Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेपाल राष्ट्रको निर्माणमा गोपाल तथा अन्य राजवंशको योगदान – श्रृङ्खला २

त्रिरत्न मानन्धर त्रिरत्न मानन्धर
साउन १२, २०७४
- रिडर्स डिस्कोर्स, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपाल निर्माणमा गोपालवंशको योगदान विषयमा छलफल चलाउनु भएकोमा रामचन्द्र झालाई धन्यवाद । उहाँले आफुलाई इतिहास थाहा छैन म यो बिषयको बिद्दवान पनि होइन भनेता पनि उहाँले लेख्नुभएका ज्ञानगुणका धेरै कुराहरु सामान्य इतिहासको बिद्यार्थीलाई पनि थाहा छैन। र रामचन्द्रजी ले धेरै अध्यन गर्नुभएको छ भन्ने कुरा प्रष्ट हुन्छ।

    इतिहासविद्हरु निश्पक्ष हुनुपर्छ । बोल्दा लेख्दा केही थोर केही ज्यादा होला तर इतिहासविद् एकदमै निश्पक्ष हुनुपर्छ । म उहाँको भनाइसँग सहमत छु। एक भारतीय प्रसिद्ध इतिहासकारले जेदुनाथ सरकारले भन्नुभएको छ  “मैले लेखेको कुराले कसैलाई रिस उठोस वा खुसी हुन मलाई मतलब छैन। कसैलाई हानी पुगोस वा फाइदा त्यो पनि मतलब छैन । म जे जति लेख्छु एकदम सही कुरामात्र लेख्छु र सहि कुरा लेख्नु नै प्रत्येक इतिहासकारहरुको कर्तव्य हो।”

    तर निश्पक्ष इतिहास प्राय: लेखिएको छैन । यो चाहिँ ठूलो बिड्म्बना हो। यो हाम्रो देशमा मात्रै नभएर बाहिर पनि छ । तर नेपालमा चाहिँ ज्यादै बढी छ । यो लेख मार्फत जुन सन्देश दिनुभएको छ त्यो ज्यादै महत्वपूर्ण छ । नेपाल निर्माणमा गोपालवंशको भूमिका कति छ ? यसको लेखाजोखा गर्नेवेला भन्दा पनि नेपालभर बुझाउने बेला भयो । आज हाम्रा तराईका दाजुभाइहरु, मधेसी भन्नुहोस् वा जे सुकै भन्नुस् उहाँहरु २, ४ जिल्लामा मात्र नभएर पुरै नेपाल भरी हुनुहुन्छ । इतिहासमा उहाँहरुको ज्यादै ठूलो देन छ । सुरु देखि नै नेपाल राज्यको स्थापना देखि नै उहाँहरुको नेपाली राजनीतिमा महत्त्वपूर्ण स्थान रहेको कुरा उहाले यस आलेख मार्फत सकारात्मक संदेश दिनुभएको छ । यस्तो सन्देश आजको परिप्रेक्ष्यमा ज्यादै समसामयिक छ। र सबैले मनन गर्नुपर्ने बिषय छ। यसका लागि उहाँलाई हामीसबैले धन्यवाद दिनुपर्दछ।

    तर आलेखबारे वस्तुनिष्ठ भएर बोल्नुपर्ने हुन्छ, भावनामा बगेर होइन । मेरो पहिलो प्रश्न र सुझाव के छ भने गोपालवंश भन्नाले क-कसलाइ जनाउछ ? नेपाल स्थापना गरेपछिका ८ जना राजाले राज्य गरे ती मात्रै हुन् कि त्यसपछिका महिशपाल पनि हुन् । शेनवंश को हो ? यो बारेमा पनि गोपालवंशको परिचय स्पष्ट हुने गरि गरेको भए अझै राम्रो हुनेथियो ।
    दोस्रो सुझाव के भने कुनै पुजा गर्दापनि भक्ती वा जे सुकै भन्नुहोस्  वा विधि अनुसार गरिएन भने अपुरो जस्तो लाग्छ । त्यस्तै उहाँले जे जति लेख्नुभएको छ सबै दोस्रो स्रोत (secondary source) बाट मात्रै लेख्नुभएको छ। २- ४ किताबबाटै लेख्नुभएको छ। बरु उहाँले भारतीय इतिहासको बारेमा निकै राम्रा स्रोत प्रयोग गर्नुभएको छ । तर नेपालको सन्दर्भमा वंशावलीको कुरा गर्दै अझै विभिन्न र सहि स्रोत प्रयोग गर्दा राम्रो हुन्थ्यो।

