Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोरोनाका बारेमा इन्टरनेटमा प्रसारित १० प्रमुख हल्लाहरू

nepal_readers nepal_readers
बैशाख २५, २०७८
- कोभिड–१९, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    महामारीको संकट बढ्दै जाँदा विश्वले भ्रामक प्रचारको महामारी पनि उत्तिकै झेल्नुपरेको छ। मान्छेहरूमा भाइरस फैलिरहँदा इन्टरनेटमा त्यस्ता भ्रामक प्रचारहरू प्रशस्त फैलाइएका छन्। हचुवा र अनुमानका कुराहरूलाई ‘हो झैँ’ बनाएर प्रस्तुत गरेर मान्छेहरूलाई आतंकित बनाउने या भ्रम छर्ने कुराहरूलाई ‘षड्यन्त्र सिद्धान्त’ नै भन्नु पर्छ।
    कोरोना भाइरसका बारेमा खासगरी इन्टरनेटमार्फत समाजमा फैलाइएका १० प्रमुख षड्यन्त्र सिद्धान्तहरू यसप्रकार छन्ः

    १. ‘फाइभ जीबाट कोरोना’

    इन्टरनेट प्रविधिको पछिल्लो आविष्कार हो फाइभ जी । फाइभ जी प्रविधि विभिन्न देशहरूमा भित्र्याइने समयमा नै यो महामारी फैलन सुरु भएकाले षड्यन्त्र सिद्धान्तवालाहरू फाइभ जी प्रविधिकै कारण महामारी फैलेको दावी गर्छन्। तर सत्य के हो भने इलोक्ट्रोम्याग्नेटिक वस्तुबाट कोरोनाजस्तो जैविक विषय सर्ने कुरा सम्भव नै छैन। इलोक्ट्रोम्याग्नेटिक वस्तुमा वेभ र फोटोन्स पर्छन्। जबकि कोरोना भाइरसचाहिँ जैविक कण या अंश हुन्, जुन प्रोटिन र न्युक्लिक एसिडबाट बनेको हुन्छ।

    स्मरणीय के छ भने विश्व स्वास्थ्य संगठनले समेत बताएको छ कि मोबाइल नेटवर्कका माध्यमबाट भाइरस फैलँदैन। र, कोरोना त्यस्ता देशमा व्यापक रूपमा फैलिराखेको छ जहाँ फाइभ जी नेटवर्क उपलब्ध छैन। त्यसो हुँदाहुँदै पनि धेरै फलोअरहरू भएका सेलिब्रिटीहरूले समेत यस्ता हावादारी प्रचारहरू फैलाउँदा यू.के. र अन्य कतिपय देशमा फाइभ जी नेटवर्कका टावरहरूमा आगजनी गरिएका छन्।

    २. टार्गेट : बिल गेट्स

    जसरी कतिपय भाइरसहरू आफैँमा उस्तैउस्तै देखिन्छन्, तिनीहरूले वारम्बार रूप परिवर्तन गर्छन् र तिनका बेग्लैबेग्लै स्वरूपहरू एकै पटक फैलन्छन्। र, उसैगरी हावादारी खबरहरूले पनि स्वरूपहरू बदलिने गर्छन् र प्रसारित हुने गर्छन्। यसरी नै खरबौंपति व्यापारी बिल गेट्सलाई जोडेर यस्तै अनेक खालका हावादारी प्रचारहरूका अनेक स्वरूपहरू इन्टरनेटमा देख्न सक्छौँ। बिल गेट्सले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले फन्डिङ नगर्ने कुरामा आपत्ति जनाएपछि खासगरी उनीमाथि आक्रमणहरू झनै बढेका हुन्।

