Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
Monday, April 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पिछडा वर्गका लागि शिक्षामा आरक्षण चाहिन्छ

महाथिर विन मुहमद महाथिर विन मुहमद
साउन २८, २०७४
- विमर्शका लागि, शीर्ष शीर्षक, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    जातीय सौहार्दताका लागि जातीय समानता अनिवार्य रूपमा हुनपर्ने मानिन्छ तर हरेक समुदाय वा व्यक्तिले जातीय समानतालाई आ–आफ्नै ढङ्गले र आफूलाई फाइदा हुने किसिमले मात्र वकालत गरेको पाइन्छ। उदाहरणका लागि छात्रवृत्तिलाई लिन सकिन्छ। छात्रवृत्तिमा जातीय समानताको अर्थ सबै जातीय पृष्ठभूमिका विद्यार्थीले त्यसमा प्रतिस्पर्धा गर्न पाउने भन्ने केहीको बुझाइ छ। यो बुझाइ र तरिकालाई अङ्गीकार गर्ने हो भने त्यसको अन्तिम परिणाम खासगरी मलेसिया जस्ता मुलुकमा जातीय समानता होइन झन् ठूलो जातीय असमानता पैदा हुन्छ। समानताको कुरा गर्दा झन् ठूलो असमानता जन्मन्छ।

    शिक्षामा असमानता

    असमानताहरु कैयन क्षेत्रमा देखिन सक्छन्। तर म यहाँ खासगरी छात्रवृत्तिमा केन्द्रित हुन्छु। शैक्षिक रूपमा मलेहरू (जो अधिकांश गाउँबासी छन्) अरू जातिभन्दा धेरै पछाडि छन्। एसएलसी परीक्षाको परिक्षाफल हेर्दै यो थाहा हुन्छ। मलेहरू मलेसियामा करिब ५० प्रतिशत छन् तर त्यसभन्दा धेरै कम मलेहरू परीक्षामा पास हुन्छन्। एक कक्षा पढेका मलेहरू अरू समुदायका भन्दा कम छन्। स्पष्टै छ, यदि विशेष व्यवस्था नगर्ने हो भने, मलेहरू प्राथमिक शिक्षाभन्दा माथि कहिल्यै पनि जान नसक्ने सम्भावना हुन्छ र उनीहरूले सबैभन्दा तल्लो स्तरको रोजगारी मात्र पाउने हुनसक्छ।

    यसो हुनुका आंशिक कारणहरूमा मलेहरूको अत्यन्त्त गरिबी र गाउँले पृष्ठभूमि पनि हुन्। गरिबीका घातक परिणामहरूका बारेमा धेरै मानिस अनजान छन्। प्रथमतः गरिब आमाबाबुहरू गरिब मात्र छैनन्, आफैँ कम पढेलेखेका र बच्चाहरूलाई स्कुल पठाउन कमै तयार हुन्छन्। शिक्षाको महत्व नबुझेर, हेलचेक्रयाइँ गरेर भन्दा पनि आफ्ना बच्चाहरूको आधारभूत आवश्यकता पूरा गर्न अधिकांशतः असफल हुन्छन्। बच्चा अत्यधिक तेजिलो छ भने त उसले यी बाधाहरूलाई पनि नाघ्न सक्ला तर सामान्य बच्चाका लागि पढाइ जारी राख्न मुस्किल हुन्छ।

