मत-अभिमत

(पिकेटीको एक्काइसौं शताब्दीमा पूँजी तथ्यआधारित उत्कृष्टकृति हो। जुन कृतिले गत तीन दशक यता अन्तर्राष्ट्रिय तथा राष्ट्रिय असमानतामा आएको तीव्र वृद्धिलाई प्रश्न गर्न नसक्ने गरी स्थापित गर्ने अत्यन्त महत्वपूर्ण काम सम्पन्न गरेको छ। यसैले यस पुस्तकबारे विश्वका बौध्दिक तथा योजनाविदबाट व्यापक चर्चा परिचर्चा भइरहेकोछ । यसैक्रममा यस पुस्तकका बारे हामीले अघिल्लो पटक नेपालका अर्थशास्त्री डा. प्रकाश चन्द्र लोहनीको समीक्षालाई प्रस्तुत गरेका थियौं। हेर्नुहोस्  मार्क्सदेखि पिकेटीसम्म: पुँजीवादको भविष्य । यस पटक हामीले बेलायतका अर्थशास्त्री जोन रसबाट गरिएको पुस्तक समीक्षा प्रस्तुत गरेका छौं। जोन रसले पीकेटीको पुस्तकलाई अनुभवजन्य अनुसन्धान (empirical research) को उत्कृष्ट कृति स्वीकारेका छन् । तर उनी के भन्छन् भने पिकेटीका आफ्नै सैद्धान्तिक अवधारणा (Theoritical framework) ले भने ती यथार्थमा आधारित निचोडहरुलाई पर्याप्त मात्रामा ब्याख्या गर्न सक्दैन। वास्तवमा, पिकेटीका निष्कर्षहरु (Findings) लाई मार्क्सको पूँजीको स्वाभाविक बनावटमा हुने वृद्धिको विश्लेषणबाट मात्र समेट्न सकिन्छ। मार्क्सका निष्कर्षहरु उनका पूर्ववर्ती एडम स्मिथ र  डेभिड रिकार्डोसँग त मेल खान्छन् नै, उनी पछिका किन्ससँग पनि तादात्म्यता राख्दछन् र ती निष्कर्षहरुलाई आधुनिक अर्थगणित (econometric) ले समेत पुष्टी गरेका छन्। आर्थिक वितरणमा मात्र नभएर उत्पादनमा समेत असमानतामा वृद्धिसम्बन्धी पिकेटीका निष्कर्षहरु मार्क्सका विश्लेषणमा आधारित छन्। पिकेटीको मार्क्सको आलोचना गलत तथ्यमा आधारित छयद्यपी यो अपर्याप्त अध्ययनका कारणले भएको हुन सक्छ। सम्पतिको वितरणसम्बन्धी पिकेटीका निष्कर्षहरुले, अर्को कोणबाट, उत्पादन सम्बन्धी आधुनिक निष्कर्षहरुलाई पुष्टी गर्छन्, जुन मार्क्सको सैन्द्धान्तिक रुपरेखासँग पनि तादात्म्यता राख्दछन्। सम्पादक)

थोमस पिकेटीको ‘एक्काइसौं शताब्दीको पूँजी’लाई अनुभवजन्य अनुसन्धान (empirical research) को उत्कृष्ट कृतिका रुपमा लिइनु उचितै हो। यस कृतिमा संयुक्त राज्य अमेरिका र अन्य देशहरुमा असमानतामा ब्यापक वृद्धि भएको छ भन्ने पिकेटीको राजनीतिक रुपले संवेदनशील निष्कर्ष प्रस्तुत छ। वैचारिक कारणहरुले यस पुस्तकमा भएका निष्कर्षहरुलाई मिथ्या सावित गर्न खोज्नेहरुले उनका निष्कर्षहरुलाई पुर्पक्षका विषय बनाउदै आएका छन्। तर, तिनीहरुले यस पुस्तकमा प्रस्तुत महत्वपूर्ण सारलाई अस्विकार गर्ने कुनैपनि प्रमाण पाएका छैनन्। पिकेटीको निष्कर्षको मूल चुरो ‘बिसौं शताव्दीको शुरुवातीमा संयुक्त राज्य अमेरिका र अन्य ठूला अर्थव्यवस्थाहरुमा असमानता एकदमै ज्यादा थियो, यस्तो असमानता बिसौं शताब्दीको मध्यमा घटेर गयो तर यस्तो असमानता फेरि अहिले बिसौं शताब्दीको सुरुवातको अवस्थातिर जोडतोडले लम्कदै छ भन्ने हो। पिकेटीको यस्तो मूख्य निष्कर्ष आमरुपमै स्थापित सत्य बनिसकेको छ।

असमानता सम्बन्धी यी विशिष्ट निष्कर्षहरु लगायत, पिकेटीका विचारहरुले संयुक्त राज्य अमेरिकामा प्रवल विरोधको सामना गर्नु पर्‍यो, किनभने यसका तथ्य आधारित विधि अमेरिकाको प्राज्ञिक अर्थशास्त्रमाथि ठाडो चुनौती थियो। पिकेटीले जोड दिदै भनेका छन् : प्रचलित संयन्त्रहरुको पहिचान गर्न तथा भविष्यको अझ प्रष्ट खाका खिच्न हामीलाई सघाउ पुर्‍याउँछन् भनी आशा गर्न सकिने तरिका भनेको धैर्यतापूर्वक तथ्य एवं ढाँचालाई स्थापित गर्नु र त्यसपछि विभिन्न देशसँग तिनको तुलनात्मक अध्ययन गर्नु नै हो। (पिकेटी २०१४ क १६)

पिकेटी पहिले म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा आबद्ध थिए। सन् १९९५ पछि पिकेटीले संयुक्त राज्य अमेरिकामा कुनै पनि पद नलिने निर्णय लिए, जसको कारणहरु उनले ब्याख्या गरेका छन्। यसको एउटा कारण अमेरिकाको प्राज्ञिक अर्थशास्त्रको वैचारिक धारबाट अलग हुनु हो। जुन धारका प्राज्ञहरु मध्ये अधिकांशतको गैरतथ्य आधारित चरित्र भएका छन् जसले  तथ्यहरु माथि तिनीहरुले यति कम ध्यान दिन्छन् कि कुनै सिद्धान्तको ब्याख्या कुन तथ्यांकमा आधारित भएर गरिनु पर्दछ भन्ने समेत थाहा पाउदैनन्। त्यसो हुँदा तिनीहरुका सिद्धान्तहरु कथित ”तथ्यहरु” (जुन सरासर झुटा हुन्छन्) का आधारमा निर्माण गरिन्छन्। यसको एउटा ज्वलन्त उदाहरण हो ‘पूँजी र श्रम बीचको आयको बाँडफाँट स्थिर रहिरहेकोछ भन्ने झुटो दावा हो, जसका बारेमा पछि चर्चा गरिने छ।

सन् १९९५ पछि पिकेटीले संयुक्त राज्य अमेरिकामा कुनै पनि पद नलिने निर्णय लिए, जसको कारणहरु उनले ब्याख्या गरेका छन्। यसको एउटा कारण अमेरिकाको प्राज्ञिक अर्थशास्त्रको वैचारिक धारबाट अलग हुनु हो। जुन धारका प्राज्ञहरु मध्ये अधिकांशतको गैरतथ्य आधारित चरित्र भएका छन् जसले तथ्यहरु माथि तिनीहरुले यति कम ध्यान दिन्छन् कि कुनै सिद्धान्तको ब्याख्या कुन तथ्यांकमा आधारित भएर गरिनु पर्दछ भन्ने समेत थाहा पाउदैनन्।

बढ्दो असमानताका बारेमा पिकेटीका निष्कर्षहरुले सबैभन्दा बढी ध्यान आकर्षण गराएका छन् र तिनलाई प्रमाणित सत्यका रुपमा लिन सकिन्छ। यसबारे यहाँ चर्चा गरिन सम्भव छैन। पाठकहरुले उनको पुस्तक अध्ययन गर्नु पर्छ नै। यहाँ धेरै बृहत प्रमाणहरुलाई छोटकरीमा प्रस्तुत गरिएकोछ। तर एउटा विषय के हो भने, जसले जे सुकै भनेपनि बढ्दो असमानताका प्रक्रियाहरु किन अस्तित्वमा छन् त भन्ने कुराको सेरोफेरोमा यस छलफललाई अगाडि बढाइएको छ । यस छलफलको निष्कर्ष प्रष्ट छ : पिकेटीका निष्कर्षहरु सत्य छन् तर उनले कोरेको विकासको चार्ट उनले अपनाएको आर्थिक ढाँचा भन्दा बढी नियमसङ्गत  भएर मात्र क्रियान्वित हुन सक्छन्।

यस छलफलको गाँठी कुरा भनेको पिकेटी कुन कुन विषयमा अपर्याप्त अथवा गलत छन् भन्ने खुट्याउनु हो। तर अनर्थ नलागोस् कि उनको त्यो पुस्तक वास्तवमा उत्कृष्ट कृति हो, र यो उच्च मूल्यांकनको पुरै हकदार छ।

पिकेटीको सूत्र

पिकेटीको पुस्तकमा उल्लेखित आधारभूत विश्लेषण एउटा मूख्य सूत्रबाट परिचालित छ। जुन सूत्र करिब करिब मानक (iconic)  का रुपमा नै स्थापित भएकोछ। यस सूत्रलाई उनी यसरी प्रस्तुत गर्दछन् :

आधारभूत असमानता जसलाई म  r>g लेख्नेछु (r को अर्थ पूँजीमा औसत बार्षिक आयदर हो, जसलाई यसको कूल मूल्यको प्रतिशतमा अभिव्यक्त गरिएको हुन्छ र g को अर्थ अर्थव्यवस्थाको वृद्धिदर हो, यो भनेको आय अथवा उत्पादनका बार्षिक वृद्धि)… हो। यस सूत्रले मेरा निष्कर्षहरु पछाडि रहेको अधिकांश तर्कनालाई प्रतिनिधित्व गर्दछ। (पिकेटी २०१४ क २५)

यदि आर्थिक वृद्धिको दर भन्दा नाफाको दर उच्च भएमा नाफा थुप्रिन्छ, र त्यो थुप्रिएको नाफा पूँजीका रुपमा परिणत हुँदा त्यसले अर्थव्यवस्थामा आफ्नो अनुपात अनिवार्यरुपले बढाउदै लैजान्छ। यस्तो असमानतालाई गणितीय परिणाममा दर्शाउनका लागि उनको सूत्र महत्वको छ।

यसो भनिरहँदा, यहाँ सर्वप्रथम हेक्का राख्नै पर्छ कि, यो सूत्रले आफैं बढ्दो असमानतालाई अनिवार्य रुपमा इंगित भने गर्दैन। r>g हुदाँ असमानता बढ्ने नबढ्ने कुरा पूँजीको स्वामित्वको ढाँचामा निर्भर गर्दछ वा अझ प्रष्टयाउँदा त्यो r बाट आय गर्ने शृङखलामा निर्भर गर्दछ। पूँजीको स्वामित्व समानरुपमा वितरण गरिएको हुन्थ्यो भने, यो प्रवृत्तिले बढ्दो असमानतातिर लैजादैन थियो, बरु यसले समाजका सदस्यहरुको आयको बढी अनुपात पूँजीबाट र कम अनुपात श्रमबाट प्राप्त गर्ने अवस्था बन्ने थियो। गैरपूँजीवादी समाजमा यो विषय वास्तवमै महत्वपूर्ण छ, जसको विश्लेषण पछि गरिनेछ। तथापी, पूँजीवादी समाजमा r>g हुँदा त्यसले असमानता बढाउने क्रम सुरु गर्दछ, किनभने पिकेटीले औंल्याए जस्तै, पूँजीको स्वामित्वको समान वितरणको स्थितिको त त्यहाँ कल्पनाभन्दा टाढाको मात्रै हुन सक्छ। वास्तवमा, श्रमबाट हुने आयको तुलनामा पूँजीको स्वामित्वको वितरण धेरै नै बढी असमान छ, जसलाई पिकेटीले (२०१४ क, २५७) यसरी अर्थ्याएका छन् :

वित्तीय स्वामित्वको वितरण… जताततै अत्यन्तै असमानमूलक छन् ।

सम्पतिको सबैभन्दा बढी समान वितरण भएका समाजहरु (सन् १९७० र ८० ताका स्कान्डोनाभियन मुलुकहरु) मा राष्ट्रिय सम्पतिको ५० प्रतिशत १० प्रतिशत धनाढ्यको स्वामित्वमा र कहीं कहीं त्यो भन्दा केही बढी राष्ट्रिय सम्पति रहेको पाइन्छ, यदि कसैले सबैभन्दा ठूला वैभवको राम्ररी लेखाजोखा गरे भने त्यो ५० देखि ६० प्रतिशतको हाराहारीमा पाउनेछ। अहिले आएर सन् २०१० को सुरुवातीका बर्षहरुमा धेरै युरोपेली मुलुकहरु खासगरी फ्रान्स, जर्मनी, ब्रिटेन, र इटलीमा त्यहाँको राष्ट्रिय सम्पतिको ६० प्रतिशत स्वामित्व सबैभन्दा धनी १० प्रतिशत धनाढ्यहरुको हातमा छ।