    न्युयोर्क टाइम्सका अनुसार सन् २०१५ मा गेट्सले ‘टेड टक’ मा बोलेको भिडियोलाई लिएर भ्याक्सिनविरोधी समूह, ट्रम्पका दक्षिणपन्थी अन्धभक्त र क्याननवालाहरूले यस्तो दुस्प्रचार गरेका हुन्। त्यस भिडियोमा उनले इबोला महामारीको कुरा उल्लेख गर्दै विश्वले अर्को महामारी पनि झेल्नुपर्नेतर्फ संकेत गरेका थिए। यसै विषयलाई आधार बनाएर हाउगुजी फैलाउनेहरूले ‘देख्यौ त, गेट्सले पहिले नै महामारी आउँछ भन्ने कसरी थाहा पाए? अवश्य नै यो गेट्स कै चाल हो यो’ भनेर हल्ला मच्चाउनेका गरेका छन्।

    षड्यन्त्र सिद्धान्तको पछि लाग्नेहरूले के समेत भनेका छन् भने, ‘गेट्स विश्वका भएभरका सबै मान्छेमा भ्याक्सिन लगाउन चाहन्छन् र त्यसका पछाडि पनि अर्को भयानक षड्यन्त्र छ।’ विश्वका सबै जनसंख्यामा भ्याक्सिन पुर्‍याउने कुराले रोगको प्रकोप र मृत्युदर अवश्य घटाउने छ तर भ्याक्सिन विरोधी अभियन्ताहरू भ्याक्सिनले काम गर्छसमेत भन्ठान्दैनन्। बरु भ्याक्सिनविरोधीहरू के समेत ठान्छन् भने ‘गेट्सले भ्याक्सिनमार्फत मान्छेका शरीरहरूमा अत्यन्त मसिना चिप्स (माइक्रोचिप्स) पठाउँदैछन् र त्यसैमार्फत विश्वका सम्पूर्ण मान्छेहरूलाई नियन्त्रण गर्दैछन्।

    ३. ‘चीनियाँ प्रयोगशालाबाट उम्केको हो कोरोना भाइरस’

    यो हल्ला चीन विरोधीहरुका लागि हतियार नै बनेको छ। कोरोना महामारीको वास्तविक केन्द्र चीनको वुहान शहर नै हो। यहाँ भाइरससम्बन्धी ठूलो अध्ययन प्रतिष्ठान छ, जहाँ अध्येताहरूले ‘चमेरे कोरोनाभाइरस’का बारेमा अध्ययन गर्ने गर्दछन्। तर चमेराहरूबाट लिइएको भाइरसहरूको स्याम्पल र अहिलेको सार्स कोभ–२ (कोभिड १९ सँग) को भाइरस स्याम्पल एक आपसमा मिलेनन्। चमेरासम्बन्धी बेग्लै कोरोनाभाइरसको अध्ययन चीनको उही शहरमा हुनाका कारण पनि षड्यन्त्र सिद्धान्तकारहरूलाई सहज भएको मात्र हो।

    चीनको प्रयोगशालाबाट भाइरस फैलिएको भन्ने प्रथम अवधारणाचाहिँ ‘इपोक टाइम्स’ नामक अमेरिकन मिडियाले आफ्नो एक डकुमेन्ट्रीमार्फत रोपेको हो। यो समाचार संस्थाको सम्बन्ध ‘फालुन गोङ’ नाम चीनियाँ धार्मिक समुदायसँग छ र यो धार्मिक संस्थालाई पहिले चीनको कम्युनिष्ट पार्टीले कारवाही गरेका कारण त्यस मिडियाले चीनको कम्युनिष्ट पार्टीलाई अनेक तरिकाले प्रहार गरिरहन्छ। सोही कारण इपोक टाइम्सले ‘कोभिड १९’ लाई जहिले पनि ‘सिसिपी भाइरस’ (चीनियाँ कम्युनिष्ट पार्टी भाइरस) भनेर उल्लेख गर्ने गरेको छ।

    ४. ‘कोरोना : जैवीक हतियार’

