Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेपालको इतिहास र राजनीतिबारे कमल कोइराला (शृङ्खला-२)

नेपाल रिडर्स नेपाल रिडर्स
मंसिर १९, २०७७
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    राणाहरूले हाम्रा हजुरबा कृष्णप्रसाद कोइरालालाई भन्सार बुभाउने मोहलत (म्याद) दिएनछन्। बरु कृष्णप्रसादलाई पक्राउ पुर्जी पठाएछन्। पक्राउ पुर्जी जीतबहादुर केसीका हातमा परेछ। केसी कृष्णप्रसादका बहुत मित्रवत् थिए। सायद हनुमाननगरतिर बस्थे होला जीतबहादुर। दशैंको बेलातिर पुर्जी पुगेको थियो। त्यस जमानामा पक्राउ पुर्जी हुलाकबाट जानेगर्‍थ्यो। पुर्जी जीतबहादुरले पढेछन् र त्यसैदिन पुर्जी दर्ता नगरी उनले हजुरबा कृष्णप्रसादलाई भनेछन्, ‘तपाईं हरेक वर्ष मालसामान किन्न कलकत्ता जानुहुन्छ। तपाईं जानुहोस् यसपटक पनि।’

    कृष्णप्रसाद कोइरालाको प्रवास यात्रा

    ‘दशैंतिहार पनि आउँदैछ’, हजुरबाले भन्नुभएछ, ‘दशैंतिहार सकिएपछि जाउँला नि। अहिले केको हतार!’ तर जीतबहादुरले अझै जोड दिएर भन्नुभएछ, ‘होइन, तपाईं जानुस्, तपाईंको भलाई यसैमा छ।’ जीतबहादुरले ‘मैले तपाईंको नाममा जारी गरिएको पक्राउ पुर्जी हेरिसकेको छु’ भनेनछन्। त्यसो भन्न पनि नमिल्ने थियो होला। तर पनि उनले पूरा संकेत दिएछन् कि नेपालमा बस्नु कृष्णप्रसादका लागि हितकर छैन। ‘तपाईं अहिल्यै र आजै जानुहोस् ।’ पत्र हात परेपछि त्यसलाई दर्ता नगरी राख्नु पनि भएन। एक दुई दिन त मिल्थ्यो होला तर सधैं नमिल्ने।

    यस विषयमा मातृकाप्रसाद र विपी कोइरालाका विवरणहरू अलिअलि फरक छन्। उहाँहरुले लेखेको किताबमा फरक–फरक विवरण उल्लेख छन्। मातृकाप्रसाद लेख्नुहुन्छ, ‘हामी माडरबाट हिँडेर जयनगर गयौं।’ विपीको वर्णनमा उल्लेख छ, ‘घोडा चढेर, तुरुन्तै हामी हिँड्यौं।’ त्यतिखेर विपी र मातृका दुवै केटाकेटी हुनुहुन्थ्यो। पाँच–सात वर्षको। मलाई लाग्छ, त्यतिखेरसम्म मातृका जेठा भएकाले उहाँको स्मरणशक्ति अलि बलियो भइसकेको थियो होला।

    उहाँहरूको बसोबास रहेछ, माडरमा। माडरमा मेरा हजुरबाले काली मन्दिरको पनि स्थापना गर्नुभएछ,कलकत्ताबाट कालीको मुर्ती लगेर। पछि म एकपटक पार्टीको कामको सिलसिलामा माडर पुगें। म त्यहाँ पुगेपछि कतिपय बुढा मान्छेहरूले जिद्धी गर्दै भन्नथाले–विपी कोइरालाको जन्म त यहीँ माडरमा भएको हो। मैले उहाँहरूलाई भने, ‘त्यसो होइन, विपी कोइरालाको त कथा समेत निस्किसक्यो। उहाँले माडरमा आफ्नो जन्म भएको भन्नुभएको छैन।’