यो टड्कारो तथ्यको निष्कर्ष के हो भने यी समाजहरुमा जनसङ्ख्याको आधा हिस्साको स्वामित्वमा केही पनि छैन। सबैभन्दा गरीब ५० प्रतिशत जनसङ्ख्याको स्वामित्वमा १० प्रतिशत राष्ट्रिय सम्पति रहेको छ, र आमरुपमा यो ५ प्रतिशत मात्र छ। हालसालै प्राप्त तथ्यांक (२०१०११) लाई केलाउने हो भने, फ्रान्समा कुल सम्पतिको ६२ प्रतिशत सबैभन्दा धनी १० प्रतिशतको स्वामित्वमा छ भने, गरीबतम् ५ प्रतिशत जनसंख्याको स्वामित्वमा ४ प्रतिशत मात्र सम्पति रहेको छ। फेडरल रिजर्भ, अमेरिकाको सर्वेक्षण २०१०११ को तथ्यांकले देखाएको छ कि अमेरिकाको सम्पतिको ७२ प्रतिशत माथिल्लो तप्काको स्वामित्वमा र २ प्रतिशत सम्पति बाँकी ५० प्रतिशतको स्वामित्वमा छ। स्मरण रहोस्, यस तथ्यांकको श्रोतले, सम्पतिको स्वयंघोषणा गर्ने अन्य सर्वेक्षणहरुमा जस्तै सबैभन्दा ठूला बैभवहरुको न्यून मूल्यांकन गरेको छ….।  

अन्ततोगत्वा, यस सन्दर्भमा सबैभन्दा समानतावादी मुलुकहरु (जस्तो कि १९७० र १९८० को दशकमा स्कान्डिनाभियन मुलुकहरु) मा परिश्रमिकको समानता बिरोधी मुलुक (जस्तो कि सन् २०१० को दशकको स. रा. अमेरिका) को भन्दा पनि पारिश्रमिकको असमानता कम हुदाँहुदै पनि सम्पतिको स्वामित्वको अनुपात निकै ठूलो छ। मलाई जानकारी भएसम्म, पूँजीको स्वामित्वलाई तार्किक ढंगले नरम खालका समानता विरोधीका रुपमा ब्याख्या गरिएको समाज आजसम्म अस्तित्वमा रहेको छैन। यसो भन्नुको मेरो तात्पर्य के हो भने सबैभन्दा गरीब आधा जनसङ्ख्याको स्वामित्वमा कुल सम्पतिको उल्लेख्य भाग (भनौं २० देखि २५ प्रतिशतसम्म) रहने वितरण प्रणाली हुनुपर्दछ।

पिकेटीको जोड के मा छ भने, पूँजीको स्वामित्व एकदमै असमान हुदाँ यसले लिने बाटो भनेको r>g हो र आय पछाडिको यथेष्ट पूनर्वितरणको प्रणाली (उनले भनेजस्तो पूँजीमा करको माध्यम) छैन भने –असमानता बढ्दछ।

किन r>g ?

तर r>g को आधारभूत चरित्रलाई मान्दा पनि यो सूत्र किन चलायमान रहन्छ त? पिकेटी आफैं यसबारेमा जोड दिदैं भन्छन् : “एउटा अत्यन्त तार्किक दृष्टिकोण राखी बिचार गर्ने हो भने,  पूँजीको प्रतिफल दर (rate of return on capital) भन्दा अर्थव्यवस्थाको वृद्धि दर बढी भएको समाजको परिकल्पना गर्न एकदमै सम्भव छ। (पिकेटी २०१४क , ३५८)

त्यसकारण बिचार गर्ने मेरो बाटो पछ्याउँदा, असमानता (r>g) लाई विभिन्न प्रकारका संयन्त्रहरुमा आधारित ऐतिहासिक तथ्यका रुपमा विश्लेषण गरिनुपर्दछ न कि अपरिहार्य तार्किक आवश्यकताका रुपमा। (पिकेटी २०१४क, ३६१)

वास्तवमै चित्त नबुझ्ने कुरा छ : यस्तो असमानता आकस्मिकता मात्रै हो भने त यसलाई उल्टाउन सकिन्थ्यो र त्यसले पिकेटीका तर्कको बोझ थेग्ने गरी जरा हालेको छ भनेर नमान्न सकिन्थ्यो। असमानता सम्बन्धी आफ्ना धारणा पुष्टि गर्न पिकेटीले सुरुमा नै गरेको अति व्यवस्थित प्रयत्नले के जोड दिएको छ भने :

१) पूँजीको प्रतिफल दर (rate of return on capital) ऐतिहासिक रुपले नै तुलनात्मक रुपमा ४-५ प्रतिशतमा स्थीर रहेको छ, वास्तवमा आधुनिक समयमा यो ३-४ प्रतिशतको हाराहारीमा रहेको छ। यसका बारेमा प्रश्न उठाउने ठाँउ छन्।[1]

२) र प्रतिव्यक्ति आर्थिक वृद्धि १.५ प्रतिशत वा त्यो भन्दा कम छ [2]। यस कुराको सैद्धान्तिक आधार छैन र संसारको एउटा ठूलो हिस्सा, जस्तो कि पूर्वी एसिया, मा हेर्दा नै पनि यो असत्य ठहरिन्छ ।

वास्तवमा, यस विषयलाई अझै आधारभूत कोणबाट विश्लेषण गर्दा, जस्तो कि मार्क्सको विश्लेषणले अझ बढी श्रृंखलाबद्ध परिणाम दिन्छ, (यद्यपि यस विषयमा मार्क्सले आफ्ना पूर्ववर्ती महान शास्त्रीय विद्धानहरु – स्मिथ र रिकार्डोका प्रभावबाट ती निष्कर्षहरु खिचेका छन्) र मार्क्सको आफ्नो निष्कर्ष पनि किन्सको निष्कर्षसँग (भलै ती निष्कर्षमा पुग्ने तर्कहरु अलग अलग भए पनि) मेल खान्छ । र, ती निष्कर्षहरुलाई आधुनिक तथ्याङ्क विश्लेषणले स्पष्ट रुपमा पुनर्पुष्टी गरेको छ।

मार्क्स

पिकेटीले आफै भनेका छन् कि उनले मार्क्सका प्रमुख अर्थशास्त्रीय लेखनको अध्ययन गरेका छैनन्। उनी भन्छन् “वास्तवमा मैले ती लेखन पढ्ने जाँगर कहिल्यै देखाइन। भनाइको मतलब तपाईले पनि ती लेखन पढ्नु भएको कुरा मलाई थाहा छैन” (पिकेटी २०१४ ख)। मार्क्सको भनाइका रुपमा पिकेटीले अर्थ्याएका विलकुलै गलत ब्याख्याका सन्दर्भमा उनका माथिका भनाई चाहिँ सत्यका रुपमा ग्रहण गर्न सकिन्छ। उदाहरणका लागि, पिकेटी मार्क्स उत्पादकत्व बढ्दैन भन्ने निष्कर्षमा पुगेका थिए भन्ने अनुमान गर्दछन् – यो एउटा अचम्मलाग्दो कथन हो । जवकि सबैलाई थाहा भएकै कुरा हो, पिकेटीले पढेको छु भनेको प्रसिद्ध ‘कम्युनिष्ट घोषणापत्र ‘उत्पादक शक्तिहरुलाई चलायमान बनाउने पूँजीवादको भूमिकाको सशक्त पैरवी गर्ने लेखनहरु मध्ये एक हो। र, ‘पूजी’ ग्रन्थमा उत्पादकत्वको वृद्धिबारे प्रशस्त विश्लेषणहरु छन्, जसमध्ये केही तल दिइएका छन् ।

पिकेटी मार्क्स उत्पादकत्व बढ्दैन भन्ने निष्कर्षमा पुगेका थिए भन्ने अनुमान गर्दछन् – यो एउटा अचम्मलाग्दो कथन हो । जवकि सबैलाई थाहा भएकै कुरा हो, पिकेटीले पढेको छु भनेको प्रसिद्ध ‘कम्युनिष्ट घोषणापत्र ‘उत्पादक शक्तिहरुलाई चलायमान बनाउने पूँजीवादको भूमिकाको सशक्त पैरवी गर्ने लेखनहरु मध्ये एक हो।

तथापी, पिकेटीले पत्ता लगाएकै जस्तै स्वभाव (phenomenon) (अर्थव्यवस्थामा पूँजीको बढ्दो अनुपात) लाई मार्क्सले १५० बर्ष अघि नै विश्लेषण गरेका थिए–तर कठोर आर्थिक दृष्टिकोणको माध्यमबाट। मार्क्सको “स्वभाविक अनुपात” मा बढ्दो हिस्सा सम्बन्धी विश्लेषण, वास्तवमा उनको अर्थशास्त्रीय निष्कर्षहरुको मूख्य चुरो हो। पिकेटीको r>g केवल पुनरोक्ति मात्रै हो, अर्को शव्दमा मार्क्सकै निष्कर्ष हो। त्यो निष्कर्ष भनेको पूँजीको अनुपात वृद्धिको सम्बन्ध ज्यालासँग प्रत्यक्ष जोडिएको हुन्छ। यस कुरालाई मार्क्सले यसरी सूत्रबद्ध गरेका छन् :

पूँजीको बनावटलाई दुई पाटामा राखेर बुझ्नुपर्ने हुन्छ। मूल्यको पाटोमा, अविरत पूँजी (constant capital) वा उत्पादनका साधनहरुको मूल्य र परिवर्तनशील पूँजी (variable capital) वा श्रमशक्तिको मूल्य (ज्यालाको कूलयोग) गरी दुई भागमा बाँडेर मूल्यको अनुपात निर्धारण गरिएकोछ… यसलाई म यसरी अभिव्यक्त गर्दछु पूँजीको मूल्यबनावट… पूँजीको स्वभाविक बनावट (मार्क्स–(१८६७) २००४, १०९२१२७)

यसलाई संकेतबाट अभिव्यक्त गर्दा c भनेको अविरत पूँजी (constant capital) र v भनेको परिवर्तनशील पूँजी– ज्याला (variable capital-wages) हो। मार्क्स के कुरामा जोड दिन्छन् भने c को अनुपात v सँग सापेक्ष भएर बढ्छ। ज्यालाको सापेक्षतामा अविरत पूँजीमा वृद्धि हुन्छ भन्ने मार्क्सको निष्कर्ष छ । तर यसको विपरित काल्डोर, सोलोव र फ्रइडमेन जस्ता नव–शास्त्रीय अर्थशास्त्रीहरुले पूँजी/श्रमको अनुपातमा दिर्घकालिन स्थिरता (longterm stability) छ भन्ने बिचार राख्दछन् । जुन विचार मार्क्सको सरासर विपरित छ। यस अर्थमा मार्क्स र पिकेटी एउटै निष्कर्षमा पुगेका छन्।

अब म सबभन्दा पहिले पूँजीको अर्थव्यवस्थामा ओगटेको भागको प्रतिशत सम्वन्धी तथ्यहरुको जाँचपरख गर्नेछु र त्यसपछि यी तथ्यका कारणको विश्लेषण।

पूँजीको स्वभाविक बनावटमा वृद्धि सम्बन्धी तथ्यहरु

मार्क्सको ब्याख्या गर्ने भनी दावा गर्ने केहीले पूँजीको स्वाभाविक बनोटमा वृद्धि सम्बन्धी मार्क्सको विश्लेषण उनकै विश्लेषणसँग तादात्म्यता राख्ने खालको नभएको तथा गलत रहेको देखाउने प्रयत्न गरेका छन्। उदाहरणका लागि आफ्नो पुस्तक A companion to Marx’s Capital मा डेभिड हार्वे (२०१०, ४८३७) जिरह गर्दछन् “मार्क्सले भने जस्तो गरी c र v को अनुपात बढ्नैपर्ने खास कारण छैन।” यस्ता आरोपहरु आफैमा उदेकलाग्दा छन् किनभने अर्थव्यवस्थाको एउटा अनुपातमा अविरत पूँजीको वृद्धि हुन्छ (यसको मतलव पूँजीको स्वभाविक बनोटमा वृद्धि हुन्छ)। यस्तो कुरालाई तथ्यगत विश्लेषणले प्रष्टसँग स्थापित मात्र गरेको नभई बरु यसका कारणहरु समेत औंल्याएको छ, जुन मार्क्सको पूँजीवादको विश्लेषणको मूख्य चुरो हो र जसलाई मार्क्सका पूर्ववर्ती रिकार्डो र स्मिथले समेत पूर्व-आकलन गरेका थिए।

तथ्यगत तरिकाले यस विषयलाई विश्लेषण गर्न के कुरामा ध्यान दिन जरुरी छ भने अविरत पूँजी (c) का दुई भाग वा अवयव छन्।

