Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेपालीको साझा पहिचानको खोजी – (विषय प्रवेश)

nepal_readers nepal_readers
साउन ६, २०७४
- रिडर्स डिस्कोर्स, विषय प्रवेश, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मानव (होमो स्यापिन स्यापिन) पनि अरु प्राणी जस्तै घुमन्तु हो। यो पनि भौतिक तथा आत्मिक आवश्यकताहरु परिपूर्तिका लागि निरन्तर बसाइसराइ गरिरहन्छ। मानवको यस्तो प्रवृत्तिलाई प्राकृतिक बाधाहरु र राज्यका सीमाहरुले रोक्न सकेकोछैन। र, मानव जातिको बसाइसराइ निरन्तर चालु छ, पृथ्वीका एक कुनाबाट अर्को छेउ वा अर्को छेउबाट अर्को कुनासम्म।

    हाम्रो नेपालको वर्तमान सीमाभित्रका मानव जातिको पनि यस्तै प्रवृत्ति कायम छ । यहाँ पनि विभिन्न नश्ल तथा कैयन हुलहरु आउने जाने गरे। कुन नश्ल पहिला आए, सो आदिम नश्ल समूहलाई कुन नश्लले खेदे, ती सबै जानकारीमा छैनन्। यति भन्न सकिन्छ कि ती मध्ये केहीका सन्ततिहरु यही सीमाभित्र बसेका छन्, केही अन्यत्र लागे होलान्। श्रुति र मिथकअनुसार, यहाँ निषाध प्रवेश गरे, गोपालहरु आए, आहिर आए, किराँत आए। तिनीहरु सबैले यहाँका वनजंगलमा फलफूल बटुले होलान्, शिकार गरे होलान्। निश्चित कुरा हो कि तिनीहरुले उव्जाउ भूमि खोज्दै खेती गरे, वस्ती बसाए। धेरै नश्ल तथा समूहहरु यस सरहदमा आउनेजाने गरेका पदचिह्नहरु फेला पर्दैछन्। यसको केन्द्र हालको काठमाडौ रह्यो। नेपाल उपत्यकामा लिच्छवीहरु दक्षिणतर्फबाट उकालो चढेका प्रमाणहरु छन्। तिनीहरुले किँरातहरुलाई पृष्ठभूमिमा विस्थापित गरेको जनश्रूति छन्। लिच्छवीलाई विस्थापित गरी मल्लहरु आए, पश्चिम नेपालमा खसहरु देखा परे तर ती दुई शताव्दीभित्रमा नै छिन्नभिन्न भए। तराइ सिम्रौनगढमा कर्णाटवङ्शीय आए, मुसलमानको आक्रमणमा उत्तर पलायन भए। ती नेपाल उपत्यकामा विलिन भए।

    यसरी नै कुल मुखिया, गण सरदार र युद्ध सरदार नेपालमा आए, तीसँगै विभिन्न नश्ल र कैयन जाति समूहहरु पनि आए। ती भिन्न भिन्न नश्ल र भिन्नभिन्न जाति समूहहरुले खासखास भौगोलिक पाटो तथा क्षेत्रमा बसोवास गरे। समयक्रममा निकटवर्ति समूहहरुबीच भौतिक आवश्यकता र सुरक्षाका लागि तिनीहरुको जम्काभेट भयो। ती समूहबीच मित्रवत वा संघर्षपूर्ण आर्थिक तथा सामाजिक सम्बन्ध कायम भए, ती सम्बन्धहरु सरलबाट जटिल बन्दै गए। विभिन्न समूहहरुबीच संघर्ष, एकता र सम्मिलन हुँदै यस भूमिमा कैयन चरित्र, पहिचान, संस्कार तथा सभ्यताहरु विकसित भए। ती कुराहरु नै सामुहिक तथा साझा बने, खास पाटो या क्षेत्र या जातिका लागि पहिचान बने। यो क्रम गोर्खाली राजाको राज्यको विस्तारबाट फड्को मार्‌यो, खासगरी काठमाडौँ उपत्यकामा शर गरेपछि। नयाँ एकिकृत राज्यले नेवार संस्कृति तथा सभ्यताको जगमा नेपाल र नेपालीको पहिचानलाई अगाडि सार्‌यो। यसले भौगोलिक सीमा विस्तारका साथै यस क्षेत्रका मानिसहरुको छुट्टै पहिचानका लागि आधारशीला प्रदान गर्‌यो।