    बाजेदेखि राणा रिसाएर बाजेको सबै सम्पत्ति जफत भयो। त्यसपछि बाजे मुग्लान् जानुभयो। मनमोहन अधिकारीका पिता रामचन्द्र अधिकारी पनि उतै भन्सारको कामकाज हेर्नुहुन्थ्यो सुशील कोइरालाका पिता बोधप्रसाद र दीर्घराज कोइरालाका पिता विष्णुप्रसाद कोइराला पनि उतै हुनुहुन्थ्यो। अरुहरू सबैमा खबर पुगेछ राणाहरूले विद्रोहीहरूलाई पक्रँदै गरेको बारे। तर बोधप्रसादसम्म खबर पुगेको रहेनछ। दाजिलिङको बोर्डरमा गोर्खे बजार पर्‍थ्यो। त्यहाँ उहाँलाई राणाका सिपाहीहरूले पक्रे।

    बाजेदेखि राणा रिसाएर बाजेको सबै सम्पत्ति जफत भयो। त्यसपछि बाजे मुग्लान् जानुभयो। मनमोहन अधिकारीका पिता रामचन्द्र अधिकारी पनि उतै भन्सारको कामकाज हेर्नुहुन्थ्यो।

    सिपाही छलेर हतकडीसहित तमोरमा
    पक्रेपछि त उहाँ अन्यौलमा पर्नुभएछ। उहाँलाई हतकडी लगाइएको थियो। तैपनि कुनै उपायले भाग्छु भन्ने सोच्नुभएछ। किनभने सबै साथीहरू भागिसकेका थिए। यसबारेमा पनि मातृका र विपीका विवरणहरू फरक भेटिन्छन्। मातृकाले मासुमा जाइफल हाल्न लगाएर सिपाहीलाई खुवाएको उल्लेख गर्नुभएको छ। यता, विपी कोइरालाले चाहिँ रक्सीसक्सी खुवाएर सिपाहीलाई छलेको कुरा उल्लेख गर्नु भएको छ। यसरी बोधप्रसाद तमोरमा हतकडीसँगै हामफालेछन्। त्यतिखेर पक्राउको घोषणा कुमारीचोकले गर्‍थ्यो। पक्राउ जारी गरिएको व्यक्तिको सात पुस्तालाई समेत पक्राउ गर्नु भन्थे। र, छोराहरू जति वर्षका भए पनि पक्राउ पर्थे। कृष्णप्रसाद कोइरालालेचाहिँ आफ्ना दुवै छोराहरू मातृकाप्रसाद र विश्वेश्वरप्रसादलाई लिएरै बनारस पुग्नुभएछ। त्यतिखेर कुमारीचोकले सानो र ठूलो हेर्दैनथ्यो। जसरी पनि बन्धक बनाउने लक्ष्य हुन्थ्यो सरकारको।

    पक्राउ जारी गरिएको व्यक्तिको सात पुस्तालाई समेत पक्राउ गर्नु भन्थे। र, छोराहरू जति वर्षका भए पनि पक्राउ पर्थे। कृष्णप्रसाद कोइरालालेचाहिँ आफ्ना दुवै छोराहरू मातृकाप्रसाद र विश्वेश्वरप्रसादलाई लिएरै बनारस पुग्नुभएछ।

    बनारस पुगेपछि त्यहाँ खानेदेखि लिएर धेरै कुरामा समस्या भयो। हजुरबाको नेपालमा भएको सम्पत्ति त राणाले जफत गरिहाल्यो। हरैंचा, चाँदबारी र झोराहाटलगायत अन्य ठाउँमा रहेका जमिन्दारी पनि गयो। ठूलाठूला मौजाहरू सबै जफत भए। उतिखेर उत्तरी विहारको जनसंख्या कम थियो। हजुरबा कृष्णप्रसादले पछि पुर्णहरण्या र सहर्सामा जमिन जोडेछन्। त्यस ठाउँमा भागेर गएका नेपालीहरू रहने गर्थे। जेलसजाय छल्न गएका नेपालीहरू पनि त्यहाँ हुन्थे। मुग्लान काट्ने भनेर गएका हुन्थे। विश्वबन्धु थापाका पिताजी पनि उतै हुनुहुन्थ्यो। यसरी उहाँहरू थुप्रै बनारसमा एकजुट हुनुभएको थियो।