    बेमतलवी र चाखविहीन यी गरिब आमा–बाबुहरूले आफ्ना बच्चाहरूलाई स्कुलमा राम्रो अध्ययन गर्न कुनै प्रोत्साहन दिन जान्दैनन्। तिनीहरूले छोराछोरीलाई ‘पढ–पढ’ सम्म भन्दैनन्। तिनीहरूले पढ्ने वातावरण र भौतिक साधनमा ध्यान दिँदैनन् या दिन सक्तैनन्। गाउँघरमा पढ्नका लागि बिजुली समेत हुँदैन। आफैँ अशिक्षित भएकाले केटाकेटीको अध्ययनमा सघाउ पुर्‍याउन सक्दैनन्। केटाकेटी बिरामी हुँदा ओखतीमुलो गर्ने र तिनलाई पेटभरी खाना खुवाउने क्षमतासमेत उनीहरूमा हुँदैन। आवश्यक पुस्तक किन्न र कमजोर बच्चालाई ट्युसन राख्न सक्दैनन्न। सरकारले शिक्षालाई अनिवार्य नबनाएको भए बच्चाहरूलाई स्कुल पठाउने झन्झटै गर्नुपर्ने थिएन भन्ने गरिब मलेहरूको धारणा थियो र छ।

    छात्रवृत्ति दिनु शिक्षामा अन्य सरकारी सहयोगभन्दा बढी प्रभावशाली सिद्ध भएको छ। छात्रवृत्ति दुई प्रकारका विद्यार्थीहरूलाई दिइन्छ। पहिलो श्रेणीमा मेधावी छात्रहरू पर्दछन्। तिनीहरू पुरस्कार जस्ता हुन्छन् र स्वाभाविक रूपमा अन्य पुरस्कार जस्तै जरुरत पर्नेले नै जित्छ भन्ने हुँदैन। त्यस्तो पुरस्कार जित्नु राम्रो र गौरवशाली नै हुन्छ तर अधिकांश विजेताहरू यस्ता वर्गका हुन्छन् जसलाई त्यो नजित्दा पनि केही फरक पर्दैन। यस्तो छात्रवृत्ति विद्यार्थीले पाउनु आकस्मिक संयोग मात्र हुन्छ।

    आर्थिक कारणले अशक्त विद्यार्थीहरूलाई उनीहरूको योग्यता धेरै राम्रो नभए पनि दिइने छात्रवृत्तिको अर्कै प्रकारको हुन्छ। यस्ता विद्यार्थीका लागि छात्रवृत्ति नभई नहुने हुन्छ। यसता छात्रवृत्तिले केही राहत नै दिन्छ नै। पछौटेपनले आधुनिक समाजमा पनि गरिबी पैदा गर्छ। गरिबीले शैक्षिक पछौटेपनातिर डोर्‍याउँछ र शैक्षिक पछौटेपनले झन् ठूलो गरिबीतिर डोर्‍याउँछ। कहीँ न कहीँ यसलाई क्रमभङ्ग गर्नैपर्छ र गरिबहरूलाई शिक्षामा अनुदान दिएरै भएपनि छात्रवृत्ति दिइनु पर्छ। गरिब मले विद्यार्थीहरूले छात्रवृत्ति पाउनु अति नै उचित र सामाजिक न्याय हो। मलेशिया जस्ता विकासशील देशका पछाडि परेका समुदायको प्रगतिका निम्ति यी छात्रवृत्ति साधन हुन्।

    किन प्राथमिकता दिने?

    विकासशील देशका पछाडि परेका समुदायलाई किन प्राथमिकता दिने भन्ने आधारभूत कारणतिर फर्केर हेर्नुपर्छ। यस्ता प्राथमिकता दिने नियत उनीहरूलाई अरू जातिभन्दा माथि राख्न होइन बरु तिनलाई अरू जातिसरह बनाउन हो। स्वतन्त्र हुनुअघिदेखि नै स्पष्ट छ, मलेहरू आर्थिक रूपले विपन्न मात्र होइन शैक्षिक रूपमा समेत पछाडि परेका छन्। यद्यपि, त्यस बेला मले विद्यार्थीहरू गैरमलेहरू भन्दा सङ्ख्यामा धेरै थिए तर ती अधिकांश पेशागत तालिम दिने स्कुलमा थिए। यस्ता खाले प्राथिमक पेसागत तालिम दिने स्कुलहरू मलेहरूका लागि निःशुल्क थिए। तर, यस्तो खाले प्राथमिक शिक्षाले मलेहरूलाई आधुनिक समाजमा आफ्नो ठाउँ बनाउने योग्यता प्रदान गर्दैनथ्यो।

