला सहरहरुमात्र हैन डब्बो, अरेन्ज,  लगायतका दुर्गम भेगहरुलाई समेत यसवर्ष रातोसाडीमा सजिएका महिलाले तीजमय बनाए । तीजकै लागि भनेर बर्षदिनदेखि सजाएर राखेको साडीचोलो र गरगहनाहरु खुलेर लगाउन पाउने भएकाले समेत तीजको महत्व यहाँका नेपाली महिलाहरुको लागि बिशेष बनेको थियो ।

    पछिल्लो समयमा भारतीय कपडा लेहङ्गा लगायतका पहिरनहरु लगाउने प्रचलन बढेको भएपनि साडीचोलो र कुर्तासुरुवालले नै यसपालिको तीजमा पनि महत्व पाएको थियो । फरक पोशाक र गहनामा नेपाली महिलाहरुलाई देखेर यहाँका विदेशीहरु समेत चासोका साथ नियालिरहेका देखिन्थे । ‘तीज हाम्रो लागि पर्व मात्र नभएर नेपाल र नेपाली महिलाहरुको कलासंस्कृती यहाँ चिनाउन पाउने माध्यम पनि हो ।’ रातो साडीमा सजिएकी बिराटनगरकी कविता चुढालले सुनाईन् ।

    तीजमा मुख्य गरेर सेलरोटी, अचार, मासु, चिउरा, थकाली खाना लगायतका खानेकुराहरु बनाएर परिवार र साथीभाईसँग मिलेर दर खाने गरिन्छ । यससँगै तीजका गीतमा नाचेर सामाजिक सञ्जालमा फोटो, भिडियो राख्ने प्रचलन त सामान्य बनिसकेको छ । तीजमा रमाईरहेका नेपाली महिलाहरु खानेकुरा भन्दा पनि साथीभाई भेट्ने, लुगा लगाउने र नाच्ने गाउने नै तीजको मनाउनुको मुख्य उद्देश्य भएको सुनाउँदैथिए । यसले आफ्नो कलासंस्कृती र परम्परालाई पनि विदेशमा फैलाउने त छँदैछ ।

    तीज मनाउन कलाकारको ओइरो
    गतबर्षहरुको तुलनामा यसबर्षको तीजमा नेपालका करिब ढेड दर्जन कलाकारहरुले तीजकै अवसरमा अष्ट्रेलिया आएर कार्यक्रम प्रस्तुत गर्न पाए ।

    यसबर्षको तीजको सेरोफेरोमा मात्र सुनीता दुलाल, सिन्धु मल्ल, देवि घर्तीमगर, चन्दा अर्याल, पशुपति शर्मा, खुमन अधिकारी, रमिला न्यौपाने, बद्री पंगेनी, मुना थापामगर, प्रिया भण्डारी, उमा गिरी, टिका पुन, उमा गिरी, टीका प्रसाईंलगायतका गायकगायिकाहरु र नायिका वर्षा राउत यहाँ आएका थिए । उनीहरुले सिड्नी, मेलबर्न, ब्रिसबन, एडिलेड लगायतका शहरहरुमात्र नभएर नेपालीहरुको बसोबास रहेको अन्य स्थानहरुमा समेत कार्यक्रम गरे ।

    कलाकारहरुलाई अष्ट्रेलिया भित्र्याउदै आएको बिएमएस फिल्मसका प्रमुख वीरेन्द्रदीप मल्लले यसबर्ष अन्य बर्षको तुलनामा कलाकारहरुको बाढी आएको सुनाए । तीज महिलाहरुको चाड भएका कारण पनि यसबर्ष तीज गीत गाउँदै आएका र लोकदोहोरीमा नाम कमाएका गायकगायिकालाई मन पराइएको उनी सुनाउँछन् । यसबर्ष नारी निकुञ्जले नेपालमा महिलाहरुको स्वास्थ्यमा सहयोग पुर्‍याउनका लागि तीज कार्यक्रम आयोजना गरेको थियो भने अन्य संघसंस्थाहरुले पनि बिभिन्न सामाजिक कामका लागि भन्दै कार्यक्रमको आयोजना गरेका थिए । नारायण खड्का /कान्तिपुरबाट साभार

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.