    (माथिको प्रशङ्गलाई कमल कोइरालाले यसरी सच्याउनु भएको छः सम्पादक  माथिको भनाईमा ” एउटा नाम फरक पर्न गएको छ। अरु भागेको थाहा नपाई पकडाउ पर्ने दार्जिलिंग इलाम बिचको बजार-अड्डा गोरखे बजार भन्ने ठांऊ थियो, त्यहां काम गर्नु हुन्थ्यो बिष्णु प्रसाद कोइराला,लेखिका भुवन कोइराला ढुंगानाका पिता। धनकुटा बजारबाट रातारात भागी हतकडी साथ तमर नदी पार गरी धरान पुगी कुनै विश्वकर्माबाट हथकडी काट्न लगाएर पैदल हिडदै मुगलान जोगबनी र पछि काशी वाराणसी पुग्नु भयो। जहाँ फेरि सबै कृष्ण प्रसाद, मनमोहन अधिकारीका पिता रामचन्द्र, सुशील कोइरालाका  पिता बोध प्रसाद कोइराला सहित र सबैका सन्तान जोड्दा ४५ जाना केही समय एकै परिवार भएर बसे।बीपी कोइरालाको आत्मकथा र पिताजी कृष्ण प्रसादको कथा र ब्यथा इत्यादिमा त्यसको बर्णन पाइन्छ)।”

    नारायणप्रसाद–मानकुमारीमार्फत प्राप्त अपुताली

    नेपाल आउँदाखेरी हाम्रो केही पनि थिएन। यो सन्दर्भचाहिँ विपी कोइरालाको किताबमा पनि पाइन्छ। हामी नारायणप्रसादले बनाएको घरमै बस्यौं। नारायणप्रसाद त त्यतिखेर बितिसकेका थिए। मानकुमारी सुब्बेनीको नाममा सबै सम्पत्ति थियो। त्यतिखेरको बेनापीको ७ सय बिगाह जमिन कमसेकम ९ सय या हजार बिगाह हुनपुग्थ्यो होला। पुरा जमिन नापेमा मालपोत तिर्नु पर्ने भएका कारण जमिन्दारहरूले जग्गा कम नपाउँथे। त्यसरूपले नारायणप्रसादको जम्मै आपुताली आइपुग्यो हाम्रो खलकमा।

    म पुराना कागजहरू हेर्छु  मेरा पिताजीका हात परेका कागज भएका कारण मसम्म आइपुगे ती कागजहरू। त्यसपछि ती कागज दाजु विमलको हातमा पर्‍यो। दाजुको पनि मृत्यु भइसकेपछि भाउजूले भन्नुभयो, ‘यी थोत्रा र पुराना कागजहरू छन्। तपाईंलाई काम लाग्ने भए राख्नुहोस्, नत्र म फ्याँकिदिन्छु।’ मैले यसो हेरें, अंशवण्डाका कागजहरू रहेछन्। त्यही अंशवण्डाका कागजहरूबाट के प्रष्ट देखिन्छ भने मानकुमारी सुवेदीले मोहनकुमारी र दिव्यकुमारीलाई सारा सम्पत्ति बकस दिएको छ। नारायणप्रसादको श्रीमती थिइन् मानकुमारी सुवेदी।

    भिडियो:

    किनकि कृष्णप्रसादका नाममा भएका सारा सम्पत्ती जफत भएका थिए। तर प्रायः स्वास्नीमान्छेका नाममा भएका सम्पत्तिलाई राणाहरूले छुँदैनथे। महिलाको सम्पत्ती नहडप्ने चलन थियो राणाहरूको। विपी कोइराला पनि राजनीतितिर लागेका हुनाले पछि के होला भन्ने थियो होला। त्यसो हुनाले काशीबास जानुअघि मानकुमारीले मोहनकुमारी र दिव्यकुमारीको नाममा ‘तिमीहरूले मेरो सेवा गरेको हुनाले बकसपत्र दिएँ’ भनेर सम्पत्ति उहाँहरूको नाममा गरिदिनुभएको रहेछ।

