Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अमेरिकाको (अ)न्याय प्रणाली: दुई जिव्रे कानून

ड्ययाभिड आर हफम्यान ड्ययाभिड आर हफम्यान
अशोज २१, २०७७
- यो हप्ता, विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    यदि तपाईंले कुनै व्यक्तिलाई के हिंसाले समस्याको समाधान गर्छ भनेर सोध्नु भयो भने धेरैजसोले ‘हैन, यसले वास्तवमा समाधान गर्ने भन्दा झन् बढी कठिनाइहरू निम्त्याउँछ’ भन्नेछन्।

    म स्पष्ट गर्न चाहन्छु– यो लेख हिंसाको समर्थन गर्न लेखिएको होइन, तर यसमा कसरी हिंसालाई इतिहासको केही विश्लेषण र धेरै व्यक्तिहरू, विशेषगरी सत्तासिनहरुले कपटी तरिकाले अपनाउँछन् भन्ने कुरा चर्चा गरिनेछ। 

    उदाहरणको लागि, मानव जातिको अभिलिखित इतिहासमा विश्वमा कतैपनि युद्ध नभइरहँदा समेत धेरै पटक हिंसा अन्तिम विकल्पको रुपमा होइन प्रथम विकल्प भएर देखा परेको थियो।

    त्यसरी नै, सत्तासिनहरूले हिंसाको अन्त्यको माध्यमका रूपमा हिंसालाई सधैं निन्दा गरेपनि, तिनीहरूले आफ्नो लक्ष्य हासिल गर्न वा सत्तामा आफ्नो पकड जमाइराख्ने उद्देश्यले नियमितरूपमा यातना, मारकाट, बलात्कार र मार्ने कार्य गरिरहेका छन्। वास्तवमा, कुख्यात आततायी तथा पीडक जीना हस्पेल कार्यवाहक निर्देशक भएको सीआईए त्यसको इतिहासका शुरुदेखि नै अपहरण, यातना र हत्याका असंख्य घटनाहरूका लागि जिम्मेवार छ।

    हिंसाको खिलाफ बोलिन्छ। के भनिन्छ भने यो घृणित र नियोजित हुन्छ। तथापी कताकता यसको प्रयोग अहिंसात्मक आन्दोलनले गरेको आरोप पनि लगाइन्छ। उदाहरणका लागि, धेरै जीवनीकारका तर्क छन् कि अहिंसात्मक अभियानकर्ताले पनि हिंसा चाहेका थिए। ती मध्ये डा. मार्टिन लुथर किंग जूनियरले अल्बानी, जर्जियामा उनले चलाएको नागरिक अधिकार अभियान सबैभन्दा उल्लेखनीय छ।

    त्यस अभियानको क्रममा अल्बानीका पुलिस प्रमुख, लोरी प्रिचेटले  लुथर किङ्गले अख्तियार गरेका गान्धीको कार्यनीतिहरूको अध्ययन गरे। यसपछि ती पुलिस प्रमुखले के महसुस गरे भने यदि प्रहरी अधिकारीहरूले आन्दोलनकारीलाई हिंस्रक प्रतिक्रिया नगरेमा भने त्यस्ता अहिंसक अभियानका पछि लाग्दैनन्।

    तर्कहरु गर्न सकिन्छ कि अल्बानी असफलताका लागि डा. लुथर किङ्गलाई मात्र दोष दिन मिल्दैन। उनी अल्बानी अभियानमा यसका रचनाकार भन्दा बढी संलग्न थिए तर यसका रचनाकार प्रिचेटको रणनीतिले नै “यदि रक्तपात भए यसले प्रमुखता पाउँछ। अरू केहि पनि समाचार होइनन् “पत्रकारिताको अव्यक्त मन्त्र”लाई पुष्टि गर्‍यो जस्तो देखिन्छ।

    जब डा. लुथरले अर्को ठूलो नागरिक अधिकारको अभियानको प्रारम्भ गर्नका लागि अल्वामा राज्यको वरमिङ्गम शहर रोजे, त्यस बखत उनले “पत्रकारिताको अव्यक्त मन्त्र” को  औचित्यता माथि ध्यान दिएको देखिन्छ। कु क्लास क्लानसँग साँठगाँठ भएका त्यस शहरका “जन सुरक्षा आयुक्त” युजेन “बुल”कोनरले सन् १९६१ मा क्लानका सदस्यहरूलाई त “फ्रिडम राइडर” का नामले चिनिने नागरिक अधिकारकर्मीहरूको समूहमाथि हमला गर्न पन्ध्र मिनेटको “तयारी” को समय दिएका थिए, कोनरका योजनाका बारेमा एफबीआईलाई एकजना सुलसुलेले पूर्व सूचना दिएको थियो। तापनि जातीय अहंकारवादी जे. एडगर हूवरको नेतृत्वमा रहेको उक्त एजेन्सीले कोनरका योजनालाई रोक्न कुनै पनि प्रकारको हस्तक्षेप गरेन।