अविरत पूँजीको पहिलो अवयव उत्पादनका निम्ति चालु लगानी (circulating inputs) वा उत्पादन प्रक्रिया भर लगाइने सामग्री हो। यसमा कच्चा पदार्थ र अन्तिम उत्पादनमा प्रयोग हुने सम्पूर्ण सामग्रीहरु पर्दछन्। जसलाई अर्थशास्त्रका आधुनिक शब्दावलीमा “अन्तर्वर्ती उत्पादनहरु“ (intermediate products) भनिन्छ। यस्तो पूँजी एउटै उत्पादन प्रणालीमा १०० प्रतिशत उपयोग हुने गर्छ।

अविरत पूँजीको दोस्रो अवयव “स्थीर पूँजी” (fixed capital) जस्तै मेशीनरी, कारखाना आदि हो। यस्तो पूँजी एउटै उत्पादन प्रणालीमा सामान्यतया १०० प्रतिशत उपयोग हुँदैन र त्यसकारण यस्तो पूँजीलाई एउटै उत्पादन प्रणालीका तयारी वस्तुहरुका मूल्य/दाम (value/price) मा एउटा अङ्शका रुपमामात्र समाविष्ट गरिएको हुन्छ ।

तथ्याङ्क विश्लेषणले प्रष्टसँग के देखाउँछ भने चालु पूँजी / अन्तर्वर्ती उत्पादनहरु (circulating capital/intermediate products) र स्थीर पूँजी (fixed capital) दुवैमा श्रमको तुलनामा तेज वृद्धि हुन्छ, जसले के कुरा शंकारहीत बनाउँछ भने अर्थव्यवस्थाको एउटा हिस्साका रुपमा अविरत पूँजीमा वृद्धि हुन्छ, भनाईको मतलब मार्क्सले विश्लेषण गरे झैं पूँजीको स्वभाविक बनावटमा वृद्धि हुन्छ ।

चालु पूँजी /अन्तर्वर्ती उत्पादनहरु

सोलोभले सन् १९५० को दशकमा “बृध्दि लेखा” (growth accounting) को विकास गरे। यस लेखाको अनुसरण गर्दै आधुनिक अर्थगणितज्ञहरु धेरैले पहिलो चालु पूँजी/अन्तर्वर्ती उत्पादनहरु (circulating capital/intermediate production) को विश्लेषण गर्न थाले। सोलोभले उत्पादन प्रक्रियाभरको लगानी-सामग्री (inputs) लाई उत्पादनमा टुक्र्याए र त्यस उत्पादनलाई पूँजी, श्रम र कूल उत्पादकत्व कारकतत्व (Total factor productivity) मा मात्र बाँडे र उनले अन्तर्वर्ती उत्पादनहरुलाई सामेल गरेनन्। तथापि, त्यसपछिका अर्थगणितीय विश्लेषणहरुबाट के पाइयो भने अन्तर्वर्ती उत्पादनहरु उत्पादनका लागि तिव्रतर बृध्दि भइरहेका अवयव हुन्।

सबैभन्दा विकसित अर्थव्यवस्था भएको संयुक्त राज्य अमेरिकाको सन्दर्भमा जोर्गेन्सन, गोलोप र फ्राउमेनीले यस्तो  पाएका छन् :

तैयारी मालको उत्पादनको वृद्धिमा अन्तर्वर्ती कोरामाल (intermediate input) को योगदान सबैभन्दा महत्वपूर्ण रहेको छ। अन्तर्वर्ती कोरामालको प्रयोगका बारेमा हामीले गणना गरेका ४५ उद्योगहरु मध्ये २६ उद्योगहरुमा अन्तर्वर्ती कोरामालको योगदानले उत्पादकत्व वृध्दि दरलाई उछिनेको छ । (जोरगेन्सन, गोलाप, र फ्रउमेनी, १९८७, २००)

संयुक्त राज्य अमेरिकाको अर्थव्यवस्थाका बारेमा प्राप्त निष्कर्षहरु माथि विचार गर्दै जोरगेन्सनले अरु विस्तारमा लेखेका छन् :

अन्तर्वर्ती कोरामालको योगदानसँग वृद्धिलाई अन्य स्रोतहरुसँग तुलना गर्दा के देखिन्छ भने अन्तर्वर्ती कोरामाल नै वृद्धिको सबैभन्दा उल्लेखनीय श्रोत हो। अन्तर्वर्ती  कोरामालको योगदानले उत्पादकत्व वृद्धि र पूँजी तथा श्रमको योगदानलाई उछिन्छ। (जोरगेन्सन, १९९५, ५)।

यसलाई प्रष्ट्याउन, तालिका १ मा सोलोभको सुरुवाती वृद्धि लेखाका भागहरु – पूँजी, श्रम र कुल उत्पादकत्व कारकतत्व (TFP) सँगै अन्तर्वर्ती कोरामालको वृद्धिको कोलम राखिएको छ। यस तालिकाले सन् १९७७ देखि २००० को अवधिमा, संयुक्त राज्य अमेरिकाको कूल ग्राहस्थ्य उत्पादनको वृद्धिदरमा अन्तरवर्ती कोरामालको सालाखाला वृद्धि दरको हिस्सा ११५ प्रतिशत थियो भन्ने देखाउँछ, जुन अन्य कुनै लगानी-सामग्री (inputs) भन्दा बढी हो।

संयुक्त राज्य अमेरिकाकै जस्तो परिणाम अन्य अर्थव्यवस्थाहरुमा पनि पाइएको छ, खासगरी चीन र तीब्र वृद्धि दर भएका एसियाली अर्थव्यवस्थाहरुमा समेत।

दक्षिण कोरियामा हाक के प्यो, केउन-ही ह्री र बोङचान हा ले अन्तर्वर्ती कोरामाल वस्तुहरुका सम्बन्धमा पाएका तथ्य यस्तो छ। “उत्पादनको वृद्धिमा योगदानको सापेक्षित मात्रा क्रमानुसार – कोरामाल, पूँजी, श्रम, कुल उत्पादकत्व कारक तत्व (TFP) र त्यसपछि उर्जा छ (प्यो, ह्री र हा २००७)।

चीनको ताइवानमा, सन् १९८१ देखि १९९९ सम्ममा ची युवान लियाङ्ले २६ वटा क्षेत्रको विश्लेषण गर्दै अन्तर्वर्ती कोरामाल वस्तुहरुका सम्बन्धमा यस्तो तथ्य फेला पारेका छन्।  “७ वटा बाहेक १९८१ देखि १९९९ को अवधिमा सबै क्षेत्रहरुमा तयारी वस्तुको वृद्धिमा कोरामाल वस्तुहरुको उपयोगले सबैभन्दा बढी योगदान दिएको छ” (लियाङ् २००७) ।

मूख्य भूमि चीनमा सन् १९८१ देखि २००० को अवधिमा, जसलाई १९८४–८८, १९८८–९४ र १९९४–२००० मा विभक्त गरिएको थियो, रेन र सुनले पत्ता लगाए अनुसार “अधिकांश उद्योगहरुमा तयारी मालको वृद्धिको मूख्य श्रोत अन्तर्वर्ती वस्तुहरुको उपयोग रहेको पाइयो” (रेन र सुन २००७)।

अझ, अन्तर्वर्ती उत्पादनहरुको वृद्धिमा प्रतिविम्बित हुने श्रमको विभाजन पूर्णत घरेलु मात्रै छैनन्। यसको मूख्य प्रवृत्ति भूमण्डीकरण हो। कूल ग्राहस्थ्य उत्पादनमा व्यापारको हिस्सा बृध्दि, कुल ग्राहस्थ्य उत्पादनमा प्रत्यक्ष वैदेशिक लगानीको मात्रामा अनुपातिक वृद्धि र खास खास उद्योगहरुको अध्ययन– यी सबैले श्रमको अन्तराष्ट्रिय वितरणमा वृद्धि भइरहेको देखाउँछन्।

तालिका–१: संयुक्त राज्य अमेरिकाको उत्पादन बृध्दिका स्रोतहरु

ग्राहस्थ्य उत्पादनमा बृध्दि कुल उत्पादकत्व कारकतत्व (TFP) श्रम पूँजी अन्तवर्ती लगानी/सामग्रीहरु
सालखाला वार्षिक परिवर्तन
१९७७ -२००० २.७%
१९८५ -१९९५ २.४% ०.३% १.०% १.२%
१९९६ -२००० ४.३% ०.९% १.३% २.१%
२०००- २००६ २.८% १.०% ०.३% १.४%

श्रोत: जोरगेनसन र भू (२००७) को तालिका २ र जोरगेनसन, मून र स्टिर्‍हो (२००५) को तालिका ४.८ बाट गणना गरिएको ।

अन्तर्वर्ती उत्पादनहरु आफैले अन्तर्राष्ट्रिय ब्यापारको सबैभन्दा ठूलो हिस्सा ओगटेक छन् – यसको अनुपात सबै खालका वस्तुहरुको कूल ब्यापारको करिब ४० प्रतिशत छ।[3]

अन्तर्वर्ती उत्पादनहरुको व्यापार विकसित अर्थव्यवस्था भएका मुलुकहरु तथा पूर्वी एसियामा केन्द्रिकृत छ –यी त्यस्ता अर्थव्यवस्था भएका मुलुकहरु हुन् जहाँ अन्तर्वर्ती उत्पादनहरु राष्ट्रिय उत्पादनको महत्वपूर्ण हिस्साका रुपमा सबैभन्दा छिटो वृद्धि भइरहेकाछन् ।[4]

त्यसकारण, यस बारेमा घरेलु तथा अन्तर्राष्ट्रिय दुवै स्तरमा विश्लेषण गर्दा, अन्तर्वर्ती उत्पादनहरुमा (भनाईको मतलब चालू पूँजी) वृद्धि आम आर्थिक बृध्दि भन्दा तीब्र छ।

स्थीर पूँजी

चालू पूँजी/अन्तर्वर्ती उत्पादनहरुबाट फर्किएर स्थीर लगानी तिर लाग्दा अर्थव्यवस्थामा स्थीर लगानीका रुपमा होमिएको पूँजीको अनुपात पनि विस्तृत वस्तुगत विश्लेषणको विषय बनेको छ। यसको कारण यो विषय वास्तवमै महत्वपूर्ण भएर मात्र होइन, बरु स्थीर लगानीले अर्थव्यवस्थामा आफ्नो अनुपात बढाउदै लगेको छ भन्ने स्मीथ, रिकोर्डा, मार्क्स र किन्सको समान विश्लेषणमा आधारित अवधारणा को परख गर्न आवश्यक भएर पनि हो ।[5] यद्यपी, किन्सले यो प्रकृया घनिभूत हुने फरक कारण देखाएका थिए, जुन उनका शास्त्रीय पूर्ववर्तीहरु भन्दा फरक थियो। तथापी, विशौं शताब्दीको मध्यतिर फ्राइडमेनले कुल ग्राह्स्थ्य उत्पादनमा (GDP) लगानीको अनुपातमा वृद्धि सम्बन्धी स्मीथ, रिकार्डो, मार्क्स र किन्सको विश्लेषणलाई पूँजीवादी अर्थव्यवस्थामा अस्थिरता ल्याउछ भन्ने निष्कर्षतिर डोर्‍याएका थिए तर वास्तविक धरातलको जाँचपडताल गर्दा के पाइयो भने लामो समयको अन्तरालसम्म पनि अमेरिकी अर्थव्यवस्थाको स्थीर लगानीमा होमिएको पूँजीको अनुपातमा वृद्धि भएको थिएन। (फ्राइडमेन १९५७)

आधुनिक आर्थिक गणित पद्धतिबाट खिचिएका सारहरुले निश्यात्मक तरिकाले के देखाउछ भने फ्राइडमेनले उपयोग गरेको अमेरिकी अर्थव्यवस्थाको तथ्यांक अपवाद हो, विश्वब्यापी प्रकृया होइन र अन्य महत्वपूर्ण अर्थव्यवस्थाहरुमा मूल ग्राहस्थ्य उत्पादनमा स्थीर लगानीको मात्रा ऐतिहासिकरुपले नै बढेको छ (बारो र साला–इ–मार्तिन, २००४)। वास्तवमा, संयुक्त राज्य अमेरिकामा स्थीर लगानीमा वृद्धि नभएको अवस्थाको प्रमुख कारण मध्ये एक दोश्रो विश्वयुद्ध पछि विश्व अर्थव्यवस्थामा सं.रा. अमेरिकाको स्थितिमा सापेक्षित कमजोरी आउन थाल्नु हो।

प्रस्तुत चित्ररेखा–१ ले समग्र विश्वको प्रवृत्ति प्रदर्शीत गरेको छ, जसले म्यडिसन (१९९२) ले विश्लेषण गरे अनुरुप मूख्य औद्योगिकृत अर्थव्यवस्थाहरुमा विकसित अवस्था दर्शाउँछ। यहाँ प्रष्ट के देखिन्छ भने कूल ग्राहस्थ्य उत्पादनमा  स्थीर लगानीको बढ्दो अनुपात छ, जसमा संयुक्त राज्य अमेरिका अपवादका रुपमा छ, नियमका रुपमा होइन।