    किनकि कृष्णप्रसादका नाममा भएका सारा सम्पत्ती जफत भएका थिए।तर प्रायः स्वास्नीमान्छेका नाममा भएका सम्पत्तिलाई राणाहरूले छुँदैनथे।महिलाको सम्पत्ती नहडप्ने चलन थियो राणाहरूको।

    त्यो जमानामा वृद्ध भएपछि मर्नका लागि काशी जाने चलन रहेछ। यसरी आफ्ना सारा सम्पत्ति बकसपत्र गरिदिएर मानकुमारी काशीवास जानुभएछ। त्यस बकसपत्रमा धेरै जनाको सहीछाप छ। अहिले जति पनि सम्पत्ती छ बिराटनगरस्थित कोइराला निवासको, त्यो सबै नारायणप्रसादकी श्रीमती मानकुमारी सुब्बिनीमार्फत अपुताली आएको हो।

    हुलमुलमै कम्युनिष्ट

    म हुलमुलमै कम्युनिष्ट आन्दोलनतिर लागें। दस एघार सालतिरको कुरो हो, म त्रिचन्द्र क्याम्पस पढ्न आएँ। विज्ञान पढेर डाक्टर बन्ने सोच थियो, मेरो पहिले। हाम्रो फुपाजु पिनाकी प्रसाद आचार्य (शैलजा आचार्यका पिताजी) पनि डाक्टर हुनुहुन्थ्यो, धेरै पैसा कमाउनुहुन्थ्यो। केटाकेटीमा हामी सुन्थ्यौं कि फलाना र तिलाना डाक्टरले यति कमाए, उति कमाए आदि। घर परिवारका मान्छेहरूले पनि डाक्टर बन्नुपर्छ भन्थे। मेरा सबै साथीहरू आर्ट्स पढ्ने तर मचाहिँ प्रयोगशालामा घोत्लिएर बस्ने? साथीहरू ‘आज मेरो प्रोक्सी गरिदिनु है’ भनेर अरु साथीलाई भनेर आफू सिनेमा हेर्न जाने गर्थे। उनीहरूको जिन्दगी मस्तीपूर्ण थियो।

    यसो गर्दागर्दै मेरो विज्ञान पढ्ने तारतम्य छुट्यो। विज्ञान छुटेपछि म त्रिचन्द्रमा आट्र्स पढ्न थालें। त्यतिखेर मेरा पिता दोस्रो पटक प्रधानमन्त्री भएको बेला थियो। त्यतिखेर धारा ८ लागेको थियो, धारा ८ अर्थात् अहिलेको निषेधाज्ञाजस्तै । कुनै–कुनै समयमा धारा आठ लाग्थ्यो। मचाहिँ त्यतिखेर क्याम्पसभित्रकै पोलिटिकल साइन्स एसोसिएसनको चुनावतिर लागिरहेको थिएँ। पहिलो संस्थापकमध्ये म पनि थिएँ त्यसको। अब त त्यो एसोसिएसन पनि होला, नहोला।

    यो पनि पढ्नुहोस्

    नेपालको इतिहास र राजनीतिबारे कमल कोइराला (श्रृंखला १) 

    निषेधाज्ञाको बेला थियो। त्यसदिन मलाई म पक्राउ पर्छुजस्तो लागेको पनि थिएन। मेरो एउटा साथी थियो रौतहटको मकबुल शाह। उसको जाँचको फारम भर्नुथियो त्रिचन्द्रमा। उसको परिवारको बसोबास काठमाडौंमा थियो। र, त्यतिखेर त उ नख्खु जेलमा थियो। म उसको घरमा गएँ र उनको आमालाई भनें, ‘मकबुलको फारम भर्ने बेला भयो।’ म फारम पुर्‍याइदिउँ भनेर त्यहाँ गएको थिएँ। उनको आमाले भन्नुभयो, ‘पैसाको समस्या छ, तपाईंले हालिदिए हुनेथियो।’ मैले पैसा पनि हालें र फारम भरिदिएँ। फारम भरेको रसिद त पुर्‍याइदिनुपर्ने थियो। म तेह्र–चौध वर्षको एउटा भाईसँग रसिद पुर्‍याउनका लागि गएँ। त्यस भाइले मलाई भन्यो, ‘तपाईंका साथीहरू त जुलुस निकाल्ने कुरा गर्दैछन्, हेर्नुहुन्छ?’