    वंशावलीलाई नै नमान्ने हो भने अर्कै कुरा हो तर कर्कप्याट्रिक्सको वंशावलीलाई मान्ने हो स्पष्ट के छ भने मनिशपालहरु जनकपुर र सिम्रोणगढको बिचबाट आएको हो । इतिहासिवद् सुदर्शन राज तिवारीले लेख्नुभएको पुस्तकमा गोपालवंश र महिषपालवंश एउटै हो । गोपालवंशको अन्तिम राजाका सन्तान भएनन् यसकारण महिशपालवंशले ल्याइयो । गोपालवंश गाई पाल्ने र महिशपाल वंश भैंसी पाल्ने पेशा मात्रै फरक हो वास्तवमा उनिहरुको वंश एउटै हो भन्नुभएको छ। यो दृष्टिकोणबाट मिथिलासंगको सम्बन्ध प्रष्ट हुन्छ।

    यो आलेख जानकारीका लागि भन्दा पनि खास मनाशयका साथ लेखिएको हो, सो आशयलाई साकार पार्न कसले कहाँ अनि कसरी कदम चाल्नु पर्छ भन्ने कुरा पनि उहाँले राख्नुभएको भए राम्रो हुन्थ्यो जस्तो लाग्छ। यी सुझावहरु पछि अब बिषयवस्तु तिर लागौं ।

    कृष्णसंग आएका गोप, यदुवंशी बसेर लिङ्ग उत्पन्न भयो। नेप भस्म भइसकेपछि उनको छोरालाई नेपालको पहिलो छोरा भएको कुरा उल्लेख गर्नु भएको छ। यस बिषयमा एउटा सुझाव र प्रश्न पनि गर्न चाहान्छु । उहाले के गर्नु भयो भने ती गोपालहरु द्वारिकाबाट आएको कसरी हुन सक्छ र ?  भन्ने कुरामा शका गर्दै मिथिलाबाट आएको भन्ने उहाँको धारणा छ। यस कुरालाई धर्म शास्त्रबाट त आएको हो नि भनेर यस्तो टिकाटिप्पणी गर्ने हो भने त धर्म शास्त्रका कुनै कुरापनि मान्न सक्दैनौ । तर जब गोपालराज वंशावलीमा नै प्रष्ट लेखिएको छ कि कृष्ण द्वारिकाबाट आएको भनेर भने त्यसलाई त्यतिको विवादको बिषय बनाउनु पर्ने केही छैन। तर उहाँसंग के कुरामा सहमत छु भने त्यो समयमा मिथिलाको पनि त्यत्तिकै महत्त्वपूर्ण भुमिका थियो । त्यो किनभने गोपालवंशका ८ जना राजा मध्ये अन्तिम राजा पछि महिशपाल आएर शासन गरे भनाई छ र यी महिशपालहरु सोझो रुपमा मिथिलाबाट आएको प्रमाणित नै छ। अब वंशावलीलाई नै नमान्ने हो भने अर्कै कुरा हो तर कर्कप्याट्रिक्सको वंशावलीलाई मान्ने हो स्पष्ट के छ भने मनिशपालहरु जनकपुर र सिम्रोणगढको बिचबाट आएको हो । इतिहासिवद् सुदर्शन राज तिवारीले लेख्नुभएको पुस्तकमा गोपालवंश र महिषपालवंश एउटै हो । गोपालवंशको अन्तिम राजाका सन्तान भएनन् यसकारण महिशपालवंशले ल्याइयो । गोपालवंश गाई पाल्ने र महिशपाल वंश भैंसी पाल्ने पेशा मात्रै फरक हो वास्तवमा उनिहरुको वंश एउटै हो भन्नुभएको छ। यो दृष्टिकोणबाट मिथिलासंगको सम्बन्ध प्रष्ट हुन्छ।