 

चित्ररेखा¬–१ विभिन्न विकसित मुलुकहरुमा कूल ग्राहस्थ्य उत्पादनको प्रतिशतमा कूल ग्राहस्थ्य स्थीर पूँजीको बनोट

कूल ग्राहस्थ्य स्थीर पूँजीको बनोट % कूल ग्राहस्थ्य उत्पादन

श्रोत– म्यडिसन(१९९२, तालिका १ बी)

फ्रान्समा कूल ग्राहस्थ्य उत्पादनमा स्थीर लगानीको प्रतिशत सन् १८२० मा ९% रहेको त्यो बढेर १९५० मा १५% र १९८९ मा २१% पुग्यो।

यसै सन्दर्भका तुलनात्मक अध्ययनहरुले देखाए अनुसार जर्मनीमा १९२५ मा १५% रहेकोमा १९५० मा १९% र १९६६ मा २६% पुग्यो।

जापानमा कूल ग्राहस्थ्यमा उत्पादन स्थीर लगानीको प्रतिशत सन् १८८५ मा ११% र १९३८ मा १८% र १९७० को दशकमा त्यो बढेर ३०% भन्दा बढी पुग्यो।

संयुक्त राज्य अमेरिकामा यस्तो अनुपात १८७० मा ८%, १९३८ मा ११% र १९८९ मा १९% थियो । कूल ग्राहस्थ्य उत्पादनमा स्थीर लगानीको अनुपात बढ्दो क्रममा रहेको ऐतिहासिकरुपले नै प्रष्ट देखाउछ।

अपेक्षाकृत ठूला विकसित अर्थतन्त्रहरुका तुलनामा विकाशशील अर्थतन्त्रहरुको लामो ऐतिहासिककालीन तथ्यांक, विविध कारणवश, कम विवरणात्मक छन्। तथापी, चित्ररेखा–२ ले यसैगरी विकाशशील देशहरु (भारत द.कोरिया, ताइवानका साथै जापान पनि, जसलाई उन्नाइसौं शताब्दीमा विकाशशील अर्थतन्त्रका रुपमा लिन सकिन्छ) का निम्ति पथप्रदर्शक मानिन सकिने लामो अवधीको तथ्यांक प्रदर्शन गर्दछ। यहाँ पनि कूल ग्राहस्थ उत्पादनमा स्थीर लगानीको प्रतिशतमा बढ्दो अनुपात प्रष्ट छ।

चित्ररेखा –३ मा बृहत्तर ऐतिहासिक एवम् भौगोलिक आर्थिक विकासका क्रमबद्ध अवधिका दौरानमा मूख्य आर्थिक वृद्धि भएका अर्थतन्त्र (मुलुक)हरुका कूल ग्राहस्थ्य उत्पादनमा स्थीर लगानीको हिस्सा दर्शाएको छ। यी अर्थतन्त्रहरु भनेका औद्योगिक क्रान्ति, पूर्व र त्यसपछिको अवधिको इगलेन्ड; उन्नाइसौं शताब्दीको दोस्रो मध्यावधी देखि यताको सं.रा. अमेरिका; दोस्रो विश्वयुद्ध पछिको ”आर्थिक जादु” पश्चिम जर्मनी; १९६० एव् १९७० को दशक पछिको जापान;  एसियाली ”बाघ अर्थतन्त्र” (जसमा १९८० को दशक यताका उदाहरणका रुपमा लिइने दक्षिण कोरिया) र अन्तमा चीन हुन्। [6]

चित्ररेखा¬२ विभिन्न विकसित मुलुकहरुमा कूल ग्राहस्थ्य उत्पादनको प्रतिशतमा कूल ग्राहस्थ्य स्थीर पूँजीको बनोट

कूल ग्राहस्थ्य स्थीर पूँजीको बनोट % कूल ग्राहस्थ्य उत्पादन

figure-2

कूल ग्राहस्थ्य उत्पादनमा स्थीर लगानीको मात्रात्मक वृद्धिको प्रवृत्‍ति र यो प्रवृत्तिसँग आर्थिक वृद्धिको अझ उच्च दर हुनुको अन्तरसम्बन्धलाई तथ्यांकहरुले पुष्टि गर्दछन्। आर्थिक वृद्धिदर उच्च रहेको अर्थव्यवस्था भएका मुलुकहरुलाई ध्यान दिँदा, ती मुलुकहरुमा कूल स्थीर घरेलु पूँजी निर्माणका लागि उच्च अनुपातमा कूल ग्राहस्थ्य उत्पादन होमिएको ऐतिहासिक प्रवृत्ति देखिन्छ।

औद्योगिक क्रान्तिको पूर्व संन्ध्यामा, इंगलेण्ड र वेल्समा स्थीर लगानीका लागि समर्पित कूल ग्राहस्थ्य उत्पादनको अनुपात ५–७% थियो। हालसालै गरिएको आकलन मुताविक १९ औं शताब्दीमा यो अनुपातमा खासै वृद्धि नभएको देखिएता पनि यसमा केही वृद्धि भयो र पहिलो विश्वयुद्ध अघि संयुक्त अधिराज्यको कूल ग्राहस्थ्य उत्पादनको १०% भन्दा माथि पुग्यो। कुनै पनि मुलुकको पहिलो औद्योगिकरणलाई चलायमान बनाउनका लागि यति नै लगानी पर्याप्त भएता पनि यत्रो वृद्धिदर (ऐतिहासिकरुपले अभूतपूर्व हुदाँहुदै पनि) अहिले अन्तर्राष्ट्रिय मापन अनुसार धेरै कम– करिब २% बार्षिक – थियो।

१९औं शताब्दीको अन्त्य देखि, स्थीर पूँजीका लागि समर्पित संयुक्त राज्य अमेरिकाको कूल ग्राहस्थ्य उत्पादनको अनुपात उल्लेखनीय रुपमा बढ्दै संयुक्त अधिराज्यको भन्दा बढी थियो। त्यस शताब्दीको अन्तिम दशकहरु तिर पुग्दा कूल ग्राहस्थ्य उत्पादनको १८–२०% सम्म पुगेको थियो। १९ औं शताब्दीको अन्तिम तिर आइपुग्दा स्थीर लगानीका निम्ति समर्पित अमेरिकी अर्थतन्त्रको अनुपातमा ठुलो ह्रास हुन थाल्यो र खासगरी पहिलो र दोस्रो विश्वयुद्ध भन्दा अघि यो स्थिति देखा पर्‍यो, र जुन महान मन्दीसँग जोडिएको थियो। दोस्रो विश्वयुद्ध पछि अमेरिकाले कूल ग्राहस्थ्य उत्पादनको १८–२०% कूल स्थीर पूँजी बनोटमा समर्पित गर्ने आफ्नो चरित्र पूनर्ग्रहण गर्‍यो। यसले ३.५% को अर्थिक बृध्दिदरलाई सम्भव बनायो।  संयुक्त राज्य अमेरिकाको लगानीको यो मात्रा तथा कूल ग्राहस्थ्य उत्पादनको यो दरका कारणले उसले ब्रिटेनलाई उछिन्यो।

figure-3

दोस्रो विश्वयुद्ध पछिको अवधिमा जर्मनीले मूल ग्राहस्थ्य उत्पादनको २५% भन्दा बढी (१९६४ मा यो अनुपात बढेर २६.६% भएको थियो।) स्थीर लगानीको मात्रा हासिल गर्न सफल भयो।  १९५१–६४को यो अवधि लडाई पछिको जर्मनीको आर्थिक चमत्कार थियो र त्यति बेला त्यसको अर्थिक वृद्धिदर बार्षिक ६.८%थियो।

सन् १९६० को दशकको सुरुवात देखि जापानले कूल ग्राहस्थ्य उत्पादनको ३०%भन्दा बढी कूल घरेलु स्थीर लगानीको बनोटको स्तर हासिल गर्‍यो। सन्१९७० को दशकको सुरुवातमा यो एकदमै बढेर कूल ग्राहस्थ्य उत्पादनको ३५% पुग्यो, जुन त्यस पछिको तीब्र गिरावट भन्दा अघिको अवस्था थियो। त्यसरी उच्चतम बिन्दुमा पुगेको अवधिमा जापानको बार्षिक आय वृद्धिको दर ८.६% थियो।

सन् १९७९ को दशक यता, दक्षिण कोरियाले पनि त्यसै गरी कूल ग्राहस्थ्य उत्पादनको ३०% स्थीर लगानीको स्तर हासिल गर्‍यो। १९८० को दशकमा यो बढेर कूल ग्राहस्थ्य उत्पादनको ३५% सम्म पुग्यो। अन्य पूर्वी एसियाली “बाघ अर्थतन्त्रहरु” –सिंगापुर, हङकङ र ताइवानमा पनि यस्तै प्रबृत्‍ति देखापर्‍यो। यस अवधिमा द. कोरियाको अर्थतन्त्रमा बार्षिक ८.३%ले वृद्धि भयो।

सन् १९९० को दशकको सुरुवातै देखि चीनले कूल ग्राहस्थ्य उत्पादनको ३५% स्थीर लगानीको दिगो स्तर कायम राख्यो र एक्काइसौं शताब्दीको सुरुवात देखि त्यसमा वृद्धि गरी कूल ग्राहस्थ्य उत्पादनको ४०% भन्दा बढी पुर्‍यायो। फलस्वरुप लामो समयसम्म, त्यस अवधिमा ९.९%को बार्षिक आय वृद्धि दर हासिल भयो।

अन्य परिणतिहरुका साथै, के देख्न सकिन्छ भने, पूर्वी एसियाली अर्थतन्त्रहरुमा देखिएको त्यति धेरै उच्च स्तरको लगानी (जसको सबैभन्दा उन्नत रुप चीनमा देखियो) एउटा ऐतिहासिक अपवाद होइन, बरु यो कूल ग्राहस्थ्य उत्पादनमा स्थीर लगानीको बढ्दो अनुपातको एक शताब्दी लामो प्रकृयाको तर्कसङ्गत परिणाम हो।

अन्त्यमा, धेरै लामो ऐतिहासिक अवधिका तथ्यांक खासगरी सबैभन्दा उन्नत अर्थतन्त्र भएका मुलुकहरुमा मात्र उपलब्ध छन्। तथापी, चीनले आफ्नो अर्थतन्त्रको आकारका कारणले, आम विश्व आर्थिक् विकासमा दवदवा कायम राख्दछन् र त्यसकारण आम प्रकृयालाई स्थापित गर्न पर्याप्त छन्। यसै मेसोमा, हालसालै, भू (२०१३) ले १९९०–२०१० को अवधिमा विश्वको ९०% भन्दा बढी कूल ग्राहस्थ्य उत्पादन गर्ने १०० वटा देशहरुको विश्लेषण गर्ने काम सम्पन्न गरेका छन्। यसका परिणामहरु प्रष्ट छन् र ती चित्ररेखा ४ मा दर्शाइएका छन्। तिनले के प्रष्ट देखाउछन् भने जति उन्नत अर्थतन्त्र छ,  त्यहाँको आर्थिक वृद्धिमा स्थीर लगानीले त्यति नै धेरै भूमिका खेलेको छ। आर्थिक विकासमा उन्नतशील क्रममा मुलुकहरुका बारेमा विश्लेषण गर्दा :

गैरएसियाली विकाशशील अर्थतन्त्रहरुमा लगानीका कारणले आर्थिक  वृद्धिदरको प्रतिशत ५१% रहेको; एसियाली–विकाशशील अर्थतन्त्रहरु (विकाशशील अर्थतन्त्रहरु मध्ये सबैभन्दा सफल तथा उन्नत) मा लगानीका कारणले आर्थिक वृद्धिदरको प्रतिशत ५५% रहेको, र उन्नत अर्थतन्त्रहरुमा लगानीका कारणले आर्थिक वृद्धिदर ५७% रहेको देखिन्छ।

विकाशशील अर्थतन्त्रहरुका तुलनामा उन्नत अर्थतन्त्रहरुको आर्थिक वृद्धि त्यसकारण, “लगानी आश्रित” रहेको छ। यसो भन्नुको तात्पर्य, उन्नत अर्थतन्त्रको स्तरमा विकसित भइसकेपछि त्यसले आर्थिक वृद्धिका लागि लगानीको मात्रा बढाउनु पर्ने स्थितितिर डोर्‍याउँछ, जुन मार्क्सले विश्लेषण गरे जस्तै आर्थिक विकाससँगै पूँजीको स्वाभाविक बनोटमा वृद्धिको अवस्था हो।