    यो षड्यन्त्र सिद्धान्तचाहिँ खाससगरी अमेरिकाका दक्षिणपन्थीहरूबीच लोकप्रिय छ। उनीहरू ठान्दछन् कि कोरोना भाइरस चीनियाँ ल्याबमा बनाइएको हो। १० जनामा ३ जना अमेरिकनहरूले यो कुरामा विश्वास गर्दछन्। अमेरिकाको एकदमै दक्षिणपन्थी मानिने ‘वासिङ्टन एक्जामिनर’मा टम कटन नामका रिपब्लिकन सिनेटरले ‘उहानको भाइरोलोजी प्रतिष्ठान बेइजिङको गुप्त जैवीक हतियार निर्माणमा संलग्नता छ’ भन्ने धारणा व्यक्त गरेका थिए। तर अहिले सो कुरालाई सिधै खण्डन गर्न सकिन्छ किनभने कोरोना भाइरस विशुद्ध प्राकृतिक स्रोतबाट आएको हो भन्ने अहिले प्रमाणित भइसकेको छ। तर एक पटक हल्ला फैलिएपछि मान्छेहरू झुक्किरहन्छन्। किनकि आम मान्छेहरूलाई पहिलो पटक सुनेको कुरा बढी सत्य लाग्छ।

    ५.’अमेरिकन आर्मीले कोरोनालाई चीनमा इम्पोर्ट गरेको हो’

    यो अर्को षड्यन्त्र सिद्धान्त हो, जसलाई प्रारम्भिक रूपमा चीनियाँ परराष्ट्रमन्त्रालयका प्रवक्ता झाओ लिजियानले फैलाएका थिए। उनले ट्विट गरेर भनेका थिए कि ‘यो सम्भव छ कि अमेरिकन सेनाले भाइरसलाई वुहानमा ल्याएको हुनसक्छ।’ उनको भनाईलाई जोडेर खासगरी चीनभरी निराधार हल्लाहरू फैले। अन्यत्रका कतिपय मान्छेहरूले यो हल्लालाई पत्याए पनि। सन् २०१९ को अक्टोबरमा ‘मिलिटरी वर्ल्ड गेम्स’ वुहानमा हुँदा त्यसमा अमेरिकन सेनाको पनि सहभागी थियो।

    त्यहीँ आएका सेनाले भाइरस ल्याएको कुरा गर्दा कतिले हो भन्ठाने पनि। उता, भाइरसको उद्‍गम चीन भएकाले भारत र अमेरिकालगायत देशमा ‘चीनियाँ भाइरस’ भनेर चीनको वदनाम गरिँदै गर्दा चीनले देखिने गरी नै कोभिडलाई ‘अमेरिकन भाइरस’का रूपमा कोरोनाको चर्चा चलाउने प्रयास गरेको हुनसक्छ।

    ६.‘जिएमओ पनि कोरोनाको कारण हुनसक्छ’

    आनुवंशिक रूप बदलिएका जीव/बालि अर्थात् जेनिटिकल्ली मोडिफाइड अर्गानिज्म् (जिएमओ) विरुद्धका अनेकौँ षड्यन्त्र सिद्धान्तहरू जमानादेखि नै छन्। निश्चितै रूपमा स्थानीय बिउबिजनको रक्षा गरिनुपर्छ। तर त्यसको अर्थ यो होइन कि जिएमओलाई नै सबै कुरामा आरोपित गर्नुपर्छ। कोरोनाको प्रारम्भिक चरणमा पनि कोरोना भाइरस निम्तनुको कारण जिएमओलाई ठानियो। २०१९ को मार्च महिनातिर ‘सेकेन्ड मेनिफेस्टो’ नामक दैनिक पत्रिकामा इटलीका महान्यायाधिवक्ता फ्रान्सेसो बिलोताले अचम्मलाग्दो लाग्दो लेख लेखे, ‘जिएमओ बालीहरूले जिनसम्बन्धी प्रदुषण फैलाउँछन्। त्यसो हुँदा वातावरणमा असन्तुलन हुन्छ र भाइरसहरू जन्मन्छन्।’ यस्ता हल्लाहरूमा यस लेखले झनै बल पुग्यो।