    गोरखा राजाको सत्प्रयाश या दुशप्रयाश(?) जे जस्तो कारणले भएपनि, नेपाल राज्य पूर्वमा टिष्टा र पश्चिममा कांगडासम्म विस्तार भयो। यस सरहदमा वसोवास गर्नेहरु नेपाली कहलिए। तर, सुगौली सन्धिपछि सीमा संकुचन भयो, र नेपालीको एउटा ठूलो संख्या बाहिर नै रह्यो। त्यस संख्याले आफुलाई ‘गोर्खाली’ भन्न मन परायो। नेपाली पहिचान विजित जाति समूहको पहिचान थिएन। यो नेपाल सरहदभित्रको समृद्ध संस्कृति र सभ्यता स्थल नेवारको गर्वोक्ती थियो। तर, नयाँ एकिकृत राज्यले यसलाई थोपरेको जस्तै नै भयो। खासगरी विदेशी इतिहासका धार्मिक आग्रहहरुले नेपाल र नेपाली पहिचानलाई प्रष्ट्याउने मौका दिएनन्। नेपाली पहिचानलाई निक्खर पार्न नयाँ नेपालका मानिसहरुको आवागमन, केन्द्र र स्थानीयबीचको अन्तरक्रिया आवश्यकता पर्‌थ्यो तर यसका लागि भूबनोट र भौतिक कठिनाई, यातायात तथा संचारको अभाव बाधक बन्यो। त्यसमाथि राज्यका कामकार्वाहीमा निश्चित जाति (मूलत काठमाडौँ उपत्यका र यस आसपासका समूह) को कव्जाको कारण बाँकी नेपालका मानिसहरुले नेपाली भएको महशुस गर्न नसक्ने अवस्था रहिरह्यो।

    तर, हरेक प्रजातान्त्रिक आन्दोलनले नेपाली चरित्र निर्माणमा अभिवृद्धि गर्दै गयो। तर, त्यो यथेष्ट हुन सकेन। हाल हरेक जाति तथा क्षेत्रका नागरिकले ‘नेपाली भनेको को हो’ भन्ने सोधखोज गर्न लागेका छन्। खासगरी लोकतन्त्रको आगमनसँगै नेपालभित्र चलेको पहिचानको आन्दोलनले यसलाई व्यापकता दिदैँछ। यसले हरेक जातजाति र क्षेत्रहरुसँग नेपाली हुनुका प्रश्नहरु खोज्न उत्प्रेरित गरिरहेको छ। यसैको परिणाम हिमालका आफना गुनासा देखा परे, पहाडका आफना गुनासा देखिए। तराइका आफ्नै। कर्णालीका दुख, कठिनाइ तथा उत्पीडनका अघि अरुका कुराहरु फिक्का देखिए। कर्णाली जसको भाषा र संस्कृतिलेमात्र होइन, त्यहाँबाट विस्तारित राज्य र शासकका सन्ततीहरुले नेपालमा हालसम्म शासनसत्ता चलाए, त्यही क्षेत्र र त्यहाँका जातिहरु अतिपीडित देखिए। दलितका लागि नेपाली चिन्तन परम्परा नै गलपासो बनेको पाइयो। यसरी हेर्दा नेपालका हरेक जाति र क्षेत्रका गुनासाहरु जायज देखिएकाछन्। हिजोका दिनमा शासन प्रणाली नै नेपालमा रहेका अधिकांश समूह तथा क्षेत्रका पहिचानलाई ओझेलमा पार्ने साधन बन्यो। अब शासन प्रणाली नै लोकतन्त्र छ। यस प्रणालीले हरेक जाति समूह तथा क्षेत्रका खास पहिचानलाई स्थापित गर्नुपर्छ र साथै साझा पहिचानका आधार पनि खोजिनु पर्छ, जसले राज्यलाई बलियो पार्छ। बलियो राज्यले मात्र सबै नेपालीको गुनासाहरु सम्वोधन गर्नसक्छ। तर, सर्वप्रथम ती गुनासाहरुको वजन, आयतन र गहिराइको मापन हुनुपर्छ। यसै अभिप्रायका लागि नेपाली को हो? भनी छलफल गर्न लागिएको हो।