त्यसकारण, तथ्यगत अध्ययनहरुले, चाहे त्यो मूख्य अर्थतन्त्रहरुको लामो अवधिको विश्लेषण गर्दा, नेतृत्वदायी अर्थतन्त्रहरु हरेकको बेग्ला बेग्लै आर्थिक वृद्धि अवधिको ऐतिहासिक विश्लेषण गर्दा, वा आधुनिक अवधिमा सबै अर्थतन्त्रहरुको विस्तृत विश्लेषण गर्दा, के कुरामा शंका रहदैन भने अर्थतन्त्रमा लगानी (चालु र स्थीर पूँजी दुवै) को मात्रा बढ्छ। भन्नुको मतलब, मार्क्सका भाषामा–पूँजीको स्वाभाविक बनोटमा वृद्धि हुन्छ। पूँजीका निम्ति समर्पित अर्थतन्त्रको बढ्दो अनुपातले, अन्ततोगत्वा, r>g को स्थिति बन्दछ, जुन पिकेटीको विश्लेषणको समेत आधार बन्दछ।[7]

आदम स्मिथ र पूँजीको स्वाभाविक बनोटमा वृद्धिक्रम

लगानीका निम्ति समर्पित अर्थतन्त्रको बढ्दो प्रतिशत सम्बन्ध तथ्यहरुबाट यस्तो हुनुका कारणहरु तिर फर्कदा, मार्क्सले आफ्नो विश्लेषणको केन्द्रमा अर्थतन्त्रको बढ्दो प्रतिशत लगानीद्वारा निर्मित हुने जनाएका तथा  यसका परिमाणहरुबारे सार खिचेकाछन् । तापनि, उनी यो प्रकृयाको आविष्कार गर्ने हो अर्थशास्त्री थिएनन्। कम्तिमा पनि अर्थशास्त्रको शास्त्रीय भाष्यलाई गहिरो गरी अध्ययन गर्ने हो भने, यसलाई आदम स्मिथले सूत्रबद्ध गरेका थिए र उनको त्यो विश्लेषणलाई रिकार्डोले अनुसरण गरेका थिए।

लगानीका निम्ति समर्पित अर्थतन्त्रको बढ्दो प्रतिशत, वास्तवमा, स्मिथको विश्लेषणले निकाल्ने निष्कर्ष नै हो, जसबाट अन्य निष्कर्षहरु निस्कन्छन्। जस्तो कि आर्थिक वृद्धि र उत्पादकत्वको सवैभन्दा शक्तिशाली श्रोत भनेको बढ्दो श्रम विभाजन हो। यस बूँदालाई स्मिथको आफ्नो “वेल्थ अफ नेशन” नामक पुस्तकमा मुख्य कडी भनिएकोछ। यस कडीलाई तत्कालै र अनर्थ नलागोस् भने उनले उनको त्यो पुस्तकको पहिलो पाठको पहिलो वाक्यमा यसरी लेखेका छन् “श्रमिकको उत्पादक शक्तिमा सबैभन्दा बढी सुधार र उसमाथि लक्षित तथा प्रयोग गरिएका कौशल, निपुणता र निर्णयको अधिकांश कुराहरु श्रम विभाजनका कारणले भएको देखिन्छ”(स्मिथ(१७७६)१९८१,१३)[8]

यो प्रस्थान बिन्दुबाट स्मीथका अन्य विश्लेषणहरु क्रमिक रुपमा निश्रृत भएका छन्।

स्मीथको विद्‌वता श्रम विभाजनको अविष्कारमा मात्र सिमित छैन।[9] उनले यसका आर्थिक परिणामहरु पनि चिन्हित गरेका छन्। जुन कुराले आर्थिक विकासमा सबैभन्दा आधारभूत शक्तिहरुलाई गतिमान बनाएको छ र स्मीथका रुपरेखामा यिनीहरु तथ्यगत हिसाबले पहिचान गर्न तथा परिक्षण गर्न सकिने निष्कर्षहरुका रुपमा देखियो। यही प्रकृयालाई मार्क्सको अवधारणाले ‘श्रमको विभाजन’का रुपमा नभई ‘श्रमको सामाजिकीकरण’ का रुपमा व्यक्त गरेको थियो, तर यसमा स्मिथको आधारभूत निष्कर्ष भन्दा तात्वीक अन्तर केही छैन।

स्पेङ्लर (१९५९,४०२) ले स्मीथको “वेल्थ अफ नेशन” को अध्ययनका क्रममा श्रम विभाजनको बढ्दो क्रमको परिणाम अपरिहार्य रहेको बताउदै लेखेका छन् : “बोहम–बाहेरकियानका शब्दमा … उत्पादन अरु गोलचक्कर युक्त भयो।’’ बढ्दो श्रम विभाजनले उत्पादनको बढ्दो अन्तर्सम्वन्धी जालो निर्माण गर्दछ, जसमा उत्पादनका प्रकृयामा जति श्रमविभाजन बढ्दै जान्छ, प्रत्यक्ष अन्तर्वस्तुको  तुलनामा अप्रत्यक्ष अन्तर्वस्तुको प्रयोगको वृद्धि हुदैँ जान्छ। एउटा सामान्य उदाहरण लिउँ– एउटा आधुनिक कार निर्माण कारखाना एउटा ठूलो उत्पादक युनिटका रुपमा देखिन सक्छ तर कार उत्पादन प्रकृयाको १५% काम मात्र त्यहाँ हुने गर्छ ; कार उत्पादनको ८५% त्यसका पार्टपुर्जाको उत्पादन तथा अन्य अन्तर्वर्ती उत्पादनहरुले ओगट्छन् (ओम्याक, जोन्स र रस २००७, ७३)[10]। यो बढ्दो श्रम विभाजनको यस्तो प्रकृया हो जसले अनिवार्य रुपले पहिले नै विश्लेषण गरिसकिएको चालू पूँजी/अन्तर्वर्ती उत्पादनहरुमा समर्पित अर्थतन्त्रको अनुपातको बढोत्तरी तिर गति प्रदान गरेको छ र यो नै त्यो अन्तरसम्बन्धित उत्पादनहरुको बढ्दो  घनत्व  भएको जालो हो जसलाई मार्क्सले “सामाजिकीकृत श्रम“ का रुपमा पहिचान गरेका थिए।

स्थीर पूँजीको विश्लेषण

स्मीथले आर्थिक वृद्धि र उत्पादकत्वका निम्ति श्रम विभाजन सबैभन्दा शक्तिशाली शक्ति भएको पाए। त्यसपछि नै उनले महत्वपूर्ण निष्कर्ष के निकाले भने ऐतिहासिक विकासका तवरमा अर्थतन्त्रको बढ्दो अनुपात पनि स्थीर पूँजीमा समर्पित हुनेछ । बढ्दो श्रम विभाजनको एउटा आवश्यक परिणाम उत्पादनलाई अझ बढी “गोलचक्कर’’ तिर उन्मूख गराउने हो – तात्पर्य उत्पादनमा प्रत्यक्ष कच्चा पदार्थका तुलनामा अप्रत्यक्ष अन्तर्वर्ती वस्तुहरुको मात्रा बढ्दै जान्छ भन्ने हो। अन्तर्वर्ती उत्पादनहरुका साथसाथै, उत्पादनमा स्थीर लगानी पनि एउटा अर्को छुट्टै अप्रत्यक्ष लगानी हुन्छ।

बढ्दो राष्ट्रिय श्रम विभाजन, अन्तर्वर्ती उत्पादनहरुको वृद्धि, उत्पादनको बढ्दो विश्वमण्डिकरण र स्थीर लगानीका निम्ति समर्पित अर्थव्यवस्थाको बढ्दो अनुपात– यी सबैलाई गति दिने र यी सबैलाई वास्तवमै मुखरित गर्ने एक मात्र अन्तरनिहित आर्थिक प्रकृया – भनेको नै श्रमको बढ्दो विभाजन/श्रमको सामाजिकीकरण हो।

स्मीथले, त्यसैकारण, के औंल्याए भने श्रम विभाजनमा खासै प्रगति नभएको अवस्थामा उल्लेखनीय लगानी आवश्यकता पर्दैन थियो:

विकसित नभएका समाजमा, जहाँ श्रमको  विभाजन हुदैन जहाँ वस्तु विनियम हुन्छ र त्यहाँ हरेक व्यक्तिले आफ्नो जिविकोपार्जनका साधनको जोहो आफैं गरेको हुन्छ, त्यहाँ समाजको ब्यापारलाई सँचालन गरिरहन पहिले नै मालवस्तुहरुको संचय वा भंडारण गर्न आवश्यक हुदैँन ।(स्मीथ १७७६,१९८१,२६७)।

तर, त्यसको ठिक विपरित, बढ्दो श्रम विभाजनको स्थितिमा लगानीको अनिवार्यता हुन्छ;

गरिनु पर्ने काम विभिन्न मात्रामा खण्डीत हुदाँ, हरेक व्यक्तिलाई अनवरत रुपमा कुनै न कुनै हिसाबले काम दिइरहनु पर्ने अवस्थामा, विभिन्न प्रकारका काममा हरेक व्यक्तिलाई कहिले कहिले मात्रै रोजगारी दिनुपर्ने अवस्थामा भन्दा, बढी पूँजीको आवश्यकता हुन्छ ।(स्मीथ,१७७६, १९८१, ३४८)।

त्यसकारण, अर्थव्यवस्था जति बढी विकसित हुन्छ (जसमा उच्च उत्पादकत्व र बढी जटील श्रम विभाजन हुन्छ) स्थीर लगानीको बढ्दो अनुपात समर्पित गर्नुपर्ने हुन्छ;–

यसमा विषयको प्रकृति यस्तो छ कि त्यसैले श्रम विभाजन हुनु अघि नै बढी भन्दा बढी मालवस्तुहरुको संचय अनिवार्य बन्दछ, ता कि श्रमलाई त्यति नै अनुपातिक रुपमा बढी भन्दा बढी उपविभाजन गर्न सकियोस्।….. श्रम विभाजनमा जति विकसित हुदैँ जान्छ, त्यसकारण, उत्तिकै संख्याका श्रमिकहरुलाई स्थीर रोजगारी प्रदान गर्नका लागि समानरुपमा उपभोग्य वस्तुहरुको संचय तथा मालवस्तु एवं औजारहरुको अझ बढी संचय आवश्यकता पर्दछ, अविकसित अवस्थामा अगाडि नै संचय गर्नु जरुरी हुने अवस्थाको तुलनामा ।(स्मीथ, १७७६, १९८१, २७७)।

अर्थव्यवस्थामा लागानीको बढ्दो अनुपात कृषिमा साथसाथै औद्योगिक उत्पादन तथा सेवा क्षेत्रमा समेत विस्तारित भएको छ। त्यसकारण स्मीथ (१७७६, १९८२, ३३४) भन्छन्–“ बार्षिक उत्पादनको त्यो अंशको बिचको अनुपात, जसले पूँजीलाई विस्थापित गर्ने सुनिश्चित छ, र जसले आयको रुप लिने सुनिश्चित छ, जुन भाडा (किराया)का रुपमा वा मुनाफाका रुपमा देखिन्छ…।’’

यो अनुपात गरिब मुलुकका तुलनामा धनी मुलुकहरुमा नितान्त फरक छ… अहिलेको अवस्थामा, युरोपका समृद्ध मुलुकहरुमा जमीनबाट प्राप्त हुने उत्पादनको अधिकांशतः धेरै भागले धनी तथा स्वतन्त्र किसानहरुको पूँजीलाई विस्थापित गर्ने सुनिश्चित छ … तर ऐतिहासिक तवरमा, सामन्ती राज्य व्यवस्थाको दवदवा भएको बेलाखेतिपातीका लागि समर्पित हुने पूँजी जुटाउन उत्पादनको एउटा सानो हिस्सा नै पर्याप्त हुन्थ्यो ।(स्मीथ १७७६, १९८१, ३३४)

विकास सँगसँगै स्थीर पूँजीका निम्ति समर्पित अर्थव्यवस्थाको अनुपातमा वृद्धि हुन्छ भन्ने स्मीथको विश्लेषण प्रयोगबाटै प्रमाणित गर्न सकिने अवधारणा हो र यसका बारेमा बृहत रुपमा छानबीन पनि गरिएको छ– र जसले निर्विवाद रुपमा यसलाई प्रमाणित गरेको छ।

रिकार्डो

रिकार्डोले स्मीथको माथि उल्लेखित विश्लेषणलाई आत्मसात गरेका छन्। तर, स्थीर लगानीमा समर्पित अर्थव्यवस्थाको बढ्दो अनुपातको विषय माथिको जोडमा रिकार्डोले थप भनाई छ। उनले के थपेका छन् भने ‘यस्तो स्थीर लगानी अर्थव्यवस्थामा विभिन्न शाखाहरुमा समान छैन र यसको कारणले मूल्य निर्धारणमा मूख्य भूमिका खेलेको हुन्छ’। रिकार्डोको भनाइः अनुसार

समाज विकासको सुरुवाती चरणमा, जति बेला त्यति धेरै मशीनउपकरण तथा दिगो पूँजीको उपयोग गरिदैनथियो, समान पूँजी समर्पित गरिन्थ्यो र उत्पादित मालवस्तुहरुको करिब घटिबढीका आधारमा तिनको मूल्य कायम गरिन्थ्यो र त्यस्तो मूल्य सामान्य रुपमा कमवेशी हुने गर्दथ्यो; तर यी महंगा एवं दिगो उपकरणहरुको प्रवेश पछि समान पूँजी लगाएर उत्पादन गरिएका मालवस्तुहरुको मूल्यमा ठूलो फरक हुन सक्ने भयो रिकार्डो, १८१७, २००४, ४२)।