    ७.‘कोभिड भाइरस नै छैन, सबै हल्ला हो’

    कोरोना रोग नै होइन भन्दै व्यवसायिक रूपमा नै यस्ता हल्ला फैलाउने व्यक्तिहरू पनि छन्, जस्तो किः डेभिड इक नामका बेलायती षड्यन्त्र सिद्धान्तकार र अलेक्स जोन्स नामका अमेरिकन षड्यन्त्र सिद्धान्तकार। उनीहरू ठान्दछन् कि कोरोना नामको कुनै भाइरस नै छैन। यो अन्य सामान्य रुघाखोकीजस्तो मात्रै हो भन्ने तर्क छ उनीहरूको। र, भन्छन्, ‘खाक्कखुक्क गरेपछि यो निको हुन्छ।’ यिनीहरू तिनै व्यक्ति हुन्, जो मास्क लगाउनु पर्ने र लकडाउन गर्ने सरकारी नीतिहरूको उग्र विरोध गर्ने गर्छन्। नेपालमा पनि एकाध नाम चलेका व्यक्तिहरू यस्तै हावादारी कुरा गर्छन् र फैलाउँछन् पनि।

    ८.‘ठूलाहरूको षड्यन्त्र’

    कोरोनाको प्रारम्भिक चरणमा यो षड्यन्त्र सिद्धान्त अमेरिकामा फैलिएको थियो, जसअनुसार तत्कालिन् राष्ट्रपति डोनल्ड ट्रम्पको अवमुल्यन गर्ने षड्यन्त्रअनुसार यो रोगलाई फैलाइएको हो। अमेरिकामा कोरोनाविरुद्ध लड्ने प्रमुख सरकारी अनुहार, डाक्टर एन्थोनी फाउचीसमेत ठूलाबडाहरूको यो गोप्य समूहमा रहेको मानिन्छन् । र, उनले समेत राष्ट्रपतिलाई अवमुल्यन गर्ने गरी कोरोनाको हावा फैलाएको आरोप लागेको थियो।

    ९.‘ठूला औषधी कम्पनीहरूको षड्यन्त्र’

    भारतका रामदेवले जसरी ‘कोरोनिल’ नामको हावा–औषधी बेचेर करोडौँ कमाएका छन्, त्यसैगरी अमेरिकाका षड्यन्त्र सिद्धान्तकार अलेक्स जोन्स पनि टेलिभिजनमार्फत भाषण ठोकेर आफ्ना दर्शकहरूलाई जादुगरी ट्याब्लेट बेच्ने गर्दछन्। उनी भन्दछन्, ‘संसारका सबै रोगहरू मेरोे चमत्कारी ट्याब्लेटले ठीक हुन्छ।’ अमेरिकाकै डा. मेर्कोला नामका अर्का छद्म औषधी व्यापारी पनि त्यसै गर्छन्। सोही कारण उनलाई गुगलले समेत प्रतिवन्ध लगाएको छ।

    नेचुरल न्युज डटकम पनि यस्तै षड्यन्त्र सिद्धान्तमा विश्वास गर्ने साइट हो, जसले भारतका रामदेवले जस्तै जेसुकैका पनि ट्याब्लेट बनाएर बेच्ने गर्दछ। यिनीहरू ठान्दछन् कि प्रमाणित औषधीहरूले काम गर्दैनन्, केबल धुलोमुलोका गुलिया ट्याब्लेट खाएपछि सबै रोग चट हुन्छ। उनीहरूको तर्क छ ‘ठूला औषधी कम्पनीहरू मान्छेहरूलाई बिरामी बनाउने षड्यन्त्रमा छन् र कोरोना पनि त्यही षड्यन्त्र हो।’ भ्याक्सिन लगाएर मान्छेलाई बिरामी बनाउन थालिएको उनीहरूको प्रचार छ। यस्ता कुरामा कतिपय मान्छेहरू विश्वास गर्छन्।