    त्यसैकारण, डा. लुथरलाई थाहा थियो, चाहे जतिसुकै अहिंसात्मक विरोध अभियान चलाएपनि, कोनरले हिंसाले नै जवाफ दिने निश्चित छ।

    त्यसपछि त मिडिया आइहाल्छ।

    नभन्दै यस्तै भयो। नागरिक अधिकारकर्मीहरूलाई पुलिसका कुकुरहरूले आक्रमण गरिरहेको, पानीको फोहोराले आन्दोलनकारीलाई तितरवितर पारिरहेको र प्रहरीका डन्डाले पिटिएको रक्तपातपूर्ण दृश्यहरू देशभरिका अखबार र समाचार कार्यक्रमहरूमा आउन थाले। भनिन्छ कि कोनरको यस्तो दमनकार्यले नै नागरिक अधिकार ऐन १९६४ आउनमा राम्ररी सहयोग पुर्‍यायो।

    मैले धेरै लेखहरुमा उल्लेख गरेको छु कि  “धेरैको भनाइ छ– इतिहास आफैं दोहोरिन्छ, र यदि नदोहोरिए त्यसलाई दुत्कारिन्छ।” आज हामी अझैपनि अमेरिकाको शक्ति संरचनाले हिंसामा विश्वास गर्नेलाई निन्दा गरिरहेको र यसलाई अपनाइरहेकोसमेत देखिरहेका छौं।

    उदाहरणका लागि, ब्ल्याक लाइभ म्याटर (बिएलएम) का प्रदर्शनहरुको क्रममा भएका दुईवटा गोलीकाण्ड प्रचारमा आएका छन्: पहिलो काइल रिटनहाउसले गरेको भनिएको काण्डमा केनोशा, विस्कन्सिनमा दुई व्यक्तिको हत्या गरेको र एकलाई घाइते बनाएको आरोप लगाइएको छ, र अर्को माइकल रेनोहललाई ओरेगनको पोर्टल्याण्डमा एक जना व्यक्तिको हत्या गरेको आरोप लगाइएको थियो।

    मुख्य भिन्नता केनोशाका पीडितहरू बीएलएमका समर्थक थिए भने पोर्टल्याण्डका पीडितहरू डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने एउटा समूहका सदस्य थिए।

    त्यसैकारण, रिटनहाउसलाई गोलीकाण्ड पछि उनलाई घर फर्कने अनुमति नदिई शान्तिपूर्वक गिरफ्तार गरियो। यसरी नै रिटनहाउसका समर्थकहरु वा ट्रम्प आफैंले आत्मसुरक्षाको लागि गोली हान्नु परेको भन्दै उनको बचाउ गरे। यसको विपरित “पक्राउको प्रतिरोध गर्दागर्दै” पनि ट्रम्पका समर्थकमाथि हमला गरेका कारण रेनोहल मारिए के यी दृष्टान्त अचम्मका होइनन् र?

    तर रेनोहलले किन आत्मसुरक्षाको दाबी गरेको हुन सक्छ भन्ने कुरा छलफल गर्दैनगरी उनलाई मारियो। यसबेला अखवारमा उनी कसरी “बिरोध (र) हिंसाबारे अपरिचित” थिए भन्न सकिन्छ भन्दै शीर्षकहरू बनिरहेका थिए।

    यद्यपि म यी दुखद घटनाहरू वरपरका परिस्थितिहरूका बारेमाथिको निर्णय खारेज गर्न चाहिरहेको छु। म, अमेरिकाको जातीवादी इतिहासका आधारमा, झुकाव नराखी यी दुबै मामलाहरूमा अधिकारीहरूको कार्य (र उदासिनता) मा सन्देहपुर्वक हेर्छु।