पूँजीको बढ्दो स्वभावीक बनावट सम्बन्धमा मार्क्सको विश्लेषणः

पूँजीको बढ्दो “स्वाभाविक बनावट’’ सम्बन्धी मार्क्सको आफ्नै सुत्रीकरणले स्मीथ वा रिकार्डोको लगानीमा समर्पित अर्थव्यवस्थाको बढ्दो प्रतिशतका परिणामहरुका निष्कर्ष भन्दा निश्चयनै धेरै कुरा समेटेको छ र के पनि प्रष्ट छ भने मार्क्सको सूत्रीकरण उनीहरुले गरेको विश्लेषणको प्रवृत्तिको थप विकास हो। यसरी रिकार्डोकै निष्कर्षमा पुग्दै मार्क्स लेख्छन्:

पूँजीको चालू अंशका तुलनामा पूँजीको अविरत अंशमा क्रमिक वृद्धिको यो नियम हरेक पाइलामा रहेको प्रष्ट छ … जुन नियमलाई मालवस्तुहरुको मूल्यको तुलनात्मक अध्ययन गर्दा थाहा पाउन सकिन्छ, चाहे हामी फरक फरक आर्थिक अवधिको तुलना गरौं वा एउटा खास अवधिमा विभिन्न देशहरुको तुलनात्मक अध्ययन गरौं। उत्पादनका साधनहरुको मूल्यलाई प्रतिनिधित्व गर्ने मूल्यको अंशको सापेक्षित उतारचढाव वा पूँजीको अविरत अंशले पूँजीसंचयको विकाससँग प्रत्यक्ष आनुपातिक सम्वन्ध राख्दछ, जब कि पूँजीको चालू अंशलाई प्रतिनिधित्व गर्ने मूल्यका अन्य अंशहरुको सापेक्षित उतारचढाव वा श्रमका निमित्त तिरिएको ज्यालाले भने पूँजी संचयको विकाससँग विपरित आनुपातिक सम्बन्ध राख्दछ ।( मार्क्स, १८६७, २००४, ११७२७७) ।

समग्रमा मार्क्सले स्मीथको स्थीर लगानीको अंश रहेको अर्थव्यवस्थाको बढ्दो अनुपात सम्बन्धी सारलाई टिपेर त्यसको विस्तार गरेका छन्। सर्वप्रथम मार्क्स भन्छन् कि स्वाभाविक “पूँजी संचयको प्रारम्भिक अवस्था’’ यसलाई नै अर्थव्यवस्थामा पूँजीको अनुपातमा वृद्धि गर्नुपर्ने आवश्यकता परेको हुन्छः

भाग ४ मा हामीले देखायौं कि श्रमको सामाजिक उत्पादकत्वको विकासका निम्ति कसरी बृहत्तर मात्रामा सहकार्य अनिवार्य बनाउँछ; श्रम विभाजन तथा मिलावट कसरी त्यही आधारमा मात्र संगठित गर्न सकिन्छ र कसरी बृहत्तर मात्रामा केन्द्रिकरण गरी उत्पादनका साधनलाई न्यूनपूँजी चाहिने बनाउन सकिन्छ; कसरी श्रमका उपकरणहरु (जसलाई, उनीहरुका आफ्नै स्वभावका कारणले, मशीनउपकरणहरुको प्रणाली जस्तै आमरुपमा प्रयोग गर्न सकिन्छ) लाई अस्तित्ववान भन्न सकिन्छ; कसरी अत्यन्तै ठूला प्राकृतिक शक्तिहरुलाई उत्पादनको सेवाका निम्ति वाध्य पार्न सकिन्छ; र कसरी वैज्ञानिक ज्ञानद्वारा आर्जित प्रविधिको प्रकृयामा उत्पादन प्रकृयालाई रुपान्तरित गर्न सकिन्छ। जब विद्यमान प्रणाली नै मालवस्तुहरुको उत्पादन हुन्छ, (भनाईको तात्पर्यजुन प्रणालीमा उत्पादनका साधनहरु व्यक्तिको स्वामित्वमा हुन्छन् र कुनै श्रमिकले, त्यसकारण या त एक्लै र अरु कुनै व्यक्तिमा भर नपरी मालवस्तुको उत्पादन गर्छ वा एक्लै उत्पादन गर्नसक्ने गरी उत्पादनका साधन उ सँग नभएकाले मालवस्तुहरुका रुपमा उसले श्रमशक्ति बेच्दछ) भने माथि भनिएका आकलनहरु (खासगरी बृहत स्तरको सहकार्य) लाई व्यक्तिगत पूँजीको वृद्धिबाट मात्र मूर्तरुप दिन सकिन्छ त्यो पनि मात्रात्मक रुपमा किनभने उत्पादन तथा जनजीविकाका सामाजिक साधनहरु पूँजीपतिहरुको व्यक्तिगत सम्पतिका रुपमा परिवर्तित गरिन्छन्। जहाँ आधारभूत रुपमा मालवस्तुहरुको उत्पादन हुन्छ, त्यहाँ ठूलो मात्राको उत्पादन पूँजीवादी पद्धतिमा मात्र हुन सक्छ। त्यसकारण व्यक्तिगत उत्पादनहरुका स्वामित्वमा निश्चित मात्राको पूँजी संचय हुन्छ र खास पूँजीवादी उत्पादन प्रणालीका निम्ति आवश्यक पूर्वशर्त बन्दछ। त्यसकारण हामीले हस्तकलाबाट पूँजीवादी उद्योगमा रुपान्तरणका बारेमा छलफल गर्दा यस विषयको अकलन गरेका थियौं। यसलाई विशिष्ट पूँजिवादी उत्पादनको आदिम संचय भन्न सकिन्छ किनभने यो नै ऐतिहासिक परिणाम नभएर ऐतिहासिक आधार हो। मार्क्स १८६७, २००४, ११०८६)।

तर पूँजीको स्वभाविक बनावटमा वृद्धि पूँजीको आदिम संचय पछि पनि निरन्तरता पाउँछ र त्यो विकसित पूँजीबाट वृद्धि हुँदा पनि कायम रहन्छ भन्ने सार खिचिएको छः

(पूँजीवाद)का आधारमा वृद्धि हुने श्रमको सामाजिक उत्पादकत्व बढाउन अपनाइने सबै उपायहरु नै त्यही विन्दुमा अतिरिक्तमूल्य वा अतिरिक्त उत्पादन बढाउनका लागि अपनाइने उपायहरु हुन्, जुन मूल्य वा उत्पादन नै पूँजी संचयको निर्माण तत्वमा बदलिन्छ। त्यसकारण, ती उपायहरु पूँजीद्वारा पूँजी उत्पादन गर्ने तरिका वा पूँजीसंचयमा गति प्रदान गर्ने तरिका समेत हुन्। अतिरिक्तमूल्य निरन्तर रुपान्तरित भई बनेको पूँजी पुनः उत्पादन प्रकृयामा प्रवेश हुँदा सो पूँजीको मात्रा बृध्दि हुन्छ। यो (पूँजी) उत्पादनको बढ्दो मात्रा, श्रमिक सहितको उत्पादकत्वमा वृद्धि गर्ने तरिका र अतिरिक्त मूल्यको गतिशील उत्पादनको आधार बन्दछ। यदि, त्यसकारण पूँजीको एक हदसम्मको संचय खास पूँजीवादी उत्पादन प्रणालीका निम्ति पूर्वशर्तका रुपमा देखा पर्दछ, र त्यो प्रणालीले पूँजी संचयमा तेजी ल्याउने कारणका रुपमा काम गर्दछ। पूँजी संचयसँगै, त्यसकारण, खास पूँजीवादी उत्पादन प्रणाली विकसित हुन्छ र यस्तो प्रणालीसँगै पूँजी संचयमा थप वृद्धि हुन्छ। यी दुई आर्थिक कारणहरुले एकअर्कालाई पुष्ट पार्ने कूल अनुपातका रुपमा परिणाम ल्याउछन्, जुन पूँजीको अविरत अंश (constant component) को तुलनामा परिवर्तनशील अंश (variable component) को मात्रा क्रमिक रुपले घटिरहन्छ।(मार्क्स १८६७, २००४, १११०६)।

त्यसकारण पूँजीको बढ्दो स्वाभाविक बनावट श्रमको बढ्दो सामाजिकीकरण (मार्क्सका  शब्दमा) वा बढ्दो श्रम विभाजन (स्मीथका शब्दमा) को अवश्यम्भावी परिणाम हो। दुवैको भनाईले उत्पादनमा अप्रत्यक्ष लगानी (indirect inputs) को अनुपात बृध्दिको सापेक्षतातर्फ नै इङ्गित गर्दछन्। तथापी यी अप्रत्यक्ष लगानी चालू तथा स्थीर पूँजी दुवैमा समर्पित अर्थतन्त्रको बढ्दो अनुपातमा अनिवार्यरुपले अन्तर्निहित हुन्छन्। त्यसकारण, पूँजीको बढ्दो स्वाभाविक बनावट उत्पादन प्रकृया स्वयंको बढ्दो सामाजिकीकरणको अभिव्यक्ति हो।

यस अघि नै इंगित गरिए अनुरुप नै मार्क्सले ब्याख्या गरे अनुसार, यो प्रकृयालाई तथ्यांकका माध्यमले प्रष्टरुपमा मापन तथा पुष्टि दुवै गर्न सकिन्छ। यसले यो प्रकृयाको मौलिक आधार प्रदान गर्दछ, जस अनुरुप v को सापेक्षतामा c मा वृद्धि हुन्छ(मार्क्सको सूत्र) वा r>g (पिकेटीको सूत्र)। आफ्ना महान पूर्ववर्तीहरुलाई पछ्याउंदै मार्क्स, त्यसकारण, r>g कालागि दरिलो आधार प्रदान गर्दछन्, जुन आधार पिकेटी आफैले भने प्रदान गर्न चुकेका छन्। तर मार्क्स उत्पादनकै विश्लेषणको सार खिच्ने क्रममा यो परिणाम निकाल्छन् जुन पिकेटीले प्रयोग गरेको जस्तो वितरणको विश्लेषणमा मात्र सीमित छैन।

पिकेटीको सूत्र पूँजीवादको नियम होइन

अन्त्यमा, यस आलेख थाल्दा व्यक्त विचारलाई यसले आधारभूत विषयमा पुर्‍याउँछ । त्यो विषय भनेको पिकेटीको  r>g ले अनिवार्यरुपमा बढ्दो असमानता दर्शाउदैन । बढ्दो असमानतामा पुर्‍याउने स्थिति भनेको पूँजी स्वामित्वमा असमानता नै त्यसको कारण हो। वास्तवमा, अझ आधारभूत तवरमा r>g र (पिकेटीले “पूँजीवाद’’ नियमहरु भनी ब्याख्या गरेको अन्य सूत्रहरु समेत) खासै पूँजीवादी प्रणालीका नियमहरु पटक्कै होइनन्। पिकेटीले “पूँजीवादको पहिलो आधारभूत नियम’’ नाम दिएको विषयमा छलफल गर्दा यो कुरा मानेका छन् (पिकेटी २०१४ ५१)। उनी भन्छन् : यो भनेको =Ý xß  जहाँ  को अर्थ राष्ट्रिय आयमा पूँजी आर्जित नाफाको अशं हो, Ý को अर्थ पूँजीको प्रतिफल दर र ß  पूँजी आयको अनुपात हो। पिकेटी के स्वीकार्छन् भने– “यो सूत्र =Ý xß  विशुद्ध लेखा पहिचान हो। सिद्धान्ततः यसलाई इतिहासका सबै अवधिका सबै समाजका निम्ति प्रयोग गर्न सकिन्छ’’(पिकेटी २०१४, ५१)।

तर यदि त्यसो हो भने विल्कुलै “पूँजीवाद’’ को नियम होइन किनकि यो दासयुगीन समाज, सामन्तवाद, समाजवाद, साम्यवाद र वास्तवमा जुनसुकै समाजमा पनि प्रयुक्त हुन्छ। खासगरी, अर्थव्यवस्थामा लगानीको बढ्दो अनुपात श्रमको बढ्दो समाजिकीकरण, श्रम विभाजनको उत्पादन भएकाले (जसका कारणहरुको बिश्लेषण यस अघि नै गरिसकिएको छ) के सहजै दृष्टिगोचर हुन्छ भने लगानी (उत्पादनका क्रममा हुने अप्रत्यक्ष ओइरो) ले बनेको अर्थव्यवस्थाको प्रतिशतमा लगातार वृद्धि भइरहन्छ, किनभने श्रमको समाजिकीकरण, श्रम विभाजन आफै थप बढ्दो श्रम विभाजन, श्रमको सामाजिकीकरण प्रकृयाबाट यो परिचालित भएकाले, यो पूँजीवादी अर्थव्यवस्थामा मात्र परिचालित नभएर अनन्तकालसम्म वृद्धि भइरहन्छ। त्यसो भए r>g भएका कारणले मानव जाति असमानता भोगिरहन अभिशप्त छ त?