    अब अर्को कुरा के भने यहाँ मातातिर्थ, थानकोट किर्तिपुरमा बसोबास गर्ने गोपालीहरु पनि यहाँ हुनुहुन्छ । गोपालवंश भनेको मातातिर्थमा बसोबास गर्ने गोपालीहरु हुन् जसलाइ नेवारीमा स्यापु पनि भनिन्छ। स्या: भनेको गाई हो र पु भनेको पाल्ने । गाई पाल्नेहरु स्यापु हुन्, गोपाली हुन्, र उनिहरु नेवार हुन् । यो बारेमा पनि अलि बढी चर्चा गर्नुपर्ने थियो ।

    मैले पढे अनुसार र थाहा पाए अनुसार गोपालीहरु आफुलाइ कृष्णको सन्तान मान्नुहुन्छ । यसबारे तुलसी दिवस र निर्मलमान तुलाधरले एउटा पुस्तकमा पनि लेख्नु भएको छ। गोपालवंशका राजा लेपुवंशी अथवा गोप जातिका हुन् र पछि त्यहा बस्दै गइसकेपछि त्यहाको सभ्यतामा मिलिसकेपछि नेवार भएका हुन सक्छन् ।

    नेपालको संस्कृतिको विकासमा मिथिलाको अहम् भूमिका रहेको कुरा उहाँले ज्यादै राम्रोसंग उल्लेख गर्नुभएको छ। सिम्रोनगढको राजवंश र काठमाडौं उपत्यकाका मल्लवंश एउटै हुन् भन्ने कुरा गलत हो तर यी मल्लहरु र त्यहाका तिरहुतहरुको बिचमा वैवाहिक सम्बन्ध थियो। काठमाडौं उपत्यकाको राजकुमारी देवल देवीको विवाह तिरहुतका अन्तिम राजा हरि सिंहसंग भएका कारण तिरहुतमा मुसलमानले आक्रमण गर्दा उनी नेपाल उपत्यका आए र उनका छोराको विवाह रुद्रमल्लकी छोरीसंग र उनको पनि छोरीको जयस्थिति मल्लसंग भयो।

    हरिसिंह देव नेपाल उपत्यका आउँदा देवता, भाषाका साथै विभिन्न सस्कृति ल्याए । आफ्नो इष्ट देवता दुर्गा भवानीलाई पनि ल्याएका थिए । मल्लहरुले तिनै दुर्गा भवानीलाई आफ्नो इष्ट देवता माने । पछि शाह वंशले पनि दुर्गा भवानीलाई स्वीकार गरे । मल्लहरुको दरवारमा मैथिली भाषा एकदमै प्रयोग भएको पाइन्छ । त्यो समयका शिलालेख, पत्रहरुमा र मैथिली भाषाका नाटकहरु पनि प्रसस्त छ्न् ।

    अहिलेसम्म हामी नेवारमा डाका भजन गाउँछौँ त्यसमा मैथिली र नेवारी संगितको प्रभाव छ। सबैभन्दा महत्त्वपूर्ण कुरा सिम्रोनढमा जन्मेका विद्वानहरुको सम्बन्ध मल्ल दरवारका व्यक्तिहरु संग थियो। तारागन्ध मिश्र पुरातत्व विभागका पूर्वनिर्देशकका अनुसार नेपालको स्वास्थ्य क्षेत्रमा पनि सिम्रोनगढको ठूलो योगदान रहेको छ  ।

    पृथ्वीनारायणका पहिली रानी शेनवंशी र दोस्री रानीपनि तराइबाट नै ल्याइएका हुन् ।
    लिच्छविकालको सिमा ज्यादै विस्तारित थियो र यो सही पनि हो। त्यसको दुईवटा प्रमाण छन्, जो यस आलेखमा उल्लेख भएको पाइन । एउटा हो समुद्र गुप्तको शिलालेख ।