    उमेर नै त्यस्तै थियो। त्यही जुलुस निकाल्ने ठाउँमा निर्मल लामासँग भेट भयो। म बनारसमा हुँदा नै चिन्थें उहाँलाई। नेपाल प्रजातन्त्र कांग्रेसको तर्फबाट अफिस सेक्रेटरी भएर बनारसमा उहाँ बस्नु भएको थियो पहिले। ‘लौ–लौ कमल, तिमी पनि आइपुगेछौ। कहाँबाट आयौ? जुलुसमा जान लाग्यौ कि के ह ? लौ आज त तिमी पनि जानुपर्छ।’ उहाँले जिस्केर भन्नुभयो या साँच्चै भनेको मैले भेउ पाइन। अरुहरूले पनि जान्छौ त? भनेर सोधे। लौ न त जाउँ भनेर जुलुसतिर लागियो। त्यसको परिणाम के हुन्छ, केही अनुमान थिएन। निर्मल लामाको वास्तविक घर खर्स्याङ्गतिर कुनै चिया बगानतिर हो क्यार! नेपाल यता आइपुग्दा त लामा कम्युनिष्ट भइसक्नु भएको थियो। एक पटक प्युठान या कतातिर बडाहाकिम पनि हुनुभयो क्यार!

    त्यही जुलुस निकाल्ने ठाउँमा निर्मल लामासँग भेट भयो। म बनारसमा हुँदा नै चिन्थें उहाँलाई। नेपाल प्रजातन्त्र कांग्रेसको तर्फबाट अफिस सेक्रेटरी भएर बनारसमा उहाँ बस्नु भएको थियो पहिले  ‘लौ–लौ कमल, तिमी पनि आइपुगेछौ। कहाँबाट आयौ ? जुलुसमा जान लाग्यौ कि के हो? लौ आज त तिमी पनि जानुपर्छ।’

    प्रधानमन्त्री र गृहमन्त्रीका छोरा जेलमा

    म लहडमै जुलुसमा निस्किएँ। प्रधानमन्त्रीको छोरो जुलुसमा निस्कियो। त्यसो भएपछि त मलाई प्रहरीले पक्राउ ग‍र्‍यो। ‘पिताजीले नै अर्डर गर्‍या हो भनेर कुनै प्रहरी अफिसरले भन्यो।’ फोनमार्फत हामीलाई पक्रन आदेश दिनुभएछ क्यार उहाँले। एकछिनपछि डिल्लीरमण रेग्मीका छोरा मदन रेग्मी पनि मलाई भेट्न हनुमानढोका आइपुगे। उनी मेरा साथी थिए। मदनको राजनीतिमा प्रत्यक्ष संलग्नता त थिएन। उनी मित्रताको नाताले केवल मलाई भेट्न आएका थिए।

    हामी सँगसँगै खेल्ने डुल्ने साथी थियौं। त्यतिखेर मदनका बा डिल्लीरमण रेग्मी गृहमन्त्री थिए। मलाई भेट्न भनेर उनी हनुमानढोकामा आएछन् तर उनलाई सिपाहीले भेट्न दिएनछ । ‘मदन म पनि आउँछु जेलभित्र’ भन्दै कता गएर भाषण दिएछन्। उनलाई पनि पछि पक्राउ गरेर ल्याए। यसरी प्रधानमन्त्री र गृहमन्त्रीका दुवै छोरा जेलमा आइपुग्यौं। हामी पक्राउ परेको खबर अखबारभरि छायो। सनसनीपूर्ण भयो। प्रधानमन्त्री र गृहमन्त्रीका छोरा त कम्युनिष्ट पो रहेछन् भन्ने सन्देश फिँजियो। म त्यही घट्नापछि कम्युनिष्ट राजनीतिमा लागें। मदनचाहिँ उति सक्रिय राजनीतिमा लागेनन्।