सौभाग्यवस, छैन। यो आलेखको शुरुमै उल्लेख गरिएझै, r>g ले बढ्दो असमानता तिर डोर्‍याउने स्थिति r को आम्दानीका श्रोतहरुको स्वामित्वको ढाँचामा निर्भर रहेको हुन्छ समाजका सबै सदस्यहरुमा पूँजीको स्वामित्वको बराबरी बाँडेर r>g ले श्रृजना गरेको असमानता हटाउने कुरा वास्तवमा दिवा स्वप्न मात्रै हुनसक्छ; तर सम्पूर्ण समाजका लागि  लगानीबाट प्राप्त आय श्रोतहरु सुरक्षित गर्नु दिवास्वप्न हुदैन।

कार्ल मार्क्सले जर्मन श्रमिक पार्टीको गोथा कार्यक्रमका शब्दहरु केलाउदै गरेको आलोचनाको सारभूत कुरा वास्तवमा यही नै हो, जुन कार्यक्रममा प्रत्येक श्रमिकले आफुले उत्पादन गरेका उत्पादनको “नघटाइएको’’ मूल्य पाउने साधनहरुको संचयका आवश्यकताले त्यस्तो सुझावलाई असंभव तुल्याइदिन्छः

सबैभन्दा पहिले हामी श्रमको “आय’’ भन्ने शब्दलाई श्रमिकको उत्पादनको अर्थमा लिऊँ, त्यसपछि श्रमको सामूहिक प्रकृयाहरु कुल सामाजिक उत्पादनहरु हुन्छन्।

यसबाट अब निम्नकुराहरु घटाउनै पर्ने हुन्छ।

पहिलो: प्रयोग गरिसकिएका उत्पादनका साधनहरुको फेरबदल गर्ने खर्च।

दोस्रो: उत्पादनको विस्तारका लागि अतरिक्त भागको खर्च।

तेस्रो: दुर्घटना, प्राकृतिक कारणले उब्जने बाधालाई भरथेग गर्न संचित रकम वा वीमा कोष, आदि।

“नघटाइएको श्रमको नाफा’’ घटाइएका उल्लेखित खर्चहरु आर्थिक आवश्यकता हुन्।(१८७५, १९८९, ८४)।

पूँजीवादमा भन्दा बढी विकसित उत्पादन शक्तिहरु भएको कुनै पनि समाजवादी समाजमा पूँजीवादमा भन्दा लगानीमा अर्थव्यवस्थाको अझ उच्च अनुपातको परिणाम आउनु अवश्यम्भावी छ। तथापी, यस्तो अवस्थाले बढ्दो असमानतातिर स्वचालित रुपमा पुर्‍याउँछ भन्ने छैन किनभने उत्पादनका साधनबाट निश्चित आय व्यक्तिमा नभई सम्पूर्ण समाज(राज्य)मा जम्मा हुन्छ। त्यो भनेको लगानीबाट प्राप्त आय हरेक व्यक्तिले पाउदैन तर समग्र समाज/राज्यले त्यो आय पाउँछ।

एउटा पूँजीवादी समाजभित्र पनि वा विकसित समाजवादतिर लम्किरहेको समाजमा राज्यको स्वामित्व भएका उद्योगहरुबाट प्राप्त आयमा पनि यही सिद्धान्तले प्रत्यक्ष काम गरिरहेको देख्न सकिन्छ। उदाहरणका लागि चीनमा उत्पादनका साधनहरुबाट प्राप्त आय राजकीय स्वामित्व भएका कंम्पनीहरु मार्फत् समग्ररुपमै समाजमा जान्छ र केही अंश नीजि स्वामित्वमा जान्छ। परिणामत; r>g भनेर शुरुवातमा उल्लेख गरिएको दृष्टिकोण अनुरुप नै बढ्दो असमानतातिर अनिवार्यरुपले डोर्‍याउँछ भन्ने छैन, बरु यो r बाट प्राप्त हुने आयको स्वामित्वमा निर्भर गर्दछ। त्यसकारण यो तार्किक शब्दजाल नभएर आधारचूत एंव व्यवहारिक दृष्टिकोण हो।

निष्कर्षसार

आलेखको बिट मार्दै गर्दा, पिकेटीको यो भनाई राखौं:, “जब पूँजीको प्रतिफल दरले उत्पादनको वृद्धि र आयको दरलाई उछिन्छ … पूँजीवादले स्वाचालितरुपमा स्वेच्छाचारी तथा थेग्न नसकिने असमानता श्रृजना गर्दछ (पिकेटी २०१४क १) ।

यो कुरा सही हो, तर पिकेटीले दिएका कारण भन्दा केही फरक कोणबाट हेर्दा पिकेटको सूत्र r>g पूँजीको बढ्दो स्वाभाविक बनोटको परिणाम हो –  दुवैले अर्थव्यवस्थामा बढ्दो अनुपातमा पूँजीको हिस्सा दर्शाउछन्। तथापी, उत्पादनको साटो वितरणको मामलालाई प्राधान्यता दिएर पिकेटी आफुले वर्णन गरेको प्रकृया किन घटित हुन्छ भन्ने कुरा पर्याप्त मात्रामा स्थापित गर्न असफल छन्। आफ्ना महान पूर्ववर्तीहरुका कामहरुबाट निश्रृत विचारहरुबाट सार खिच्दै मार्क्सले पिकेटीले भनेको भन्दा भिन्न तरिकाले अर्थव्यवस्थाको अनुपातमा लगानीको हिस्सा बढ्दछ भन्ने कुरा नियमसङ्गत तरिकाले प्रस्तुत गर्दछन् । उनीका अनुसार पूँजीको बढ्दो स्वाभाविक बनोट श्रमको बढ्दो सामाजिकीकरण/श्रम विभाजनको अनिवार्य प्रतिबिम्व हो ।

यसैबाट के निश्रृत हुन्छ भने r>g उत्पादनको थप विस्तार हुने सबै समाजहरुमा निरन्तर चालु रहिरहन्छ – यो उत्पादनको बढ्दो सामाजिकीकरणको अनिवार्य परिणति हो र यसले अर्थव्यवस्थाको बढ्दो अनुपात लगानीमा समर्पित भएको अभिव्यक्ति दिन्छ। तर r>g आफैले भने बढ्दो असमानता श्रृजना गर्दैनः यसले असमानता श्रृजना गर्छ या गर्दैन भन्ने कुरा r (असमान तरिकाले वितरित नीजि पूँजी वा समाजको स्वामित्वमा भएको उत्पादनका साधन) ले पैदा गरेका आयका श्रोतहरुमा कसको स्वामित्व हुन्छ भन्ने कुरामा निर्भर रहन्छ ।

(साभार: इन्टरनेशनल क्रिटिकल थट, भोल्युम ५ नम्वर २ जून २०१५। यमनाथ बरालद्वारा अनुवाद।)

Reference:

Barro, R. J., and X. Sala-i-Martin. 2004. Economic Growth.Cambridge, MA: The MIT Press. Crafts, N. F. 1986. British Economic Growth during the Industrial Revolution.Oxford: Clarendra. Feinstein, C. H., and S. Pollard. 1988. Studies in Capital Formation in the United Kingdom 1750-1820. Oxford: Oxford University Press.

Ferguson, A. 1776. “An Essay on the History of Civil  Society.”  Accessed March 1, 2011. http://books.google.co.uk/books/download/An_essay_on­­ the_history of_civil_society.pdf?id=CvoIAAAQAAj&hl=en&capid=AFLRE72y7PQNqGCaf34N5NvaA6SFY6kqjCtclVf5Th6dVq2fZDYtwizl51bbtTTw93pFHDbenOZh-OHY7S_Kxs7RaS6bL_a_Lw&continue=http://books.google.co.uk/books/d. Friedman, M. 1957.A Theory of the Consumption Function. Princeton, NJ: Princeton University Press.
Harvey, D. 2010. A Companion to Marx’s Capital. London: Verso.

International Monetary Fund. 2008. /international Financialstatistics. http:// imf.org/external/data.htm.

Jorgenson, D. W. 1995. “Profuctivity and Postwar US Economic Growth. ” In Productivity,vo;. 1, edited by D. W. Jorgenson, 1-23. Cambridge, MA: The MIT Press.

Jorgenson, D. W., and K. M. Vu. 2007. “Information Technology and the World

Growth Resurgence.” German Economics Review 8 (2): 125-45.

Jorgenson, D. W.,  F. M. Gollop, and B. M. fraumeni. 1987. Productivity and U.S. Economic Growth.Cambridge, MA: Harvard University Press.

Jorgenson, D. W., S. H. Mum, and K. J. Stiroh. 2005. Information Technology and the American Growth Resurgence. Vol. 3 of preouctivity. Cambridge, MA: The MIT Press.

Liang, C.-Y.2007. ” Industry-Wide Total Factor Productivity and Output Growth in Taiwan, 1981-1999.” In Productivity in Asia: Economic Growth and Competitiveness,  edited by D. W. Jorgenson,  M. Kuroda, and K. Motohashi, 146-86. Cheltenham: Edward Elgar.

Liesner, T. 1989. One Hundred Years of  Economics Statistics. London: The Economist.

Maddison,  A. 1992. “A long Run Prespective on Saving.” Scandanavian journal of Economics 94 (2): 181-96.

Maddison, A. 2006. The World Economy. Paris: OECD.

Marx, K.(1876) 2004. Capital, Vol. 1. London: Penguin Books.

Marx, K.(1875)1989. “Marginal Notes on the Programme of the German Workres Party.” In Marx/Engels Collected Works, Vol. 24, by K. Marx and F. Engels, 81-99. London: Lawrence and Wishart.

Piketty, T. 2014a. capital in the Twenty- First Century. Cambridge, MA: Harvard University Press.

Piketty, T. 2014b. “Thomas Pikeety: I Don’t Care of Marx.” New Replubic, May 14. Accessed August 17. http://www.newrepublic.com/article/117655/thomas-piketty-interview-economist-discusses-his-distaste-marx.

Pyo, H, K., Rhee, and B. Ha. 2007. “Growth Accounting and Productivity Analysis by 33 Industrial sector in korea(1984-2002).” In Productivity in Asia: Economic Growth and Competitiveness, edited by D. W. Jorgenson, M. Kuroda, and K. Motohashi, 113-45. Northampton, MA: Edward Elgar.

Ren R., and Sun L. 2007. “Total Factor Productivity Growth in Chinese Industries, 1981-2000.” In Productivity in Asia: Economic Growth and Competitiveness, edited by D. W. Jorgenson, M. Kuroda, and K. Motohashi, 76-112. Northampton, MA: Edward Elgar.

Ricardo, D. (1817) 2004. On the Principles of Political Economy and Taxation. Indianapolis, IN: Liberty Fund.

Smith, A. (1776) 1981. An Inquiry into the Nature and Causes of the Wealth of Nations. Indianapolis, In: Liberty Edition.

Spengler, J. 1959. ” Adam Smith’s Theory of Economics Growth-Part I.” Southern Economic Journal XXV(April): 397-415.

UNCTAD. 2013, Key Trends in International Merchandise Trade. Geneva: UNCTAD.

Vu, K. M. 2013. The Dynamics of Economics Growth-Policy Insights from Comparative Analysesin Asia. Cheltenham and Northampton, MA: Edward Elgar.

Womack, J. P., D.T.Jones, and D. Roos. 2007. The Machine that Changed the World. New York: Free Press.