    एकातिर, आर्थिक रूपले सम्पन्न गैरमलेहरूले भने ब्रिटिसहरूद्वारा स्थापित स्कुलहरूमा माध्यमिक शिक्षा हासिल गर्ने फाइदाजनक अवसर पाए। उनीहरूले आफ्नो गच्छेले भ्याउञ्जेलसम्म उच्च शिक्षा हासिल गर्न पाए। अर्कातिर ज्यादा भीडभाडका समेत कारणले मलेहरूको शैक्षिक स्तर खस्कँदै गयो र उनीहरू गैरमलेभन्दा कता हो कता पछाडि छाडिए।

    त्यसकारण, छात्रवृत्तिमा मलेहरूलाई प्राथमिकता दिनुमा मले उच्चअहङ्कार होइन। छात्रवृत्तिहरू जातीय असमानताको चिनारी होइनन्। तिनीहरू शैक्षिक क्षेत्रमा गैरमलेहरूको उच्चस्तरको एकाधिकारलाई तोड्ने साधन हुन्। यस्तो व्यवस्थाले मलेहरू स्वयम्‍लाई पनि कुनै गौरवको अनुभूति भएको छैन। कानुनद्वारा संरक्षित लुला, लङ्गडा जस्तो ‘विशेषाधिकारयुक्त’ हुनुमा उनीहरूलाई कुनै पनि गौरव महसुस हुँदैन। उनीहरूले सक्ने भए यी ‘विशेषाधिकार’ हुत्याउँथे होलान्। तर जिन्दगीका कठोर सत्यहरूले उनीहरूको आत्मसम्मानलाई दोस्रो स्थानमा राख्न बाध्य पारेको मात्र हो।

    जातीय समानता छ भन्न हरेक जातका मानिस कानुनका नजरमा समान मात्र होइन, हरेक जातिका मानिसको समाजका सबै अङ्गमा सबै प्रकारका काममा, उनीहरूको जनसङ्ख्याको अनुपातको हाराहारीमा प्रतिनिधित्व हुने अवस्था हुनुपर्छ। अब प्रश्न गरौं कि मलेसियामा जातीय असमानतालाई यति मूर्तरूप केले दिएको छ?

    यसका लागि मलेसियामा जातिहरूको बसोबासको क्षेत्रतर्फ हेर्नुपर्छ। सहरहरू प्रायशः मलेविहीन र गाउँहरू गैरमलेविहीन छन्। बसोबासको यो जातीय बनोट नै सर्वप्रथम त जातीय असमानताको परिणाम हो।

    जातिहरू जातीय मूलका कारणले मात्र होइन अरू धेरै चारित्रिक विशेषताहरुले फरक हुन्छन्। यी चारित्रिक विशेषताहरू महत्वपूर्ण हुन्छन्। यी विशेषताहरूको विकास कसरी हुन्छ भन्ने जान्नु अर्कै विषय हुन्छ तर जब कुनै खास क्षेत्रमा जातिहरू प्रतिस्पर्धा गर्छन्, यिनीहरूको भूमिका महत्वपूर्ण हुन्छ। उदाहरणका लागि यहुदीहरू नाक–चुच्चे मात्र हुँदैनन्, उनीहरू जन्मजात पैसाको गन्ध थाहा पाउने हुन्छन्। युरोपेलीहरू सेता छाला भएका त हुन्छन् नै तर उनीहरू सधैँ हरेक कुराको जडमा पुग्न खोज्छन्। मलेहरू काला मात्र हुँदैनन्, उनीहरू मनमोजी र सहनशील हुन्छन्। त्यस्तै चिनियाँहरूलाई चिम्सा आँखे, नाक थ्याप्चे मात्र भनेर बुझ्नु हुँदैन, उनीहरू जन्मजात चलाख व्यापारी हुन्छन्। सम्पूर्ण दक्षिण एसियामा उनीहरूको प्रगति हेरेर यो कुरा भन्न सकिन्छ।