    कर, बल र स्वेच्छा जे जस्ता कारणले भएपनि, नेपालीको चरित्रहरु साझा तथा अविभाज्य भएका छन्। रहनसहन, खानपीन, नाचगान, कलासंस्कृति बहादुरीका गाथा आदिले नेपाली चरित्रको निर्माण भएको छ। यही चरित्र बोकेर नेपालीहरु भौतिक आवश्यकता तथा आत्मिक आवश्यकताहरु परिपूर्तिका लागि विश्वभर छरिएका छन् र छरिने क्रममा छन्। ती जो जहाँ पुगेपनि अफूलाई नेपाली भनेर परिचय दिइरहेका छन्। त्यसकारण नेपाली को हो? का साझा चरित्रहरुको सोधखोज गरिनु पर्छ। यो सोधखोज नेपाल सरहदमा रहेका नेपालीहरुबीचमा मात्र होइन, संसारभर छरिएर रहेका नेपालीका लागि आवश्यक बनेको छ।

    यही कारण हामीले ‘नेपाली को हो ?’ भन्नेबारे छलफल चलाउने विचार गर्‌यौ। यस विषयमा प्रवेश गर्नका लागि राजनीतिकशास्त्री हरि शर्माको धारणा (नेपाली को हो?-१) लाई प्रस्तुत गरेका थियौँ। यहाँ दोस्रो श्रृंखलाका रुपमा जनसंख्याशास्त्री बालकृष्ण मावुहाङ्गका धारणा (नेपाली को हो?-२) राखेकाछौँ। दोस्रो श्रृंखलापछि हामी भारत र अन्य मुलुकमा रहेका नेपाली मूलका विद्वानहरुका धारणाहरु प्रस्तुत गर्नेर्छौ। यस विषयमा विद्वतजनहरुबीच व्यापक र गहन छलफल हुने आशा राखेका छौ। अन्तमा ती छलफलका आधारमा हरि शर्माबाट यसको निष्कर्ष प्रस्तुत गर्नेर्छौ ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      Tags: काे हुन नेपाली?नेपालीनेपाली राष्ट्रियतानेपाली समाज
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      जलवायु परिवर्तन र खाद्य अधिकार

      जलवायु परिवर्तन र खाद्य अधिकार

      डा. भेषराज अधिकारी
      असार १, २०८१

      १. विषय प्रवेश संसारको हरेक कुनामा जहाँ जहाँ मानव वस्ती छ, प्रायः त्यहाँ कुनै न कुनै रूपमा खाद्य अभाव तथा...

      लोकसंस्कृति र मादीका विशिष्टता

      लोकसंस्कृति र मादीका विशिष्टता

      झलक सुवेदी
      बैशाख ७, २०८१

      विषय प्रवेश/परिभाषा मान्छे आफ्ना इच्छाहरूभन्दा स्वतन्त्र रहेका उपलब्ध भौतिक साधनहरूको प्रयोग गर्दै उत्पादन कार्यमा संलग्न हुन्छ, परिभाषित पद्धतिमा आबद्ध भएर...

      ओझेल परेको समताको जलवायु न्याय

      ओझेल परेको समताको जलवायु न्याय

      डा. विमल रेग्मी
      चैत्र २५, २०८०

      जलवायु परिवर्तनको त्रासदीबाट विश्वलाई जोगाउन भनी अधिकांश राष्ट्रहरूले सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिलाई पारित गरेका थिए। तर २०२३...

      प्रविधिले सँस्कृति, सँस्कृतिले पहिचानलाई गतिशील बनाइरहन्छन्: डा. सुरेश ढकाल

      प्रविधिले सँस्कृति, सँस्कृतिले पहिचानलाई गतिशील बनाइरहन्छन्: डा. सुरेश ढकाल

      नेपाल रिडर्स
      चैत्र २२, २०८०

      प्रविधिले सँस्कृति, सँस्कृतिले पहिचानलाई गतिशील बनाइरहन्छन्: डा. सुरेश ढकाल https://youtu.be/itG0btnpZUo

      बसाइँ सराइ र तराईमा भूमि सम्बन्धी द्वन्द्व

      बसाइँ सराइ र तराईमा भूमि सम्बन्धी द्वन्द्व

      झलक सुवेदी
      चैत्र १२, २०८०

      विद्यमान उत्पादन पद्धतिमा भूमिको प्राकृतिक क्षमताको पूर्ण उपयोग भइसकेको छ। त्यही भएर पनि के कुरा अनौठो होइन भने सार्वजनिक भूमिको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.