    १०.‘कोभिडका मृत्युहरू बढाई चढाइ गरिएका छन्’

    कोभिडका कारण विश्वभर मृत्यदर बढिरहँदा पनि कतिपय हल्लावाजहरू ठान्दछन् कि कोभिडका कारण धेरै मान्छेहरू मरेको कुरै गलत हो। उनीहरू वास्तविक मृत्युभन्दा धेरै कम मृत्यु भएको ठान्दछन्। यस्तो हल्ला फैलाउनेमा डाक्टर आन्नी बुकासेक छिन्। कोभिडका कारण मृत्यु भएको भनेर दिइएका मृत्यु–प्रमाणपत्रहरूमा धेरै बढाईचढाई र झुट छ भनेर उनले दिएको युट्युब भाषण लाखौँले हेरेका छन्। उनी युट्युबमा वास्तविक डाक्टर झैँ सेतो कोट र स्टेथेस्कोपमा देखिन्छन्।

    उनी पनि अमेरिकाको अति दक्षिणपन्थी कार्यकर्ता हुन्। यस्ता क्रिश्चियन दक्षिणपन्थीहरू एबोर्सन र भ्याक्सिनेसनका विरुद्ध अभियानहरू चलाउँछन्। तर आन्नीले भनेभन्दा उल्टो छ स्थिति। अहिले मान्छेको मृत्युदर आँकडामा आएभन्दा पनि बढी छ। कतिपय मृत्युहरू सरकारी खातामा दर्ज नभएका पनि छन्। अमेरिकामा समेत त्यस्तो हुने गरेको त्यहाँको सरकारले स्विकारेको छ।

    कसरी यस्ता भ्रम र हल्लाहरूबाट बच्ने त ?

    ‘बेसार र अम्बाका पात खाएर कोभिड ठीक हुन्छ’ भन्नेदेखि ‘रुख काटेर जलवायु परिवर्तन हुँदैन’ भन्दै हल्ला फैलाउनेहरूबाट बच्न जरुरी छ। त्यसका लागि विज्ञानप्रतिको रुची आवश्यक छ। यसर्थ, जस्तो पायो उस्तो मिडियाबाट आएका समाचार सही नै होला भन्ने ठानेर विश्वास गर्ने भूल नगर्नुहोस्। भ्रमपूर्ण सूचनाले हामी आफ्नो विवेक र शरीरलाई नै घाटा पुर्‍याइरहेका हुनसक्छौँ।

    प्राकृतिक चिकित्सा र होमियोप्याथीका नाममा सेता कोट लगाएर गौ मुत्र, अदुवा वा लसुनका प्रवचन दिनेहरू हुन् या सामाजिक संजालमा अनेक उद्देश्यले फैलाइएका हावादारी प्रचार हुन्, ती सबैबाट हामीले बच्नुपर्छ। त्यसो भनिरहँदा हामीले के बुझ्नुपर्छ भने बेसार, लसुन, प्याज, सागपात तरकारीहरू औषधी हुन् भने दालभात तरकारी पनि उत्तिकै औषधी हो। र, दाल भात र तरकारी नै कोरोनाको औषधी हो भन्नु मुर्खतापूर्ण हुन्छ।

    फलानो थोक औषधी हो भन्ने हल्लामा लागेर, रोगको डरमा तर्सिएर त्यही कुरा धेरै उपभोग गर्दा ज्यानै जानेसमेत जाने खतरा हुन्छ। यसर्थ, फेसबुक र ट्विटरमा भेटिने कतिपय दक्षिणपन्थी, विज्ञानविरोधी तथा बाबाजी र माताजीहरूका हल्लाहरूमा भर नगरौँ।

    (२० अप्रिल, २०२० मा अलाइन्स फर साइन्स, कोर्नेल इडियुमा छापिएको मार्क लिनासको लेखमा नेपाल रिडर्सको सम्पादन/केही सन्दर्भ थपथाप।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.