    मलेहरूलाई गाउँमै रहिरहन दिँदा कसरी जातीय असमानताका आधार निर्माण र पुख्ता हुन्छन्? सहरका विविध अनुभवका कारणले सहरियाहरू कसरी गाउँलेभन्दा बढी पोख्त हुन्छन् तर सहरियाहरूको विकासमा अनुभव र पृष्ठभूमिका मात्रै भूमिका हुन्छन् भन्ने पनि होइन। धेरै खालका थुप्रै कारक तत्वहरूले यसमा प्रत्यक्ष वा परोक्ष भूमिका खेलेका हुन्छन्।

    सबैभन्दा राम्रा स्कुल सहरमा छन्। गाउँका स्कुलहरू सहरका स्कुल सरह साधन स्रोतसम्पन्न छैनन्।  यो तथ्यलाई मान्नैपर्छ कि, गाउँले बच्चाका तुलनामा सहरिया बच्चाहरूले राम्रा शिक्षा पाउने अत्यन्तै बढी सम्भावना छ। सबै नाम चलेका स्कुल सहरमा छन् र त्यहाँ पढ्ने विद्यार्थी अपवादहरूलाई छाडेर सबै गैरमले छन्। राम्रा शिक्षक, राम्रो सुविधा, साधन र शैक्षिक सहयोग यी स्कुलमा हुन्छन्।

    सहरमा राम्रा स्कुलहरूको सय वर्षभन्दा अघिको परम्परा र इतिहास छ। तिनीहरूका भवन पक्की र फराकिला छन्। तिनीहरूका खेलमैदान राम्ररी मर्मत गरेर ठीकठाक राखिएका छन्। शिक्षकहरू सबैभन्दा राम्रा र कटिबद्ध छन्। वार्षिक परीक्षाफलहरूले यहाँका विद्यार्थीहरूको अरू विद्यार्थीभन्दा उच्चस्तरका छन् भन्ने देखाउँछ। यिनै स्कुलबाट उत्पादित विद्यार्थीहरू नै भोलि गएर मलेसियाको उच्च तहमा पुग्छन्। तिनीहरू नै डाक्टर, वकिल, इन्जिनियर र अन्य त्यही स्तरका पेसेवर हुनेछन्। नयाँ व्यवसाय सुरु गर्ने भएकाको व्यवस्थापन गर्ने उनीहरू नै हुनेछन्। भविष्यका नेता तिनै हुनेछन्। आक्रामक, प्रबुद्ध र संसारको रितमा भिज्नसक्ने उनीहरू यति साधन सम्पन्न हुनेछन् कि कागजी रूपमै उस्तै तहको शिक्षा पाएका गाउँलेहरूसँगको प्रतिस्पर्धामा उनीहरूको सहज जीत हुनेछ।

    स्कुलबाट सुरु भएको यो प्रवृत्ति कलेज र विश्वविद्यालयमा पनि पुग्छ। विभिन्न जातीय समुदायहरू बीचमा भएको शिक्षाको यो असमानताले जातीय असमानताका आधार निर्माण र पुख्ता गर्ने कामलाई अझ बढाउँछ। मलायाका कलेज र विश्वविद्यालयहरू राजनीतिक हस्तक्षेपबाट मुक्तिको अधिकारको दावा गर्छन्। मुलुकको राजनीतिक आवश्यकताको मतलबै नराखी उनीहरू आफ्ना विद्यार्थी आफैँ चुन्न पाउनुपर्ने अपेक्षा गर्छन् र त्यसो गर्न पाएका पनि छन्। तिनीहरूको दावा के छ भने शैक्षिक संस्था भएकाले शैक्षिक योग्यता र स्तरमात्र उनीहरूको सरोकारको विषय हो। जातीय मूलका बारेमा उनीहरू मतलब राख्दैनन्। र तिनीहरू भेदभाव पनि गर्दैनन्। तर अपरोक्षत शैक्षिक पृष्ठभूमिका कारणले र सहरियाप्रति झुकावका कारणले अन्ततोगत्वा गैरमलेहरूप्रति झुकाव राख्छ। यिनै विद्यार्थीहरू नै हुन्, जो हरेक वर्ष सबैभन्दा राम्रो परीक्षाफल लिएर निस्कन्छन्। यिनै ती भाग्यमानी विद्यार्थी हुन्, जसले गुणस्तरीय प्राथमिक र माध्यामिक स्कुलमा पढ्न पाएका हुन्छन्। फलस्वरूप त्यही सुविधाले नै उनीहरूलाई कलेज र विश्वविद्यालयमा प्रवेश हुन सहजीकरण गर्छ।