    हामीलाई  छ–सात दिनपछि प्रहरीले छोडिदियो। जेल परेपछि त म दर्तावाल कम्युनिष्ट भइहालें नि।

    म कम्युनिष्ट भएकोबारे बाले मलाई केही भन्नुभएन। एक शब्द पनि भन्नुभएन। तर त्यस घटनाको दुई–तीन महिनासम्म पनि आँखा जुधाउने र बोल्ने हिम्मत भएन हामी दुवै जनालाई। जति कुरा हुन्थ्यो, सबै आमाको मार्फत हुन्थ्यो। के सोच्नुभयो कुन्नी, आमाले पनि केही भन्नु भएन। ‘यो पनि राजनीतिमा लागेछ’ भन्ठान्नुभयो होला। बासँग पछि विराटनगर गएपछि मात्र दोहोरो कुराकानी भयो।

    मलाई भेट्न भनेर उ हनुमानढोकामा आएछ तर उसलाई सिपाहीले भेट्न दिएनछ। ‘मदन म पनि आउँछु जेलभित्र’ भन्दै कता गएर भाषण दिएछन्। उनलाई पनि पछि पक्राउ गरेर ल्याए। यसरी प्रधानमन्त्री र गृहमन्त्रीका दुवै छोरा जेलमा आइपुग्यौं।

    जेलबाट छुटेपछि आमाले मलाई मान्छे लिन पठाउनुभयो। किनभने छुटेपछि म साथीको घरमा केही दिन बसेको थिएँ । आफूलाई आफ्नो बा भएको ठाउँमा जान असजिलो भइराखेको थियो। मदनलाई पनि त्यही समस्या थियो। म र मदन रेग्मी कुपण्डोलको प्रधानमन्त्री निवासमा बस्यौं। त्यो हाम्रो आफ्नै निवास पनि थियो। त्यतिखेर अहिलेको जस्तो राज्यले नै बनाएको प्रधानमन्त्री निवास हुन्थेन। त्यसैले त्यतिखेर हामी भाडाका घरमा बसेका थियौं। म पछि विराटनगर पुग्दा सबैले कम्युनिस्टहरुसँग भेटघाट भो, उनीहरुले दरिलोसँग हात मिलाए। खासगरी ठिटाहरू खुब एक्साइटेड भए।

    संयोगै संयोगले सभापति र प्रधानमन्त्री

    इतिहास, राजनीति विभिन्न प्रकारले लेखिएका हुन्छन्। इतिहास निस्पक्ष किसिमले कमै लेखिन्छन्। तर नेपाली कांग्रेसको पहिलो सभापति को हो भन्दा त मातृकाप्रसाद कोइराला हो। राष्ट्रिय कांग्रेसको पनि उहाँ सभापति हुनुभयो। राष्ट्रिय कांग्रेसको पहिलो संस्थापक र सभापति विपी कोइराला थिए। अखिल भारत नेपाली राष्ट्रिय कांग्रेस हुँदाखेरि चाहिँ देवीप्रकाश सापकोटा अध्यक्ष थिए। त्यसलाई विपीले छाड्नुभयो र नेपाली राष्ट्रिय कांग्रेस गठन गर्नुभयो। त्यसमा डिल्लीरमण रेग्मी र गणेशमान सिंहलगायत हुनुहुन्थ्यो।