    समुद्र गुप्तको शिलालेखमा के लेखिएको छ भने  कामरुप (आसाम) र कर्तपुर (कुमाउ) को बीचमा नेपाल रहेको उल्लेख छ । यसरी प्राचिनकालमा पनि नेपाल अहिले जत्तिनै विशाल रहेको बुझिन्छ। यस कुरालाई ७औं शताब्दीमा नेपालमा आएका चिनियाँ यात्री ह्वेन शाङ्गले पनि प्रमाणित गरेका छ्न् । उनले नेपालको परिधि लगभग ४००० लि रहेको लेखेका छ्न्। ४०००लि भन्नाले अहिलेकै क्षेत्रफल आउँछ । यसकारण लिच्छविकालको नेपाल अहिलेको नेपाल भन्दा केहि ठुलो थियो । तर उहाँले लेख्नुभएको अहिलेको नेपाल लिच्छविकालिन नेपाल भन्दा चतुराङ्श छैन भन्ने कुरासँग सहमत हुन सक्ने अवस्था छैन । त्यसबखतको नेपाल कत्रो थियो भन्ने आधार नै समुद्र गुप्तको शिलालेख हो र अर्को ह्वेन शाङ्गको यात्रा वर्णन हो । यी दुवैबाट के थाहा हुन्छ भने अहिलेको नेपाल लिच्छविकालिन नेपाल जत्रै अथवा अलि सानो छ।
    समुद्र गुप्तको शिलालेखमा के लेखिएको छ भने कामरुप (आसाम) र कर्तपुर (कुमाउ) को बीचमा नेपाल रहेको उल्लेख छ । यसरी प्राचिनकालमा पनि नेपाल अहिले जत्तिनै विशाल रहेको बुझिन्छ। यस कुरालाई ७औं शताब्दीमा नेपालमा आएका चिनियाँ यात्री ह्वेन शाङ्गले पनि प्रमाणित गरेका छ्न् । उनले नेपालको परिधि लगभग ४००० लि रहेको लेखेका छ्न्।

    ने मुनि र पशुपतिको कुरा एकदम सहि छ र कुनैकुनै दस्तावेजमा ने मुनिलाई भुग्तमान भनेर लेखिएको छ । नाममा फरक पर्‌यो भन्दैमा विवादित बिषय बनाउनु पर्छ भन्ने छैन।

    पहिलेका राजाहरुको प्रतिमा भएनन् साँचो हो तर कैयन मल्ल राजाहरुका आआफ्ना दरवारमा छन्। लिच्छवीकालिन मानदेव कै पनि चाँगुनारायण अगाडि भक्तिभावमा देखाइएको गरुढलाई नै मानदेवको मूर्ति भनेर मानिन्छ । गोपालवंशीको नेपालको पहिलो राजाको मूर्ति राख्नुपर्छ भन्ने ज्यादै सान्दर्भिक छ।

    अन्त्यमा के सुझाव दिन चाहान्छु भने जुन अनावश्यक विवरण छ राजाको नामहरुको । जस्तो किरातकालिन २७ देखि २९ जनाका नामहरु छन् । गोपालहरु ८ जनाको नाम छ । यी नामहरुमा एकरूपता छैन। कुनैले २७ किरात कुनैले २९ किरात । यसकारण अनावश्यक विवरण हटाउनु नै राम्रो होला । दोस्रो कुरा राजाको नामहरु नै राख्ने हो भने क्रम मिलाएर राख्नुहोला । यहाँ लिच्छवि राजाहरुको नाम राख्दा के गरिएको छ भने  वसन्त देव, अंशुवर्मा, नरेन्द्र देव, विश्व देव शंकर देव र धर्म देव आदि ।