    मलेसियाका प्राथमिक विद्यालयहरूमा मले विद्यार्थी बढी छन्। तर माध्यमिक स्तरमा मलेहरुको संख्या कम भइसक्छ र अङ्ग्रेजी माध्यमका विद्यालयहरूमा ‌औंलामा गन्न सकिने छन्। अझ, उच्च शिक्षालयमा त भविष्यमा देखिने जातीय असमानताका झल्काउने सबै गुणहरू देखिन्छन्। अनि देशभित्र वा बाहिरका कलेज र अध्ययन संस्थाहरूमा मलेभन्दा गैरमले विद्यार्थी बढी छन्।

    कङ्गोली उदाहरण

    जेनतेन पास भएकाहरू पनि राम्रो सुविधा दिने हो भने उच्च शिक्षा हासिल गर्न सक्छन् भन्ने कुरामा शङ्का छैन। शिक्षा लिनसक्ने क्षमता जिन्दगीभर सधै एकनासको हुँदैन। न त व्यक्तिको सिक्नसक्ने क्षमताको वर्गीकरण उपयुक्त नै हुन्छ। साथै, बल्लबल्ल पास गरेका विद्यार्थीले राम्रो अङ्क ल्याएर पास हुनेहरूलाई उछिन्न पनि सम्भव हुन्छ।

    स्वतन्त्रताअघि कङ्गोमा विश्वविद्यालयमा पढ्ने विद्यार्थी ज्यादै कम थियो र कसैको पढ्ने क्षमता नै छैन भन्ने मानिन्थ्यो। स्वतन्त्रतापछि त्यहाँका राष्ट्रिय विश्वविद्यालय र विदेशी विश्वविद्यालयहरूले समेत थोरै अङ्क ल्याएर पास भएका कङ्गोली विद्यार्थीहरूलाई पनि लिन थालेका छन्। केही वर्षमै विश्वविद्यालयका डिग्री पाएका विद्यार्थीहरूको सङ्ख्यामा आकाश–जमिनको फरक परिसकेको छ। यदि त्यहाँ स्तर–निर्धारणका नियमहरूको पालनामा कडाइ गरिन्थ्यो भने कङ्गोलीहरू उच्च शिक्षा हासिल गर्नबाट बञ्चित नै हुने थिए। पहिलेका औपनिवेशिक शासकहरूले झैं प्रवेश परीक्षा गराएका भए विश्वविद्यालयमा पढ्ने कङ्गोली नै हुने थिएनन्। उच्च शिक्षाको पहुँच बढाउन राष्ट्रिय आवश्यकताअनुरूप नीति निर्माण गर्नुपर्छ भन्ने यो एक उदाहरण हो ।

    अन्तत चिकित्सा शिक्षा लिने अवसर कसले पाउँछ?