    गणेशमानजी जेलबाट भागेका हुनाले उहाँले भारतमा केबी श्रेष्ठ या यस्तै कुनै छद्म नाम राख्नुभएको थियो। तर उहाँ कलकत्ताकै खाल्सा कलेजमा १९४७ को जनवरी २५, २६ जनवरीमा गठन भएको नेपाली कांग्रेसको पहिलो संस्थापक र सभापति पनि हुनुभयो। विपी कोइरालाले टंकप्रसादलाई सभापति र आफू कार्यकारी सभापति भएर पहिलो नेपाली राष्ट्रिय कांग्रेसको गठन गर्नुभयो। तर, विपी कोइराला ३ तीन दिनपछि पक्राउ पर्नुभयो। र, त्यही दिन एउटा सभा हुँदै थियो एउटा मजदुरहरूको।

    मातृकालाई राजनीति गर्न मन पनि थिएन। त्यतिखेर पद्मशम्सेर श्री ३ प्रम भइसकेका थिए र पिता फेरि पनि जागिर खाने सोँचमा हुनुहुन्थ्यो। त्यो बेलामा रामशम्सेरले पितालाई भने, ‘एउटा अमेरिकन हिमाल अवलोकन गर्नका लागि आउँदैछ। पहिले पनि तपाईंले अंग्रेजको साथमा दोभासे र अनुवादकको काम गरिसक्नु भएको छ। यो पटक पनि तपाईंले विदेशीलाई घुमाउनुपर्‍यो।’ त्यतिखेरसम्म पिताले सुब्बाको जागिर खाइसक्नु भएको थियो। जतिखेर उहाँ नेपाली राष्ट्रिय कांग्रेसको कार्यवाहक अध्यक्ष चुनिनुभयो, त्यतिखेर त उहाँ त्यस पार्टीको सदस्य पनि हुनुहुन्थेन, कलकत्ताको सम्मेलनमा भाग लिन पनि जानु भएको थिएन।

    एकाएक विपी कोइरालाहरू पक्राउ परेको दिन म र मेरो आमा पनि गएका थियौं जुलुसका साथमा जोगवनी। पिता पनि कुन सन्दर्भमा त्यहाँ आउनुभयो। जुलुसमा थुप्रै मजदुरहरू थिए। त्यतिखेरका नेपाली कांग्रेसका महामन्त्री बालचन्द्र शर्माले त्यसैबीचमा तुरून्त उठेर, ‘आज हम सब लोगका नेता पक्राउ हो गया है, लेकिन खुसी है, उनके बडे भाई, विपी कोइरालाके बडे भाई मातृकाप्रसाद कोइराला आप लोगोंके बीचमे है । हम उनसे अनुरोध करते हैं कि इस नेपाली राष्ट्रिय कंग्रेसको नेतृत्व प्रदान करें और सत्याग्रहको भी नेतृत्व प्रदान करें ’ भन्नुभयो । त्यतिखेर हिन्दीमा बोल्ने प्रचलन थियो।

    त्यतिखेरका नेपाली कांग्रेसका महामन्त्री बालचन्द्र शर्माले त्यसैबीचमा तुरून्त उठेर, ‘आज हम सब लोगका नेता पक्राउ हो गया है, लेकिन खुसी है, उनके बडे भाई, विपी कोइरालाके बडे भाई मातृकाप्रसाद कोइराला आप लोगोंके बीचमे है। हम उनसे अनुरोध करते हैं कि इस नेपाली राष्ट्रिय कंग्रेसको नेतृत्व प्रदान करें और सत्याग्रहको भी नेतृत्व प्रदान करें’ भन्नुभयो।

    यसरी मन नहुँदानहुँदै पनि मातृकाप्रसाद कोइराला राजनीतिमा हेलिन पुग्नुभयो। इतिहासले कसैकसैलाई ठेलेर कहाँसम्म पु¥याउँदो रहेछ। जागिर खाने र खरदार–सरदार के हुने यस्तै सपना थियो उहाँको। बाले पछि आफ्नो आत्मकथामा पनि ‘आफूलाई राजनीति गर्ने रहर थिएन’ भनेर लेख्नुभएको छ।