    मैले २०१९ डिसेम्वर २ का दिन “ह्याम्प्टन र क्लार्क: ५० वर्ष भयो, कहिले बिर्सिइदैन”  भन्ने एक लेखमा  ह्याम्प्टन र क्लार्कका हत्याबारे चर्चा गरेको थिएँ। त्यसमा मैले खुलस्त पारेको थिएँ कि धेरैजसो मिडियाले फ्रेड ह्याम्प्टन र मार्कलाई मार्न “गोली ठोक” को “आधिकारिक” लाई आदेशलाई कसरी लुकाइयो। यी दुवै इलिनोइस ब्ल्याक प्यान्थर पार्टी (दुबैलाई हूवरले “जनशत्रु नम्बर एक” भन्ने लेबल लगाएका थिए) का सदस्यहरु थिए। यतिसम्म कि  कुनै पनि रिपोर्टरले व्यक्तिगत रूपमा नै सही यो कथित “”गोली ठोक” को आदेशले मारिएका  हेम्प्टन र क्लार्कबारे रिपोर्ट नै गरेनन्। जव कि यो वास्तवमै शिकागो पुलिसको गैरकानूनी हत्या थियो।

    जनताले यो बिर्सनु हुँदैन कि रिनोहल एन्टिफा नामक सँगठनका वकिल थिए। यो सँगठन वामपन्थी आन्दोलनको बाहक हो। तर यसलाई ट्रम्प, उनका अटर्नी जनरल विलियम बार, र कैयन दक्षिणपन्थी राजनीतिज्ञहरूले खुलेआम “आतंकवादी” संगठनको लेबल लगाउछन्।

    अर्को शब्दमा, “जनशत्रु नम्बर एक।”

    एन्टिफा आन्दोलनका केही सदस्यहरू हिंसात्मक गतिविधिमा संलग्न भएको वा नभएकोमा म बहस गरिरहेको छैन, तर ट्रम्प र एटर्नी जनरलको कार्यको बारेमा कुरा खोतल्दैछु। खास कुरा के हो भने, उनीहरू किन आतंकवादीको रूपमा उग्रदक्षिणपन्थीका सदस्यहरूलाई आतङ्कवादी भन्न इच्छुक छैनन्। जब कि उग्रदक्षिणपन्थीका सदस्यहरूले हिंसा गरेको स्वीकार गर्दागर्दै पनि यसबारे उनीहरू मौन मात्र होइन समर्थन र प्रोत्साहन गर्दैछन्।

    यसमा अचम्म मान्नु पर्दैन कि ट्रम्प, एटर्नी जनरल र उनीहरुका अरु अरु मानिसहरु नै आँफू फासी–विरोधी “आतंकवादी” भएको भन्नेलाई मोलाहिजा गर्छन्। दुई प्रकारका कानून बनाउने प्रयास भइरहेको छ, जसबाट एउटा ट्रम्पका सहकर्मीका लागि र एउटा विपक्षीहरूका लागि। “शान्ति सुरक्षा कायम गर्न” लाई बढावा दिने कुरा जबसम्म ट्रम्प र उनका आसेपासेहरूले अपराध नगरेसम्म मात्र हुने गर्छ। बरु कतिपय कानून अमेरिकालाई जातीय आधारमा विभाजित गर्न र त्यसबाट शोषण गर्न उपयोग भइरहेका छन्। यस्ता तनाव र हिंसाको वातावरणले नै स्वार्थी राजनीतिक फाइदालाई प्रवर्तन गर्दछ। यसकारण अमेरिकामा प्रणालीगत जातिवाद रहेको कुरा स्वीकार गर्दै यसलाई समाप्त गर्न, ट्रम्प लगायतका उग्रदक्षिणपन्थीहरुको अन्त्येष्टि हुनु जरुरी छ। यसो भएमा मात्र फासीवादी, राजनीतिक भ्रष्टचारी, अधिनायकवादी राज्यलाई लोकतान्त्रिक बनाउन सकिन्छ।

    यसो एक क्षण विचार गरौं त!  अनौंठो कुरा छ, एक सय वर्ष पनि वितेको छैन, कसरी लाखौं मानिसहरूले फासीवादको बिरूद्धको युद्धमा आफ्नो ज्यान गुमाएका थिए, र अहिले पनि “आतंकवादी” भन्दै फासीवादका विरोधीहरू आवाज उठाइरहेका छन्, तर ट्रम्प भन्दैछन् , ती अमेरिकीहरू जसले फासीवादका विरोधमा ज्यान गुमाएका थिए तिनीहरू “हरुवा” र “लुटाहहरू” थिए।

    भावानुवाद २०२० जुलाई ९ को  प्राव्दा रिपोर्टबाट।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      ड्ययाभिड आर हफम्यान

      ड्ययाभिड आर हफम्यान

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.