    उदाहरणका लागि, चिकित्साविज्ञान पढाउने सङ्कायलाई लिनु पर्याप्त हुन्छ। चिकित्साशास्त्र पढ्न पाउने सङ्कायमा हरेक वर्ष मलाया विश्वविद्यालयले निश्चित संख्या तोक्छ। हरेक वर्ष त्यहाँ मुलुकका राम्रा विद्यार्थीहरू पढ्न आवेदन दिन्छन्। हरेक विद्यार्थीको डाक्टरी पढ्नका लागि न्यूनतम् योग्यता तोकिएको हुन्छ। न्यूनतम् योग्यता पुगेका र त्यहाँ भर्ना गरिएका विद्यार्थीहरू नै कालान्तरमा डाक्टर बन्छन्। तर, सीमित स्थान हुन्छ त्यसैले बढी योग्य विद्यार्थी मात्र लिनै पर्ने हुन्छ।  सामान्यतया ग्रामीण पृष्ठभूमि वा तुलनात्मक रूपमा औसत श्रेणीका सहरिया स्कुलबाट औसत श्रेणीमा पास भएका मले विद्यार्थीहरूमध्ये विशिष्ट प्रतिभा भएका कोहीले मात्र चिकित्साशास्त्र पढ्ने मौका पाउँछन्। चिकित्साशास्त्र पढ्नका लागि गरिने प्रवेश परिक्षाले मलेहरूकै विपक्षमा काम गरिरहेको हुन्छ। गैरमलेहरूसँग प्रतिस्पर्धा नगर्नु पर्दो हो त सम्भवतः ती सबै विद्यार्थीहरूलाई लिइने थियो। तर, राम्रो परीक्षाफल र राम्रो शैक्षिक पृष्ठभूमिबाट आएका गैरमलेहरूले अधिकांश स्थान कब्जा गर्छन् र यसरी जनसङ्ख्याको अनुपातमा दक्ष जनशक्ति उत्पादन गर्ने सम्भावना तुहिन्छ। अर्को कुरा प्रवेश परीक्षामा असफल गैरमलेहरू भारत वा अन्य देशमा चिकित्साशास्त्र पढ्न जान्छन्, किनभने उनीहरू त्यो खर्च बहन गर्न सक्षम हुन्छन्। यसले समुदायको अनुपातमा डाक्टरहरूको सङ्ख्याको अनुपातको फरकलाई नै अझ पढाउँछ ।

    चिकित्साशास्त्र सङ्कायमा जस्तो हुन्छ, दक्ष जनशक्ति उत्पादन गर्ने अन्य क्षेत्रमा पनि त्यस्तै हुन्छ। मानविकी सङ्कायमा समेत मलेभन्दा गैरमले बढी छन्। यसरी मले र गैरमलेबीचको खाल्डो चौडा हुने प्रवृत्ति कायमै रहन्छ, किनभने उच्च शिक्षाको जिम्मेवारी लिएर बसेकाहरू के ठान्छन् भने तथाकथित ज्ञानप्राप्तिसँग मुलुकका राजनीतिक वास्तविकता र सामाजिक बनोटको कुनै सम्बन्ध छैन ।

    शिक्षाले असमानतालाई संस्थागत गर्‍यो

    शिक्षा जातीय समानतातिर डोहोर्‍याउने साधन हो। तर यहाँ त यसको विपरित  जातीय असमानतालाई संस्थागत गर्ने मात्र होइन त्यसलाई गति दिने साधन समेत बनेको छ। गरिवी र सहरमा रोजगारीका अवसरको अभावले मलेहरूलाई गाउँले नै हुन बाध्य गरिरहेको छ। गाउँले र गरिवसमेत भएकाले मलेहरू प्राथमिक र माध्यमिक शिक्षामा, गैरमलेहरूभन्दा पछि परेका छन्। औसत दर्जामा  पास हुँदा उच्च शिक्षा हासिल गर्न नसक्ने र त्यो हासिल गर्न नसक्दा राम्रा काम र उच्च पेसा नपाउने भएका छन्। यसरी शहरा भएको पेसा नपाउने भएपछि मलेहरू गाउँमै हराउँछन् र पुनः विपन्नताको खाडलमा खस्छन्। जसले पुनः अपर्याप्त शिक्षाको चक्रमा घुम्नुपर्छ। यो चक्र उनीहरूका निम्ति चक्रब्यूह नै हुन पुग्छ, घुमीफिरी रुम्जाटार।