    विराटनगरमा कम्युनिष्टको मात्र झण्डा

    मलाई राजनीतितर्फ प्रेरित गर्ने घट्ना भयो मेरो जीवनमा। मैले विराटनगरमा एउटा जुलुस देखें। केटाकेटीमा, त्यसअघि कहिल्यै नदेखेको कुरो थियो। अनौठो कुरा देख्दा मान्छे दङदास पर्छ नि। मलाई पनि त्यस्तै भयो। चारपाँच हजार मजदुरहरू ‘इन्क्लाब जिन्दावाद, कमानेवाला खाएगा, हकके लिए लडेंगे’ भन्दै नारा लगाउँदै आए। मजेदार कुरो के थियो भने उनीहरूको हातमा कम्युनिष्टको झण्डा थियो। हँसिया हथौडावाल झण्डा थियो।

    यो ३ साल फाल्गुण–चैत्रको कुरा हो। जुलुसका अगाडि विपी कोइराला र मनमोहन अधिकारी हुनुहुन्थ्यो। मनमोहन अधिकारीहरूले कम्युनिष्टहरूको झण्डाचाहिँ मजदुरहरूलाई बोक्न दिएका होलान्। अझै चाखलाग्दो कुरा के छ भने त्यतिखेरसम्म नेपाली कांग्रेसको आफ्नै झण्डा थिएन। कांग्रेसको झण्डै बनेकै थिएन। नेपाली राष्ट्रिय कांग्रेसको पनि त्यतिखेरसम्म झण्डा थिएन। पार्टी थियो, झण्डा थिएन। पछि बनेको हो झण्डा।

    जुलुसका अगाडि विपी कोइराला र मनमोहन अधिकारी हुनुहुन्थ्यो।मनमोहन अधिकारीहरूले कम्युनिष्टहरूको झण्डाचाहिँ मजदुरहरूलाई बोक्न दिएका होलान्। अझै चाखलाग्दो कुरा के छ भने त्यतिखेरसम्म नेपाली कांग्रेसको आफ्नै झण्डा थिएन। कांग्रेसको झण्डै बनेकै थिएन।

    पछि माथि सेतो हिमाल, बीचमा हरियो पहाड, पहेंलो धानको बालासहितको कांग्रेसको झण्डा बन्यो। त्यो तीनवटा रंगको झण्डा थियो र त्यसमा हिमालमा सुर्य उदाइरहेको थियो। त्यो नै कांग्रेसको पहिलो झण्डा हो। पछि त्यो हरायो। नेपाली कांग्रेसको चारतारे झण्डा खासमा नेपाल प्रजातन्त्र कांग्रेसको हो। त्यो शुवर्ण शम्सेरको पार्टी नेपाल प्रजातन्त्र कांग्रेसको हो। विराटनगरमा त्यो जुलुस भएपछि नेपालमा प्रन्ध्र बीस दिनसम्म प्रजातन्त्र आएको जस्तो भयो। किनभने सडकमा पुलिसहरू देखिन छाडे। जम्मा ६ जनामात्र पुलिस थिए विराटनगरमा। किनभने राणाहरूलाई प्रशासनसँग चासो थिएन, मालपोतसँग मात्र चासो थियो।

    मालअड्डामा एउटा सेन्ट्री आउँथ्यो। अन्यत्र भने कहिँ फोर्स नै थिएन। लकडी बेच्ने बन जाँचकी, मालअड्डा, जिल्ला अदालत, अमिनी थिए। त्यतिखेर सरकारी अफिसरहरूको बडिगार्ड पनि हुन्थेनन्। बडाहाकिमका पनि बडिगार्ड हुन्थेनन्। बडाहाकिमका सवारी हात्ती र मोटर हुन्थे। पद्मशम्सेरका भाई बडाहाकिम रामशम्सेरको पालामा नेपालमा मोटर भित्रेको हो। रामशम्सेर स्वयं रातो जीपमा हिँड्थें। मैले देखेको पहिलो जीप हो त्यो।
    क्रमशः

    (नेपाल रिडर्सका लागि प्रकाश अजातले कमल कोइरालासँग गरेको कुराकानीमा आधारित)

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.