 

[1] उदाहरणका लागि पिकेटी (२०१४ क २०६) लेख्छन् –यद्यपी के सम्भव छ भने लामो अवधिको गणना गर्दा पूँजीमा विशुद्ध प्रतिफल दर अलिकति कम भएको छ। १८ औं र १९ औं शताब्दीमा यो प्रायश ४–५ प्रतिशत भन्दा बढी हुने गर्थ्यो। जबकि २१ औं शताब्दीका सुरुवातमा विगतमा देखिएको उच्च दर झैं पूँजी/आय अनुपात २१ औं शताब्दीको सुरुवातमा ३–४ प्रतिशत पुग्न थालेको देखिन्छ।

फ्रान्स र ब्रिटेन दुबै मुलुकमा, १८ औं देखि २१ औं शताब्दीसम्म पूँजीको विशुद्ध नाफा बार्षिक ४ देखी ५ प्रतिशतको औसत वरिपरि घुमिरहेको देखिन्छ, अथवा सामान्यतया ३ देखि ६ प्रतिशत प्रति बर्षमा रहेको छ । यो दर भन्दा माथि वा तल दीर्घकालिन रुपमा पूँजी/आय अनुपात रहेको देखिन्छ।

[2] पिकेटी (२०१४ क, ३५७) लेख्छन्– “लामो समयसम्म बार्षिक विश्व आर्थिक बृद्धिदर १.५ प्रतिशत रहिरहन सक्छ भन्ने अवधारणा धेरै विश्लेषकहरुले अत्यधिक आशावादिताका रुपमा लिएका छन्।”

[3] UNCTAD (२०१३) ले उल्लेख गरेको छः उत्पादन प्रकृयाको खँडिकरण र अन्तर–औद्योगिक ब्यापारको उच्च बृद्धिका कारण, अन्तर्वर्ती वस्तुहरुको अन्तर्राष्ट्रिय ब्यापार ब्यापक मात्रामा बृद्धि भएको छ। त्यस्तो व्यापार सन् २०११ सम्ममा ७०० अर्ब अमेरिकी डलरसम्म पुगेको छ जवकि सन् २००२ मा २५० अर्बको हाराहारीमा थियो। (3)

सन् २०११ मा ७०० अर्ब अमेरिकी डलर भन्दा बढीको कारोबार भएको अन्तर्वर्ती उत्पादनहरुको विनियमले अन्तर्राष्ट्रिय ब्यापारको सबै भन्दा महत्वपूर्ण भाग ओगटेको छ। गत दशकमा प्राथमिक उत्पादन (primary production) ले पनि अन्तर्राष्ट्रिय ब्यापारमा आफ्नो हिस्सा बढाएका छन्। जसको कारण उदीयमान बजार(अर्थतन्त्र)हरुको मागमा तथा उपभोग्य समानहरुको मूल्यमा वृद्धि हुन सक्छ । (१४)

सन् २०११ मा अन्तर्वर्ती उत्पादनहरुको व्यापार ७०० अर्ब अमेरिकी डलर हुँदा, कुल व्यापारको ४० प्रतिशत भाग ओगट्छ । प्राथमिक, पूँजीगत तथा उपभोग्य वस्तुहरु हरेकको अन्तर्राष्ट्रिय ब्यापारमा हिस्सा ३०० अर्ब अमेरिकी डलर भन्दा केही कम छ।(१४)

[4] UNCTAD (२०१३, १६) ले उल्लेख गरेको छः

गत दशक यता, उत्पादनको खण्डिकरण, (जसलाई अन्तवर्ती उत्पादनहरुको ब्यापारमा मापन गरिएको छ) मा नाटकीय बृद्धि भएको छ। तथापी, यस्तो प्रवृत्ति विकसित मुलुकहरु र पूर्वी एसियामा बढी देखिएको छ। अन्य विकासशील देश वा क्षेत्रहरुमा उत्पादनको अस्थानीयकरण (decolonization of production) मा सामान्य बृद्धि भए पनि, त्यो अझै सीमित छ ।

[5] किन्सको धारणा के छ भने अर्थब्यवस्थाको बृद्धिका कारणले हुने सम्पन्नताले आम जनतालाई आफ्नो आय अझ बढी बचाउन उत्प्रेरित गर्दछ – भनाईको मतलब अझ बढी बचत गर्ने प्रवृत्तिमा बृद्धि हुन्छ। यो आडम स्मीथले पहिल्याएको र कार्लमार्क्सले बाकेर हिडेको श्रमको बढ्दो विभाजनमा आधारित बिश्लेषण भन्दा अलिक नरम विश्लेषण हो ।

[6] चित्ररेखा श्रोतका सन्दर्भमा, इंगलेण्डको सन् १६८८ का तथ्यांक म्याडिसन (२००६) बाट लिइएको हो । सन् १६८८ देखि १९४७ सम्मका संयुक्त अधिराज्यका तथ्यांकहरु लाइजनर(१९८९) बाट लिइएको हो। सन् १९४८ यताका तथ्यांकहरुको श्रोत अन्तर्राष्ट्रिय मुद्रा कोष (२००८) बाट हो । अन्तर्राष्ट्रिय मुद्रा कोषका तथ्यांकसँग मिलान गर्नका लागि सानातिना परिवर्तन गरिएका छन्–तर प्रदर्शीत गरिएको प्रवृत्तिमा ती परिर्वतनहरुको कुनै उल्लेखनीय प्रभाव परेका छैनन्। लाइजनर (१९८९)ले अघिल्ला अवधिमा स्थीर लगानीका निम्ति प्रयोग गरेको तथ्यांक फ्राइन्स्टाइन र पोलार्ड (१९८८) का गणनामा आधारित छन्। फ्राइन्स्टाइन र पोलार्डले प्रस्तुत गरेका हिसाब अलिक बढी नै छन् भन्ने सुझाव अन्य टिप्पणीकर्ताहरुले दिएका छन्–उदाहरण क्राफ्टस् (१९८६,७३)।

तथापी, यी कुनै पनि संशोधन तथा फरकपनाले यहाँ प्रस्तुत गरिएका आधारभूत प्रवृत्तिमा उल्लेखनीय उथलपुथल ल्याउने छैनन्। सन् १९४८ अघिको संयुक्त राज्य अमेरिकाका तथ्यांकहरु लाइजनर (१९८९) बाट लिइएका हुन्। सन् १९५८ यताका तथ्यांकहरु अन्तर्राष्ट्रिय मुद्रा कोष (२००८) बाट लिइएका हुन्। अघिल्लो अवधिका तथ्यांकहरुले स्थीर पूँजी बनोटमात्र देखाउँछन् – जबकि सन् १९४८ पछिका तथ्यांकहरुमा कूल स्थीर पूँजी बनोट (तात्पर्य–सरकारको स्थीर पूँजी बनोटसमेत समेटिएको) देखाइएको छ। त्यो भन्दा अघिल्लो अवधिमा सरकारको स्थीर पूँजी बनोटका भरपर्दा आकलन भेटिइदैनन् र त्यसकारण त्यस अवधिको बिचमा यी दुईको भिन्नतालाई केही बढाएर मिलान गरिरएको (जुन कूल ग्राहस्थ्य उत्पादनको २०% भन्दा केही बढी छ) छ। अघिल्लो अवधिमा स्थीर लगानीका लागि छुट्याइएको कूल ग्राहस्थ्य उत्पादनको अंश (%मा) मा संशोधित बृद्धि ल्याउने यो प्रयासले आम प्रवृत्तिलाई नै खासै ठूलो प्रभाव पारेको छैन।

सन् १९६० अघिको जर्मनीको तथ्यांकहरु लाइज्नर(१९८९) बाट लिइएका हुन्। सन् १९६० यताका तथ्यांकहरु अन्तर्राष्ट्रिय मुद्रा कोष (२००८) बाट लिइएका हुन्। तथापी यी दुईमा उल्लेखनीय भिन्नता छैनन्।

जापान, द.कोरिया, चीन, भारत तथा भियतनामका तथ्यांकहरु अन्तर्राष्ट्रिय मुद्रा कोष (२००८) बाट लिइएका हुन्।

[7] माथि दिइएका तथ्यांकहरु, वास्तवमा बिक्रि मूल्यमा आधारित छन्। यदि त्यो विश्लेषण खास-खास मालमा आधारित हुन्थे भने मार्क्सले स्थापित गरेको मूल्यसँगको सम्वन्धलाई मूल्याङकन गर्न संम्भव हुने थियो भनेर भन्न सकिदैनथ्यो। तथापी, कूल अविरत पूँजी,  कूल परिवर्तनशील पूँजी, कूल अतरिक्त मूल्य तथा अर्थतन्त्रद्‍वारा पैदा भएको कूल उत्पादन मूल्य र बिक्री मूल्य दुवैसँग समान रहनै पर्छ भन्ने मार्क्सको विश्लेषणबाट निश्रृत हुन्छ। त्यसकारण यस्ता गणना बिक्री मूल्यका तथ्यांकमा आधारित भएर गरिनु बैध हुन्छ। तथापी मूल्य र बिक्री मूल्यको सम्बन्ध जन्माउने उत्पादनमा मात्र मूल्य निर्धारण हुन्छ, वस्तुको वितरणमा हुदैन भन्ने मार्क्सको जटील विश्लेषण मन नपराउनेहरुले पनि हेक्का राख्न जरुरी छ त्यो के भने पूँजीको स्वाभाविक बनोट मूल्यका सन्दर्भमा बृद्धि भएन भन्ने निष्कर्ष निकाल्न बिक्री मूल्यका तथ्यांकबाट पूर्णतया असंगत परिमाणात्मक सम्बन्धहरु अनुमान गर्नुपर्ने हुन्थ्यो। छोटकरीमा तथ्यगत तथ्यांकहरुले शंकारहीत तवरले के स्थापित गर्दछन् भने पूँजीले निर्माण गरेको अर्थतन्त्रको अनुपातमा बृद्धि हुन्छ र त्यसकारण, पूँजीको स्वभाविक बनोटमा बृद्धि भइरहेको छ भन्ने मार्क्सको निष्कर्ष सही छ।

[8] उनले त्यसकारण तर्कसंगत ढंगले समान निष्कर्ष निकाले कि श्रमको विभाजनका कारणले उच्च जीवन–स्तर सम्भव भएको हो। सबै प्रकारका वस्तुहरुको ठुलो गुणात्मक परिणामको उत्पादन (जुन श्रम विभाजनका कारणले फलित भएको) हो, जुन कुनै पनि सुसासित समाजमा घटित हुन्छ, । यसले पैदा गरेको विश्वप्यापी समृद्धिले आफुलाई जनताको तल्लो तहसम्म विस्तारित गर्दछ । (स्मीथ,१७७६,१९८१,२२)

९. अरुहरु यसको  पहिचान पहिले नै गरिसकेका थिए।  उदाहरणका लागि आदम फर्ग्युसन (१९६७) ले लेखेका थिए:

के कुरा प्रष्ट छ भने जतिसुकै आवश्यकताको महशुस गरेर ढिपी गरेपनि र सौविध्यताको इच्छाले प्रेरित भएपनि वा खास स्थिति र नीति फाइदाहरुको सरेक परे पनि जीवनका कलाहरु मलजल तिनीहरुलाई नटुक्र्याएसम्म र विभिन्न ब्यक्तिहरुलाई जिम्मा नदिएसम्म खासप्रकारको दक्षता तथा एकाग्रता आवश्यक पर्ने कामहरुमा कुनै पनि जनसमुदायले ठुलो प्रगति गर्न सक्दैन। कुनै असम्य वा जंगली नै किन नहोस्, उसले निर्माण र रोपण गर्नैपर्छ र आफ्नै लागि जोडजाम गर्नुपर्छ,  उसले पनि महान विपत्ति र थकानको बीचमा,  उसको आफ्नो भाग्यमा सुधार गर्ने तन्द्राको मनोरन्जनलाई प्राथमिकता दिन्छ। उ, सम्भवत, आफ्ना आकांक्षाहरुको विविधताका कारणले, उद्यमशीलताबाट हतोत्साही बनाइएका कारणले, कुनै खास बिषयको ब्यवस्थापन गर्नसक्ने दक्षता हासिल गर्नबाट वञ्चित गरिएको हुन्छ।

तथापी, शान्तिपूर्ण जिवनको उपभोग र बस्तुविनियम गर्न योग्य भइने सम्भावनाले, शिकारी र योद्धालाई, क्रमश, ब्यापारीमा रुपान्तरित गर्दछ।  जीवनयापन गर्ने साधनहरु, मानवीय झुकाव तथा फाइदाजन्य अवसरहरुको बाँडफाँट गर्ने परिस्थितिले मानिसलाई विभिन्न पेशामा आवद्ध तुल्याउछ, र उपयोगिताको समझले अन्तहीन तवरमा, तिनीहरुको पेशालाई पुन विभाजन गर्न तिर डोहोर्‍याउँछ।

[10] अझ अनौपचारिक रुपमा भन्ने हो भने, एक शताब्दी अगाडि एउटा लेखापालले कलम, किताब र सामान्य क्यालकुलेटरले काम चलाउथ्यो। आज लेखापालले कम्प्युटर र जटील सफ्टवेयरको मद्धत लिन्छ। अन्तर्वर्ती वस्तुहरु कम्प्युटर तथा सफ्टवेयरमा भन्दा कलम र किताबमा धेरै कम प्रयोग हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
Avatar
इन्स्टिच्यूट अफ फिनान्सियल, रिनमिन विश्वविद्यालय, छोङयाङ् चीनका सिनियर फेलो हुन्। सन् २००० देखि २००८ सम्म उनी लन्डनको मेयरका आर्थिक एंव ब्यापारिक नीतिका निर्देशक थिए। उनी बहुराष्ट्रिय कम्पनीहरुका सल्लाहकार रहिसकेका छन्। उनले चीनियाँ र अन्तर्राष्ट्रिय अर्थव्यवस्थाहरुका बारेमा प्रसस्तै लेखहरु लेखेका छन्, जस मध्ये “चीनमा किन आर्थिक सुधार सफल भयो र रुस एंव पूर्वी युरोपमा त्यो किन असफल हुन्छ’’ र “देङ् सिआयो पिङ र जोन मेनरर्ड किन्स’’ समेत पर्दछन्।