    मलेसियाको स्वतन्त्रताको ठूला उपलब्धिमध्ये शिक्षा सेवाको अभूतपूर्व विस्तार पनि एक हो। यसपछि नै शिक्षक तालिमकेन्द्रहरू पनि तीव्ररूपमा स्थापना गरिए।

    शिक्षक तालिम संस्थाहरू (सुल्तान इद्रिस तालिम कलेज र मलाक्काको मले महिला तालिम कलेजबाहेक) मा  सबै जातका मलेहरूका निम्ति खुला गरिएकोछ। त्यहाँ हरेक वर्ष भर्नाका लागि योग्यता पुगेकाहरूको भीडभाड हुन्छ। जहाँ उच्च योग्य गैरमलेहरूको चाप अत्याधिक पर्छ। उच्च योग्यता भएकाहरूले ठीकठीकै योग्यता भएकाहरूलाई पछाडि पार्ने नै भए। यसरी गैरमलेका सामुन्ने मले टिक्नै सक्तैनन्।

    वर्षौदेखिको योग्यताका आधारमा मात्र उच्च शिक्षामा प्रवेश गराएका कारणले  शिक्षण पेशामा गैरमलेहरूको हाली मुहाली बन्ने नै भयो। यस्तो क्रम यसरी अगाडि बढेको छ कि तेस्रो श्रेणीका पदहरू समेतमा मलेहरू अवसर नपाउने अवस्थामा छन्। वार्षिक परीक्षा फलमा सर्सर्ती नजर दौडाउँदा पनि यसो हुनुका कारण र यसो भइरहने आधार देखापर्छ। र, हामीलाई पहिल्यैदेखि थाहा छ, किन मलेहरूको परीक्षाफल यति कमजोर हुन्छ। यो दुरुह गोलचक्करले जुन परिणाम दिनु पर्ने हो त्यो अपेक्षित नै हुन्छ र शिक्षा सेवा त्यसको अपवाद हुने कुरै भएन।

    नर्सिङ सेवाको एउटै मात्र श्रेणी हुने गर्‍थ्यो। यो श्रेणी विद्यार्थी नर्सबाट सुरु हुन्थ्यो र तालिम लिइसकेपछि पद बढ्थ्यो र प्रमुख मेट्रोनसम्म पुग्न पाउने गरी नर्समा नियुक्ति पाउँथे।

    तर अब यसमा पनि समस्या आउँदैछ। सुरुआतदेखि नै नर्सिङ पेसामा बहुतै कम मलेहरू थिए। यस पेसामा मलेहरूप्रति कुनै भेदभाव थिएन तर उनीहरूमा आफ्नै पूर्वाग्रह र अत्यन्त कम मले केटीहरूसँग आवश्यक योग्यता थियो। यसकारणले मलेहरूको यस पेसामा सहभागिता कम हुन गयो। विश्वयुद्धपछि पूर्वाग्रहमा धेरै कमी आयो। तर, यस पेसामा प्रवेश पाउन आवश्यक योग्यता भएका मले केटीहरू अझै धेरै कम नै थिए। जसले गर्दा उनीले यो पेशामा खुट्टा जमाउन सकेनन्। स्वतन्त्रताभन्दा केही समय पहिले नर्सहरूको श्रेणीमा एउटा नयाँ अनमी पद खोलियो। यसलाई खासै योग्यता नचाहिने भएकाले धेरै नै मले केटीहरूले यो पेसा अँगाले। तर, हाल तिनीहरूका लागि पछि यो प्रवेशद्वार पनि बन्द भयो।

    यसरी जातीय असमनताले शैक्षिक असमानता जन्मायो र थप जन्माउदै जानेछ।

    (यस सन्दर्भलाई मले दुविधा (The Malay Dilemma) नामक पुस्तकबाट लिइएको हो।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      महाथिर विन मुहमद

      महाथिर विन मुहमद

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.