    शंकर देव भनेको मान देवको बाजे धर्म देवका बुवा हुन् । अब यो अन्तिममा राख्नु भएन यो अगाडि राख्नु पर्छ। संम्बतहरु पनि अनावश्यक रुपमा दिनु राम्रो होइन । इतिहास भनेको संम्बत मात्रै होइन । कुनै घटनाको निश्पक्ष वर्णन हो।

    संम्बत राख्नुहुन्छ भने सहि हुनुपर्छ । यहाँ १८०१ मा नुवाकोटकामा बिजय गरे १८०३ मा कान्तिपुर बिजय गरे भनिएको छ। त्यो त १८०३ नभएर २४ बर्ष पछि १८२५ मा हो ।

    यस आलेखको खुबी के हो भने गोपालवंश र सिम्रोनगढको शेनवंशको चर्चा गर्दै नेपाल निर्माणमा उनिहरुको योगदान प्रष्ट पार्नुभयो । यस कामले ज्यादै राम्रो राजनीतिक संदेश दिएको छ । कुनै एकजना इतिहासको विद्यार्थीको सहयोग लिदै यसमा भएका केही त्रुटि सच्याउनु होस् । यसो भयो भने यो एकदमै उत्कृष्ट तथा मार्गदर्शक आलेख बन्नेछ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      त्रिरत्न मानन्धर

      त्रिरत्न मानन्धर

      त्रिरत्न मानन्धर नेपालका एक सुविख्यात इतिहासविद् हुन्। त्रिभुवन विश्वविद्यालयका इतिहास विभागका प्राध्यापक रही सेवा निवृत्त मानन्धर हाल नेपालको इतिहाससम्बन्धी अनुसन्धान कार्यमा संलग्न छन्।

      Related Posts

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      जलवायु परिवर्तन र खाद्य अधिकार

      जलवायु परिवर्तन र खाद्य अधिकार

      डा. भेषराज अधिकारी
      असार १, २०८१

      १. विषय प्रवेश संसारको हरेक कुनामा जहाँ जहाँ मानव वस्ती छ, प्रायः त्यहाँ कुनै न कुनै रूपमा खाद्य अभाव तथा...

      लोकसंस्कृति र मादीका विशिष्टता

      लोकसंस्कृति र मादीका विशिष्टता

      झलक सुवेदी
      बैशाख ७, २०८१

      विषय प्रवेश/परिभाषा मान्छे आफ्ना इच्छाहरूभन्दा स्वतन्त्र रहेका उपलब्ध भौतिक साधनहरूको प्रयोग गर्दै उत्पादन कार्यमा संलग्न हुन्छ, परिभाषित पद्धतिमा आबद्ध भएर...

      ओझेल परेको समताको जलवायु न्याय

      ओझेल परेको समताको जलवायु न्याय

      डा. विमल रेग्मी
      चैत्र २५, २०८०

      जलवायु परिवर्तनको त्रासदीबाट विश्वलाई जोगाउन भनी अधिकांश राष्ट्रहरूले सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिलाई पारित गरेका थिए। तर २०२३...

      प्रविधिले सँस्कृति, सँस्कृतिले पहिचानलाई गतिशील बनाइरहन्छन्: डा. सुरेश ढकाल

      प्रविधिले सँस्कृति, सँस्कृतिले पहिचानलाई गतिशील बनाइरहन्छन्: डा. सुरेश ढकाल

      नेपाल रिडर्स
      चैत्र २२, २०८०

      प्रविधिले सँस्कृति, सँस्कृतिले पहिचानलाई गतिशील बनाइरहन्छन्: डा. सुरेश ढकाल https://youtu.be/itG0btnpZUo

      बसाइँ सराइ र तराईमा भूमि सम्बन्धी द्वन्द्व

      बसाइँ सराइ र तराईमा भूमि सम्बन्धी द्वन्द्व

      झलक सुवेदी
      चैत्र १२, २०८०

      विद्यमान उत्पादन पद्धतिमा भूमिको प्राकृतिक क्षमताको पूर्ण उपयोग भइसकेको छ। त्यही भएर पनि के कुरा अनौठो होइन भने सार्वजनिक भूमिको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.